Saturday May 11, 2024

साझा नेपाली समाजको संयोजनमा मानव सेवा आश्रमको आमा सेमिनार नटिङगहममा हुदै।

५ आश्विन, २०८० शीतलपाटीन्युज डटकम। 1381


साझा नेपाली समाजको संयोजनमा मानव सेवा आश्रमको आमा सेमिनार नटिङगहममा हुदै।

शीतलपाटीन्युज डटकम।

मिडलैण्ड, बेलायत। २५ सेप्टेम्बर सोमवार बिहान ११ बजेबाट नटिङगहमको २१५ काल्टन रोड,NG3 2FX मा रहेको हिन्दु मन्दिरमा साझा नेपाली समाजको संयोजनमा मानव सेवा आश्रमको आमा सेमिनार हुने भएकोछ। नेपालमा कोही पनि नागरिकले सडकमा आश्रित हुनु नपरोस् भनेर मानवता प्रवर्द्धन महाअभियान चलाइ रहेको मानवसेवा आश्रमको सहयोगार्थ नटिङ्घममा विशेष सेमिनार आयोजना हुने भएको छ।

मातृत्व र मातृभूमिको सम्मानमा गरिने सेमिनारमा सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभियानमी लागेका र आफ्नो सम्पूर्ण जीवन समाज सेवामा लगाएका मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीको उपस्थितिमा हुनेछ।सेमिनारमा सहभागी भै यो अभियानमा साथ दिनको लागी साझा नेपाली समाजले मिडलैन्डवासी नेपालीहरुलाई अनुरोध गरेकोछ।

कसरी शुरु भयो मानव सेवा आश्रम -

साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार वि सं २०६९ सालमा हेटौडामा सडकमै जीवन गुजारा गरिरहेका १८ जना बेवारिसे,अशक्त आमाबुवालाई सरसफाई र नुवाइ धुवाई गरि एउटा अस्थायी आवासमा राखेर शुरु भएको अभियान अहिले देशभरि फैलिएको छ।१७ जिल्लामा आश्रम संचालनमा छन् भने आश्रम र आश्रम अन्तर्गतका केन्द्रहरुबाट ६ हजार भन्दा बढी अशक्त बाबाआमाको उद्धार गरिएको छ। जसमध्ये २४ सयको आफ्नै परिवारसंग पुर्नमिलन भएको छ। आश्रमका विभिन्न शाखाहरुमा हाल झन्डै १,६०० व्यक्तिहरुको रेखदेख तथा स्याहार सुसार भइरहेको छ।

मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीका अनुसार सुरुवाती समयमा हामीले जसरी सहयोगका लागि अनुरोध गर्दा सहयोग प्राप्त गर्न कठिनाई हुन्थ्यो,त्यो अवस्था अहिले छैन। मनका धनी नेपालीहरुले खुसीयाली मनाउने र आफ्ना पितृहरुको स्मरण गर्ने थलोका रुपमा मानवसेवा आश्रम विकास हुँदै गइरहेको छ। हाल मानवसेवा आश्रमले सरकारी निकाय तथा सहयोगी दाताहरुको साथ र सहयोगमा कर्णाली प्रदेश र गण्डकी प्रदेशलाई सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गरी कार्यान्वयनको चरणमा छ।

आश्रमले वि.सं.२०८२ साल भित्रमा देशका सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन व्यक्तिहरुको उद्धार गरि सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखेको छ।

महासचिव शर्माले साझा नेपाली समाजले सेमिनारको संयोजन गर्ने जिम्मा कोषाध्यक्ष उपेन्द्र पौडेलाई दिएको र संयोजकबाट सेमिनार भब्य तरिकाले सम्पन्न गर्ने तयारी गरिरहेको बताए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?