Thursday January 16, 2025

एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष अनिल मल्ललाई

१२ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1993


एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष अनिल मल्ललाई

शीतलपाटीन्युज डटकम।

लन्डन । एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष अनिल मल्लले पाएका छन्। अध्यक्ष प्रेम गाहामगर गत २६ जुलाईदेखि तीन साताका लागि नेपाल भ्रमणमा रहेकाले मल्ललाई उक्त जिम्मेवारी दिने निर्णय २५ जुलाईको कार्यसमिति बैठकले गरेको थियो। 

वर्तमान कार्यसमितिका उपाध्यक्ष मल्ल च्यारिटी विभागको संयोजक समेत छन्। उनी अध्यक्ष गाहामगरको विश्वासपात्र मानिन्छन् । 

अघिल्लो कार्यसमितिमा धेरैले साथ छाडे पनि मल्लले आफ्नो धर्म र इमान्दारी कहिल्यै छाडेनन्। कार्यसमितिका हरेक गतिविधि र यसपटक संघको २० हजार ७०७ सदस्य बनाउन पनि मल्लको प्रमुख भूमिका थियो। युवा व्यवसायी मल्लले यसअघि एनआरएनए यूकेको युवा संयोजकमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए। 

तीन साता नेपाल रहंदा अध्यक्ष प्रेम गाहामगरले नेपाल सरकार परराष्ट्र मन्त्रालयमा २० हजार ७०७ सदस्यता सहित आफ्नो कार्यसमिति आधिकारिक भएको दावी पेश गर्ने र वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई जोडका साथ उठाउने भएका छन्। 

उनले प्रधानमन्त्री,परराष्ट्रमन्त्री,कानूनमन्त्रीलगायत उच्च पदस्थ पदाधिकारी र राजनीतिक शीर्षस्थ नेतृत्वलाई भेट गरेर ज्ञापन पत्र समेत बुझाउने तयारी छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?