८ आश्विन, २०८०
अध्यक्ष निर्वाचित कंडेलले संस्थामा यस अघिका दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेका थिए। उनी इनास युरोपका वर्तमान सहसंयोजक पनि हुन्।
आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचित सर्वसम्मत समितिमा दीपक थापा वरिष्ठ उपाध्यक्ष, सबिना श्रेष्ठ उपाध्यक्ष,सर्वेन्द्र अधिकारी महासचिव,लाल बराली सचिव र लालमणि भट्टराई कोषाध्यक्ष छन्। कार्यसमिति सदस्यमा अभिषेक गौतम,गोमा खरेल ‘श्रेया’,सुष्मिता थापा,सुनिल न्यौपाने र अमृता पाण्डे चुनिएका छन्।
त्यस्तै,संस्थाको प्रमुख संरक्षकमा इनास ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ तथा संरक्षकमा संस्थापक अध्यक्ष सनमकुमार वैराग,पूर्व अध्यक्ष रजनी सुनुवार र निवर्तमान अध्यक्ष विनोद चिपालु मनोनित भएका छन्।
राजन सुवेदी संयोजक तथा आनन्द धरेल र शेखर शर्मा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गर्दै पदाधिकारीलाई शपथ ग्रहण गराएको थियो।
इनास यूके संरक्षक एवम् ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष विनोद चिपालु, सल्लाहकार दीपक श्रेष्ठ लगायतले नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिएका थिए।
यसअघि निवर्तमान समिति अध्यक्ष विनोद चिपालुको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदनहरु छलफलपछि पारित गरिएको थियो।
संसारभर नेपाली कला, भाषा र संस्कृति संरक्षण र प्रवर्द्धनको उद्धेश्यसहित सन् २०१२ मा स्थापित इनासको यूके शाखा सन् २०१५ मा स्थापना भएको थियो। इनासले विश्वका ७० भन्दा बढि देशमा आफ्नो शाखा विस्तार गरिसकेको छ।
इनास यूकेका नवनिर्वाचित अध्यक्ष कंडेलले आफ्नो कार्यकालमा नर्दन आयरल्याण्ड, स्कटल्याण्ड,वेल्स र इंग्ल्यान्ड सहित बेलायतका चारै राज्यमा पहिलोपटक शाखा बिस्तार गरिने जनाएका छन्।
(नेपालीलिड्कबाट)