Friday February 07, 2025

गलकोट समाज युकेको ७औ बार्षिक कार्यक्रम भब्य सम्पन्न

१७ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1735


गलकोट समाज युकेको ७औ बार्षिक कार्यक्रम भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।

बर्मीड्घम,लण्डन। नेपालको बाग्लुड्ग जिल्ला गलकोट घर भै बेलायत आई बसोबास गरेका गलकोटबासीहरुले सातौ बार्षिक समारोह भब्य रुपमा सम्पन्न गरेको समाचार प्राप्त भयको छ।

गलकोट समाज युकेका अध्यक्ष भोजराज कडेलले एउटा बिज्ञप्ति प्रकाशन गर्दै मुख्य अतिथी नेपाली राजदुताबास लण्डनको डिपुटी चिफ अफ मिसन रोसन खनाल,बिशीष्ठ अतिथी एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्ग र बिभिन्न सामाजीक संस्थाबाट पाल्नु भएका अतिथीहरुलाई कार्यक्रममा उपस्थिती भएर गलकोट समाज युकेको बार्षिक  मनोरन्जन सफल बनाई दिनु भयकोमा धन्यबाद टक्राउनु भयको छ।

महासचिव विष्णु चालिसेले सञ्चालन गरेको र गलकोट समाज युकेका अध्यक्ष भोजराज कडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य अतिथी नेपाली राजदुताबास लण्डनको डिपुटी चिफ अफ मिसन रोसन खनाल,बिशीष्ठ अतिथी एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्गले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको बिज्ञप्तिमा बताइएको छ।

३१ जुलाई २०२३ मा वेष्ट ब्रोमीच बर्मिघंममा आयोजना भयको सो कार्यक्रममा स्बादिष्ट खाना,सास्कृतिक मनोरन्जनात्मक कार्यक्रम सहित भब्य सम्पन्न भयको थियो। दिलु गैरेले संचालन गरेको सासंकृतिक कार्यक्रममा गायक जीवन शर्मा,गायीका देवी घर्ती,इश्वर सिह,राजेश बर्देवा,डिजे हेम बिष्ट र स्थानिय कलाकार भाईबहिनी कलाकारहरुको बेजोड प्रस्तुति थियो।

कार्यक्रममा आर्थिक सहयोग र बिज्ञापन दिइ सहयोग गर्ने सबैलाई धन्यबाद दिइएको सो कार्यक्रममा गलकोटबासीहरुको उपस्थिती खचाखच थियो। एनआरएन अन्तराष्ट्रिय सदस्य दिलरास गुरुड्ग,तमुधि युके उपाध्यक्ष कमल गुरुड्ग,निवर्तमान अध्यक्ष राजु कडेल,एनआरएनए यूके निवर्तमान उपाध्यक्ष नारायण कंडेल, संस्थापक अध्यक्ष रेशम बुढाथोकी,नेपालबाट आएका पूर्व शिक्षक टिकाराम सापकोटा लगायत नारायण फुयाल,महेश अधिकारी,डासुराम पाण्डे, शीव कडेल उपस्थित रहेको सो कार्यक्रममा उपाध्यक्ष डिलाराम गौतमले शुभकामना र धन्यबाद दिनु भयको सो कार्यक्रम भब्य सम्पन्न भयको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?