Sunday April 28, 2024

बेलायतमा १ लाख पाउन्ड उठाउने लक्ष्य राख्दै आनीको कन्सर्ट, सहयोग मानवसेवा आश्रमा जम्मा हुने

३ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1191


बेलायतमा १ लाख पाउन्ड उठाउने लक्ष्य राख्दै आनीको कन्सर्ट, सहयोग मानवसेवा आश्रमा जम्मा हुने

शीतलपाटीन्युज डटकम।

लन्डन- लोकप्रिय समाजसेवी गायिका आनी छोइङ डोल्मा सांगीतिक कन्सर्टका लागि बेलायत आउने भएकी छन्। गायिका छोइङले मानवसेवा आश्रम सहयोगार्थ आगामी मे ५ मा बेलायतमा आयोजना हुने कन्सर्टमा प्रस्तुति गर्ने भएकी हुन्।

मानवसेवा आश्रम बेलायत शाखाको आयोजनामा क्याम्बर्लीको लेकसाइड कन्ट्री क्लबमा ‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रम हुने भएको हो। कार्यक्रममा १५ सय जनाको सहभागिता गराउने र मानव सेवा आश्रमका लागि १ लाख पाउन्ड बढी सहयोग जुटाउने लक्ष्य राखिएको आयोजक मानवसेवा आश्रम बेलायतका अध्यक्ष एवम कार्यक्रम संयोजक सुनिलबाबु खड्काले बताउनु भयको छ। करिब ८ वर्षअघि बेलायतको रेडिङमा आनीको कन्सर्ट हुदा उल्लेख्य सहभागितामा उनको कन्सर्ट सम्पन्न भएको थियो।

यसैबीच,आयोजक मानवसेवा आश्रम बेलायत शाखाको कार्यक्रम तयारीसम्बन्धि पहिलो बैठक सोमबार सम्पन्न भएको छ।  अध्यक्ष सुनिलबाबु खड्काको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यसमितिका पदाधिकारी एवम् सल्लाहकारहरुबीच तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल गरिएको थियो।  मानवसेवा आश्रमका काममा सहयोग गर्ने उद्देश्यसहित गत वर्ष एनआरएनए यूके निवर्तमान अध्यक्ष खड्काको अध्यक्षतामा मानवसेवा आश्रम यूके शाखा गठन गरिएको थियो। 

गत वर्ष आश्रम अध्यक्ष रामजी अधिकारीसहितको टोली बेलायत आएको बेलामा करिब एक  करोड रुपैयाँ बढीको सहयोग जुटाइएको थियो।  

मानवसेवा आश्रमले विसं. २०८२ भित्र नेपालमा कसैले पनि बाध्यात्मक रुपमा खुला अकाशमुनि,सडकपेटी एवम् सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउनु नपर्ने अवस्था बनाउने उद्देश्यले देशव्यापी अभियान चलाइरहेको छ। 

संस्थाले हाल सातै प्रदेशका १९ जिल्लामा २४ सेवाकेन्द्र सञ्चालन गरी ७७ वटै जिल्लाका सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गर्दै आएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?