Friday May 10, 2024

अमेरिकी बासी नेपालीको मन मुटुमा भिज्नु भएको छ एनआरएनए एनसीसीका उपाध्यक्षका उम्मेदवार : राज ढुंगाना

२ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1797


अमेरिकी बासी नेपालीको मन मुटुमा भिज्नु भएको छ एनआरएनए एनसीसीका उपाध्यक्षका उम्मेदवार : राज ढुंगाना

सुरेश कोइराला,

क्यालिफोर्निया। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको उपाध्यक्षका उम्मेदवार राज ढुगांनाले हामी नेपाली जहाँ रहेपनि नेपाली भएको बताउनु भएको छ। जस्तो कारणले विदेशी भूमीलाई कर्मथलो बनाउन आइपुगे पनि सबैभन्दा पहिला नेपाली भएकाले एकवद्ध हुन खोजिएको उहाँले बताउनु भयो। 

यो विदेशी भूमीमा हामीले राम्रा र असल काम गरेर देखाउनु पर्छ,’ उहाँले भन्नु भयो,नेपाल र नेपालीहरूकै पहिचानलाई चहकिलो बनाउन अहोरात्र खटिएर काम गर्नेछु,’कोलोराडो निवासी उपाध्यक्षका उमेदवार ढुगांनाले भने, ‘हाम्रो संस्कृति भनेको जहाँ रहेपनि सबैलाई समेटर मिलेर बस्ने,एकअर्काको दुःखी हुने र सुखमा रमाउने हो। त्यसैले यो संस्थालाई अमेरिका भरिरहेका नेपालीहरूलाई समेटेर साझा चौतारी बनाउनतर्फ लाग्नुपर्छ।

नेपालीमा अन्तरनिहित यहि विशेषताहरुले हामीलाई अरु भन्दा फरक देखाएको छ। त्यो नै हाम्रो पहिचान हो। नेपालीहरुको यहि पहिचानलाई पुस्तौ पुस्तासम्म जीवन्त राख्न तथा भावी सन्ततीलाई नेपाल र नेपाली प्रति सदैव उत्तरदायी बनाउनु हामी सैको जिम्मेवारी भएको उपाध्यक्षका दावेदार ढुगांनाले बताउनु भयो।  

नेपालीको  परिचय भनेको भेषभूषा, भाषा, साहित्य, परम्परालगायतका विषयहरू हुन। सयभन्दा बढी भाषा र जाति अनि उनीहरू पिच्छेका पहिरनहरू हाम्रो अमूल्य निधि र सम्पति हो। त्यसको जगेर्ना गर्नु हाम्रो दायित्व रहेको उहाँको भनाई छ। 

ढुगांनाले अगााडि भन्नु भयो– ‘म पनि तपाईहरु जस्तै नयाँ अवसरको खोजिमा डुल्दै अमेरिका आएर काम गरी बसेको नेपाली अमेरिकन समाजको एक साधरण सदस्य हुँ । व्यापार व्यवसाय,घर परिवारबाट बचेको समयलाई सिंगो नेपाली परिवार र समुदायको हितमा खर्चने प्रणका साथ यो अभियानमा जोडिएको छु। हिजो पनि तपाईहरुले मलाई विश्वासको मत दिनु भएको थियो। मैले पाएको जिम्मेवारी निष्ठा र इमानदारीतापूर्वक पुरा गरे। तपाईहरूको चाहनालाई पुरागर्ने मेरो सपना अधुरो नै रहेकाले फेरि पनि अझै केही गरौ भन्ने इच्छाशक्तिको साथ तपाईहरुको सहयोग चाहेको छु र फेरि एक पटक हात फैलाएको छु। मलाई तपाईहरु माथि पूर्ण भरोसा र विश्वास छ। तपाईहरूको त्यहि माया र सद्भावले नै  पटक पटक अगाडि बढ्न प्रेरणा मिलेको छ।’ 

साथै निर्वाचनको परिणामले सुम्पिने जिम्मेवारीलाई पूरा गर्न बाँकी दुई वर्षको लागि एनआरएनको सेवामा खर्चने र एउटा सामाजिक अभियन्ताको रुपमा आफूलाई समर्पित हुनेगरी समय छुट्याएको उहाँले बताउनु भयो। आफ्नो प्रतिपर्धा नेपाली समाजमा व्यप्त समस्याहरूको न्यूनीकरण गर्नु रहेको र आफ्नो स्पष्ट लक्ष्यलाई स्थापित गर्दै अमेरिकामा हाम्रो समुदायको सदस्यहरुलाई यहाँंको मूल प्रवाहमा प्रवेश गराउने रहको उनको भनाइ छ। 

‘यहि दीर्घकालीन र दुरगामी महत्वका विषयहरुमा आफू र आफ्नो समाजलाई केन्द्रीत गराउने ध्येयका साथ आफ्नो मुद्दालाई अक्षरस पालना गर्दै अघि बढ्दै छु,’उहाँले भन्नु भयो। निर्वाचनको दौडानमा विभिन्न साना ठूला राज्यहरू र सहरहरूमा पुग्दा तपाईहरुले देखाउनु भएको सदभाव,सहयोग र समर्थनले मलाई अरुबढी कटिबद्ध तुल्याएको छ। 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?