१० श्रावण, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन। बिश्वमा सामान्य बोलचाल र सरकारी भाषा पनि अंग्रेजी बोल्ने देश भित्र धेरै जातजातीका संस्थाहरु रहेका छन। त्यस मध्य सयपत्री परीयार समाज युके पनि एउटा संस्था हो। समय बगी रहने हो र सधै भरी बगी रहने समयले केही यादहरु पनि छोडेर गएका हुदो रहेछ। ती छोडेर गएका समयका अबिस्मरणिय क्षण यहा संझन चाहान्छु भन्दै शीतलपाटीन्युजलाई सयपत्री परीयार समाज युकेका अभियन्ता उत्तर बर्देवाले आफन्नो शंझना पठाउनु भयको छ।
बर्देवाले भन्नु भयको छ, "२२ जुलाई २०२३ को शनीवारका दिन “सुसी बार एवम रेष्टुरेन्ट” (Sushi Bar & Restaurent) अल्डरसटमा सयपत्री परीयार समाज बेलायतको भेटघाट भब्य र सभ्य रुपमा सम्पन्न भयो। समाजका अध्यक्ष दिलिप महराको अध्यक्षतामा भयको सो भेटघाट कार्यक्रमको संचालन समाजका महासचिब रबिन परीयारले संचालन गर्नु भयको थियो। १५० जना समाजका सदस्यहरुको उपस्थिती रहेको सो कार्यक्रममा महासचिबले रोचक प्रस्तुती दिदै कार्यक्रमलाई रोचक बनाउनु भयको थियो।”
समाजका उपाध्यक्ष कुमार घलेद्वारा उपस्थित पाहुना र समाजका सदस्यहरुलाई कार्यक्रममा स्वागत मन्तब्य राख्दै स्वागत गर्नु भयको थियो भने अध्यक्ष महराले नेपाल सहयोग गरेका समाजका सहयोगी मनका धनी सदस्यहरुलाई प्रशंसापत्र प्रदान गरेर सम्मान गर्नु भयको थियो।कोषाध्यक्ष र सहयोगीद्वारा मेम्बरसीप बनाउन र पुराना मेम्बरहरुको पुन दर्ता गर्ने काम भयको थियो।
संस्थाका सल्लाहाकार एवम काउन्सीलर नविन सिवाले संस्थाका अध्यक्ष दिलीप महरालाई खादा लगाइ सम्मान गर्नु भयको थियो भने कार्यसमितीका तेज बहादुर सुन्दास,श्रीमती सपना लगायत अन्य सदस्यहरुलाई अघ्यक्ष महराले खादा लगाइ सम्मान गर्नु भयको थियो।
देबेन्द्र महराद्वारा तम्बोला समेत खेलाईएको सो भेटघाट कार्यक्रममा स्वादिष्ट खानाका साथै भरपुर मनोरन्जन दिलाइएको थियो।बेलुका अबेलासम्म मातृभुमिका गहना कलाकारहरु राजेस बर्देवा र पुर्णकला जिसीको गीतले सबै जना खुसी भै नाची रहेको पाइएको थियो।
दर्र्शकहरु नाचेको मुल्याड्कन गरेको भए पहिलोमा सुनील र दोश्रोमा श्रीमती सुनिताको डान्स अति नै उत्कृष्ठ रहि सयपत्री परीयार समाज युकेको भेटघाट सम्पन्न भयको थियो।