Friday March 21, 2025

गजल गायकद्वय तिलकसिं पेला र राज सिग्देललाई हिथ्रो एअरपोर्टमा भब्य स्वागत

१२ चैत्र, २०८० शीतलपाटीन्युज डटकम। 1407


गजल गायकद्वय तिलकसिं पेला र राज सिग्देललाई हिथ्रो एअरपोर्टमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।

लन्डन। ३१ मार्च २०२४ मा बुद्धिस्ट गुम्बा रेडिङ युकेले आयोजना गर्न लागेको च्यारिटी गजल डिनर नाइटमा प्रस्तुति दिन गजल गायकद्वय तिलकसिं पेला र राज सिग्देल  बेलायत आईपुगेका छन। 

आइतबार लन्डनस्थित हिथ्रो विमानस्थल आइपुगेका गजल गायकद्वयलाई बुद्धिस्ट गुम्बा रेडिङ युकेका अध्यक्ष ई.खेमबहादुर गुरुङ,महासचिव कमल गुरुङ लगायतले भब्य स्वागत गरेका थिए। 

अल्डरसटस्थित एम्पायर हलमा हुने च्यारिटी कार्यक्रममा गायकद्वयको के लत बस्यो मलाई,हेर दिन ढल्यो,लुकाउन खोज्दा पनि,पल पल यस्तै,हरेक दिन सॅाझ फर्केर आउॅछ,मन भित्रको महल तिमीलाई,माया मात्र कस्तो कस्तो, कति निठूरी बनेथ्यो,फेरि अर्को हार भयो,निर्जन किनार लगायतका लोकप्रिय सिर्जना सो कार्यक्रममा प्रस्तुत हुनेछन्। 

प्रवेश शुल्क खानासहितको टिकट मूल्य १०० र ४० पाउन्ड तोकिएको गजल साँझमा प्रायोजकलाई भीआईपी टिकट हुने र ४०० पाउन्डभन्दा माथि सहयोग गर्नेलाई २ वटा भीआईपी टिकट दिइने महासचिव कमल गुरुङले बताएका छन।

गुम्बा निर्माण तथा मर्मतका लागि सहयोगार्थ च्यारिटी गजल डिनरको आयोजना गरी एकोले पुण्य कामका लागि कार्यक्रमको टिकट काटेर सहयोग गर्न महासचिव गुरुङले अनुरोध गरेका छन। 

गुम्बाले यसअघि २०१९ जुलाईमा पहिलो च्यारिटी गरेको र त्यसबेला आनिछोइङ डोर्माले प्रस्तुति दिएकी थिइन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?