शीतलपाटीन्युज डटकम। काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले ब्रिटिश गोर्खाको प्रशंसा गर्नुभएको छ । बेलायतको प्रधानमन्त्री कार्यालय टेन डाउनिङ्ग स्ट्रिटमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले ब्रिटिश गोर्खाको प्रशंसा गर्नुभएको हो । नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको १०० वर्ष पूरा भएको अवसरमा टेन डाउनिङ्ग स्ट्रिटमा विशेष समारोहको आयोजना गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामबारे धारणा राख्नुभयो । बेलायती राजा चार्ल्सले विगतमा गरेको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बेलायतमा रहेका नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताउनु भएको लन्डनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बेलायतका प्रधानमन्त्री सुनकले बताउनु भएको छ । समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालका प्रधानमन्त्रीको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वको बारेमा जानकारी दिंदै सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको थियो । बेलायती प्रधानमन्त्रीले ब्रिटिश गोर्खाको प्रसंशा गर्दै गर्दा यता भूतपूर्व गोर्खाहरु भने आफुहरुविरुद्ध विभेद भएको भन्दै लामो समयदेखि असन्तुष्ट छन्।
GnNNEWS- लन्डन - बेलायतमा कार्यरत प्राज्ञिक तथा पेशाकर्मीहरुको संस्था, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युके, को नवौं वार्षिक साधारणसभा आइतबार प्लमस्टीडमा सम्पन्न भएको छ। सोसाइटीका अध्यक्ष इ बिष्णु न्यौपानेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा संघका महासचिव डा ओम प्रसाद गौतमले सन् २०२२-२४ मा संघले गरेका गतिविधिबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष शम्भुनाथ अधिकारीले समाजको आयव्यय विवरण प्रस्तुत गरेका थिए। सामान्य छलफल पश्चात् साधारणसभाले दुवै प्रतिबेदनहरु पारित ग-यो। अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा सघाउने कार्यसमिति, संरक्षक परिषद, सल्लाहकार, सदस्यहरु सबैलाई हार्दिक धन्यवाद दिए। त्यस पछि निर्वाचन समितिले निर्वाचनको कार्यक्रम शुरु गरेको थियो। जस अनुसार अध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचन भएको थियो। अध्यक्ष पदका लागि उपाध्यक्ष गजेन कटुवाल तथा महासचिव डा ओम प्रसाद गौतमले उम्मेद्वारी दिएका थिए। वार्षिक साधारणसभामा उपस्थित सदस्यहरुले मतदान गरे पछि घोषित नतिजा अनुसार गजेन कटुवाल झन्डै ६० प्रतिशत मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन्। निर्वाचन समितिका सदस्य अर्कराज तिमिल्सिनाले नवनिर्वाचित कार्य समितिलाई शपथ दिलाए भने निर्वाचन समितिका संयोजक इ श्याम थापाले नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिए। नवनिर्वाचित अध्यक्ष गजेन कटुवालले नयाँ कार्य समितिले निवर्तमान कार्य समितिले शुरु गरेका दोहोरो नागरिकता सम्बन्धी प्राज्ञिक अध्ययन लगायतका कार्यलाई टुंगोमा पुराउने र संस्थालाई एकजुट बनाएर अगाडी लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले सोसाइटी अन्तर्गत गठित नेप्लिज युथ नेटवर्कलाई आफ्नो सम्पूर्ण साथ सहयोग रहने बताउंदै नयाँ कार्यसमितिलाई सहयोग गर्न सबैलाई अपिल पनि गरे। सन् २००८ मा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेको स्थापना गरिएको थियो। सन् २०२४-२६ का लागि निर्वाचित कार्यसमिति निम्न अनुसार छ:- अध्यक्ष - गजेन कटुवाल उपाध्यक्ष - डा रामजी पौडेल महासचिव - डा बिदुर घिमिरे सचिव - शम्भुनाथ अधिकारी कोषाध्यक्ष - रन्जन बिष्ट सदस्यहरु: श्रीमती जमुना न्यौपाने कोइराला, श्रीमती लीला रेग्मी, पूर्ण रोक्का, राजु न्यौपाने, रामहरी हमाल तथा सुश्री शिक्षा बराल।
शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध फाउण्डेशन यूकेले एक पत्रकार सम्मेलनको आयोजना गर्दै २ जुन आइतबार २५६८ औं बुद्ध जयन्ती मनाइने जानकारी दिएको हो। वुल्लीचको जनरल गोर्डन स्क्वायरमा आयोजना हुने सो कार्यक्रमको तयारी सुरु भएको संस्थाका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिएका थिए। श्रेष्ठले बुध्द नेपालमा जन्मेको हो भन्ने प्रचार गर्दै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको बताए। २ जुन २०२४ दिउसो २ देखि सांझ ७ बजेसम्म हुने कार्यक्रममा नेपाली संस्कृति झल्किने नृत्य तथा झाँकीहरु प्रस्तुति रहने जनाईएको छ। पत्रकार सम्मेलनमा कार्यक्रम फाउण्डेशनकी उपाध्यक्ष प्रसुना कंडेलले कार्यक्रमले शान्तिको सन्देश फैलाउने एवं नेपाल र नेपाली कला संस्कृति प्रवर्धन गर्न टेवा पुग्ने बताइन् । लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको सहकार्यमा हुने कार्यक्रममा बेलायतका बिभिन्न क्षेत्रबाट सहभागिता रहने अपेक्षा रहेको छ। कार्यक्रममा बिभिन्न देशका विदेशी कूटनीतिज्ञहरुको समेत उपस्थिति रहने छ । पत्रकार सम्मेलनमा सल्लाहकारहरु विनोद ज्ञवाली,फडिन्द्र भट्टराई र आर के त्रिपाठी,इनास यूके अध्यक्ष सन्जय कंडेल,जनजाति महासंघ यूके अध्यक्ष कर्मा पहाडी शेर्पा,शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी लगायतले आआफनो सुझाव दिएका थिए। प्रेषमीट कार्यक्रम सञ्चालन फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा भयको थियो भने उपाध्यक्ष अर्जुन कटुवालले सबैलाई स्वागत गर्दै संचालन गर्नु भयको थियो।
शीतलपाटीन्युज डटकम। लन्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको सातौँ लोकदोहोरी स्वर्णिम साँझ तथा दशौँ वार्षिक उत्सव भब्य सम्पन्न भएको छ। नेपाल राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल युके शाखाका अध्यक्ष लक्ष्मण राना मगरले अध्यछता गरेको सो कार्यक्रम एनआरएनए युकेका अध्यक्ष प्रमुख अतिथि प्रेमगाहा मगरले केक काटेर कार्यक्रमको उद्घाटन गर्नु भयको थियो। फार्नबोरो स्यामुएल कोडी स्कुलमा शनिबार भएको सो कार्यक्रममा नेपालदेखि आएका चर्चित कलाकारहरूले दर्शकलाई मनोरन्जन दिएका थिए।महासचिव रत्न शाहीले संचालन गरेको सो कार्यक्रममा चर्चित लोकगायक राजु ढकाल,सम्झना लामिछाने,जमुना राना,मनमाया वाइबा,वसन्त लम्साल,सपना गाहा,भूमिका गिरी,बाल गायीका मुना थापा र प्रेप बिबाश घर्तीले प्रस्तुति दिएका थिय। औपचारिक कार्यक्रम संस्थाका सचिव रत्न शाही र सांगीतिक कार्यक्रम संस्थाका उपाध्यक्ष कल्पना श्रीपालले सञ्चालन गरेको कार्यक्रममा ३०० भन्दा बढी दर्शकको उपस्थिति रहेको कार्यक्रम संयोजक संस्थाका प्रथम उपाध्यक्ष मनसुधन थापा मगरले जानकारी दिएका थिए। औपचारिक कार्यक्रम संस्थाका सचिव रत्न शाही र सांगीतिक कार्यक्रम संस्थाका उपाध्यक्ष कल्पना श्रीपालले सञ्चालन गरेको कार्यक्रममा ३०० भन्दा बढी दर्शकको उपस्थिति रहेको कार्यक्रम संयोजक संस्थाका प्रथम उपाध्यक्ष मनसुधन थापा मगरले जानकारी दिएका थिए। टिकटदर एड्भान्स लिनेलाई १० पाउन्ड र डोरमा लिनेका लागि १५ पाउन्ड रहेको थियो। ‘परदेशी भूमिबाट नेपाली कला संस्कृति लोक तथा दोहोरी गीतको संरक्षण, संवर्द्धन र उत्थानका लागि जुटौँ’ नारासहित सन् २०१४ मा शाखाको स्थापना भएको हो ।
शीतलपाटीन्युज डटकम। लन्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको सातौँ लोकदोहोरी स्वर्णिम साँझ तथा दशौँ वार्षिक उत्सव भब्य सम्पन्न भएको छ। नेपाल राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल युके शाखाका अध्यक्ष लक्ष्मण राना मगरले अध्यछता गरेको सो कार्यक्रम एनआरएनए युकेका अध्यक्ष प्रमुख अतिथि प्रेमगाहा मगरले केक काटेर कार्यक्रमको उद्घाटन गर्नु भयको थियो। फार्नबोरो स्यामुएल कोडी स्कुलमा शनिबार भएको सो कार्यक्रममा नेपालदेखि आएका चर्चित कलाकारहरूले दर्शकलाई मनोरन्जन दिएका थिए।महासचिव रत्न शाहीले संचालन गरेको सो कार्यक्रममा चर्चित लोकगायक राजु ढकाल,सम्झना लामिछाने,जमुना राना,मनमाया वाइबा,वसन्त लम्साल,सपना गाहा,भूमिका गिरी,बाल गायीका मुना थापा र प्रेप बिबाश घर्तीले प्रस्तुति दिएका थिय। औपचारिक कार्यक्रम संस्थाका सचिव रत्न शाही र सांगीतिक कार्यक्रम संस्थाका उपाध्यक्ष कल्पना श्रीपालले सञ्चालन गरेको कार्यक्रममा ३०० भन्दा बढी दर्शकको उपस्थिति रहेको कार्यक्रम संयोजक संस्थाका प्रथम उपाध्यक्ष मनसुधन थापा मगरले जानकारी दिएका थिए। टिकटदर एड्भान्स लिनेलाई १० पाउन्ड र डोरमा लिनेका लागि १५ पाउन्ड रहेको थियो। ‘परदेशी भूमिबाट नेपाली कला संस्कृति लोक तथा दोहोरी गीतको संरक्षण, संवर्द्धन र उत्थानका लागि जुटौँ’ नारासहित सन् २०१४ मा शाखाको स्थापना भएको हो ।
शीतलपाटीन्युज डटकम। मिचेट,लण्डन। यही २६ मई २०२४ मा हुने २२औं ‘गोर्खा कप’को तयारी पूरा भएको कुरा आज आयोजक तमुधिँ युकेले प्रेषमीट मार्फत जनाएको छ। तमु नेप्लिज कम्यूनिटी सेन्टर मिचेटमा शनिवार आयोजिन पत्रकार सम्मेलनमा तमुधिं यूकेका अध्यक्ष हरि गुरुङले "क्विन्स एभ्न्यू, अल्डरसट ग्यारिजन स्पोर्टस सेन्टर"मा हुने जानकारी दिएका हो। गोर्खा कपको तयारी पूरा भएको र केही नयाँपन थपिने भन्दै सबै जनालाई क्युइन्स ऐभीन्यु फुटबल ग्राउन्डमा उपस्थितिका लागि अध्यक्ष हरि गुरुङले अपिल गर्नु भयको छ । गोर्खा कपको उद्देश्य,आकर्षण,जिम्मेवारी,कार्य समूहको नियुक्ति,कार्ययोजना,समय रेखा,पुरस्कार, प्रायोजक,साइट लेआउट,खर्च,इमर्जेन्सी सुरक्षा योजना, विविध बिन्दुहरुका बारे पावरपोइन्टको माध्यमबाट कार्यक्रममा प्रेषमीट संयोजक क्या.दिपक घलेले प्रष्ट पारेका थिए। पत्रकार सम्मेलनमा गोर्खा कप संयोजक क्याप्टेन दिपक घलेले ५० वटा टीमबीच खेल हुने जानकारी दिदै सो खेलको लागि मुख्य ३२ टीम, भेट्रान १६ टीम र महिला २ वटा टीम गरी ५० दर्ता भएको बताएका छन्। सो फुटवल खेल हेर्न १० हजार आउने अनुमान गरिएको छ। यूकेको सबैभन्दा ठूलो यो प्रतियोगिता हेर्न बेलायतका विभिन्न शहरबाट नेपालीहरुको उपस्थिति हुने गर्दछन्। पहिलो पुरस्कार रिया मनी टान्सफरबाट तीन हजार पाउन्ड प्राप्त हुने भयको जानकारी प्राप्त भयको छ।। बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कपमा नौमतिबाजा,प्यारासुट प्रदर्शन, नेपाली कला,संस्कृति,खाना,भेषभूषाको समेत प्रवर्धन गर्दै नेपालीपन प्रस्तुत गरिदै आएको छ। हाल सम्म १५० वटा स्टलहरु बुकिङ भएको आयोजक तमुधि युकेले जनाएको छ। गोर्खा कपमा खाना तथा हस्तकलाका स्टल,प्यारा डिस्प्ले, राफल ड्र,सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुने गरेको छ । संस्थाका महासचिव विशाल गुरुङले संचालन गरेको पत्रकार सम्मेलनमा बेलायतमा कार्यरत पत्रकारहरु FNJ Uk अध्यछ ध्रुबराज अर्याल, पुर्व अध्यछहरु नविन पोखरेल, चिरन शर्मा र नरेश खपाङी, FONIJ UK अध्यछ बम बहादुर थापा मगर तथा तमुधिं यूकेका पूर्वअध्यक्षहरु मीन गुरुङ,सूर्जे रामचन्द गुरुङ,ज्ञाम गुरुङ,नन्दजङ गुरुङ,हितकाजी गुरुङ लगायतको उपस्थिति थियो। प्रेषमीट सम्मेलनमा स्वागत मन्तव्य जुमकाजी गुरुङले गरेका थिए भने मिडिया सेक्रेटरी सविन्द्रकुमार (एसके) गुरुङले पत्रकारहरुको परिचय र प्रश्नोत्तर कार्यक्रम संचालन गरेका थिए।
शीतलपाटीन्युज डटकम। अलडरसट,युके। नेपाली समुदायमा उत्कृष्ट समाजसेवा गर्दै आएकि ग्रेटर रसमोर नेपाली कम्युनिटीकी उपाध्यक्ष एवम शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरकी महासचिव एवम स्थानिय जिपीकी मानसिक स्वास्थ सेविका नर्स सुष्मा गुरुंगले बेलायतमा उत्कृष्ट मानसिक स्वास्थ्य सेवा प्रदान गरे बापत पुरस्कृत भएकि छिन। मानसिक स्वास्थ्य सेवामा समर्पित सामुदायिक नर्स सुष्माले सरे बोर्डर्स पार्टनरशिप स्टाफ अवार्डमा दोस्रो स्थान हासिल गरेकी हुन। उनको उत्कृष्ट सेवा बाट प्रभावित भएर सरे र बोर्डर्स पार्टनरशिप स्टाफ अवार्ड समारोहमा मनोनयन परेको थियो। उनले हार्बर होटल, गिल्डफोर्ड,सरेमा ४०० प्रत्यक्ष दर्शकहरूको बीचमा दोस्रो स्थान हासिल गरेकी हुन। पुरस्कृत बनेपछि उनले कडा मेहनत,परिश्रम र पेसा प्रतीको लगनको उच्च मूल्यांकन हुने अनुभव प्राप्त भएको जानकारी दिएकी थिईन। एनएचएसका कर्मचारीहरूको ठूलो उपस्थितिमा भएको समारोहमा उनलाई सम्मान प्रदान गरिएको थियो। सुष्माले मानसिक स्वास्थ्य सामुदायिक नर्स मध्ये मेहनती र उत्कृष्ट सेवा प्रदायक छवि बनाएको ग्रेटर रसमोर नेपाली कम्युनिटीका पुर्व अध्यक्ष समाजसेवी रोहित गुरुंगले बताएका छन। अल्डरशट हेल्थ केयरका कर्मचारी,फ्रिम्ली पार्क अस्पतालका कर्मचारीहरुको ४०० जना उपस्थिती रहेको सो अवार्ड समारोह भब्य थियो। पेसाले मनोचिकित्सक (साइक्याट्रिक) नर्स गुरुङ सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। ग्रेटर रस्मूर नेपाली कम्युनिटीको उपाध्यक्ष, तमु धीं युके महिला समूहको कार्यकारी सदस्य,शिव कल्चर एन्ड कम्युनिटी सेन्टरको महासचिव तथा श्री सत्य साई अर्गनाइजेसन युके क्षेत्रीय अध्यक्ष समेत हुनुहुन्छ। अध्यात्ममा उहाँको विशेष रुची छ । शिक्षामा अब्बल हुँदै आउनुभएकी सुस्मा सन् १९९८ सालमा बेलायत आउनु भएको हो। उहाँले १९९३ सालमा काठमाडौँको मिनभवन क्याम्पसबाट बीकम,२००३ मा युनिभर्सिटी अफ सर्रेबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातक र २०१७ मा युनिभर्सिटी अफ वेस्ट लन्डनबाट मेन्टल हेल्थमा पहिलो श्रेणीमा ग्र्याजुएट गर्नु भयको छ।साथै रसमोर बरो काउन्सीलको जीपीमा मानसीक रोग निर्मुल पार्न कार्यरत हुनु हुन्छ।
शीतलपाटीन्युज डटकम। लण्डन । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किनुभएको छ । सङ्गीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै आउनुभएकी प्रसिद्ध आनी छोइङ डोल्मा मानवसेवा आश्रमको २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पलाई सघाउन बेलायत पुग्नुभएको थियो। गत वैशाख २३ गते बेलायतको क्याम्वर्लीस्थित कन्ट्री क्लवको हलमा आयोजित ‘इनर मेलोडी फर इनर पिस लाइभ कन्सर्ट’ र त्यसलगतै विभिन्न स्थान आयोजना भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट मानवसेवा आश्रमको सेवा सहजताका लागि सो सहयोग जुटेको गायिका आनी छोइङ डोल्माले बताउनुभयो । मानवीय कार्यमा आश्रमसँग सहयात्रा गर्न र मानवता प्रवद्र्धनमा सघाउन पाउँदा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा समेत आश्रमसँग मानवीय कार्यमा सहयात्रा गर्ने प्रतिवद्धता जनाउनुभयो । सङ्कलित रकममध्ये रु ५२ लाख टिकट विक्रीबाट, २० लाख स्पोन्सरबाट र ८ लाख ४१ हजार रुपैया आनी छोइङ ड्रोल्माज्यूको अटोवायोग्राफी पुस्तक फूलको आँखामा विक्रीबाट संकलन भएको छ । यस क्रममा पाँच जनाले मानवसेवा आश्रमले नेपालको विभिन्न जिल्लामा निर्माण गरिरहेको भवननिर्माणको लागि एक कोठा निर्माण सहयोग स्वरुप रु पाँच लाख ११ हजार एक सय ११ र ३२ जनाले आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गरी मानवसेवा आश्रमको अक्षयकोष वृद्धिका लागि रु एक लाख ११ हजार एक सय ११ योगदान गर्नुभएको छ । यस्तै मासिक रु आठ हजार योगदान गर्ने गरी १७ जना बालबालिकाको र मासिक पाँच हजार योगदान गर्ने गरी पाँच आमाबुबाको मासिक खर्च व्यहोर्ने हुनुभएको छ । कन्सर्टसँगै बेलायतस्थित नेपाली दूतावास, स्कटल्याण्डको ग्लास्को र एडिनब्रा, अल्टरसट गुम्बा, रिडिङ गुम्बा र प्लम्स्टिड गुम्बा, शिव मन्दिर अल्डरसट र बेलायतस्थित श्रीलङ्काको दूतावासमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना भएको थियो । प्रसिद्ध गायिका आनी छोइङको कन्सर्ट र बेलायत यात्राले मानवसेवा आश्रमको सेवा प्रवाहमा टेवा पु-याउने मानवसेवा आश्रम बेलायत च्यापटर संयोजक सुनिलबाबु खड्काले बताउनुभयो । मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले ‘मानवसेवा आश्रम युके च्यापटरले सम्पूर्ण बेलयतबासी नेपालीहरुको मन जित्न सक्नेगरी कन्सर्ट आयोजना गरी लक्ष्य अनुसारकै सहयोग जुटाउन सकेकोमा धन्यबाद दिदै २०८२
शीतलपाटीन्युज डटकम। लन्डन । विश्व शान्तिका अग्रनायक भगवान गौतम बुद्धको २५६८ औं जन्मजयन्तीको अवसरमा यही मे २३ मा बुद्धिष्ट गुम्बा रेडिङ युकेमा धार्मिक प्रवचन तथा पूजा कार्यक्रम हुने भएको छ । दक्षिण भारतस्थित मैसुर गुम्बाका विश्व प्रशिद्ध गुरु खेन्चेन छेवाङ ग्यात्सो रिम्पोछेको धार्मिक प्रवचन दीर्घायू अभिषेक (वाङ) प्रदान साथै विशेष बुद्ध (कुठुई) पूजा, दिप प्रज्वलन र भोजनदान कार्यक्रम आयोजना गरिएको हो । नृत्यु पूजा बिहान ८ देखि ९ बजेसम्म र कुठुई पुण्य बिहान १० बजे हुने आयोजकले जनाएको छ । यस्तै बिहान साढे ११ बजे भोजन र साढे १२ बजे प्रवचन तथा वाङ कार्यक्रम हुँदैछ। उक्त पुण्य सञ्चयको अनुष्ठानमा आ-आफ्नो सपरिवारसहित उपस्थित भई पुण्यलाभ लिन आयोजक गुम्बाका अध्यक्ष खेम गुरुड्ग र महासचिब कमल गुरुड्गले निमन्त्रणा गर्नु भयको छ।
शीतलपाटीन्युज डटकम। काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनसहित अवकाश पाउने भएका छन्। मंगलबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने उल्लेख गरिएको छ। जसअनुसार न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १६ मा झार्न लागिएको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री रवि लामिछानेले नै यससम्बन्धी प्रक्रिया अघि बढाएका छन्। नीति तथा कार्यक्रमको बुँदा नम्बर १८० मा भनिएको छ,‘सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ।’ गृह मन्त्रालयका एक अधिकारीका अनुसार यसका लागि कानून संशोधन प्रक्रिया अघि बढीसकेको छ । मन्त्री लामिछानेले पेन्सन अवधिलाई १६ वर्षमा झारिने प्रतिबद्धता यसअघि नै व्यक्त गरिसकेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीले यस्तो माग राख्दै आएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा १६ वर्षमै पेन्सन सुविधा दिन माग हुँदै आएको छ। दुवै प्रहरीको ऐन संशोधन गरी यस्तो व्यवस्था गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा रहेर नेपाली समाजलाई सांस्कृतिक मनोरन्जन दिने उदेश्यले गठन भयको सयपत्री नेपाली सांस्कृतिक समुह युकेको बार्षिक साधारणसभा सम्पन्न भयको समाचार छ। बेलायतमा रहेका नेपालीहरुलाई सास्कृतिक मनोरन्जन दिन सयपत्री समुह २००६ सालमा गठन भयको थियो। सयपत्रि नेपाली सांस्कृतिक समुह युकेको वार्षिक साधारण सभा १२ मई २०२४ मा सम्पन्न भएको छ। बार्षिक साधारण सभाले दिपक शाहीको नेतृत्वमा ११ जनाको नयां कार्यसमिती चयन गरेको छ।संस्थाको अध्यक्षमा दिपक शाही,उपाध्यक्षमा डा.दिपक जि.सी र महासचिबमा गौरब क्षेत्री चयन हुनु भयको छ। त्यस्तैगरी सचिबमा बिबेक बोहोरा,कोषाध्यक्ष अबिसा गुरूंग,सह- कोषाध्यक्ष गीता के.सी,सदस्यमा दिनेश अर्याल,राजु खरेल,हिरा थापा मगर, प्रभात गुरूंग,राजेन्द्र त्रिपाठी चयन भयको कुरा निर्वाचन मण्डलले जनाएको छ। निर्वाचन मण्डलमा राजेन्द्र क्षत्री संयोजक रहनु भयको र सदस्यहरुमा प्रकास खनाल एवम एलबी गुरुड्ग रहनु भयको थियो। संस्थाको आर्थिक प्रतिबेदन सहसचिब डा दीपक केशीले प्रस्तुत गर्नु भयको सो सभामा ठुलो तालिका साथ आर्थिक प्रतिबेदन पास भयको थियो। निवर्तमान अध्यक्ष डम्बर सिहले नव निर्वाचित अध्यक्ष दीपक शाही लगायतको टीमलाई Maybury Hall Woking मा खादा माला लगाई बधाई दिदै सफल कार्यकालको कामना गर्नु भयको थियो।
शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरुलाई दिइँदै आएको पोष्ट स्टडी वर्क (पीएसडब्ल्यू) भिसा नहटाउन सुझाव दिइएको छ । सरकारलाई स्वतन्त्र परामर्श दिँदै आएको द माइग्रेसन एडभाइजरी कमिटीले मंगलबार सरकारलाई सो सुझाव दिएको छ । कञ्जरभेटिभ पार्टीको वर्तमान सरकारले विद्यार्थीहरुलाई दिइँदै आएको सो सुविधाको दुरुपयोग भन्दै सो नीतिका बारेमा पुनरावलोकन गर्न कमिटीलाई मार्चमा निर्देशन दिएको थियो । कमिटीले आज बुझाएको सो प्रतिवेदनमा सो भिसाको दुरुपयोग भएको नपाइएको बताएको छ । भविष्यमा पनि सो भिसाको दुरुपयोग हुने जोखिम कम रहेको पनि कमिटीको निस्कर्ष छ । पूर्व अध्यागमन मन्त्री रोबर्ट जेन्रिकले सो भिसाको दुरुपयोग भएको प्रतिवेदन सार्वजनिक गरेको केही दिनमै कमिटीले आज प्रतिवेदन बुझाएको हो । कमिटीको अध्यक्ष प्राध्यापक ब्रयान बेलले सो प्रावधानलाई यथावत राख्न सरकारलाई सुझाव दिइएको बताएका छन् । उनले विदेशी विद्यार्थीहरुबाट असुल गरिने शुल्कबाट बेलायतका स्थानीय विद्यार्थीको शुल्क तथा अनुसन्धानमा भएको खर्च असुल गर्ने गरिएको पनि बताएका छन् । यदि सो प्रावधान हटाएमा अनुसन्धानमा असर पर्ने पनि उनको धारणा छ । बेलायत सरकारले सन् २०२१मा ल्याएको सो भिसा अन्तर्गत बेलायतमा स्नातक अध्ययन पूरा गरेपछि दुई वर्ष काम गर्न अनुमति पाइन्छ । पीचएडी गरेको खण्डमा भने तीन वर्षसम्म काम गर्न पाइन्छ । गत वर्ष सो भिसा १ लाख १४ हजार जनाले पाएका थिए भने २३ हजारले डिपेण्डेण्ट भिसा पाएका थिए । बेलायतले विदेशी विद्यार्थीहरुमाथि कडाइ गर्न थालेपछि बेलायती विश्वविद्यालयमा भर्ना हुन चाहने विदेश विद्यार्थीहरुको संख्या घट्न थालेको बेलायतमा यस्तो प्रतिवेदन आएको छ । प्रतिवेदनलाई विश्वविद्यालयहरुले स्वागत गरेपनि कडा अध्यागमन नीति लिएको सरकारले चुनावको मुखमा कार्यान्वयन गर्छ कि गर्र्दैन भने हेर्न बाँकी छ। (वीनेपालीबाट)
पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आनी छोइङ डोल्मालाई स्वागत तथा सम्मान गरेको छ । मानव सेवा आश्रम बेलायतको बिशेष निमन्त्रणमा बेलायत आएका आनी डोल्मालाई गत शनिबार ११ मे का दिन अल्डरसटस्थित बीसीसी युके गुम्बामा स्वागत तथा सम्मान गरिएको हो। उनलाई बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा कार्यसमिति, आमा प्रमुख जगना गुरुङ तथा आमाहरु, ट्रष्टी मेम्बर्स, सल्लाहकारलगायत भक्तजनहरुले पूmलको गुच्छाले स्वागत गरेको हो। उक्त कार्यक्रममामा आनी डोल्माले बीसीसी युकेले गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिदै, ‘मानव सेवा नै धर्म हो, बुद्धको शिक्षा भनेको ज्ञान सिकाउने हो, सबैलाई समान व्यवहार गर्ने हो, दीन दुःखीहरुको सेवा गर्ने हो’, भने । साथै, उनले, मानव सेवा आश्रम नेपालले एकदमै राम्रो काम गरिरहेको बताउँदै आपूmले सकेको सहयोग गर्न आग्रह गरिन् । सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले आनी डोल्मालाई स्वागत गर्दै बीसीसी युकेले गर्दै आएको विभिन्न सामाजिक, धार्मिक एवं परोपकारी कार्यबारे जानकारी दिए। साथै, उनले आउने २३ मे का दिन विविध कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको बताए। त्यस्तै, महासचिव मेजर हितमान गुरुङले आनी छोइङ डोल्माको छोटो परिचय दिदै,आनी छोइङले निस्वार्थ भावनाले बुद्धको अनुयायीको रुपमा परोपकारी कामहरु गर्दै आइरहेको बताए। साथै,उनले आनी डोल्माले दया, माया र करुणाका साथ थुप्रै बालबालिकाहरुको शिक्षा, बृद्धवृद्धाहरुको हेरचाह लगायतको क्षेत्रमा समेत थुप्रै सहयोग गरिरहेको जानकारी दिए। करिब ५० जनाको सहभागिता रहेको कार्यक्रममा बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, खैबा कर्म सुनाम लामा,बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा,पूर्व अध्यक्ष नरेश गुरुङ,पूर्व अध्यक्ष धर्म तामाङ्ग,सल्लाहकार जङ्ग बहादुर गुरुङ, तमु धिं युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ,सहारा युकेका पूर्व अध्यक्ष मिन गुरुङलगायत बीसीसी युकेका ट्रष्टीज, सल्लाहकार,भक्तजन,शुभचिन्तक लगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो। बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए।
पुर्ण गुरुड्ग, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बौद्ध धर्म गुरु खेन्पो निमा सिङ्गे मगरलाई स्वागत तथा सम्मान गरेको छ। काठमाण्डौंस्थित सेचेन गुम्बाका बौद्ध शिक्षालयका प्रिन्सीपल समेत रहेका खेन्पो मगरलाई गत आइतबार १२ मे का दिन अल्डरसटस्थित बीसीसी युके गुम्बामा स्वागत गरिएको हो। उनलाई बीसीसी युके अध्यक्ष हर्क गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायत भक्तजनहरुले पूmलको गुच्छाले स्वागत गरे । कार्यक्रममा खेन्पो मगरले बीसीसी युकेले गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिदै,आफ्ना विद्यार्थी,भक्तजन र शुचिन्तकहरुलाई फेरी भेट्न पाउँदा खुशी लागेको बताए । सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले खेन्पो निमा सिङ्गे गुरुलाई गुम्बामा पुनः स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै बीसीसीले आयोजना गर्दै आएका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराए। करिब ९० जनाको सहभागिता रहेको उक्त स्वागत तथा सम्मान कार्यक्रम पश्चात बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम,खेन्पो निमा सिङ्गे मगर,लोपेन नोर्बु, खैबा कर्म सुनाम लामाले तारा डोल्मा देबीको पूजापाठ गरेका थिए। त्यस्तै, दिउँसोको खाना पश्चात खेन्पो निमा सिङ्गे मगरको अगुवाई र पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, बीएमईको संयोजकत्वमा बौद्ध धर्ममा अत्यन्त महत्व मानिने च्योद् साधना समेत गरिएको थियो। कार्यक्रममा पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, बीएमई, पूर्व अध्यक्ष नरेश गुरुङ,पूर्व अध्यक्ष धर्म तामाङ्ग,संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ,सल्लाहकार जङ्ग बहादुर गुरुङ,तमु धिं युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ,सहारा युकेका पूर्व अध्यक्ष मिन गुरुङलगायत भक्तजन,शुभचिन्तकलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो। बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए।
काठमाण्डौ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूद्वारा बढुवा हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकज्यूहरुलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम तथा सरुवा/काज भई जानु हुने प्रहरी निरीक्षकहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भयको छ। हालै पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमेश राज जोशी र भिम प्रसाद ढकाल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नबिन्द अर्याल दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल तथा नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याल गरी ४ जना वरिष्ठ प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो। दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै जिम्मेवारी वोध गरी संगठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामुहिक प्रयास सहित संगठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो। सरुवा/काज भई जानु हुने प्रहरी निरीक्षकहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले विभागीय रूपमा पाएको नीति निर्देशन तथा नेपाल प्रहरी कार्ययोजना २०८० अनुसार सांगठनिक उदेश्य एवम् लक्ष्य प्राप्त गर्नका लगि परिणाममुखी समन्वयका साथ सामुहिक प्रयास सहित इमानदार,उर्जाशील एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिनुभयो । सांगठनिक सुद्धिकरण र सुदृढिकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यवसायिकता झल्काउने गरी सकारात्मक सोचका साथ कार्यसम्पदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको विधि र मापदण्डलाई कार्यान्वयन गर्ने, सोही अनुसार कार्यसम्पादन गर्ने र सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी न्याय दिलाउन ध्यान दिनुपर्ने बताउनुभयो । संगठनलाई आँच आउने, विधि उल्लघंन गर्ने र संगठनको नीति विपरीत काम गर्ने जो कोही प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा
संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’लण्डनमा विमोचित लन्डन, युके संगीता स्वेच्छाको उपन्यास सेतो सिउँदोको विमोचन ११ मे २०२४ मा लन्डनमा भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्वारा आयोजित र ८७ औं पारिजात जयन्ती उत्सवको अवसरमा विमोचित उपन्यास सेतो सिउँदो यस अघि पखालिएको सिउँदोको नाममा प्रकाशन भएको थियो। प्रमुख अतिथि डा.वीरेन्द्र अमात्य रहेको उक्त कार्यक्रममा लेखक डा.रुपक श्रेष्ठ र लेखिका प्रतिमा केसीले उपन्यासको समीक्षा प्रस्तुत गर्नुभएको थियो । लेखिका प्रतिमा केसीले उपन्यासको गहिराइ र परिपक्वताको प्रशंसा गर्दै टिप्पणी गरिन्, “उपन्यासले एक महिलाको मन,उनको पीडालाई सूक्ष्म रूपमा प्रस्तुत गरेको छ। यसले नेपालमा महिला बेचबिखनको मुद्दालाई सफलतापूर्वक उठाएको छ। उपन्यासले सामाजिक, आर्थिक असन्तुलनलाई पनि देखाएको छ । संगीता स्वेच्छाको किशोरावस्थामा लेखिएको यो उपन्यास हरेक कोणबाट परिपक्व छ र नेपाली साहित्यले यस उपन्यासमा गर्व गर्न सक्छ।” डा. रुपक श्रेष्ठले तीन दशकअघि स्वेच्छाको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै भने, “म अझै पनि अचम्ममा छु कि त्यसबेला एउटी १८ वर्षीय किशोरीले कसरी यो उपन्यासको कल्पना गर्न सक्छ । यो उपन्यासको परिपक्वता किशोरीले लेख्न सक्ने भन्दा धेरै अगाडि छ किनभने यसले महिला बेचबिखन,नेपाली समाजको सामाजिक,आर्थिक जीवन,महिलाको मनोविज्ञानलाई प्रस्तुत गर्दछ।” संगीता स्वेच्छाले ३ दशकअघि प्रकाशित आफ्नो उपन्यासलाई पुनः परिचय गराउने अवसर पाएकोमा कृतज्ञता व्यक्त गरिन् । उनले अनेसास बेलायतलाई आफ्नो उपन्यासले कार्यक्रम मार्फत पुर्नजीवन पाएकोमा धन्यवाद व्यक्त गरिन् । बुक हिलद्वारा प्रकाशित सेतो सिउँदोको हाल अङ्ग्रेजीमा अनुवाद भइरहेको छ र चाँडै अंग्रजी संस्करण पनि आउने स्वेच्छाले बताइन् । Sangita Swechcha's Novel 'Seto Siundo' launched in London London, 11 May 2024 The launch of Sangita Swechcha's novel, 'Seto Siundo,' took place in London on 11 May 2024. Organised by the International Nepali Literary Society (INLS) and held in conjunction with the 87th Parijaat Jayanti celebration, the event marked a significant moment. Dr. Birendra Amatya,chief guest of the occasion,graced the event with his presence,adding prestige to the relaunch. During the programme, attendees were treated to insightful reviews of 'Seto Siundo' by Writer Dr.Rupak Shrestha and Author Pratima KC. Author Pratima KC praised the novel's depth and maturity, remarking, "The novel has minutely navigated the mind of a woman, her pain and sufferings. It successfully raised
लन्डन, युके संगीता स्वेच्छाको उपन्यास सेतो सिउँदोको विमोचन ११ मे २०२४ मालन्डनमा भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्वाराआयोजित र ८७ औं पारिजात जयन्ती उत्सवको अवसरमा विमोचितउपन्यास सेतो सिउँदो यस अघि पखालिएको सिउँदोको नाममा प्रकाशनभएको थियो। प्रमुख अतिथि डा. वीरेन्द्र अमात्य रहेको उक्त कार्यक्रममा लेखक डा. रुपक श्रेष्ठ र लेखिका प्रतिमा केसीले उपन्यासको समीक्षा प्रस्तुतगर्नुभएको थियो । लेखिका प्रतिमा केसीले उपन्यासको गहिराइ र परिपक्वताको प्रशंसा गर्दैटिप्पणी गरिन्, “उपन्यासले एक महिलाको मन, उनको पीडालाई सूक्ष्मरूपमा प्रस्तुत गरेको छ। यसले नेपालमा महिला बेचबिखनको मुद्दालाईसफलतापूर्वक उठाएको छ। उपन्यासले सामाजिक, आर्थिकअसन्तुलनलाई पनि देखाएको छ । संगीता स्वेच्छाको किशोरावस्थामालेखिएको यो उपन्यास हरेक कोणबाट परिपक्व छ र नेपाली साहित्यलेयस उपन्यासमा गर्व गर्न सक्छ ।” डा. रुपक श्रेष्ठले तीन दशकअघि स्वेच्छाको उल्लेखनीय उपलब्धिकोप्रशंसा गर्दै भने, “म अझै पनि अचम्ममा छु कि त्यसबेला एउटी १८ वर्षीयकिशोरीले कसरी यो उपन्यासको कल्पना गर्न सक्छ। यो उपन्यासको परिपक्वता किशोरीले लेख्न सक्ने भन्दा धेरै अगाडि छ किनभने यसले महिला बेचबिखन,नेपाली समाजको सामाजिक,आर्थिक जीवन,महिलाको मनोविज्ञानलाई प्रस्तुत गर्दछ।” संगीता स्वेच्छाले ३ दशकअघि प्रकाशित आफ्नो उपन्यासलाई पुनःपरिचय गराउने अवसर पाएकोमा कृतज्ञता व्यक्त गरिन्। उनले अनेसासबेलायतलाई आफ्नो उपन्यासले कार्यक्रम मार्फत पुर्नजीवन पाएकोमाधन्यवाद व्यक्त गरिन्। बुक हिलद्वारा प्रकाशित सेतो सिउँदोको हाल अङ्ग्रेजीमा अनुवाद भइरहेको छ र चाँडै अंग्रजी संस्करण पनि आउने स्वेच्छाले बताइन्। Sangita Swechcha's Novel 'Seto Siundo' launched in London London, 11 May 2024 The launch of Sangita Swechcha's novel, 'Seto Siundo,' took place in London on 11 May 2024. Organised by the International Nepali Literary Society (INLS) and held in conjunction with the 87th Parijaat Jayanti celebration, the event marked a significant moment. Dr. Birendra Amatya, chief guest of the occasion, graced the event with his presence, adding prestige to the relaunch. During the programme, attendees were treated to insightful reviews of 'Seto Siundo' by Writer Dr. Rupak Shrestha and Author Pratima KC. Author Pratima KC praised the novel's depth and maturity, remarking, "The novel has minutely navigated the mind of a woman, her pain and sufferings. It successfully raised the issue of women trafficking in Nepal. The novel which also showed the socio-economic imbalances also explored how disabilities can cripple a life in society. This novel which was written during Sangita Swechcha’s teen age is mature at every angle and Nepali literature can be proud of this novel." Dr. Rupak Shrestha echoed similar sentiments, expressing his admiration for Swechcha's remarkable achievement three decades ago. "I am still amazed how could an 18-year-old teenager back then imagine of this novel. This novel's maturity is far ahead of a teenager could write as it highlights women trafficking, socio-economic life of Nepali society and women's psychology." Sangita Swechcha, the author behind 'Seto Siundo,' shared her gratitude for the opportunity to reintroduce her novel which was published 3 decades ago entitled as ‘Pakhalieko Siundo’. She also thanked INLS for shining a spotlight on her work once again. Published by Book Hill, 'Seto Siundo' is currently undergoing translation into English, promising to reach an even wider audience.
शीतलपाटीन्युज डटकम। लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको सातौँ लोकदोहोरी स्वर्णिम साँझ तथा दशौँ वार्षिक उत्सव यही मे १८ मा हुने भएको छ। फार्नबोरोस्थित स्यामुएल कोडी स्कुलमा आयोजना गरिएको प्रतिष्ठानले जनाएकोछ। कार्यक्रममा विभिन्न चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। चर्चित लोकगायक राजु ढकाल,सम्झना लामिछाने, जमुना राना,मनमाया वाइबा,वसन्त लम्साल,सपना गाहा,भूमिका गिरी र प्रेप बिबाश घर्ती समेतरो धमकेदार प्रस्तुति रहने जनाईएको छ। टिकटदर एड्भान्स लिनेलाई १० पाउन्ड र डोरमा लिनेका लागि १५ पाउन्ड तोकिएको छ। बेलायतमा रहेका लोक तथा दोहोरी गीतलाई माया गर्ने सबैलाई प्रतिष्ठानले कार्यक्रममा आमन्त्रण गरेको छ। ‘परदेशी भूमिमा नेपाली कला संस्कृति लोक तथा दोहोरी गीतको संरक्षण,संवर्द्धन र उत्थानका लागि जुटौँ’ भन्ने नारासहित सन् २०१४ मा बेलायत शाखाको स्थापना भएको हो ।
शीतलपाटीन्युज डटकम। लन्डन–बेलायतस्थित एक अग्रणी समाजसेवी एवम् व्यवसायी सूर्य गुरुङले मानवसेवा आश्रमलाई ५ लाख रुपैया सहयोग गर्नु भयको समाचार छ। आफू सञ्चालक रहेको गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबरोको २५ औं वार्षिकोत्सवमा आयोजित च्यारिटीबाट संकलित रकम उहाले मानवसेवा आश्रमलाई प्रदान गर्नु भयको छ। मानवसेवा आश्रम सहयोगार्थ गतसाता बेलायतको क्याम्बर्लीमा आयोजित आनी छोइङ च्यारिटी कन्सर्टका अवसरमा सहयोगका लागि गुरुङ दम्पत्तिलाई राजदूत ज्ञानचन्द्र आचार्यले सम्मान गरेका थिए । मानवसेवा आश्रमको भवन निर्माण परियोजनाअन्तर्गत एक कोठा निर्माणको लागि आवश्यक उक्त रकम उनले सहयोग गरेका हुन् । रेष्टुरेन्ट वार्षिकोत्सवका अवसरमा हरेक वर्ष च्यारिटी गर्दै आएका गुरुङले जन्मभूमि र कर्मभूमि दुवैतिर सहयोग गरेका छन्। नेपालमा शैक्षिक,खेलकुद,स्वास्थ्य आदि क्षेत्र र बेलायतमा विभिन्न च्यारिटी संस्थालाई उहाले सहयोग प्रदान गर्नु भएको छ। ‘हामीले हरेक वर्ष वार्षिकोत्सव च्यारिटीबाट नेपाल वा बेलायतमा सहयोग गर्दै आएका थियौं। यस वर्ष २५ वार्षिकोत्सवका अवसरमा गरिएको च्यारिटी कार्यक्रमबाट जुटेको ५ लाख रुपैया मानवसेवा आश्रमलाई दान गर्न पाउँदा निकै खुशी छौं’, उहाले भन्नु भयो, ‘मानवसेवा आश्रमले गरिरहेको महान मानवीय कार्यहरुप्रति समर्थन जनाउन र उहाँहरुको हौसला बढाउन हाम्रो तर्फबाट सानो सहयोग गरेका हौं।’ एनआरएनए यूकेका पूर्व अध्यक्ष समेत रहेका गुरुङ बेलायतको नेपाली समुदायमा ‘च्यारिटी किङ’ उपनामले चिनिन्छन्। निजी व्यवसायबाट मात्रै नेपाल र बेलायतमा गरी डेढ करोड रुपैया बढीको सहयोग गरिसकेका उहाले आफ्नो नेतृत्वमा कयौं सामाजिक एवम् परोपकारी अभियानमा समेत १० करोड बढी कोष संकलन गराउनु भयको रेकर्ड छ। साभार- नेपालीलिंकबाट।
शीतलपाटीन्युज डटकम। लन्डन। आगामी जुन २ तारिख आइतबार लन्डन वुल्लीचमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रम तयारीबारे लन्डनस्थित नेपाली दूतावासमा छलफल भएको छ।आयोजक बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठसहितका पदाधिकारीहरु शुक्रबार दूतावास पुगेर राजदूत ज्ञानचन्द्र आचार्यसहित दूतावास टीमसँग छलफल गरेका हुन्। बुद्धजयन्ती कार्यक्रममा विगतमा जस्तै दूतावास र नेपाल पर्यटन् बोर्डसँग सहकार्य गरिने पक्का गरिएको कार्यक्रम संयोजक एवम् फाउन्डेसन उपाध्यक्ष प्रसुना कंडेलले जानकारी दिनु भयको छ।कार्यक्रममा विभिन्न मुलुकका कूटनीतिक अतिथिहरु निम्त्याउने र उक्त जिम्मा दूतावासले लिने सल्लाह भएको संयोजक कंडेलले बताउदै बुद्धिष्ट कम्युनिटी सेन्टर यूके,डायमण्ड बुद्धिष्ट सेन्टर र बुद्धिष्ट गुम्बा रेडिङ सहयोगी संस्थाका रुपमा उपस्थित हुने जनाईएको छ। कार्यक्रममा बौद्ध दर्शनसम्बन्धि खोज,अध्ययन गर्ने बेलायतस्थित विभिन्न युनिभर्सिटीका प्राध्यापक समेतलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरिंदैछ।बुद्धको जन्मस्थलका रुपमा लुम्बिनीलाई चिनाउँदै बुद्धका शान्ति सन्देश संसारभर फैलाउनुका साथै नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने कार्यक्रमको लक्ष्य छ। दूतावासको छलफल कार्यक्रममा राजदूत आचार्यसंगै उपनियोग प्रमुख रोशन खनाल,सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल तथा फाउन्डेसनका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रसुना कंडेल,उपाध्यक्ष अर्जुन कटुवाल,कार्यक्रम सहसंयोजक सुर्जे गुरुङ र नेपाल पर्यटन बोर्ड प्रतिनिधि काउन्सिलर धनबहादुर सार्की सहभागी थिए।