Friday May 10, 2024

डार्टफोर्ड नेपाली समाजको अध्यक्षमा डा.विना पाण्डे घिमिरे सर्वसम्मत

११ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1904


डार्टफोर्ड नेपाली समाजको अध्यक्षमा डा.विना पाण्डे घिमिरे सर्वसम्मत

शीतलपाटीन्युज डटकम।

लण्डन। डार्टफोर्ड नेपाली समाज युकेको अध्यक्षमा डा.विना पाण्डे घिमिरे सर्वसम्मत निर्वाचित हुनु भएको छ। आइतवार डार्टफोर्डस्थित फ्लिटडाउन फुटवल क्लबको मैदानमा भयको अधिवेशनले डा.घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। 

अध्यक्ष डा बीना पाण्डे घिमीरे

समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष तारा सिम्खडा भट्ट र तीर्थ पौडयाल,महासचिवमा अनुक्रम रिजाल,सचिवमा शशी गुरुङ,कोषाध्यक्षमा प्रभात पौडेल , सदस्यहरुमा तिलक भट्टराई,अन्जु थापा बस्नेत,शेष आचार्य,हरिकला कंडेल,पूजा पाण्डे र उत्तम गौतम छन। बाकी ३ सदस्य निर्वाचित कमिटिले पछि मनोनयन गर्नेछ।
नवनिर्वाचित अध्यक्ष डा.विना पाण्डे घिमिरेले पब्लिक हेल्थमा पिएचडी गर्नु भयको छ। उहा ब्रुनेल युनिभर्सिटी लन्डनमा अध्यापन गर्नुहुन्छ। संस्थाका संस्थापकअध्यक्ष डा.चण्डिका भट्ट संयोजक,पूर्व अध्यक्षहरु राजेश पाठक, दीपक थापा र गजेन्द्र कटुवाल तथा डा.बिष्णु शर्मा सदस्य रहेको ५ जनाको निर्वाचन कमिटीले निर्वाचनका सबै काम सम्पन्न गरि निर्वाचित कमिटीलाई सस्थाको सपथ खुवा इएको थियो।

निवर्तमान अध्यक्ष लेखनाथ खरेलले साधारण सभामा संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै कोरोना कालखण्डबाट बाहिर निस्केर संस्थाले व्यापक सहभागिता र उत्साहपुर्ण वातावरणमा नियमिति कार्य सफलतापूर्वक सम्पन्न गरेको जनाउनु भयको थियो। अध्यछ खरेलले कार्यक्रममा संबोधन गर्दै डिएनसी संस्थाको आजीवन सदस्यता ८२ बाट बढेर १४० पूगेको जानकारी गराउनु भयको थियो। संस्थालाई थप सक्रिय बनाउन निवर्तमान अध्यक्ष खरेलले नवनिर्वाचित कार्यसमितिलाई सुझाव तथा शुभकामना दिनु भयको थियो। 

संस्थाका आजीवन सदस्य रामकृष्ण श्रेष्ठको हालै भएको निधनमा दुख ब्यक्त गर्दै उहाको निधनमा परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। 

संस्थाकी कोषाध्यक्ष पारिजात पाठकले प्रस्तुत गर्नु भयको आर्थिक प्रतिवेदनलाई अधिवेशनले सर्वसम्मत रुपमा पास गरेको थियो। डिएनसीले आफ्नो अधिवेशनमा प्रत्यक वर्ष गरिने संस्थाको वार्षिक खेलकूद कार्यक्रम पनि आयोजना गरेको थियो। 

खेलकूद संयोजक रुद्र कोइरालालाई हरि पन्थ,विना पाण्डे घिमिरे,दिपा कोइराला, अमृता भट्टराई,दिपक पाण्डे,बेद प्रकाश भट्टराई लगायतले सहयोग गरेका थिए। छोराछोरीहरुमा बृस्टी, महिमा,शितल, निकिता,नियति,रिजु,रिया आदिले डिएनसी भोलिन्टियर भएर खेलकुद संचालनमा सघाएका थिए। खेलमा विजयी सबैलाई मेडल,प्रमाणपत्र आदि प्रदान गरिएको थियो।

यसैगरी, संस्थाका निवर्तमान अध्यक्षले खरेलले संस्थाका निवर्तमान सचिव हरि हड्खले र आसा फेरालीले संस्थामा गरेको योगदानको प्रसंशा गरेका थिए । भने संस्थाका पुर्व उपाध्यक्ष भरत लामिछानेले आफ्नै निजी खर्चमा नयाँ साउन्ड सिस्टम खरिद गरि हस्तान्तरण गरेका थिए। उक्त सिस्टमलाई भाडामा दिदा उठ्ने रकम समेत सस्थामा जम्मा गर्न लगाई आर्थिक सहयोगमा महत्वपूर्ण योगदान पुग्ने चर्चा गर्दै निवर्तमान अध्यक्ष खरेलले उनको योगदानको प्रसंशा गरेका थिए। कार्यक्रममा खाना व्यवस्थापनमा आवस्यक सहयोग पुर्याएका कारण चिरन घिमिरेलाई संस्थाले धन्यवाद दिएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?