Saturday May 11, 2024

नेपाल सरकार प्रतिनिधिमण्डल र एनआरएनए वेल्स वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

३१ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1580


नेपाल सरकार प्रतिनिधिमण्डल र एनआरएनए वेल्स वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम।

वेल्स, यूके - १३ सेप्टेम्बर २०२३ बुधवार। नेपाल सरकारका प्रतिनिधिमण्डल र गैरआवासीय नेपाली संघ यूके,राज्य समन्वय परिसद वेल्सको पदाधिकारी वीच वेल्सको राजधानी कार्डिफमा अन्तरर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। 

नेपाल सरकारका सचिब डा. कृष्ण हरि पुस्करको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुमा सह-सचिब कमल भट्टराई,सह-सचिब बलराम रिजाल,उप- सचिब प्रलाद कार्की,उप- सचिब भूपी सापकोटा,उप- सचिब मुक्ति आचार्य लगाएत विभिन्न नगर तथा गाउपालिकाका सदस्यहरु रहनु भएको थियो । 

संघीयता र डिभोलुसनका उत्कृष्ट अभ्यासहरूको अध्ययनको लागि वेल्सको राजधानी कार्डिफको भ्रमणमा रहनु भएको उक्त प्रतिनिधिमण्डलले सबै दलका सांसद, वक्ता, प्रतिपक्षी नेता, उच्च पदस्थ कर्मचारी मेयर र विश्वविद्यालयका प्राध्यापक लगायत उच्च तहका अधिकारीहरू साथै गैर आवासीय नेपाली संघ युके,राज्य समन्वय परिसद वेल्सका प्रतिनिधिहरुसँग भेटघाट तथा अन्तरर्क्रिया गर्नु भएको थियोl 

उक्त भेटघाटका क्रममा राज्य समन्वय परिसद वेल्सको तर्फबाट अध्यक्ष विभुषण मान श्रेष्ठ, उपाध्यक्ष डा.बिकाश रानाभाट,सचिव डा.अमर ध्वज मल्ल,सह-सचिव सन्जीब मैनाली, कोषाध्यक्ष शोभा राणा र सदस्य सुर्य ढकालको उपस्थिति रहेको थियो ।

नेपाल सरकारका प्रतिनिधिमण्डल र राज्य समन्वय परिसद वेल्स बीच अन्तरर्क्रियाको क्रममा गैरआवासीय नेपाली नागरिकता लगायत सम-सामयीक बिषयमा विचार र अनुभवहरू आदान प्रदान गरिएको थियो।यस्ता कार्यक्रमहरुमा हुने ज्ञान र अनुभवको आदानप्रदानले फलदायी सहयोग र भावी साझेदारीका लागि मार्ग प्रशस्त गर्नुको साथै नेपाल सरकार र नेपाली डायस्पोराहरू बीचको सम्बन्धलाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा राज्य समन्वय परिसद वेल्स आशावादी रहेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?