शीतलपाटीन्युज डटकम। लन्डन। तमु धीं युके र नेपाली राजदूतावासको सहकार्यमा आगामी २५ अगस्टमा हुन गइरहेको १५औँ नेपाली मेलाबारे शुक्रबार अन्तरक्रिया सम्पन्न भएको छ। मेलाको विषयमा नेपाली राजदूतावाससँग अन्तरक्रिया गर्ने प्रचलनअनुरुप संस्थाका अध्यक्ष हरि गुरुङको अध्यक्षता तथा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा छलफल भएको हो । महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए। १५औँ नेपाली मेलाको संयोजक तथा संस्थाका उपाध्यक्ष परशु गुरुङले पावर प्वाइन्टबाट विस्तृत जानकारी गराए । उनको प्रस्तुतिमा नेपाली मेलाको प्रारम्भकालदेखी गत सालसम्मको भिडियो क्लिप र यस वर्षको मेला आयोजनाबारे जानकारी गराइएको थियो । कार्यक्रममा अध्यक्ष गुरुङले नेपाली राजदूतावास र तमु धीं युकेबीचको पारस्परिक सम्बन्ध प्रगाढ रहेको भन्दै यो सम्बन्ध निरन्तर रहनेमा आफू विश्वस्त रहेको बताए । अध्यक्ष गुरुङ तथा आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङले तमु धीं युकेको तर्फबाट राजदूत आचार्य र उनकी श्रीमती सुनिता आचार्यलाई मायाको चिनो प्रदान गरे।राजदूत आचार्यले तमु धीं युकेले नेपाली राजदूतावासलाई दिएको सम्मान र कदर अविष्मरणीय रहेको र तमु धीं युकेले आयोजना गरेको नेपाली मेला, गोर्खा कपजस्ता कार्यक्रम प्रति आफू प्रभावित भएको बताए। कार्यक्रममा दूतावासबाट राजदूत आचार्यसहित उनकी श्रीमती सुनिता आचार्य, उपनियोग प्रमुख रोशन खनाल, नियोग सैनिक सहचारी महासेनानी अनुप शाह,द्वितीय सचिव रामबाबु नेपालको उपस्थित थियो। तमु धीं युकेबाट अध्यक्ष हरि गुरुङ,श्रीमती सन्ध्या गुरुङ आमा श्रीमती लक्ष्मी गुरुङ,उपाध्यक्ष जुमकाजी गुरुङ, श्रीमती कमला गुरुङ,उपाध्यक्ष परशु गुरुङ,श्रीमती नन्दा गुरुङ,श्रीमती मञ्जु (सीता) गुरुङ, सुश्री सायमी गुरुङ,तमु धीं लन्डन इकाईका उपाध्यक्ष ईश्वर गुरुङ सोही संस्थाका आमा समूहकी अध्यक्ष श्रीमती देवकला गुरुङ,महासचिव डा. विशाल गुरुङ,SERTD का अध्यक्ष प्रेमकुमार गुरुङ र वहाँकी धर्मपत्नी,महासचिव कमल गुरुङ,गोकुल गुरुङ र सबिना गुरुङको उपस्थिति रहेको थियो। अन्त्यमा अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थित भएका महानुभावलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए। श्रोत: गोर्खा मिडीया।
गोमा राना। लण्डन। २५ जुन २०२४ मंगलबारको सांझ विश्व नेपाली साहित्य महासंघ बेलायत पश्चिम शाखाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा औपचारिक बैठक सम्पन्न भएको छ। बैठकमा आगामी हुने आदिकवि भानुभक्त जयन्ती कार्यक्रमको बारेमा बृहत छलफल भएको छ। आदिकवि भानुभक्त जयन्ती आजको सन्दर्भ थिममा रहेर कार्यक्रम ३ घण्टाको अवधीमा सक्ने गरि बिहानको ११.३० सुरू गरेर २.३० भित्र समापन गर्ने सर्बसमितिबाट पारित भएको छ। प्रमुख अतिथि डा. गोबिन्दराज भट्टराई,विशेष अतिथि विनेसाम केन्द्रका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी,महासचिव सुनिता कन्दङ्वा राई,केन्द्रका सदस्य विनेसाम दक्षिण शाखाका निवर्तमान अध्यक्ष विजय हितान लगायत विभिन्न साहित्यकारहरुको उपस्थिति रहने सचिब शान्ति लिम्बुले जानकारी दिएकी छिन्। बिनेसाम केन्द्रको आजिबन सदस्य र संरक्षक बनिनको लागि जुन २९ भित्र नाम सङ्कलन गरि केन्द्रमा नामावली बुझाउन समेत छलफल भएको थियो। हालै प्रकाशित पुस्तक, शाखाकी सचिब शान्ति लिम्बुको कस्तुरी यात्रा संग्रहको समिक्षा डा.गोबिन्द राज भट्टराई र डा.सुमाया राईले गर्ने भएको छ। लाल सुन्दर राइको अध्यक्षतामा सचिब शान्ति लिम्बुले सन्चालन गरेको बैठकमा संरक्षक डा.सुमाया राई,सह सचिब हरि राइ, मेडिया सम्योजक,गोमा राना,सदस्य रघु भन्डारी,गंगा भन्डारी,लिला सेलिङ माबो, देवी आले लगायतका सद्स्यहरुको उपस्थिति रहेको थियो।
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली समाज नटिङ्घम युकेको आयोजनामा आगामी १२ अगस्ट २०२४ मा नेपाली मेला हुने भएको छ। नेपालका राष्ट्रिय खेलहरू र ख्यातीप्राप्त कलाकारहरुको साथमा मेला हुन लागेको नेपाली समाज नटिङ्घम युकेका उपाध्यक्ष तथा सुनगाभा कोईभेन्ट डाइरेक्टर लोकनाथ अधिकारीले जानकारी दिनु भयको छ। मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै विभिन्न सासं्कृति कार्यक्रम तथा झाँकी,नेपाली खानाका स्टलहरु,मैत्रीपूर्ण भलिबल,फुटबल प्रतियोगिता, घैंटो फुटाउने,डोरी तान्ने, रुमाल लुकाइ,कबड्डी, डन्डिबियो लगायत विभिन्न खेल,नेपाली गरगहना स्टल, पोसाकसम्बन्धी स्टल राखिने आयोजकले जनाएको छ। मेलवर्न रोड नटिङ्घममा हुने उक्त मेलामा मोर्गेज,एकाउन्टेन तथा कानुनी परामर्श सम्बन्धी सेवाहरु समेत दिइने भयको छ।सो मेला बिहान १० देखि शुरु भएर राति ९ बजेसम्म चल्ने ब्यवस्था गरिएको छ । यसैबीच नटिङ्घम नेपाली मेलामा सहभागी हुन गैर आवासीय नपाली संघ इंग्ल्यान्ड राज्य परिषद्ले अनुरोध गरेको समाचार छ। परिषद्का अध्यक्ष शम्भूप्रसाद अर्यालले एक सूचना जारी गर्दै युकेका समाजहरुले विभिन्न क्षेत्रबाट नेपाल र नेपालीलाई चिनाउने र एकआपसमा भेटघाट,दु:खसुख साटासाट गर्ने नेपाली मैलिकतामा आधारित नेपाली मेलामा सहभागी हुन युकेवासी नेपाली परिवारहरूलाई आग्रह गर्नु भयको छ। 'नटिङ्घम समाजको यो आउँदो महिनाको अगस्ट १२ तारिखमा मा आयोजना हुदै रहेको नटिङ्घम मेलामा समय मिलायर उपस्थित भइदिनुहुन सम्पूर्ण युकेवासी नेपाली परिवारहरूलाई हार्दिक अनुरोध गर्दछु,'अध्यक्ष अर्यालले सूचनामी उल्लेख गर्नु भयको छ।
शीतलपाटीन्युज डटकम। कान्तिपुर डेन्टल कलेज बसुन्धरामा न्यूरोमस्कुलर डेन्टिस्ट्री विभाग स्थापना भएको छ। न्यूरोमस्कुलर डेन्टिस्ट्री विभाग नेपालमा पहिलो पटक सुरु भएकाे हो। न्यूरोमस्कुलर डेन्टिष्ट्री विभागले टेम्पोरोमन्डिबुलर जोइनु टिएमजे अर्थात अनुहारको हाड जोर्नीको समस्या, घुर्ने समस्या, टाउको तथा अनुहार दुख्ने समस्या, दाँत एवं अनुहारको आकृती नमिलेको समस्या खेलकुदका कारण दाँतमा हुने समस्या लागि बिना शल्यक्रिया वा शल्यक्रियाद्वारा उपचार गर्ने छ। यस विभागमा न्यूरोमस्कुलर डेन्टिष्ट्री, क्रेनियोफेसियल सर्जरी, नाक कान घाँटी, स्लिप मेडिसिन, न्यूरोलोजी, अर्थोडोन्टिक्स लगायत अन्य दन्त सेवाका विभागहरुको सहकार्य रहने बताइएको छ । ईन्टरनेशनल कलेज अफ कार्नियो मन्डिबुलर अर्थोपेडिक ९ईक्मो०का फेलो तथा राइट बाइटका संस्थापक डा राजेश रविन्दनाथनले नेपालमा यो नयाँ बिधाको शुरुवातले बिरामीका बिभिन्न कारण अनुहारको आकृति नमिलेको, दुखाई लगायतका समास्याबाट मुक्ति पाउने विश्वास लिएको बताए। यसैगरी कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले सर्वसाधारणमा अधिकतम संख्यामा देखिने तर जटिल नमानिने यस्ता समस्याको बहु विभागिय दन्त चिकित्सा सेवा प्रदान गर्न चिकित्सा शास्त्र अन्तर्गत दन्त स्वास्थ्यको दशौं विधाको रुपमा यो विभाग स्थापना गरिएको जानकारी दिए। (हेल्थ टिभी अनलाइनबाट साभार)
शीतलपाटीन्युज डटकम। जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग अपील सम्झौतामा पुगेपछि सोमबार बेलायत जेलबाट रिहा भएको विकिलिक्सले जानकारी गराएको छ । यो सम्झौताले असान्जको लगभग १४ वर्षको कानुनी सङ्घर्षको अन्त्य भएको छ । “जुलियन असान्ज स्वतन्त्र हुनुभएको छ“, विकिलिक्सले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गरायो । असान्ज संयुक्त राज्य अमेरिकाको सैन्य गोप्यताहरू खुलासा गरेको मुद्दामा जारी सपुर्दगीबाट बच्न ५ वर्षसम्म बेलायतमा हिरासतमा रहनुभएको थियो । असान्ज स्थानीय समयअनुसार बुधबार बिहान अमेरिकी भू-भागमा उपस्थित हुनुहुनेछ । उहाँलाई बेलायतको जेलमा ५ वर्ष र २ महिना सेवा गरेको श्रेयसहित ६२ महिनाको जेल सजाय हुने अपेक्षा गरिएको छ । यसपश्चात उहाँ आफ्नो देश अष्ट्रेलिया फर्कन सक्नुहुनेछ । सन् २०१० देखि वेबसाइट विकिलिक्सको प्रमुखका रूपमा लाखौँ गोप्य अमेरिकी कागजातहरू प्रकाशित गरेको आरोपमा वासिङ्टनले ५२ वर्षका प्रकाशकलाई खोजिरहेको थियो । अमेरिकाले असान्जलाई इराक र अफगानिस्तानमा भएको युद्धको बारेमा सैन्य गोप्यताहरू खुलासा गरेको आरोपमा मुद्दा चलाउन खोजेको हो । असान्जलाई सन् २०१९ मा अमेरिकी सङ्घीय ग्रान्ड ज्युरीले विकिलिक्सले राष्ट्रिय सुरक्षा कागजातको प्रकाशनबाट उत्पन्न भएको १८ वटा अभियोगमा दोषी ठहर गरेको थियो । असान्जको परिवारले उहाँको स्वतन्त्रताका लागि गहिरो कृतज्ञता व्यक्त गरेका छन् । उहाँकी श्रीमती स्टेलाले अभियानकर्ताहरूलाई धन्यवाद दिँदै सामाजिक सञ्जाल एक्समा “शब्दहरूले हाम्रो अपार कृतज्ञता व्यक्त गर्न सक्दिन“ भनी लेख्नुभएको छ । असान्ज संयुक्त राज्य अमेरिकामा सपुर्दगी गर्ने निर्णयलाई अनुमोदन गर्ने फैसलालाई अपिल गर्न बेलायतको अदालतमा उपस्थित हुनु २ हप्ता अघि सम्झौताको घोषणा भएको हो । असान्ज सन् २०१९ को अप्रिलदेखि लन्डनको उच्च सुरक्षा रहेको बेलमार्श जेलमा रहेका थिए । उहाँले सन् २००७ मा इराकमा अमेरिकी हेलिकप्टरबाट गोली हानेर सर्वसाधारण मारिएको भिडियो प्रकाशन गर्नुभएको थियो । संयुक्त राज्य अमेरिकाले असान्जलाई १९१७ को जासुसी ऐनअन्तर्गत आरोप लगाएको हो । बेलायती सरकारले जून २०२२ मा अमेरिकी सपुर्दगीलाई स्वीकृति दिएको हो । उहाँले संयुक्त राज्य अमेरिकामा आफ्नो सपुर्दगीको बिरूद्ध अपील गर्न सक्ने २ बेलायती न्यायाधीशहरूले बताएका थिए । अमेरिकामा मुद्दा चलिरहेको विदेशीको रूपमा उहाँले अमेरिकी अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्राप्त गर्न सक्ने वा नसक्ने प्रश्नलाई सम्बोधन गर्न अपील गरिएको थियो । राष्ट्रपति जो बाइडेनको असान्ज
शीतलपाटीन्युज डटकम। लन्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टी सल्लाहकार मुक्तकमणि तीर्थराज अधिकारी आफ्नी जीवनसंगिनी सिता अधिकारीका साथ दश दिनको युरोपेली देश भ्रमण सकेर अमेरिका फर्किएका छन्। गत जुन १५ देखि २४ जुन २०२४ सम्म युरोपको साहित्यिक भ्रमणका क्रममा मुक्तकमणि अधिकारीलाई एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,बेल्जियम च्याप्टरले सम्मान गर्यो। उक्त अवसरमा उनले दर्जनौं मुक्तक सुनाए। उनले सम्बोधनका क्रममा भने‘संवेदना स्वदेश तथा परदेशमा समान हुन्छ, नेपालीहरुले विदेशमा संगालेका अनुभवहरु अक्षरमा उतारेका हुन्छन्।’ नेपालीहरु जहाँ जहाँ पुग्छन् त्याहा आफ्नो संस्कार र संस्कृति पनि सँगै लगेका उनले बताए।अधिकारीले युरोप भ्रमणबाट आफू मन मुग्ध भएको बताएका छन्। ‘यहाँको हरियालीमा चरी रमाउँछ,वसन्त पनि घरीघरी रमाउँछ कति संजीवनी बोक्छस् ए प्रकृति कवि त झन् मनभरि रमाउँछ’। संसारको दोस्रो धनी देश लक्जम्बरको प्राकृतिक छटा देखेर मन मुग्ध भएका कवि अधिकारी मुक्तकमा यसरी अभिव्यक्त हुन्छन्। उनले गत जुन १५ का दिन बेल्जियम पुगेर त्यही दिन जर्मनीको Aachen city अवलोकन साथै जर्मन संस्कार र संस्कृतिबारे स्थानीयसंग कुराकानी गरेका थिए। कवि अधिकारी वि.सं. २०२८ देखि २०३२ सम्म गण्डकी अञ्चल कृषि विकास आयोजना खैरेनीटारमा कार्यरत थिए जसलाई जर्मन प्रोजेक्ट पनि भनिन्थ्यो। अधिकारी दम्पत्ति जुन १६ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको स्वागत कार्यक्रममा सहभागी भएका थिए। यसबाहेक बेल्जियममा रहेका नेपाली समुदायसंग भेटघाट तथा विशेष जानकारी पनि लिएका थिए। बेल्जियममा साहित्यकार अधिकारी दम्पत्तिलाई पत्रकारहरु डिल्ली अम्गाईं, पञ्चम अधिकारी, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष भोज जिसी,सुशील न्यौपाने लगायतले विशेष आतिथ्य प्रदान गरेका थिए। उनीहरुले त्यही दिन पानी मुनीको शहर आम्सटर्डम, हल्याण्ड भ्रमण गरे भने जुन १७ र १८ मा पेरिस पुगेर आइफेल टावर आदि अवलोकन गरेको अधिकारीले जनाए।उनीहरुले जुन १९ र २० मा युरोपियन पार्लियामेन्ट र मिनी युरो ब्रसेल्स शहर अवलोकन गरे भने जुन २१ देखि २३ सम्म लक्जम्वर्ग र स्वीट्जरल्याण्ड भ्रमण गरेका थिए। जर्मनी भ्रमण गर्दा जर्मन साहित्य (Deutschspraching Leiteratur) बारे स्थानीय वासिन्दासंग छोटो कुराकानी गरेको अधिकारीले बताए। त्यसैगरि, स्वीट्जरल्याण्डमा स्वीस महासंघकोबारेमा गहिरो चाख तथा जानकारी लिएका थिए । अधिकारी कुनै बेला स्वीस प्रोजेक्ट जिरीमा पनि संलग्न थिए।अधिकारी युरोपमा
शीतलपाटीन्युज डटकम। हङकङ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल हङकङ शाखा गठन भएको छ । प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता भएको भेलाले लोकदोहोरी गायिका मन्जु थापाको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो। भेलामा केन्द्रीय सांगठनिक उपमहासचिव शिरीष देवकोटा, उपत्यका समन्वय समितिका प्रवक्ता निर आले,हङकङमा कार्यरत लोक संगीत आबद्व कलाकारहरुसँगै विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति थियो। प्रतिष्ठान गठनले हङकङमा नेपाली लोक संगीतको थप प्रवर्द्धन गर्न कलाकारहरुको संस्थागत एकतासँगै सांगीतिक कार्यक्रमहरुमा लोक कलाकार र लोक संगीतको गर्विलो संस्थागत सक्रियता रहने अपेक्षा गरिएको प्रतिष्ठानका अध्यक्ष थापामगरले बताइन्। (केपीकुमार जलन)
शीतलपाटीन्युज डटकम। काठमाडौं । एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित)अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ । अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ । ०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए । एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिनेछ । आइभीआरका लागि नेपाल टेलिकमको ल्यान्ड लाइन फोन तथा मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिनेछ । यी १० वटा वेबसाइटबाट हेर्न सकिन्छ नतिजा-
शीतलपाटीन्युज डटकम। लण्डन।यति नेपाली एसोसिएसन युकेले यही आउँदो जुन ३० तारिख आइतबार बिहान ११ बजेदेखि ४ बजेसम्म साउथ ह्यारो स्थित स्पोर्ट्स एन्ड सोसियल क्लबमा निशुल्क बृहत स्वास्थ्य शिविर गर्ने कुरा महासचिब टंक भट्टराईले जनाउनु भएको छ। शिविरमा रक्तचाप निगरानी,मधुमेह परीक्षण (रक्त), फिजिकल हेल्थ चेक अप,स्वास्थ्य जागरूकता सत्र, दिर्घ रोग सम्बधि सल्लाह सुझाव र मार्गदर्शन,नेपाली बृद्धबृद्धाहरुलाई बेलायतको सोसल केयर सम्बन्धि व्यवस्था अनि हाम्रो अधिकार लगायतबारे काउन्सिलिङ्ग,अनि चिया र नास्ता लगायतका कार्यक्रम रहेको महासचिव भट्टराईले बताउनु भयको छ। बर्तमान कार्यसमितिकी सामाजिक सचिव तथा एती निशुल्क स्वास्थ्य शिविर-२०२४ कि संयोजक,सिनियर स्पेसलिष्ट नर्स सुष्मा पौडेल भट्टराईका अनुसार उक्त शिविरमा करिब ५ जना डाक्टर तथा उतिनै संख्यामा स्पेसलिस्ट नर्सहरु साथै सस्थाका १५ भन्दा बढी स्वयंसेवकहरु तयारी तथा व्यवस्थापनमा खटिने छन्। शिविरको सम्पूर्ण तयारि पुरा भएको जानकारी संयोजक पौडेलले दिनु भयो। ६४ वर्षअघि स्थापना भएको यति नेपाली एसोसिएसनले हाम्रा नेपाली समुदायको सेवामा समर्पित यती स्वास्थ्य शिविर २०२४ आयोजना गर्न लागेको घोषणा गर्न पाउँदा खुशी लागेको संस्थाकी अध्यक्ष पिपला देवानले बताउनु भयो। यति सस्थाले नेपाली डायसपोरामा यो कार्यलाई आफ्नो जिम्मेवारी महसूस गरेर हामीले अत्यावश्यक स्वास्थ्य सेवा र सहयोग प्रदान गर्न यो नि:शुल्क स्वास्थ्य शिविरको डिजाइन गरेका छौं भन्दै अध्यक्ष देवानले ह्यारो,वेम्ब्ली,हेज,हंस्लो,फेल्थम लगायत अन्य नजिकै बस्ने समस्त नेपाली समुदाय र बिशेष गरि बृद्ध बृद्धाहरुलाई सरिक हुन आव्ह्वान गर्नु भएको छ। भाषा हिच्किचाहट लगायत अनेकौं कारणले समस्या भए पनि स्वास्थ्यकर्मीको सल्लाह नलिकन बस्नु भएका बृद्ध बृद्धाहरुलाई नेपाली भाषी स्वास्थ्यकर्मीहरुबाट पाउने सल्लाह र सुझावले सक्दो सहयोग मिल्न सक्ने अध्यक्ष देवानले बताउनु भयो। शिविरको आर्थिक व्यवस्थापनको लागि एच टि आर केयर,माया सोपोर्टेद लिविंग,ह्याम्प्सटेड इयर केयर,नेवा छे माया र देउराली ट्रावलको सहयोग रहेको बताइएको छ।
शीतलपाटीन्युज डटकम। पोखरा। त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा यसवर्ष पहिलो पटक भगवती–होम कला वाङ्मय पुरस्कारले नेपाली चित्रकला र कविताका प्रसिद्घ सर्जक प्राज्ञ,विम्बकवि रमेश श्रेष्ठलाई यही २०८१ असार १५ गते सम्मान गर्ने भएको छ। थुप्रै चोटी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला कार्यशाला तथा प्रदर्शनीमा सहभागी भइसकेका श्रेष्ठको नेपालमा दुई पटक एकल कला प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ। जन्मथलो पोखरामै नेपाली कला र कवितालाई आफ्नो छुट्टै मौलिक शैलीमा अनुष्ठान गर्दै आएका श्रेष्ठ नेपाली कविताको मूल्य र मान्यताको लागि मुलुक मै टिकटमा एकल कविता वाचन कार्यक्रम शुरु गर्ने प्रथम प्रयोक्ता हुन्। त्रिविवि स्नातक तह प्रथम वर्षको ऐच्छिक नेपाली कोर्समा २०६५ देखि कविता समावेश भएका श्रेष्ठको नपोतिएका रंगहरू (गीत संग्रह २०५२), चराहरूको पहाड (कविता संग्रह २०५५),आमा नदीहरू (कविता संग्रह २०५७),बुद्ध बिम्ब अक्षर बिम्ब (कविता संग्रह २०५८),इन द नेम अफ बुद्ध –अंग्रेजी भाषाको कविता संग्रह २०५८),घाँस उखेलिरहेकी केटी (कविता काव्य २०६०),रोदी रोएको देशमा (काव्य २०६२), कविता र साँझ (नेपाली कविताको पहिलो श्रव्य दृश्य ०६४), अक्षरको खेत (२०६५ कविता संग्रह ),चोक र तमसुक (२०६७ खण्डकाव्य ), कविताको उज्यालो (२०७० कविता संग्रह ),रङहरूको गीत ( कविता र चित्रकला संग्रह २०७३),अग्निनृत्य (२०७४ काव्य ),मलामी पहाड र सारंगी (२०८० काव्य) प्रकाशित छन् भने आँसुमा खसेको पृथ्वी (कविता संग्रह), कोलाज उत्सव (काव्य) सुनगाभाको ओठ (गीत संग्रह) प्रकाशोन्मुख छन्। राष्ट्रिय प्रतिभा पुरस्कार,मोती पुरस्कार,ससिद्घि राष्ट्रिय कलाश्री पुरस्कार,व्यथित काव्य पुरस्कार,शिरोमणि पुरस्कार आदि थुप्रै पुरस्कार तथा मान सम्मानले सम्मानित श्रेष्ठ नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य तथा चित्रकला विभाग प्रमुख हुन्। श्रेष्ठले नेपाली कला र काव्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मानित गर्न लागिएको हो भन्दै उक्त अवसरमा मुकेश मल्ल,प्रभा भट्टराई,डा.गीता त्रिपाठी,मनोज भण्डारी,गोपी सापकोटा र बरुणबाबु घिमिरेलाई विभिन्न पुरस्कारले सम्मानित गरिने त्रिवेणी साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा गैडाकोट प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव भीमप्रसाद शर्माले बताएका छन्।
शीतलपाटीन्युज डटकम। हंगकंड्ग।पाल्पा श्रीनगर समाज हङकङको आयोजनामा पाल्पा सांगीतिक साँझ हंगकड्गमा भव्य रुपमा सम्पन्न भएको छ। आईतबार याउ मा तेई कम्युनिटी हलमा आयोजीत कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानकी अध्यक्ष तथा गायिका रीता थापा मगर, वरिष्ठ लोक गायक नारायण रायमाझी,गायक शिरीष देवकोटा,गायिका बिमा सारु मगर लगायतले गीत प्रस्तुत गरेका थिए। साथै अभिनेता धीरेन शाक्यले स्थानीय कलाकार माया थापासँग नृत्य प्रस्तुत गरे। कार्यक्रममा संयुक्त डान्स स्टुडियोका कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए। समाजका अध्यक्ष पुर्ण दर्लामी मगरको सभापतित्व तथा समाजका संस्थापक अध्यक्ष गणेश जंग रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल लगायतका विशेष अतिथिहरुको उपस्थिती रहेको थियो। साभार-ब्लाष्ट खवर।
शीतलपाटीन्युज डटकम।| बेलायत सरकारले यो वर्षको अन्त्यदेखि विद्युतीय अध्यागमन प्रणाली (ईभिसा)लागू गर्ने भएको छ । जसका कारण मानिसहरुले आफ्नो अध्यागमन स्थितिका बारेमाजानकारी दिन पासपोर्ट बोकिरहनु पर्ने छैन। अध्यागमन सम्बन्धी सबै तथ्यांकहरु अनलाइनमा राखिने छ। फलत अहिले बोक्नु परिरहेको बायोमेट्रिक रेसिडेन्स पर्मिट (बीआरपी),बायोमेट्रिक रेसिडेन्स कार्डस (बीआरसी) र पासपोर्टमा छाप लगाइएको इन्डिफिनेट लिभ टु इन्टर (आइएलई),इन्डिफिनेट लिभ टु रिमेन (आइएलआर) लगायत खारेज हुँदैछन् । यस बारेमा बेलायतमा बसोबास गरिरहेका नेपालीहरुलाई पनि धेरै अन्यौल र जिज्ञासा रहने छ। त्यसैको समाधानका लागि हामीले बेलायतको सरकारी वेभसाइटमा रहेको जानकारीलाई नेपालीमा अनुवाद गरिएको छ । ईभिसा के हो ? ईभिसा तपाईको अध्यागमनसम्बन्धी स्थिति, तपाईको बेलायतमा प्रवेश गर्ने र बसोबास गर्ने अधिकारका बारेमा अनलाइनमा जानकारी राख्ने तरिका हो। यसका लागि तपाईले युके भिजाज एण्ड इमिग्रेसन (युकेभिआई) मा अकाउण्ट बनाउनुपर्नेछ। तपाईको कागजमा रहेको भिजालाई अनलाइनमा परिणत गर्दा तपाईको अध्यागमन स्थिति वा बेलायतमा प्रवेश गर्ने वा बसोबास गर्ने अधिकारमा केही परिवर्तन हुने छैन। भविष्यमा बेलायत आउँदा तपाईले पासपोर्टबाहेक अरु कागजात बोकिरहनुपर्ने छैन। यो साल सन् २०२४ को अन्त्यसम्म मात्र तपाईले यात्रा गर्दा त्यस्ता कागज बोक्नु पर्नेछ। ईभिसाले तपाईको कागजातहरु हराउन, चोरिन,च्यातिनबाट सुरक्षित बनाउने छ। तपाईको आवेदन स्वीकृत भएपछि कागजात पाउनका लागि पर्खिरहनुपर्ने छैन। यसबाट बेलायतका नाकामा,तपाईको घरबेटी वा रोजगारदातालाई तपाईको अध्यागमन सम्बन्धी स्थितिका बारेमा जानकारी दिन सजिलो र छरितो बनाउने छ। युकेभिआईमा किन अकाउण्ट बनाउने ? युकेभिआईले कागजात बोक्नुपर्ने प्रणालीलाई अनलाइन प्रणालीद्वारा विस्थापित गर्न लागेकाले यस्तो अकाउण्ट बनाउनु परेको हो। तपाईको भिसाको बारेमा जानकारी पाउन र तपाईको अध्यागमन स्थिति जस्तै:काम गर्न पाउने,भाडामा बस्न पाउने अधिकार आदिका बारेमा जानकारी दिन यस्तो अकाउण्ट बनाउनु परेको हो। तर यस्तो अकाउण्ट बनाउँदा कुनै शुल्क तिर्नु पर्दैन। यस्तो अकाउण्ट बनाएपछि पासपोर्ट वा अध्यागमन सम्बन्धी परिचयपत्रको विस्तृत विवरणहरु फेरिँदा अपडेट गरिरहनुपर्छ। जस्तो नयाँ पासपोर्ट बनाएमा सोको जानकारी अपडेट गर्नुपर्छ। घरभाडामा बस्नुपर्दा घरधनीलाई वा जागिर खाँदा रोजगारदातालाई अध्यागमनका बारेमा जानकारी दिनुपर्यो भने तपाईले एउटा कोड बनाएर दिन सक्नुहुनेछ। यस्तो कोड केही समयका लागि मात्र हुनेछ र तपाईले जुनबेला चाहनुभयो त्यहीबेला त्यस्तो
शीतलपाटीन्युज डटकम। लन्डन। आदीकवी भानुभक्त आचार्य जन्मेको तनहुबाट बेलायत आई बसोबास गरेको र तनहुँ समाज युकेको नागरीकको नामले चिनिने नागरिकहरुको वार्षिक भेटघाट तथा समर बीबीक्यू भव्य रूपमा सम्पन्न भएको छ। शनिबार फार्नबोरोस्थित स्यामुएल कोडी स्पोर्टस कलेजमा विविध सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम भब्य भएको हो। तनहुं समाजका अध्यक्ष केशर रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूतावास लन्डनका द्वितीय सेक्रेटरी रामबाबु नेपाल प्रमुख अतिथि रहनु भयको थियो। तनहुं समाजका महासचिव बोधविक्रम थापाले उदघोषण गर्दै संचालन भयको सो कार्यक्रम सुरुमा स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थियो। कार्यक्रम अर्डिनेटर तथा उपाध्यक्ष शन्त गुरुङले उपस्थित सबै पाहुनाहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य राख्नु भयको थियो। अध्यक्ष राना,प्रमुख अतिथि नेपाल र वहाँ वरिष्ठ सलाहकार ले.रन्जन मल्लले संयुक्त रूपमा क्यान्डिल बालेर उद्घाटन गरेको सो कार्यक्रमम नेपाल र युकेको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। समाजका वरिष्ठ सल्लाहकार मेजर रिटायर्ड कुलबहादुर थापा,पे ल्हु संघ युकेका अध्यक्ष डेम बहादुर गुरुङले शुभकामना मन्तव्य राखेको सो कार्यक्रममा मौलिक कौरा प्रतियोगिताका डोनर मिछुर्लुङलाई प्रशंसा पत्र तथा नेपालबाट आएका कलाकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । मगर संघ युकेका महासचिव गुमानसीहं थापा,गुल्मी समाज युकेका अध्यक्ष रुद्र थापा,पाल्पा जिल्ला समाज युकेका पुर्व अध्यक्ष बाचस्पति रेग्मी,तमु पे ल्हु संघ युकेका अध्यक्ष रि क्या डेम बहादुर गुरुड्ग ,पत्रकार महासंघ युके शाखाका पुर्व अध्यक्ष नरेस खपाड्गी मगर लगायत पाहुनाहरुको उपस्थिती रहेको सो कार्यक्रममा अन्त्यमा प्रमुख अतिथि तथा दूतावासका द्वितीय सेक्रेटरी नेपालले शुभकामना मन्तव्य राख्दै संस्थाको प्रगतिको तनहु समाजले गरेका कामको प्रशंसा गर्नु भयको थियो भने समाजका अध्यक्ष रानाले उपस्थित सबैलाई धन्यवाद भन्दै कार्यक्रम समापन गर्नु भयको थियो। औपचारिक कार्यक्रम सकिएपछि सांस्कृतिक कार्यक्रम र राफल ड्र सुरु भएको थियो। कलाकारहरूको नृत्य तथा सांगीतिक प्रस्तुतिमा उपस्थित दर्शक रमाएर नाच्दै झुमेका थिए।कार्यक्रम मनेरन्जनात्मक बनाउन कलाकारहरू मोहन थापा,कुमार राना,यङ्क आले, सविता राना,शंझना लामिछाने, राजु ढकाल सहितको समूहले सांस्कृतिक नृत्यप्रस्तुत गरेका थिए। नेपालबाट आएका विशेष अतिथि कलाकार तथा गायकहरू राजु ढकाल,पवन राना मगर,सविता परियार, सम्झना लामिछाने मगर र अस्मिता रानाको प्रस्तुति पनि बेजोड रहेको थियो। भेषभुषा,संस्कृतिले भरिपुर्ण तनहुं जिल्लाको सास्कृतिक माहोललाई भरिपुर्ण मनोरन्जन
शीतलपाटीन्युज डटकम। चितवन,नेपाल। विनोद बराल (Binod Baral) र म पाक् महर्षि शेफ फूड टेक सन्दीप खत्रीको एक रोमाञ्चक परियोजनाको लागि कोष संकलन हुदै रहेको समाचार प्रकासमा आएको छ। हामी नेपाली खानालाई समर्पित एउटा एप र वेबसाइट विकास गर्दैछौं,जसमा रेसिपी कैलकुलेटर र शेफहरूले आफ्ना रेसिपीहरू र प्रोफाइलहरू साझा गर्नसक्ने प्लेटफर्म समावेश हुनेछ। जसले गर्दा मानिसहरूलाई प्रत्यक्ष रूपमा जोड्न सकिने छ। शेफ सन्दीप खत्री,जोसँग १८ वर्षको अनुभव छ। क्रियटिभ डाइरेक्टर,पोस्ट हार्भेस्ट इन्स्ट्रक्टर र लेक्चररको रूपमा १००० भन्दा बढी जर्नलहरू र ५०० प्रामाणिक नेपाली रेसिपीहरू सङ्कलन गरेका छन। जसमा धेरै हराउन लागेको परिकारहरू समावेश छन्। यस प्लेटफर्मले हाम्रो समृद्ध पाक परम्परालाई सुरक्षित बनाउने छ। यस परियोजनालाई सफल बनाउन,हामीलाई तपाईंको सहयोगको आवश्यक छ। कुनै पनि योगदान,सिङ्गल डिजिटदेखि छ डिजिटसम्म, यस प्लेटफर्मलाई सुरु गर्न मद्दत गर्नेछ।जसमा खानाको इतिहास र पोषण जानकारी पनि समावेश हुनेछ। यदि तपाईंले योगदान गर्न सक्नुहुन्न भने,त्यस्तै पनि ठिक छ। तपाईंको समर्थनको लागि धेरै आभारी हुनेछौ,विनोद बरालले फेसबुक वालमा लेखेर जानकारी गराउनु भएको छ।
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। क्पाप्टेन बिजय लामा यो बर्षको लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कारबाट सम्मानित भएका छन् । केहि बर्ष यता सपरिवारका साथ अमेरिका बस्दै आई रहेका बहु प्रतिभाशाली ब्यक्तित्वका धनि लेखक-निर्देशक-सम्पादक साथमा नृत्य निर्देशक, तेक्वान्दो प्रशिक्षक बिकाश घले गुरुङले आफ्ना बाबु (लाल)- आमा (समुन्द्रा) गुरुङको स्मृतिमा लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कार स्थापना गरेका हुन । बहुप्रतिभा भएका अग्रज ब्यक्तित्वहरुलाई सम्मान र नब युवाहरुलाई प्रोत्साहनको लागि यो पुरष्कार स्थापना गरिएको संस्थापक तथा संरक्षक बिकास घले गुरुङले इनेप्लिजलाई बताए । सुरुमा क्षेत्रीय स्तरबाट सुरु गरियता पनि पछि यसलाई राष्ट्रिय स्तरको बनाईएको हो । यो सम्मान तथा पुरष्कार हालसम्म कलाकार-लेखक-निर्देशक ओम प्रतिक गुरुङ, गितकार ,संबिधान विद भिमार्जुन रेग्मी ,गायीका-नेत्री- पूर्व समाचारबाचिका- पुर्व राष्ट्रिय भलिबल खेलाडी कोमल वली, अग्रज कलाकार-लेखक-निर्देशक- कुशल प्रसाशक निर शाह, जनप्रिय हास्य कलाकार – गायक- समाजसेवी महजोडी जस्ता ब्याक्तित्वहरुले ग्रहण गरिसकेका छन् । यसै शिलशिलामा यो वर्षको लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कार कलाकार, गायक तथा बिमानचालक क्याप्टेन बिजय लामालाई प्रदान गरिएको छ । क्याप्टेन बिजयको यसै वर्ष “गोर्खा वारियर” नामक चलचित्र पनि प्रदर्शनमा आएको थियो । गत शुक्रवार बिश्व सङगीत दिवशका अवसर पारेर नेपाल सांगीतिक सङघले काठमान्डौमा आयोजना गरेको एक सांगीतिक कार्यक्रममा उक्त सम्मान तथा रु २५,०००/- सहितको पुरस्का प्रदान गरिएको हो । यो सँगसंगै उक्त कार्यक्रममा शिव शँकर मानन्धर राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार वरिष्ठ कलाकार-संगीतकार सि.के रसाईलीलाई, रत्न शमशेर थापा राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार गीतकार-रचनाकार कालीप्रशाद रिजाललाई, प्रेमध्वज प्रधान राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार वरीष्ठ गायिका मीरा राणालाई, पुष्प नेपाली राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार ओम बिक्रम बिष्ठलाई , फत्तेमान राजभण्डारी राष्ट्रिय युवा तथा साङगितिक सम्मान तथा पुरष्कार राजेश पायल राईलाई, शुभबहादुर सुनाम राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार बाध्य बादक देव रानालाई, राजेश-लक्षमी नृत्य गुरु राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार बरिष्ठ नृत्य गुरु भैरब बहादुर थापालाई र नेपाल सांगितिक संघ राष्ट्रिय साङगितिक सम्मान तथा पुरष्कार शुरेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो।
शीतलपाटीन्युज डटकम। लण्डन । मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ। भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन्। एमाले,माओवादी र जसपाको बन्नेहरूको नाम सिफारिस भएको हो। भारतमा लोकदर्शन रेग्मी,अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे,दक्षिण कोरियाका लागि मानव अधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् । डेनमार्कका लागि सुम्निमा तुलाधर,मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि डा.बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् । रास्वापाको कोटाको पछि सिफारिस हुनेछन्। भारतका लागि सिफारिस भएका रेग्मी बेलायतका लागि यसअघि राजदूत भएका थिए। केपी ओलीको सरकार परिवर्तन भएपछि फिर्ता हुने सूचीमा उनी परेका थिए। अमेरिकाका लागि सिफारिस भएका पूर्वसचिव घिमिरे विगतमा कोलकातास्थित महावाणिज्यदूत पनि बनेका थिए। तुलाधार महिला तथा बालअधिकारको क्षेत्रमा लामो समय देखि काम गरेकी हुन्। बेलायतका लागि सिफारिस भएका पन्त विकास मामिला जानकार हुन्। राजकर्णिकार राष्ट्रिय योजनाका पूर्वसदस्य हुन्।
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतबाट संचालित नेपालब्रिटेन डट कमले बेलायतमा सक्रिय १० व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ।अनलाइनका संस्थापक अध्यक्ष चिरन्जीवी ढकालका अनुसार अनलाइन पोर्टलको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर सो सम्मान कार्यक्रमको आयोजना गर्न लागेको हो। सन् २००७ को जुन महिनादेखि अनलाइन सेवा संचालन गरेको समाचार पोर्टलले १७औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ।गत वर्षहरुमा जस्तै यस बर्ष पनि बेलायती नेपाली समुदायसँग वार्षिकोत्सव मनाउने तयारी गर्दै रहेको ढकालले बताए। ढकालले कार्यक्रमको विस्तृत विवरण छिट्टै प्रकाशन गर्ने बताए। सो अवसरमा नेपाली दूतावास लन्डन,स्थानीय सबै सामाजिक संघसंस्था,पत्रकार,बुद्धिजीवी लगायतको उपस्थितिमा नेपालबाट आएका कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुती दिने भएका छन्। नेपालब्रिटेन डट कमका सम्पादक चिरन शर्माले गत वर्षहरुमा जस्तै यो वर्ष पनि बेलायतमा चर्चित दश नेपालीलाई सम्मान गरिने जानकारी दिएका छन। उनले बेलायतस्थित नेपाली समुदायको सिफारिशमा चर्चित १० जनाको नाम चयन हुने बताए। यस वर्ष बेलायतमा सक्रिय एक सामाजिक संस्थालाई समेत सम्मान गर्ने तयारी गरिएको छ। कार्यक्रममा नेपालका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस,नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ। बेलायतमा चर्चित १० व्यक्तित्व छान्नुहोस्- १७ औं वार्षिकोत्सव समारोहमा सम्मान हुने व्यक्तित्वहरुको नाम सिफारिस गर्न अनलाइनले सार्वजनिक आह्वान गरेको छ। सामाजिक,शैक्षिक,खेलकुद, कला-संस्कृति,व्यवसाय, परोपकार लगायतका क्षेत्रमा सक्रिय रहेर नेपाली समुदायका लागि योगदान दिएका व्यक्तित्वहरुले आफैं वा अरू कसैले त्यस्ता व्यक्तित्वहरुको नाम सिफारिस गर्न सक्नेछन्। छोटो परिचय, सामाजिक गतिविधि र व्यक्तिगत प्रोफाइल विवरण सहित जुन २८ तारिखभित्र निम्न इमेल ठेगानामा नाम सिफारिस गर्न अनुरोध गरिएको छ। इमेल: [email protected]
GNNNEWS- सोल,कोरिया -नेपाली विद्यार्थी समाज,दक्षिण कोरिया (सोनसिक) ले आफ्नो बीसौँ स्थापना दिवसको अवसरमा "सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन-२०२४" सम्पन्न गरेको छ। 'सहकार्यात्मक नेतृत्व: दिगो विकासका लागि अन्तर विषयगत नवप्रवर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक" भन्ने विषयलाई मुख्य आधार मानेर आयोजना गरिएको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन गत जुन १५ र १६ तारिखमा दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल विश्वविद्यालयमा सम्पन्न भएको हो। नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठको प्रमुख आतिथ्य (भर्चुअल), नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा.स्युङ योङ युन्,कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराई, एनआइआइइडी टिम नेता किम ना युन, विभिन्न क्षेत्रका विज्ञ,वैज्ञानिक तथा शिक्षा र अनुसंधान क्षेत्रका विशिष्ट व्यक्तित्व लगायत दुई सय भन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका अनुसन्धानकर्ता,विशेषज्ञ र विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भयो। उदघाटन सत्रलाई सम्बोधन गर्दै शिक्षा मन्त्री श्रेष्ठले कोरिया लगायत विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली वैज्ञानिक तथा शिक्षाविदहरुलाई एक हुन यस सम्मेलनले ठूलो भूमिका खेलेको र यस्ता प्रकारका सम्मेलनहरु नेपाल मै गर्नको लागि प्रस्तावना लिएर आउन अनुरोध गर्दै आफ्नो सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विश्वभर फैलिएका नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई राष्ट्रप्रति थप जिम्मेवार बन्दै शिक्षाको आधुनिकीकरणमा वैदेशिक शैक्षिक संस्था तथा नीतिगत तहबाट समन्वयन र सहकार्य गरी नेपाललाई सहयोग गर्न पनि उहाँले अपील गर्नुभयो। शिक्षा र अनुसन्धानले मात्रै समाजलाई सभ्य बनाउन र मानव जीवनको औचित्यलाई अझै परिष्कृत गर्न सक्ने भन्दै यस्तो कार्यक्रम मार्फत सबैलाई जोड्न प्रयास गरेकोमा आयोजकलाई विशेष धन्यवाद दिनु भयो। उद्घाटन सत्रलाई प्रेसिडेन्ट प्रा. डा.स्युङ योङ युन्,उपनियोग प्रमुख पुष्पराज भट्टराई, वैज्ञानिक समितिका अध्यक्ष देवी बहादुर बस्नेतले विशेष सम्बोधन गर्नुभएको थियो। उद्घाटन सत्रमा कोरियाका लागि नेपाली राजदुत महामहिम ज्योति प्याकुरेल भन्डारी आउन तय भए पनि अकस्मात स्वास्थ्य समस्याका कारण आउन नसके पछि उहाको सन्देश सोनसिकका अध्यक्ष मेघनाथ पौडेलले पढेर सुनाउनु भएको थियो। कार्यक्रममा आयोजक समितिका संयोजक किरण सुवालले स्वागत तथा समाजका अध्यक्ष मेघनाथ पौडेलले धन्यवाद मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव नारायण सराफ,सोनसिक मिडिया उप समिति संयोजक डा.कमला केसी र नामसउल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी कान्ति खतिवडाले संयुक्त
शीतलपाटीन्युज डटकम। लण्डन।२५ अगस्त २०२४ मा प्रतिभा नक्षत्रको स्टार ट्यालेन्ट हुने समाचार प्राप्त भयको छ। प्रतिभा नक्षत्र स्टार ट्यालेन्ट कार्यक्रमका आयोजक राजेन्द्र खसले आफ्नो फेसबुक वालमा लेख्दै यो समाचार आयको हो। यो स्टार ट्यालेन्टलाई सहयोग गरिदिन पनि खसले अनुरोध गर्नु भएको छ। संयोजक खसले कार्यक्रम सफलताका लागि लेख्नु भएको अपिल जस्ताको त्यस्तै तल- Subject: Join Us for the Pratibha Nakshatra Gaon - Star Talent Village on August 25th! 🌟 Dear Community Members, family ,friends and neighbours We are thrilled to officially announce that the Pratibha Nakshatra with Pratibha nakshatra Gaon - Star Talent Village event will take place on August 25th at the beautiful Plumstead Common Ground. This is a special occasion for us to come together and celebrate the vibrant talents within our community. 🌟 Event Details: Date: August 25th Venue: Plumstead Common Ground Time: 10AM to 8 PM This event is open to all, and we warmly invite everyone from the Nepali community and beyond to join us. We aim to make this day a resounding success, full of joy, culture, and creativity. Participants: Child Star Talent: Ages 6 to 11 Youth Star Talent: Ages 12 to 19 We encourage all participants to showcase their unique talents, whether in singing, dancing, acting, or any other performance art. To add to the festivity, please present yourselves in traditional cultural attire, contributing to the beauty and vibrancy of our event. ✨ Highlights of the Event: Cultural performances by our talented youth A colorful showcase of traditional dresses Community gathering to foster unity and celebrate our heritage We request everyone to come forward and make this event a memorable and beautiful celebration of our collective talents. Your participation and support are crucial to its success. Let’s create an unforgettable day together! Please spread the word and invite your friends and family. We look forward to seeing you all at the Pratibha Nakshatra Gaon - Star Talent Village! For any queries or
शीतलपाटीन्युज डटकम। लण्डन।नेपाल आदीबासी जनजाती महासंघ युकेको ५औ महाधिबेसन हालै भब्य सम्पन्न भएको समाचार छ। महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता सम्पन्न महाधिबेसनमा नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालको प्रमुख अतिथी रहनु भयको र आइतबार तमु धीं भवन मिचेटमा सम्पन्न भएको थियो। अधिवेशन प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनाल,अध्यक्ष कर्मा पहाडी शेर्पाले दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भयको थियो। महासंघको पाँचौं महाधिवेशनले मेजर राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा मेजर योगेश कोयी राई चयन भयको सो महासंघको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विमला राई, महासचिव फामबहादुर दुरा,सचिव इन्द्रजंग दुरा चयन भएका छन् ।सदस्यहरुमा हाललाई जीत मेन्याङ्बो, विजय लिङ्थेप चयन भएको निर्वाचन समितिका प्रमुख आयुक्त एकेन्द्र गुरुङले जानकारी दिनु भयको थियो। उहाका अनुसार बाँकी पदाधिकारी र सदस्य पछि थप्ने गरी सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो । अधिवेशन उद्घाटन सत्र, बन्दसत्र र घोषणासभा गरी तीन चरणमा सञ्चालन गरिएको सो कार्यक्रममा नेपाल राष्ट्रिय गीत र आदिवासी जनजागतिको राष्ट्रिय गान बजाइएको थियो। अहिलेसम्मका आदिवासी जनजाति आन्दोलनमा क्रममा प्राण आहुति दिनेहरुको सम्झनामा दुई मिनेट मौनधारणा गरिएको थियो। महासंघकी उपाध्यक्ष लीला सेलिङ माबोले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव विमला सेनेले सञ्चालन गर्नु भयको थियो। त्यसपश्चात “नेफिन युकेको डेढ दशक” स्मारिका विमोचन गरिएको थियो । स्मारिकामा नेफिन स्थापनाको १५ वर्षमा भएका गतिविधि साथै आबद्ध जातीय संस्थाको परिचय समेटिएको छ। महाधिवेशनमा गोर्खा आन्दोलनका अभियन्ता ज्ञानराज राई,नेफिन युकेका संस्थापक अध्यक्ष थर्क राना,पूर्वअध्यक्ष जंग सुनुवार,तमु धीं युके अध्यक्ष हरि गुरूङ,फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशी मगर,निवर्तमान अध्यक्ष गोमा राना,नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष नेत्रकला युमा लिम्बु,किरात राई यायोक्खा नेपाल धनकुटाका अध्यक्ष उद्धव राईलगायत महासंघ आबद्ध जातीय संघ संस्थाका प्रमुख, प्रतिनिधि,बेलायतमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरु,नेफिन युकेका सल्लाहकार तथा प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो। उद्घाटनसत्र सकिए लगत्तै बन्दसत्र भएको थियो । त्यसक्रममा विभिन्न प्रतिवेदनमाथि छलफल गरी प्रतिबेदन पारित गरिएको थियो। त्यसपछि प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले सबैलाई धन्यवाद दिएर नयाँ कार्यसमिति घोषणा गरीएको र नवनिर्वाचित कार्यमितिलाई आइतबार नै प्रमाणपत्र दिने