Friday May 03, 2024

गंगा राज राई एकल साँझ–२०२३” सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी भब्य

१८ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1745


गंगा राज राई एकल साँझ–२०२३” सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी भब्य

शीतलपाटीन्युज डटकम।

लण्डन।नेपाली कला साहित्य मञ्च यूकेले यहि आउँदो मिति ०७ अक्टोबर २०२३ को दिन,इङ्गल्याण्ड (केन्ट) को आश्फोर्ड स्थित शेन्ट साइमन हलमा,जीवन्त संगीत सहित आयोजना गर्न गैरहेको “गंगा राज राई एकल साँझ–२०२३”सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भयको छ। यस कार्यक्रमलाई भब्य र गरिमामय बनाउन सगरमाथा गोर्खा नेपाली कम्युनिटी आश्फोर्ड,नेपाली कलाकार प्रस्तोता समाज बेलायत र अन्य संघसंस्थाहरुसँग संस्थागत सहकार्य जारी रहेको र दुबै संस्थाहरु आयोजक संस्था सरह सक्रियतापूर्वक लागि परिरहनु भएको समाचार प्राप्त भयको छ। 

गंगा राज राई एकल साँझको मुख्य प्रायोजक,गोर्खा भान्छा घर (रेष्टुरेन्ट) आश्फोर्ड रहेको छ। सह–प्रायोजकहरुमा क्रमस : ग्लोबल मार्ट आश्फोर्ड,रेड प्यारोट एकाउन्टिङ लन्डन,आशिर ज्वेलरी अल्डरशट,लेमन लीफ रेष्टुरेण्ट फोक्स्टन,पीपल मोर्गेज आश्फोर्ड, लक्की ज्वेलरी अल्डरशट,मुस्ताङ मोटर्स फोक्स्टन,युमा हेयर एण्ड ब्युटी सेलुन आश्फोर्ड र गोर्खा भिल्ला (रेष्टुरेन्ट) आश्फोर्ड रहेको छ। यसैगरी प्रायोजकहरुमा क्रमस ग्लोवल बलुन भल्ट आश्फोर्ड,आइ फिक्स फर यू आश्फोर्ड,काठमाण्डु ज्वेलर्श आश्फोड,नविन एण्ड नविन ज्वेलर्श अल्डरशट,भेराईटी क्यास एण्ड क्यारी आश्फोर्ड,हिमालयन गोर्खा मिनि मार्केट आश्फोर्ड,स्टोर ९३ आश्फोर्ड,दर्बार कक्टेल बार आश्फोर्ड,इन्डिया हाउस आश्फोर्ड र गोर्खा एस पि फोर मिनिमार्केट चथाम आदि रहेका छन। 

जीवन्त संगीत सहितको गंगा राज राई एकल साँझ सांगीतिक कार्यक्रममा गायक राईको दुई दशकको सांगीतिक यात्राका विच दर्शक श्रोता माझ लोकप्रिय बन्न पुगेको वहाँद्धारा स्वरबद्ध गीतहरु प्रस्तुत हुनेछ। गंगा राज राई एकल साँझ सांगीतिक कार्यक्रमको जीवन्त बाद्यबादकहरुमा प्रसिद्ध संगीतकार गणेश गुरुङ (हार्मोनियम÷किबोर्ड),महेश गुरुङ (तबला),थिर थापा (हार्मोनियम÷किबोर्ड),ईन्द्र गुरुङ (बाँसुरी÷सेक्सोफोन),रेसम पाचे (ढोलक÷मादल),शुरज गुरुङ (लीड गितार),विकल थापा (रिदम गितार),होइशेर तामाङ (बास गितार),प्रभास गुरुङ (ड्रम) साथै भायोलिनमा क्रमस कीथ टायस (Keith Tyas) र एन्थोनी थोन्टर्न (Anthony Thornton) रहनु भएको छ भने संगीत निर्देशकको रुपमा पपिराज राई रहनु भएको छ। यस जीवन्त बाद्यबादकहरुको टोलीमा एक सांगीतिक समुह “Prazna Band” समेत सामेल रहेको छ। 

यस सांगीतिक कार्यक्रममा बेलायतमा रहँदै आउनु भएका दिग्गज नेपाली संगीतकर्मी, गीतकार साथै गायक गायिकाहरुको उपस्थिति रहने निस्चित भैसकेको छ। सरकारी तवरबाट नेपाली राजदूतावास लण्डनको कूटनीतिज्ञ (उच्चपदस्थ अधिकारी) समेतको सहभागिता रहने यस कार्यक्रममा गैर आवासीय नेपाली संघ यूके लगायत अन्य थुप्रै संघ संस्थाहरु साथै तिनका प्रतिनिधिहरुको उपस्थिति रहने भएको छ। 

मुलत यो कार्यक्रम सांगीतिक कार्यक्रम हो।संयुक्त अधिराज्यभरबाट कार्यक्रममा आउन आतुर गीत संगीत प्रेमीहरु तथा गायक गंगा राज राईको प्रसंशकहरुको उत्साहजनक प्रतिकृयाले हामी आयोजकलाई तुल्याएको समाचार छ। आयोजकले प्रेस विज्ञप्ति मार्फत गीत संगीतप्रेमी समस्त नेपाली समुदायहरुलाई गहिरो र अविस्मरणीय सांगीतिक अनुभव लिन “गंगा राज राई एकल साँझ” कार्यक्रममा सहभागि भैदिन हार्दिक आव्हान गरेको छ।कार्यक्रमको प्रवेश द्वार साँझ १६: ३० बजे देखि खुल्ला गरिनेछ। कार्यक्रम स्थलमा गोर्खा भान्छा घर रेष्टुरेन्ट आस्फोर्डको टिपिकल नेपाली खानाका परिकारहरुको स्टलहरु रहनेछ भने प्रस्तुती साँझ ठीक १९ : ०० बजे प्रारम्भ हुने कुरा संयोजक डा.अनिल राईले प्रेष बिज्ञप्ति मार्फत जानकारी गराउनु भयको छ। बिज्ञप्ति-



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?