शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। सहारा यूकेको बैठक ठमेल रेष्टुरेन्ट अल्डरसटमा आइतबार सम्पन्न भएको छ। साहारा युकेका अध्यक्ष कृष्ण गुरुड्गको अध्यक्षतामा भएको सो मिटीड्गमा महासचिव क्या.पीताम्बर गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै मीटीड्ग कार्यक्रम सञ्चालन गरेका थिए। संस्थाका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष शारदा गुरुङले स्वागत मन्तव्य राखेका थिए। अध्यक्ष गुरुङले हालै पोखरामा सम्पन्न सहारा गोल्डकपको बारेमा साहारा कार्समिति र पदाधिकारीहरुलाई संक्षिप्त रुपमा अपडेट गराएका थिए। सो मिटीड्गमा संस्थाले आगामी वर्ष गर्ने कार्यक्रमबारे वृहत् छलफल गरेको थियो । अब आउने गोर्खा कपमा सहाराले स्टल राख्ने तथा गोर्खा कपका लागि नेपालबाट एक जना खेलाडी ल्याउने विषयमा कुराकानी भएको थियो। यसैगरी, बैठकमा च्यारिटी डिनर नाइट २०२५, संस्थाको आयव्यय,गिफ्ट एड, अक्षय कोषलगायत विषयमा वृहत् छलफल भएको थियो। कार्यसमिती बैठकमा बेलायत भ्रमणमा आएका पोखरारा प्रतिनिधी सभ सांसद मानबहादुर गुरुङलाई स्वागत तथा सम्मान गरिएको थियो। सो सम्मानका अवसरमा आफूलाई सम्मान गरेकोमा धन्यवाद दिँदै सांसद गुरुङले सहाराले पोखरामा गरेको सहयेग र समाजसेवाको विषयमा आफ्नो भनाइ राखेका थिए। सो अवसरमा साहारा अध्यक्ष गुरुड्गले माननिय सासंदलाई सहारा युकेको इतिहासबारे जानकारी गराएका थिए। खेलकुद र शिक्षामा मुख्य सामाजीक काम गर्दै आएको साहारालाई सांसद गुरुड्गले उच्च मुल्याड्कन गर्दै धन्यबाद दिएका थिए। तमुधि युकेका संरक्षक एवम साहारा युकेका सल्लाहाकार मीन गुरुड्ग सिकलिसे,तमुधि युके पुर्व अध्यक्ष एवम सल्लाहाकारहरु रामचन्द्र गुरुड्ग, ग्याम गुरुड्ग, निवर्तमान अध्यक्ष हरि गुरुड्ग एवम साहारा युकेका पुर्व अध्यक्षहरु मीन गुरुड्ग,कुमार गुरुड्ग निवर्तमान अध्यक्ष कुसाड्ग गुरुड्ग समेतको भब्य उपस्थिती रहेको सो बैठकमा साहारा युकेका अध्यक्ष कृष्ण गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
शीतलपाटीन्युज डटकम। लण्डन,अल्डरसट। नेपाल मगर संघ युकेको युएच एस बि शाखाको सातौ महाधिबेशन १६ मार्च २०२५ आईतबारको दिन अल्डर्सटको प्यालेस रेष्टुरेन्टमा सम्पन्न भएको छ। सातौ महाधिबेशनबाट बिर बलाल अधयक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन हुनु भएको छ। यस्तै महिला समितिको अध्यक्ष पदमा नानु राना र युवा समितिमा विपना थापा चयन भएको समाचार छ। कार्यक्रमको शुभारम्भमा शाखाका अध्यक्ष ऋषि राना, केन्द्रिय मगरसंघ युकेका महासचिब प्रमुख अतिथि गुमानसिं थापा,सस्थापक अध्यक्ष सुनिल राना र रिटायर्ड क्या.बिर बहादुर गाहा मगरले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उदघाटन गरेका थिए। निर्बाचन समितिको संयोजक मगरसंघ युकेका पुर्व अध्यक्ष मेजर कुल बहादुर थापा,शाखाका सल्लाहकार टेक थापा र कप्तान ताम धेगा रहेको समितीले सो निर्वाचन गराएको थियो। निर्बाचन समितीका अनुसार नयां कार्यसमितिको अध्यक्ष बिर बलाल,उपाध्यक्षमा गणेश बुराथोकी,महिला उपाध्यक्ष नानु राना,सचिबमा पार्वती थापा,सहसचिबमा धन थापा, कोषाध्यक्षमा गोप सिंजाली, सहकोषाध्यक्ष रोजिना थापा, सदस्यहरु दिपक राना,गीता पाईजा, डम्बर थापा,सीला थापा,बबि पाईजा,थम रोका, मनोज पुन,आशा पुन,सीता थापा,चन्द्र पुन र मन्जु राना मनोनित भएका छन्। त्यस्तै महिला कार्यसमितिको अध्यक्षमा नानु राना, उपाध्यक्षमा पार्वति थापा, सचिबमा फुलमाया थापा, सहसचिबमा मन्जु राना, कोषाध्यक्षमा रजिना थापा, सदस्यहरु बिष्णु थापा,कमला थापा गोमाया थापा,सुकु आले,बिना थापा,हेमा थापा, श्याम कुमारी थापा र जुना थापा रहेका छन्। युथ कमिटिको अध्यक्षमा बिपना थापा,सचिबमा मेरिन पाईजा,सहसचिब बिपस छन्त्याल,कोषाधयक्ष सुभानी राना,सहकोषाध्यक्ष पुजन थापा, मिडिया सचिब जस्मिन पुन,सास्कृतिक सचिब प्रमिना थापा,सदस्यहरुमा आरति थापा,ललिता थापा,अनिल थापा,अमृत राम्जाली,राजन घर्ति,सिरिया पुन,सगुन थजाली,कसम राना,अरुणा थापा,लिन्डा थापा,सुमन श्रीस, महेश थापा र दिनेश रोका रहेका छन्। सो सातौ अधिबेशनमा अध्यक्ष ऋषिराम रानाको अध्यक्षतामा चलेको थियो भने उपाध्यक्ष बिर बलालले स्वागत मन्तब्य दिएका थिए भने मगरसंघ युकेका महासचिव गुमानसिं पुन, ट्रष्टि ताम धेंगा, पुर्ब उपाध्यक्ष छविमायां पुन र शाखाका लेडिज कमिटिका अध्यक्ष धना रोकाले शुभकामना मन्तब्य राखेका थिए। सचिव गणेश बुढाथोकी र गोप सिंजाली मगरका वार्षिक तथा आर्थिक प्रतिवेदन माथि छलफल गरी पारित गरीएको थियो। शाखाका अध्यक्ष रानाले प्रमुख अतिथि निर्बाचन समिति लगायत उपस्थित सम्पुर्ण आफ्नो कार्यकालमा साथ सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै नयां कार्यसमितिलाई बधाई र सफल कार्यकालको
शीतलपाटीन्युज डटकम। लण्डन। तमुधीं यूके लण्डन इकाईले यहीं मार्च महिनाको २९ गते शनिबार Greenford town Hall मा आफ्नो संस्थाको भवन खरीद गर्न fundraising को लागि परोपकारी रात्रीभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। तमुधीं लण्डन इकाई स्थापना भए पश्चात १७ बर्षको दौडानमा पहिलो पटक च्यारीटी डिनर नाईट कार्यक्रमको आयोजनाको पूर्व तयारी सबै पुरा भई सकेको र वेलायतबासी नेपाली दिदिबहिनी दाजुभाईहरुलाई ऊपस्थितिको लागि अनुरोध गर्दै कार्यक्रम सफल बनाईदिन खुल्ला रुपमा अपिल पनि गर्नु भएको कार्यक्रम संयोजक तथा लण्डन इकाईका बरिष्ठ ऊपाध्यक्ष ईश्वर गुरुड्गले जानकारी दिनु भएको छ। कार्यक्रमलाई थप आकर्षक र मनोरन्जनत्मक बनाऊन भाग्य द्बय चिट्ठ प्रथम ऊपहार चौविस क्यारेट सुन साथै नेपाली गीत गजल,आधुनिक गीत तथा लोक गीत संस्कृतिहरुको भरपूर मनोरन्जन दिन नेपाली कलाकारहरुको दमदार प्रस्तुति रहने पनि जनाऊनु भयो। सांझ पांच बजेबाट शुरु हुने कार्यक्रम ऊपस्थित अथितिगण लगायत सम्पूर्ण महानुभावहरुको लागि प्रवेश द्वारमा स्वागतको लागि लण्डन इकाईका आमा समुह लगायत पदाधिकारीहरु ऊत्साही रुपमा ऊपस्थित हुने जानकारी दिंदै वेलायतवासी नेपाली दिदिबहिनीहरुलाई ऊपस्थिति भई सहयोगको आपेक्क्ष महासचिव रक गुरुडंले शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भयो।
शीतलपाटीन्युज डटकम। काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दोहोरो नागरिकतालाई नेपालले स्वीकार नगरेको प्रष्ट पारेका छन्। सोमवार प्रतिनिधि सभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक-२०८१’ माथि भएको छलफलमा सांसदहरूले राखेको सुझावका विषयमा जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको बताए । नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपालीमूलका व्यक्तिलाई मात्र गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उनको भनाइ छ । उनले भने, ‘भावनामा नडुबी नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई नेपालले स्वीकारेको छैन, हामीले के नबुझौँ भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको ? यो कुरा तपाई हामी सबैले बुझ्नुपर्छ। उहाँहरूले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेजस्तो साधारण होइन । त्योभन्दा भिन्न भएको हुनाले सहुलियतको रूपमा उहाँहरूलाई गैरआवासीय नागरिकता प्रदान गरेको छ। गैरआवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ जो नेपाली मूलको विदेशी नागरिक छ र त्यही बसेको छ, जसले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ।’ सञ्चार मन्त्री गुरुङले विदेशमा बसेको नेपाली मूलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताएका छन्।
शीतलपाटीन्युज डटकम। लण्डन। मिडलैन्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाज बेलायतले गत सालबाट शुरु गरेको भजन किर्तन महोत्सवको दोस्रो संष्करण १२ मे २०२५ मा आयोजना गर्ने निर्णय भएको छ। नेपाली कला र सस्कृतीको संरक्षण र प्रवन्द्धन गर्ने उद्धेष्यले भजन किर्तन महोत्सव गर्न लागिएकोहो। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार सोमबार बसेको साझा नेपाली समाजको बैठकले मिडलैन्डको उल्भरहाम्टनमा बुद्ध जयन्तिको दिन पारि १२ मे सोमवारको दिन दोस्रो मिडलैन्ड भजन किर्तन महोत्सव को आयोजना गरिने बताउनु भयको छ। यसको संयोजन उपाअध्यक्ष शिब खरालले गर्नुहुनेछ। संयोजक शिब खरालले यसभन्दा पहिला पनि सामाजिक कार्यक्रमहरु सफलताको साथ संयोजन गरिसक्नुभएको छ भने दोस्रो भजन किर्तन महोत्सव २०२५ पनि गत साल भन्दा अझै भव्यताको साथ सम्पन्न गर्नेमा अध्यक्ष दिपक सापकोटा लगायत सिंगो मिडलैन्डवासी नेपालीहरु विस्वस्त रहेका छन। मिडलैन्डमा बसोबास गर्ने नेपालीहरुको धार्मिक आस्था बलियो रहेको र नेपाली कला र संस्कृतीलाई दोस्रो पुस्तालाई पनी सिकाउनु पर्दछ भन्ने मनोभावना रहेकोले यस्ता धार्मिक कार्यमा रुची बढ्ने र महोत्सव भब्यहुनेमा कुनै शंका नरहेको महासचिव शर्माको जिकिर थियो। महासचिव शर्माका अनुसार कार्यक्रमको सहआयोजक मिडलैन्डका सबै स्थानिय समाजहरु हुनेछन।
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो।आईजीपी वसन्त कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो। थापा हालः केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख हुन्। उनी विसं २०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन्।महानिरीक्षक बन्ने होडमा थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए। थापा, गिरी र तामाङ एकै ब्याचमा भर्ना भए पनि थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए। यस अनुसार एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए। २६ फागुन २०७९ मा एआइजीमा सिफारिस भएका थापालाई ६ चैत २०७० को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो। थापा एआइजी भएको दुई सातापछि गिरी र तामाङ एआइजीमा बढुवा भएका थिए।
शीतलपाटीन्युज डटकम। काठमाडौं। सरकारले नयाँ प्रहरी महानिरीक्षक चयन नगर्दै बहालवाला आईजीपी वसन्तबहादुर कुँवरसहितका उच्च अधिकृतहरू अवकाशमा जाँदैछन्। आईजीपी कुँवर ३० वर्षे सेवा अवधिका कारण सोमबारदेखि अवकाशमा जाँने भएको हो। उनको अवकाशसँगै नेपाल प्रहरीको ३१औँ आईजीपी नियुक्त हुने भएको हो। ४ चैत्र २०८२ आज ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेको समाचार छ।जसले नेपाल प्रहरीमा आज राति १२ बजे रिक्त हुने र भोलि बहाली हुने गरी नयाँ आईजीपी नियुक्त गर्नेछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ। नयाँ आईजीपीका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्। उनीहरू २०५२ भदौ १९ गते प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए। यसैबीच,सोमबार प्रहरी प्रधान कार्यालयमा आईजीपी वसन्तबहादुर कुँवरको औपचारिक बिदाइ कार्यक्रम तय गरिएको छ। २२ महिना नेपाल प्रहरीको नेतृत्व सम्हालेका कुँवर ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन्। साभार- सुरक्षासरोकार।
शीतलपाटीन्युज डटकम। काठमाडौं। सरकारले नयाँ प्रहरी महानिरीक्षक चयन नगर्दै बहालवाला आईजीपी वसन्तबहादुर कुँवरसहितका उच्च अधिकृतहरू अवकाशमा जाँदैछन्। आईजीपी कुँवर ३० वर्षे सेवा अवधिका कारण सोमबारदेखि अवकाशमा जाँने भएको हो। उनको अवकाशसँगै नेपाल प्रहरीको ३१औँ आईजीपी नियुक्त हुने भएको हो। ४ चैत्र २०८२ आज ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेको समाचार छ।जसले नेपाल प्रहरीमा आज राति १२ बजे रिक्त हुने र भोलि बहाली हुने गरी नयाँ आईजीपी नियुक्त गर्नेछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ। नयाँ आईजीपीका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्। उनीहरू २०५२ भदौ १९ गते प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए। यसैबीच,सोमबार प्रहरी प्रधान कार्यालयमा आईजीपी वसन्तबहादुर कुँवरको औपचारिक बिदाइ कार्यक्रम तय गरिएको छ। २२ महिना नेपाल प्रहरीको नेतृत्व सम्हालेका कुँवर ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन्। साभार- सुरक्षासरोकार।
शीतलपाटीन्युज डटकम। लन्डन । समाजसेवी एवं सफल व्यवसायी कमल गुरुङले बेलायतको बेजिङस्टोकमा ‘‘बेजिङस्टोक ओरिएन्टल मार्ट” सञ्चालनमा ल्याएका छन्। तमु धीं यूकेको उपाध्यक्ष समेत रहेका गुरुङले दोस्रो ओरेन्टियल मार्ट शनिबारदेखि सञ्चालनमा ल्याएका हो। बेसिङस्टोक शहरको केन्द्रमा रहेको द मल्समा खुलेको पसलको भव्य समारोहबीच उद्घाटन गरियो। सुरुमा मार्टका निर्देशक गुरुङले सबैलाई स्वागत गर्दै पसलको बारेमा जानकारी गराएका थिए। मेयर काउन्सिलर डान पुट्टीले पसलको तारिफ गर्दै उदघाटन समारोहमा शुभकामना दिएका थिए। त्यसपछि सो उदघाटनका अवसरमा ड्रागन नृत्य देखाइएको थियो। मेयर, सांसद लुक मर्फी,तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र सञ्चालक गुरुङले संयुक्त रूपमा मार्टको उद्घाटन गरेका थिए। त्यसपछि सबैलाई मार्टमा उपलब्ध हुने सामग्रीहरूको अवलोकन गराइएको थियो । मार्ट सुरु भएको अवसर पारेर पहिलो एक हप्तासम्मका लागि हरेक सामान खरिदमा १० प्रतिशत छुटको प्रबन्ध गरीएको छ। कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ,पूर्वअध्यक्ष सूर्य गुरुङ, पुनम गुरुङ,तमु धीं यूकेका पूर्वअध्यक्षहरू कमल गुरुङ, रामचन्द्र गुरुङ,सहारा यूकेका पुर्व अध्यक्ष कुमार गुरुङ, बेजिङस्टोक नेपाली समाज यूकेका अध्यक्ष ओम गुरुङ, बेजिङस्टोक गुरुङ समाज यूकेका अध्यक्ष दुर्गा गुरुङ, पूर्वअध्यक्ष कमल गुरुङ लगायत संघसंस्थाका अध्यक्ष प्रतिनिधिहरु,आफन्त एवं शुभचिन्तकहरुको उपस्थिती रहेको थियो। उपस्थित सबैले नयाँ व्यवसाय सुरु गरेकोमा बधाईसहित शुभकामना दिएका थिए। अन्त्यमा सबैजना खाना खाएर छुटेका थिए। मार्टमा खाद्यान्नका उत्कृष्ट र स्वादिष्ट उत्पादन तथा ताजा तरकारीहरू सुपथ मूल्यमा खरिद गर्न सकिने जनाइएको छ। फोटो- गोर्खामिडीया।
आर के त्रिपाठी लेख्छन् - नेपालमा अहिले हिन्दु राज्य र संवैधानिक राजतन्त्रको बारेमा घर घर भित्र जे बहस चलि रहेछ,त्यो बहश लाई केबल दुर्गा प्रसाईं,कमल थापा,राजेन्द्र लिङ्देल,लोकेश ढकाल,लक्ष्मण घिमिरे,शंकर भण्डारी,मनिशा कोइराला,शशांक कोइरालाहरुको माग मात्रै हो भन्ने तरिकाले हल्का रूपमा नबुझौं। संसारका धेरै देशमा गणतन्त्र छ तर संवृद्धि, विकाश,जनताको स्वतन्त्रता र लोकतन्त्र छैन।गणतन्त्र र लोकतन्त्र फरक विषय हुन्।गणतन्त्र हुँदैमा संवृद्धि र विकाश भरपुर हुँदैन। गणतन्त्रमा लोकतन्त्र व्यवहारमा थपिढिंदा देशको संवृद्धि,विकाश जन-स्वतन्त्रता प्राप्त हुन्छ।अमेरिकामा गणतन्त्र छ,लोकतन्त्र छ तर धेरै दल भनिए पनि व्यवहारमा दुई दल मात्र छ।तर पनि विकाश,संवृद्धि स्वतन्त्रता छ।अब Trump ले अगाडी कसरि लान्छन्?हेर्दै जाउँला। पंचायतले जनतालाई केहि हद स्वतन्त्रता दिएको भए देश र जनताको पक्षमा राम्रो गरेको भए जनता पंचे चोर,देश छोड,पंचायती व्यवस्था मुर्दावाद भन्दै जनता सडकमा नआउनन पनि सक्थे।हामी बहुदलीय व्यवस्थाको साथमा लोकतन्त्र चाहन्छौं,लोकतन्त्र र बहुदलीय व्यवस्था फरक विषय हुन्। लोकतन्त्र र बहुदलीय व्यवस्था नभए पनि केहि देशले विकाश गरेका छन्।उदाहरण चिन China लाई हेरे हुन्छ।China मा बहुदलीय व्यवस्था छैन।लोकतन्त्र छैन तर विकाश अघि बढेको छ।आर्थिक प्रगती,उत्पादन रफ्तारका अघि बढेको छ। लोकतन्त्रको साथमा विकाश,संवृद्धि,आर्थिक वृद्धिको साथमा जनताको स्वतन्त्रता सदैब ग्यारेण्टी हुन्छ।अमेरिकामा लोकतन्त्र छ तर बहुदल भनिए पनि व्यवहारत दुई दल मात्र चुनाबमा छन्।बहुदल छैन। बेलायतमा संवैधानिक राजतन्त्र छ तर लोकतन्त्र छ।विकाश,संवृद्धि,आर्थिक वृद्धिको साथमा जनताको स्वतन्त्रता सदैब ग्यारेण्टी हुन्छ। कतार र साउदी अरेवियामा सक्रिय राजतन्त्र छ,विकाश छ तर लोकतन्त्र छैन। हिजो कति कम्युनिष्ठ शाषन भएको देशमा विकाश थियो,संवृद्धि थियो तर स्वतन्त्रता र लोकतन्त्र थिएन। लोकतन्त्रमा शाषकिय परिवर्तन वा सुधार? व्यवस्थापकिय परिवर्तन वा सुधार?र कार्यपालिका परिवर्तन वा सुधार बारे कुरा राख्न,बोल्न,रोड आन्दोलन गर्न पाईन्छ। गणतन्त्रमा बहुमत जनता जे भन्छन्,त्यो सुनुवाई नहुन पनि सक्छ। China मा गणतन्त्र छ तर बहुमत जनता स्वतन्त्र पूर्वक बाँच्न,निर्णय लिन दिन चाहन्छन् तर सि जिङ्ग पिङ्ग पूर्ण स्वतन्त्रता दिँदैनन्। Russia मा गणतन्त्र छ तर बहुमत जनता स्वतन्त्र पूर्वक बाँच्न,निर्णय लिन दिन चाहन्छन् तर पुटीन पूर्ण स्वतन्त्रता दिँदैनन्। त्यसैले गणतन्त्र र लोकतन्त्र फरक विषय हो। लोकतन्त्रमामा जनता कार्यकारी हुन्छ।जनताले शाषन परिवर्तनको,संविधान परिवर्तनको माग गर्न सक्छन्।यो कि त मतदानबाट संभब हुन्छ, कित
शीतलपाटीन्युज डटकम। लण्डन । बन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी (Minister of Forests and Environment of Nepal) वेलायत भ्रमणमा आउने भएका छन् । उनी लण्डनमा आयोजना हुने जलवायु–प्रकृति विकास सम्बन्धमा पानी सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन वेलायत आउन लागेका हुन् । विहिवार लण्डन आइपुग्ने मन्त्री शाही सो कार्यक्रम सम्पन्न गरी आगामी आइतवार नेपाल फर्किने कार्यक्रमतय भएको छ। मन्त्री शाहीको स्वागत तथा सम्मानमा बेलायतस्थित नेपाली राजदुत चन्द्र कुमार घिमिरेले शुक्रबार सांझ लन्डन दुताबासमा बेलायत बसोबास गरेका नेपालीहरुसंग एउटा भेटघाट तथा रात्री भोजको आयोजना गरेका छन्।
शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनस्थित नेपाली राजदूतावासले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सम्भावित ठगीको शिकार हुनबाट जोगिनका लागि सचेत रहन शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै दूतावासले बेलायतका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न नेपालबाट आएका विद्यार्थीमाथि विभिन्न एजेन्टहरूमार्फत् ठगी भइरहेको कुरालाई बिश्लेषण गर्दै छापाहरुमा,सामाजीक संजालमा प्रकाशित समाचारहरुबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘नेपाली विद्यार्थीहरू दशकौं देखि बेलायतका विश्वविद्यालय र कलेजहरूमा अध्ययन गर्न आइरहेकाको समस्यालाई अध्यन गर्दै राददूतावासले वक्तव्यमा भनेको छ,’नेपाली विद्यार्थीहरूलाई बेलायतका विश्वविद्यालय र कलेजहरूमा अध्ययनको व्यवस्था गर्ने वाचा गरेर ठग्नु निन्दनीय र कसुरजन्य छ ।’ विद्यार्थी ठगी गर्नेहरूलाई कारवाहीका लागि आवश्यक कदमहरू चाल्न नेपाल र बेलायतका सम्बन्धित निकायहरूसंग समन्वय भइरहेको दूतावासले जनाएको छ। सम्भावित ठगीको जोखिमबाट जोगिन आवश्यक सचेतना अपनाउन पनि दूतावासले विद्यार्थीहरूलाई र अभिभावकहरुवाई आग्रह गरेको छ। ‘दूतावासले यहाँ अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आफू इच्छुक विश्वविद्यालय र कलेजहरू मान्यता प्राप्त छन् भनेर सुनिश्चित गर्न र शुल्क संरचना,भर्ना प्रक्रिया र अन्य सम्बन्धित विषयहरू बारेमा पर्याप्त जानकारी लिन आग्रह गर्दछ’ वक्तव्यमा उल्लेख छ।बस्ने आवास,पार्ट टायम अधिकारका काम समेतको अवस्थालाई अध्ययन गरेर बेलायतको बसाई र अध्ययन पुरा गर्न सल्लाहा दिदै बिज्ञप्ति जारी भएको छ। नेपाली राजदूतावास लण्डनको वक्तव्य:
शीतलपाटीन्युज डटकम। लन्डन। तमु धीं यूकेले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई स्मिचेटस्थित तमु धीं भवनमा स्वागत तथा सम्मान गरेको छ। एउटा भब्य कार्यक्रमको आयोजना गर्दै राजदुत घिमीरे र राजदुताबास परिबारलाई सो अवसरमा सम्मान गरीएको हो। सो स्वागत समारोहको महामहिम राजदूत घिमिरे,तमुधि युके अध्यक्ष जुमकाजी गुरुङ,तमुधि युके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो।तमुधि युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रममा अध्यक्ष जुमकाजी गुरुङले राजदूत घिमिरेलाई फेटा र खादाले सम्मान गरेका थिए भने राजदूतको धर्मपत्नी सरिता घिमीरेलाई आमा समूह अध्यक्ष कमलादेवी गुरुङले पछ्यौरा ओढाएर र फुलको गुच्छाले सम्मान गरेकी थिइन। त्यस अवसरमा उपनियोग प्रमुख विपिन दुवाडी,सैनिक सहचारी महासेनानी अनुप शाह र उनको धर्मपत्नी प्रार्थना भुसाल,प्रथम सचिव उद्धव न्यौपाने,द्वितीय सचिव मिनकुमार राई र उनकी पत्नी, तृतीय सचिव झुपलाल पुन र उनकी पत्नी समेतलाई फेटा,पछ्यौरा,खादा र फुलको गुच्छाले अध्यक्ष जुमकाजी गुरुड्ग र आमा समूह अध्यक्ष कमलादेवी गुरुड्गले स्वागत एवम सम्मान गरेका थिए। तमुधि युकेले गरेका कामका गतिबिधीको श्रव्यदृश्य प्रस्तुत गरी शुरु भएको कार्यक्रममा महामहिम राजदुत घिमीरेले सम्बोधन गर्दै तमु धीं यूकेले नेपालमा भूकम्प, कोभिड-१९,बाढीपहिरो, शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा गरेको कार्य अन्य संस्थाका लागि अनुकरणिय रहेको बताउदै तमु धीं यूकेको उचाई निकै अग्लो गराएको प्रस्ट पार्दै राजदूत घिमिरेले त्यसलाई कम हुन नदिन आग्रह गरेका थिए। साथै नेपाली राजदूतावास लण्डनको टिमले तमु धीं यूकेसँग सम्भावना भएका ठाउमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। सो कार्यक्रममा बोल्दै अध्यक्ष जुमकाजी गुरुङले तमु धीं भवनमा उपस्थित भै स्वागत गर्ने अवसर दिनु भएकोमा राजदूत घिमिरेसहित दूतावास परिवारप्रति आभार व्यक्त गरेका थिए।तमु धीं यूके र नेपाली दूतावास लन्डनबीच निकट सम्बन्ध राखीएको उल्लेख गर्दै अध्यक्ष गुरुङले राजदूत घिमिरेलाई बेलायतमा ४ वर्षे कार्यकालको सफलताको शुभकामना दिएका थिए। यस्तैगरी सो स्वागत समारोहमा एनआरएनए यूकेका अध्यक्ष तथा तमु धीं यूकेका पूर्वअध्यक्ष हित काजी गुरुङ,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ लगायतले महामहिम राजदुतलाई तमुधी युकेमा स्वागत गर्दै मन्तव्य राखेका थिए। कार्यक्रममा तमु धीं यूकेका पूर्वअध्यक्षहरु,संस्थापक
शीतलपाटीन्युज डटकम। काठमाण्डौ।नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रहरी अतिरीक्त महानिरीक्षक भट्टराई र बढुवा भएका अन्य प्रहरीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भयो। आज दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराई, प्राविधिक प्रहरी नायव उपरीक्षक डा.बिदुर प्रसाद आचार्य तथा प्राविधिक प्रहरी निरीक्षकहरू चन्द्रकला शर्मा सुवेदी,सगुन लोहला,उमेश कुमार चौधरी,राजकुमार श्रेष्ठ,बुद्धिमान दोङ (तामाङ),श्याम बहादुर बलायर,हरि बहादुर थापा,अशोक कुमार गुप्ता,नारायण कुमार योगी, काजीमान लामा,कुबेर न्यौपाने,लोकेन्द्र सिंह धामी र सन्तोष थापा मगर रहनुभएको छ।
शीतलपाटीन्युज डटकम। काठमाडौँ। ट्रम्प प्रशासनले ८ नेपालीलाई चार्टर विमानबाट नेपाल पठाएको छ। उनीहरूलाई आज केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको हो। आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति अनुसार सात जना पुरुष र एक जना महिलालाई अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारेको हो। चार्टर विमान अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि सोझै नेपाल आएको होव यसअघि २७ नेपालीलाई अमेरिकाबाट नेपाल फिर्ता गरिसकेको छ। प्रहरी उच्च स्रोतका अनुसार डिपोर्ट भएकाहरुमा सबै भन्दा बढी उमेर भएका एक जना ४७ वर्षका छन् । डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थ बहादुर नामका छन् । उनीहरुको थप पहिचान खुलाइएको छैन । (जनबोलीबाट)
ओमकार अधिकारी। लण्डन। रेडिंग नेपाली समाज युकेको महाधिवेशन रेडिंग को पाकिस्तानी कम्युनीटी हल पाल्मर पार्क लन्डन रोडमा सम्पन्न भएको छ। नेपाली राष्ट्रिय गानाबाट शुरू भएको कार्यक्रमको उद्घाटन संस्थापक प्रथम महिला बत्ति गुरुङ र अध्यध्य भिमसेन खड्काले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नु भएको थियो। उपस्थित संपूर्ण महानुभाव हरुलाई समाजका उपाध्यक्ष सुरेश थापाले स्वागत गर्नुभयो भने प्रथम संस्थापक सदस्य तथा सल्लाहकार विश्व आदर्श पण्डित र सल्लाहकारहरु राम गलामी,मान गुरुङ्ग,महेन्द्र घले गुरुङ्, र एल बी सुब्बाले शुभ कामना मन्तब्य राख्नुभएको थियो। यसै गरी नब आगन्तुक आजीबन सदस्य बिना थापा र युवाको तर्फबाट सुर्य भण्डारीले आ आफ्नो मन्तब्य राख्नु भएको थियो। समारोहमा समाजका बिभिन्न कार्यक्रमहरुमा स्वयं सेवा गर्ने महानुभाबहरुलाई प्रसंसापत्र बितरण तथा नयां तथा आजीबन सदस्यता लिएका सदस्यहरुलाई सदस्यता कार्ड पनी बितरण गरिएको थियो। समारोहमा ज्येष्ठ नागरिकहरुको लागी सुनौलो लठ्टी समेत बितरण गरिएको थियो। ऊद्घाटन समारोहको दोस्रो सत्रमा महासचीब ओमकार अधीकारीले दुई बर्षको कार्य प्रगती बिबरण पेश गर्नुभयो भने कोषाध्यक्ष सरोज थापाले आर्थिक प्रतीबेदन पेश गर्नुभयो। सभाले दुबै प्रतिबेदन सर्बसम्मतले अनुमोदन गर्यो।यसै गरी सभामा प्रस्तुत गरिएको आगामी कार्यसमीतीको कार्यकाल ३ बर्ष बनाऊने प्रस्ताब पनी अनुमोदन गर्यो। अधिबेशनको तेस्रो सत्रमा निर्बाचन समितीले नब निर्बाचीत कार्यसमीतिको घोषणा गर्यो जस्मा अध्यक्ष्य भिमसेन खड्का र ऊपाध्यक्षमा ओमकार अधिकारी,कल्पना पण्डित,बालकृष्ण दाहाल,प्रेम गुरुंग,लक्ष्मण श्रेष्ठ र यादब श्रेष्ठ हुनुहुन्छ। यसै गरी महासचिबमा डा भरत पौडेल, कोषाध्यक्षमा सरोज थापा, सह कोषाध्यक्षमा जगन्नाथ सापकोटा र सचिबमा सुवास चौलागांई हुनुहुन्छ। युवा तथा खेलकुद संयोजकमा मिन गुरुंग र सदस्यहरुमा चेत रेगामी,बिनस रिजाल,ईन्द्र कमल लिम्बु,हिम्मत सिटौला ,सुरेन्द्र ऊप्रेती,सिता सापकोटा तिवारी,मनोहर थापा,अजीत सेडाई,मन प्रसाद लिम्बु , सुधंसु मल्ल,पुरुस्वत्तम आचार्य,महेश निरौला,महेन्द्र आले र सह सदस्यहरुमा गोबिन्द उप्रेती र शुरेश राना हुनुहुन्छ। निर्बाचित कार्यसमितीलाई निर्बाचन समिती संयोजक कृष्ण न्यौपानेले सफथ ग्रहण गराऊनु भएको थियो भने आयुक्तहरु मान गुरुंग,राम गलामी र रामेश्वर थापाले बधाई तथा शुभकामना दिनुभयो। यसै गरी नयां कार्य समितीलाई पुर्ब अध्यक्ष टेक गुरुंग तथा सल्लाहकार सोब रेगामी र चन्द्र बुढाथोकीले पनी बधाई दिंदै आफ्ना भनाईहरु राख्नुभएको थियो। अधिबेशनको अन्त्यमा नब निर्बाचित
शीतलपाटीन्युज डटकम। लन्डन - गैर आवासीय नेपाली संघ यूकेले आउँदो २३ मार्चमा हुन गैरहेको एकता अधिवेशन सफल पार्न ५२७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन बहादुर क्षेत्री प्रमुख संयोजक रहेको उक्त समितिको सहसंयोजकमा अनिता राई, सिरी गुरुङ, जुरेन्द्र खाजुम, राम गलामी, धन तामाङ, नर्बु शेर्पा, भक्त दर्जी, क्याप्टेन बिष्णु श्रेष्ठ र सदस्य सचिवमा राजकुमार त्रिपाठी छन् । बेलायतका हरेक नेपाली संघसंस्थालाई प्रतिनिधित्व गर्ने सदस्यहरुको नामावली तल समावेश छ । ‘एउटा पारदर्शी, एकताबद्ध तथा प्रजातान्त्रिक एनआरएनए बनाउने यो एउटा ऐतिहासिक अवसर हो। त्यसैले यूकेमा बसोबास गर्नु हुने भूतपूर्व गोर्खा समुदायलगायत प्रवासी नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई जति सक्दो चाडो एनआरएनएको सदस्यता लिन र महाधिवेशनमा भाग लिनको लागि नाम दर्ता गराउन हामी आग्रह गर्दछौं’- एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले भने। गाहा मगरले एक विज्ञप्ति प्रकाशित गर्दै २३ मार्चमा हुन गैरहेको एनआरएनए यूकेको एकता अधिवेशन भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहयोगका लागि सबैलाई आग्रह पनि गरे। गाहा मगरले सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गठित गैर आवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिले सदस्यता वितरण खुला गरेकाले यथाशीघ्र सदस्यता लिन आग्रह गरे। एनआरएनए यूकेको nrnauk.org/unity-convention वा उच्चस्तरीय समितिको www.nrnahlc.com वेबसाइटमा गएर एनआरएनएको सदस्य हुन योग्य गैर आवासीय नेपालीले सदस्यता नवीकरण वा नयाँ सदस्यता प्राप्तिका लागि आवेदन दिन पाउनेछन्। यूकेमा सदस्यता शुल्क निशुल्क गरिएको छ। अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क उच्चस्तरीय समितिले तोके बमोजिम हुनेछ। अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन इच्छुकहरुका लागि समितिले आउँदो १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवदेन खोल्नेछ। यसअघि एनआरएनए यूकेको सदस्यता लिइसकेका सदस्यहरुलाई अधिवेशनमा भौतिक रुपमा उपस्थित भएर मतदान गर्न दिइने गाहामगरले जनाए।
शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनको ह्यारोमा ‘अबको बाटो’ पुस्तकबारे विमर्श गरिएको छ। भरत कुमार श्रेष्ठद्वारा संकलित यस कृतिमा नेपालले हिँड्नुपर्ने मार्गचित्रबारे विभिन्न अनुभवी व्यक्तित्वका लेख समावेश छन्। आइतबार,२३ फेब्रुअरीका दिन बेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। बेलायतमा क्रियाशील विभिन्न साहित्यिक संघसंस्थाले कार्यक्रम आयोजना गरेका हुन्। कवि तथा लेखकसमेत रहेका राजदूत घिमिरेलाई सो अवसरमा स्वागतसँगै नेपालका विगत, वर्तमान र भविष्यको समीक्षात्मक मूल्यांकनसमेत भएको थियो। नेपालले विगतमा गरेका कमजोरी र अबका चुनौतीबारे पुस्तकमा प्रस्तुत विचार गहन रहेको राजदूत घिमिरेले बताए। ‘विभिन्न क्षेत्रका विज्ञबाट नेपालका सम्भावनाबारे तथ्यगत विश्लेषण गरिनु सराहनीय छ,’घिमिरेले भने। उनले पुस्तक संकलनका लागि सम्पादक श्रेष्ठलाई विशेष धन्यवाद दिए। लेखक डा. मिलन ज्ञवालीले आफ्नो लेख ‘साना तथा मझौला उद्योगको पारस्परिक अन्तरसम्बन्ध, एक बिजनेस मोडल’ को चर्चा गर्दै नेपालका २७ सफल साना तथा मझौला उद्योगको अनुसन्धानबाट प्राप्त निष्कर्ष प्रस्तुत गरे। त्यस्तै, पूर्वडीएसपी तथा स्तम्भकार शिवजी श्रेष्ठले ‘नेपाल प्रहरी र गृहमन्त्री कस्तो हुनुपर्छ’ विषयमा ऐतिहासिक उदाहरण दिँदै आफ्नो विचार राखेका थिए। उनले सन् १८२२ का बेलायती गृहमन्त्री रोबर्ट पिलको उदाहरण दिँदै नेतृत्व र प्रशासनिक दक्षताको महत्व दर्शाए। ‘हामीले सत्य लेख्न र बोल्न छाड्नु हुँदैन, किनभने सकारात्मक विचारको कुनै न कुनै दिन सुनवाइ हुन्छ,’ श्रेष्ठले जोड दिए। साहित्यकार तथा लेखक डा.रूपक श्रेष्ठले पुस्तकको समग्र पक्षको समीक्षा प्रस्तुत गरे । त्यसैगरी पुस्तकका परिकल्पनाकार एवं संकलक भारत कुमार श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे पत्रकार महासंघ यूकेका महासचिव तथा लेखक खेमराज रानाभाटले चर्चा गरेका थिए। कार्यक्रममा लेखक गोपी सापकोटाले राजदूत चन्द्रकुमार घिमिरेले लेखेको ‘डन्ट टच मी ओ कविताहरू’ वाचन गरेर सुनाएका थिए। साहित्य अनुरागीहरूको उत्साह झन् बढ्दै गयो जब दुर्गा प्रसाद पोखरेल, सुनिल संगम,विनोद अधिकारी, प्रसुन कँडेल,रश्मिता दर्लामी,वाईबी गुरुङ, जया राईलगायत सर्जकहरूले आफ्ना गजल, मुक्तक र कविता प्रस्तुत गरे। आध्यात्मिक व्यक्तित्व विष्णु प्रसाद सापकोटाले ‘जीवनमा सन्तुष्टि कसरी प्राप्त गर्ने’ विषयमा प्रेरणादायी विचार राखे। पुस्तकका संकलक श्रेष्ठले समाजमा रहेका दक्ष र अनुभवी व्यक्तिको ज्ञानलाई एकत्रित गरेर अबको नेपाल निर्माणको मार्गचित्र कोर्न सकिन्छ भन्ने सोचले पुस्तकको परिकल्पना गरिएको बताए । अनेसास बेलायतका अध्यक्ष राज
शीतलपाटीन्युज डटकम। लण्डन। बिसीसी युकेको छैंटौं कार्यसमितिको अध्यक्षमा आङ्देवा शेर्पा निर्बिरोध निर्बाचित भएका छन्। पाँचौं कार्य समितिमा बरिष्ठ उपाध्यक्षमा रहेका शेर्पा निर्बिरोध अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनु भएको हो। उहाँ र नवनिर्बाचित कार्यसमितिलाइ निर्बाचन आयुक्त पुर्ब अध्यक्ष नरेश गुरुङ संयोजक रहेको टोलीले अधिवेशन मार्फत निर्बाचित भएकाे जानकारी गराएको हो। उपाध्यक्षमा रबिन गुरुङ,क्या.देव द्यले,मे.हितमान गुरुङ,महासचिव मे. कुमार गुरुङ एमभिअेा,सचिवमा मे. सकर गुरुङ,कोषाध्यक्षमा मे.बलदेब तामाङ,सह कोषाध्यक्षमा रिन्जी शेर्पा लगायत बिभिन्न जिम्मेवारीका पदाधिकारी निर्बाचित भएका छन्। निर्बाचित कार्य समितिलाइ गुम्बाका मुल गुरू खेम्पो यान्जी सेनाङ्ले सपथग्रहण गराउनु भएको थियो। निर्बाचन समितिमा नरेस गुरुङ,मे. खुशी मान गुरुङ, ले.नारायण गुरुङ, धर्म तामाङ र ग्यानु गुरुङ समेत रहेको भएको पाँच जनाको समिति गठन भएको थियो। निबर्तमान अध्यक्ष हर्क बहादुर गुरुङले खादा लगाई नव निर्बाचित अध्यक्ष र कार्य समितिलाइ बधाई र निर्बाचित कमिटीलाइ धन्यवाद दिनु भयको थियो। अधिवेशनमा सस्थाको ट्रष्टीहरू,सल्लाहकारहरू,आमा समुह,कार्यसमिति पदाधिकारीहरुको बाक्लो उपस्थिती थियो। कार्यक्रममा तमु धीं युकेको पुर्व अध्यक्ष ग्याम गुरुङ,उपाध्याक्ष कमल गुरुङ,तमु प्रतिष्ठानका अध्यक्ष क्या.राजु गुरुङको उपस्थिति थियो। कार्यक्रम बिसिसी युके अल्डरसर्टमा निबर्तमान अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा तथा महासचिव मे.हितमान गुरुङले सन्चालन गर्नु भयको थियो। अधिबेसन २२ फेब्रुअरी २०२५ शनिबार सम्पन्न भएको थियो।
GNNNEWS- काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले संघको सदस्य बन्ने मिति थप गरेको छ। उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेको अध्यक्षतामा आइतबार बसेको उच्चस्तरीय समितिको नवौं बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरेको थियो । बैठकले सदस्यता दर्ता प्रक्रिया थप व्यवस्थित बनाउनका लागि नयाँ समयसीमा तोकेको छ । अब गैर आवासीय नेपालीहरूले ३१ मार्च २०२५ सम्म सदस्यता दर्ता गर्न सक्नेछन् । https://nrnahlc.com/ मा गएर सदस्यताको लागि आवेदन दिन सकिनेछ। बैठकले महाधिवेशनका लागि आइसीसी (इन्टरनेशनल कोर्डिनेशन काउन्सिल) ले लिने सदस्यता दर्ता शुल्क नलिने निर्णय गरिएको छ । तर, राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) लाई आफ्नो देशको कानुनी व्यवस्थाअनुसार शुल्क तोक्न सक्ने अधिकार दिइएको छ। त्यसैगरी बैठकले आगामी निर्वाचन प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउने उद्देश्यले प्रमुख निर्वाचन आयुक्त र अन्य निर्वाचन आयुक्तहरूको नियुक्ति गर्ने निर्णय गरेको छ। राष्ट्रिय समन्वय समितिको निर्वाचन १५ अप्रिल २०२५ भित्र सम्पन्न गर्ने समय सिमा पनि तोकिएको छ । तोकिएको समयसीमा भित्र निर्वाचन सम्पन्न गर्न नसके उच्चस्तरीय समितिसँग सम्झौता गरी महाधिवेशनको लागि नयाँ मिति निर्धारण गर्न सक्ने अधिकार पनि दिइएको छ। बैठकले आगामी मे ३-५ तारिखमा काठमाडौँमा आयोजना हुने महाधिवेशनलाई भव्य बनाउनका लागि प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूलाई निमन्त्रणा गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । यसै गरी मूल आयोजक समितिको बैठक तुरुन्तै आयोजना गर्ने निर्णय गरिएको पनि जनाइएको छ।