२१ माघ, २०८०
शीतलपाटीन्युज डटकम।
पोखरा । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई नेपाल मगर सांस्कृतिक संघ कास्कीले सम्मान गरेको छ। मगर कलाकार भलाई कोष स्थापनार्थ शनिबार पोखरामा आयोजित दोस्रो मगर उत्सव २०८० को सन्दर्भमा प्रबन्ध निर्देशक तमुलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेगमगर र अध्यक्ष सरिता सारु मगरले तमुलाई फेटा,माला, प्रमाणपत्रले सम्मान गरे।
त्यस्तै, नेपाल मगर सांस्कृतिक संघ कास्कीले यस वर्ष राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रीता थापामगर, सामाजिक अभियन्ता जुनु पुन मगर, सामाजिक अभियन्ता अनिता रानामगरलाई सम्मान पनि गरेको छ ।
पूर्वगोर्खा सैनिक तमु दुई दशकभन्दा लामो समयदेखि बेलायतमा फोटो पत्रकारितामा सक्रिय छन्।
चार वर्षअघि तमुले एकल स्वामित्वमा गोर्खा मिडिया डटकम अनलाइन सञ्चालनमा ल्याएका छन् । पत्रकारिता र समाजसेवामा सक्रिय गुरुङ नेपाल पत्रकार महासंघ बेलायत शाखा कार्यकारिणी सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेका सल्लाहकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका सल्लाहकार जस्ता विभिन्न संघसंघमा आबद्ध छन्।