Friday May 10, 2024

बेलायती नेपाली बालबालिकाहरुका लागि : "प्रतिभा नक्षत्र २०२३” को आवेदन खुल्ला

६ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1612


बेलायती नेपाली बालबालिकाहरुका लागि : "प्रतिभा नक्षत्र २०२३” को आवेदन खुल्ला

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम “प्रतिभा नक्षत्र २०२३” को प्रतिभा प्रस्तुतिका लागी आवेदन खुल्ला भएको छ ।


बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुका लागि आफ्नो क्षमता प्रर्दशन गर्ने अत्यन्तै महत्वपूर्ण कार्यक्रम प्रतिभा नक्षत्र यही २६ अगस्टमा लन्डन प्लमस्टिडको एशियन कम्यूनिटी सेन्टरमा आयोजना हुने आयोजकले बताउनु भयको छ । उक्त कार्यक्रममा सहभागी हुन इच्छुक प्रतियोगीले अनलाइनमार्फत पनि आवेदन दिनसक्ने आयोजक संस्था प्रतिभा नक्षत्रले जनाएको हो।

प्रतिभा नक्षत्रका अध्यक्ष सिम्मी पुनका अनुसार प्रतिभा नक्षत्र कार्यक्रम बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि नेपाली भाषा,कला र संस्कृतिको जानकारी दिने तथा उनीह्ररुको प्रतिभा प्रर्दशन गर्ने उद्येश्यले आयोजना गर्ने गरिएको भन्नु भयको छ। नेपाली गीत,संगीत,नृत्य,कला,साहित्य,चित्रकला लगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्ने प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसले जानकारी दिएका छन।

 

उहाका अनुसार नेपाली बालबालिका र युवाहरुलाई नेपाली भाषा,कला र संस्कृतिसँग परिचित गराउने विभिन्न खालका कार्यक्रम आयोजना गरिने छ । सो अवसरमा विभिन्न नेपाली परिकारका खानाहरु, नेपाली खेल चङ्गा उडाउने र साहित्यिक सामग्रीहरुको बाचन गर्ने कार्यक्रम राखिने गरेको कुरा जनाउनु भएको छ।

 

नेपाली मूलका बालबालिकाको सहभागिता रहने प्रतिभा नक्षत्र कार्यक्रममा बाल तथा युवा गरी दुई छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा हुनेछ।युथ नक्षत्रमा पहिलो,दोस्रो र तेस्रो हु्नेलाई क्रमशः ६ सय पाउण्ड, ५ सय पाउण्ड र ४ सय पाउण्ड तथा यसैगरी बाल नक्षत्रमा पहिलो,दोस्रो र तेस्रो  हुनेले पनि क्रमशः४ सय,३ सय  र २ सय पाउण्ड पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। 

 

बाल समूह अन्र्तगत ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिका र युथ अन्र्तगत  ११ देखी १९ वर्षका यूवाले भाग लिन सक्नेछन। चार वर्षदेखि नियमित हुदै आएको प्रतिभा नक्षत्र कार्यक्रममा नेपाली संस्कृति झल्काउने खालका केही कार्यक्रम यस वर्ष थप गर्न लागिएको छ।यस वर्ष पहिलो पटक कार्यक्रमस्थलमा थारु संस्कृति झल्काउने थारुघर र नेपाली मौलिकता झल्काउने विभिन्न स्टलहरु राखिने तयारी भइरहेको छ।

(डेमो खवर)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?