२५ फाल्गुन, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। भरतपुर महानगरपालिका मेयर रेणु दाहालको स्वागतमा नेपाली राजदूतावासले एक कार्यक्रम आयोजना गर्यो। मेयर दाहाल एउटा अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न लन्डन आइपुगेकी थिईन।
बुधबार सांझ नेपाली राजदूतावास भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले देश विदेशबाट आफ्नो महानगरको काम सुक्ष्म ढंगले अध्ययन गरेरै आफूले अन्तर्राष्ट्रिय अवार्ड पाउन लागेको जानकारी पाएको बताइन्।दाहालले भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन भइसकेको जनाउंदै बेलायतवासी नेपालीलाई पनि नेपाल आउन र भरतपुर भ्रमण बर्ष मनाउन भरतपुरमा घुम्न आउन निम्तो दिएकी थिईन।
प्राकृतिक सम्पदाले भरिपूर्ण भरतपुरको सही व्यवस्थापन गर्न सके भरतपुरलाई आर्थिक गतिविधिको केन्द्रका रुपमा विकास गर्न सकिने पनि दाहालको भनाइ थियो। ‘भरतपुरको भविष्य छ, हामी यसको समृद्धि गर्न लागिरहेका छौं’, उनले भनिन्। सो स्वागत समारोहमा भरतपुरको पर्यटकिय बृतचित्र प्रस्तुत गरीएको थियो।
उनले राजदूत ज्ञानचन्द्र आचार्यलाई पनि भरतपुर भ्रमण वर्षको औपचारिक निमन्त्रणा दिइन्।
कार्यक्रममा राजदूत आचार्यले मेयर दाहालको स्वागत गर्दै बेलायत नेपाल सम्बन्ध विगत दुई दशकयता जनस्तरमा व्यापक विस्तार भइरहेको बताउनु भयको थियो। राजदूत आचार्यले बेलायतवासी नेपालीले मातृभूमि र बेलायतमै पनि आफ्नो कला,संस्कृति र देशलाई प्रचार प्रसार गरिरहेको उल्लेख गर्नु भयको थियो। सो अवसरमा राजदुत आचार्यले भरतपुर भ्रमण वर्षले समग्र नेपाल भ्रमण वर्षलाई पनि फाइदा पुग्ने बताउनु भयो ।
नेपाली राजदुताबासकी नियोग उपप्रमुख रोशन खनालले संचालन गरेको सो कार्यक्रममा बेलायतको नेपाली समुदाय अत्यन्त क्रियाशील रहेको समेत अवगत गराउनु भयको थियो। बेलायतमा नेपालीमूलकी मेयर निना गुरुङ, काउन्सिलरहरु नेम थापा,कमल गुरुङ,लक्ष्य गुरुङ,धनबहादुर सार्की, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ,एनआरएनए निवर्तमान अध्यक्ष कुल आचार्य लगायत प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी रहनु भयको थियो।
बेलायतमा कृयासील पत्रकारहरुको उपस्थिती रहेको उक्त कार्यक्रम बेलायत तथा बेल्जीयम सम्मको भ्रमण पछि १९ मार्चमा नेपाल फर्कने कार्यक्रम छ।