Sunday April 28, 2024

बेलायती राजा चार्ल्स तृतीयद्वारा दुताबास बेलायतमा कार्यरत डिसीएम खनाल लगायत तीन नेपाली महिला सम्मानित

३० कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1650


बेलायती राजा चार्ल्स तृतीयद्वारा दुताबास बेलायतमा कार्यरत डिसीएम खनाल लगायत तीन नेपाली महिला सम्मानित

शीतलपाटीन्युज डटकम।

लन्डन । बेलायतको नेपाली समुदायमा कार्यरत अनवरत योगदान गरेका तीन महिलाले केहि दिन अघि बेलायती राजा चार्ल्स तृतीयद्वारा सम्मान र दर्शनभेट पाएका छन्।

लन्डनस्थित नेपाली दूतावासकी डिपुटी चिफ अफ मिसन रोशन खनाल,नेप्लिज नर्सिङ एशोसिएसन यूकेकी अध्यक्ष सुनिता गौतम र नर्सिड्ग एसोसिएन युकेकी महासचिव सिर्जा महर्जनले राजा चार्ल्स तृतीयद्वारा सम्मान र दर्शनभेट पाएको हो।

नेपाली राजदूतावासकी डिपुटी चिफ अफ मिसन खनालले नेपालको प्रतिनिधित्व गर्दै राजाबाट दर्शनभेट मिलेकामा आफू गौरवान्वित भएको बताउनु भयकोछ। गत मंगलबार बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहमा उहासहित इन्टरनेशनल नर्सिङ एसोसिएसन आवद्ध विभिन्न देशका नर्सहरुको उपस्थित थियो।

दर्शनभेटका क्रममा आफूहरुहरुले राजालाई जन्मदिनको शुभकामना दिंदै राजालाई मायाको चिनो स्वरुप कलात्मक आंखी झ्याल प्रदान गरेको एसोसिएसन अध्यक्ष गौतमले हामीलाई समाचार दिदै बताउनु भयको छ।राजाले नेपाली भाषामा नमस्ते भनेर अभिवादन समेत गरिबक्सेको थियो’,सुनिताले भन्नु भयो।

बेलायतमा नर्सीड्ग एसोसिएसनले स्वास्थ्य सचेतना, स्वास्थ्य शिविर संचालन,हरेक साता योगा,मासिक रुपमा लाइभ अन्तरक्रिया जस्ता क्रियाकलाप गर्दै आएको छ। एसोसीयसनले नेपाली नर्सहरुलाई विभिन्न सहयोग समेत गरिरहेको छ।नर्सीड्ग एसोसिएसन समाज सेवामा सहयोग पुर्याउन आर्थिक संकलन गर्न आउंदो २० जनवरीमा लन्डन ह्यारोस्थित ब्लु रुम रेष्टुरेन्टमा एक च्यारिटी डिनर कार्यक्रमको तयारी भै रहेको पनि अध्यक्ष गौतमले जानकारी दिनु भयको छ।

(लण्डननेपाल न्युजबाट)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?