Friday May 10, 2024

मेलिनाको डायरीभित्र कथाकार हरिसिंह थापा

२० भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1601


मेलिनाको डायरीभित्र कथाकार हरिसिंह थापा


मेलिनाको डायरीभित्र कथाकार हरिसिंह थापा

                                                                                                                               

सुरेशजङ्ग शाह                                                      संस्थापक तथा निवर्तमान अध्यक्ष 

नेपाली साहित्य विकास परिषद् यूके

स्थापित १९९५ (२०५१विसं),लण्डन।

                कथा कविता गीत गजल नियात्रा र उपन्यास आदिसाहित्यका सबै विधामा कलम चलाउने  नेपाली साहित्यविकास परिषद् युके का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवितथा आख्यानकार हरिसिंह थापाको भर्खरै प्रकाशित नवीनतम्कृति 'मेलिनाको डायरी' कथासङ्ग्रह पुस्तकभित्र पसिहेर्दा जन्मभूमि नेपाल र कर्म भूमि बेलायतको जीवनशैली,सभ्यता,भौतिक विकास र प्राकृतिक सौन्दर्यमाझ सामाजिक परिवेश,छुवाछुत जस्ता सामाजिक कुसंस्कार, सामाजिक सोच,विदेशका पीडा,चेलीवेटी बेचबिखन,घातप्रतिघात,दुर्व्यसन, मायापीर्ति र पर्यावरण आदि विषयहरूलाई छोएर  यस'मेलिनाको डायरी' कथासङ्ग्रह भित्र विभिन्न शिर्षकहरूमा १४ वटा कथाहरू समावेस गरिएका छन्। कुनै भावपरख कुनै वस्तुपरख र कुनै वर्णात्मक शैलीका कथाहरू सटिक र मर्मस्पर्सी छन्। लेखकले कर्म भूमिको विकासको शैली,सीप रसोच जन्मभूमिमा उतार्न प्रेणा जगाउने प्रयत्न पनि आफ्ना कथाहरूमा बढो रोचकरूपमा प्रस्तुत गरेका छन्। आफूले देखेका, भोगेका र सुनेका सामाजिक विषय वस्तुहरूलाई नै सिर्जनाहरूमा उतारेर नेपालदेखि बेलायतसम्मका सामाजिक रीतिथितिहरूको जानाकारी दिने प्रयास पनि गरेका छन्। विदेशीयका युवाहरूको पीडादेखि वैदेशिक रोजगारीले समाजर परिवारमा पारेको असर, विदेश पठाउने धन्दाबाट ठगिएका युवाहरूको आवाज र चेलीवेटी बेचबिखन आदिबारे सशक्त आवाज उठाएका छन्। समाजमा विद्यमान रूढीग्रस्त सोचकोपनि चिरफार गर्न खोजेका छन्। पूर्वीय संस्कार र पश्चिमी सभ्यताका मान्यताहरूलाई आफ्ना कथाहरूमा समेटेर जानाकारी मूलक समिश्रण गराएका छन्। रोमान्स रअपराधलाई पनि स्थान दिएर कथा संग्रहलाई सन्तुलित स्वाद दिने प्रयत्न आख्यानकार हरिसिंह थापाले  गरेका छन्। लेखनमा सरलता र ठट्यौलीशैलीको मिश्रण पनि रहेकोछ।

                                           

          लौ साली नानी हो ! मौका आउँछ पर्खदैन ! जाने भएकोको जान्छौ हिँड। आफ्नै ससुराली गाउँकी सालीहरू भनेरपो भनेको त। नत्र सहर जाने कामदारको खाँचो छैन  क्यारे !

        होइन हामी जान्छौँ नि भिना । म,रूपा,शिलु, मीना,अर्चना,चमेली गरेर हामी छ जनी त भइहाल्यौँ नि त ।हामीलाई जसरी नि लानु होला भिना ।

         हो हो  भिना हामी सबै जाने हो ... सबै जनी एकैस्वरमा सहमति जनाउँछिन्।

          लौ त जाने भए भोलि बिहान मिरमिरेमा नै घरबाटहिँड्नु पर्छ । गाडी छोप्न राम्रोसँग उज्यालो नहुँदै बस पार्कमात पुगि पो सक्ननु पर्छ त हौ! पछि परियो भने सिट पाइँदैन ।ठिङ्ग उभिएर जानु पर्छ। कुरो त बुझ्यौ नि। गाडी भाडाखर्चबर्चको कुनै चिन्ता गर्नु पर्दैन, म मिलाइ हाल्छु । पछिकमाएर  मलाई फिर्ता दिनु।

         हुन्छ भिना ! कस्तो राम्रो कुरा गर्नु भयो। पल्लो गाउँकोहर्केले जस्तो दुवई जाने भए चार लाख तयार पार त भन्नु भएन। आखिर आफ्नो भिना भनेको भिना नै हो। यो भिनाकोगालामा चुमिदिउँकी जस्तो लाग्यो ... खितिति हाँस्छिन् सबैजनी।

          लौ न लौ साली हो  गाला यहीँ छ ! एक चुमाइलेस्वर्गको अनुभूति हुन्थ्यो कि !  एक चुम्मा त जावस न योभाग्यवानको गालामा! स्वर्ग देखिहालौँ ।
मनोहर गाला चिम्म गरेर साली नानीहरूतिर पसारेर थाप्छ।

          लौ भिना मीठो चुम्बन... चटम्म आवाज आउँछ ।खितिति हाँसोको साथमा। 

          ऐया बाबा ! चुम्बन पनि कस्तो सारो हौ ! स्वर्गदेखिएला भनेको त झिलिझ्याइँ पाताल पो देखियो बाबा! 

गाला छाम्दै... आफ्नी साली छैनन्। गाउँकी सालीकोचट्कनलाई पनि चुम्बनै सम्झनु पर् यो ! के गर्नु दुध दिनेगाईको लात पनि सहनु  भन्छन् ... मनमनै गन्थनिन्छ मनोहर ।(सङ्गत- कथाबाट उद्दृत अङ्श)

  
(विमोचनको अवसर : प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्रआचार्य बायाँबाट तेस्रो)

             प्रस्तुत अङ्श 'मेलिनाको डायरी' कथासङ्ग्रहभित्रको 'सङ्गत' कथाबाट उद्दृत गरिएको हो। यसकथामा गाउँघरले पत्याएको सोझो इमान्दार मनोहर पल्लोगाउँको दलाल लालध्वजको सङ्गतले  झन्डै दलाल् नै बन्नपुग्छ र आफूप्रतिको भरोसाबाट फाइदा उठाउँदै गाउँघरकाकेटीहरूलाई ललाई फकाई सहरका गलैचा कारखानामा कामगर्ने बहानामा बम्बैको कोठीमा पुर् याउने गरेका  दर्दपूणचेलीबेटी बेचबिखनको धन्दा यस कथामा समेटिएको छ॥

                यस्तैगरी वैदेशिक रोजगारिले परिवारमा पारेको असरबारे  पुस्तकको आवरण नाममा समर्पण गरिएको कथा'मेलिनाको डायरी' कथामा वैदेशिक रोजगारीले निम्त्याएकोविकृत सोचका कारण कथाकी नायिका मेलिनाले अकाल रअनाहकमा आफ्नो जीवन गुमाउनु परेकोछ । वियोगान्तकथाको नायक महेश पनि आफै पश्चात्ताप पीडाको बलीमाचढेका छन् । वैदेशिक रोजगारीको  एउटा बाध्यता र वर्तमानपरिस्थितिको उब्जनी सुखान्त नरहेको युवा परिवारको पीडालाईयस कथामा बढो मार्मिकरूपले प्रस्तुत गर्न लेखक सफल रहेका छन्।

                    यस्तै यस्तै मिल्ने खालका घटनाक्रमहरूले हाम्रागाउँघर समाजसाजलाई विछिप्त वनाइरहेका छन्। तिनैकुरालाई टिपेर आख्यानकार हरिसिंह थापाले कथाकोरूप दिएरसमाजलाई दलालहरूको प्रलोभनबाट बच्न चेतनाको प्रवाह गर्नेप्रयत्न गरेका छन्, सामाजिक सोच र सङ्कुचित संस्कारलाईबदल्ने प्रयत्न गरेका छन्। डायस्पोराका पीडा र प्रणयसौन्दर्यका सुखान्त र दुखान्त अभीष्टहरू पनि समेटेका छन्आफ्ना अधिकाङ्स कथाहरूमा  यस 'मेलिनाको डायरी' कथासङ्ग्रह पुस्तकमा।

  
पुस्तकभित्र प्रकाशकीय मन्तव्यमा  नेपाली साहित्य विकासपरिषद् युकेका अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ललेख्छन् : पढ्न रोचक र कौतुहलताले भरिपूर्ण यस 'यसमेलिनाको डायरी' कथासङ्ग्रहभित्र लेखकले  प्रेम, प्रणयदेखिप्रवासी पीडासम्मका विषयहरूलाई समेटेर  बढो पठनीयशैलीमाकथाकोरूप दिएकाछन्। समाजलाई सजक हुन र सोचमा परिवर्तन् गर्न घचघचाएका छन्।

                    नेपाली साहित्य विकास परिषद् नेपालच्याप्टरको तर्फबाट प्रकाशकिय लेखनमा नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराई लेख्छिन् :  कथाकार हरिसिंह थापाले प्रस्तुत 'मेलिनाको डायरी भित्र समेटेका कथाहरूले वैदेशिक जीवनका सुखदु:ख,मान्छे मान्छे बीचको विभेद, घात प्रतिघात, मायाप्रीति लगायत सामाजिक सोच र मनोविज्ञानको प्रतिनिधित्व गरेका छन् । 

                 पुस्तकभित्र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवडा धनप्रसाद सुवेदी लेख्छन्: सामाजिक मूल्य, मान्यता रआदर्शलाई स्थापित गर्न चाहने लेखकीय अभीष्ट यी कथाहरूमापाइन्छन्। कथाहरू सरल, सम्प्रेष्य र पठनीय छन्। समकालीन यथार्थ र समाज सुधारको अपेक्षा यस सङ्ग्रहका कथाहरूको मूल प्राप्ति हो।

              पुस्तकमा नेपाल साहित्यक पत्रकार सङ्घ केन्द्रीयसमितिका महासचिव चेतनाथ धमला लेख्छन्: कथामासामाजिक सौन्दर्य,घरपरिवारका कथाव्यथा, युवा जीवनकाउत्कट चाहाना, विदेशिनुका विवस्था, उपभोक्तावादीसंस्कृतिको प्रभाव लगायत कुनैकुनै कथाहरूमा सनातनी प्रभावर वागचाल शैली प्रष्ट देखा परेकाछन्। कथाकारको लेखनशैली बोधगम्य लाग्छ।

                   पुस्तक विमोचनाका अवसरमा नेपाली साहित्यविकास परिषद् युके की सहअध्यक्ष डा.सुधा श्रेष्ठ र परिषद्की नेपाल च्याप्टरकी सचिव डा.रेणुका थापा'सोलु' ले पुस्तकविश्लेण गर्दै ' मेलिनाको डायरी' कथासङ्ग्रह नेपाली माटो रबेलायती माटोको मिश्रणमा उव्जनी भएको एउटा सुन्दर फूल हो। जसले मन र भावनालाई मात्र नभई कथा विधाकोविशिष्टतालाई  पनि छोएको छ।

                    यी सबै विचारहरू  उद्दृत गरेपछि समग्रमा पुन: मयति भनौँ 'मेलिनाको डायरी' कथासङ्ग्रह त्यहीँ उभिएको छजहाँ हाम्रो समाज छ ,गाउँघर छ, परिवेश र प्रयावरण छ। समाजको सोच बदल्न कथाहरूले जोड दिएका छन् । अपराध, धोकाधडी र छलकपडको विपक्षमा शिलाझै उभिएकाछन् ।सदभाव र सुविचारको वकालत गरेकाछन्। मायापीर्तिको सौन्दर्यलाई पनि सजाउन पछि परेका छैनन्। नेपालकोगाउँघरको सम्झना गराउन र बेलायतको सभ्यता र संस्कारको ज्ञान दिलाउन पनि कथाहरू सक्षम रहेका छन्। 

                       कथासङ्ग्रभित्रबाट थपकुरा यति भनु आवरणकथा 'मेलिनाको डायरी' मा बैदेशिक रोजगारीबाट हाम्रो समाजमा परेको नकारातमक प्रभाव, सामाजिक सोच रपारिवारिक पीडालाई बढो मार्मिकरूपले समेटिएको छ  र स्वदेशमा मान्छेप्रति मानवमैत्रि सोचबाट स्खलित पशुतुल्य तुच्छ सोच  अर्थात् मान्छेको मजबुरीको फाइदा  लिन झन्अप्ठेरो मा पार्ने विकृत सोचलाई हतोत्साहित पार्ने प्रयासलेखकले कथामा गरेका छन् भने  'जीतावेला' कथामा विदेशमामान्छेलाई मात्र होइन पशुपन्छिलाई पनि पशुपन्छि मैत्रि सामाजिक सोच र महत्व दर्शाउन खोजेका छन्। यसरी लेखकले आफ्ना कथाहरूमा सामाजिक सोचको परिवर्तन तर्फ आवाज उठाएका छन्। समग्रमा प्रस्तुत कृति 'मेलिनाको डायरी' एउटा पूर्ण सामाजिक कथासङ्ग्रह हो। मनोरञ्जनात्मक र सकारात्मक छ। पढ्न रोचक र कौतुहलताले भरिएको छ।कथाप्रेमीज्यूहरूमा एकचोटि यो पुस्तक पढ्न सुझाउँछु।

                       विसाउनु अघि यति राखुँ ! प्रस्तुत कृति'मेलिनाको डाएरी' कथासङ्ग्रहका लेखक वरिष्ठ साहित्यकार  नेपाली साहित्य विकास परिषद्का पूर्व अध्यक्ष हरिसिंह थापाबेलायतका वहुप्रतिभाशील सक्रिय साहित्यकार हुन् रसमाजसेवाको क्षेत्रमा पनि उनको विशिष्ट योगदान रहेको छ। उनका प्रकाशित कृतिहरू   उत्तराखण्ड  चारधाम यात्रासंस्मरण, बेलायत देखि चारधाम यात्रासंसमरण, मधुरस कवितासङ्ग्रह, गराँस फुलेन कवितासङ्ग्रह, करेसाको फूल कवितासङ्ग्र, थेम्सनदीका नागबेलीहरू कवितासङ्ग्रह, सुन्तली उपन्यास, पद्मिनीउपन्यास,नम्रताको कार्डिगन कथासङ्ग्रह, मेलिनाको डायरीकथासङ्ग्रह र मन उँड्यो गीत एलबम आदिले पाठकवर्गकोराम्रैसँग मन छुन सफल रहेकाछन्  भने फुटकर कथा कविता र लेख रचनाहरू परिषद्को नियमित प्रकाशन लालीगुराँस साहित्यिक पत्रिकार र अन्य पत्रपत्रिकाहरूमा पाठक वर्गहरूमाझ निरन्तर प्रकाशित हुने गरेका छन्। यस मेलिनाकोडायरी कथासङ्ग्रहले पनि लेखकका अन्य कृतिहरू झै पाठकवर्गहरमा रुचिकर रहनेछ भन्ने विश्वासका साथ लेखकको लेखन अरू बढ्दै जाओस शुभकामना !

([email protected])



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?