Saturday February 08, 2025

बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा लोपेन नोर्बुको स्वागत

२७ चैत्र, २०८० शीतवपाटीन्युज डटकम। 1558


बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा लोपेन नोर्बुको स्वागत

पुर्ण गुरुड्ग,

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेद्वारा बौद्ध धर्मगुरु लोपेन नोर्बुको स्वागत तथा सम्मान गरेको छ । मंगलबार ९ अप्रिल बिहान बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले उनलाई गुम्बामा खदा लगाई स्वागत गरेका हुन्। बीसीसी युकेको निमन्त्रणामा एक बर्षका लागि बेलायत आएका लोपेन नोर्बुले गुम्बामा रहेर भक्तजनहरुको सेवा गर्नेछन्। 


बिशेषरी उनले बौद्ध शिक्षासंग सम्बन्धित विभिन्न बिषयमा अध्यापन, प्रवचन, मेडिटेशन, योगालगायत धार्मिक पूजापाठहरु गर्ने छन्। दुई बर्ष अघि पनि बीसीसी युकेको निमन्त्रणामा बेलायत आएका नोर्बु काठमाण्डौं, बौद्धस्थित सेचेन गुम्बाका लोपेन गुरु हुन् । 

उक्त स्वागत कार्यक्रममा बीसीसी युकेका प्रमुख लामा गुरु खेन्पो कर्म छुल्त्रिम, पूर्व अध्यक्ष नरेश गुरुङ, खैबा कर्मलगायत आमाहरुको उपस्थिति रहेको थियो । 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?