Monday May 13, 2024

फोनिज यूकेकी अध्यक्ष गोमा राना २०२३ र न्यू लक्ष्मी ज्वेलर्सकी प्रोपाइटर एवं समाजसेवी लक्ष्मी राई २०२२ को "वुमन अफ दि इयर" विशेष अवार्डबाट सम्मानित

३१ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1553


फोनिज यूकेकी अध्यक्ष गोमा राना २०२३ र न्यू लक्ष्मी ज्वेलर्सकी प्रोपाइटर एवं समाजसेवी लक्ष्मी राई २०२२ को "वुमन अफ दि इयर" विशेष अवार्डबाट सम्मानित

शीतलपाटीन्युज डटकम।

लन्डन । २९ औं विश्व आदिवासी दिवसमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष गोमा राना २०२३ र न्यू लक्ष्मी ज्वेलर्सका प्रोपाइटर एवं समाजसेवी लक्ष्मी राई २०२२ को "वुमन अफ दि इयर" विशेष अवार्डबाट सम्मानित भएका छन्। 


नेपाल आदिवासी जनजाति महासंघ (नेफिन युके) सहित विभिन्न जातीय संघसंस्थाले आइतबार अल्डरसटको एम्पायर हलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोमा राना र समाजसेवी  लक्ष्मी राई "वुमन अफ दि इयर" अवार्डबाट सम्मानित भएको हो। अध्यक्ष रानालाई प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालले ताम्रपात्र दिदै खादासहितले सम्मान गरीएको थियो। समाजसेवी राई भने व्यस्तताले कार्यक्रममा पुग्न नसकेकाले प्रतिनिधि मार्फत सम्मान ग्रहण गरिएको थियो।  

यस्तै, गोर्खा सत्याग्रहका अभियन्ता ज्ञानराज राई २०२२ र सञ्चारकर्मी अमृत थेवेलाई २०२३ "म्यान अफ इयर अवार्ड" द्वारा सम्मान गरीएको थियो।

नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ,नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुरा,किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश राई,मगर संघ युके अध्यक्ष सीता पुन मगरलगायत विभिन्न संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, बुद्धिजीवी, सञ्चारकर्मीलगायतको बाक्लो उपस्थिति थियो।  

प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालले आदिवासी जनजातिले उठाएका माग तत्काल पूरा होस् भनी शुभेक्षा व्यक्त गर्नु भयको थियो। नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहका भक्तबहादुर दुरा प्रमुख वक्ता रहनु भयको थियो। 

नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके), नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति युवा महासंघ बेलायत र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ बेलायतले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रम  नेफिन युके महासचिव बिमला सेनीले सञ्चालन गर्नु भयको थियो। कार्यक्रममा राई र लिम्बुले झाँकी प्रदर्शन गरेका थिए भने मगर गट ट्यालेन्ट स्वेच्छा तिलिजा मगरले नृत्य प्रस्तुत गरेकी थिइन्। 

नेफिन यूके अध्यक्ष शेर्पाले पुरस्कृत र सम्मानित व्यक्तिहरुलाई बधाई र सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नु भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?