Thursday March 20, 2025

विविध

बेल्जियममा दुई गैरआवासीय नेपाली स्थानिय निर्वाचनमा निर्वाचित

शीतलपाटीन्युज डटकम। लण्डन। आइतबार बेल्जियममा भएको स्थानीय निर्वाचनमा दुई जना गैरआवासीय नेपालीहरू निर्वाचित भएका छन्। विभिन्न नगरपालिका, जिल्ला, र क्षेत्रहरूमा फरक-फरक पार्टीबाट नेपाली मूलका ११ जना उम्मेदवारहरू मध्ये लुभेन क्षेत्रमा समाजवादी भोअइत पार्टीबाट सूर्य ढकाल र ब्रुजमा सिडिएनभे पार्टीबाट प्रज्ञा तिमल्सिना विजयी भएका हुन्। २५ वर्षीया युवा उम्मेदवार तिमल्सिना कास्की जिल्लाबाट बेल्जियम पुगेकी हुन्। स्थानीय पत्रकार केजीन राईका अनुसार, बेल्जियमको इतिहासमै पहिलो पटक नेपाली समुदायका प्रतिनिधिहरू निर्वाचनमार्फत स्थानीय सरकारमा प्रवेश गरेका हुन्। गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वअध्यक्ष गंगाधर गौतमले स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार विजयी भएपछि नेपाली समुदायले थप फड्को मारेको र यो एक सुखद क्षण भएको बताएका छन्। उनले नेपाली मूलका उम्मेदवारको विजयले नेपाली समुदाय उत्साहित भएको पनि बताए। नेपाली उम्मेदवार भएका अधिकांश क्षेत्रमा, नेपाली उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा हुँदा नेपाली मतदाताहरूलाई कसलाई मत दिने भन्नेमा अलमल भएको थियो। साभार-नेपालब्रिटेन डटकम।

किन रोए आर के त्रिपाठी जोसेफ ब्राउनको कुराले ?

आर के त्रिपाठी लेख्छन् -  लण्डन।नेपाल बारे शुक्ष्म जानाकारी राख्ने आज एक जना Joseph Brown नामका बेलायती राजनितिज्ञसंग नेपालको बारेमा लामो कुराकानी भयो।आज मैले भेट गरि संवाद गरेको Joseph Brown नामको बेलायती विश्वको हरेक कुनाको भ्रष्टाचार बारे जानाकारी लिने,अनुसन्धान गर्ने र विश्व बजारमा कुरा उठाउने गर्दो रहेछन्। Joseph Brown आफैले नेपालको शासकिय र राजनैतिक जवाफदेहिता,पारदर्शिता,नेपालमा कानुनी राज्यले काम नगरेको अवस्था,भ्रष्टाचार अनुसन्धान हुनै नदिने गलत अभ्यास र नेपालको मानव अधिकार बारे लामो कुरा गरे। म र Joseph Brown को दुई घण्टा लामो कुराकानीमा छक्क किन परें भने मलाई भन्दा Joseph Brown लाई नेपालको भ्रष्टाचार र घोटाला बारे शुक्ष्म स्मरण रहेछ। बेलायतीहरु नेपालको शासकिय सुधार प्रति नियालि रहेका रहेछन्।बेलायती नागरिक Joseph Brown को शब्दमा भन्नु पर्दा नेपालमा एकै प्रकृतिको अपराधमा कोहिलाई  जेल र कोही मान्छे घुमिरहेको छन्।एकै फाइल छ,एकै केस छ,कोही मान्छे जेलमा छन्,कोही मान्छे घुमिराखेका छन्।यो कसरी भइराखेको छ नेपालमा? यस्तो व्यवहारले हामी विदेशीलाई आश्चर्यमा पारेका छौ। नेपाललाई हामीले राम्रै रूपमा हेर्ने गर्दथ्यौं तर विगत १० बर्ष देखि नेपाल प्रति हामी विदेशीको हेराईमा गिरावट आएको छ। म पनि आश्चर्य चकित छु। यदि नेपालमा कानुनी राज्य स्थापना भएको हो भने यस्तो नहुनु पर्ने हो तर भईरहेछ। यस्तो कार्यले नेपालको अनुसन्धान,कानुनी राज्य स्थापना,दायित्व बोध र जवाफदेहिता लाई शुन्यमा परिणत गर्न सहयोग गर्छ। देश Failure State मा परिणत हुने यस्तै कार्यले गर्दा हो।संसद्ले स्वामित्व लिएर,सबै दलको प्रतिनिधित्वमा छानविन गरेर बनेको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ। यदि कोही मान्छे निर्दोष छ भने त्यसलाई कसैका विरुद्ध हतियारको रुपमा प्रयोग गर्नुहुँदैन।राज्यका एकै प्रकृतीका अनुसन्धानमा कसैलाई समातेर जेल राख्ने र बलियाहरुलाई उन्मुक्ति दिने काम गर्न हुँदैन,Joseph Brown ले भन्दै थिए/ नेपालको हरेक भ्रष्टचार जन्य अपराधमा त कस्तो देखियो भने एउटा काण्डको बारेमा ३ महिना चर्चा हुने,उफ्रने,चर्को आवाज बोल्ने,ठूलै भ्रष्टाचार भयो भन्ने,अनि त्यो भ्रष्टाचार हो वा होइन भनेर अनुसन्धान गर्न नपाउँदै अर्को काण्ड आउने र सबैको ध्यान नयाँ कुरा तिर मोडिने र पुरानो विर्सने वा छोपिने देखियो।  भुटानी शरणार्थी,वाईड बडी,ओम्नी,ललिता निवास,३३ किलो र १०० किलो सुन काण्ड,COVID Vaccine Purchase,विद्युत्त महशुल छुट,ठूला

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा टिका तथा प्रसाद प्रदान

नेपाल प्रहरी। काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा दसैं २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइ दिनु भएको छ।  नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाई दिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो। उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टिका  ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो।  सो अवसरमा ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो। टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू,नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू,पूर्व प्रहरी कर्मचारीहरू,प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो।  टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो।

धरानका मेयर हर्क साड्गपाड्ग धरान समाज युकेको निमन्त्रणामा बेलायत आउदै

शीतलपाटीन्युज डटकम। लण्डन। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङग बेलायत आउने भएका छन् । बेलायतमा आगामी अक्टुबर २० तारिख आईतवार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङगको स्वागत तथा भेटघाट् (Meet and Greet) र च्यारिटी डिनर नाइट हुने भएको छ। बेलायतको अल्डरशट स्थित एम्पायर हलमा यो कार्यक्रम हुने भएको र कार्यक्रममा व्यापक उपस्थीतिका लागि ठुलो तयारी भईरहेको कार्यक्रमका मिडिया कोअर्डिनेटर आकाश सुनुवारले  शीतलपाटी न्युजका सम्पादक बाचस्पति रेग्मीलाई जानकारी दिएका छन। कार्यक्रमको आयोजक धरान समाज युके रहेको छ। धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङग धरान–२० चिन्डेडाँडामा रहेको सुम्निमा पारुहाङगको प्रतिमा सहित सुन्दर पार्क निर्माणको लागि सहयोग जुटाउने उद्देश्यले लन्डन आउने भएको हो। कार्यक्रमको पहिलो सत्र बिहान ११ देखि २ बजेसम्म हुनेछ,युकेबासि सबै नेपालीले मेयरलाई व्यक्तिगत रुपमा भेटेर स्वागत अभिबादन गर्न, फोटो खिच्न सक्नेछन भने साँझ ६ बजे देखि १० बजेसम्म गाला डिनरको आयोजना हुने आयोजकको तयारी छ। कार्यक्रममा सहयोगी दाताहरुलाई हर्क साम्पाङ स्वयमले हस्ताक्षर गरिएको प्रमाणपत्र प्रदान गरि सहयोगकर्ताहरूलाई सम्मानित गरिने कार्यक्रमका सयोजक प्रमुख भगवान चामलिङ्गले बताएका छन। गाला डिनरको क्रममा मेयर साम्पाङले आफ्नो श्रम अभियान र प्रतिमा निर्वाण परियोजनाको पुरा योजनालाई प्रस्तुत गर्ने इभेन्ट म्यानेजर रामधन राईले बताउनु भएको छ। राईका अनुसार त्यस साँझ मेयरको र अतिथिहरुको सम्मानमा भब्य सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी प्राप्त भएको छ। युकेका विभिन्न बरोबाट निर्बाचित अहिले सम्मका नेपालि मूलका स्थानिय मेयर र काउन्सिलरहरुको जमघट यस डिनर नाइटको अर्को आकर्षण हुनेछ। नेपालि मुलका ब्यापार ब्यबसायीहरु,समाजसेवीहरु, राजनितिज्ञहरु,कलाकारहरु, र गोर्खा रेजिमेण्टका उच्च पदस्थ अधिकारीहरुलाई आमन्त्रित गरिएको कुरा जनाईएको छ। मेयर हर्क साम्पाङको कार्यक्रममा बेलायती स्थानीय प्रतिनिधिहरु,समाज सेवी, ब्यापारी,राजनीतिज्ञ र सर्बसाधारण सबै एउटै कार्यक्रममा जम्मा गर्ने प्रयास भने इतिहासमा पहिलो पटक गर्न लागिएको बताईएको छ। आयोजकले कार्यक्रमलाई सफल र भब्य बनाउन व्यापक सहभागिताको लागि युके बासि सम्पुर्ण नेपालिहरु प्रति बिनम्र अपिल पनि गरेको छ। २० अक्टोबर एम्पाएर हलमा हुने कार्यक्रमको आयोजक सुम्निमा पारुहाड्ग प्रतिमा निर्माण सहयोग समिती युके र १९,२५ र २७ अक्टोबरमा हुने कार्यक्रम धरान समाज युकेले गर्ने भएको छ। यो गरिमामय कार्यक्रममा उपस्थित भै सहयोग पुर्याउन आयोजकहरुले

धरानका मेयर हर्क साम्पाङ्ग बेलायत भ्रमणमा आउँदै

शीतलपाटीन्युज डटकम। लण्डन। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङग बेलायत आउने भएका छन् । बेलायतमा आगामी अक्टुबर २० तारिख आईतवार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङगको स्वागत तथा भेटघाट् (Meet and Greet) र च्यारिटी डिनर नाइट हुने भएको छ। बेलायतको अल्डरशट स्थित एम्पायर हलमा यो कार्यक्रम हुने भएको र कार्यक्रममा व्यापक उपस्थीतिका लागि ठुलो तयारी भईरहेको कार्यक्रमका मिडिया कोअर्डिनेटर आकाश सुनुवारले  शीतलपाटी न्युजका सम्पादक बाचस्पति रेग्मीलाई जानकारी दिएका छन। कार्यक्रमको आयोजक सुम्निमा पारुहाङग प्रतिमा निर्माण अभियान समिति युके र धरान समाज युके रहेका छन्।  धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङग धरान–२० चिन्डेडाँडामा रहेको सुम्निमा पारुहाङगको प्रतिमा सहित सुन्दर पार्क निर्माणको लागि सहयोग जुटाउने उद्देश्यले लन्डन आउने भएको हो। कार्यक्रमको पहिलो सत्र बिहान ११ देखि २ बजेसम्म हुनेछ ,युकेबासि सबै नेपालीले मेयरलाई व्यक्तिगत रुपमा भेटेर स्वागत अभिबादन गर्न, फोटो खिच्न सक्नेछन भने साँझ ६ बजे देखि १० बजेसम्म गाला डिनरको आयोजना हुने आयोजकको तयारी छ। कार्यक्रममा सहयोगी दाताहरुलाई हर्क साम्पाङ स्वयमले हस्ताक्षर गरिएको प्रमाणपत्र प्रदान गरि सहयोगकर्ताहरूलाई सम्मानित गरिने कार्यक्रमका सयोजक प्रमुख भगवान चामलिङ्गले बताएका छन। गाला डिनरको क्रममा मेयर साम्पाङले आफ्नो श्रम अभियान र प्रतिमा निर्वाण परियोजनाको पुरा योजनालाई प्रस्तुत गर्ने इभेन्ट म्यानेजर रामधन राईले बताउनु भएको छ। राईका अनुसार त्यस साँझ मेयरको र अतिथिहरुको सम्मानमा भब्य सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी प्राप्त भएको छ। युकेका विभिन्न बरोबाट निर्बाचित अहिले सम्मका नेपालि मूलका स्थानिय मेयर र काउन्सिलरहरुको जमघट यस डिनर नाइटको अर्को आकर्षण हुनेछ। नेपालि मुलका ब्यापार ब्यबसायीहरु,समाजसेवीहरु, राजनितिज्ञहरु,कलाकारहरु, र गोर्खा रेजिमेण्टका उच्च पदस्थ अधिकारीहरुलाई आमन्त्रित गरिएको कुरा जनाईएको छ। मेयर हर्क साम्पाङको कार्यक्रममा बेलायती स्थानीय प्रतिनिधिहरु,समाज सेवी, ब्यापारी,राजनीतिज्ञ र सर्बसाधारण सबै एउटै कार्यक्रममा जम्मा गर्ने प्रयास भने इतिहासमा पहिलो पटक गर्न लागिएको बताईएको छ। आयोजकले कार्यक्रमलाई सफल र भब्य बनाउन व्यापक सहभागिताको लागि युके बासि सम्पुर्ण नेपालिहरु प्रति बिनम्र अपिल पनि गरेको छ। कार्यक्रमका बारे थप जानकारीका लागि सम्पर्क गर्नु परेमा- मिडिया/इभेण्टकॊअर्डिनेशन :-  न्यु होराईजन क्रियशन टिकट 🎫 : पहिलो चरण – £१५ (Meet & Greet) दोस्रो चरण – £७० (३

धादिड्ग अन्तराष्ट्रिय समाजको अध्यक्षमा दोश्रो पटक युकेबाट राजन खकुराल

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल युकेबाटचयन हुनु भएको छ । मंगलबार सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनःखकुराललाई चयन गरेको हो। पुर्नगठित समाजमा वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल),उपाध्यक्षमा सविन थपलिया (अस्ट्रेलिया),खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (जापान),बद्री खतिवडा(अमेरीका) चयन हुनु भएको छ । यस्तै महासचिवमा बाबुकाजी भण्डारी(जापान),सचिवमा राजेन्द्र थपलिया (द.कोरिया), सचिवमा कल्याण विक्रम कार्की (अष्ट्रेलिया), कोषाध्यक्षमा रामकुमार थापा (नेपाल),सह कोषाध्यक्षमा सोमनाथ कडेंल (कतार) चयन हुनुभएको छ। यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना (युके),पारस भण्डारी(अस्ट्रेलिया),विनोद उप्रेती(अस्ट्रेलिया),कमल दुवाडी(अमेरीका),छन्द प्रसाद सिलवाल (भारत) चयन हुनुभएको छ। समाजका अनुसार १ जना महिला उपाध्यक्ष,महिला सविच, प्रवक्ता र ४ जना सदस्य मनोनियत गरिने छ।  महाधिवेशनको नेपाल सरकारका कृषी तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले विश्वभर छरिएर रहेको धादिङ्गेलीहरुलाई अन्तराष्ट्रिय धादिङ समाजले जोड्नु पर्ने र प्रवासमा रहेका धादिङ्गेलीहरुले जिल्लामा परेका समस्या पहिचान गरी सहयोग गर्नुपर्ने बताउनुभयो। महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ जना भन्दा बढि प्रतिनीधी सहभागी थिए। महाधिवेशनको लागि १४ देशबाट सहभागी भएको र ४ देशबाट प्रतिनिधि नआएको अध्यक्ष खकुरालले बताउनुभयो। भौतीक उपस्थिति जनाउन नसकेका प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिएको उहाँको भनाई छ। अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ।२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) मा धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थ समिति बनेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो। उक्त अधिबेशनबाट अध्यक्षमा पुनः नानुकाजी श्रेष्ठ चयन हुनुभएको थियो भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएको हुनुभएको थियो।

अन्तराष्ट्रिय धादिड्ग समाजको अध्यक्षमा पुन राजन खकुराल

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल युकेबाटचयन हुनु भएको छ । मंगलबार सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनःखकुराललाई चयन गरेको हो। पुर्नगठित समाजमा वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल),उपाध्यक्षमा सविन थपलिया (अस्ट्रेलिया),खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (जापान),बद्री खतिवडा(अमेरीका) चयन हुनु भएको छ । यस्तै महासचिवमा बाबुकाजी भण्डारी(जापान),सचिवमा राजेन्द्र थपलिया (द.कोरिया), सचिवमा कल्याण विक्रम कार्की (अष्ट्रेलिया), कोषाध्यक्षमा रामकुमार थापा (नेपाल),सह कोषाध्यक्षमा सोमनाथ कडेंल (कतार) चयन हुनुभएको छ। यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना (युके),पारस भण्डारी(अस्ट्रेलिया),विनोद उप्रेती(अस्ट्रेलिया),कमल दुवाडी(अमेरीका),छन्द प्रसाद सिलवाल (भारत) चयन हुनुभएको छ। समाजका अनुसार १ जना महिला उपाध्यक्ष,महिला सविच, प्रवक्ता र ४ जना सदस्य मनोनियत गरिने छ।  महाधिवेशनको नेपाल सरकारका कृषी तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले विश्वभर छरिएर रहेको धादिङ्गेलीहरुलाई अन्तराष्ट्रिय धादिङ समाजले जोड्नु पर्ने र प्रवासमा रहेका धादिङ्गेलीहरुले जिल्लामा परेका समस्या पहिचान गरी सहयोग गर्नुपर्ने बताउनुभयो। महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ जना भन्दा बढि प्रतिनीधी सहभागी थिए। महाधिवेशनको लागि १४ देशबाट सहभागी भएको र ४ देशबाट प्रतिनिधि नआएको अध्यक्ष खकुरालले बताउनुभयो। भौतीक उपस्थिति जनाउन नसकेका प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिएको उहाँको भनाई छ। अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ।२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) मा धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थ समिति बनेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो। उक्त अधिबेशनबाट अध्यक्षमा पुनः नानुकाजी श्रेष्ठ चयन हुनुभएको थियो भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएको हुनुभएको थियो।

दशै मान्न घर जाने नेपालीहरुको लस्कर

शीतलपाटीन्युज डटकम। काठमाडौँ। काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक  एक लाखको हाराहारीमा नेपालीहरु आफ्ना घर तर्फ लागेका छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार  उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने,आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ। काठमाण्डौ प्रबेस पनि बढेको छ भने दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन्। नायब उपरीक्षक कार्कीले बसपार्क,कलङ्की,बल्खु, कोटेश्वर,सीतापाइलामा सवारी र यात्रीको  बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए। हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

नेपालको गण्डकी अंचलमा डेगुबाट ७ जनाको ज्यान गयो

शीतलपाटीन्युज डटकम। पोखरा। डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो। त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेङ्गु सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै हालसम्म छ हजार चार सय ५२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। गत जनवरीमा जम्मा ७० जनामा डेङ्गु देखिएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे १२ हजारभन्दा माथि पुगेको हो। अधिकृत शर्माले गत जुलाईयता डेङ्गुको सङ्क्रमण दर बढ्दै गएको बताउनुभयो। जुलाईमा सात सय २८, अगष्टमा चार हजार ८३, र सेप्टेम्बरमा छ हजार सात सय २० जनामा डेङ्गु देखिएको उहाँले जानकारी दिनुभयो। तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा छ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो। तनहुँमा २८ सय ६१,पर्वतमा एक हजार एक सय ४६, गोरखामा छ सय ६४,बागलुङमा पाँच सय ३९, स्याङ्जामा चार सय ४३, म्याग्दीमा दुई सय १३, नवलपुरमा एक सय ८१, लमजुङमा एक सय २० र मुस्ताङमा नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन्। समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ। डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम,भाँडाकुडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने

काठमाण्डौको बिभिन्न ठाउबाट बढी भाडा असुल्नेलाई ट्राफिक प्रहरीको कारबाही

शीतलपाटीन्युज डटकम। काठमाडौँ। काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार मात्र बल्खुबाट एउटा सवारी साधन सहित ८ जना,नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।   यस्तै हिजो बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाइएको छ । चेकजाँचकै क्रममा निजी नम्बर प्लेटका सवारी साधनले प्रयोजन विपरित भाडामा यात्रु बोकेको अवस्थामा २ ओटा सवारी साधनलाई समेत नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिनु भएको छ ।  चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्नका लागि काठमाडौँ उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुको गुनासो सम्बोधन र सहजता ट्राफिक प्रहरीद्वारा प्रदान गरिदै आएको छ । चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना-२०८१ को प्रभावकारी कार्यान्वयन गर्ने प्रयोजनार्थ आवश्यकता अनुसार जनशक्ति परिचालन गरिएको छ । यसले विशेष गरी चाडपर्वको मौका छोपी बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, फर्जी टिकट काट्ने र यात्रुको सुरक्षा सुनिश्चितता जस्ता विषयमा विशेष केन्द्रित भएको समेत प्रवक्ता कार्कीले जानकारी दिनुभयो । गत १७ गते नयाँ बसपार्कबाट नक्कली टिकट बनाई टिकट बिक्रि गर्दै गरेको अवस्थामा टिकटको ठेली सहित एक जना भने आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग गोंगबुको नियन्त्रणमा छन्। यात्राका क्रममा कसैले अनावश्यक दुख: हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिकप्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको छ।

निरन्जन कुँवर जेनेस सलुशनको ग्लोबल सीटीओ नियुक्त

GNNNEWS- लन्डन - सूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञ निरन्जन कुँवर बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्श दातृ कम्पनी जेनेस सलुशनको  प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) नियुक्त भएका छन्। द हंगकंग पोलिटेक्निक विश्वविद्यालयबाट सूचना प्रविधिमा एमएससी तथा रुसको सेन्ट पिटर्सवर्ग  स्टेट युनिभर्सिटी अफ टेलिकम्युनिकेशन्सबाट रेडियो कम्युनिकेशन्समा समेत एमएससी  गरेका कुँवरले अमेरिकास्थित द क्वांटीक स्कुल अफ बिजनेस एण्ड टेक्नोलोजीबाट एमबीए गरेका छन्।   यसैगरी उनले  सूचना प्रणाली तथा साइबर सेक्युरिटी सम्बन्धी विभिन्न प्रतिष्ठित प्रमाणपत्रहरु पनि प्राप्त गरेका छन्। जेनेस सलुशनसंग आबद्ध हुनु भन्दा पहिले कुँवर  सन् २०२१ देखि २०२४ सम्म प्रतिष्ठित अमेरिकी कम्पनी, भोन्टिएर, मा सूचना सुरक्षा सम्बन्धी वरिष्ठ निर्देशकको रुपमा काम गरेका थिए।  त्यस्तै उनले म्याकएफी, पोलिकम, माइमकाष्ट, रिलायन्स ग्लोबलकम, शिपसर्भ, हिमालयन कम्प्युटर्स लगायतका कम्पनीहरुमा काम गरेका थिए। पोखरामा जन्मिएर पोखरामै पढेका  निरन्जनले उच्च शिक्षाको क्रममा रुसमा ६ वर्ष तथा हंगकंगमा ८ वर्ष बिताएका थिए।   " म विश्वका प्रमुख कम्पनीहरुमा २५ वर्ष सम्म काम गरेको आफ्नो अनुभवको  उपयोग गर्दै अर्थपूर्ण काम गर्न खोजीरहेको थिएँ। खास गरी आफ्नो मातृभूमिको लागि योगदान गर्ने तथा  नेपालमा सूचना प्रविधिका सम्भावनाहरुको उपयोग गर्दै  ठूलो  समुदायका लागि सम्पत्ति र समृद्धिका अवसरहरु सिर्जना गर्ने उपयुक्त माध्यम के हुन सक्छ भन्ने बारे मैले सोचविचार गरिरहेको थिएँ।     यसै बेला मेरो अन्जनीजीसंग भेट भयो। नेपाल लगायत विभिन्न मुलुकमा नव प्रवर्तनमा आधारित प्राविधिक समाधानहरु सहित स्थानीय कम्पनीहरुलाई सघाउन जेनेस सलुशनले गरीरहेका कामहरुबारे उहाँले बताउनु भयो।  साइबर सेक्युरिटी, क्लाउड,कृत्रिम बौद्धिकता (एआइ), डेटा र सफ्टवेयर इन्जिनियरिंग आदि क्षेत्रहरुमा आफ्ना ग्राहकहरुलाई सेवा दिन जेनेस सलुशनले गरिरहेका कामहरुलाई अर्को उंचाइमा पुराउन हामीले सहकार्य गर्ने निधो ग-यौं," उनले भने। निरन्जन कुँवरलाई जेनेस सलुशनको ग्लोबल टिममा स्वागत गर्दै जेनेस सलुशनका संस्थापक तथा सीइओ अञ्जनी फुयाँलले भने, "जेनेस सलुशनको प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) को रुपमा निरन्जन कुँवरलाई स्वागत गर्न पाउँदा हामी निकै हर्षित छौं।  सूचना प्रविधि तथा साइबर सेक्युरिटीको क्षेत्रमा लामो अनुभव भएका निरंजनजीको अनुभव जेनेस सलुशनको वृद्धि र

बाढीपहिरो पीडित सहयोग अभियानमा सहयोगको अपील

एनआरएन युके प्रेष बिज्ञप्ति- लण्डन। नेपालका विभिन्न स्थानमा हालैका दिनमा भएको अविरल वर्षासंगै आएको बाढीपहिरो र डुबानका कारण ठूलो धनजनको क्षति हुन पुगेको छ । यस विपतमा सयौंको संख्यामा हाम्रा नेपाली दिदीबहिनी,दाजुभाइले आफ्नो अमूल्य जीवन गुमाउनुभएको छ भने अरु धेरैजना घाइते हुनुहुन्छ। हजारौं नागरिक बाढीपहिरोबाट घरवारविहिन भएर बिचल्ली अवस्थामा समेत पुग्नुपरेको छ। यस दुखद घडीमा एनआरएनए यूके मृतकहरुप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ। हाम्रो प्यारो मातृभूमिमाथि आइपरेको प्राकृतिक विपत्तिको यस क्षणमा यसबाट प्रभावित हाम्रा दिदीबहिनी दाजुभाइहरुको घाउमा सक्दो मल्हम लगाउनु हामी सबै गैरआवासीय नेपालीहरुको कर्तव्य हो भन्ने ठानेर एनआरएनए आइसीसीको निर्देशन र सहकार्यमा बाढीपहिरो पीडितको राहत, उद्धार र पुनस्थापर्नामा सहयोग पुरयाउने उद्धेश्यले एनआरएनए यूकेले आफ्नो कोषबाट १० लाख रुपैयाको सहयोगबाट शुभारम्भ गर्दै बाढीपहिरो पीडित सहयोग अभियान शुरु गरेको छ। उक्त अभियानमा बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्था, सिंगो समुदाय र सबै नेपालीहरुको तर्फबाट सहयोग र सहभागिताको लागि हामी हार्दिक अपिल गर्दछौं। बेलायतस्थित हामी सबै नेपाली र समुदायको अभिभावक संस्थाको रुपमा एनआरएनए यूकेले विगतदेखि नै आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ। महाभूकम्पदेखि कोभिड महामारीसम्मका ठूला विपतदेखि अरु धेरै प्राकृतिक विपत र अफ्टेरोका बेला बेलायतस्थित सिंगो नेपाली समुदायलाई एकताबद्ध बनाएर एनआरएनए यूकेले एकमुष्ट सहयोगका अभियानहरु सफलतापूर्वक सञ्चालन गरिसकेको छ। यसैक्रममा पछिल्लो बाढीपहिरोबाट प्रभावितहरुको सहयोगका लागि हामीले शुरु गरेको अभियानमा पनि यहाँस्थित सबै नेपाली संघसंस्था र समुदायबाट विगतमा जस्तै पूर्ण साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछौं। आर्थिक सहयोगका लागि एनआरएनए यूकेको खाता निम्नानुसार छ भन्दै हित काजी गुरुङ अध्यक्ष र गोविन्द शर्मा खरेल महासचिवले १ अक्टोबर २०२४ मा बिज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। बिज्ञप्ति-

भूतपूर्व गोर्खाका सन्तानलाई ‘भिजा फि’ नलिने होम अफिसको निर्णय

शीतलपाटीन्युज डटकम। लन्डन । भूतपूर्व गोर्खाहरुको मुद्दा अस्वीकृत भएमा अपिल गर्न नपाउने भन्ने होम अफिसको नीति अब औपचारिक रुपमै लागू नहुने भएको छ । त्रिपक्षीय वार्ता अन्तर्गत मंगलबार भएको प्राविधिक कमिटीको जुम बैठकमा होम अफिस अफिसरले अपिल राइट्स दिइने जानकारी दिएका हुन् । होम अफिसले अपिल राइट्स दिने नीति कार्यान्वयन गर्न सहमति जनाएको वार्ताका गोर्खा नेगोसिएटर मेजर रिटायर्ड जुदबहादुर गुरुङले जानकारी दिए । करिब आधा घण्टा भएको वार्तामा होम अफिसबाट २ जना, रक्षा मन्त्रालय (एमओडी) बाट एक जना, भूतपूर्व गोर्खाहरुबाट मेजर रि. उदयबहादुर गुरुङ धर्म तामाङ, केशबहादुर गुरुङ र मे. रि.जुदबहादुर गुरुङ थिए, दूतावासबाट भने कोही सहभागी भएनन् । बैठकमा भूतपूर्व गोर्खाका विधवा र तिनका सन्तानलाई आइएलइ वा आइएलआर अप्लाई गर्दा लाग्ने शुल्क जनही एकहजार ८ सय ५० पाउण्ड मिनाह गर्न होम अफिस सहमत भएको गुरुङले जनाए। ४ वर्षको कन्ट्रयाक्ट गरेर पनि समय अगावै घर पठाइएका करिब ११६ जनालाई आवासीय अधिकार दिन पनि होम अफिस सहमत भएको छ। भिजा रिफ्युज भएका आवेदनहरु अपिल नगरि स्वीकृत गर्न होम अफिस सकारात्मक भएको पनि गुरुङले जनाए। मेजर जुदले बेलायतका लागि नयां नेपाली राजदूत आएपछि मन्त्रिस्तरिय वार्ता तय हुने बताए। गोर्खाहरुका मागका सम्बन्धमा पछिल्लो तीन वर्षदेखि जारी त्रिपक्षीय वार्ताअन्तर्गत यसअघि प्राविधिक संयन्त्रका ८ बैठक भइसकेका छन् भने ४ वटा मन्त्रिस्तरिय छन् । (नेपालीलिंकबाट।)

रोयल बरो अफ ग्रीनविच नेपाली कम्युनिटीमा अध्यक्ष लिलादेवी गुरुड्गलाई हस्तान्तरण

शीतलपाटीन्युज डटकम। लन्डन- रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीको नेतृत्व लिलादेवी गुरुङलाई हस्तान्तरण गरीएको छ।  गत वर्ष सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष गुरुङले आगामी एक वर्षका लागि संस्थाको कार्यकारी नेतृत्व लिएकी हुन्। यसअघि कार्यकारी अध्यक्ष पुण्य रेग्मीले एक वर्षे कार्यकाल पूरा गरी सोमबार सहमती अनुसारको कार्यकारी कार्यभार गुरुङलाई हस्तान्तरण गरेका हुन। प्लमस्टिडस्थित अस्मिता एशोसिएट्सको कार्यालयमा एक औपचारिक कार्यक्रमबीच दुई अध्यक्षबीच कार्यकारी नेतृत्व हस्तान्तरण गरिएको थियो। अध्यक्ष गुरुड्गले आफ्नो एक वर्षे कार्यकालमा संस्थालाई बढी सक्रिय र समावेशी बनाउने प्रतिवद्धता उनले गरेकी छन्। यसअघि भूतपूर्व गोर्खाहरुको संस्था जिगेसाको पनि नेतृत्व गरिसकेकी गुरुङले एनआरएनए यूके महिला सचिव र आइसिसी सदस्यलगायतका जिम्मेवारी पनि निर्वाह गरिसकेकी छन्। सो अध्यक्षता हस्तान्तरण समारेहका अवसरमा आरजीएनएस पूर्व अध्यक्ष एवम् ग्रीनवीच बरो मेयर जीत रानाभाट,संस्थापक अध्यक्ष कुमार श्रेष्ठ,सल्लाहकार मोहन गुरुङ,जिगेसा अध्यक्ष हरिकुमार मल्ल,तमुधिं साउथ इष्ट आमा समूह अध्यक्ष बिन्दु गुरुङ लगायतले अध्यक्ष गुरुङलाई सफल कार्यकालको शुभकामना दिएका थिए। सो नेतृत्व हस्तान्तरण कार्यक्रममा सल्लाहकारहरु एलएन पाण्डे,अर्कराज तिम्सिनापण्डित निलहरि घिमिरे, सहदेव गिरी,हरिकुमार मल्ल,सुशिल प्रजापति,प्रकाश कंडेल,कार्यमितिको उपाध्यक्ष मञ्जु भण्डारी र सुरोज मास्के, कोषाध्यक्ष सोनी श्रेष्ठ सदस्य रामकृष्ण अर्याल लगायतको उपस्थिति थियो। सो पदस्थापन कार्यक्रमको सञ्चालन महासचिव ह्यारी गुरुङले गरेका थिए । तस्विर- प्रकाश कंडेल

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन बेलायतमा

शीतलपाटीन्युज डटकम। लन्डन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा नेपालका सरकारका पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहितका नेताहरू शनिबार बेलायत आइपुगेका छन्। लिङ्देन नेतृत्वको राप्रपा नेताहरुको टोली शनिबार मध्याह्न (२१ सेप्टेम्बर २०२४) लन्डनको हिथ्रो एयरपोर्ट ओर्लिएको हो। अध्यक्ष लिङ्देन लगायत नेतालाई प्रवासी नेपाली एकता समाजका अध्यक्ष रोशन सापकोटा,एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर लगायतले विमानस्थलमा स्वागत गरे। उनीहरु पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाजको आइतबार र सोमबार हुने कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन्। प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाही,प्रवास विभाग प्रमुख आनन्द अधिकारी,केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सिता थापा छन्। पानसको आयोजनामा यही असोज ७ र ८ गते लण्डन र स्कटल्याण्डमा हुने कार्यक्रममा उनीहरु सहभागी हुनेछन्। साथै प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ। उनीहरुको भ्रमण टोली १० आश्विन स्वदेश फिर्ता हुने तालिका छ ।

नेपाली राजदूतावास लण्डनबाट कार्यकाल पुरा गरेर फर्कने कूटनीतिज्ञहरुको विदाई

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली राजदुताबास लण्डनमा आफ्नो  ४ वर्षे कार्यकाल सकेर नेपाल फर्कन लागेका लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख (हाल कार्यवहाक राजदूत) रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपाललाई नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्ष विमला सेनीको टोलीले राजदुताबास पुगेर भब्य विदाइ गरेको छ भने दूतावासमा आफ्नो जिम्मेवारी सम्हाल्न भर्खर आएका तृतीय सचिव झुपलाल पुनको स्वागत सम्मान समेत गरेको छ। शुक्रबार सांझ लन्डनस्थित दूतावास भवनमा अध्यक्ष सेनेले फर्कन लागेका डिप्लोम्याट्सहरुको भावी करिअरमा अझ प्रगति होस् भन्ने शुभकामना पनि दिदै पुनको बेलायत कार्यकाल सफलताको कामना समेत गर्नु भयको थियो। नेपाली राजदूतावासका कूटनीतिज्ञहरुबाट महासंघले सूचना संकलन,सम्प्रेषण तथा नेपाली संस्थाका हरेक समारोहमा सहभागिता जनाइ नेपाली समाजलाई पूर्ण साथ दिएको भन्दै आभार व्यक्त गर्नु भयको थियो। सो अवसरमा कार्यवहाक राजदूत खनाल र द्वितीय सचिव नेपालले आफूहरुलाई कुटनितिक कार्य सम्पादन गर्न बेलायतको कार्यकालमा पत्रकारहरुले पूर्ण साथ दिएकोमा आभार व्यक्त गर्नु भयको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष सेने,उपाध्यक्ष शिव भण्डारी,सदस्यहरु गोमा राना,नगेन्द्र नेम्वाङ,वाचस्पति रेग्मी,केन्द्रिय प्रतिनिधि दूत पुन लगायतको सहभागीता थियो। अहिले दूतावास कर्मचारीहरुको टिम परिवर्तन हुने क्रममा छ  भने आईतबार नया कर्मचारी आउने र कार्यबाहक राजदुत खनाल र नेपाल पनि सोमबार फर्कने तयारीमा हुनुहुन्छ। साथै बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरेलाई संसदीय समितिले अनुमोदन गरिसकेको छ भने उपनियोग प्रमुख विपिन दुवाडी छिट्टै लन्डन मिसन आउंदै हुनुहुन्छ।

१७ मध्ये १६ देशका लागि नेपाली राजदुतको नाम अनुमोदन

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। संयुक्त अधिराज्य बेलायतका लागि राजदुतमा चन्द्र कुमार घिमिरेको नाम अनुमोदन भएका छन ।बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको हो। आफ्नो शैक्षिक प्रमाणपत्र पेस नगरेकाले श्रीलंकाका लागि सिफारिस राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन गरिएको छैन। समितिको निर्णयअनुसार बेलायतका लागि चन्द्र कुमार घिमिरे,अमेरिकाका लागि लोकदर्शन रेग्मी,चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर,जर्मनीका लागि डा शैल रुपाखेती,भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ। यस्तै इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल,पोर्चुगलका लागि प्रकाशमणि पौडेल,कतारका लागि रमेशचन्द्र पौडेल,रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ,साउदी अरबका लागि नरेशविक्रम ढकाल,दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फे र स्पेनका लागि सनिल नेपालको नाम अनुमोदन भएको छ । समितिको बैठकबाट अनुमोदन भएका राजदूतहरूको अब सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त भई शपथ हुनेछ। साथै सपथ पछि खटीएको राष्ट्रमा जाने कार्यक्रम हुने छ।

काठमाण्डौको धरहरा अथवा भिमसेनस्तम्भ बिहीबारबार खुला हुदै

शीतलपाटीन्युज डटकम। काठमाडौं – काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा भोलि बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। भदौ २७ गतेको मन्त्रिपरिषद बैठकले असोज ३ देखि धरहरा अन्तरिम रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। संविधान दिवसको अवसर पारेर सरकारले सर्वसाधारणलाई धरहरा चढ्न दिने व्यवस्था मिलाएको हो। ५०० जनालाई दैनिक धरहरा चढ्न अनुमति- परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने व्यवस्था मिलाइएको छ। टिकट काट्न वेबसाइटमार्फत व्यवस्था गर्न लागिएको छ, जसको तयारी लगभग सकिएको छ। वेबसाइट तयार भएपछि सार्वजनिक जानकारी दिने योजना छ। टिकट काट्ने प्रक्रिया- शुरुवाती योजना अनुसार, एप विकास गरेर टिकट काट्ने व्यवस्था गर्ने प्रयास भए पनि असम्भव भएकोले वेबसाइटमार्फत टिकट बुकिङको व्यवस्था गरिनेछ। प्रत्येक दिन विहान ११ बजेपछि हरेक आधा घण्टामा १०० जनालाई चढ्न दिनेगरी टिकट बुकिङ खुला गरिनेछ। पहिलो दिनमा वेबसाइटमा समस्या आए धरहरा परिसरमै भौतिक रूपमा टिकट काट्न सकिनेछ। निःशुल्क प्रवेश र सुविधाहरू हालका लागि धरहराको प्रवेश निःशुल्क गरिने भएको छ भने धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ। धरहरा चढ्नेहरूले दुई वटा विद्युतीय लिफ्टको प्रयोग गर्न पाउनेछन्। माथि पुगेपछि बार्दली क्षेत्रमा करिब १० मिनेट बिताउन सकिनेछ र फोटो तथा भिडियो खिच्न समेत अनुमति दिइनेछ। धरहराको संरचना र व्यवस्थापन- नयाँ धरहरा पुरानो धरहराको जस्तै बाहिरी स्वरुपमा ११ तला देखिए पनि भित्री संरचना २२ तलाको छ। पुरानो धरहराको भग्नावशेष सुरक्षित रूपमा राखिएको छ जसलाई खुला रूपमा अवलोकन गर्न सकिन्छ। धरहरामुनि तीन तले भूमिगत पार्किङ बनेको छ र त्यहाँ प्रशासनिक भवन, संग्रहालय, तथा बगैंचा समेत बन्दैछ। व्यवस्थापनका लागि महानगरको माग २०७२ को भूकम्पले धरहरा भत्किनुअघि काठमाडौं महानगरपालिकालाई धरहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिइएको थियो। नयाँ धरहरा बनेपछि काठमाडौं महानगरपालिकाले पुन: यो जिम्मा आफूलाई दिन माग गरेको छ तर संघीय सरकार यसमा सहमत देखिएको छैन। ९५ प्रतिशत निर्माण पूरा- धरहराको निर्माणको ९५ प्रतिशत काम पूरा भइसकेको छ। २०७८ वैशाख ११ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए, यद्यपि निर्माण पूर्ण रूपमा नसकिएको थियो। पुन: प्रधानमन्त्री बनेपछि ओलीले सर्वसाधारणलाई धरहरा चढ्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। श्रोत-स्मार्टपाटी।

बीसीसी युकेद्वारा लामा घले र प्रदीपको स्वागत

पुर्ण गुरुड्ग। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बौद्ध अर्धौं सदनमा श्रद्धेय लामा हर्कजंग घले र प्रदीप गुरुङलाई स्वागत गरेको छ। गत सोमबार १६ सेप्टेम्बर साँझ बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा गुरुहरुले उनीहरुलाई स्वागत गरेको हो।  उनीहरु बीसीसी युकेले आउने २ अक्टोबर देखि ६ अक्टोबरसम्म आयोजना गर्न लागेको ञ्यूङ्ने ब्रतका लागि बेलायत आएका हुन्। बौद्ध धर्ममा ञ्यूङ्ने ब्रतको छुट्टै महत्व रहेकोले बीसीसी युकेले यस अघि पनि आयोजना गरेको थियो। सोही अनुरुप यस बर्ष आयोजना गर्न लागिएको बीसीसी युकेले जनाइएको छ। सो अवसरमा ञ्यूङ्ने ब्रतलाई सफलतापूर्वक संचालनबारे कार्यसमिति, गुरु र आमाहरुबीच छलफल भएको थियो।   उक्त स्वागत कार्यक्रममा बीसीसी युकेका धर्म गुरु खेन्पो सेनाङ्ग, लोपेन नोर्बु,लोपेन दावा, बीसीसी युकेका प्रमुख सल्लाहकार एवं ञ्यूङ्ने ब्रत संयोजक मेजर खुशीमान गुरुङ,बीसीसी युकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ,पूर्व आमा प्रमुख पुष्पा गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा आमाहरुको बाक्लो उपस्थिति रहेको थियो।

साझा नेपाली समाजले आज आयोजना गर्ने च्यारिटि सॅाझ नोभेम्बर ११ मा हुने।

शीतलपाटीन्युज डटकम। लण्डन। समाजका सदस्यहरुको दुखद निधनको कारण साझा नेपाली समाजले आज को लागी तय गरी तयारी गरिएको खेलकुद तथा आपतकालिन सहयोग को लागी च्यारिटि साझ नोभेम्बर ११ मा सारेको छ।आफ्नै समाजका सदस्यहरु दुखित भएको शोकाकुल समयमा मनोरन्जन का कुनै कार्यक्रम नगर्ने साझा नेपाली समाजको निर्णय अनुसार कार्यक्रम सारिएको हो। महासचिव शशांक शर्माका अनुसार यहि नोभेम्बर ११ सोमबारको दिन लेस्टरको जंगल क्लवमा खेलकुद तथा आपतकालिन सहयोग सॅाझ को आयोजना हुनेछ। यसको संयोजन समाजका पुर्व अध्यक्ष एवं ट्रष्टि रण बहादुर केसीले गर्नुहुनेछ। संयोजक केसीले कार्यक्रमलाई सफल बनाउनको लागी बेलायतका सामाजिक अभियन्ताहरु लाई आह्ववान गर्नुभएको  भने यो च्यारिटि बाट उठेको रकम खेलकुद र मिडलैन्डको नेपाली समुदायमा प्राथमिकताको आधारमा खर्च गरिने छ। साझा नेपाली समाजका युवा अध्यक्ष दिपक सापकोटाको तर्फबाट कार्यक्रम संयोजक रण बहादुर केसीले निकालेको सुचना- आदर्णिय साझा नेपाली समाजका सहयोगी अतिथिहरु,अभियन्ता लगायत दाजुभाई तथा दिदीबैनीहरु नमस्कार, बिषय- दुखद निधन र अत्येष्ठिको कारण च्यारिटि डिनर सॅाझ को मिति परिवर्तन गरिएको बारेमा उपरोक्त सम्बन्धमा साझा नेपाली समाजले यहि आउदो सोमबार १६ सेप्टेम्बरमा तय गरेको खेलकुद तथा आपतकालीन सहयोग संकलन च्यारिटि डिनर सॅाझको मिति परिवर्तन गरिएको सुचना दिदॅा असहज महसुस गरेको छु।साझा नेपाली समाजलाई निस्वार्थरुपले सहयोग गरिरहनु भएका हजुरहरु सबैलाई कार्यक्रमको मिति नजिकै यो खबर निकाल्न मलाई पक्कै मन थिएन। हामीले दिन रात मेहनत गरेर कार्यक्रमलाई भब्यता को साथ सम्पन्न गर्ने तयारि गरेका थियौ।तर हालै हाम्रो समाज भित्र भएका दुखद निधनले हामीलाई कार्यक्रमको मिति सार्न बाध्य बनायो। साझा नेपाली समाज भाईचाराको लागी गठन गरिएको समाज हो।आफ्नै समाजका सदस्यहरुको दुखद निधन मा हामीले मनोरन्जनपुर्ण कार्यक्रम गर्न हाम्रो नैतिकताले दिदैन।साझा नेपाली समाज मिडलैन्ड स्थित अन्य स्थानिय समाजहरुको अभिभावक समाज पनि भएकोले अभिभावकत्व निभाउने क्रममा बसेको साझा नेपाली समाजको सचिवालयको बैठकले हाम्रै समाजका सदस्यहरुको दुखद निधन भएको १३औं पुन्य तिथी भन्दा पहिला कुनै पनि कार्यक्रम नगर्ने एकमत निर्णय अनुरुप च्यारिटि सॅाझको मिति सारिएको छ। आदर्णिय अतिथिहरु, नया मिति तय गर्ने समबन्धमा एक दुई दिनमा शुरु हुने सोर्ह श्राद,लगतै घटस्थापना र नबरात्री,बिजया दशमी र केही दिन

यसपाली को world Cup कसले जित्ला?