९ आश्विन, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन, मीडलैण्ड। मानब सेबा आश्रमको आमा सेमिनार मिडलैन्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाजको समन्वयमा भब्यताको साथ सम्पन्न भएकोछ। नटिङगममा भएको सेमिनारबाट आश्रमलाई करिब १३ लाख नेपाली रुपया बराबरको सहयोग जुटेको समाचार छ। एउटै सेमिनारबाट यती धेरै रकम उठ्नुले मिडलैन्डवासी नेपालीहरु सामाजिक,राजनैतिक र आर्थिक रुपले जन्मभुमि नेपालको सेबा गर्न तत्पर रहेको प्रस्ट हुन्छ।
साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार समाजका अध्यक्ष दिपक सापकोटाको अध्यक्षयतामा भएको सेमिनारमा मानब सेबा आश्रमका संस्थापक रामजी अधिकारी,महासचिव शुशिला केसी,सचिव एवं प्रवक्ता शुमन बर्तौला र बेलायत शाखाका संयोजक शुनिल बाबु खडकाको बिशेष उपस्थिति रहेको थियो। मानव सेवा आश्रमका संस्थापक एवं प्रस्तोता रामजी अधिकारीको प्रस्तुतिले सेमिनारमा उपस्थित श्रोताहरुलाई अवाक पारेको थियो।सबैका आँखामा आशु टप्लेका थिए।
सडकमा बाँस बस्ने,गाँसको लागी अरुमा आश्रित र कपास नभै नाङगै जिवन जिउन बाध्य बेसाहाराहरुको लागी गाँस,बाँस र कपासको ब्यबस्था गर्दे आएको मानव सेवा आश्रमले २०८२ सम्ममा सडक आश्रित जीवन मुक्त नेपाल बनाउने लक्ष्य राखेकोछ। मानव सेवा आश्रमका संचालक रामजी अधिकारी र प्रवक्ता एवं सचिव शुमन बर्तौलाको आत्मजाग्रित गराई स्वत स्फुर्त सहयोग जुटाउने प्रवचनले सहयोग एकपछी अर्को गर्दे थपिएको थियो।
सहयोग गर्नेहरुमा सेमिनारका प्रमुख अतिथि गैरआवासीय नेपाली संघका युरोप उपसंयोजक दयानिधी सापकोटाले आफ्नी दिबंगत प्यारी बैनीको सम्झनामा पाँच लाख र साझा नेपाली समाजका सचिव एवं युवा ब्यवसायी शुरेस केसीले पाँच लाखको सहयोग प्रतिबद्धता गरेका छन भने एक दर्जन जतिले १० पाउन्ड मानव सेवा आश्रमको बेलायत खातामा मासिक डाइरेक्ट डेबिटको प्रतिबद्धता जनाएका छन। त्यसैगरी सेमिनारमा उपस्थित सबैले नगद तथा बैक ट्रान्सफर गरी स्वतस्फुर्तको सहयोग गरेका थिए। सवै सहयोगी ब्यक्तीहरुको नाम मानव सेवा आश्रमको फेशबुक पेजमा प्रकासित गरिनेछ।
महासचिव शर्माका अनुसार समाजले सेमिनारको संयोजन गर्ने जिम्मेवारी कोषाअध्यक्ष उपेन्द्र पौडेललाई प्रदान गरेको थियो। सफल सेमिनारमा साझा नेपाली समाजका संस्थापक अध्यक्ष शंकर भन्डारी,पुर्व अध्यक्षहरु राजु कंडेल,रण बहादुर केसी,महेश अधिकारी र कृष्ण प्रसाद शर्मा,सल्लाहकारहरु कृष्ण गुरुङ,रामु कंडेल,प्रकाश केसी,कृष्ण खरेल,लाल थापा,देबीलाल गैरे,मुकुन्द हरि खरेल,नटिङगम नेपाली समाजका अध्यक्ष रबिन्द्र शर्मा लगायत दर्जनौं उरभराँउदा मिडलैन्डका सामाजिक अभियन्ताहरु लगायत साझा नेपाली समाजका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।