Saturday May 11, 2024

एनआरएनए कोषाध्यक्ष लोक दाहालले सचिव पदमा उम्मेदवारी घोषणा

१४ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1374


एनआरएनए कोषाध्यक्ष लोक दाहालले सचिव पदमा उम्मेदवारी घोषणा

सुरेश कोईराला,

एनआरएन अभियानमा विगत १५ वर्षदेखि निरन्तर सक्रिय दाहालले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि कोषाध्यक्ष लोक दाहालले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन। एनआरएनएले सुरुवातदेखि नै श्रमिकको मुद्धा उठाउदै आएकोमा सबैभन्दा बढी श्रमिक रहेको क्षेत्र मध्यपूर्वलाई यस पटक नेतृत्व दिनु पर्ने बताउदै दाहालले यस अभियानलाई अझ सशक्त बनाउन आफु सचिव पदका लागि अघि सरेको जनाए।

 

को हुन् लोक दाहाल?

केही बर्ष अगाडी नेपालको राउटे बस्तीको लागी वैदेशिक सहयोग जुटाएर लोक दाहालले स्वास्थय शिविर चलाएका थिए। विदेशी डाक्टरहरु लाई समेत लगेर उनि राउटे बस्ती पुगेका थिए। त्यसपछी अन्तराष्ट्रिय स्तरको स्वास्थ्य क्षेत्रमा उनको नाम परिचित छ।

त्यस यता दाहालले अफ्रिका, मध्यपूर्व लगायत कैयौ देशका दुर्गम भेगहरुमा स्वास्थ्यको लागी काम गरि सकेका छन्। उनि आफै डाक्टर त हैनन् तर डाक्टर, औषधी र मेडिकल उपकरणहरु जुटाएर प्रभावित क्षेत्रमा पुराउने गरेका छन्। हालसालै टर्कीको भूकम्पमा परि घाईते तथा बिरामी भएकाहरुको उपचारको लागी पनि दाहालको टिमले उल्लेखनिय भूमिका निभएको थियो।

बेल्जियममा रहेको परोपकारी संस्था भि-मेडको कार्यसमिती सदस्यमा रहेका दाहालले नेपालको दुर्गम भेगहरुमा बिद्यालय र स्वास्थ्यचौकी निर्माणमा सहयोग गर्दै आईरहेका छन्। धादिङमा रहेको बद्रि विशाल स्कुलको लागी भवन निर्माण उनकै पहलमा गरिएको थियो। बद्रि विशाल जस्ता दर्जनौ स्कुलहरुको स्तर उन्नतीको लागी दाहालले आर्थिक सहयोग जुटाएका छन्।

“कता कुन बिरामी लाई कसरी उपचार भयो म भन्न चाहन्न, स्कुलको कुरा पनि शिक्षामा सेवा गरेको कुरा हो त्यो पनि प्रचार गरिरहनु परेन तर यति भन्छु, नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा हामीले लगानी गर्नैपर्छ, त्यसको लागी मैले त बाटो देखाउने काम मात्रै गरेको हो। गैर आवसिय नेपालीहरुले अब नाफा मात्रै हैन, सेवा पनि गर्नु पर्यो” दाहाल भन्छन्, मातृभूमीको माया सबैलाई छ, तर सेवा कसरी गर्ने भन्ने अन्योल छ, त्यो अन्योलता अब हामी चिर्छौ।”

नेपालमा भूकम्प जादा उनि एनसीसी बेल्जियमको महासचिब र अध्यक्षको रुपना कार्यरत थिए। त्यस बखत भुकुम्प पीडितका लागि करडौ आर्थिक सहयोग संकलनका लागी उनले अभियान चलाएका थिए। बारपाकमा भूकम्प प्रतिरोधी घरहरु बनाउनला लागी दाहालको समेत सक्रियता रहेको थियो।

दाहालले कोषाध्यक्षका रुपमा काम गर्दा केन्द्रिय कार्यालयको खर्च तथा सभासम्मेलनहरुमा हुने अनाबस्यक खर्च कटौती गरेका थिए। त्रैमासिक रुपमा संस्थाको आर्थिक बिबरण प्रकाशनको थालनि पनि उनको कार्यकालमा भएको छ। आर्थिक रुपमा अत्यन्तै पारदर्शि छवि बनाएका दाहालले यसअघीका कार्यसमितीहरुले भन्दा मितब्यी भएर काम गरेका थिए। कोषको पैसालाई शिक्षा, स्वास्थ्यामा लगानी गर्नु पर्ने उनको धारणा छ।

लामो समय देखी परिवार सहित बेल्जियममा बसेर होटल, रेष्टरेन्ट गर्दै आईरहेका दाहालले यसपाली आफूले सचिव पदमा चुनाव जिते गैर आवसिय नेपालीहरुको हितमा र नेपालको हितमा काम गर्न कुनै कसर बांकी नराख्ने बताएका छन्।

“म विदेशमा भएका नेपालीहरुको मात्रै हैन स्वदेशमा रहेका नेपालीहरुको पनि चिन्ता गर्छु, देश आर्थिक रुपमा फड्को मारोस् भन्ने चाहान्छु, त्यसका लागी गैर आवसिय नेपाली नागरिकहरु लाई गोलबन्द गर्नु मेरो कर्तव्य हुनेछ।” उमेद्वारी घोषणा पश्चात दाहालले भने- “ राज्य संग हाम्रो मुद्दाहरु यथावत छन्, तर जिम्बेवारीहरु पनि छन्,हामी दुबै कुरा लाई संग संगै मिलाएक अगाडी बढाउन चाहान्छौ।”

नफा मात्रै नहेरी सेवाको क्षेत्रामा पनि लगानी बढाउनु पर्छ भन्ने मान्यता राख्ने यिनै दाहालले यतिखेर गैर आवसिय नेपाली संघको सचिब पदमा उम्मेद्बारी घोषणा गरेका छन्। गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन आगामी १७-२० अक्टोबर २०२३ काठमाडौमा हुदैछ।

“चुनावी कार्यक्रम त एउटा प्रकिया मात्रै हो। यसअघी पनि चुनाव भएकै हुन्। देशका लागी केही गर्न सकियो कि सकिएन, गैर आवसियहरुको सम्मान भयो की भएन त्यो ठूलो कुरा हो।” दाहाल भन्छन्- गैर आवसिय नेपालीहरुले मेरो काम हेरेकै होलन्, भोट पाउछु भन्नेमा ढुक्क छु।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?