Thursday March 20, 2025

विचार

ग्लोबल गोरखा समाजका अध्यक्ष ढकाल लण्डनको च्यारीटीमा सहभागी हुदै

गोकर्ण ढकाल, अध्यक्ष  ग्लोबल गोरखा समाज। लण्डन। गोरखाका र गोरखाली दिनदुःखी, असाहाय,अशक्त र बेसहाराहरुको स्वास्थ्य, शिक्षा,आपतकालीन सहयोग र उद्धारको लागी अक्षयकोष स्थापना गर्न शुरु गरिएको अक्षयकोष अभिबृद्धि गर्ने अभियानका लागी गोरखाली समाज युकेको आयोजना तथा ग्लोबल गोरखा समाजको सह-आयोजनामा आयोजित “श्रीमद्भागवत ज्ञान महायज्ञा यूके २०२४” वेद र बौद्ध दर्शन सम्बन्धी प्रवचन कार्यक्रम गोरखालीहरुको बाहुल्य रहेका शहरहरुमा वाचनप्रवीन पण्डित श्री दीनबन्धू पोखरेलज्यूको साथमा बेलायतका विभिन्न शहरहरुमा आयोजित कार्यक्रम सफल पार्न र कार्यक्रममा सरिक हुन आज बेलायत आईपुगेको छु।  तपाईहरु सबै सामाजीकभाव बोक्ने गोरखाली तथा ग़ैर-गोरखालीहरुलाई आफ्नो शहर नजीक पायक पर्ने ठाउमा वेद र बौद्ध दर्शनका वाचन श्रवन गर्न हार्दिक निमन्त्रणा गर्दछु। “तपाई हामीले हाम्रो लागी त केही गरेकै छौ। हामी त अब्बल र सबल नै छौ र हाम्रो लागी हामी आफै प्रसस्त छौ तर गरीब,दिनदुःखी,असहाय र बेसहाराको लागी केही अभियानको शुरुवात अब हामीले नगरे कस्ले गर्ने र? अहिले नगरे कहिले गर्ने ?” हामी सामाजीक भावले केही गरौ भन्ने अभियान लिएर बेलायत पस्चात बिश्वका बिभिन्न देशहरुमा यसै प्रकृतीका कार्यक्रम वा गोरखाली कलाकारहरुको समुपस्थितीमा संगितीक कार्यक्रम सहित यो नोभल उदेश्य पुरा गर्न आउदै छौ। सबै देशका गोरखा/गोरखाली समाज,गोरखालीमनहरु र ग़ैर-गोरखालीहरुलाई यस पुण्य कार्यमा हातमा हात र साथमा साथको अब्ह्वान गर्दछौ।  साथै यस शुभ कार्य स्थापनाको दिन (गतबर्ष काठमाण्डौको एल्लोपगोडा होटल) मा आयोजित कार्यक्रममा सहयोग गर्नुहुने सम्पुर्ण गोरखाली मनहरु र ग़ैर-आवासीय नेपाली संघका साथीहरुलाई आफ्नो कमिटमेन्ट सहित गोरखालाई सहयोग गर्नु भएकोमा फेरी पनि हार्दिक धन्यवाद दिन चाहान्छु।  धन्यवाद। 🙏  “जय गोरखा जय गोरखाली”

एनआरएनए अध्यक्ष डा.बद्री केसी बेलायतमा

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी लण्डन आइ पुगेका छन्। डा.केसी नेपालब्रिटेन डट कमको १७ औं वार्षिकोत्सव लगायतका कार्यक्रममा भाग लिन शनिबार दिउँसो लण्डन स्थित हिथ्रो विमानस्थलमा उत्रिएका हुन्। डा. केसीको स्वागतका लागि गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष हितकाजी गुरुङ,संघका केन्द्रीय उपाध्यक्षहरु डा.हेम राज शर्मा,रामशरण सिमखडा,रोजिना प्रधान राई,युरोप उपसंयोजक रोबर्ट लिम्बु लगायतको जम्बो टोली विमानस्थल पुगेको थियो। डा. केसीले गैरआवासीय नेपाली संघको स्थापनामा बेलायतको महत्वपूर्ण भूमिका रहेको बताउँदै एक साता बेलायतमा रहँदा धेरै भन्दा धेरै गैरआवासीय नेपालीहरुलाई भेटघाट गर्ने बताएका छन्। डा.केसीले बेलायत भ्रमणको क्रममा चारवटै राज्यमा रहेका गैरआवासीय नेपालीहरुसँग अन्तरक्रिया गर्नेछन्। डा. केसीले भोलि (आइतबार) तमुधीं यूकेको आयोजना हुने १५ औं नेपाली मेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।यस्तै, २६ अगष्ट (सोमबार) गैरआवासीय नेपाली संघ यूकेले अल्डरशटमा आयोजना गर्ने सार्वजनिक सुनुवाईमा उनी सहभागी हुनेछन्। यस्तै,उनी स्कटल्याण्ड,मिडल्याण्ड्स लगायतका स्थानमा आयोजित कार्यक्रममा पनि सहभागी हुने बताइएको छ। त्यस्तै, डा.केसीले नेपालब्रिटेन डटकमको सेप्टेम्बर १ तारिख लण्डनमा आयोजना हुने १७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीवी ढकालले जनाएका छन्।डा.केसी आगामी सेप्टेम्बर २ तारिख मस्को फर्किने कार्यक्रम छ।

नेपालको राजनितीमा फेरी अर्को ऊथलपुथल ?

शीतलपीटीन्युज डटकम। नेपालमा फेरी अर्को ऊथलपुथल - देशको अस्थिर राजनिती, छ छ महिने सरकार,बढ्दो बेरोजगारी,युवाहरुको बिदेश पलायन तथा देशलाई नै आक्रान्त पार्ने गरी बढेको भ्रस्टाचारलाई रोक्नको लागी देशका बिभिन्न ब्यक्ती र समुहका छुट्टा छुट्टै आन्दोलन भैरहेको परिप्रेक्षमा यी सबैको सर्बमान्य नेतृत्वको लागी नेपाल आमाको ऊदय भएको छ। नेपाली आमाहरुको समुहले देशका भ्रस्टाचारीहरुलाई एकै ठाऊंमा जम्मा पारी पापकुण्डमा डुबाऊंदै डोरीले बांधेर सदर चिड्याखाना जाऊलाखेलमा नजरबन्द गरिदिए पछी देशको शासन सत्ता नेपाल आमाले संहाल्नु भएको छ।  नेपाल आमाले तत्कालै केन्द्र सरकार देखी सातै प्रदेश सरकार खारेज गरी सात सदस्यीय अन्तरिम सरकारको घोषणा गर्दै नेपालको संबिधान पनी निलम्बन गरिदिनुभएको छ। यसै गरी ऊहांले आगामी २०८४ सालमा चुनाब गराई शासनसत्ता पुन जनतामै हस्तान्तरण गर्ने र सो चुनाबमा हाल सम्म प्रधान मन्त्री र ऊप प्रधान मन्त्री भैसकेका कसैले पनी ऊम्मेदबारी दिन नपाऊने पनी घोषणा गर्नु भएको छ ।यसै गरी सो चुनाबमा अहिलेको जस्तो जम्बो संसद नभएर दुबै सदन गरी जम्मा १०१ जनाको मात्र संसद रहने पनी घोषणा गर्नु भयो जस्मा प्रतिनिधी सभामा हरेक जील्लाबाट एक एक जना गरी जम्मा ७७ जना र बांकी २४ जना स्वतन्त्र बिज्ञहरुको राष्ट्रिय सभा रहने छ। नेपाल आमाले देशका सातै प्रदेश सदाको लागी खारेज गरी स्थानीय निकायहरुलाई थप अधिकार र बजेट पनी प्रदान गरिने र अहिले सम्म भ्रस्टाचार गरेका सबै नेताहरु माथी छानबिन गरी भ्रस्टहरुको सर्बस्व हरण गरी श्रम संजाएको पनी घोषणा गर्नुभयो । ऊहांका अनुसार जनतालाई अनाहकमा दुख दिने काम सरकारले अब देखी रोक्ने छ र राष्ट्रीय परिचय पत्र बनाऊनु पर्ने जस्ता सनकमा गरिएका निर्णय खारेज गरिएका छन् । अब देखी देशमा सरकारी कार्यालयहरु हप्तै भरी र ३६५ दिननै खुल्ने तथा अती ब्यस्त कर्यालयहरु बिहान ७ देखी बेलुका ९ बजेसम्मै खुल्ने पनी ऊहांले घोषणा गर्नुभयो। नेपाल आमाका अनुसार नेपालमा हाल कायम केन्द्रदेखी प्रदेश संरचना र तीनका सांसद र सरकारले खाई पाई आएको तलब भत्ता सुबिधा र भ्रस्टाचारको रकम एकैदिनमा १० अरब भएको हुंदा यीनीहरुलाई हटाऊंदा मात्र पनी एक दिनको रकमले एऊटा स्थानिय निकाएको मुहार फेर्न

लज्जा लज्जा

शीतलपाटीन्युज डटकम। नेपालमा फेरी अर्को ऊथलपुथल  देशको अस्थिर राजनिती,छ छ महिने सरकार,बढ्दो बेरोजगारी,युवाहरुको बिदेश पलायन तथा देशलाई नै आक्रान्त पार्ने गरी बढेको भ्रस्टाचारलाई रोक्नको लागी देशका बिभिन्न ब्यक्ती र समुहका छुट्टा छुट्टै आन्दोलन भैरहेको परिप्रेक्षमा यी सबैको सर्बमान्य नेतृत्वको लागी नेपाल आमाको ऊदय भएको छ। नेपाली आमाहरुको समुहले देशका भ्रस्टाचारीहरुलाई एकै ठाऊंमा जम्मा पारी पापकुण्डमा डुबाऊंदै डोरीले बांधेर सदर चिड्याखाना जाऊलाखेलमा नजरबन्द गरिदिए पछी देशको शासन सत्ता नेपाल आमाले संहाल्नु भएको छ ।  नेपाल आमाले तत्कालै केन्द्र सरकार देखी सातै प्रदेश सरकार खारेज गरी सात सदस्यीय अन्तरिम सरकारको घोषणा गर्दै नेपालको संबिधान पनी निलम्बन गरिदिनुभएको छ। यसै गरी ऊहांले आगामी २०८४ सालमा चुनाब गराई शासनसत्ता पुन जनतामै हस्तान्तरण गर्ने र सो चुनाबमा हाल सम्म प्रधान मन्त्री र ऊप प्रधान मन्त्री भैसकेका कसैले पनी ऊम्मेदबारी दिन नपाऊने पनी घोषणा गर्नु भएको छ।यसै गरी सो चुनाबमा अहिलेको जस्तो जम्बो संसद नभएर दुबै सदन गरी जम्मा १०१ जनाको मात्र संसद रहने पनी घोषणा गर्नु भयो जस्मा प्रतिनिधी सभामा हरेक जील्लाबाट एक एक जना गरी जम्मा ७७ जना र बांकी २४ जना स्वतन्त्र बिज्ञहरुको राष्ट्रिय सभा रहने छ। नेपाल आमाले देशका सातै प्रदेश सदाको लागी खारेज गरी स्थानीय निकायहरुलाई थप अधिकार र बजेट पनी प्रदान गरिने र अहिले सम्म भ्रस्टाचार गरेका सबै नेताहरु माथी छानबिन गरी भ्रस्टहरुको सर्बस्व हरण गरी श्रम संजाएको पनी घोषणा गर्नुभयो। ऊहांका अनुसार जनतालाई अनाहकमा दुख दिने काम सरकारले अब देखी रोक्ने छ र राष्ट्रीय परिचय पत्र बनाऊनु पर्ने जस्ता सनकमा गरिएका निर्णय खारेज गरिएका छन्। अब देखी देशमा सरकारी कार्यालयहरु हप्तै भरी र ३६५ दिननै खुल्ने तथा अती ब्यस्त कर्यालयहरु बिहान ७ देखी बेलुका ९ बजेसम्मै खुल्ने पनी ऊहांले घोषणा गर्नुभयो। नेपाल आमाका अनुसार नेपालमा हाल कायम केन्द्रदेखी प्रदेश संरचना र तीनका सांसद र सरकारले खाई पाई आएको तलब भत्ता सुबिधा र भ्रस्टाचारको रकम एकैदिनमा १० अरब भएको हुंदा यीनीहरुलाई हटाऊंदा मात्र पनी एक दिनको रकमले एऊटा स्थानिय निकाएको मुहार फेर्न सकिने

दुलेगौडा सोलार फार्म लिमीटेडले नया सोलार फार्ममा लगानी गर्दै

शीतलपाटीन्युज डटकम। लण्डन। बेलचौतारा,तनहु सोलार फार्म लिमीटेडका अध्यक्ष मोहन गुरुङ्गले सोलार फार्मबाट यथेष्ट नाफा भएको आफ्नो अनुभव सुनाउनु भयको छ। ५ मेघावाट क्षमातामा संचालन गरीएको सोलार फार्म लिमीटेड सफल भएको कारण अब ११० मेघावाटको लागि बिभीन्न साइटहरुबाट सोलार परियोजना लगानी गर्न आफु तत्पर रहेको कुरा शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मीसंगको एक कुराकानीमा बताउनु भयो। सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुङ्गसंग शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मीले लिएको एउटा अन्तरवार्ताको अंश- शीतलपाटीन्युज सम्पादक- नमस्कार मोहन गुरुङ्गज्यु,बेलायतमा के गर्दै हुनुहुन्छ? बेलायतमा ब्यापार ब्यवसाय कस्तो छ। मोहन गुरुङ्ग - बेलायतमा गोल्ड ब्यापार तथा वर्कफोर्स लेवर मार्केटमा जनशक्ति पुर्ति गर्दै आएको छु। शीतलपाटीन्युज सम्पादक-गुरुङ्ग ज्यु तपाईको त बेलचौतारामा सोलार फार्म लिमीटेड पनि छ नि? के छ यस्को अवस्था? मोहन गुरुङ्ग - हाम्रो ५ मेघावाटको सोलार फार्म लिमीटेडको उत्पादन राम्रो चलेको छ।सार्बजनिक कंपनीमा परिणत भई आईपिओमा जाने अन्तिम तयारीमा रहेको र सफल रुपमा संचालन भएकोले संतुष्ट छु। यो प्रोजेक्ट राम्रो चलेकोले नेपाल बिद्युत प्राधिकरणसंग ११० मेघावाटको अरु बिभिन्न सोलार प्रोजेक्ट बिकास गर्नको लागि टेन्डर गरेको छु। नेपाल बिद्युत प्राधिकरणले ८०० मेघावाटको सोलार पावर क्षमताको प्रोजेक्टको बिकास गर्न र पीपीए गर्न आह्वान गरेको छ। शीतलपाटीन्युज डटकम सम्पादक- ११० मेघावाट प्रोजेक्ट ठुलो भएन र? किन्न वा लगानी गरेर संचालन गर्न सकिन्छ र? मोहन गुरुङ्ग - अहिले नेपालमा सोलार फार्ममा लगानी भरपर्दो र नाफामा छ। अहिले प्राधिकरणले ८०० मेघावाटको टेन्टर खुलाएकोमा सोलार फार्म लिमिटेडले ल्वाड्ग घलेल कास्कीमा १० मेघावाट,मोतीपुर १ कपिलबस्तु ३० मेघावाट,मोतीपुर २ कपिलबस्तुमा २० मेघावाट,मनैया रुपन्देहीमा ४० मेघावाट,मनीपोखरा बर्दियामा १० मेघावाट गरी ११० मेघावाट प्रोजेक्टका लागि प्राधिकरणसंग टेन्डर गरी, पर्याप्त धरौटी जम्मा गरी माग राखेको छ। २०८१ श्रावण ३० मा राखेको टेन्डर यो सोलार प्रोजेक्टमा ७ अरव लगानी गरीने भएको छ। कंपनीका प्रमुख लगानीकर्ताहरु एकदमै उत्सुक भयकोले परियोजना सफल हुने र जोखिम नभयको प्रस्ट छ। दुलेगौडा सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुड्गसंग शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मीले लिएको एउटा अन्तरवार्ताको अंश- शीतलपाटीन्युज सम्पादक- नमस्कार मोहन गुरुड्गज्यु,बेलायतमा के गर्दै हुनुहुन्छ? बेलायतमा ब्यापार ब्यवसाय कस्तो छ। मोहन गुरुड्ग- बेलायतमा वर्कफोर्स लेवर

गोर्खाली समाज युके र ग्लोबल गोर्खा समाजको निमन्त्रणामा धार्मिक प्रवचन दिन पण्डित दिनबन्धु पोखरेल बेलायतमा

शीतलपाटीन्युज डटकम। लन्डन। धार्मिक प्रवचक तथा कथावाचक पण्डित दिनबन्धु पोखरेल बेलायत आइपुगेका छन्। बेलायतका विभिन्न क्षेत्रमा आयोजना हुने विशेष धार्मिक प्रवचन कार्यक्रमका लागि उहा शुक्रबार दिउँसो लन्डन आइ पुगेका हो। लन्डनको हिथ्रो विमानस्थलमा उत्रिंदा पण्डित पोखरेललाई गोर्खाली समाज यूकेका अध्यक्ष हेम गुरुङ,सल्लाहकार गणेश गुरुङ,सचिव राजेन्द्र गुरुङ,गीता ढकाल,गायक रविन लामिछाने र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका पुर्व अध्यक्ष एवम संरक्षक बाचस्पति रेग्मी समेतले स्वागत गरेका थिए। गोर्खाली समाज युके र ग्लोबल गोर्खा समाज अन्तराष्ट्रियको पहलमा उनी बेलायत आएका हुन्। गोर्खाली समाज यूकेका अध्यक्ष हेम गुरुङका अनुसार बेलायतमा रहंदा पण्डित पोखरेलले विभिन्न क्षेत्रस्थित नेपालीहरुमाझ धार्मिक प्रवचन दिनेछन् ।सो अनुसार २८ अगष्टमा स्कटल्यान्डस्थित पशुपतिनाथ मन्दिरमा,३१ अगष्ट र १ सेप्टेम्बर अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा तथा २ सेप्टेम्बरमा नटिङहमको हिन्दू मन्दिरमा उहाले प्रवचन दिने कार्यक्रम तय भएको छ। बेलायतमा पण्डित पोखरेलको प्रवचन वेद र बौद्ध दर्शनमा केन्द्रित रहने बताइएको छ। बेलायतमा चार दिनका प्रवचनहरु पूरा गरी ३ सेप्टेबर मै पण्डित पोखरेल नेपाल फर्किने योजना छ।

स्याङ्जालि कान्छा कोमल गुरुङको बेलायतमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लण्डन। DAB -ETHIC MINORITIES COMMITTEE  सदस्य,तमु समाज हङकङका सस्थापक अध्यक्ष,जन सेवा समितिका हङकङका पुर्ब अध्यक्ष,एनआरएनए हङकङका  बरिस्ठ सल्लाहकार,बरिस्ठ समाजसेवी,कोमल गुरुङ( स्याङ्जालि कान्छा)हङकङदेखि बेलायत आइपुग्नु भएको छ।  समाजलाई नयाँ रुपान्तरणको लागि हरेक पाटो बाट सहयोग गर्नु हुने,कोमल गुरुङ आफ्नो छोरीको उच्च शिक्षाको लागि बेलायत आउनु भएको हो,छोरी रोस्मी  गुरुङ American international high school हङकङबाट आफ्नो अध्यायन सकेर wimbledon university of art london मा अध्यायन गर्न आउनु भएको हो।उहाँ कोमल गुरुङ र भगवती गुरुङकि छोरी हुनुहुन्छ, उहाका २ छोरा र एक छोरी हुनुहुन्छ। हिजो  बेलायतको  हिथ्रो बिमान्स्थलमा अवतरण पश्चात् उहालाइ स्वागत गर्न एनआरएनए युकेका बर्तमान अध्यक्ष प्रेम गाहा मगर,एनआरएनए युकेका मुख्य संरक्षक डेबिड गुरुङ,स्याङ्जा समाज युकेका सस्थापक अध्यक्ष बर्तमान राङभाङ समाज युकेका अध्यक्ष  साहारा युके उपाध्यक्ष,एनआरएनए आइसीसि सदस्य सारदा गुरुङ,एनआरएनए आइसिसिका बरिस्ठ उपाध्यक्ष थर्क सेन,स्याङ्जा समाज युकेका अध्यक्ष भरत गुरुङ,उपाध्यक्ष रुपा गुरुङ,उहाका दाइ अमृत गुरुङ, सुनिल,सृजना गुरुङ,महेन्द्र गुरुङ,नेपालबाट आउनु भएका राष्ट्रिय कलाकार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान गण्डकी प्रदेश अध्यक्ष राजन कार्की लगायतले उहाँलाई भब्य स्वागत गर्नु भएको थियो।  उहाको छोटो समयको बेलायत बसाइमा भेटघाट तथा केही सामाजिक उपलब्धि मुलक कार्यक्रममा रहने कुरा जानाकारी गराउनु भएको छ।

शिव मन्दिर अल्डरसटलाई डोनेसन गर्दै मनिषाको जन्मदिन मनाईयो

शीतलपाटीन्युज डटकम। लण्डन। बुटबल घर भै बेलायतको अल्डरसट बस्नु भएकी मनिषा शाहीले आफ्नो जन्मदिनको सेलिब्रेसन अल्डरसटस्थित शिव मन्दिरमा एक भब्य कार्यक्रम गर्दै डोनेसन समेत गरेर जन्मदिन मनाउनु भएको छ।  जन्मोत्सब मनाउन आफ्नो श्रीमान सर्बेश घले र आमा श्रीमती चन्द्र शाहीका साथ आउनु भएकी मनिषा शाही घलेले शिवको पुजा गरी आरति गरेर मनाउनु भयको हो। जन्मदिन मनाउदै गर्दा मनिषाले शिव मन्दिरलाई १००८ पौण्ड पनि डोनेसन गर्नु भएको छ। शिव मन्दिर अल्डरसटले थप भवन किन्न लागेको र यो मौकामा डोनेसन गर्न पाउदा मनिषाले खुसी ब्यक्त गर्नु भएको थियो।उहाले मेरो जन्मदिन मनाउने उद्देश्य पुरा भयको छ भन्दै खुसी ब्यक्त गर्नु भयको थियो। साथै शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष बिक्रम भट्टराईले डोनर मनिषा शाही घलेलाई जन्मदिनको शुकामना दिदै डोनेसनका लागि धन्यबाद ब्यक्त गर्नु भयको थियो।अध्यक्ष भट्टराईले जन्मदिन मनाउन चाहाने बेलायत बसोबास गरेका नेपालीहरुलाई मन्दिरले आवस्यक मनोरन्जन दिने र ब्यवस्थापन गर्ने बताउदै १२० अट्ने क्षमता रहेको बताउनु भयो। जन्मदिन मनाउन मनिषा शाही घले उपस्थित सो कार्यक्रममा उहाको श्रीमान सर्वेश घले,आमा चन्द्र शाही,शिव कल्चरलका पण्डित मधुसुदन सत्याल, अध्यक्ष बिक्रम भट्टराई,महासचिव सुस्मा गुरुड्ग,कोषाध्यक्ष निरज तिवारी र प्रमुख संरक्षक बाचस्पति रेग्मी समेतको उपस्थिती रही मनाइएको थियो।

केवाईसी ग्रेटर लण्डन सिनियर शाखाको अध्यक्षमा कुल केशर लिम्वु निर्वाचित

शीतलपाटीन्युज डटकम। लण्डन। किरात याक्थुङ चुम्लुङ युकेको गे्रटर लण्डन सिनियर साखाको अध्यक्षमा कुल केशर लिम्वु सर्वसम्मत चयन भएका छन। गत आईतवार फेल्थाम स्थीत स्प्रिङवेस्ट एकेडमिको सभाहलमा सम्पन्न साखाको छैठौ अधिवेशनले लिम्वुको नेतृत्वमा २१ सदस्यरहेको कार्य समिति चयन गरेको हो।  कार्यसमितिको उपाध्यक्षहरुमा हेम तुम्वापो र दिपेन्द्र लक्सम,महिला उपाध्यक्ष सुष्मिता कन्दङवा,सचिव पदम वहादुर चोङवाङ,सहसचिव विश्वराज सेनेहाङ,कोषाध्यक्ष दिपेन्द्र लिम्वु र सहकोषाध्यक्ष प्रभात याङहिङवा चयन भएका छन। त्यसैगरि सदस्यहरुमा प्रभा खापुङ,रेखा लिम्वु,युवराज फागु चोङवाङ,सुमिना फालेच्छा,राजेश पायल लिम्वु,खगेन्द्र चोङवाङ,सोमिया जेवेगु,सिखा फीयाक र सिता राई आङदेम्वे चयन भएका छन। विभागिय प्रमुखको रुपमा दुर्गा वोख्खिम प्रोपर्टी विभाग,कृष्ण प्रसाद लिङदेन जनसम्पर्क विभाग,कला चेम्जोङ र प्रज्ञा लावुङ कला तथा सस्कृति विभाग चुनिएका छन। शाखाका अध्यक्ष चन्द्र लिङदेनको अध्यक्षतामा भएको पहिलो सत्रको कार्यक्रममा उपाध्यक्ष कुल केशर लिम्वुले स्वागत मन्तव्य दिएका थिए भने सचिव दिपेन्द्र लक्समले कार्यक्रम सचालन गरेका थिए। प्रमुख अतिथिको रुपमा उपस्थित भएका केन्द्रिय सल्लाहकार ईश्वर आङवोहाङले कार्यक्रमको उद्धघाटन गर्दै अधिवेशन सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा साखालाई विशेष सहयोग पुरयाए वापद सदस्य सिल्लीमाया एभेङलाई विषेश सम्मान गरिएको थियो।  अधिवेशनको दोश्रो सत्रमा सहसचिव दिपेन्द्र लक्समले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मणी एभेङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। छत्र सीं तेयुङ संयोजक रहेको निर्वाचन समितिमा सदस्य सचिव पुर्ण फाल्लेच्छा र सदस्यमा विना इंनाम रहेका थिए।वेलायतमा रहेका लिम्वु (याक्थुङ) जातिहरुको साझां सस्था किरात याक्थुङ चुम्लुङ युकेको स्थापना सन २००३ मा भएको हो। यसको हाल सम्म १६ वटा साखाहरु कृयशिल रहेका छन।

योगगुरु स्वामी रामदेवलाई हाम्रो स्वाभिमान ट्रष्ट युकेद्वारा स्वागत 

शीतलपाटीन्युज डटकम। लन्डन – बेलायत भ्रमणमा आएका योगऋषि स्वामी रामदेवलाई हाम्रो स्वाभिमान ट्रष्ट युके परिवारले स्वागत गरेको छ। सोमबार लन्डनमा स्वामी रामदेवसंगको भेटमा हाम्रो स्वाभिमान ट्रष्ट युकेका सल्लाहकार कुल आचार्यले स्वामीजीलाई नेपाली टोपी लगाइ दिएर स्वागत गरेका थिए। उक्त अवसरमा भारतको हरिद्वारस्थित पतंजली योग पीठ ट्रष्टका संस्थापक स्वामी रामदेवले बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायको बारेमा जिज्ञासा राखेका थिए। नेपालीमा कुराकानी गर्दै उनले संसारभरि रहेका नेपालीहरुलाई सांस्कृतिक रुपले जोड्न आवश्यक रहेको बताए।   “संसार भरि जहाँ गए पनि योगगुरु स्वामी रामदेवले नेपालीहरुलाई अगाध माया गर्नु हुन्छ। यसपटक पनि आफ्नो व्यस्त समय तालिकाका बावजुद उहाँले हामीलाई समय दिनु भयो। जनै पूर्णिमाको पवित्र दिनमा उहाँसंग भेटेर समसामयिक विषयमा छलफल गर्ने अवसर मिल्यो,”  आचार्यले भने। सन् २००९ मा स्वामी रामदेवको बेलायत भ्रमणका क्रममा बृहत् योग शिविर आयोजना गर्न आफुले पनि सक्दो सहयोग गरेको उनले स्मरण गरे। भेटघाटको क्रममा हाम्रो स्वाभिमान ट्रष्ट युकेकी सल्लाहकार सुनिता पोद्दार,हाम्रो स्वाभिमान ट्रष्ट युकेका महासचिव अर्जुन कटुवाल,समाजसेवी बिष्णु भण्डारी,पशुपति भण्डारी,दधि आचार्य,सोहन सापकोटाको उपस्थिति थियो। बेलायतमा रहेका नेपालीहरुलाई सांस्कृतिक रुपले जोड्ने मूल उद्देश्य सहित आचार्य बालकृष्णजी महाराजको उपस्थितिमा गत वर्ष हाम्रो स्वाभिमान ट्रष्ट युके स्थापना गरिएको थियो। (नेपालीलिंक)

योगऋषि स्वामी रामदेवलाई हाम्रो स्वाभिमान ट्रष्ट युकेद्वारा बेलायतमा स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन – बेलायत भ्रमणमा आएका योगऋषि स्वामी रामदेवलाई हाम्रो स्वाभिमान ट्रष्ट युके परिवारले स्वागत गरेको छ। सोमबार लन्डनमा स्वामी रामदेवसंगको भेटमा हाम्रो स्वाभिमान ट्रष्ट युकेका सल्लाहकार कुल आचार्यले स्वामीजीलाई नेपाली टोपी लगाइ दिएर स्वागत गरेका थिए। उक्त अवसरमा भारतको हरिद्वारस्थित पतंजली योग पीठ ट्रष्टका संस्थापक स्वामी रामदेवले बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायको बारेमा जिज्ञासा राखेका थिए। नेपालीमा कुराकानी गर्दै उनले संसारभरि रहेका नेपालीहरुलाई सांस्कृतिक रुपले जोड्न आवश्यक रहेको बताए।   “संसार भरि जहाँ गए पनि योगगुरु स्वामी रामदेवले नेपालीहरुलाई अगाध माया गर्नु हुन्छ। यसपटक पनि आफ्नो व्यस्त समय तालिकाका बावजुद उहाँले हामीलाई समय दिनु भयो। जनै पूर्णिमाको पवित्र दिनमा उहाँसंग भेटेर समसामयिक विषयमा छलफल गर्ने अवसर मिल्यो,”  आचार्यले भने। सन् २००९ मा स्वामी रामदेवको बेलायत भ्रमणका क्रममा बृहत् योग शिविर आयोजना गर्न आफुले पनि सक्दो सहयोग गरेको उनले स्मरण गरे। भेटघाटको क्रममा हाम्रो स्वाभिमान ट्रष्ट युकेकी सल्लाहकार सुनिता पोद्दार,हाम्रो स्वाभिमान ट्रष्ट युकेका महासचिव अर्जुन कटुवाल,समाजसेवी बिष्णु भण्डारी,पशुपति भण्डारी,दधि आचार्य,सोहन सापकोटाको उपस्थिति थियो। बेलायतमा रहेका नेपालीहरुलाई सांस्कृतिक रुपले जोड्ने मूल उद्देश्य सहित आचार्य बालकृष्णजी महाराजको उपस्थितिमा गत वर्ष हाम्रो स्वाभिमान ट्रष्ट युके स्थापना गरिएको थियो। (नेपालीलिंक)

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई राजदूतावासको सुझाव

शीतलपाटीन्युज डटकम। काठमाण्डौ।क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलार्य सुझाव दिएको छ। दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्या रहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्याएर तयारी गर्न अनुरोध गरेको छ । विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययन गरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ। आफूले अध्ययन गर्ने कलेज,अध्ययन गर्ने विषय,लाग्ने खर्च,कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्या व्यहोर्नुपर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ। अध्ययनका लागि क्यानडा जानु अघि पूर्वक्यानडामा रहेका आफन्त,इष्टमित्र, साथीहरू,पूर्वविद्यार्थी, विद्यार्थीका सोसल मिडिया नेटवर्क,सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली सङ्घलगायत नेपाली डायस्पोराका सङ्घसंस्थासँग आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका,लाग्ने खर्च,आवासको उपलब्धता, रोजगारीका सम्भावना आदि बारे पर्याप्त मात्रामा बुझी जानकारी लिएर आउँदा सहज हुने दूतावासको सुझाव छ। (समयपोष्टबाट साभार)

नेपाली राजदूतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपाललाई स्याङ्जा समाज यूकेले भब्य विदाई गर्यो

शीतलपाटीन्युज डटकम। लन्डन। आफ्नो ४ वर्षको कार्यकाल सकेर स्वदेश फर्कन लागेका लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव राम बाबु नेपाललाई स्याङ्जा समाज यूकेले विदाई गरेको छ। समाजले आइतबार अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आयोजित एक कार्यक्रम बीच नेपाल दम्पत्तिलाई विदाई गरेको हो।   समाजका अध्यक्ष भरत गुरुङ, संरक्षक डेभिड गुरुङ,सोंपाल समाज यूके अध्यक्ष जगदीश गुरुङ,राड्गभाड्ग समाज यूके अध्यक्ष सारदा गुरुङ लगायतले नेपाल दम्पत्तिलाई फेटा लगाएर विदाई गरेका थिए।सो बिदाईका अवसरमा उनीहरुले द्वितीय सचिव नेपालको आगामी दिनमा परराष्ट्र सेवामा उज्जवल भविस्यको कामना पनि गरे ।     आफ्नो मन्तव्यका क्रममा द्वितीय सचिव नेपालले विदाई कार्यक्रम राखेर स्याङ्जा समाजले न्यानो सम्मान प्रदान गरेकोमा संस्थाप्रति आभार व्यक्त गरे। उनले आफ्नो बेलायत बसाइमा स्याड्जाको नेपाली समुदायबाट उल्लेखनीय सहयोग प्राप्त गरेको जनाउंदै फर्कने बेला अविस्मरणीय सम्झना र माया बोकेर जान लागेको पनि बताएका थिए। सो बिदाईका अवसरमा समाजले टेलिभिजन पत्रकार एवं नेपाल प्रेस यूनियन केन्द्रिय उपमहासचिव दिलिपा श्री अधिकारीलाई बेलायतमा स्वागत गर्‍यो।   स्याङ्जा स्थायी घर भएकी दिलिपा आइतबारमात्रै निजी भ्रमणमा लन्डन उत्रिएकी थिइन्।समाजका पदाधिकारीले उनको सुखद बेलायत बसाइको शुभकामना दिंदै फेटा र खादा लगाएर स्वागत गरेका थिए। स्याङ्जा स्थायी घर भएकी दिलिपा आइतबारमात्रै निजी भ्रमणमा लन्डन उत्रिएको कुरा संरक्षक डेभिड गुरुड्गले बताउनु भयको छ।

नेपाली राजदूतावासका द्वितीय सचिव नेपाललाई स्याङ्जा समाज यूकेको विदाई,दिलिपाश्री अधिकारीलाई स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन। आफ्नो ४ वर्षको कार्यकाल सकेर स्वदेश फर्कन लागेका लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव राम बाबु नेपाललाई स्याङ्जा समाज यूकेले विदाई गरेको छ। समाजले आइतबार अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आयोजित एक कार्यक्रम बीच नेपाल दम्पत्तिलाई विदाई गरेको हो।   समाजका अध्यक्ष भरत गुरुङ, संरक्षक डेभिड गुरुङ,सोंपाल समाज यूके अध्यक्ष जगदीश गुरुङ,राड्गभाड्ग समाज यूके अध्यक्ष सारदा गुरुङ लगायतले नेपाल दम्पत्तिलाई फेटा लगाएर विदाई गरेका थिए।सो बिदाईका अवसरमा उनीहरुले द्वितीय सचिव नेपालको आगामी दिनमा परराष्ट्र सेवामा उज्जवल भविस्यको कामना पनि गरे ।     आफ्नो मन्तव्यका क्रममा द्वितीय सचिव नेपालले विदाई कार्यक्रम राखेर स्याङ्जा समाजले न्यानो सम्मान प्रदान गरेकोमा संस्थाप्रति आभार व्यक्त गरे। उनले आफ्नो बेलायत बसाइमा स्याड्जाको नेपाली समुदायबाट उल्लेखनीय सहयोग प्राप्त गरेको जनाउंदै फर्कने बेला अविस्मरणीय सम्झना र माया बोकेर जान लागेको पनि बताएका थिए। सो बिदाईका अवसरमा समाजले टेलिभिजन पत्रकार एवं नेपाल प्रेस यूनियन केन्द्रिय उपमहासचिव दिलिपा श्री अधिकारीलाई बेलायतमा स्वागत गर्‍यो।   स्याङ्जा स्थायी घर भएकी दिलिपा आइतबारमात्रै निजी भ्रमणमा लन्डन उत्रिएकी थिइन्।समाजका पदाधिकारीले उनको सुखद बेलायत बसाइको शुभकामना दिंदै फेटा र खादा लगाएर स्वागत गरेका थिए। स्याङ्जा स्थायी घर भएकी दिलिपा आइतबारमात्रै निजी भ्रमणमा लन्डन उत्रिएको कुरा संरक्षक डेभिड गुरुड्गले बताउनु भयको छ।

बर्दो थ्योडोल छेन्मो र मृत्यु संस्कार एक चर्चा

बर्दो थ्योडोल छेन्मो र मृत्यु संस्कार एक चर्चा - शीतलपाटीन्युज डटकम।

लन्डनमा एनआरएन नागरिकता सम्बन्धी सेमिनार, दोहोरो नागरिकता दिन माग

GNNNEWS- लन्डन -  बेलायतमा आयोजित एक सेमिनारमा कानूनविद तथा प्राज्ञहरुले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता दिनु  पर्ने माग गरेका  छन्। एनआरएनए युकेसंगको सहकार्यमा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा शनिबार लन्डनको उलिचमा आयोजित सेमिनारमा एक कार्यपत्र प्रस्तुत गर्दै सोसाइटीका  पूर्व महासचिव डा ओम प्रसाद गौतमले  विश्वका झन्डै ५० प्रतिशत  देशहरुले गैर आवासीय नागरिकहरुलाई पूर्ण दोहोरो नागरिकता प्रदान गरेको जनाए। उनले ७८% रास्ट्रहरुले आप्रवासी  र प्रवासीहरुलाई कुनै न कुनै रुपमा आफ्नो नागरिकको रुपमा ग्रहण गरेको तर  २२% देशहरुले पूर्ण रुपमा अस्वीकार गरेको जनाए। एशियाका ४८ मध्ये २०, यूरोपेली संघका  २७ मध्ये २३ ओटा, अमेरिका महादेशका ९८% देशहरुले साथै अफ्रिकाका  अधिकांश  देशहरुले दोहोरो नागरिकता प्रदान गरेको उनले जानकारी दिए। सोमालिया, केन्या, घाना, दक्षिण कोरियाजस्ता देशहरुको उदाहरण दिंदै उनले  दोहोरो नागरिकता मुलुकको सामाजिक तथा आर्थिक प्रगतिका लागि फाइदाजनक रहेको दावी गरे।  कार्यक्रममा सहभागी सर्वोच्च अदालतका न्यायाधीश  डा मनोज कुमार शर्माले 'नेपालमा गैर आवासीय नेपाली नागरिकता सम्बन्धि प्रावधान' विषयक कार्यपत्र प्रस्तुत गर्दै  विश्व भूमण्डलीकरणको वर्तमान अवस्थामा नेपाल एउटा भौगोलिक सीमाभित्र मात्रै सिमित हुन सक्दैन भन्ने आधारमा नेपालको संविधान र नागरिकता सम्बन्धि कानुनले गैर आवासीय नागरिकता सम्बन्धि व्यवस्था गरेको बताए। उनले गैर आवासीय नागरिकताको प्रावधानले गैर आवासीय नेपालीहरुको मागको तत्काल पुर्ण सम्बोधन नभए तापनि संसारभर छरिएर रहेका नेपालीहरुको अधिकार संरक्षणको एउटा न्युनतम आधार प्रदान गरेको जनाए। गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा केहि समस्याहरु रहेको सुन्नमा आएकोले त्यस्ता जटिलताहरुलाई समाधानका लागि  प्रयास जारी राख्न उनले  सुझाव पनि दिए।   अधिवक्ता राधा कृष्ण पाठकले गैर आवासीय नेपाली नागरिकता अन्तर्गत  गैर आवासीय नेपाली नागरिकहरुलाई नेपालमा लगानी गर्ने,लगानी र नाफा फिर्ता लैजाने अधिकार दिएको तर सम्पत्ती खरीद गर्न चाहिं सीमा तोकी दिएको बताए।  उनले गैर आवासीय नेपाली नागरिकतालाई दोहोरो नागरिकता भन्न नमिल्ने बताउंदै यो विदेशी नागरिकता कायम राख्दै नेपालमा सीमित अधिकार प्रदान गर्ने व्यवस्था भएको जनाए।  "गैर आवासीय नेपाली नागरिकता प्राप्त गरे पछि पहिला आर्जन गरेको अचल सम्पत्तिको अधिकार कायम रहन्छ र नागरिकता प्राप्त गरे पछि वा पहिला आर्जन गरेको सम्पत्ति

बर्दो थ्योडोल छेन्मो र मृत्यु संस्कार

शीतलपाटीन्युज डटकम। लण्डन। नमो गुरु बुद्ध धमम संघाय!!! बर्दो थ्योडोल छेन्मो (अन्तराभव श्रावण महाववमुवि) र मृत्यु संस्कार वबषयमा छोटो चचाम प्रस्तोता: खेन्पो विर लामा (थुब्तेन येिे) सामन्यतया बर्दो भन्नाले मध्यम काललाई बुझिन्छ । क ु नै पझन काययको सुरुवात भई समाप्त नभईन्जेलको अवझि नै एक प्रकारको बर्दो हो। जस्तै: भोजन सेवनको सुरुवात गरर समाप्त नभए सम्मको अवझि, ध्यान सािनाको प्रारम्भ गरर झबसजयन नभईन्जेको अवझि, यात्रामा प्रस्थान गरर गन्तब्यमा नपुझगन्जेलको अवझि, सुतेर झनद्राबाट नझभिँउन्िेलको अवझि, जन्मेर मृत्यु नभईन्जेको झजन्र्दगी पझन बर्दो नै हो । बर्दो भोट भाषाको शब्र्द हो, बर = भनेको झबच, र्दो=भनेको अवस्था, झबच अवस्था अथवा मध्यम काल । भगवान बुद्धले िमय प्रबचन गनुयह िँर्दा श्रोताहरुको मझत क्षमतालाई मध्यनजर गरर िमयर्देशना गनुयह नुभएको झथयो । त्यसैले गर्दाय भगवान बुद्धको उपर्देशहरु र्देश, काल र पररझस्थझत अनुक ु ल फरक फरक झबषय र शैझलहरुमा पाईन्छ । बर्दो (अन्तराभव) झबषयमा भगवान बुद्धले अझभिमय झपटकको क े ही बुुंर्दाहरु र बज्रयानी तन्त्रहरुमा बर्दो झबषयमा व्यापक िमयर्देशना गनुयभएको पाईन्छ । झबस्तृत रुपमा गुरु ररन्पोछे पद्मसुंभवले झर्दनुभएको बर्दो थ्योडोल छेन्मो (अन्तराभव श्रावण महाझवमुझि) उपर्देश झहमाली क्षेत्रमा झबकाझसत बौद्ध िमयको सबैभन्र्दा लोकझप्रय ग्रन्थ उपर्देशको रुपमा माझनन्छ । यो उपर्देशलाई ८औुं सताब्र्दीमा गुरु ररन्पोछे पद्मसुंभवले भझवश्यका झबनयजनहरुको झनझमत्त झनझि िमयको रुपमा राख्नुभएको झथयो । पझछ १४औुं सताब्र्दीमा झशझद्ध प्राप्त गुरु महायोगी कमयझलङ ् पा (सन् 1326-1386) १५ बषयको कझललो उमेरमा गुरुको भझवश्यवाणी, भद्र समय र शुभ लक्षणहरुको सुंयोग भएपझछ झनझिकोषबाट प्रकाशनमा ल्याउनुभई व्यापक रुपमा यसको अझभषेक, आगम 2 र झनर्देशनहरु प्रर्दान गनुयभएको झथयो । बर्दो थ्योडोल ग्रन्थ सन् 1927 मा अङ ् ग्रेजी भाषामा अनुवार्द गरर बेलायतको अक्सफोडय युझनवझसयटी प्रेसबाट “THE TIBETAN BOOK OF THE DEAD" (र्द झटबेटन बुक अफ र्द डेड) नामक झशषयकमा प्रकाझशत भएको र सन् 1960, 1980 र 1985 मा पुन: प्रकाझशत भएको झथयो । फ े रर यो ग्रन्थको अनुवार्द अुंग्रेजी भाषामा टीका सझहत फ्रान्सेस्का झफ्रमेन्टल (Francesca Fremantle) र छोग्याम ठुङ ् पा ररन्पोछे (Chogyam Trungpa Rinpoche) ले गनुयभएको झथयो । यो ग्रन्थ शम्भाला ड्रगोन एझडशन लण्डनबाट सन् 1987 मा “THE GREAT LIBERATION THROUGH HEARING IN THE BARDO BY GURU RINPOCHE” (र्द ग्रेट झलब्रेशन थ्रु झहयररङ

लन्डनमा १५औं नेपाली मेला तयारी पुरा : प्रेषमीट सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। २५ अगस्त २०२४ आउंदो आइतबार लन्डनमा हुने नेपाली मेलाको १५ औं संस्करणको  मेला तयारी पूरा भएको छ। नेपाली मेलाको आयोजक तमुधिं यूकेले मिचेटस्थित आफ्नै भवनमा आज एक पत्रकार सम्मेलन गरि मेलाबारे जानकारी दिएको हो।२५ अगस्त २०२४ मा Kemton Park Race Course Middlesex TW16 5AQ मा मेला बिहान १० देखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। मेलामा साढे ७ हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ । तमुधिं यूके अध्यक्ष हरि गुरुङले मेला सबै बेलायतवासी नेपालीमा लक्षित भएकाले सहभागी भइदिन समस्त नेपालीमा अपिल गरेका छन् । यसपटक मेलामा केही फरकपन दिने लक्ष्य अनुरुप फरक झांकी,रुट,स्टेज आदि परिवर्तन गरिने बताएका छन। उहाले दूतावास,तमुर्धिं यूके र विभिन्न संघसंस्थाहरुको सहकार्यले मेलाले वृहत रुप लिइसकेको प्रेषमीटमा बताउनु भयको थियो। मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले यसपटक मेलामा विभिन्न मौलिक झांकी र नृत्यका लागि बेलायतस्थित ४२ नेपाली संघसंस्थाहरुले सहभागिता जनाउने बताए ।उत्कृष्ट झांकी र नृत्य प्रस्तुत गरी प्रथम हुने समूहलाई नेपाली राजदूतावास लण्डनले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्रदान गरिने छ भने रनर अपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउण्ड, सर्टिफिकेट एवं मेडल प्राप्त गर्नेछ।यस्तै गरी झांकीमा वा नृत्यमा मात्र उत्कृष्ट प्रदर्शन गर्ने पहिलो समूहलाई ५०० पाउण्ड, रनरअपलाई ३०० पाउण्ड र सेकेन्ड रनरअपलाई २०० पाउण्ड नगद सहित सर्टिफिकेट एवं मेडल प्रदान गरिने योजना प्रेषमीटमा खुलाईएको थियो।एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउण्ड पनि प्रदान गरिने समाचार प्राप्त भयको छ। मेलामा नेपाली खाना,हस्तकला,पोशाक,गरगहना,खाद्य सामग्री जस्ता विभिन्न नेपाली उत्पादनका ५० वटा व्यापारिक स्टल रहने र स्टल बुक गर्ने समय रहेकोले अझ अरु बढ्ने आशा गरिएकोछ। मेलाले स्थानीय समुदायमा नेपालीकला,संस्कृति,रहन सहन र भेषभूषा दोश्रो पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखेको कुरा प्रस्तुतिका क्रममा कार्यक्रम संयोजक गुरुड्गले उल्लेख गरेका थिए। कार्यक्रममा अर्को आकर्षणको रुपमा राफल ड्र मा ३००,२०० र १०० पाउण्डको पुरस्कार पनि समावेश छ। मेला हेर्न आउने १२ वर्षमाथिका वयस्कलाई ५ पाउण्ड,कार पार्किङ ५ पाउण्ड र १२ वर्ष मुनीकालाई निशुल्क प्रवेश व्यवस्था मिलाइएको छ। आपतकालिन अवस्थामा प्राथमिक उपचार र सुरक्षा व्यवस्था मिलाइएको सो मेलाको

सांसद टोनी भोनको नेपाली समुदायका सदस्यहरुसंग भेटघाट

GNNNEWS- लन्डन -फोक्सटोन तथा हाइथका नवनिर्वाचित सांसद टोनी भोनले नेपाली समुदायका सदस्यहरुसंग भेटघाट गरेका छन्। गत ८ अगष्टका दिन  सांसद भोनले  फोक्सटोन नेप्लिज कम्युनिटीको निमन्त्रणामा  फोक्सटोन नेप्लिज कम्युनिटी सेन्टरको भ्रमण गरे। उक्त अवसरमा सांसद भोन तथा उनका चिफ अफ स्टाफ टिम मोर्गनलाई कम्युनिटीका सदस्यहरुले खादा लगाएर स्वागत गरेका थिए।     स्वागत समारोहमा  फोक्सटोन नेप्लिज कम्युनिटीका अध्यक्ष सेवा निवृत्त क्याप्टेन राम बहादुर पुनले आफ्ना सदस्यहरुको हितका लागि  समाजले गरिरहेका कामहरुबारे जानकारी गराए।  उनले उत्साहका साथ नेपाली चाडबाडहरु मनाउनुका साथै  समाजका सदस्यहरुलाई सक्दो सहयोग गर्दै आएको बताए।     उक्त अवसरमा लेबर पार्टीबाट नवनिर्वाचित सांसद भोनले  फोक्सटोन नेप्लिज कम्युनिटीले आफ्ना सदस्यहरुको हितका लागि गर्दै आएका  कामको प्रशंसा गरे।  उनले भूतपूर्व गोर्खा तथा नेपालीहरुले स्थानीय  समुदायमा महत्वपूर्ण योगदान पुराइ रहेको बताए। उनले भूतपूर्व गोर्खा तथा नेपाली  समुदायलाई सक्दो सहयोग गर्न आफु तत्पर रहेको पनि जनाए।   उक्त अवसरमा सांसद भोन तथा अध्यक्ष राम बहादुर पुन मगरले न्याशनल लट्रीको इन्सिग्निया संयुक्त रुपमा अनावरण गरेका थिए।   कम्युनिटीको कार्यालय संचालन लगायत अन्य कल्याणकारी कार्यका लागि न्याशनल लट्रीले गत जुलाई २०२४ मा £२३३,६३६.०० अनुदान उपलब्ध गराएकोले सम्मान स्वरुप उक्त निकायको  इन्सिग्निया समाजको कार्यालयमा राखिएको छ। उक्त अवसरमा समाजलाई योगदान गर्ने व्यक्तित्वहरु तथा शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरुलाई प्रशंसापत्र पनि प्रदान गरिएको थियो।  कार्यक्रममा फोक्स्टोनकी पूर्व मेयर काउन्सिलर ज्याकी मीडले  आफ्नो कार्यकालमा फोक्स्टोन नगर तथा पूर्वी नेपालको मेची नगरबीच भगिनी सम्बन्ध कायम गर्न पुरार्येको योगदानको कदर  गर्दै  'टोकन अफ लभ' प्रदान गरिएको थियो।   कार्यक्रमको संचालन अध्यक्ष अध्यक्ष राम बहादुर पुन मगर तथा महासचिव डा महा राईले गरेका थिए।

बीसीसी यूकेमा ३ दिने चिल्ड्रेन समर क्याम्प भब्य सम्पन्न

पुर्ण गुरुड्ग, लन्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) को ३ दिने चौंथो चिल्ड्रेन समर क्याम्प सम्पन्न भएको  छ। गत सोमबार १२ अगष्टदेखि संचालन भएको ३ दिने समर क्याम्प बुधबार सम्पन्न भएको हो। बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिजम, मेडिटेशन,योगा,दैनिक पूजापाठ लगायतको विषयमा जानकारी गराउने उद्देश्यका साथ उक्त क्याम्पको आयोजना गरिएको हो। विभिन्न उमेर समूहका ३७ जना बालबालिकाहरुको  सहभागिता रहेको चिल्ड्रेन समर क्याम्पमा विभिन्न खेलहरु खेलाईएको थियो। त्यस्तै, यसपटक मनोरन्जनका लागि गुम्बा बाहिर स्थानीय विद्यालयमा सुटिङ्ग खेलमा सहभागी गराई मनोरन्जन प्रदान गराइएको थियो। उक्त सुटिङ्ग,खेल तथा कुईज प्रतियोगिताका सहभागी मध्ये उत्कृष्ट बालबालिका तथा समूहलाई पुरस्कार प्रदान गरियो।  बिशेषगरी नेपाली बालबालिकाहरुको सहभागिता रहेको सो क्याम्पमा गुम्बाका धर्म गुरु खेन्पो सेनाङ्ग र लोपेन नर्बुले विभिन्न बिषयमा प्रवचन तथा मेडिटेशन,आमा उपप्रमुख शारदा गुरुङले योगा अभ्यास गराएका थिए। त्यस्तै, संयोजक खुशीमान गुरुङले विभिन्न खेल खेलाउनुका साथसाथै कुईज प्रतिस्पर्धा संचालन र भिडियो सामाग्री प्रस्तुत् गरेका थिए।  उक्त क्याम्पका लागि बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पाले सहभागी बालबालिकाहरुलाई चक्लेट तथा आईसक्रिम,अध्यक्ष हर्कबहादुर गुरुङले खानेपानी र उपाध्यक्ष क्याप्टेन देब घले तथा आमा सचिव तुल्सी घलेले पुरस्कार र चकलेट प्रायोजन गरेका थिए। त्यस्तै,उक्त क्याम्पको सहयोगार्थ सहभागी बालबालिकाका अभिभावकहरुले ५८१ पाउण्ड सहयोग गरेका थिए।  बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न भएको क्याम्पमा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ,संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा,उपाध्यक्ष आङ्गदावा शेर्पा,उपाध्यक्ष क्याप्टेन देब घले,उपाध्यक्ष रोबिन गुरुङ,आमा प्रमुख जगना गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ,निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ,आमा उपप्रमुख शारदा गुरुङ,आमा सचिव तुल्सी घले, सल्लाहकार जंगबहादुर गुरुङलगायत स्वंयसेवकहरुको उपस्थिति रहेको थियो।   उक्त क्याम्पको अन्त्यमा सहभागी बालबालिकाहरुलाई गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्गले प्रमाण पत्र तथा पुरस्कार र लोपेन नोर्बुले खादा लगाई बधाई तथा शुभकामना दिएका थिए। सो अवसरमा संयोजक एवं प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले सबै सहभागी बालबालिका,अभिभावक र गुम्बा स्टाफहरुलाई धन्यवाद दिए। स्मरण रहोस्,बीसीसी यूकेले गत ४ बर्ष देखि प्रत्येक बर्ष समर क्याम्पको आयोजना गर्दै आएको छ।

यसपाली को world Cup कसले जित्ला?