Tuesday July 08, 2025

बझाङ्गकी संगीता रोकायाले गरीन मनास्लूको सफल आरोहण

१५ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1767


बझाङ्गकी संगीता रोकायाले गरीन मनास्लूको सफल आरोहण

सुधा गुरुङ्ग, लन्डन।

काठमाण्डौ। सगरमाथा आरोही बझाङ्ग,धुली कि संगीता रोकायाले बिश्वको आठौं अग्लो हिमाल मनास्लू (८,१६३ मि)को पनि सफल आरोहण गर्न सफल भएकी छन। साईपल गाऊंपलिका -४, धुली (बझाङ्ग) की संगीताले महिनावारी बिभेद अन्त गर्ने राधा पौडेल फाउन्डेशनको अभियानमा जोडिदै यूनाईटेड नेशनले ८ डिसेम्बरलाई अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवस घोषणा गरीयोस भन्ने अपीलका साथ ८ हजार भन्दा अग्ला बिश्वका १४ वटा हिमालहरु आरोहण गर्ने प्रतिबद्धता जनाएकी हुन।

उनी ग्लोबल साउथ कोआलिजन फर डिग्नीफाईड मेन्स्ट्रुएशन (जी एस सी डी एम) का ब्रान्ड एम्बेसडर पनि हुन। रोकायाले सगरमाथा र मनास्लूको चुचुरोमा "मर्यादित महिनावारी सबैको जिम्मेवारी" भन्ने जी एस सी डी एम को  लोगो अंकित ब्यानर  शफहराएकी थिईन। 

मनास्लूको सफल आरोहण गर्ने उनी  दोश्रो नेपाली महिला हुन। साथै सगरमाथा आरोहण गर्ने पहिलो बझांगी महिला हुन। अब उनी बाकी  १२ वटा हिमाल आरोहण गर्ने तैयारीमा रहेकी छन।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?