१५ आश्विन, २०८०
सुरेश कोईराला,
काठमाडौ। आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनका लागि अमेरिकाबाट सचिव पदका लागि उम्मेदवारी दिनु भएका कृष्णजिवी पन्थले एनआरएनएको साख बढाउने गरि काम गर्ने बताउँदै एनआरएनप्रति बढीरहेको अविश्वास चिर्न र संस्थाको गरिमा बढाउन रणनीतिक रुपमा काम गर्ने बताउनु भयो।
युरोपको भ्रमण हुँदै हाल मध्यपूर्वको भ्रमणमा रहनु भएका सचिव पदका उम्मेदवार पन्थले एनसिसी मध्यपूर्वको एक कार्यक्रममा बोल्नुहुँदै संस्थालाई एकताबद्ध गर्दै गरिमा बढाउन लागिपर्ने बताउनुभयो। आफूले दुई वर्षमा के-के गर्छु भन्ने कुरा प्रतिबद्धता पत्रमा स्पष्ट रुपमा उल्लेख गरेको उहाँले बताउनुभयो ।
देशले एनआरएनहरुबाट ठूलो अपेक्षा गरेको बताउंदै नेपालको समृद्धिमा योगदान गर्न र विदेशमा बस्ने नेपालीहरुको हक सुरक्षित गर्न आफुले रणनीतिक योजना बनाएको पनि बताउनुभयो । ‘हामीले निर्वाचित भएको दिनदेखि नै क्यालेन्डर बनाएर एक्शन ओरिएन्टेड योजना कार्यान्वयन गर्ने छौं,” उहाँले भन्नुभयो।
खाडी मुलुकमा भोगिरहेका नेपालीहरुको समस्याका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै श्रेष्ठले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्याउने व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो,‘श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउनुपर्नेछ । साथै नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसंग समन्वय गरी १० करोडको श्रमिक कल्याण कोष खडा गर्न म कटिबद्ध छु।’
‘समुन्नत नेपाल,सम्मानित गैर आवासीय नेपाली’ भन्ने मूल नाराका चुनावी प्रसार प्रसारमा रहनु भएका सचिव पदका उम्मेदवार पन्थले संस्थाको नीतिगत सुधारका लागि कही योजना अघि सार्नु भएको छ।