GNNNEWS- London - Nepal Foods, a UK-based company, has been awarded the prestigious title of the Best Nepalese Brand of the Year 2024 at the 9th Asian Food and Restaurant Awards International. The award ceremony took place on Monday (December 2) at the Royal Ascot, where culinary excellence and cultural diversity were celebrated by industry experts and food enthusiasts alike. The Asian Food and Restaurant Awards International is renowned for recognising outstanding contributions to the culinary industry in the United Kingdom. This year’s event showcased the best of the best, making Nepal Foods' recognition a significant achievement in the competitive atmosphere of the food industry. Mr. Bikash Nepal, Director of Nepal Foods, expressed his excitement and gratitude upon receiving the award. “We are absolutely thrilled to be recognised as the Best Nepalese Brand of the Year 2024. This award is not just a testament to our dedication to promoting Nepalese food but also to the hard work and passion of our entire team. We are deeply honoured to represent Nepali culture and food on such a prestigious platform.” The award highlights Nepal Foods’ commitment to authenticity, quality, and innovation in bringing Nepalese flavours to a global audience. With a mission to share the rich culinary heritage of Nepal, the company has consistently focused on sourcing the finest products that reflect the true spirit of Nepal. The event was attended by notable figures from the culinary world, food critics, and industry leaders, making it an invaluable networking opportunity for Nepal Foods within south Asian Community. The recognition not only boosts the brand's visibility but also reinforces its position as a leader in promoting Nepalese food products internationally. As Nepal Foods continues to thrive and expand, the team remains dedicated to delivering exceptional innovative quality of products that celebrates the heart and soul of Nepalese culinary traditions. Nepali Foods products
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा बसोबास गरेका नेपाली लगानीकर्ताहरुको परिकल्पना, अवधारणा तथा प्रबर्धनमा स्थापित सोलार फार्म प्रालि तनहु दुलेगौडालाई सौर्य उर्जाबाट ९० मेगावाट विद्युत उत्पादन गर्न नेपाल बिद्दुत प्राधिकरणले अनुमति प्रदान गरेको समाचार छ । नेपाल विद्युत प्राधिकरणले सोलार फार्म लिमिटेडलाई रुपन्देहीमा ४० मेगावाट र कपिलवस्तुमा ५० मेगावाट विद्युत उत्पादन गर्न २६ कात्तिक २०८१ मा अनुमति प्रदान गरेको हो । सोलार फार्म लिमिटेड तनहुका अध्यक्ष मोहन गुरुङले नेपाल विद्युत प्राधिकरणबाट ९० मेगावाट सौर्य उर्जा उत्पादनका लागि आफूहरुलाई आशयपत्र पनि प्राप्त भइसकेको जानकारी गराउनु भएको छ। नेपालभर ८०० मेगावाट सौर्य उर्जा उत्पादनका लागि प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो। यसरी प्राप्त भएका आवेदनहरुमध्येबाट छनौट गरी प्राधिकरणले विभिन्न सौर्य उर्जा उत्पादकहरुलाई अनुमति प्रदान गरेको हो। सोलार फार्म लिमिटेडले यसअघि नै तनहुँको बेलचौतारामा पाँच मेगावाटको सौर्य उर्जा उत्पादन गरिसकेको छ।यसका लागि सोलार कम्पनीले छिट्टै नै सर्वसाधारणलाई शेयर पनि बिक्री गर्ने भएको छ। प्राधिकरणबाट थप सौर्य उर्जा उत्पादनका लागि अनुमति प्राप्त भएकोमा सोलार फार्म लिमिटेडका लगानीकर्ताहरु उत्साहित भएको अध्यक्ष गुरुङले बताउनुभयो। उहाँले नेपालमा घामबाट बिजुली उत्पादन गर्न सकिन्छ भन्ने अवधारणा र परिकल्पना आफूहरुले शुरु गरेको र अहिले अझ ठूलो परिमाणमा सौर्य उर्जा उत्पादनका लागि जिम्मेवारी पाउँदा गर्व लागेको अध्यक्ष गुरुड्गले बताउनु भयको छ।सोलार फार्म तनहुले ५ मेघावाट बिजुलीको सफल उत्पादन गरेपछि यो थप उत्पादनको मौका पाएको हो। विद्युत प्राधिकरणले सोलार फार्म लिमिटेडलाई सन् २०२६ को डिसेम्बरभित्रमा ९० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने समय निर्धारण गरेको छ।
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ। दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता,कार्यकुशलता,पेशागत दक्षता एवम् इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढंगबाट कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “राज्य र संगठनले तपाईहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरो रूपमा उत्रिनु हुने छ भनि विश्वास लिएको छु ।” संगठनलाई समायानुकूल सुदृढीकरण र गतिशीलता प्रदान गर्नका लागि नेतृत्व तहका प्रहरी अधिकृतहरू सदैव चिन्तनशील रहँदै विभिन्न श्रृजनशील प्रयासबाट संगठनको समयसापेक्ष विकास र श्रीवृद्धिमा लाग्नुपर्ने चर्चा गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर गरिएको सत्प्रयासले मात्र सांगठनिक सुदृढीकरण र संगठनको प्राथमिकता, निर्धारित लक्ष्य र उद्देश्य हासिल हुने हुँदा त्यसका लागि सम्पूर्ण नीतिगत तहमा रहेका प्रहरी अधिकृतहरू कटिवद्ध रहन उहाँले निर्देशन समेत दिनुभयो। समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक ध्रबराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो। (साभार-नेपाल प्रहरी)
शीतलपाटीन्युज डटकम। काठमाडौँ। स्थानीय तह उपनिर्वाचनअन्तर्गत मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार सोमबार मध्याह्नसम्म १६ तहमा कांग्रेस, एमाले ७ र माओवादी केन्द्र ८, जसपा २, नेकपा एस १, रास्वपा १, नेमकिपा १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् । नेपाली कांग्रेसले जितेका वडा **१. मकवानपुर हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुनप्रसाद तिवारी **२. कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द **३. बर्दिया ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु ** ४. सुनसरी गढी गाउँपालिका–६ तेतर साहु **५. रौतहट राजपुर नगरपालिका–६ समसे आलम **६. रोल्पा रुन्टीगढी गाउँपालिका–४ भूपमणि पुन मगर **७. रौतहट ईशनाथ नगरपालिका–७ शेख अब्दुल खलिक **८. रुकुमपश्चिम सानीभेरी गाउँपालिका–५ मोतीराम खत्री **९. काठमाडौं कीर्तिपुर नगरपालिका–१ इच्छाकुमार महर्जन **१०. डोटी पूर्वीचौकी गाउँपालिका–६ मोहन थापा **११. तेह्रथुम लालीगुराँस नगरपालिका – ८ नगेन्द्र लिम्बु **१२. दार्चुला दुहुँ गाउँपालिका-५ धनसिंह कुँवर **१३. जाजरकोट कुशे गाउँपालिका-७ खम्बबहादुर सिंह **१४. गुल्मी मुसिकोट नगरपालिका-१ आनन्द श्रेष्ठ **१५. बर्दिया ठाकुरबाबा नगरपालिका-४ अमिन थारू **१६ बझाङ सुर्मा गाउँपालिका - ४ धिरेन्द्र पुजारा नेकपा एमालेले जितेका पालिका र वडा **१. दैलेख महाबु गाउँपालिका अध्यक्ष– जंगबहादुर शाही **२. बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्ष– सुलोचनाकुमारी भण्डारी **३. कपिलवस्तु शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान **४. महोत्तरी रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ **५. दैलेख दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही ** ६. ओखलढुंगा मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ ** ७. ताप्लेजुङ सिरीजंगा गाउँपालिका–३ कुमारी सावादेन नेकपा माओवादी केन्द्रले जितेका वडा **१. नुवाकोट ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे **२. उदयपुर त्रियुगा नगरपालिका–१२ मा नवीनकुमार बान्तवा राई ** ३. धनुषाधाम नगरपालिका–१ मा सुनिल कापर केवट **४. गोरखा गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर **५. रुकुम पुर्व पुथाउत्तरगंगा–२ मा जगत घर्ती **६. जाजरकोट नलगाड नगरपालिका उपप्रमुख – देवका लामिछाने **७. मोरङको ग्रामथाम गाउँपालिका अध्यक्ष – नमोनारायण माझी **८ डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५, नरबहादुर झाक्री जनता समाजवादी पार्टीले जितेका वडा **१. सप्तरी डाक्नेश्वरी नगरपालिका–१ धिरेन्द्रकुमार साह **२. सप्तरी डाक्नेश्वरी नगरपालिका–४ मा देवेन्द्रप्रसाद यादव राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको वडा **१. काठमाडौं महानगरपालिका–१६ मा रोजिना श्रेष्ठ नेकपा एकीकृत समाजवादी **१. रौतहट गढीमाई नगरपालिका–८ मा बजरंगीप्रसाद यादव नेमकिपाले जितेको वडा **१. कालीकोट तिलगुफा नगरपालिका– ४ को मा खड्कराज शाही स्वतन्त्र **१. झापा कन्काई नगरपालिका–६, लक्ष्मीप्रसाद ओली (साभार गोर्खा मिडीया)
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतका नेपाली सोलिसिटरहरुले आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि एवं व्यवसायिक दायरा थप फराकिलो बनाउने सम्बन्धमा छलफल गरेका छन्। ब्रिटेन नेपाल लयर्स एसोसिएसन आवद्ध सोलिसिटर एवं कानून व्यवसायीहरुले शुक्रबार लन्डनमा आयोजित बैठकमा आफ्नो संघर्षका कथा पनि सुनाए। ब्रिटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष एवं सोलिसिटर दीपक भट्टराईले अहिले नेपाली सोलिसिटरहरु विशेषगरि अध्यागमन क्षेत्रमा मात्र केन्द्रित भएका पाइएको उल्लेख गर्दै अब प्रोपर्टी ल,लिटिगेसन,फेमिली, इम्प्लोयमेन्ट ल जस्ता क्षेत्रमा पनि काम गर्न सुझाए । ‘बेलायतमा नेपाली समुदाय बढेसंगै कानूनी समस्याका आयामहरु पनि फरक हुंदैछन्। अब हामीहरुले फरक क्षेत्रमा समेत काम गर्न जरुरी छ’, सोलिसिटर भट्टराईले भने। एसोसिएसनले कानून व्यवसायीको करिअर विकास र कार्यक्षमता कसरी बढाउने भन्नेमा पनि सुझाव प्रदान गरिरहेको भट्टराईले जनाए। उनले बेलायतमा सोलिसिटर बन्ने रुटबारे प्रकाश पार्दै सोलिसिटर्स क्वालिफाइङ एक्जामिनेसन (एसक्यूइ) बारे अवगत गराएका थिए। ब्यारिष्टर एवं एसोसिएसनका पूर्व अध्यक्ष देवेन्द्र श्रेष्ठले भूतपूर्व गोर्खा वयस्कहरुका लागि आएको नयां नियमबारे अपडेट गराएका थिए। ब्यारिष्टर श्रेष्ठले ‘अपिल राइट्स’ फेरि फिर्ता भएको जानकारी दिंदै मुद्दा कसरी लड्ने भन्नेबारे अवगत गराए। एसोसिएसनका उपाध्यक्ष एवं सोलिसिटर उत्तरमान तिगेलाले नेपाल, हङकङ हुंदै यूके आएर सोलिसिटर बन्न र फर्म आफैंले सञ्चालन गर्दाको संघर्ष र तितामिठा अनुभव सुनाए। एसोसिएसनका सह-कोषाध्यक्ष सोलिसिटर रोजन भण्डारी र पर्सनल इन्जुरी क्षेत्रमा काम गरिरहेका युवा सोलिसिटर एसोसिएसनका सदस्य सोलिसिटर विपिन रेग्मीले पनि आ-आफ्नो संघर्ष र अनुभव सेयर गरे। बैठकमा सोलिसिटरहरु लुना राई र अमर गुरुङ, ओआइएससी रजिष्टर्ड अध्यागमन सल्लाहकार विष्णु बुढाथोकी, क्याम्ब्रीजबाट एलएलएम गरेकी र हाल इन्टरनेशनल आरबीट्रेसन, लगानी सम्बन्धी विवाद (इन्भेष्टमेन्ट डिस्प्यूट) तथा अन्तर्राष्ट्रिय मानवअधिकार क्षेत्रमा काम गरिरहेकी हसिना लामिछाने लगायतले पनि आफ्नो संघर्ष सुनाए। बैठकमा कानून व्यवसायमा काम गरिरहेका कोहिनुर श्रेष्ठ, अनुप ढकाल,तनुश्री थापा लगायत सहभागी थिए। (श्रोत-नेपाली लिड्कं)
sitalpatinews.com, Kathmandu,Prime Minister KP Sharma Oli is set to embark on an official visit to China on December 2, accompanied by an 87-member delegation. The team includes 39 government officials and 48 representatives from the private sector. The delegation list was finalised during a cabinet meeting held Thursday evening, according to a ministerial source. Among the government officials accompanying the Prime Minister are his wife Radhika Shakya, Foreign Minister Arzu Rana Deuba, Chief Advisor Bishnu Prasad Rimal, and Economic Advisor Yubaraj Khatiwada. Opposition lawmakers Arjun Narasingh KC and Shyam Kumar Ghimire from the Nepali Congress, UML MPs Lilanath Shrestha and Bijula Rayamajhi, and Rekha Sharma from the Maoist Center are also part of the team. Additionally, MPs Birendra Prasad Mahato, Deepak Karki, Sarbendra Nath Shukla, and Ranjita Shrestha are included. Key officials such as Chief Secretary Eka Narayan Aryal, Finance Secretary Ram Prasad Ghimire, Acting Foreign Secretary Amrit Bahadur Rai, and CEO of the Investment Board Sushil Gyawali will also join the delegation. Padma Sundar Joshi, Vice-Chair of the Madan Bhandari Science and Technology University, is part of the team. Other notable members include the Prime Minister’s personal physician Prof. Dr. Divya Singh Shah, Principal Secretary Rajesh Bajracharya, and several officials from the Ministry of Foreign Affairs, including Krishna Prasad Dhakal, head of the Northeast Asia Division, and Chief of Protocol Bishnu Prasad Gautam. Personal aides to the Prime Minister and Foreign Minister, along with other secretarial staff and protocol officers, will also accompany the delegation. Foreign Minister Arzu Rana Deuba has already travelled to China to finalise preparations for the visit. She is expected to return to Nepal on Saturday before accompanying the Prime Minister to China again. Prime Minister Oli will engage in high-level meetings in Beijing on December 3 as part of his official visit. (Onlinekhabaer)
शीतलपाटीन्युज डटकम। काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेका हुन्। डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन्।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए। भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उनी आज चीन गएका हुन्। प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन्। परराष्ट्रमन्त्री डा राणा यही मङ्सिर १५ गते स्वदेश फर्कने छिन्।
शीतलपाटीन्युज डटकम। लन्डन। गुल्मी जिल्ला समाज यूकेले गर्दै आएको वार्षिक च्यारिटी कार्यक्रम डिसेम्बरमा हुने भएको छ। ३१औं विश्व अपांगता दिवसको अवसरमा डिसेम्बर १ तारिख आइतबार मिडल्याण्ड लेस्टर स्थित मार्केट हार्बरोस्थित हार्बरो टाउन कम्युनिटी सेन्टरमा गरिने भएको हो। नेपालमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम तयारीका सम्बन्धमा समाजका अध्यक्ष रुद्र थापा एबम कार्यक्रम संयोजक उपाध्यक्ष मुकुन्द खरेल तथा महासचिव महालाल घिमिरेले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको छ। यस पुनीत कार्यमा सहभागिता जनाउन सबैलाई गुल्मी जिल्ला समाज युकेले निमन्त्रणा गरेको छ। त्यस अवसरमा नेपालबाट आएका गुल्मेली कलाकार दीपक घर्ती मगर,रेजिना परियार र रुबिना अधिकारीले आफ्नो सांगीतिक प्रस्तुति दिने तथा प्रथम गुल्मेली नौमती बाजा र डिजेको प्रस्तुतिका रहने छ। स्थानीय कलाकारले पनि नृत्य देखाउने छन् भने फरक क्षमता भएका अतिथिहरु पनि कार्यक्रममा सहभागी हुनेछन्। कार्यक्रमको लागि खाना व्यवस्थापन संयोजनको जिम्मा च्यारिटी कार्यक्रमका सहसंयोजक एबम कार्यसमिति सदस्य सुरेश केसीले गर्ने भएका छन्। कार्यक्रम दिउसो १ बजेबाट सुरु गर्ने र साँझ ८ बजेसम्म सञ्चालन हुने र प्रवेश शुल्क £२५ तोकिएको छ। नेपालका अपांगता भएका व्यक्तिहरूलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सामाजिक सहयोगको अद्वितीय अवसर हुने छ। समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछा बाट २००७ सालमा स्थापना भएको समाजले धेरै परोपकारी काम गर्दै आएको छ। (साभार- लण्डन नेपाल न्युज।)
GNNNEWS- लन्डन । गएको आठ दिनदेखि बेलायतमा हराइरहेका नेपाली विद्यार्थी सचिन भट्टराई सकुशल भेटिएका छन्। बिस्टलमा उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार बेलुका सचिन आफ्नो डेरामा फर्किएको जानकारी दिए। यस अघि उनले ब्रिस्टल प्रहरीमा गएर बयान दिएका थिए। उनी कसरी हराए र कसरी भेटिए भन्ने बारे प्रहरीले केही बताएको छैन। उच्च शिक्षाका लागि करिब दुई महिनाअघिमात्र बेलायत आएका सचिन भट्टराईको खोजीमा सहयोग गरिदिन उनको परिवारले आग्रह गरेको थियो। युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा–७ गोठगाउँ घर भएका २४ वर्षीय भट्टराई गत १६ नोभेम्वर शनिबार बेलुकीदेखि सम्पर्कविहीन थिए। सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए। १६ नोभेम्बर राती डेरामा नफर्केपछि उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार उनको परिवार र सोमबार प्रहरीलाई खबर गरेका थिए। गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित थियो।सचिनका पिता शशीकान्त भट्टराईले आफ्नो छोराको खोजी गर्न सहयोग गर्ने र चासो देखाउने ब्रिटिश प्रहरी, नेपाली दूतावास लगायत बेलायतस्थित नेपाली समुदायलाई हार्दिक धन्यवाद दिएका छन्। लन्डनस्थित नेपाली दूतावास, एनआरएनए युके लगायतले उनको खोजीका लागि ब्रिस्टल प्रहरीसंग समन्वय गर्नुका साथै नेपाली समुदायलाई आग्रह गरेका थिए।
जीएनएनन्युज डटकम। लन्डन । अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी, सचिन भट्टराई, को खोजबिनमा सहयोग गरि दिन उनको परिवारले आग्रह गरेको छ।युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा-७ गोठगाउँ घर भएका २४ वर्षीय सचिन भट्टराई गएको एक साता देखि सम्पर्कविहीन छन् । गत शनिबार नोभेम्बर १६ तारिख साँझ करिब सवा ८ बजेतिर काम सकेर निस्किएका उनी त्यसयता सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ। सो राती डेरामा नफर्के पछि उनी संगै बस्ने साथी, स्पन्दन वाग्ले, ले आइतबार उनको परिवारलाई र सोमबार प्रहरीलाई खबर गरेका थिए। गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित छ। उनको खोजीको पहलस्वरुप बेलायत प्रहरीमा पनि रिपोर्ट गरिसकिएको छ। यूके ब्रिस्टोलको मार्स्टन रोड बस्ने सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए। उनलाई पित्तथैलीमा पत्थरीको समस्या रहेको तर अन्य कुनै स्वास्थ्य समस्याहरुबारे जानकारी नभएको उनीनिकट स्रोतले जनायो। सचिनको परिवारले उनको खोजीमा सहयोग गरिदिन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको छ। "उच्च शिक्षा हासिल गर्ने उद्देश्य लिएर दुइ महिना पहिले मात्रै बेलायत पुगेको छोरा बेपत्ता भएको समाचार सुन्दा हामी छाँगा बाट खसे जस्तो भएका छौं। हाम्रो छोराको वस्तु स्थिति पत्ता लगाई दिन हामी ब्रिटिश प्रहरी, लन्डन स्थित नेपाली दूतावास तथा बेलायत स्थित नेपाली समुदाय एवं संघ संस्थाहरुलाई हार्दिक आग्रह गर्द छौं," सचिनका पिता शशिकान्त भट्टराईले भने। लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत बिपिन दवाडीले पनि भट्टराईको वस्तुस्थिति पत्ता लगाउन दूतावासले सक्दो प्रयास गरिरहेको बताए। "बेलायतमा पढ्न आएको विद्यार्थी बेपत्ता हुनु हामी सबैको लागि अत्यन्तै दुखको कुरा हो। हामी ब्रिस्टल प्रहरीसंग सम्पर्कमा छौं र सचिन भट्टराईको बारेमा कुनै पनि जानकारी भए प्रहरी वा दूतावासलाई जानकारी गराई दिनु हुन आग्रह गर्दछौं। " ब्रिस्टल प्रहरीले खोजी कार्य जारी राखेको बताइएको छ। सचिनबारे कुनै जानकारी भए वा उनलाई भेटे बेलायती प्रहरी वा उनकै कोठामा बस्ने साथीको मोबाइल नम्बर 07570734432 मा खबर गर्न आग्रह गरिएको छ । नेपाल सम्पर्क: +977 9816317102 / +977 9842283286
शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन।म्युजिक तथा ड्रामा एकेडेमी नेपालका भाईस चान्सलर शंभु राई लण्डनमा सम्मानित हुनु भएको छ। भीसी राईलाई पारिवारीक भेटमा बेलायत रहेका बखत साहारा युकेले एक कार्यक्रमको आयोजना गरी डिलन्ज बार एण्ड रेष्टुरेन्टमा सम्मान गरेको हो। साहारा युकेका अध्यक्ष कृष्ण गुरुड्गले फुल गुच्छा र फेटा लगाएर भीसी राईलाई सम्मान गर्नु भयको थियो। सो सम्मानका अवसरमा साहारा युकेका उपाध्यक्ष शारदा गुरुड्ग, निवर्तमान अध्यक्ष कुसाड्ग गुरुड्ग, पुर्व अध्यक्षहरु मीन गुरुड्ग र कुमार गुरुड्ग,साहारा युकेका सल्लाहाकारहरु,एनआरएन युकेका पुर्व अध्यक्ष सुर्य गुरुड्ग, बगर भाईखलकका अध्यक्ष डिलराज गुरुड्ग,तमुधि युकेका पुर्व अध्यक्ष रामचन्द्र गुरुड्ग र भीसी राईको परिवारहरुको भब्य उपस्थिती थियो। सामाजीक अभियन्ता एवम साहारा युकेका आजीवन सदस्य गोविन्द गुरुड्गले ब्यवस्थापन गरेको सो कार्यक्रममा साहारा युकेका उपाध्यक्ष शारादा गुरुड्गले स्वागत मन्तब्य राख्नु भएको थियो। भीसी राईले कार्यक्रममा संबोधन गर्दै सम्मान कार्यक्रमका आयोजक साहारा युकेलाई धन्यबाद दिदै बेलायत रहेका आफ्ना परिवारले यो सम्मान कार्यक्रमको सहजीकरण गरेकोमा धन्यबाद दिनु भएको थियो। नेपाली गायक,गीत लेखक,म्युजीसीयन र म्युजिक उत्पादकको नामले प्रख्यात भीसी राई धनकुटे हुनुहुन्छ। कार्यक्रममा आफ्नो बिगत इतिहास बताउदै सो कार्यक्रमलाई शंभु राई एकल साझको नाम दिदै कार्यक्रम गरीएको थियो। गायक भिसी राईले “चिट्ठी तिमीलाई लेखु भन्छु,यो मन भन्छ कहाँ जाऊ,चलेछ बतास सुस्तरी,आलु दम चाना आदी गीत गायर कार्यक्रमलाई मनोरन्जन समेत दिनु भएको र शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मी उपस्थित रहेको सो कार्यक्रम भब्य भएको थियो।
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा बसोबास गरेका नेपाली मूलका एक सफल व्यवसायी अध्यक्ष दिपेन्द्र गुरुङको संयोजनमा चौधौं एसियन करी अवार्ड समारोह सम्पन्न भएको छ।सो अवार्ड सेरिमनि कार्यक्रममा बेलायतकी व्यापार तथा व्यवसायमन्त्री सारा जोन्स सहभागी भएकी छन् । बेलायतमा एक लाखभन्दा बढीलाई रोजगारी दिने तथा बेलायतको अर्थतन्त्रमा आठ बिलियत पाउण्डभन्दा बढीको योगदान गरेको यस करी उद्योगको समारोह सम्पन्न भएके छ। सो करि अवार्ड समारोहमा एक हजार दुई सयको सहभागिता रहेको थियो। यस अवार्ड कार्यक्रममा सारा जोन्स प्रमुख अतिथि र दिपेन्द्र गुरुङ मानार्थ अथितिको रुपमा सहभागी थिए। शनिवार आयोजित यो कार्यक्रम लण्डनको केन्द्रस्थित मेफेयर जिल्लाको ग्रोसभेनर हाउसमा आयोजना गरिएको थियो। व्यवसायी गुरुङको तर्फबाट मिस लण्डन २०२४ मिले म्यागीले एसियन करी अवार्डका विजेताहरुलाई पुरस्कार वितरण गरेकी थिइन्। सो अवसरमा उनले आफ्नो मिस वर्ल्ड विथ पर्पज क्याम्पेन ‘गोफरविस्पर’को बारेमा सहभागीहरुलाई बताएकी थिइन्। बेलायती राजकुमार विलियम र बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटद्धारा प्रवर्द्धित यो अभियान विद्यालयहरुमा सीपीआर तालिम अनिवार्य गर्न गरिएको हो। म्यागीले सम्बोधनका क्रममा मोन्टे कार्लो, मकाउ,लस भेगासबीचको सिधा लामो उडान सेवा दिन लागेको जानकारी दिँदै छोटो दूरीको उडानमा लण्डन,पेरिस,रोम, मिलान,सेन्ट,मार्टिज,जुरिचदेखि कान्ससम्म उच्च लक्जरी होटलहरुसँग सम्वन्ध जोड्दै उडान गर्न लागेको कुरा पनि बताइन्। उनले लण्डनबाट हिमाली देश नेपालमा हिमालय जेटले उडान गर्ने र युरोप एवम अष्ट्रेलियाका छनोट भएका शहरलाई वार्मअपका रुपमा लिने पनि बताइन्। नेपालमा पहिलो उडान गरेर हिमालय जेटमार्फत अन्तर्राष्ट्रिय उडानको तयारी गरेका व्यवासायी गुरुङले १८ ठूला जहाजहरु मार्फत सेवा सञ्चालनको तयारी गरेका छन्। (साभार- कर्पोरेटनेपाल डटकम।
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदामा लोक सेवा आयोगले सहमति दिएको छ। यससँगै बिधेयक संसदमा लैजान सरकारलाई बाटो खुलेको छ ।गत बिहीबार रायसहितको मस्यौदा आयोगले गृहमा पठाएको हो। गृहले यही साता बिधेयकको मस्यौदालाई मन्त्रिपरिषद् पठाउने तयारी गरेको छ । यसअघि अर्थ र कानुन मन्त्रालयले मस्यौदामा सहमति दिइसकेको छ। गृहमन्त्री रमेश लेखकले ऐनलाई प्राथमिकतामा राखेर संसदको हिउँदे अधिवेशनबाट पारित गराउने बताउँदै आएका छन्। नयाँ ऐनमा ३० वर्षे सेवाहद हटाउनेदेखि भर्ना, बढुवा तथा अवकाशसम्बन्धि प्रावधानहरु व्यापक हेरफेर गर्न लागिएको छ। हिउँदे अधिवेशनमै बिधेयक पास भएमा हालका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको पदावधि पनि थप हुने छ। कुँवरको जागिर अब चार महिना मात्र बाँकी छ।ऐनको मस्यौदामा पहिलो वर्ष ३० वर्षमा ६ महिना र दोस्रो वर्ष एक वर्ष थप गर्ने उल्लेख छ। त्यस्तै, बिधेयकमा तल्लो तहका प्रहरीको चासो रहेको १६ वर्षमा पेन्सनको व्यवस्था पनि समाबेश छ। (जनप्रहारबाट साभार।
शीतलपाटीन्युज डटकम। काठमाडौं। डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा होटल गुडविल कनिबहाल ललितपुरमा शुक्रबार आयोजित कार्यक्रम बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मधु सुदन पौडेल, बागमती प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रामेश्वर श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल समेतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले स्वागत मन्तव्य तथा मन्त्रालयका भावी योजना बारे जानकारी दिनुभएको थियो। सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताउनुभयो । प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने भएकोले सरोकारवाला निकायको सहयोग र समन्वयले ट्राफिक व्यवस्थापनलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाह गर्न सहजीकरण हुने उहाँले उल्लेख गर्नुभयो । समग्रमा ट्राफिक प्रहरी कर्मचारीहरूको समेत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उहाँले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य एवम् पूर्व मन्त्रीहरू, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका पदाधिकारीहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। श्रोत-नेपाल प्रहरी फेसबुकवाल।
आर के त्रिपाठी लेख्छन्- यो बर्षको Transparency International र Amnesty International ले जारी गरेको Report को एक एक बाक्य नियाल्दा म धेरै चिन्तित छु। Transparency International र Amnesty International ले जारी गरेको Report हेर्दा मानविय संसाधन विकाश र मानब अधिकार रक्षा शिर्षकमा नेपाल विश्वको १० खराब मानब अधिकार हनन गर्ने र कानुनी राज्य पालन नगर्नेमा परेको देखियो।यसमा आजै देखि ध्यान जान जरूरी देख्छु।हामी सबै नेपाली मिलेर नेपाललाई विश्वले हेर्ने नजरमा राम्रो बनाउनु परेको छ। म बेलायतमा विगत २२ बर्ष देखि बसोवास गरि लामो समय मानब अधिकार,मानब संसाधन विकाश र राज्य कानुनको अगाडी सबै नागरिकलाई बरावरी न्याय भन्ने सिद्धान्त बुझेकोले होला,नागरिकको प्रत्येक Issue कोट्याएर हेर्न,अध्ययन गर्न र खराब Issue लाई राम्रो बनाउन हरेक दिन बिबिध विषयमा ध्यानाकर्षण गराउने गरेको छु।म बेलायतमा विगत २२ बर्ष देखि Senior Civil Engineer पदमा कार्यरत रहे पनि मेरो चाख,सोच,अध्ययन,रुची,अन्य विविध विषयमा पनि छन्।म संसारमा जहाँ रहे पनि सचेत नागरिक वा मानिस हूं।मलाई मानब अधिकार,लोकतन्त्र रक्षा गर्नु छ।नेपालको शान, मान,इज्जत,गौरब अन्तराष्ट्रिय आँखामा पनि उकास्नु छ।यो मेरो जीवन बाँच्नुको लक्ष छ। जन्मनु,दाल भात खानु,रोजगारी व्यवशाय गर्नु, धन कमाउनु,धन र पदको प्रभाव जमाउनु, देखाउनु र म संग धन र पद छ,त्यसैले मलाई सबैले पूजा गर भन्ने सोच राख्दिन।त्यो मेरो विषय पनि होइन।मेरो लागी धन,पद र Resourse देखाएर प्रभाव पार्न चाहने मानिस मुर्ख हुन्।कायर हुन।संसार नबुझेका,ज्ञान, विवेक नभएका अज्ञानी हुन्। म निती,विचार,सिद्धान्त,रिपोर्ट नियाल्ने,पढ्ने, ध्यानाकर्षण गराई कहिं न कहिं नेपाल वा संसारमा रहनु हुने मानिसको हक अधिकार र मानब अधिकार रक्षामा बोलिरहन चाहन्छु/ मेरो यो कार्यलाई धेरैले राम्रो मान्दैनन्।मलाई थाहा छ कि मैले यि हरेक विषयमा ध्यानाकर्षण लेखि रहँदा नेपालका धेरै नेता कार्यकर्ताले मलाई मन पराएका छैनन् तर स्वतन्त्र विबेक भएको मानिस हुनाले यि सबै विषय उठान गर्न ध्यानाकर्षण गर्न छोडेको छैन।छोड्दिन पनि। आज एक बिहानै लण्डनको Office मा Rail चढेर काम गर्न जाने बेला Amnesty International and Transparency International को विशेष बक्तव्य हेरें।यसमा नेपालको नाम पनि समावेश भएको पाएँ।गहिरिएर नियालें।बक्तव्य पढें।यसमा के भनिएको रहेछ भने विश्वको
sitalpatinews.com London, UK – Chef Binod Baral, a culinary luminary with over 25 years of experience in the curry industry, has been awarded the prestigious Lifetime Achievement Award at the 2024 Asian Curry Awards. Known for his pioneering approach to curry cuisine, Chef Baral’s journey has left an indelible mark on the global food scene, particularly in promoting curry as a celebrated and sophisticated cuisine. Chef Binod Baral, affectionately called the "Momo King" due to his signature dumplings, has an impressive list of accomplishments that made him a standout candidate for the award. He is not only a Gold Medalist in 2024 and Ambassador for the Taste of Global Gastronomy but also a passionate advocate for the art of curry cuisine and traditional Nepali dishes. His work spans creating menus for 81 airlines worldwide, including British Airways, Emirates, Etihad, Turkish Airlines, and Qatar Airways, where his flavorful, innovative curry dishes transformed in-flight dining. Chef Baral’s influence reaches far beyond airline catering. As the Head of Department (Asian Cuisine) at Do & Co International, he played a critical role in introducing refined Asian flavors into global hospitality. His work also extended to high-profile events like FIFA 2022 Qatar, Formula 1, Champions League Finals, and the Euro Cup, solidifying his reputation among the elite circles of gastronomy. A Commitment to Passing the Torch After receiving the award, Chef Baral addressed the audience with heartfelt words, dedicating his achievement to curry chefs worldwide. “This honor is for all curry chefs around the world. I am just a representative of their incredible work, dedication, and skill. Curry is not just a dish but a bridge of cultures, a journey through history, and a celebration of heritage,” he said. Chef Baral also expressed his commitment to fostering the next generation of culinary professionals. “Let us encourage, teach, train, and mentor young
शीतलपाटीन्युज डटकम। काठमाण्डौ।पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ। फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको पारिवारीक स्रोतले जनाएको छ । ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए। उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए। उनी वरिष्ठ अधिवक्तासमेत हुन्। (साभार हेल्थबाणी)
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा उपच्यका ट्राफिक कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको समाचार छ । ट्राफिक कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा मातहत ट्राफिक प्रहरी परिसर, बृत र प्रभाग प्रमुखहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरस पालना गर्नु पर्ने निर्देशन दिनु भयो।ट्राफिक प्रहरीले गर्नुपर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा पनि उहाले प्रष्ट पार्नु भएको थियो। सेवाग्राहीसंग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्नुका साथै सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनु भएको थियो। (सुरक्षा सरोकार।)
शीतलपाटीन्युज डटकम। कार्डिफ,वेल्स यूके। नेपाली समाज वेल्स,यूकेले नेपाली पाठशाला समुदघाटन सहित संचालनमा ल्याएको छ। १६ नोभेम्बर २०२४, शनिवारका दिन वेल्सको राजधानी कार्डिफमा भब्य समारोहका साथ नेपाली पाठशाला शुरुवात गरिएको छ। विभिन्न परिबेशले आफ्नो मातृभूमि छोडी बिदेशिनु परे पनि आफ्नो कला, संस्कृति र भाषालाई जगेर्ना गर्दै पुस्तौ पुस्ता सम्म नेपाली संस्कृति पुस्तान्तरण गर्ने अभिप्रायका साथ संचालनमा ल्याईएको नेपाली पाठशालामा साना बाबु नानीलाई नेपाली बोल्न, लेख्न, नांच, गान एवं रहन सहन सम्बन्धि ज्ञ्यानहरु सिकाउने प्रमुख लक्ष्य रहेको छ। संस्थाकी सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सबैलाई सहभागिताको लागि धन्यवाद दिदै शुरु गर्नुभएको समुदघाटन कार्यक्रममा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गर्नु भएको थियो। नेपाली पाठशाला कार्यक्रमका संयोजक सह-सचिब डा बिकाश रानाभाटले नेपाली पाठशाला किन भन्ने बारे जानकारी गराउंदै यसको महत्व बारे प्रकाश पार्नु भएको थियो। नेपाली पाठशाला कार्यक्रम संयोजन समितिका प्रतिनिधि डा.थानेस्वोर पाण्डेले सरस्वति पुजाका साथ सबैलाई स्वागत एवं उतरोत्तर प्रगतिको कामना गर्नुभयो। त्यस्तै गरि कार्यक्रम संयोजन समितिका अर्का प्रतिनिधि श्री राम दत्त मिश्रले साना बाबु नानीहरुको परिचय सहित कक्षा शुभारम्भ गर्नुभयो। पाठशाला संचालनका लागि पाठ्य सामग्रीहरु तयारी तथा ब्यबस्थापनमा संस्थाका पुर्ब सचिब डा अमर धोज मल्ल र उपाध्यक्ष श्री पदम पुन, कोषाध्यक्ष श्री सन्जिब मैनालीका साथ पाठशाला संयोजन समितिले बिशेष भूमिका रहेको छ। कार्यक्रममा उपाध्यक्ष पुनले कक्षामा सामेल बालबालिकाहरुलाई पाठ्य सामग्रीहरु निशुल्क हस्तान्तरण गर्नुभयो। संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले नेपाली पाठशाला समुदघाटन सम्म आईपुग्दा धेरै तयारी गर्नु परेको र यस तयारीमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै नेपाली पाठशाला सफलताका साथ सु सम्पन्न गर्न अझै धेरै खुट्किलाहरु पार गर्नुपर्ने भएकोले सम्पूर्ण सदस्य तथा शुभ चिन्तकहरुलाई आ-आफ्नो क्षमता अनुसार सर सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध गर्नुभयो। समुदघाटन कार्यक्रममा संस्थाका सल्लाहकार तथा पुर्ब अध्यक्षहरु,कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, संस्थाका सदस्य तथा शुभ चिन्तकहरु सहित बिभिन्न उमेरका बालबालिका र उहाँहरुको अभिभावकहरुको भब्य सहभागिता रहेको कार्यक्रममा केक काटेर खुशियालीको साटासाटका साथ समुदघाटन कार्यक्रम समापन गरिएको थियो। कक्षाहरु प्रत्यक शनिवार बिहान ११ बजे देखि
आर के त्रिपाठी लेख्छन् - प्रचण्डले The Hindu मा ओलीले चिन भ्रमणमा China कार्ड खेल्न सक्छन् भन्नु कुटनैतिक मर्यादा विपरित र खेदजनक छl कहिले India Card त कहिले China Card भन्नुले नेपाल र नेपाली जनता अझै पनि सार्वभौम र स्वतन्त्र नभएको भनि ठान्नु हो। आफूले विदेशी हस्तक्षेप स्विकार गर्नु हो।आन्तरिक असन्तुष्टिलाई देखाएर छिमेकी सँगको सम्बन्ध बिगार्न हुँदैनlचीन र भारत दुवै मुलुकसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ।केही समस्या उत्पन्न भएका होलान तर संबन्ध सुधार गर्ने प्रयत्न गर्नु पर्दछ।तर त्यसैलाई लिएर मित्रता,सहयोग र सद्भाव खलबल्याउनु हुँदैन। देशको विदेश निती स्थिर र सन्तुलित हुनु पर्दछ।हामीले सत्ता स्वार्थ लाई हेरेर कहिले यसको नजिक र कहिले उसको नजिक हुने गरि व्यवहार र संधी,संझौता गर्नु हुँदैन।भारत,चिन अमेरिका र यूरोप युनियन भ्रमण अगाडी देशभित्र बृहत छलफल,तयारी गरि M0U गर्ने विषयमा भ्रमण पूर्व तयारी गर्नु पर्दछ। पूर्व-प्रधानमन्त्री प्रचण्डले The Hindu पत्रिकामा दिएको आन्तरवार्ता नियाल्दा ओलीले चिन भ्रमणमा China कार्ड खेल्न सक्छन् भन्नु कुटनैतिक मर्यादा विपरित र खेदजनक छ।आन्तरिक विवाद आफ्नो ठाउँमा छ तर छिमेकसँगको सम्बन्धलाई असर गर्ने गरी अभिव्यक्ति दिनु हुँदैन।प्रधानमन्त्रीको औपचारिक भ्रमण जुनै देशबाट सुरु गरे पनि हुन्छ तर अन्य छिमेकी देश चिड्याउने गरि सन्धी,संझौता गर्नु हुँदैन। China ले BRI मा पुःन संसोधित MOU गर्न चाहेको बुझेको छु।यसमा नेपालले तयारी विना आम राजनैतिक,संसदिय समझधारी नगरी BRI मा Agreement गर्नु हुँदैन।दुवै छिमेकी मुलुक समान महत्त्वको भएकाले मित्रवत् सम्बन्ध विस्तार गर्नु पर्दछ।छिमेकी मध्ये एक संग नजिकको सम्बन्ध राख्दा आफूलाई राम्रो मान्छन् वा आफूलाई विश्वास गर्छन् वा आफ्नो सरकार जोगाई दिनेछन् भन्ने गलत भ्रमबाट नेताहरू मुक्त हुनुपर्दछ।नेपालको हितमा प्रयोग गर्न सक्नुपर्छ। भारतसँग ऐतिहासिक,सांस्कृतिक,भावनात्मक सम्बन्ध बढी गाढा छ।चीनबाट आर्थिक सम्भावना बढी छन्।दुबै मुलुकसंग पञ्चशिलको आधारमा सन्तुलित व्यवहार गर्न सक्नु पर्दछ।पूर्व प्रधानमन्त्री प्रचण्डले आन्तरिक रूपमा असहमति जे सुकै भए पनि त्यसरी बाहिर गएर कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिनु शोभनीय भएन। आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई विदेश सँगको सम्बन्धमा गाँसेर कुरा गर्नु हुँदैन।यस्ता अभिव्यक्तिले कूटनैतिक सम्बन्धमा फरक पार्छ।हाम्रा दुवै छिमेकी र अन्य मित्रराष्ट्रहरूले पनि हामीलाई हेर्ने दृष्टिकोणमा विश्वासको संकट पैदा गर्छ। सरकारले दुवै