१५ श्रावण, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन। प्रबासी नेपाली एकता समाज (राप्रपा) युकेको अध्यक्ष रोसन सापकोटाको अध्यक्षतामा आज कार्यसमितीको बैठक बस्यो। एम्पायर हल अल्डरसटमा बसेको सो बैठकमा प्रवासी नेपाली एकता समाज (राप्रपा) को अन्तराष्ट्रिय अध्यक्ष प्रेम श्रेष्ठको पनि उपस्थिती थियो।
उपस्थित महानुभावहरुको परिचयबाट शुरु गरिएको सो कार्यक्रममा प्रवासी नेपाली एकता समाज युकेका अध्यक्ष सापकोटाले बेलायतमा पार्टीको अवस्था र अव हुने महाधिबेसनका बारेमा स्पष्ट पार्नु भयको थियो।कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अन्तराष्ट्रिय अध्यक्ष श्रेष्ठले पार्टीले लिएका नितीहरु अत्यन्तै राम्रा भएकोले संगठन बिस्तारमा लाग्नु पर्ने राय ब्यक्त गर्नु भयको थियो। लण्डनमा छिटै अधिबेसन गर्न सल्लाहा दिदै प्रमुख अतिथी र समय बारेमा बताउनु भयको थियो।
प्रेम बहादुर शाही ठकुरीले (रमेश) संचालन गरेको सो बैठकमा अन्तराष्ट्रिय अध्यक्ष प्रेम श्रेष्ठ,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सदस्य लोक राज तिवारी,नेपाली जनसम्पर्क समिती युकेका उपाध्यक्ष प्रवेस केशी,प्रवासी नेपाली एकता समाज अन्तराष्ट्रिय प्रवक्ता एवम एनआरएन युके उपाध्यक्ष अनील मल्ल,सदस्य नारायण गिरीका साथै शैलेस महर्जन,मधु घिमीरे,गीता गिरी,सुरज श्रेष्ठ,माया श्रेष्ठ,कुमार गुरुड्ग र शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीको समेत उपस्थित थियो।
प्रवासी नेपाली एकता समाज (राप्रपा) युकेको अधिबेशन अगस्त भित्र सम्पन्न गर्ने निर्णय गर्दै बैठक सम्पन्न भयको थियो।