Saturday December 02, 2023

तमुधीं यूके लण्डन इकाई आमा समुहको आयोजनामा हरितालीका तीज कार्यक्रम भब्यताका साथ सम्पन्न

२ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1125


तमुधीं यूके लण्डन इकाई आमा समुहको आयोजनामा हरितालीका तीज कार्यक्रम भब्यताका साथ सम्पन्न

शीतलपाटीन्युज डटकम।

लण्डन। नारीको ऊच्च सम्मान,चेलीवेटी दिदिबहिनीहरुको सम्मान हामी सॅंधै गर्दछौं।यी सम्मान आदर नमनहरुको लागि तमुधीं लण्डन इकाई तिथी मिति अर्थात बर्ष दिनको चार्डपर्वलाई मनोरन्जन तबरले एकै ठाऊॅंमा भेला भई रमाईलो गरि मनाऊन बर्ष भरिको ब्यस्तता, दिनचर्या,कष्ट,मेहनत सबै भूलेर नाचगानमा रम्ने दिन १६ सेप्टेम्बर २०२३ शनिबार तमुधीं यूके लण्डन इकाई बिशेष आमा समुहको आयोजनामा तमुधीं यूके आमा समुहकी अध्यक्ष सन्ध्या गुरुड्गको प्रमुख अतिथ्यमा नेपाली हरितालीका तीज कार्यक्रम भब्यताको साथ सम्पन्न भयो।

प्रमुख अथिति तमुधीं यूके आमा समुह अध्यक्ष श्रीमती सन्ध्या गुरुड्गले केक काटेर ऊपस्थित सबैले सामुहिक रुपमा तीज सेलीब्रेसनको प्रारम्भ गर्नु भएको थियो। 

आमा समुहकी सचिव गुना गुरुड्गले संचालन गरेको सो कार्यक्रम लण्डन इकाई आमा समुह अध्यक्ष कमला गुरुड्ग,प्रमुख अथिति तमुधीं यूके आमा समुह अध्यक्ष सन्ध्या गुरुड्ग,प्रमुख संरक्षक मिना गुरुड्ग,कार्यक्रम संयोजक बिनु गुरुड्ग र लण्डन इकाईका अध्यक्ष बिष्णु गुरुड्गका धर्मपत्नी श्रीमती कमला गुरुड्गले सामुहिक रुपमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घघाटन गरीएको थियो।

बिशिष्ट अथिति तमुधीं यूकेका अध्यक्ष हरि गुरुड्ग, लण्डन इकाई प्रमुख संरक्षक खुशीमान गुरुड्गको धर्मपत्नी मिना गुरुड्ग,बिशिष्ट अथिति एनआरएन युके पूर्व अध्यक्ष श्रीमती पुनम कोन्स्यो गुरुड्ग,काऊन्सिलर लक्ष्य बहादुर गुरुड्ग,ईकाइका पूर्व अध्यक्ष ट्र्ष्टिज एवं एनआरएन युकेका प्रमुख संरक्षक डेबिड गुरुड्ग हुनुहुन्थ्यो।

बिशेष अथिति लमजुड्ग समाज यूकेका अध्यक्ष दल बहादुर गुरुड्ग,ऊहांका धर्मपत्नी तारा गुरुड्ग,आमा समुह माला घले,सोंपाल समुहका अध्यक्ष श्रीप्रसाद गुरुड्ग,मनदेवी गुरुड्ग,यूके कोन्स्यो चेलीवेटी प्रमुख चन्द्रदेवी गुरुड्ग,SERTD का संस्थापक अध्यक्ष क्या.नारायण गुरुड MBE, पूर्व ऊपाध्यक्ष समाजसेवी पार्वती गुरुड्ग,नातागोता समाज यूकेका अध्यक्ष,चारभन्ज्याड्ग तमु समाज युकेका संस्थापक अध्यक्ष एवं ईकाईका ट्र्ष्टिज लेनारायण प्रसाद गुरुड्ग,लण्डन इकाई निबर्तमान अध्यक्ष चन्द्र बहादुर गुरुड्ग लगायत धेरै भन्दा धेरै समाज र संस्थाहरुबाट प्रतिनिधित्व गरि ऊपस्थित हुनु भएको थियो।

पहिलो चरणको औपचारिक कार्यक्रम आमा समुहकी सचिव गुना गुरुड्गले अति नै ऊत्कृष्ट तबरले संचालन गर्नु भएको थियो। शुभकामना मनतब्य लण्डन इकाईका अध्यक्ष बिष्णु गुरुड्ग लगायत बिशिष्ट र बिशेष अथिति ज्युहरुले दिनु भएको थियो।दोस्रो चरणको मनोरन्जत्मक कार्यक्रम धेरै प्रतिभाको खानी हाम्रो संस्थाको सांस्कृतिक कार्यक्रम संयोजक प्रतिभावन ऊतकृ्ष्ट कार्यक्रम संचालिका हेलीसा गुरुड्ग गर्नु भएको थियो। सुरक्षा सम्बन्धी जानकारी आमा समुह उपाअध्यक्ष देवकला गुरुड्गले गर्नु भएको थियो।

कार्यक्रमा संयोजक बिनु गुरुड्गले ऊपस्थित भईदिनुभई तीज कार्यक्रम सफल पारीदिनु हुने सबै सबैमा हार्दिक आभार प्रकट गरि धन्यवाद दिनु भयको थियो।राफल ड्र भाग्यद्बय चिट्टा बिक्री बितरणमा सह-संयोजक सृष्टी गुरुड्ग र साथीहरुले गरेका थिए।डिजेमा शुसील गुरुड्गले  नेपाली प्रचलित गीत जनजिब्रोमा झुण्डी रहेको प्रख्यात गीतहरु बजाऊॅंद ऊपस्थित सम्पूर्ण दिदिबहिनीहरुले भरपूर मनोरन्जन लिनु भयको थियो।

कार्यक्रमा ऊपस्थित सबै दाजूभाई दिदिबहिनी सम्पूर्णलाई आमा अध्यक्ष कमला गुरुड्गले धन्यवाद ब्यक्त गरि आभार प्रकट गर्नु भयको थियो।अन्तीम समयसम्म पनि तीजको गीतमा सबै रम्दै नाच्दै खुशीको रौनकले हल भित्र र बाहिरको माहोल अति नै रमणीय रह्यो।अथितिज्यूहरुको स्वागत सत्कारमा सृजना गुरुड्ग,संगिता गुरुड्ग,लक्ष्मी गुरुड्ग र तुल्सी गुरुड्ग लगायत आमा समुह पदाधिकारीहरुले गर्नु भएको थियो। टिकट ब्यवस्थपनमा आमा समुह कोषाध्यक्ष गुड्डु गुरुड्ग,ईकाइका कोषाध्यक्ष नन्द प्रसाद गुरुड्ग,लक्ष्मी गुरुड्ग,तुल्सी र सृजना गुरुड्ग समुहले साथ दिनु भएको थियो।बिहान सबेरै हल सजवाटको लागि इकाई कार्यसमितिका सबै पदाधिकारीहरुको सकृयतामा दुलाही जस्तै सिंगारिएको थियो।

(फोटोः Dhurba Gurung,Rock Gurungसचिव)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?