Friday May 03, 2024

जाजरकोट र रुकुम क्षेत्रमा गयको भुकम्प पिडीतलाई लण्डनबाट आर्थिक सहयोग

६ माघ, २०८० शीतलपाटीन्युज डटकम। 1457


जाजरकोट र रुकुम क्षेत्रमा गयको भुकम्प पिडीतलाई लण्डनबाट आर्थिक सहयोग

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ।साउथ रिजनल तमुधि लण्डन र दुलेगौडा तनहु सोलार फार्मको तर्फबाट जाजरकोट र रुकुममा गएको भुकम्पमा परि क्षतिमा परेका रुकुम जिल्ला आठबिसकोट नगरपालिकाका जनतालाई आर्थिक सहयोग र  २०० थान ट्यइलेट सम्बन्धी लामानहरु सहयोग गरेको समाचार प्राप्त भयको छ।

५ माघ २०८० मा काठमाण्डौ दुले गौडा तनहु सोलार फार्मको अफिस लैनचौरमा त्रिबेणी गाउपालिका रुकुम पश्चिमका कार्यपालिका सदस्य जनक कुमार बिश्वकर्मा र नेपाली माओबादी केन्द्र कर्णाली प्रदेस कमिटी सदस्य श्री कुमार कडायतलाई समाजसेबी दिल प्रसाद पोखरेल तथा साउथ रिजनल तमुधी लण्डनका बर्तमान प्रमुख सल्लाहाकार तथा सोलार फार्म प्रालिका अध्यक्ष मोहन गुरुड्गले सोलार फार्मबाट एक लाख (१००००.००) र साउथ ईष्ट तमुधि लण्डनकातर्फबाट एकलाख सताउन्न हजार उनासी रुपैया चौबिस पैसा (१५७०७९.२४) तथा २०० प्रति ट्याईलेट सम्बन्धीत २०० थान प्यानहरु प्रतिनिधीलाई हस्तान्तरण गर्यो।

सो सहायता हस्तान्तरणका समयमा सोलार फर्मका तर्फबाट सोलारका संचालक बिध्धा बारीदी सिग्देल,संचालक शब्द ज्ञवाली र प्रशासन अधिकृत भरत न्यौपानेको पनि उपस्थिती थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?