१४ पुष, २०८०
शीतलपाटीन्युज डटकम।
पोखरा।अन्नपूर्ण गाऊंपालीका १,कास्कीमा बि.सं २०१६ मा स्थापना भएको श्री परशु आधारभूत बिधालयले आफ्नो ६४ औं स्थापना दिवस मनाएको छ। सो अवसरमा बिधालयको समग्र शैक्षिक बिकास र उन्नयनका लागि गठित श्री परशु शैक्षिक प्रतिष्ठानको समेत उद्घाटन गरिएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१, भारतीडाँडामा अवस्थित उक्त बिधालयको ६४ औं स्थापना दिबसको ऊपलक्ष्यमा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसी र प्रतिष्ठानका प्रमुख संरक्षक प्रेमराज अधिकारीले संयुक्तरूपमा उक्त प्रतिष्ठानको उद्घाटन गरेका हुन्। ऊक्त अबसरमा बिधालय ब्यवस्थापन समितिले प्रतिष्ठानका प्रमुख संरक्षक प्रेमराज अधिकारी र श्रीमती गोमा अधिकारीलाई सम्मान समेत गरेको छ।
संस्थाका प्रमुख संरक्षक अधिकारी २०१६ सालमा स्थापना भएको बिध्यालयका एक संस्थापक , बिध्यार्थी,शिक्षक हुंदै सोहि बिध्यालयको प्रधानाध्यापक समेत रहेर आफ्ना सन्ततीहरुलाई सोहि बिध्यालयमा पढाएर एक अभिबाबक र हाल एक शिक्षाप्रेमी शुभचिन्तकको भुमिकामा रहनु भएको छ।
यसै गरी बिध्यालय प्रशासन तथा प्रतिष्ठानका प्रमुख संरक्षक तथा ज्येष्ठ नागरिक सरोकार समाजका आजीबन सदस्य प्रेमराज अधिकारीबाट बिं सं २०१६ साल देखी अहिलेसम्म ऊक्त बिध्यालयमा बिभिन्न भुमिकामा रहेर सेवा गर्ने पुर्ब प्रधानाध्यापक,शिक्षक,बिध्यालय ब्यबस्थापक समिती अध्यक्षहरु,शिक्षक अभिबाबक संघका अध्यक्षहरु लाई फुलको माला,दोसल्ला र सम्मान पत्रका साथ सम्मान प्रदान गरिएको थियो। श्री परशु आधारभुत बिध्यालयका संपुर्ण पुर्ब बिध्यार्थीहरुलाई आमन्त्रण गरिएको ऊक्त कार्यक्रममा श्री परशु शैक्षिक प्रतिष्ठानको आजीबन सदस्यता लिने संपुर्ण सदस्यहरुलाई सदस्यताको प्रमाण पत्रका साथ सम्मान पनि गरियो।
पुस ९ गते सोमवार विद्यालयमा आयोजना गरिएको ६४औं स्थापना दिवश एवं श्री परशु शैक्षिक प्रतिष्ठान समुद्घाटन कार्यक्रममा विद्यालयमा अध्ययन र अध्यापन गराएर विभिन्न सिलसिलामा स्वदेश तथा विदेशमा पेशा व्यवसाय गर्दैआएका व्यक्तिबीचमा भेटघाटको अवसर पनि जुरेको थियो।कार्यक्रममा विद्यालयको शैक्षिक विकासका लागि शुरु गरिएको आर्थिक संकलन अभियानमा विद्यालयका पूर्वशिक्षक/विद्यार्थी स्थानीय अबिभावक सबैले उदार मनले सहयोग गरेका छन् ।
सो अवसरमा बिध्यालय आधार क्षेत्र भित्र रहेका ८० बर्ष उमेर पुगेका ४० जना स्थानीय अभिबाबक हरुलाई गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसी र ज्येष्ठ नागरिक सरोकार समाज कास्कीका आजीबन सदस्य समेत रहेका प्रतिष्ठानका प्रमुख संरक्षक श्री प्रेमराज अधिकारीले सम्मान गर्नु भएको थियो। सँगसँगै पूर्व बिधालय ब्यावस्थापन समिति अध्यक्ष, शिक्षक अबिभावक संघका अध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, चन्दादातालाई पनि सम्मान गरिएको थियो।
यसै गरी बिधालयमा हाल अध्ययनरत सबै जना बिधार्थीलाई प्रतिष्ठानका कोषाध्यक्ष ओमकार अधिकारीले आफ्नै सौजन्यतामा प्रतिष्ठानको तर्फबाट न्यानो कपड़ा स्विटर र टोपी पनी प्रदान गर्नु भएको थियो। कार्यक्रममा बिधालयले संचालन गरेको अतिरिक्त कार्यक्रममा प्रथम, द्वितीय,तृत्तिय हुने छात्राछात्रलाई पुरस्कार समेत वितरण गरिएको थियो।
बिधालय ब्यावस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षता, अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका सह–सचिव एवं पूर्वबिधार्थी बिनोद बहादुर कुँवर, पालिकाका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी,पूर्व प्रधानाध्यापक एवं वडानं १ का वडाध्यक्ष प्रतिष्ठानका अध्यक्ष तुलसी प्रसाद अधिकारी, पालिकाका शिक्षा बिभाग प्रमुख पूर्व बिधार्थी बलराम भुगाई,पूर्व ड़िएसपी/बिधार्थी ग़मबहादुर कुँवर,पूर्व प्रधानाध्यापक तुलसीप्रसाद अधिकारी,पूर्व बिधार्थी राजेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए। ऊक्त अबसरमा ऊहांले बिध्यालयका एक जना संस्थापक समेत रहेका आफ्ना हजुरबुवा हरिप्रसाद अधिरारीको स्मृतीमा बिध्यालय हाता भित्र आफ्नै सौजन्यतामा सरस्वतीको माताको मुर्ती र मन्दिर समेत स्थापना गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो।
ऊद्घाटन कार्यक्रममा ऊपस्थीत सबैको लागी खाजाको (जलपान,खिर र अचार तथा सुन्तला) सौजन्यता पुर्ब प्रधानाध्यापक तुलसी प्रसाद अधिकारी (ठुलो) बाट प्राप्त भएको थियो भने पोखराबाट आऊने जाने बसको सौजन्य तुलसी प्रसाद अधिकारी (सानो) बाट प्राप्त भएको थियो। यसै गरी मन्च ब्यबस्थापन ब्यानर लगायत सजीसजावटको सौजन्य बर्तमान प्रधानाध्यापक कलाधर भुगाई बाट प्राप्त भएको थियो । ज्येष्ठ नागरिक सम्मानको सौजन्य संस्थाका प्रमुख संरक्षक प्रेमराज अधिकारीले गर्नुभएको थियो भने अन्य सम्मान सामाग्री लगायत प्रमाण पत्र तथा बिध्यार्थीहरुको लागी न्यानो कपडाहरुको सौजन्य प्रतिष्ठानका कोषाध्यक्ष ओमकार अधिकारी मार्फत प्रदान गरिएको थियो। स्थानिय आमा समुह र बिध्यालयका शिक्षिका मार्फत फुलमालाको सौजन्यता प्राप्त भएको थियो। ऊक्त अबसरमा बिध्यालयका शिक्षिका हरुबाट स्बागत गान , आमा समुहबाट जनचेतना मुलक गित र बिध्यार्थीहरुबाट नृत्य पनी प्रस्तुत गरिएको थियो।
बिधालयका शिक्षक हरिप्रसाद भुगाईको संचालन रहेको कार्यक्रममा बिधालयका प्रधानाध्यापक कलाधर भुगाईले बिधालयको प्रगति प्रतिवेदन सहित भावी रणनिती र प्रतिष्ठानका कोषाध्यक्ष ओमकार अधिकारीले प्रतिष्ठान गठन गर्नुको उद्देश्य सहित भावी रणनिती बारे प्रकाश पारेका थिए भने शिक्षिका एवं प्रतिष्ठानका उपाध्यक्ष संगीता नेपालीले उपस्थित सबैलाई स्वागत गरेकी थिईन्।बिध्यालयका स्थापना कालदेखीका संपुर्ण अग्रजहरुलाई संझदै सरस्वती माताको तस्बीरमा माल्यार्पण गरि शुरु गरिएको कार्यक्रममा नेपालको राष्ट्रियगाना बजाईनुको साथै ऊद्घघाटन समारोहमा बिबिध कारणले आऊन असमर्थ हुनु भएका प्रथम शिक्षक चन्द्र बहादुर बस्नेत तथा संस्थापक राम प्रसाद अधिकारीको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै दिबंगत हुनुभएका अन्य सबै संस्थापक तथा ज्ञात अज्ञात शिक्षाप्रेमी तथा शहिदहरु प्रती श्रद्दान्दली पनी अर्पण गरिएको थियो।