बसन्त राज कुंवर, काठमाण्डौ। पद बडे संगै क्षमता बड्नु पर्दछ तर प्रहरीमा मैले २३ बर्ष जागिर खॉदा के देंखें भने पद बडे संगै क्षमता बड्नु पर्दछ भन्ने कुराको महशुश भएन। सिंगापुरमा पारलामेन्ट मेम्बर भए पछी खास तालिममा जानु पर्दछ रे। म जुन संगठन नार्कोनन्मा काम गर्छु त्यहा माथि जान तालिम नगरी संभब नै छैन। क्षतमातालिम,अनुभब,पुस्तक,अध्ययन देखेर सुनेर बड्दछ तर कुनै खास पदका लागी कुनै खास क्षमता बडाउन शिला खोजेझै गरी ज्ञान खोजेर हुदैन बल्की सुपर मार्केटमा झै खास स्थानमा पुगी आफुलाइ चाहिने ज्ञान प्राप्त हुनु पर्दछ। यस्तो खास स्थान भनेकै तालिम केन्द्र वा प्रशिक्षण स्थान हुन् र ज्ञानका सामाग्री भनेकै कोर्ष हो। मेरो ब्याचमा अहिले पनि हेर्यो भने मेरो जत्तीको तालिम सेमिनार प्रमाणपत्र सायदै अरुको होला तर पदोन्नतिमा हामि संधै आफु भन्दा कम तालिम प्रशीक्षण भएकाहरुसंग पिछडीदै गयौं किनकी प्रहरीमा २०५० साल पछी तालिमका कुनै महत्व नै थिएन। महत्व थियो भने केबल राजनैतिक पहुच, प्रधान मंन्त्री,मंन्त्री,सचीब र आइजिपीको कोटा पैसा दिन सक्ने र गुटको सदस्य हुने क्षमता। यस कुरा लाइ रोक्न सक्ने ब्यारीएर पनि थिएन किनकी जो प्रहरी प्रमुखमा पुग्न खोज्नेहरु हुनुहुन्थ्यो वा जो पुग्नु भयो “ उहाहरु पनि यिनै क्षमता वा कारणबाट माथि जान सक्ने अबस्था थियो।” अहिलेको स्टाफ कलेज र ब्यारीयरले अब ती गलत अभ्यास वा प्राक्टीसमा केहि बैरीएर हाल्ने छ। अब चलखेल गरे पनि ती तालिम पुरा गरेकाहरु बिच मात्र चलखेल हुने छ। माथिल्लो पदमा जान यो तालिम अनिबार्य भए पछी चाहे सो तालिमबाट पास हुने हुन् वा फेल हुने हुन् ,सबैले केहि न केही मात्रामा पढ्नै पर्ने हुन्छ र केहि न केही जान्नै पर्ने हुन्छ। केहि न केही सिक्नै पर्ने हुन्छ। केहि न केहि लेख्नै पर्ने हुन्छ र यस्ता कामले अफीसरहरुको पक्कै पनि पहिलेको भन्दा ज्ञान सिप र क्षमता बृद्धी हुन्छ। यस ब्यबस्था पश्चात पदोन्नतिमा तालिम अनिबार्य गरी दियपछी एका तर्फ त्यसैको ग्रेडको आधारमा पदोन्नतीको सुची बनाउन सजिलो हुन्छ भने अर्को तर्फ तालिम गर्न नसकेका वा पछी परेकाहरुले पनि अहिलेको जस्तो गरी
बसन्त राज कुॅवर काठमाण्डौ। पद बडे संगै क्षमता बड्नु पर्दछ तर प्रहरीमा मैले २३ बर्ष जागिर खॉदा के देंखें भने पद बडे संगै क्षमता बड्नु पर्दछ भन्ने कुराको महशुश भएन। सिंगापुरमा पारलामेन्ट मेम्बर भए पछी खास तालिममा जानु पर्दछ रे। म जुन संगठन नार्कोनन्मा काम गर्छु त्यहा माथि जान तालिम नगरी संभब नै छैन। क्षतमातालिम,अनुभब,पुस्तक,अध्ययन देखेर सुनेर बड्दछ तर कुनै खास पदका लागी कुनै खास क्षमता बडाउन शिला खोजेझै गरी ज्ञान खोजेर हुदैन बल्की सुपर मार्केटमा झै खास स्थानमा पुगी आफुलाइ चाहिने ज्ञान प्राप्त हुनु पर्दछ। यस्तो खास स्थान भनेकै तालिम केन्द्र वा प्रशिक्षण स्थान हुन् र ज्ञानका सामाग्री भनेकै कोर्ष हो। मेरो ब्याचमा अहिले पनि हेर्यो भने मेरो जत्तीको तालिम सेमिनार प्रमाणपत्र सायदै अरुको होला तर पदोन्नतिमा हामि संधै आफु भन्दा कम तालिम प्रशीक्षण भएकाहरुसंग पिछडीदै गयौं किनकी प्रहरीमा २०५० साल पछी तालिमका कुनै महत्व नै थिएन। महत्व थियो भने केबल राजनैतिक पहुच, प्रधान मंन्त्री,मंन्त्री,सचीब र आइजिपीको कोटा पैसा दिन सक्ने र गुटको सदस्य हुने क्षमता। यस कुरा लाइ रोक्न सक्ने ब्यारीएर पनि थिएन किनकी जो प्रहरी प्रमुखमा पुग्न खोज्नेहरु हुनुहुन्थ्यो वा जो पुग्नु भयो “ उहाहरु पनि यिनै क्षमता वा कारणबाट माथि जान सक्ने अबस्था थियो।” अहिलेको स्टाफ कलेज र ब्यारीयरले अब ती गलत अभ्यास वा प्राक्टीसमा केहि बैरीएर हाल्ने छ। अब चलखेल गरे पनि ती तालिम पुरा गरेकाहरु बिच मात्र चलखेल हुने छ। माथिल्लो पदमा जान यो तालिम अनिबार्य भए पछी चाहे सो तालिमबाट पास हुने हुन् वा फेल हुने हुन् ,सबैले केहि न केही मात्रामा पढ्नै पर्ने हुन्छ र केहि न केही जान्नै पर्ने हुन्छ। केहि न केही सिक्नै पर्ने हुन्छ। केहि न केहि लेख्नै पर्ने हुन्छ र यस्ता कामले अफीसरहरुको पक्कै पनि पहिलेको भन्दा ज्ञान सिप र क्षमता बृद्धी हुन्छ। यस ब्यबस्था पश्चात पदोन्नतिमा तालिम अनिबार्य गरी दियपछी एका तर्फ त्यसैको ग्रेडको आधारमा पदोन्नतीको सुची बनाउन सजिलो हुन्छ भने अर्को तर्फ तालिम गर्न नसकेका वा पछी परेकाहरुले पनि अहिलेको जस्तो गरी
सुरज श्रेष्ठ, राजनीति हो,यो ब्रुटल हुन्छ र प्रतिस्पर्धीलाई सखाप नै पार्नेगरी यो खेल खेलिन्छ! राजनीति सत्ता र शक्ति प्राप्तीकै लागि गरिने खेल पनि हो! तर,डेमक्रटिक सिस्टममा यो खेलको पनि केहि नियम,भ्याल्यु र सीमाहरु हुन्छन् जुन यस्का खेलाडीहरुले अबलम्बन गर्न जरुरी छ। सहकारी छानबिन समिति बनिसकेछ अहिले तर लामिछाने हुन् व़ा अरु संसदमा बहुमत हुदैमा र सत्ता शक्तिमा बस्दैमा एक राजनीतिक पदमा बसेको ब्यक्तिले कुनै जनसरोकारको बिषयमा प्रश्न उठेपछि आफूमाथि छानबिन हुनै हुदैन भन्नु आफूलाई कानुन माथि भएको आभास दिलाउने एक अउथरिटरिअन अभ्यास मात्र हो र संसद अबरोध गर्ने अभ्यास पनि राम्रो डेमक्रटिक अभ्यास होईन। नेपालको राजनीतिका अधिकांश पुराना खेलाडीहरु झै देखिदैछन् लामिछाने पनि। उनले सहकारी ईस्यूमा जुन अडान लिईरहेको र आफूमाथि छानबिन नगराउन सत्ताशक्तिको बलमा जे जस्ता झोलझाल तर्कहरु दिईरहेको देखें, यसले उनकै ब्यक्तिगत र राजनीतिक उचाईलाई गिराएको छ भन्ने लाग्छ मलाई! उदाहरणको लागि, अघिल्लो निर्वाचनमा बेलायतमा बस्ने धेरै नेपालीहरुले लामिछाने र उनको पार्टीलाई भरपुर सहयोग गरेको पाएको थिएँ मैले! धेरैले नेपालमा बस्ने आफ्नो परिव़ार, आफन्त र साथीभाईलाई उनको पार्टीमा मतदान गर्न आब्हान गरेका थिए! तर लामिछानेको यस्ता गतिबिधिबाट उनी र उनको पार्टीलाई समर्थन गर्ने धेरै बेलायतबासी नेपालीहरु उनी र उनको पार्टीबाट बिच्किएको पाएको छुँ अहिले! सम्भबतःधेरै बेलायतबासी नेपालीहरुले अर्को निर्व़चनमा उनी र उनको रा स्व़ पा पार्टीलाई त्यसरी सहयोग गर्ने छैनन्! नेपाल भित्रै पनि, सामाजिक सन्जालहरुमा देखिएका उनका केहि समर्थकहरु बाहेक, नेपालमा डेमक्रसी, कानुनी राज्य र सिस्टम बसेको देख्न चाहने सचेत नेपालीहरुले लामिछानेको यस्ता हर्कतहरु मन नपराएको पाएको छु मैले! भरखरै भएको ईलामको चुनावी परिणामले पनि यो कुरा ईन्गित गरिरहेछ! मान्छेको जात हो, पदको लोभ सबैलाई हुन्छ तर दीर्घकालिन भलाईको लागि राजनीतिमा अल्पकालिन स्याक्रिफाईस गर्न पनि तयार हुनुपर्छ राजनीतिक पार्टीका नेताहरुले! राजनीतिमा कहिलेकाहि दुई कदम अघि बढ्न एक कदम पछि हट्नु पनि बुद्दिमता हुन्छ! लामिछाने र रा स्व़ पालाई जनताले सरकारमा जाने म्यान्डेट दिएकै होईन! अघिल्लो चोटी सरकारमा गएर उनीहरुले गल्ती गरे! फेरि सरकारमा गएर दोस्रो गल्ति गरे! त्यसमाथि, लामिछानेको सांसद पद गुम्दा रा स्व़ पा पुरै पार्टी नै सरकारबाट
शीतलपाटीन्युज डटकम। काठमाडौ । वर्षौँको प्रयासपछि अन्ततः नेपाल प्रहरीमा स्टाफ कलेज सुरु हुने भएको छ । प्रहरी महानिरीक्षक नेतृत्वको नीति समन्वय समिति (पिसिसी) बैठकले यससम्बन्धी प्रस्ताव गत साता स्वीकृत गरी असारदेखि नै यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी नेतृत्वको समितिले बनाएको प्रतिवेदन गत शुक्रबार प्रहरीको नीति समन्वय समितिमा प्रस्तुत भएको थियो । समितिले प्रस्ताव स्वीकृत गरेपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले कार्यान्वयनको तयारी अघि बढाइसकेको छ । समितिले समन्वय समितिको बैठकमा आएका सुझावलाई समेत समेटेर केही दिनभित्रै प्रतिवेदन बुझाउँदैछ । प्रतिवेदनमा असारभित्रै पुलिस साइन्स संकाय स्थापना गर्ने उल्लेख छ । मास्टर इन पुलिस साइन्स (एमपिएस) कोर्सका रूपमा स्टाफ कलेज लागू हुन लागेको हो । पिसिसी बैठकमा यससम्बन्धि प्रस्ताव पेस भइसकेको र केही दिनभित्रै अन्तिम प्रतिवेदन बुझाइने एआईजी जोशीले बताए । ‘प्रतिवेदनमा केही सामान्य काम बाँकी छन्, छिट्टै यसलाई कार्यान्वयनमा लैजाने हाम्रो उद्देश्य छ,’ एआईजी जोशीले भने । प्रहरी महानिरीक्षक वसन्त कुँवरले जेठभित्रै प्रतिवेदनको अन्तिम टुंगो लगाउन निर्देशन दिएकाले शुक्रबार नै प्रतिवेदन पेस भई असारदेखि कार्यान्वयनमा जाने सम्भावना छ । प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका एआईजी सुदीप गिरी एमपिएस कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेर तयारी भइरहेको बताउँछन् । ‘एमपिएस नेपाल प्रहरीको ड्रिप प्रोजेक्ट हो,’ उनी भन्छन्, ‘पाठ्यक्रमसमेत स्वीकृत भइसकेको छ, केही तयारी बाँकी छ, प्रहरी प्रधान कार्यालयबाट प्रतिवेदन आएलगत्तै यसको कार्यान्वयन अघि बढ्नेछ ।’ डिआइजी संकायको प्रमुखका रूपमा तोकेर कार्यान्वयनमा लैजाने र आगामी भदौदेखि नै प्रवेश परीक्षाको तयारी गर्ने प्रतिष्ठानको लक्ष्य छ । (स्कुपखवर)
GNNNEWS लन्डन।घरेलु हिंसाबाट पीडित परिवारको सहयोगको लागि द गोर्खा सेन्टरले च्यारिटी डिनर आयोजना गर्न लागेको छ। साउथ ह्यारो स्थित नेवा छें रेस्टुरेन्टमा शुक्रबार बेलुका (१४ जुनमा) आयोजना गर्न लागिएको च्यारिटी डिनरबाट बचेको रकम घरेलु हिंसाबाट पीडित परिवारलाई प्रदान गरिने छ। "हाल बेलायतमा बसी रहेका नेपाली समुदायमा घरेलु हिंसाका घटनाहरु बढी रहेका छन् तर ब्रिटिश कानूनबारे जानकारीको अभाव,भाषा लगायत विभिन्न कारणले पीडित पक्ष प्रहरीकहाँ जान सकी रहेका छैनन्। पीडितहरुलाई कानूनी सहायताका साथै आर्थिक सहयोग पनि गर्न सकियोस भन्ने उद्देश्यले हामीले च्यारिटी डिनर राखेका हौँ। डिनरमा सहभागी भएर पीडितको घाउमा मल्हम लगाइ दिन हामी अनुरोध गर्दछौँ,"द गोर्खा सेन्टरका संस्थापक तथा सीइओ भीम तामांगले भनेका छन। डिनरमा चर्चित शेफ तथा गुडविल एम्ब्यासडर बिनोद बरालले परम्परागत नेवारी तथा नेपाली पाक कलामा आधारित विशेष भोजन तयार गर्नेछन्। उनले हालै ग्रीसको राजधानी एथेन्समा “Taste Ambassador of Global Gastronomy 2024” मा भाग लिएर गोल्ड मेडल पाएका थिए। गोर्खा भेट्रान्स तथा उहाँहरुका परिवारलाई विभिन्न सेवा प्रदान गर्दै आएको द गोर्खा सेन्टरले हालै उच्च शिक्षा अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीहरुको सहयोगका लागि पनि कार्यक्रमको आयोजना गरेर सेवा गरेको थियो।
शीतलपाटीन्युज डटकम। लण्डन।गोरखाली समाज युकेको अध्यक्ष हेम कुमार गुरुड्गको अध्यक्षतामा गोरखाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रम तय भयको र बिबीक्वु तथा भब्य सास्कृतिक कार्यक्रमका साथ भब्य हुने छ।सो कुरा समाजका अध्यक्ष हेम गुरुड्गले आफ्नो फेसबुकवालमा “गोरखाली समाज युकेका आदरणीय संस्थापक अध्यक्ष तथा पुर्ब अध्यक्षज्युहरु,ट्रस्टिजज्युहरू, सल्लाहकारज्युहरु,कार्यसमितिका पदाधिकारीज्युहरू तथा सम्पूर्ण बुवाआमा,दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार” भन्दै निमन्त्रणा गर्नु भएको छ। उहाले निम्न मिति,समय र स्थानमा नेपालीहरुको मनमूटूमा बस्न सफल नेपाली राष्ट्रीय लोकदोहोरी कलाकारहरू गायक रबीन लामीछाने,गायिका रेजिना परियार,नायिका तथा डान्सर लक्ष्मी गुरुङको बिशेष प्रस्तुतिका साथ बिबिक्यु २०२४ तथा वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको यहाँहरु सबैलाई जानकारी गराउदै कृपया यस ऐतिहासिक कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थाको सम्पुर्ण पदाधिकारीज्युहरु लगायत् सम्पूर्ण नेपालीहरुमा हार्दिक अनुरोध गर्दछु भन्नु भएको छ। कार्यक्रम- मिति : - २० जुलाई २०२४, शनिवार समय : -12:00 - 20:00 स्थान : - Samuel Cody School, Farnborogh, GU14 8SN Entry fee :- Adult : £25 Under : 6-12 years: £10 Under : 5 Free साथै कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नका लागी यहाँहरुको उपस्थिति सँगसँगै संस्थालाई आर्थिक लगायत बिभिन्न सहयोग गरी कार्यक्रम सफल पार्न अध्यक्ष हेम कुमार गुरुड्ग र महासचीव गौतम गुरुड्गलाई सहयोग गरीदिनु हुन पनि कार्यसमिती परिवारलाई विशेष अनुरोध गरीएको छ।
शीतलपाटीन्युज डटकम। लण्डन।गोरखाली समाज युकेको अध्यक्ष हेम गुरुड्गको अध्यक्षतामा गोरखाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रम तय भयको र बिबीक्वु तथा भब्य सास्कृतिक कार्यक्रमका साथ भब्य हुने छ।सो कुरा समाजका अध्यक्ष हेम गुरुड्गले आफ्नो फेसबुकवालमा “गोरखाली समाज युकेका आदरणीय संस्थापक अध्यक्ष तथा पुर्ब अध्यक्षज्युहरु,ट्रस्टिजज्युहरू, सल्लाहकारज्युहरु,कार्यसमितिका पदाधिकारीज्युहरू तथा सम्पूर्ण बुवाआमा,दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार” भन्दै निमन्त्रणा गर्नु भएको छ। उहाले निम्न मिति,समय र स्थानमा नेपालीहरुको मनमूटूमा बस्न सफल नेपाली राष्ट्रीय लोकदोहोरी कलाकारहरू गायक रबीन लामीछाने,गायिका रेजिना परियार,नायिका तथा डान्सर लक्ष्मी गुरुङको बिशेष प्रस्तुतिका साथ बिबिक्यु २०२४ तथा वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको यहाँहरु सबैलाई जानकारी गराउदै कृपया यस ऐतिहासिक कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थाको सम्पुर्ण पदाधिकारीज्युहरु लगायत् सम्पूर्ण नेपालीहरुमा हार्दिक अनुरोध गर्दछु भन्नु भएको छ। कार्यक्रम- मिति : - २० जुलाई २०२४, शनिवार समय : -12:00 - 20:00 स्थान : - Samuel Cody School, Farnborogh, GU14 8SN Entry fee :- Adult : £25 Under : 6-12 years: £10 Under : 5 Free साथै कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नका लागी यहाँहरुको उपस्थिति सँगसँगै संस्थालाई आर्थिक लगायत बिभिन्न सहयोग गरी कार्यक्रम सफल पार्न अध्यक्ष हेम कुमार गुरुड्ग र महासचीव गौतम गुरुड्गलाई सहयोग गरीदिनु हुन पनि कार्यसमिती परिवारलाई विशेष अनुरोध गरीएको छ।
शीतलपाटीन्युज डटकम। लन्डन ।मगर एसोसीयसन युकेको निमन्त्रणामा बेलायतवासी नेपाली समुदायमा लोकप्रिय 'नेपाली ओपन कन्सर्ट'मा प्रस्तुति दिन मंगोलियन हर्टका चर्चित गायक राजु लामा लन्डन आइपुगेका छन् । मगर संघ युकेको आयोजनामा यही जुन १५ तारिखमा मेडस्टोनस्थित केन्ट इभेन्ट सेन्टरमा हुने नेपाली ओपन कन्सर्टका लागि गायक लामा मंगलबार हिर्थो एयरपोर्टको टर्मिनल ३ आइपुगेका हुन् । उनलाई मगर संघ युकेकी अध्यक्ष सीता पुर्जा पुन मगर,कार्यक्रम संयोजक होम रोका, सचिव गुमान पुनमगर,युथ अध्यक्ष अनिल थापा,उपाध्यक्ष दिपक माइथाने मगर, सांस्कृतिक सचिव सरू राना गुरूङ लगायतले स्वागत गरेका थिए। गायक लामालाई आजै बेलुकी ५ बजे फानबोरोस्थित मगर भवनमा मगर संघ युकेलस स्वागत गर्ने जनाइएको छ । मगर संघ यूकेले सबै जातजाती, भाषाभाषीको पुलको रुपमा कार्य गर्दै 'म्युजिक फर युनिटी' नाराका साथ नेपाली कला र गला, नेपाली भाषा र संस्कृतिको लागि काम गरेको छ । (साभार-गोर्खा मिडीया)
शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पश्चिम तनहुबाट बेलायत बसोबास गरेका नेपालीहरको संस्था तनहुँ समाज युकेको ग्रीष्मकालीन वार्षिक भेटघाट तथा समर बीबीक्यू २२ जुन २०२४ शनिबार हुने भएको छ। लण्डन फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा हुने सो भेटघाटमा पश्चिम नेपालको सांगीतिक प्रस्तुति रहने बताईएको छ। कार्यक्रममा नेपालबाट आएका कलाकारहरू राजु ढकाल, सम्झना लामिछाने र सविता परियारले गाउने छन् भने अस्मिता रानाले नृत्य प्रस्तुत गर्ने आयोजकले जानकारी दिनु भएको छ साथै बेलायतमै रहेका तनहुँका चर्चित कलाकारहरू मनसुधन थापा, पवन रानाले पनि कार्यक्रमलाई मनोरन्जनात्मक बनाउने शीतलपाटीन्युजलाई समाचार प्राप्त भयको छ। बेलायतका स्थानीय कलाकारहरू सविता राना,रोनिशा आलेले पनि कार्यक्रममा प्रस्तुति दिने बताइएको छ। तनहुँ समाज युकेले हरेक वर्षको समरमा बेलायतमा रहेका तनहुँबासीहरु बीच वार्षिक भेला आयोजना गरी सामाजीक भेटघाट र मनोरन्जन लिदै आएको छ। यसवर्षको भेला १७औँ भेला भयको र यसलाई भब्य बनाउन समीजले बिभिन्न कार्यक्रमके ब्यवस्था गर्दै रहेको अध्यक्ष केशरबहादुर रानाले बताउनु भयको छ।अध्यक्ष रानाले कार्यक्रममा उपस्थित भई पूर्ण रुपले मनोरञ्जन लिनुको साथै आफ्नो मातृजिल्लाको कार्यक्रमलाई भव्य र गरिमामय बनाइदिन यूकेका विभिन्न ठाउँमा बसोबास गर्ने सम्पूर्ण तनहुँङे आमा बुवा,दाजुभाइ, दिदीबहिनी तथा छोराछोरी भान्जाभान्जीहरुलाई अनुरोध गर्नु भएको छ। आकर्षक पुरस्कारसहित राफल ड्र कार्यक्रम राखीएको र प्रथम पुरस्कार आधातोला सुन रहेको र अन्य ड्र हुने तथा थुप्रै आकर्षित पुरस्कारहरु रहेको आयोजकले जनाउनु भयको छ। यस्तै बेलुकासम्म बीबीक्युका साथै बफेट डिनर हुने आयोजकको भनाइ छ। कार्यक्रममा प्रवेशको टिकट दर वयस्क २५ पाउन्ड,ज्येष्ठ नागरिक २२ पाउन्ड,केटाकेटी ६-१२ वर्षकालाई १५ पाउन्ड र पाँच वर्ष मुनिकालाई नि:शुल्क व्यवस्था मिलाइएको अध्यक्ष रानाले बताउनु भयको छ। कार्यक्रमको ठेगाना-
बसन्तराज कॅुवर, काठमाण्डौ। मलाइ त्यो दिन अझै संझना छ,हामि इन्सपेक्टर थियौं,पुलीस क्लबमा कार्यक्रम हुन्थ्यो। त्यस कार्यक्रममा बिषेष डिनरमा लगाउने निलो पाइन्टमा फित्ता भएको,कॉधमा जरी भरीएको ट्युनिक लगाउनु पर्दथ्यो र हामि तल्ला अफीसर भएकाले भित्र सॉस्क्रीतीक कार्यक्रमम हेर्न पनि ठाउ पाउन गाह्रो हुन्थ्यो। जाडो यममा सबै बाहिर आगो छेउछाउ जम्मा हुदा हामि लाइ हिंउंमा बसेका पेन ग्विन चराको समुह झैं देखीन्थ्यो। सबै पाहुनाहरुले खाए पछी मात्र हाम्रो खाने पालो आउथ्यो। घर बाट दिनको ३ बजे तिरै निलो कॉध भरी जरीबाला ट्युनिक लगाएर प्रहरी महीला संघको धोति चोलो लगाएकी श्रीमति लाइ साथ लिएर मोटर साइकल चढेर हीड्दा टोलमा फुर्ति फार्ती निक्कै हुन्थ्यो तर आधा रात सम्म क्लब बाहीर पेनगुइन झै भएर जाडो याममा बाहीर भोकले सताएको अबस्थामा भने कहीले हाम्रो खाना खाने पालो आउला? भनी कुर्दा भने निक्कै कठिन हुन्थ्यो। बल्लबल्ल हाम्रो खाने पाले आउथ्यो र खाना खाने स्थानमा एउटा अर्को पाटो देखीन्थ्यो।त्यॉहा पुर्ब प्रहरीहरुसंग पुनरमिलन भनेर केहि पुर्ब प्रहरी हरु (अफीसर हरु) पनि आमन्त्रण गरीएको हुन्थ्यो। मलाइ संझना छ त्यस बहालका अफीसर हरुको हुलमा केहि संख्यामा पुर्ब प्रहरी हरु पनि देखिनु हुन्थ्यो। एकपटक एक पुर्ब प्रहरी अफीसर खाना खाने स्थानमा आइपुग्नु हुदा रक्सीको नशाले चुर भै सक्नु भएको रहेछ र उहाले टेबुलबाट खाना लिइ फर्कने क्रममा प्लेट झार्नु भयो र त्यसै प्लेट माथि आफु पनि लड्नु भयो। वॉहाको कपडा पुरै खराब भयो।प्लेट पनि फुट्यो । वरीपरी हामिहरु थियौ। केही अफीसरहरु जोड जोडले हॉस्न थाल्नु भयो। कोहीले भन्नु भयो “ यस्तो समाहरोहरुमा भुपुहरुलाइ नबोलाएको भए बेस हुन्थ्यो । कोहीले भन्नु भयो “फोकटको दारु पाए पछी यस्तै हुन्छ“। म भरखरको इन्सपेक्टर थिंए र ति लड्ने पुर्ब प्रहरी ज्यु (पुर्ब डीएसपी साब) लाइ म चिन्दथें।उहालाइ उठाइयो तर पुर्ब प्रहरीहरु भनेको त्यस समाहरोहमा निक्कै अस्तीत्व हिन तर पुनरमिलनमा बोलाउनु पर्ने बाध्यताका पात्रहरु मात्र हुन् भने झै नै देखीन्थ्यो। मैले पनि त्यस्तै बुझे त्यस्तै सिकें। तर जब म आफै पुर्ब प्रहरी भंए मैले आफुलाइ त्यो अस्तीत्वहिन पात्र मान्न सकीन। म अरु लाइ पनि अस्तीत्वहिन पात्र भए्को देख्थीन
GNNNEWS- लन्डन - एक समारोहबीच अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद सुवेदीको जीवनी विमोचन गरिएको छ। लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा एनआरएनएका पूर्व सल्लाहकार कुल आचार्यले 'प्रा.सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म' नामक पुस्तक लोकार्पण गरेका हुन्। साउथ एसिया टाइम अनलाइनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती खनालले नेपालमा सम्विधान निर्माणदेखि नेपाल सरकार विरुद्ध एनसेलको मुद्दामा महत्वपूर्ण सुझाव र सल्लाह दिएर प्रा सुवेदीले मुलुकलाई गुन लगाएको बताइन्। उनले प्रा सुवेदीजस्ता विज्ञहरुको विद्वता नेपालको हितमा उपयोग गर्नु पर्नेमा जोड दिइन्। गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार कुल आचार्यले नेपालमा एमसीसी विवाद चर्कीरहेका बेला प्रा सुवेदीले व्याख्यात्मक टिप्पणी राख्न सुझाव दिएर विवाद सुल्झाउन योगदान गरेको सम्झना गरे। उनले नेपाल-भारत सीमा विवाद लगायतका विवाद समाधान गर्न प्रा सुवेदीले दिएको सुझाव नेपालका लागि निकै उपयोगी भएको बताए। उनले पुस्तकका लेखक पत्रकारद्वय भगीरथ योगी तथा नवीन पोखरेललाई धन्यवाद पनि दिइन्। उक्त पुस्तकको बारेमा बोल्दै अक्सफोर्ड विश्वविद्यालयसंग आबद्ध अनुसन्धानकर्ता डा कृष्ण अधिकारीले लम्जुङ्गदेखि बेलायतसम्म प्रा सुवेदीको जीवन यात्रा रोचक र प्रेरणादायी रहेको बताए। उनले प्रा सुवेदीको जीवनी पढ्दा आफुलाई बझांगी राजा जयपृथ्वी बहादुर सिंहको सम्झना आएको बताए। उनले राजा जयपृथ्वी बहादुर सिंहजस्तै प्रा सुवेदी पनि अन्तरराष्ट्रियतावादी,मानवतावादी तथा कानूनी राज्यको पक्षधर भएको बताए। उनले प्रा सुवेदीलाई आफ्ना अनुभवहरु समेटेर अर्को पुस्तक लेख्न पनि सुझाव दिए। 'बेलायतको प्रगतिको साझेदारको रुपमा दक्षिण एसियाली डायसपोराको भूमिका विषयमा बोल्दै प्रा सुवेदीले ब्रिटेनका हरेक जसो क्षेत्रमा दक्षिण एसियाली समुदायले राम्रो प्रगति गरेको बताए। उनले अन्य दक्षिण एसियाली समुदायभन्दा ढीलो बेलायतमा स्थायी बसोबास गर्न लागेको भए पनि नेपाली आप्रवासी समुदायले व्यापार व्यवसाय, सेवा र प्राज्ञिक क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको जनाए। कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका 'डबल अबभ नी एम्पुटी'भूतपूर्व गोर्खा हरि बुढा मगर,बार्नेट काउन्सिलका पूर्व डेपुटी मेयर लक्ष गुरुङ,कन्सलट्यांट नर्स सुमन श्रेष्ठ एमबीइ, डा कपिल रिजाल,उद्यमी योगेन क्षेत्री,उद्यमी उत्तम नेपाल,समाजसेवी रविन्द्र जंग लामिछाने,चर्चित कलाकार गोविन्द साह 'आजाद,’द मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाह,फेशन डिजाइनर संयुक्ता श्रेष्ठ,गायिका सितु खरेल,गोर्खा अभियानकर्ता ज्ञानराज राइ,एनआरएन अभियन्ता
शीतलपाटीन्युज डटकम। लन्डन। हरेक बर्ष बेलायतकी महारानी भिक्टोरियाको सम्झनामा मनाइने ‘भिक्टोरिया डे’ भब्य मनाइएको छ। ८ जुनमा रसमुर बोरो काउन्सिल फानबोरोले अलडरसटमा भब्य मनाएको हो। कार्यक्रममा अल्डरसट कार्निभल परेड, सांस्कृतिक कार्यक्रम,प्रभातफेरी,बाजागाजा लगायतका कार्यक्रम प्रस्तुथ गरी 'भिक्टोरिया डे' मनाइएको थियो। सो क्रममा नौमती बाजासहित अल्डरसट शहर परिक्रमा गरिएको थियो। कार्यक्रममा ग्रेटर रसमोर नेपाली कम्युनिटी युके लगायत विभिन्न १३ भन्दा बढी संघसंस्थाले भाग लिएका थिए। रसमोर बरो काउन्सीलले आयोजना गरेको सो कार्यक्रमका लागि ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले समेत सहकार्य गरेको थियो। बेलायतमा सक्रिय विभिन्न नेपाली संघसंस्था र नेपाली दाजुभाइ दिदीबहिनीले ग्रेटर रसमोल नेपाली कम्युनिटी युकेको नेतृत्वमा भाग लिएका छन्। परेडमा बुद्धिस्ट कम्युनिटी सेन्टर (बिसीसी) युके,शिव कल्चर एन्ड कम्युनिटी सेन्टर,साई सेन्टर फार्नबोरो,लमजुङ समाज युके, तमु धीं युके, किरात राई यायोक्खा रसमोर शाखा,मगर संघ युके यूएचएसबी शाखा, किरात याक्थुङ चुम्लुङ रसमोर शाखा,गोर्खा आमा समूह एम्पायर,गोर्खा आमा समूह अल्डरसट, म खेल्छु,नवयुवा, रनिङ क्लब लगायत व्यक्ति,समाजसेवी,संघसंस्था, उद्यमी र व्यापारी लगायतको भब्य सहभागीता रहेको थियो। परेडमा सहभागीहरूले आ-आफ्नो नेपाली मौलिक भेषभूषा,तुल र व्यानरका साथ नगर परिक्रमामा भाग लिएका थिए। प्रत्येक वर्ष फरक-फरक तरिकामा हुने "भिक्टोरिया डे" यस वर्ष एनिमल थिममा भएको थियो। कार्यक्रममको समापन गर्दै ग्रेटर रसमुर नेप्लिज कक्युनिटी युकेका अध्यक्ष मान गुरुङले सहभागी संघसंस्था र स्वयम सेवकहरुलाई प्रसंसापत्र प्रदान गरेका थिए। कार्यक्रम संयोजक जीआरएनसी युकेका उपाध्यक्ष उत्तरबहादुर गुरूङ संयोजक,सहसंयोजकमा उपाध्यछ सुष्मा गुरूङ, बेलायतमा कार्यरत नेपाली पत्रकारहरु, स्थानिय बेलायती पत्रकारहरु उपस्थित रहेको सो कार्यक्रम भब्य रहेको थियो। अल्डरसटमा प्रत्येक वर्ष जुनमा भिक्टोरिया डे मनाइने गरिन्छ । महारानी भिक्टोरियाले बेलायतमा ६३ वर्ष २१६ दिनसम्म लगातार शासन गरेकी थिइन्। उनको शासनकालमा बेलायतको उद्योगधन्दा,रेलमार्ग,बाटो,पुल, विज्ञानलगायत क्षेत्रमा तीव्र रूपमा विकास भएको कारण रानीको शंझनामा यो भिक्टोरिया डे मनाउने गरिएको हो। बाजागाजा समेतको यो भब्य नगर परिक्रमा हेर्दै आफ्नो घर अगाडी बसेर स्वागर गरेका थिए।
सगरमाथा आरोही अबिरल राईलाई किरात राई यायोक्खा बेलायतको धन्यवाद तथा बधाई सम्मान शीतलपाटीन्युज डटकम। लण्डन।सगरमाथाको काख सोलुखुम्बु जिल्लामा जन्मनु भएका आरोही अबिरल राईले गत मिति २२ मे २०२४ को दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा किरात राई यायोक्खा बेलायतले आरोही राईलाई विशेष धन्यबाद प्रदान गरेको छ। आफ्नो जीवनको बाजी थापेर आरोही अबिरल राईले गर्नु भएको साहसिक कार्य अनि सफल आरोहणले समग्र किरात राई जातिको शिर उच्च पारेको धन्यबाद पत्रमा उन्लेख छ। किरात राई बहुभाषिक र बहुथरी समुदाय बोधक संज्ञा भएको, किरात राई एक जाति तर बहुभाषी बहुथरी हुनु किरात राई जातिको विशिष्टता हो। यसै विशिष्टतालाई प्रतिविम्बित गर्न किराया बेलायतले परिकल्पना गरेको किराया बेलायतको लोगो अंकित झण्डा सफल आरोही अबिरल राईले विश्वको शिर सगरमाथाको चुचुरोमा फहराउनु समेत सफल हुनु भएकोमा किराया बेलायत अनि समस्त बेलायतबासी किरात राई तथा गैर किरात राईहरुको तर्फबाट वहाँलाई विशेष धन्यबाद ब्यक्त गर्दै बधाई ज्ञापन गरिएको छ। पेशाले पर्वतीय मार्गदर्शक समेत रहनु भएका आरोही अबिरल राईको सगरमाथा आरोहण यो दोश्रो पटक हो भने वहाँले यस अघि सन २०२२ मा सगरमाथाको पहिलो सफल आरोहण गर्नु भएको थियो। साथै उहाँले नेपाल लगायत विश्वका अन्य थुप्रै चुचुराहरुको सफल आरोहण गरिसक्नु भएको छ।
शीतलपाटीन्युज डटकम। लण्डन।सगरमाथाको काख सोलुखुम्बु जिल्लामा जन्मनु भएका आरोही अबिरल राईले गत मिति २२ मे २०२४ को दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा किरात राई यायोक्खा बेलायतले आरोही राईलाई विशेष धन्यबाद प्रदान गरेको छ। आफ्नो जीवनको बाजी थापेर आरोही अबिरल राईले गर्नु भएको साहसिक कार्य अनि सफल आरोहणले समग्र किरात राई जातिको शिर उच्च पारेको धन्यबाद पत्रमा उन्लेख छ। किरात राई बहुभाषिक र बहुथरी समुदाय बोधक संज्ञा भएको, किरात राई एक जाति तर बहुभाषी बहुथरी हुनु किरात राई जातिको विशिष्टता हो। यसै विशिष्टतालाई प्रतिविम्बित गर्न किराया बेलायतले परिकल्पना गरेको किराया बेलायतको लोगो अंकित झण्डा सफल आरोही अबिरल राईले विश्वको शिर सगरमाथाको चुचुरोमा फहराउनु समेत सफल हुनु भएकोमा किराया बेलायत अनि समस्त बेलायतबासी किरात राई तथा गैर किरात राईहरुको तर्फबाट वहाँलाई विशेष धन्यबाद ब्यक्त गर्दै बधाई ज्ञापन गरिएको छ। पेशाले पर्वतीय मार्गदर्शक समेत रहनु भएका आरोही अबिरल राईको सगरमाथा आरोहण यो दोश्रो पटक हो भने वहाँले यस अघि सन २०२२ मा सगरमाथाको पहिलो सफल आरोहण गर्नु भएको थियो। साथै उहाँले नेपाल लगायत विश्वका अन्य थुप्रै चुचुराहरुको सफल आरोहण गरिसक्नु भएको छ।
शीतलपाटीन्युनेपालज डटकम। काठमाडौं। नेपाल सरकारले बेलायत,अमेरिका र भारत सहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत,अमेरिका,बेलायत,साउदी अरब,दक्षिण कोरिया,मलेसिया, स्पेन,डेनमार्क,इजरायल,कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। भारतमा डा.शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन्। उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। यस्तै साउदी अरेबियामा नवराज सुवेदी,दक्षिण कोरियामा ज्योति प्याकुरेल,मलेसियामा डिल्लीराज पौडेल,स्पेनमा शर्मिला पराजुली ढकाल,डेनमार्कमा प्रा.डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन्। २४ चैत २०७८ मा देउवा नेतृत्वको सरकारले उनीहरुसहित ११ राजदूत सिफारिस गरेको थियो । त्यसबेला सिफारिस भएर नियुक्ति पाएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रसियाका लागि मिलन तुलाधरलाई भने फिर्ता बोलाइएको छैन । कतारका लागि नेपाली राजदूतमा डा.नरेशविक्रम ढकाल थिए। २६ जेठ २०७९ मा नियुक्त भएका उनलाई पनि फिर्ता बोलाइएको छ। सरकारले पोर्चुगलका लागि नेपाली राजदूत सनिल नेपाललाई पनि फिर्ता बोलाएको छ। कांग्रेसको जोडबलमा प्रचण्ड सरकारले २३ कात्तिक २०८० मा पोर्चुगलमा राजदूताबास राख्ने निर्णय गरेर राजदूतमा नेपालको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइको प्रक्रिया पुरा गरेर उनले २४ माघ २०८० मा मात्र नियुक्ति पाएका थिए। (अनलाइनखबर)
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल सरकारले बेलायत,अमेरिका र भारत सहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बेलायत,अमेरिका,भारत,साउदी अरब,दक्षिण कोरिया,मलेसिया, स्पेन,डेनमार्क,इजरायल,कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। भारतमा डा.शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन्। उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। यस्तै साउदी अरेबियामा नवराज सुवेदी,दक्षिण कोरियामा ज्योति प्याकुरेल,मलेसियामा डिल्लीराज पौडेल,स्पेनमा शर्मिला पराजुली ढकाल,डेनमार्कमा प्रा.डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन्। २४ चैत २०७८ मा देउवा नेतृत्वको सरकारले उनीहरुसहित ११ राजदूत सिफारिस गरेको थियो । त्यसबेला सिफारिस भएर नियुक्ति पाएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रसियाका लागि मिलन तुलाधरलाई भने फिर्ता बोलाइएको छैन । कतारका लागि नेपाली राजदूतमा डा.नरेशविक्रम ढकाल थिए। २६ जेठ २०७९ मा नियुक्त भएका उनलाई पनि फिर्ता बोलाइएको छ। सरकारले पोर्चुगलका लागि नेपाली राजदूत सनिल नेपाललाई पनि फिर्ता बोलाएको छ। कांग्रेसको जोडबलमा प्रचण्ड सरकारले २३ कात्तिक २०८० मा पोर्चुगलमा राजदूताबास राख्ने निर्णय गरेर राजदूतमा नेपालको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइको प्रक्रिया पुरा गरेर उनले २४ माघ २०८० मा मात्र नियुक्ति पाएका थिए । (अनलाइनखबर)
शीतलपाटीन्युज डटकम। लण्डन। सगरमाथाको काख सोलुखुम्बु जिल्लामा जन्मनु भएका आरोही अबिरल राई ज्युले गत मिति २२ मे २०२४ को दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सफलता पूर्वक सम्पन्न गर्नु भएकोमा किरात राई यायोक्खा बेलायतले आरोही राईलाई विशेष धन्यबाद प्रदान गरेको छ। आफ्नो जीवनको बाजी थापेर, आरोही अबिरल राईज्युले गर्नु भएको साहसिक कार्य अनि सफल आरोहणले समग्र किरात राई जातिको शिर उच्च पारेको धन्यबाद पत्रमा उन्लेख छ। किरात राई,बहुभाषिक र बहुथरी समुदाय बोधक संज्ञा भएको,किरात राई एक जाति तर बहुभाषि,बहुथरी हुनु किरात राई जातिको विशिष्टता हो। यसै विशिष्टतालाई प्रतिविम्बित गर्न किराया बेलायतले परिकल्पना गरेको किराया बेलायतको लोगो अंकित झण्डा सफल आरोही अबिरल राईज्युले विश्वको शिर सगरमाथाको चुचुरोमा फहराउन समेत सफल हुनु भएकोमा किराया बेलायत अनि समस्त बेलायतबासी किरात राई तथा गैर किरात राईहरुको तर्फबाट वहाँलाई विशेष धन्यबाद ब्यक्त गर्दै बधाई ज्ञापन गरिएको छ। पेशाले पर्वतीय मार्गदर्शक समेत रहनु भएका आरोही अबिरल राईज्युको सगरमाथा आरोहण यो दोश्रो पटक हो भने वहाँले यस अघि सन २०२२ मा सगरमाथाको पहिलो सफल आरोहण गर्नु भएको थियो। साथै वहाँले नेपाल लगायत विश्वका अन्य थुप्रै चुचुराहरुको सफल आरोहण गरिसक्नु भएको छ।
शीतलपाटीन्युज डटकम। लन्डन- पोखरेली मंच युकेद्वारा बेलायतको नेपाली समुदायमा वर्षेनी आयोजना हुंदै आएको “पीपल नेपालकप टी-२० क्रिकेट” को सातौं संस्करण यहि जुन महिनाको अन्तिम हप्ताबाट शुरु हुने भएको छ। जुन ३० तारिख तथा जुलाई ३ र ७ तारिख गरी तीन दिन प्रतियोगिता सञ्चालन गरिने आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुड्गले शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भयको छ। यस पुर्व पनि खेल भएको रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लब एण्ड हक्की क्लबको मैदानमा प्रतियोगिता सञ्चालन हुने अध्यक्ष गुरुड्गले बताउनु भयको छ। यसपटकको यो ७औ प्रतियोगितामा बेलायतका विभिन्न क्षेत्रबाट ९ टोलीको सहभागिता रहने छ। नेपालकपको सातौं संस्करणमा भाग लिने टोलीहरुमा हिमालयन क्रिकेट क्लब,क्वीन गोर्खा सिग्नल क्रिकेट क्लब,नेप्लिज वारियर क्रिकेट क्लब,माया क्रिकेट क्लब,रमाइलो क्रिकेट क्लब,नवयुवा क्रिकेट क्लब,गोर्खा क्रिकेट क्लब केन्ट,गोर्खा टाइगर्स स्पोर्टस् क्लब र खुकुरी क्रिकेट क्लब छन। बेलायत बसोबास गरेका खेलाडीहरुमा रेडिङ,अल्डरसट,लन्डन,केन्ट र मिडल्याण्डसम्मका टीम समावेश रहेका छन्। यो पीपल नेपाल टी-२० क्रिकेट प्रतियोगिताका प्रथम हुने विजेता टीमलाई १५ सय पाउण्ड नगद र ट्रफीसहितको पुरस्कार दिइनेछ भने दोस्रो स्थानमा आउने टीमलाई ८ सय पाउण्ड नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै,प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याच सिरिजका रुपमा २ सय पाउण्ड नगद र ट्रफी प्रदान गरिनेछ। सर्वाधिक रन तथा सर्वाधिक विकेट हासिल गर्ने दुवै खेलाडीलाई पनि १ सय ५० पाउण्ड नगद र ट्रफीसहित पुरस्कृत गरिने कार्यक्रम छ। नेपालकप क्रिकेटका खेलहरु सञ्चालन गर्न आइसीसीबाटै मान्यताप्राप्त रेफ्रीहरु ल्याइने,हरेक खेल पूरै २० ओभर खेलाइनेछ भने टीममा खेलाडी संख्या पनि ११ नै रहनेछ। पोखरेली मञ्च यूकेको आयोजना रहने सातौं पीपल नेपालकप क्रिकेटमा ग्रेटर रेडिङ नेपाली कम्युनिटीको पनि सहयोग रहनेछ। प्रतियोगिताको मुख्य स्पोन्सर टाइटल पीपल मोर्गेजे रहने छ। सातौं पीपल नेपालकप क्रिकेटको इभेन्टमा संयोजक पोखरेली मञ्चका उपाध्यक्ष पवित्र गुरुङ रहेका छन् भने क्रिकेट संयोजक मञ्चका स्पोर्टस कोअर्डिनेटर प्रकाश गुरुङ छन। आयोजक पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले बेलायतमा रहेका नेपाली क्रिकेटरहरुलाई अन्तराष्ट्रिय खेलमा प्रोत्साहन,सामाजीक भाईचाराको बिकास गर्नु, अनुसासनमा बृध्दी गर्नु नै पीपल नेपालकप टी-२० को प्रमुख उद्धेश्य रहेको बताउनु भयको छ। अध्यक्ष गुरुङले बेलायतस्थित सबै
शशांक शर्मा संबाददाता- लण्डन। बेलायतको ऊल्भरहाम्टनमा पहिलो नेप्लिज लायन्स क्लव गठन भएको छ। ऊल्भरहाम्टन स्थित माउन्ट गोर्खा रेष्टुरेन्टमा भएको chartar celebration मा चितवन घर भै बेलायतको ऊल्भरहाम्टममा ब्यबसाय गरि बस्ने युवा समाजसेवी दिपक पौडेल सर्वसम्मत प्रेसिडेन्ट बनेकाछन। समितिमा रोसन सुन्दास सचिव र इन्द्रलाल पाठक कोषाअध्यक्ष रहेका छन। दिप्ती भन्डारी,रजत भन्डारी,आर्जु भट्टराई,सचेत भट्टराई,कर्ण बिस्वकर्मा,अनमोल बोहरा,रजनी दर्जी,सोनी घले,हरि कार्की,बिष्णु लामिछाने,सफल न्यौपाने,कृष्ण सापकोटा,दिपक सुबेदी,धिरेन थापा,शिशिर उप्रेती,रबिना वाग्ले,रेजिना वाग्ले गरि २० सदस्यीय कार्यसमिती गठन भएको छ भने बाकी सबैलाई जोड्ने गरी सदस्यहरु थपिदै जानेछन। कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गभर्नर डेभिड म्याकार्थिले लायन्स क्लवका अन्तराष्ट्रिय प्रेसिडेन्ट डा.प्याटि हिलले पठाउनु भएको शुभकामना सन्देस पढेर सुनाउनु भएको थियो भने पुर्व डिस्ट्रिक गभर्नर रबिन्द्र सन्धुले charter ब्याच तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो।कार्यक्रममा ऊल्भरहाम्टन स्थित हाम्रो नेपासी समाजका अध्यक्ष भिम शर्मा लगायत पुर्व अध्यक्षहरु गंगा गौतम,कृष्ण प्रसाद शर्मा,गोमा पौडेल,शिब खरेलको उपस्थित रहेको थियो। नबनियुक्त प्रेसिडेन्ट दिपक पौडेलले आफुले बिभीन्न संघ संस्था मार्फत समाजसेवा गरिसकेको र अब लायन्स क्लवको माध्यमले समाजसेवालाई निरन्तरता दिने बताउनु भयो। आफुले चितवनको चेपांग बस्तीमा चेपांगहरुको जिवन सुधार्ने केही काम गर्ने इच्छा रहेको र अब त्यसैलाई लंक्ष्य बनाई नबगठित लायन्स क्लवले काम गर्नेछ भनी बताउनु भयो। सन १९१७ मा अमरिकामा गठन भएको लायन्स क्लवले नेपालमा सामाजिक कामहरु गरिरहेकोछ। लायन्स क्लवले यसै बर्ष अष्ट्रेलियामा अन्तराष्ट्रिय सम्मेलन गर्देछ।
शीतलपाटीन्युज डटकम। काठमाडौं। ब्यापार,ब्रिटीस सेना,अध्ययन र बसाई सराईका लागि पर्वतबाट बेलायत पुगेका नेपालीहरुको साझा संस्था पर्वत वेलफेयर सोसाइटी यूकेले जिल्लाका गरिब तथा जेहनदार विद्यार्थीहरुको सहयोगार्थ लण्डनमा च्यारिटी कार्यक्रम गर्ने भएको छ। एम्पाएर हल अल्डरसटमा ७ जुलाइ २०२४ मा उक्त कार्यक्रम हुने पर्वत बेलफेयर संस्थाकी अध्यक्ष अप्सरा गुरुङले बता उनु भयको छ। शीतलपाटीन्युजसंगको कुराकानीमा उहाले च्यारिटीबाट उठेको रकम पर्वतका गरिब तथा जेहनदार विद्यार्थीको उच्च शिक्षामा खर्च गरिने बताउनु भयको छ । युकेमा हुने च्यारिटीमा भाग लिन पर्वतका जनप्रतिनिधि र सांसदहरु पनि बेलायत आउने कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष सुरज पौडलले बताउनु भयको छ। उहाका अनुसार गण्डकी प्रदेशकी सांसद रेखा गुरुङसहित केही गाउँपालिकाका अध्यक्ष पनि कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम छ। बेलायतमा रहेका पर्वतवासी र पर्वत जिल्ला कै सहयोगार्थ सन् २००२ मा पर्वत वयलफेयर सोसाइटी संस्था स्थापना गरिएको थियो। संस्थाले यसअघि कुस्मास्थित दृष्टिविहीन विद्यालयमा १० लाखको अक्षयकोष स्थापना गरेको थियो।पर्वतमा साक्षरतादर ८० प्रतिशतभन्दा धेरै भए पनि गरिब तथा निम्न आय भएको विद्यार्थीहरु अझै उच्च शिक्षाबाट वञ्चित भयका कारण यस्ता विद्यार्थीहरुलाई संस्थाले सहयोग गर्दै आएको अर्को उपाध्यक्ष भरत पौडेलले पनि बताउनु भयको छ।