२९ असार, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। डायमण्ड बुद्धिष्ट सेन्टर (डीबीसी) यूकेले गत जुन ११ तारिखमा आयोजना गरेको च्यारिटी कार्यक्रम भब्य सफल भएको निष्कर्ष निकालेको छ।
संस्थाका अध्यक्ष योगेश गुरुड्गको अध्यक्षतामा ९ जुलाई २०२३ मा डीबीसी गुम्बामा बसेको बैठकले उक्त च्यारिटी कार्यक्रम भब्य भयको र राम्रो भएको निष्कर्ष निकालेको हो।अध्यक्ष योगेश गुरुङको अध्यक्षतामा भयको च्यारीटी आयब्यय बैठक महासचिव हेम छन्त्यालले सञ्चालन गरेका थिए।
'डायमण्ड बुद्धिष्ट सेन्टर यूकेद्वारा ११ जुनमा आयोजना गरेको पुण्य च्यारिटी कार्यक्रमको समीक्षा बैठक जुलाई ९ तारिख गुम्बामा सम्पन्न भयको हो।
श्रद्धेय मूलगुरुको सागा धावा र दान पारामिता प्रवचन र आशीर्वाद,बुद्ध भगवानको कृपा र सबैको साथ एवम सहयोगले गर्दा च्यारिटी कार्यक्रम सोचेको भन्दा धेरै गुणा राम्रो भएको कुरा सबैलाई आवगत नै छ,अध्यक्ष गुरुङले शीतलपाटीन्युज डटकमलाई बताउनु भयको छ।अध्यक्ष गुरुङका अनुसार च्यारिटीमा ३५ हजार ६७५ पाउन्ड संकलन भएकोमा कार्यक्रममा लागेको खर्च कटाएर २५ हजार पाउन्ड बचत भएको छ। अध्यक्ष गुरुङले अतिथिहरुलाई,सहभागीलाई र संस्थाका पदाधिकारीहरुलाई कार्यक्रम सफल पारिदिएकोमा धन्यवाद तथा आभार समेत प्रकट गर्नु भयको छ। कुनै कमजोरी भयको भए सल्लाहा पाउ,भबिष्यमा गरिने च्यारीटी कार्यक्रमहरुमा, 'सबैको बहुमुल्य सल्लाह सुझावहरु लिएर अरु राम्रो गर्ने प्रयास गरिने प्रतिबध्दता जनाउनु भयको छ। आगामी कार्यक्रमहरुमा यहाँहरुले दिनुभएको महत्वपूर्ण सल्लाह सुझावहरुलाई आत्मसाथ गरी सफलताको सुत्र सम्झेर अझ उच्चस्तरीय कार्यक्रम गर्ने सम्पूर्णमा विश्वास दिन चाहन्छु, अध्यक्ष गुरुड्गले बताउनु भयको छ।'
मनोरन्जनात्मक र उल्लासमय बनेको डायमण्ड बुद्धिष्ट सेन्टर यूकेको च्यारिटी कार्यक्रममा यसबाट उठेको नगदले वुल्लीचमा स्थापना भयको बौद्ध गुम्बाका लागि कोष जुटाउन प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा च्यारिटी नाइट कार्यक्रम भयको थियो। साउथ इष्ट लन्डनसहित बेलायतका विभिन्न क्षेत्रबाट करिब पाँच सय जना सहभागिता रहेको सो कार्यक्रममा झण्डै ६ लाख पाउन्ड लगानी भइसकेको गुम्बा स्थापनाका क्रममा लिइएको करिब ६५ हजार पाउन्ड ऋण चुक्ता गर्न आवश्यक कोष जुटाउने उद्देश्यले च्यारिटी कार्यक्रम गरिएको अध्यक्ष गुरुङले प्रस्ट पार्नु भयको थियो।
सेन्टरका अध्यक्ष गु्रुङको अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रममा प्रमुख अतिथि ग्रीनवीच बरोका मेयर,विशेष अतिथि मेडवे बरोकी मेयर निना गुरुङ, ग्रीनवीच बरो उपमेयर जीत रानाभाट,तमुधिं यूके अध्यक्ष हरि गुरुङसहित बेलायतस्थित थुप्रै नेपाली संघसंस्था र समुदायका प्रतिनिधिहरुको भब्य सहभागिता रहेको थियो।
सन् २०१६ मा सुमलकुमार गुरुङको विशेष पहल र अगुवाइमा स्थापना भएको डीबीसी यूकेद्वारा लन्डनको वुल्लीचमा बौद्ध गुम्बा सञ्चालन हुँदै आएको छ।