Friday May 10, 2024

आज प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक कॅुवर र पुर्ब प्रहरी संगठनका अध्यक्ष समेतको बिच छलफल

११ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1991


आज प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक कॅुवर र पुर्ब प्रहरी संगठनका अध्यक्ष समेतको बिच छलफल

बसन्त कुवंर,

राष्ट्रीय अध्यक्ष 

नेपाल पुर्ब प्रहरी संगठन।

आज प्रहरी प्रधान कार्यालएमा प्रहरी महानीरीक्षकज्यु र उहॉको टीमसंग नेपाल पुर्ब प्रहरी संगठनका अध्यछ बसन्तराज कॅवर तथा पदाधीकारीज्युहरु बीच आपसी सरोकारका बिषयमा औपचारीक रुपमा गहन छलफल गर्यौं। छलफल ज्यादै सकारात्मक र उपलब्धीपुर्ण रह्यो।

नोपाल पुर्ब प्रहरी संगठनको सरोकार मुलत ९४% तल्ला तथा गरीब पुर्ब प्रहरीहरुको कल्याणमा केन्द्रीत थियो र प्रहरी प्रधान कार्यालएको पनि यस पक्षमा सकारात्मक सहयोग तथा साथको प्रतिबद्धता देखियो। त्यस अबसरमा प्रहरी कल्याण महाशाखा  र प्रहरी अस्पतालले गरेका गतीबिधी पनि जानकारी पाइयो। 

प्रहरी महानिरीक्षकज्युको दृष्टिकोण हाम्रा सरोकार प्रति ज्यादै सकारात्मक रह्यो र महानिरीक्षकज्युको संबोधन र बिदाइ  पछी हामीले दोश्रो सिटीडं प्रसासन प्रमुख एआइजीपी दीपक थापाज्यु र प्रहरी अस्पतालका निर्देशक एआइजीपी डाक्टर आशी सिंह ज्सु संग बस्यौं। दीपक सर संग हामिले यस बर्ष गरीने एक्सनप्लानमा होमवर्क गर्यौं। डाक्टर आशा सिंहज्युबाट पनी पुर्ब प्रहरीका हितका कुरा हरु आए।उहाहरु सबैमा हार्दीक धन्यबाद तथा आभार।

 

आजको मिटीडं मलाइ पहिले पहिले बसे भन्दा राम्रो लाग्यो। यस मिटीडंमा उहॉ हरुको गतीबीधी बुझ्ने मात्र नभै त्यो भन्दा बडी समय हाम्रा सरोकारहरु सुन्ने र निष्कर्शमा पुग्नेमा दिइएको पाइयो। 

 

हामि नेपाल पुर्ब प्रहरी संगठन,प्रहरी प्रधान कार्यालयसंग सहकार्य गरी पुर्ब प्रहरीहरुको कल्याणमा लागी रहने छौ र महानिरीक्षकज्युको नेत्रीत्वको कदर गर्दै उहाको टीमको उच्च र ऐतीहासीक कार्य सफलताको पनि कामना गर्दछौ। 

महानिरीक्षकज्युले हाम्रो संगठनलाइ औपचारीक आमन्त्रण गरी अमुल्य समय प्रदानका गरी न्यानो आतीत्थ्य प्रदान गर्नु भएकोमा उहा प्रति नेपाल पुर्ब प्रहरी संगठन हार्दिक आभार ब्यक्त गर्दछ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?