Thursday March 20, 2025

व्यक्तित्व

तमु धीं यूकेले रजत महोत्सव मनाउदै,१ सय १ सदस्यीय मूल समारोह समिति गठन

शीतलपाटीन्युज डटकम। लन्डन। तमु धीं यूकेले आगामी २८ डिसेम्बर २०२४ मा मनाउन लागेको रजत महोत्सवको तयारी तीव्र भएको छ। संस्था स्थापना भएको २५ वर्ष पुगेको अवसरमा तमुधीं यूकेले तमु ल्होछार पर्व मनाउदै गरेको दिनमा रजत महोत्सव समेत मनाउन लागेको हो। २४ अक्टोबर २०२४ मा अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको भर्चुअल जुम बैठकले १ सय १ सदस्यीय रजत महोत्सव मूल समारोह समिति गठन गरी जिम्मेवारी बाँडफाँट र अन्य तयारीलाई थप तीव्रता दिने निर्णय गरेको हे। समितिको सल्लाह सुझाव संयोजकमा तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद कोने गुरुङ, संयोजकमा उपाध्यक्ष कमल कोने गुरुङ छन्। यस वर्षको ल्होछारलाई रजत महोत्सवको रुपमा मनाउने निर्णय गत ११ सेप्टेम्बरमा बसेको तमु धीं यूकेको बैठकले गरेको थियो ।       समितिले विभिन्न जिम्मेवारी बाँडफाँड गरेर तयारी गरिने महासचिव डा विशाल गुरुङले जानकारी गराए । उनका अनुसार रजत महोत्सव क्राइस्ट चर्च एभिन्यू ह्यारो लेजर सेन्टरमा आयोजना हुनेछ। बिहीबारको बैठकमा एनआरएनए आईसीसी सल्लाहकार सूर्य गुरुङ, सोंपाल समाज यूकेका जगदीश गुरुङ,तमु धीं लन्डन इकाइका अध्यक्ष भरत गुरुङ, तमु धीं यूकेका निवर्तमान अध्यक्ष तथा एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङ,पूर्वअध्यक्ष रामचन्द्र गुरुङ,मेजर कृष्ण गुरुङ, लेफ्टेन नारायण गुरुङ,ट्रस्टी एकेन्द्र गुरुङ, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ,क्याप्टेन देव घले लगायतले रजत महोत्सव र तमु ल्होछारलाई भव्य र सभ्य बनाउने विषयमा आआफ्ना धारणा राखेका थिए।       नेपालबाट आउने कलाकारको प्रस्तावित नाम आइसकेकोले अन्तिम निर्णय सांस्कृतिक सचिवको टिमले गर्ने अध्यक्ष हरि गुरुङले जानकारी दिएका थिए। यस्तै रजत महोत्सवमा सहभागी हुने सबैलाई गुरुङ मौलिक ड्रेस लगाउन समेत तमु धीं यूके बैठकले आग्रह गरेको छ।    यसैगरी,ट्रस्टी एकेन्द्र गुरुङले रजत महोत्सव सम्बन्धी लेखेको गीत बैठकमा सुनाईएको थियो भने गीतकार एवं संस्थाका ट्रस्टी एकेन्द्र गुरुङलाई रजत महोत्सवको गीत लेख्ने जिम्मा दिइएको थियो। संस्थाको मुखपत्र फ्रेंसी (स्मारिका) को यस वर्ष विशेषांक निकाल्ने निर्णय पनि बैठकले गरेको अध्यक्ष गुरुङले जनाउनु भएको थियो।    उपाध्यक्ष कमल गुरुङले स्मारिका प्रकाशन तत्परता देखाउदै गर्ने गरी लेख,रचना  समयमै संकलन गरी संयोजकलाई दिन आग्रह गरेका रजत महोत्सवमा संसार भरका सम्बन्धित संघसंस्थाका अध्यक्षहरुलाई निमन्त्रणा

२४ औं संस्करणको आहारारा गोल्डकप पोखरा रंगशालामा माघ २२ देखि

शीतलपाटीन्युज डटकम। पोखरा । २४ औं सस्करणको आहा ! रारा पोखरा गोल्डकप माघ २२ गते देखि सुरू हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुने मोफसलको चर्चित फुटबल प्रतियोगिता आयोजना गर्न माघ २२ गते देखि सुरू गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्विकृत दिएको हो । फागुन ३ गते शनिबार सम्म आयोजना हुने आहा ! रारा पोखरा गोल्डकपमा आयोजक सहारा क्लब,राष्ट्रिय ‘ए’ डिभिजनका क्लबहरु, विभागिय टोली नेपाल आर्मी क्लब,नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीको एपिएफ क्लब लगायत विदेशी क्लबहरुको सहभागिता हुँदे आएको छ । गत २३ औं सस्करणमा नेपाल आर्मीले थ्रिस्टार क्लबलाई पारजित गर्दै उपाधि जितेको थियो। २३ औं सस्करण माघ ९ देखि २० गते सम्म सञ्चालन भएको थियो। आहा ! रारा पोखरा गोल्डकप नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन हुने प्रतियोगिता मध्येको एक हो। साभार-पोखरा स्पोर्टस ।

साहारा क्लव अष्ट्रेलियाको अध्यक्षमा सिध्दार्थ पौडेल चयन

शीतलपाटीन्युज डटकम अष्ट्रेलिया। सहारा क्लब अष्ट्रेलियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। संस्थापक अध्यक्ष राजमान थकालीको हालै असामयिक निधनसँगै पद रिक्त रहेको थियो।   सहारा क्लब पोखराका पूर्वसदस्यसमेत रहेका सिद्धार्थ पौडेल पोखरा बाघमाराका हुन्। समिति उपाध्यक्षमा सन्तोष पाण्डे र पुस्कल थकाली चुनिएका छन। सचिवमा जेसिका तामाङ, सहसचिवमा अनन्त गुरुङ, कोषाध्यक्ष कल्याण खड्का र सहकोषाध्यक्ष गौरव बराल चयन भएका छन। कार्यसमिति सदस्यमा नीराजन श्रेष्ठ,रजनी गुरुङ,सूर्य खनाल र ईश्वर पहारी छन् । प्रवक्तामा मदन कोइराला र सहप्रवक्तामा अवानी पौडेल चुनिए।  तास्मेनिया ज्ञानेन्द्र गौतम,पर्थ कोअर्डिनेटर सुवास श्रेष्ठ, भिकटेारीया सज्जन शर्मा, क्विनलाईन  रेामन शाही चयन भएका छन।    नवनिर्वाचित अध्यक्ष सिद्धार्थ पौडेलले सहारा अष्ट्रेलिया कपलाई निरन्तरता दिने तथा क्लबका राम्रा कार्यलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन। उनले सहारा क्लब अष्ट्रेलियालाई सिड्नीमात्र नभई अष्ट्रेलियाभर बिस्तार गर्ने योजना सुनाएका छन्। सहारा क्लब पोखराका विदेश शाखामध्ये अष्टेलिया पनि एक हो।    सहाराको बिदेश शाखा मध्ये सहारा हङकङ र सहारा युके बिस्तार भै सकेको छ। फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लब पोखराले सहारा फुटबल एकेडेमी एकेडेमी संचालन गरी आर्थिक स्थिति कमजोर तथा कठिन परिस्थितिका बालकहरुलाई आवासीय सुविधासहित शिक्षा,दीक्षा,स्वास्थ्य र फुटबल प्रशिक्षण दिँदै आएको छ।

एमबिई हरि बुढा मगर युकेको “प्रेरणा अवार्ड २०२४” र “बिशेष मान्यता अवार्ड २०२४” बाट सम्मानित

शीतलपाटीन्युज डटकम। लण्डन। विश्वको सबै भन्दा अग्लो ८८४८ मीटरको सगरमाथा हिमाल चढेर कीर्तिमानी कमाएका आरोही तथा पूर्वगोर्खा सैनिक हरि बहादुर बुढा मगर (एमबीई)ले यूकेको दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेका छन्। ' मगरले सोल्जरिङ अन अवार्ड २०२४ मा “प्रेरणा अवार्ड २०२४” र प्राइड अफ ब्रिटेन अवार्ड २०२४ मा “विशेष मान्यता अवार्ड २०२४" विजेता बनेर दुईवटा अवार्ड प्राप्त गरेका हुन्।पश्चिम नेपालको दुर्गम जिल्ला रोल्पामा जन्मेका हरि बहादुर बुढा मगर साहसी भएका हुन। १९ वर्षको उमेरमा ब्रिटिस सेनाको गोर्खा ब्रिगेडमा भर्ती भएका उनी पाँच महाद्वीपमा १५ वर्ष सेवा गरेका छन। सन् २०१० मा अफगानिस्तानमा ब्रिटिस सेनाका तर्फबाट शान्ति स्थापनार्थ खटिएर जिम्मेवारी बहन गर्दै गर्दा पेट्रोलीड्गका क्रममा अचानक विद्रोहीहरूले थापेको विद्युतीय धराप एम्बुसमा पर्दा आईईडी विस्फोटमा परेर उनले दुबै गोडा गुमाएका थिए। घटनापछि मानसिक तनावलाई हरिले आफ्नो जीवनलाई पुनर्निर्माण गर्ने निधो गरे। त्यसपछि उनले कायकिङ, प्याराग्लाइडिङ,स्कीइङ,पौडी खेल्नेसहितका चुनौतीपुर्ण अभ्यास गर्न थाले। सगरमाथामा मानव पाइला राखेको ७०औँ बर्ष पुगेको बर्षगाँठलाई समात्दै १९ मे २०२३ मा ८८४८ मीटरको सरगमाथाको सफल आरोहण गरेर दुवै घुँडामाथि खुट्टा नभएका पहिलो व्यक्ति बन्ने ऐतिहासिक उपलब्धि हासिल गरेर इतिहास रचे। उनले नेपाल सरकारले लगाएको अपांगता भएका व्यक्तिको आरोहण प्रतिबन्ध हटाउन कानूनी लडाइँ लडेर असमानता विरुद्धको कानूनी संघर्ष जितेका थिए। त्यसपछि कृत्रिम खुट्टाको डिजाइन निर्माण गरेर आफ्नो अभियानको लागि आवश्यक कोष जुटाएका थिए। सोल्जरिङ अन अवार्ड २०२४' अक्टोबर १६ मा वेस्टमिन्स्टरको पार्क प्लाजा होटलमा आयोजित गरिएको थियो। जहाँ हरिलाई 'विशेष प्रेरणा अवार्ड' प्रदान गरियो । धेरै प्रतिस्पर्धीमध्ये फाइनल पुगेका तीन फाइनालिष्टमध्ये हरिले यो अवार्ड प्राप्त गरेका थिए। यो अवार्ड सशस्त्र बल समुदायमा रहेका व्यक्तिलाई दिने चलन छ। जसले कठिनाइ पार गरेर अरूलाई प्रेरित गरेका हुन्छ। हरिको सगरमाथाको सफल आरोहण र प्रेरणादायी यात्रा यस अवार्डको प्रमुख कारण थियो । अक्टोबर १९ साँझ सम्पन्न 'प्राइड अफ ब्रिटेन अवार्ड २०२४'मा हरिलाई 'विशेष मान्यता अवार्ड' प्रदान गरियको थियो, जुन यूकेका नचिनिएका नायकको सम्मान गर्न आयोजित कार्यक्रम हो। यो पुरस्कार उनलाई अपांगता अधिकारको पक्षमा लड्न र भौतिक सीमाहरूले कसैको सपना पूरा गर्न रोक्न

एभरेष्ट हिमाल आरोहण गरी किर्तीमानी कमाएका हरि बुढा मगर एमबीई यूकेमा २ प्रतिष्ठित अवार्डद्वारा सम्मानित

शीतलपाटीन्युज डटकम। लण्डन। विश्वको सबै भन्दा अग्लो ८८४८ मीटरको सगरमाथा हिमाल चढेर कीर्तिमानी कमाएका आरोही तथा पूर्वगोर्खा सैनिक हरि बहादुर बुढा मगर (एमबीई)ले यूकेको दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेका छन्। ' मगरले सोल्जरिङ अन अवार्ड २०२४ मा “प्रेरणा अवार्ड” र प्राइड अफ ब्रिटेन अवार्ड २०२४ मा “विशेष मान्यता अवार्ड” विजेता बनेर दुईवटा अवार्ड प्राप्त गरेका हुन्।पश्चिम नेपालको दुर्गम जिल्ला रोल्पामा जन्मेका हरि बहादुर बुढा मगर साहसी भएका हुन। १९ वर्षको उमेरमा ब्रिटिस सेनाको गोर्खा ब्रिगेडमा भर्ती भएका उनी पाँच महाद्वीपमा १५ वर्ष सेवा गरेका छन। सन् २०१० मा अफगानिस्तानमा ब्रिटिस सेनाका तर्फबाट शान्ति स्थापनार्थ खटिएर जिम्मेवारी बहन गर्दै गर्दा पेट्रोलीड्गका क्रममा अचानक विद्रोहीहरूले थापेको विद्युतीय धराप एम्बुसमा पर्दा आईईडी विस्फोटमा परेर उनले दुबै गोडा गुमाएका थिए। घटनापछि मानसिक तनावलाई हरिले आफ्नो जीवनलाई पुनर्निर्माण गर्ने निधो गरे। त्यसपछि उनले कायकिङ, प्याराग्लाइडिङ,स्कीइङ,पौडी खेल्नेसहितका चुनौतीपुर्ण अभ्यास गर्न थाले। सगरमाथामा मानव पाइला राखेको ७०औँ बर्ष पुगेको बर्षगाँठलाई समात्दै १९ मे २०२३ मा ८८४८ मीटरको सरगमाथाको सफल आरोहण गरेर दुवै घुँडामाथि खुट्टा नभएका पहिलो व्यक्ति बन्ने ऐतिहासिक उपलब्धि हासिल गरेर इतिहास रचे।  उनले नेपाल सरकारले लगाएको अपांगता भएका व्यक्तिको आरोहण प्रतिबन्ध हटाउन कानूनी लडाइँ लडेर असमानता विरुद्धको कानूनी संघर्ष जितेका थिए। त्यसपछि कृत्रिम खुट्टाको डिजाइन निर्माण गरेर आफ्नो अभियानको लागि आवश्यक कोष जुटाएका थिए। सोल्जरिङ अन अवार्ड २०२४' अक्टोबर १६ मा वेस्टमिन्स्टरको पार्क प्लाजा होटलमा आयोजित गरिएको थियो। जहाँ हरिलाई 'विशेष प्रेरणा अवार्ड' प्रदान गरियो । धेरै प्रतिस्पर्धीमध्ये फाइनल पुगेका तीन फाइनालिष्टमध्ये हरिले यो अवार्ड प्राप्त गरेका थिए। यो अवार्ड सशस्त्र बल समुदायमा रहेका व्यक्तिलाई दिने चलन छ। जसले कठिनाइ पार गरेर अरूलाई प्रेरित गरेका हुन्छ। हरिको सगरमाथाको सफल आरोहण र प्रेरणादायी यात्रा यस अवार्डको प्रमुख कारण थियो । अक्टोबर १९ साँझ सम्पन्न 'प्राइड अफ ब्रिटेन अवार्ड २०२४'मा हरिलाई 'विशेष मान्यता अवार्ड' प्रदान गरियको थियो, जुन यूकेका नचिनिएका नायकको सम्मान गर्न आयोजित कार्यक्रम हो। यो पुरस्कार उनलाई अपांगता अधिकारको पक्षमा लड्न र भौतिक सीमाहरूले कसैको सपना पूरा गर्न रोक्न हुँदैन भन्ने

गोर्खा मिडीया युकेले मनायो समाचार,सम्मान र आर्थिक पुरष्कार दिदै चौथो बार्षिक उत्सब

शीतलपाटीन्युज डटकम। लन्डन। गोर्खा मिडिया यूकेले संचालनको छोटो समयमै लोकप्रियता हासिल गर्दै बिभीन्न लोकप्रिय कार्यक्रम प्रस्तुत गर्दै चौथो वार्षिकोत्सव मनाएको छ। आइतबार २० अक्टोबर २०२४ का दिन अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा एउटा विशेष समारोहको आयोजना गरी गोर्खा मिडियाको चौथो वार्षिकोत्सव मनाएको हो।     नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष विमला सेने प्रमुख अतिथि रहेको सो कार्यक्रम गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको सभापतित्वमा भएको थियो।  हेल्थ एण्ड सेफ्टी ब्रिफिड्ग गर्दै गोरखा मिडियाका सह सम्पादक प्रकास गुरुड्गले संचालन गरेको सो कार्यक्रममा प्रमुख अतिथि बिमला सेने,प्रबन्ध निर्देशक मीलन तमु गुरुड्गले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए। गुरुङले सञ्चालन गरेको कार्यक्रममा गोरखा मिडियाका सल्लाहकार तथा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र सल्लाहाकार एकेन्द्र गुरुड्गले स्वागत मन्तव्य राख्नु भएको थियो।   उक्त अवसरमा विभिन्न क्षेत्रबाट समाजलाई योगदान पुर्‍याउने ६ जना समाजसेवी तथा प्रेरक व्यक्तित्वहरूलाई खादा,दोसल्ला,मायाको चिनो, नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो।  कर्मभूमि बेलायतमा रहेका तमु धीं यूकेका अध्यक्ष तथा समाजसेवी हरि गुरुङ,तमु समाज यूकेका निवर्तमान अध्यक्ष तथा समाजसेवी शिवकुमार गुरुङ,युवा व्यवसायी धन तामाङ र मिस यूके नेपाल २०१७ की उपाधि विजेता सिर्जना गुरुङलाई सम्मान गरिएको थियो। यस्तै नेपालमा रहेका दुई जना वरिष्ठ कलाकारलाई पनि गोर्खा मिडियाले नगदसहित पुरस्कार दिने घोषणा गरेको छ। लोकगायिका लमजुङकी मायादेवी थापा गुरुङ र कास्कीका अभिनेता गमबहादुर गुरुङ जनही १५ हजार रुपैयाँ प्रदान गरिने भएको हो। उनीहरु नेपालमा रहेकाले निकट समयमै अर्को कार्यक्रम मार्फत सम्मान प्रदान गरिने गोर्खा मिडियाका डारेक्टर गुरुड्ग जनाउनु भएको थियो।   कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेनेले पत्रकारहरूले संवेदनशील भएर समाचार सम्प्रेषण गर्न परिरहेको अवस्थामा गोर्खा मिडियाले छोटो समयमा नै बेलायतमा देखि संसारभरका नेपालीमाझ छुट्टै पहिचान  बनाउन सफल भएको बताउनु भयको थियो।  गोर्खा मिडियाले गरेको प्रगति बेलायतवासी नेपाली समुदायको पनि प्रगति भएको सम्मानित व्यक्तित्व तथा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले बताउनु भयको थियो। गोर्खा मिडियाले अझै ठूलो सफलताका साथ सयौँ वार्षिकोत्सव मनाओस भन्दै उहाले कामना गर्नु भएको थियो। सम्मानित व्यक्तित्व तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले गोर्खा

बीसीसी युकेद्धारा मेयर हर्क साम्पाङको स्वागत तथा सम्मान

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बेलायत भ्रमणमा रहेका धरान उपमहानगरपालिका मेयर हर्क राज साम्पाङ राईलाई स्वागत तथा सम्मान गरेको छ । आइतबार २० अक्टोबरका दिन बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायतले खादा लगाई स्वागत तथा सम्मान गरिएको हो ।  दुई बर्ष अघि सम्मान स्थानीय निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमालेलगायत दलका उमेद्वारहरुलाई पछि पार्दै स्वतन्त्र उमेद्वार हर्क साम्पाङ अत्याधिक बहुमतले मेयर पदमा विजयी भएका थिए । आफ्नो पदभार सम्हालेदेखिनै जनताका समस्यालाई प्राथमिकतामा राखी नगर विकासमा खरो उत्रन सफल मेयर साम्पाङलाई बीसीसी युकेले स्वागत तथा सम्मान गरेको हो। कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले बीसीसी युकेको स्थापना, यसले भक्तजनहरुलाई दिदै आएको विभिन्न सेवाको जानकारी गराउँदै मेयर साम्पाङलाई न्यानो स्वागत गरे । सो अवसरमा अध्यक्ष गुरुङले मेयर साम्पाङले संचालन गर्दै आएका विभिन्न प्रोजेक्टका लागि एक लाख रुपैया सहयोग प्रदान गरे । उक्त स्वागत कार्यक्रममा मेयर साम्पाङले दीप प्रज्ज्वलन गर्दै पवित्र ठाउँमा गर्न पाएको महत्वपूर्ण भेटघाट र पाएको समय तथा सम्मानका लागि बीसीसी युकेलाई धन्यवाद दिदैं बुद्धको शिक्षालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।  बीसीसीले गत ३ दिनदेखि संचालन गर्दै फोवा अभ्यासका भक्तजनहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा शेछेन गुम्बाका दोर्जीन लुङ्गरिक रिन्पोछे, बीसीसी गुम्बाका प्रमुख लामा खेन्पो शेनाङ्ग तामाङ्ग,  लोपेन दावा,लोपेन नोर्बु,लामा हर्कजंग, लामा प्रदीपलगायत धर्म गुरुहरुको उपस्थिति रहेको थियो। त्यस्तै, बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा,पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ एमबीई, पूर्व अध्यक्ष नरेश गुरुङ,पूर्व अध्यक्ष धर्म तामाङ्ग,बीसीसी युके लण्डन शाखा प्रमुख गोपाल तामाङ्ग, पूर्व आमा प्रमुख पुष्प गुरुङ,पूर्व आमा प्रमुख उर्मिला गुरुङलगायत आमाहरु, सल्लाहकार तथा पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।  बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बीसीसी युकेका महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए। स्मरण रहोस्,बीसीसी युकेले ३ हप्ता अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन,प्रवक्त ज्ञानेन्द्र शाहीलगायतलाई समेत स्वागत तथा सम्मान गरेका थिए।

तमुधीं लण्डन इकाईका प्रमुख संरक्षक र ट्रष्टी तमु आदर्श ऐवार्ड २०२४ बाट बिभूषित।

शीतलपाटीन्युज डटकम। लण्डन। १९ अक्टोबर २०२४ शनिबार एम्पायर हल अल्डरसर्टमा तमुधीं यूकेका अध्यक्ष हरि गुरुडङको अध्यक्षतमा बरिष्ठ ऊपाध्यक्ष जुमकाजी गुरुङको संयोजकत्वमा आयोजित तमुधीं यूके आजीवन सदस्य रात्रीभोज कार्यक्रम भव्य सम्पन्न भयो। सो आजीवन सदस्य डिनर नाइट वेलायतका लागि  नेपाली राजदूतावास लण्डनको  ऊपानियोग प्रमुख अथित्यतामा भब्यताको साथ सम्पन्न भयो। तमुधी यूकेले आयोजना गर्ने बृहत कार्यक्रमहरु मध्य तमुधीं यूकेको आजीवन सदस्य बार्षिक रात्रीभोज कार्यक्रम पनि एक महत्वपूर्ण हो। हरेक बर्ष शरद ऋतु महिनामा आयोजना गरिने यस रात्री भोज कार्यक्रमको मुख्य ऊदेश्य संस्थामा नयां आजीवन सदस्यहरुलाई संस्थागत स्वागत गर्ने, संस्था र समुदयमा तल्लिन सकृय भई सहयोग र साथ गर्नु हुने,बिशेष नव पिडिका यूवा यूवतीहरुलाई आकर्षण गरि संग्लनता गराऊने, हौसला दिलाऊने पनि यस कार्यक्रमको मुख्य ऊदेश्य हो। हरेक बर्ष भरि संस्थालाई सहयोग गर्ने सबै सदस्यहरुलाई धन्यवादको साथमा दिईने रात्रीभोज कार्यक्रममा संस्था र समुदाय प्रति बिशेष योगदान गर्नुहुने  ब्यक्तिको जीवन्त योगदानहरुको कदर गरि अर्पण गरिने तमु र तमुस्यो “आदर्श ऐवार्डबाट“ सम्मान गर्ने परम्परा पनि रहॅंदै आईरहेको छ। तमुधीं यूके र तमुधीं लण्डन इकाई स्थापना काल देखी र अन्य धेरै संस्थाहरुको नेतृत्वमा रहि समाजसेवी गर्नु हुने तमुधीं लण्डन इकाईका प्रमुख संरक्षक खुशीमान गुरुङ,ट्रष्टी क्या.रि.प्रेम बहादुर गुरुङ,दुईजना बरिष्ठ समाजसेवी तमुधीं यूकेबाट अर्पण गरिने “तमु आदर्श ऐवार्ड २०२४ बाट बिभूषित हुनु भएको छ।   रि.क्या.प्रेम बहादुर गुरुङ गण्डकी प्रदेश स्यांज्जा जिल्ला आंधिखोला गाऊॅंपालिका माझकेटरी गाऊॅंको बासीन्दा हुनुहुन्छ र सोंपाल समाज यूकेका पूर्व अध्यक्ष एवं ट्रष्टी,तमुधीं लण्डन इकाईका ट्रष्टी हाल लण्डन ग्रिनफोर्डमा आफ्नो धरमपत्नी श्रीमती रत्न कुमारी गुरुङ साथै परिवारको साथ बस्दै आई रहनु भएको छ। त्यसैगरि खुशीमान गुरुङ ऊहांको धर्मपत्नी श्रीमती मिना कुमारी गुरुङ गण्डकी प्रदेश गोरखा जिल्ला सिरानचोक गाऊॅंपालिका तीन काऊले गाऊॅंका बासिन्द हुनुहुन्छ,गोरखा जिल्ला समाज यूकेको पूर्व अध्यक्ष,(TBCUK) थालाजुडं कम्यूनिटि सेन्टर यूकेका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक हुनुहुन्छ र तुमधीं लण्डन इकाईका प्रमुख संरक्षक हुनुहुन्छ। ऊहांहरुको योगदानको कदर गरि सम्मानित हुनु भएको यस खुशीको अवसरमा हजारौं नेपालीहरुको प्रेरणाको श्रोत बन्ने र समाजसेवी प्रति  प्रेरित हुने सकरात्मक बिम्वा सहितको ऊर्जा थप्ने पूर्ण बिश्वास्त

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेको अल्डरसटमा कार्यालय उदघाटन

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालीहरुको घनाबस्ती र नेपाली राजधानी मानिने भिक्टोरिया रोड अल्डरसटमा ग्रेटर रसमूर नेप्लिज कम्युनिटी यूकेको नयाँ कार्यालय भब्य उपस्थितीका साथ उद्घाटन भएको छ।  १९ अक्टोबर २०२४ मा एक समारोह बीच स्थानिय सांसद एलेक्स बेकर,रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा कामुनारा र नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङले रिबन काटेर उद्घाटन गरीएको थियो।  ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङको सभापतित्वमा भएको सो उदघाटन कार्यक्रम शिव मन्दिरका पण्डित र बौध्द गुम्बा युकेका लामागुरुले स्वस्ति वाचन गरेका थिए।  सचिव सुनिल रानाले  सञ्चालन गरेको सो कार्यक्रममा स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएको थियो।महासचिव सुशीला थापाले पावर प्वाइन्ट प्रेजेन्टेसन संस्थाबारे जानकारी गराएकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष विशाल गुरुङले राखेका थिए।  कार्यक्रममा स्थानिय सांसद एलेक्स बेकर,रसमूर बोरो काउन्सिलका मेयर काउन्सिलर मारा कामुनारा,काउन्सील लिडर काउन्सिलर ग्यारेथ विलियम्सले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रममा उपस्थित सबैलाई अध्यक्ष गुरुङले धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए। ग्रेटर रसमोर नेपाली कम्युनिटीले भिक्टोरिया रोडमा भाडाको भवनमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो। रसमूर बरो काउन्सिलभित्र बसोबास गर्ने नेपालीहरूलाई संगठित गर्ने र सरल रुपमा सेवा पुर्याउने उद्देश्यले सन् २००३ मा जीआरएनसीको स्थापना भएको हो। स्थानिय सासंद,मेयर,काउन्सील लिडर,कन्ट्री काउन्सीलर एलेक्स क्राउफोर्ड, नेपाली काउन्सीलर धन बहादुर सार्की,डिपुटी लिडर सोफिया,उपस्थित कार्यक्रममा ग्रेटर रसमोर नेपाली कम्युनिटीका पुर्व अध्यक्षहरु, सल्लाहाकारहरु,उपाध्यक्षहरु,कार्यसमिती पदाधिकारीहरु,शुभचिन्तकहरु,स्थानिय समाजसेबीहरु,गोर्खा मिडीयाका डाइरेक्टर मीलन तमु गुरुड्ग,शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी,नेपालसमाचारकी गोमा रानाको समेत उपस्थिती रहेको थियो।

पोखराका पुर्व प्रदेंश सांसद,पोखरा महानगरपालिका पुर्व मेयर कृष्ण थापालाई लण्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। फानबोरो, लण्डन। पोखरा उपत्यका र छिमेकी जिल्लाबाट बेलायत आई बसोबास गरेका सामाजीक ब्यक्तित्वहरुले पोखराका एक सफल राजनितिज्ञ,पुर्व प्रदेंश सांसद,पोखरा महानगरपालिका पुर्व मेयर कृष्ण थापालाई लण्डनमा भब्य स्वागत गरेको समाचार छ। बेलायतमा थापालाई Meet & Greet गर्ने संस्थाहरुमा पोखरासंग सम्बन्धित साहारा युके,तमुधि युके, बगर भाईखलक युके र पोखरेली मंच युके रहेको छ। फानबोरो स्थित एनआरएन युकेका पुर्व अध्यक्ष सुर्य गुरुड्गको गोरखा प्यालेसमा भएको उक्त कार्यक्रम भब्य भएको थियो।  साहारा युकेका अध्यक्ष कृष्ण गुरुड्ग,तमुधि युकेका बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुड्ग,बगरभाई खलकका उपाध्यक्ष ओम गुरुड्ग,पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्ग समेतले थापालाई खादा लगाई स्वागत गरीएको थियो।  तमुधी युकेका उपाध्यक्ष कमल गुरुड्गले स्वाग गर्दै शुरु भयको स्वागत कार्यक्रममा एनआरएन युकेका पुर्व अध्यक्ष सुर्य गुरुड्ग,बुध्दीजीवी भक्त गुरुड्ग,साहारा युकेका पुर्व अध्यक्षहरु द्वय कुमार गुरुड्ग,कुसाड्ग गुरुड्ग र उपाध्यक्ष शारदा गुरुड्ग, तमुधि युकेका पुर्व अध्यक्ष रामचन्द्र गुरुड्ग, उपाध्यक्ष एवम बगरभाई खलक युकेका उपाध्यक्ष कमल गुरुड्ग,बगर भाई खलक युकेका संस्थापक अध्यक्ष चन्द्रमान गुरुड्ग,पोखरेली मंचका उपाध्यक्ष पवित्र गुरुड्ग समेतको उपस्थिति थियो। साहारा युके,तमुधि युके,बगर भाई खलक युके र पोखरेली मंच युके समेतका सल्लाहाकारहरु, कार्यसमिती सदस्यहरु,पदाधिकारीहरु , कलाकारहरु कला लम्साल, राजन गुरुड्ग समेत उपस्थित सो कार्यक्रममा पोखरामा पर्यटन र खेल पर्यटनको बिकासका बारेमा चर्चा भएको थियो। पोखराको समग्र बिकासमा पोखराबाट बेलायत आई बसेका पोखरेलीहरुले गरेको आर्थिक सहयोगको चर्चा भएको थियो। माथि उल्लेखित पोखरा सम्बन्धित बेलायती नेपाली संस्थाहरुलाई थापाले धन्यबाद दिनु भएको थियो। आफु मेयर भएका बखत अमेरिका,जापान,युके जस्ता देसको भ्रमण गर्दा त्यस ठाउको बिकास नमुना अनुसार पोखरामा पनि लागु गरेको आफ्नो अनुभव सुनाउनु भएको थियो। यस पुर्व लामो समय देखि बेलायतमा रहेका पोखराको सहयोगी साहारा युके,तमुधि युके,बगर भाई खलक युके र पोखरेली मंच युकेले पोखरा म्याराथन,आहारारा गोल्डकप र बगर भाईखलक फुटबल सम्पन्न गर्न आर्थिक सहयोग,खेल सामाग्री सहयोग गरेको र पोखरा साहारा एकेडमी पनि निर्माण गरेको समाचार छ।

जेनेस सलुशनले नाइजेरियामा खोल्यो आफ्नो कार्यालय

GNNNEWS- काठमाडौँ ।बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशनले नाइजेरियामा आफ्नो कार्यालयको औपचारिक सुरुवात गरेको जनाएको छ। नाइजेरियाको लेगोस शहरमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै  नाइजेरियाका लागि बेलायतको व्यवसाय तथा व्यापार मन्त्रालयका राष्ट्रिय निर्देशक मार्क स्मिथसनले  अफ्रिका महादेशमा पहिलो कार्यालय खोलेकोमा जेनेस सलुशनलाई बधाई दिए।     "गत जुन २०२४ मा युकेको सूचना प्रविधि क्षेत्र  १०  खर्ब डलर पुगेको मूल्यांकन गरिएको थियो।  युकेमा १५० वटा 'युनिकर्न' कम्पनीहरु छन्।  नाइजेरियामा तीव्र रुपमा विकास भै रहेको प्रविधि क्षेत्रमा  जेनेस सलुशनको योगदानको हामी स्वागत गर्दछौं," उनले भने।   जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले  अफ्रिकाको सबैभन्दा ठूलो प्रविधि हबको रुपमा रहेको नाइजेरियामा व्यवसाय विस्तार गर्न पाउँदा आफुहरु अत्यन्तै हर्षित भएको बताए।  "संसारकै क्लाउड सेवा प्रदायकहरुले उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ । नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्र्याउन सहज  गरिदिएकाले पनि  हामीले नाइजेरियामा सहकार्य र व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं," उनले भने। जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने जनाएको छ।   जेनेस सलुशनका मुख्य प्रविधि तथा सूचना सुरक्षा अधिकृत निरन्जन कुँवरले अहिले सबैजसो कम्पनीहरुका लागि साइबर सुरक्षाको जोखिम उच्च रहेको बताए।  उनले दीर्घकालिन व्यवसायिक सफलताका लागि साइबर सुरक्षा व्यवस्थापनमा ध्यान दिन सुझाव पनि दिए। बेलायतमा  मुख्यालय रहेको जेनेस सलुशनका नेपाल, बंगलादेश, स्पेन, अमेरिका लगायतका मुलुकहरुमा कार्यालय छन्।  उक्त कम्पनीले नाइजेरियामा आफ्नो दशौँ कार्यालय खोलेको हो।   बेलायतको व्यवसाय तथा व्यापार मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नाइजेरियाली व्यवसायी, सूचनाप्रविधि क्षेत्रसंग आबद्ध उद्यमी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो।

अजय राई अन्तर्राष्ट्रिय ट्रेड युनियनमा निर्वाचित

GNNNEWS- मोरक्को । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडरेशन ४६ औं विश्व कंग्रेसको इलेक्टोरल बैठकले अजय कुमार राईलाई विश्व कार्य समिति सदस्य पदमा पुनः निर्वाचित गरेको छ।  अक्टोबर १३ बाट शुरु भएको  फेडरेशनको बैठकले राईलाई आगामी पाँच वर्ष अर्थात सन २०२९ सम्मका लागि निर्वाचित गरेको हो। विश्व स्तरमा यातायाततर्फको ट्रेड  युनियन क्षेत्रमा क्रियाशील १२८ वर्ष पुरानो उक्त संस्थाले नेपाल ट्रेड  युनियन कांग्रेसका महासचिव राईलाई पुनः निर्वाचित गरेको हो।  फेडेरेशनको सन् २०१८ मा सिंगापुरमा सम्पन्न विश्व कांग्रेसमा  पहिलो पटक नेपालबाट राई नै विश्व कार्य समिति सदस्यमा निर्वाचित भएका थिए।  लण्डनमा मुख्यालय रहेको फेडरेशनको १४९ देशमा सन्जाल छ। करीब दुई करोड सदस्य रहेको फेडरेशनमा नागरिक उडडयन,पानी जहाज,रेल्वे,सडक,बन्दरगाह,पर्यटन,शहरी यातायात गरि नौ क्षेत्रका श्रमिकहरु समावेश छन्।   विश्वभरका ७५० भन्दा बढी श्रमिक संगठनहरु यस फेडरेशनसंग आबद्ध रहेका छन्। फेडरेशनले यातायात क्षेत्रका श्रमिकहरुको लागि विश्वस्तरमा अन्तरराष्ट्रिय श्रमिक संगठन (आईएलओ), आईकाओ जस्ता संस्थाहरुसंग सहकार्य गर्दै  अन्तरराष्ट्रिय कानुन बनाउने,श्रमिक हक अधिकारका लागि गतिविधिहरु सन्चालन गर्दै यातायात श्रमिक संगठनहरुलाई सशक्त बनाउने काम गर्दै आएको छ।   करिब ३२ वर्षदेखि नेपालको श्रमिक आन्दोलनमा क्रियाशील राई नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार समेत हुन् । अनौपचारिक क्षेत्रको श्रमिक युनियन नेपाल यातायात मजदुर संघको तीन कार्यकाल अर्थात १५ वर्ष अध्यक्ष रही राईले सो युनियनको नेतृत्व गरिसकेका  छन् ।  अनौपचारिक क्षेत्रबाट आफ्नो ट्रेड युनियन राजनीति शुरु गरेका राईले पटक पटक विश्वस्तरमा पाइला राख्नु नेपाली श्रमिक आन्दोलनको उपलब्धिको  रुपमा लिनुपर्ने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जनाए।   विश्वभरबाट करिब दुई हजार श्रमिक नेताहरु समावेश रहेको अक्टोबर १३ बाट शुरु भएको प्रत्येक पाँच वर्षमा हुने ४६औं विश्व कंग्रेसको समापन भने अक्टोबर १९ मा हुनेछ। त्यस्तै आगामी पाँच वर्षका लागि ब्रिटिस मूलका स्टिफन कटन तेस्रो अवधिका लागि महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन्  भने निर्वाचित विश्व कार्य समिति सदस्यहरुले अक्टोबर १९ मा अध्यक्षको चयन गर्नेछन्।

सङ्गीता ’स्वेच्छा’ इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिसकी अध्यक्ष नियुक्त

GNNNEWS- लन्डन – साहित्यकार एवं सञ्चारकर्मी डा. सङ्गीता श्रेष्ठ ’स्वेच्छा’ 'कला र शान्तिका लागि अन्तरराष्ट्रिय संगठन  (इन्टरनेशनल एशोसियशन फर आर्टस् एण्ड कल्चर फर पिस) की अध्यक्ष नियुक्त भएकी छिन् । युनिभर्सल पिस फेडरेशन अन्तर्गत सञ्चालनमा रहेको आइएएसीपी एउटा विश्वव्यापी संजाल हो जसले संगीत, नृत्य, चित्रकला, फिल्म र साहित्यजस्ता विभिन्न कलात्मक अभिव्यक्तिहरू मार्फत शान्ति र एकता प्रवर्द्धन गर्ने काम गरिरहेको छ  ।   आफ्नो नयाँ भूमिकामा, डा. श्रेष्ठले आइएएसीपीको मिशनलाई अघि बढाउनका लागि कलाकारहरू, सांस्कृतिक नेताहरू र दूरदर्शी व्यक्तित्वहरूको अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्नेछिन् ।  साथै उनले सहकार्य र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै विश्वव्यापी शान्ति प्रवर्द्धन गर्ने लक्ष्य पनि लिएकी छिन् ।   युनिभर्सल पिस फेडरेशन बेलायतका महासचिव रोबिन मार्शले भने, “डा. श्रेष्ठ जस्तो व्यक्तित्वको नेतृत्वमा यो महत्वपूर्ण पहललाई अघि बढाउन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ।  उहाँको नेतृत्वले आउने वर्षमा पुर्याउने सकारात्मक प्रभावलाई हामी उत्सुकताका साथ पर्खिरहेका छौँ।”   डा. श्रेष्ठलाई युनिभर्सल पिस फेडरेशनद्वारा सन् २०२३ डिसेम्बरमा ‘एम्बेसडर फर पिस’ अवार्डबाट लण्डनमा सम्मानित गरिएको थियो । यो पुरस्कारले शान्तिपूर्ण र दिगो विश्व निर्माणमा उहाँको समर्पणलाई प्रतिबिम्बित गर्दछ ।   “यो भूमिका ग्रहण गर्न पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दैछु र कला, साहित्य तथा संस्कृतिलाई शान्ति निर्माण र आपसी समझदारीको महत्त्वसंगै अगाडि बढाउन निरन्तर प्रयासरत र प्रतिबद्ध छु,” डा. श्रेष्ठले भनिन् । “म युनिभर्सल पिस फेडरेशन बेलायतप्रति यो अवसरका लागि आभारी छु ।"   युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्सँग परामर्शको काम गर्ने विश्वव्यापी संस्था हो । आइएएसीपी जस्ता नेटवर्क र पहलहरू मार्फत फेडेरेसन  विश्वभर शान्ति, एकता र सहयोगलाई प्रवर्द्धन गर्न प्रयासरत छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट केन्द्रीय प्रहरी परिचालन कक्षको उद्‍घाटन

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रम बिच केन्द्रीय प्रहरी परिचालन कक्षको उद्‍घाटन गर्नुभएको छ।  नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी परिचालन कक्षलाई समय सापेक्ष थप सुधार गरी कार्य सम्पादनमा सहजता ल्याउन विभिन्न डेस्कको स्थापना सँगै नयाँ संरचनामा संचालन गर्ने गरी ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उक्त परिचालन कक्षको उद्‍घाटन गर्नुभएको हो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी, सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारी, प्रबन्ध निर्देशनालयका प्रहरी नायव महानिरीक्षक केदार ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । (Nepal Police)

धरानका मेयर हर्क साड्गपाड्गको बेलायत कार्यक्रम बारे केही कुरा

भूमिराज राई, लण्डन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आसन्न युके भ्रमणको चर्चा उत्साहित नेपाली र आयोजकहरूबीच व्यापक रूपमा फैलिएको छ। धरानलाई श्रमदानको माध्यमद्वारा विकास र सुधार गर्न कटिबद्ध मेयर साम्पाङले, चिन्डे डाँडामा सुम्निमा र पारुहाङको मूर्ति स्थापना गर्दै, धरानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन ठूला कदम चालेका छन्। धरानका नागरिकहरूले उनलाई उपमहानगरपालिकाको मेयरमा जिताएदेखि,उनले खानेपानीको अभाव टार्नका लागि असम्भवजस्तो देखिने कोकाहा खोलाको पानी धरानमा ल्याएर जनताको समस्या समाधान गरे। यस कामले उनलाई देश-विदेशमा इमानदार र कर्तव्यनिष्ठ जनसेवकका रूपमा स्थापित गराएको छ। खानेपानी,पार्क निर्माण र वृक्षारोपणका अभियानमा नेपालीहरूको देश-विदेशबाट सहयोग र सहभागिता निरन्तर रहँदै आएको छ। आफ्नो जीवनमा भ्रष्टाचार नगर्ने अठोट लिएका मेयर साम्पाङले यसपटक युके भ्रमणको तयारी गरेका छन्, जहाँ उनले सुम्निमा र पारुहाङ मूर्ति निर्माणका लागि आर्थिक सहयोग संकलन गर्नेछन्। धरान समाज युके यस अभियानको मुख्य आयोजक हो, जसको सहकार्यमा युकेभर विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्। अन्य संघसंस्थाहरूले पनि आर्थिक सहयोगका लागि आफ्नो प्रतिबद्धता देखाइसकेका छन्। युकेका विभिन्न स्थानहरूमा रहेका नेपाली समुदायले मेयर साम्पाङलाई आफ्नो कार्यक्रममा आमन्त्रण गर्ने तयारी गरेका छन्। मेयर कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएकाले उनीप्रति सबैको समर्थन उत्साहजनक देखिन्छ। सामाजिक सञ्जालमा पनि सक्रिय अभियान चलिरहेको छ, जहाँ आयोजकहरूले प्रचारप्रसार गर्दै सहयोग जुटाइरहेका छन्। सामाजिक सञ्जाल र अन्य माध्यमबाट युकेमा हुने कार्यक्रमहरूको व्यापक प्रचार भइरहेको छ र मेयर साम्पाङको आगमनलाई लिएर हिथ्रो विमानस्थलमा नेपाली समुदायको बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ। युके भ्रमण १७ अक्टोबरमा सुरु हुनेछ। मेयर साम्पाङ्ग युके भ्रमणका क्रममा आर्थिक संकलनमा मात्र केन्द्रित नभएर युकेका विभिन्न नगरपालिकाका समकक्षी मेयरहरूसँग भेटघाट, बिकाश निर्माणको जानकारी लिने, विभिन्न पार्टीका साम्सदहरु देखि संसद भ्रमण, युकेका पर्यटकीय स्थानहरु पुग्ने लगायत अन्य गतिविधिहरूमा सहभागी हुनेछन्। मुख्य कार्यक्रमहरूमा १९ अक्टोबरमा फोल्कस्टोनको ग्रान्ड बर्स्टिन होटलमा रात्रिभोज,२२ अक्टोबरमा अल्डर्सट,२५ अक्टोबरमा ह्यारो फुटबल क्लबमा र २७ अक्टोबरमा स्विण्डनमा ३१ अक्टोबरमा चाथाममा कार्यक्रम आयोजना गरिएका छन्। अन्य कार्यक्रमहरू आशफोर्ड, ग्रेज,लन्डन र अन्य शहरहरूमा हुनेछन्। कति कार्यक्रमहरु एकै दिन दुई देखि ३ ठाउँ सम्म रहेका छन। सुम्निमा पारुहाङ मूर्ति निर्माण अभियानका लागि आर्थिक संकलन

अन्तर्राष्ट्रिय पर्वत समाजले दशै, तिहार, छठपर्व २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तर्राष्ट्रिय पर्वत समाजले आगामी अक्टुबर २० तारिखका दिन शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ। विभिन्न पेशा,व्यावसाय र रोजगारी क्रममा विश्वरभर छरिएका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रय पर्वत समाजले नेपालीहरुको महान चाड दशैं,तिहार,छठपर्व र नेपाल सम्वत ११४५ को अवसरमा आगामी कार्तिक ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो । विश्वभर छरिएर रहेका पर्वतेलीहरु बीचमा एकता र भावनात्मक सम्बन्धको विकास गर्न शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको अन्न्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधि आचार्यले बताउनुभयो। उहाँका अनुसार कार्यक्रम अनलाइन (जुम) मार्फत हुने छ। विश्वरभर छरिएका पर्वतेलीहरुले जिल्लाको सामाजिक क्षेत्रमा सहयोग पु¥याउँदै आएका छन्।

बेल्जियममा दुई गैरआवासीय नेपाली स्थानिय निर्वाचनमा निर्वाचित

शीतलपाटीन्युज डटकम। लण्डन। आइतबार बेल्जियममा भएको स्थानीय निर्वाचनमा दुई जना गैरआवासीय नेपालीहरू निर्वाचित भएका छन्। विभिन्न नगरपालिका, जिल्ला, र क्षेत्रहरूमा फरक-फरक पार्टीबाट नेपाली मूलका ११ जना उम्मेदवारहरू मध्ये लुभेन क्षेत्रमा समाजवादी भोअइत पार्टीबाट सूर्य ढकाल र ब्रुजमा सिडिएनभे पार्टीबाट प्रज्ञा तिमल्सिना विजयी भएका हुन्। २५ वर्षीया युवा उम्मेदवार तिमल्सिना कास्की जिल्लाबाट बेल्जियम पुगेकी हुन्। स्थानीय पत्रकार केजीन राईका अनुसार, बेल्जियमको इतिहासमै पहिलो पटक नेपाली समुदायका प्रतिनिधिहरू निर्वाचनमार्फत स्थानीय सरकारमा प्रवेश गरेका हुन्। गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वअध्यक्ष गंगाधर गौतमले स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार विजयी भएपछि नेपाली समुदायले थप फड्को मारेको र यो एक सुखद क्षण भएको बताएका छन्। उनले नेपाली मूलका उम्मेदवारको विजयले नेपाली समुदाय उत्साहित भएको पनि बताए। नेपाली उम्मेदवार भएका अधिकांश क्षेत्रमा, नेपाली उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा हुँदा नेपाली मतदाताहरूलाई कसलाई मत दिने भन्नेमा अलमल भएको थियो। साभार-नेपालब्रिटेन डटकम।

किन रोए आर के त्रिपाठी जोसेफ ब्राउनको कुराले ?

आर के त्रिपाठी लेख्छन् -  लण्डन।नेपाल बारे शुक्ष्म जानाकारी राख्ने आज एक जना Joseph Brown नामका बेलायती राजनितिज्ञसंग नेपालको बारेमा लामो कुराकानी भयो।आज मैले भेट गरि संवाद गरेको Joseph Brown नामको बेलायती विश्वको हरेक कुनाको भ्रष्टाचार बारे जानाकारी लिने,अनुसन्धान गर्ने र विश्व बजारमा कुरा उठाउने गर्दो रहेछन्। Joseph Brown आफैले नेपालको शासकिय र राजनैतिक जवाफदेहिता,पारदर्शिता,नेपालमा कानुनी राज्यले काम नगरेको अवस्था,भ्रष्टाचार अनुसन्धान हुनै नदिने गलत अभ्यास र नेपालको मानव अधिकार बारे लामो कुरा गरे। म र Joseph Brown को दुई घण्टा लामो कुराकानीमा छक्क किन परें भने मलाई भन्दा Joseph Brown लाई नेपालको भ्रष्टाचार र घोटाला बारे शुक्ष्म स्मरण रहेछ। बेलायतीहरु नेपालको शासकिय सुधार प्रति नियालि रहेका रहेछन्।बेलायती नागरिक Joseph Brown को शब्दमा भन्नु पर्दा नेपालमा एकै प्रकृतिको अपराधमा कोहिलाई  जेल र कोही मान्छे घुमिरहेको छन्।एकै फाइल छ,एकै केस छ,कोही मान्छे जेलमा छन्,कोही मान्छे घुमिराखेका छन्।यो कसरी भइराखेको छ नेपालमा? यस्तो व्यवहारले हामी विदेशीलाई आश्चर्यमा पारेका छौ। नेपाललाई हामीले राम्रै रूपमा हेर्ने गर्दथ्यौं तर विगत १० बर्ष देखि नेपाल प्रति हामी विदेशीको हेराईमा गिरावट आएको छ। म पनि आश्चर्य चकित छु। यदि नेपालमा कानुनी राज्य स्थापना भएको हो भने यस्तो नहुनु पर्ने हो तर भईरहेछ। यस्तो कार्यले नेपालको अनुसन्धान,कानुनी राज्य स्थापना,दायित्व बोध र जवाफदेहिता लाई शुन्यमा परिणत गर्न सहयोग गर्छ। देश Failure State मा परिणत हुने यस्तै कार्यले गर्दा हो।संसद्ले स्वामित्व लिएर,सबै दलको प्रतिनिधित्वमा छानविन गरेर बनेको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ। यदि कोही मान्छे निर्दोष छ भने त्यसलाई कसैका विरुद्ध हतियारको रुपमा प्रयोग गर्नुहुँदैन।राज्यका एकै प्रकृतीका अनुसन्धानमा कसैलाई समातेर जेल राख्ने र बलियाहरुलाई उन्मुक्ति दिने काम गर्न हुँदैन,Joseph Brown ले भन्दै थिए/ नेपालको हरेक भ्रष्टचार जन्य अपराधमा त कस्तो देखियो भने एउटा काण्डको बारेमा ३ महिना चर्चा हुने,उफ्रने,चर्को आवाज बोल्ने,ठूलै भ्रष्टाचार भयो भन्ने,अनि त्यो भ्रष्टाचार हो वा होइन भनेर अनुसन्धान गर्न नपाउँदै अर्को काण्ड आउने र सबैको ध्यान नयाँ कुरा तिर मोडिने र पुरानो विर्सने वा छोपिने देखियो।  भुटानी शरणार्थी,वाईड बडी,ओम्नी,ललिता निवास,३३ किलो र १०० किलो सुन काण्ड,COVID Vaccine Purchase,विद्युत्त महशुल छुट,ठूला

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा टिका तथा प्रसाद प्रदान

नेपाल प्रहरी। काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा दसैं २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइ दिनु भएको छ।  नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाई दिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो। उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टिका  ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो।  सो अवसरमा ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो। टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू,नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू,पूर्व प्रहरी कर्मचारीहरू,प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो।  टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो।

लोकप्रिय लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेल नेपाल फर्किए,बहिनी कल्पना गुरुङले गरिन बिदाई

शीतलपाटीन्युज डटकम। लण्डन। लोकप्रिय लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेल आफ्नो ३ महिना ४ दिनको बेलायतको सांगीतिक भ्रमण सकेर भर्खरै नेपाल फर्केका छन्। गायक पौडेलले बेलायत छदा दुई दर्जनभन्दा बढी कार्यक्रममा आफ्नो प्रस्तुति राखेका थिए।  गायक पौडेललाई उनको आफ्नो मीत बा को छोरी बहिनी कल्पना गुरुङ र ज्वाइँ मनकुमार काउछाले सुनको बेरुवा औंठि एव खादा लगाएर बिदाई गरेका थिए। गायक पौडेल बेलायत बसुन्जेल आफ्नै बहिनि कल्पना गुरुड्ग र ज्वाई संग बसेका थिए। लोकदोहोरी गायक चोलेन्द्र पौडेलको बुवा स्व.लेखनाथ पौडेल र कल्पना गुरुङको बुवा स्व.सिताराम गुरुङले सानै उमेरमा मितेरी साईनो लगाउनु भएको थियो।  साथै गायक पौडेलका लागि २९ सेप्टेम्बरका दिन बहिनिज्वाईको संयोजनमा राखिएको बिदाई कार्यक्रममा पाल्नु भएका सम्पुर्ण सघं संस्था एव ब्यक्ति विशेषलाई लाई गायक चोलेन्द्र पौडेल एव बहिनिज्वाई कल्पना गुरुङ र मन कुमार काउछाले धन्यवाद एवं आभार व्यक्त गर्नु भएको थियो।  गायक पौडेल लण्डनमा चर्चित नेपाल ब्रिटेन डटकमको निमन्त्रणामा सास्कृतिक कार्यक्रम पस्कन बेलायत आउनु भएको थियो।

यसपाली को world Cup कसले जित्ला?