Saturday May 11, 2024

एसियन महिला एसोसिएसन यूकेले अल्डरसटमा नेपाली महान पर्व तीज मनायो

३१ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1583


एसियन महिला एसोसिएसन यूकेले अल्डरसटमा नेपाली महान पर्व तीज मनायो

शीतलपाटीन्युज डटकम।      

लन्डन। एसियन महिला एसोसिएसन (आमा) यूकेले एक कार्यक्रमबीच नेपाली महिलाहरुको महान पर्व तीज मनाएको छ। गत १० सेप्टम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको थिये।

महिलाहरुले उत्साहजनक सहभागिता जनाएको सो कार्यक्रममा नेपाली राजदुताबासको राजदूत पत्नी सुनिता आचार्य प्रमुख आतिथी र संस्थाकी अध्यक्ष विभा गुरुङको अध्यक्षतामा भएको थियो।सो अवसरमा अध्यक्ष गुरुङ र उपाध्यक्ष कल्पना गुरुङले प्रमुख अतिथी आचार्यलाई खादा र पुष्पगुच्छाले स्वागत गर्नु भयको थियो।

रसमोर बरो काउन्सिलकी डेपुटी मेयर मारा माकुनुरा, लेफटिनेन्ट कर्णेल समान्था डज, उका वेयरकी सिइयो रुबी राउत विशेष अतिथी रहेको सो कार्यक्रम भब्य रहेको थियो।

प्रमुख अतिथी आचार्यले दीप प्रज्ववलन गरेपछि नेपाली तथा ब्रिटिश राष्ट्रिय गान बजाइएको र संस्थाकी उपाध्यक्ष कल्पना गुरुङले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा उका वेयरकी सिइयो रुबी राउतले बेलायतमा संघर्षको अनुभव सुनाउंदै पिरियड प्यान्ट बनाउने आफनो ब्राण्ड कसरी अन्तरराष्ट्रिय बजारमा स्थापित भयो भन्नेबारे प्रेरक मन्तव्य दिएकी थिइन ।

सो अवसरमा लेफटिनेन्ट कर्णेल समान्था डजले तीज शुभकामना दिंदै नेपाली परिवारमा सफल पुरुषको पछाडि एउटा श्रीमतिको ठूलो देन हुने गरेको पाएको बताइन्। प्रमुख अतिथी आचार्यले सन् २००६ मा स्थापित एसोसिएसनले नेपाली कला संस्कृति जगेर्ना, महिला सशक्तिकरण र अन्य कार्यमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गर्नु भयको थियो।

संस्थाकी अध्यक्ष विभा गुरुङले सहभागी र सहयोगी सबैप्रति धन्यवाद दिंदै आमाका गतिविधिबारे प्रकाश पारेको सो कार्यक्रममा संस्थाकी कोषाध्यक्ष दुर्गा पुन,पल गुरुङ र संगीता गैरेले नृत्य प्रस्तुत गरेका थिए।

सो तीज कार्यक्रममा  प्रमुख अतिथी सुनिता आचार्यद्वारा हस्तान्तरण गरीएको चित्रकला/पेन्टीङ राफलमा अंजु गुरुङले जितेकि थिइन भने वेष्ट ड्रेसको पुरस्कार उका वेयरका तर्फबाट दुर्गा पुन र ललिता गुरुङले पाएका थिए। त्यसैगरि, वेष्ट डान्सरको उपहार कमला विश्वकर्मा(वेष्ट डान्सर हजुरआमा),निलु मानन्धर (वेष्ट डान्सर आमा),कोपिला मगर (वेष्ट डान्स छोरी) र इभाना कालीकोटेले सान्त्वना पुरस्कार पाएकि थिइन।

त्यस्तैगरी राफलमा रेबिका श्रेष्ठ, कृस्तिका गुरुङ र सुस्मिता गिरीले आधा तोला सुनको उपहार पाए भने जानकी सुनारले पहिलो पुरस्कार वापत छड्के तिलहरी पाइन्।

एसियन महिला एसोसिएसन युकेले प्रत्येक वर्ष गर्दै आयको तीज कार्यक्रममा राफलबाट संकलित नाफा रकम च्यारिटी कार्यमा खर्च गर्ने गरेको छ।

नेपालबाट आएकी राष्ट्रिय कलाकार बिन्दा परियारले गायन दिएर भरिपुर्ण मनोरन्जन दिएको उक्त तीजको रमाइलो र राफलको कार्यक्रम श्रद्धा गुरुङ र माया केसीले सन्चालन गरेका थिए।  



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?