Friday February 14, 2025

व्यक्तित्व

ग्रीकको एथेन्समा मम: किड्ग बिनोद बराल

शीतलपाटीन्युज डटकम। Ladies and Gentlemen, It is my honor and privilege to be here on this great platform, especially in Athens, where human civilization began. As someone who shares a birthplace with Lord Buddha and hails from the top of the planet where Mount Everest stands, this moment is incredibly special to me. I have always advocated for local initiatives, youth, and women's empowerment. I believe in the power of borderless cooking, embodying the "Taste of Ambassador" slogan: "Taste Unites the World." It is through the universal language of food that we can bridge cultures and bring people together. I want to extend my deepest gratitude to Kris Pokharel for recommending me and to the chairman Philip Koutras for recognizing my contributions. Over the past quarter-century, I have dedicated myself to the culinary world. From participating in the FIFA World Cup 2022 in Qatar to serving as the head chef for Formula 1, and traveling the globe to cook for 81 prestigious airlines and the world's heads of state, it has been an extraordinary journey. Receiving this Gold Medal for "Ambassadors Taste of Gastronomy 2024" is a tremendous honor. This award marks just the beginning of my continued journey in the culinary arts. I will cherish and uphold the values it represents. Thank you once again for this recognition. I look forward to furthering our shared mission of uniting the world through taste. Thank you. Gold Medallist 2024  Ambassadors of Taste for the Global Gastronomy  Binod Baral | Binod Baral binodbaral.com 🙏 🇳🇵 🇬🇧 🇺🇸 🌍

“ कुराकानी’"कार्यक्रमको १०० औ शृंखला पूरा,अल्डरसटमा मानसिक स्वास्थ्यसम्बन्धी अन्तरक्रिया

शीतलपाटीन्युज डटकम।  लन्डन। बेलायतवासी समाजसेवी एवं मेन्टल हेल्थ कम्युनिटी नर्स सुष्मा गुरुङले सञ्चालन गरेको कार्यक्रम ‘कुराकानी’को १००औ एपिसोड पूरा भएको छ। सुष्मा गुरुङ मुख्य सञ्चालक रहेको यस कुराकानी कार्यक्रममा डा.विशाल गुरुङ, डा.जित गुरुङ र डा.विजय लगायत चिकित्सकको टोली सञ्चालकका रूपमा रहेका छन्।  यसमा मुख्य रूपमा मानसिक स्वास्थ्य र स्वास्थ्यका अन्य विषयमा यसमा कुराकानी हुने गरेको छ। यो कार्यक्रम पछिल्लो समय बेलायतमा रहेका नेपाली समुदायबीच निकै लोकप्रिय छ। ग्रेटर रसमोर नेपाली कम्युनिटीको आयोजनामा हरेक मंगलबार बेलुका ७ देखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने गरेको छ। यस शृंखला १०० औ इपिसोड पुगेको अवसरमा आइतबार एक विशेष अन्तरक्रियाको आयोजना गरिएको थियो। शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर क्विन्स रोड अल्डरसटमा भएको अन्तरक्रियामा १०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो। दिउँसो १ देखि ५ बजेसम्म भएको कार्यक्रममा गोर्खा पेन्सनरहरू,स्वास्थ्य कार्यकर्ता तथा सामाजिक अभियन्ताहरूको उपस्थिति थियो। सुष्मा गुरुङले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता ग्रेटर रस्मुर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङले गरेका थिए भने शिव मन्दिरका पुर्व अध्यक्ष रोहित गुरुड्ग र योगा प्रशिक्षक मेघ गुरुड्गको पनि उपस्थिती रहेको थियो। यस कार्यक्रमलाई अझ प्रभावकारी वनाइने निर्णय भएको छ।  यो कार्यक्रममा सामुदायिक स्वास्थ्य सल्लाहकार निशा शर्मा,डा.रबि पन्त,न्युट्रीशनीष्ट धिरज  घले,सामाजिक अभियन्ता रोहित गुरूंग समेत थप्ने कार्यक्रम रहेको छ। यस कार्यक्रमलाइ सहयोग गर्ने  डेनटिष्ट नर्स प्रमिला लाबुंग राइ,डा देउमान गुरूंग,गोमा राना,भिम तामांग र डा़ लता सत्यालको प्रशंसा गरीयको थियो।जसमा एनएचएस मेन्टल हेल्थ कम्युनिटी हेल्थ सेन्टरबाट क्यारोल मोरेको पनि उपस्थिति थियो। उनले सुष्मासँग प्रतिबद्धता जनाइ नेपाली समुदायका लागि यो कार्यक्रम गराइएको हो।   डा.जित,फार्मासिस्ट सोम थापा,डा.विजय अधिकारी, सुष्मा गुरुङ,योगा कन्स्ट्रक्टर मेघ गुरुङ तथा डा.विशाल गुरुङ समेतले गरेको अन्तर्क्रियामा गोर्खा अग्रजहरूले सहभागिता जनाएका थिए। स्वास्थ्य र मानसिक रूपमा कसरी आफू राम्रो हुनुपर्छ र एक आपसमा सरसहयोग के कसरी गरिन्छ भन्नेबारे कुराकानी भएको थियो। कार्यक्रममा वरिष्ठ मेन्टल हेल्थ नर्स राजेन्द्र क्षेत्री पनि सहभागी थिए। हाल रिटायर्ड भइसकेका क्षेत्री युकेका पहिलो नेपाली नर्ससमेत हुन्।  सो अवसरमा ‘कुराकानी’ कार्यक्रम १०० औ शृंखलासम्मको यात्राबारे समीक्षात्मक छलफलसमेत भएको थियो। शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरका अध्यक्ष विक्रम भट्टराईले पनि आफ्नो विचार

श्री वालेश्वरी देवीको हिलिङ थेरापीले निको पार्छ यी रोग

शीतलपाटीन्युज डटकम। लण्डन । के तपाई,मानसिक स्वास्थ्य,शारीरीक समस्या, डर लाग्ने,थकान महसुस हुने,डिप्रेसशन्,एन्जाईटी,निद्रा नपर्ने,तनाव लगायतको रोगबाट आजित हुनुहुन्छ। अब,धेरै तनाव लिएर हिँड्नु पर्दैन्,आधुनिक चिकित्सा पद्धतिलाई चुनौती दिँदै लोकप्रीय बन्दैछ प्राचिन चिकित्सा पद्धति तपाई कल्पनै गर्न सक्नुहुन्न्। सामान्य सिन्गिंग बोव्ल (गीत गाउने कचौरा ) कचौराबाट निकाल्ने आवाजको सन्तुलनबाट तपाईलाई लागेका सबै प्रकारका रोगबाट मुक्त हुनुहुन्छ । बेलायतमा एक महिना अघि आफ्नै देशको प्राचिन पद्धति लिएर आएकी छन् श्री वालेश्वरी देवी । उनलाई अहिले बेलायतमा भ्याई नभ्याई छ। उनले दुई प्रकारको उपचार पद्धति मार्फत सेवा दिँदै आएकी छन्। मानसिक स्वास्थ्य,डर लाग्ने,थकान,डिप्रेशन्,निद्रा नपर्ने नसामा हुने समस्या लगायत् चक्र हिलिङ मार्फत उपचार गरिन्छ भने शरीरमा लागेको कुनैपनि देखिने वा नदेखिएको रोग छ भने त्यसमा फिजिकल हिलिङ पद्धतिको प्रयोग गरिन्छ। वालेश्वरी देवीका अनुसार चक्र हिलिङमार्फत मानिसलाई शुन्यतामा पुर्याउन ध्यान एकिकृत गराउनको लागि चक्र हिलिङको प्रयोग गरिन्छ। मानिसका शरीरमा भएका ७ वटा चक्रहरुलाई सिन्गिंग बलको ध्वनिको माध्यमबाट सक्रिय बनाउने काम गर्छ । शरीरमा भयका सात चक्रहरु : १) मुलाधार चक्र: हाम्रो शरिरको सबै भन्दा तल्लो भागमा २) स्वाधिस्ठान चक्र: कम्मर र नावीको बीच भाग मा पर्छ ३) मणिपुर चक्र : नाबी पेट मा पर्छ ४) अनाहत चक्र : हृदय , वायुसँग सम्बन्ध रहन्छ ५ ) बिशुद्दी चक्र : घाँटीमा रहन्छ : आवाज ६ ) आज्ञा चक्र : दुई आँखाको बीच भाग निधारमा रहन्छ जुन प्रकाशसँग सम्बन्धित छ। ७ ) सहस्त्र चक्र : टाउकोको बीच भागमा जुन आभाससँग सम्बन्धित रहन्छ। यी सातवट़ा चक्रलाई व्यालेन्स गर्ने काम हिलिङले गर्छ । मानिसको शरीरमा अप्रत्यासीक रुपमा आउने रोगहरुलाई रोक्नको लागि चक्र हिलिङको महत्वपूर्ण भूमिका हुने वालेश्वरीको दावी रहेको छ । चक्र हिलिङ पद्दतिको माध्यमबाट आगामी दिनमा लाग्न सक्ने रोगको संकेत सगै समाधान समेत गर्न सकिन्छ । चक्र हिलिङ पद्दतिले शरीरमा आराम दिलाउँछ र ब्लड सर्ककुलरलाई नियमित गराउँछ। वालेश्वरी देवीका अनुसार गहिरो रोग लागेका,डिप्रेसन,डर लाग्ने लगायतका रोग भएका हरुले दैनिक १ सेसन गरि कम्तीमा ७ वटा सेसनमा यो उपचार लिनु पर्ने हुन्छ। तर सामान्य थकान कम गर्न शारिरीक र मानिसिक स्वास्थ्यलाई सन्तुलनमा राख्नको लागि एउटै सेसनले समेत सहयोग

बेलायतमा किरात राई यायोख्सया मुदायले मनाएको साकेला उभौली पर्व भब्य

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा किरात राई यायोख्खा समुदायले साकेला उभौली भव्य रुपमा मनायो। २५ मे २०२४, शनिबार किरात राई हाउस ग्याम्बललेनमा पूजापाठ र सांस्कृतिक कार्यक्रमसहित उभौली पर्व मनाएको हो। कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र बहादुर राई लगायत कार्यसमिति,पाहुना,बाबाआमा लगायत सबैले साखेवा भूमे शीलामा पूजापाठ गरी प्राकृतिक प्रकोप,दैवी प्रकोप नलागोस् भनेर सबैको कल्याण होस् भनी प्रार्थना गर्दै सुम्निमा र पारुहाङसँग वर माग्दै कार्यक्रममा गरिएको थियो। कार्यक्रममा आशिर्वाद लिँदै थानमा विधिवत मौलिक पूजा सम्पन्न गरिएको थियो। कार्यक्रम प्रमुख अतिथि मेडम मेयरेस् स्याली बार्कर एमबिई गिल्फोर्ड बोर‍ो काउन्सिलर मेयर,विशेष अतिथिहरु मेडम मेयरेस् मारा माकुनुरा रसमूर बोरो काउन्सिलर मेयर, मेडम् मेयरेस् अबेना अकुफो केली फोक्सटन टावन मेयर,गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगर,संस्थाका अध्यक्ष चन्द्रबहादुर राईले पानसमा दीप प्रज्वलन गरी मेलाको समुद्घाटन गरेका थिए। प्रमुख अतिथि मेडम मेयरेस् स्याली बार्कर र एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले आआफ्नो मन्तव्य राख्दै साकेला उभौलीको सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा सर्रे पुलिस चिफ इन्स्पेक्टर देव मिचेल,मेयरहरु,लोकल पुर्व काउन्सिलरहरु जीव बेल्बासे,नेम थापा,चित्र बहादुर राना,सगरमाथा आरोही हरिबहादुर बुढामगर,बीबीसी १०० मा प्रभावशाली महिलामा परेकी सपना रोकामगर,किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरबीर आङ्बो,साहित्यकार घन थापा मगर,फोनिज युकेका अध्यक्ष बम सुर्यबंशी मगर, संघ संस्थाका अध्यक्ष,प्रतिनिधिहरु,पत्रकारहरु योगराज राई,नरेश खपाङ्गीमगर,शिव भण्डारी,प्रकाश कँडेल, विश्वासदीप तिगेला,गोमा राना,बाचस्पति रेग्मी,नगेन्द्र राज नेम्बाङ,नेपालदेखि आएका कलाकार वसन्त लम्साल लगायतका स्थानीय कलाकार र विभिन्न व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा विभिन्न स्टलहरुका साथै भाषिक संस्था र समुदायहरुको सिली,स्थानीय समन्वय परिषद्हरुको सिली,किरातहरुको हजारौं र लाखौं सिलीहरु मध्यमा केही सिलीहरुको प्रदर्शन हुनुको साथै सबैलाई खुला सिली रहेको थियो। संस्थाका उपाध्यक्ष मे. रि. दिलकुमार राईले हेल्थ एन्ड सेफ्टी ब्रिफिड्ग गरेको सो कार्यक्रममा संयोजक उपाध्यक्ष सुमनचन्द्र राईले स्वागत मन्तव्य राखेका थिए भने महासचिव चन्द्रवती राई र उपमहासचिव प्रमिला लाबुङ राईले कार्यक्रम सञ्चालन गरेका थिए। किरात राईहरुमा भाषामा विविधता हुनुको साथै लोपोन्मुख भाषाको खोजीकार्य भएको र किरातीहरुलाई एकताको सुत्रमा बाँध्ने भनेको साकेला नाच नै हो भनी गर्वको विषय भन्दै अध्यक्ष चन्द्रबहादुर राईले बेलायतमा मात्र नभई संसारभरि रहेका सम्पूर्ण किरातीहरु पुस्तौंसम्म एकबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । अध्यक्ष राईले

घान्द्रुक समाज युके हाँक्ने ताला चाबी अव नारायण सिंह गुरुङबाट देव बहादुर गुरुङलाई

नारायण सिंह गुरुङ  निवर्तमान अध्यक्ष, घान्द्रुक समाज युके। लण्न। घान्द्रुक समाज युकेको अधिवेशन सहितको सोह्रौ वार्षिक साधारण सभा हिजो २५ मे २०२४ शनिबारको दिन अल्डरशटको एम्पाएर हलमा सम्पन्न भएको छ। समाजको अध्यक्ष श्री नारायण सिंह गुरुङको सभापतित्वमा बसेको सभालाई महासचिव श्री राज कुमार गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रम सोह्रौ वार्षिक साधारण सभा र सातौं कार्यसमिति चयनको लागि अधिवेशन गरी दुई चरणमा विभाजित गरी  सञ्चालन गरेका थिए। पहिलो चरणको वार्षिक साधारण सभामा मूल समिति र आमा समुहको पदाधिकारीहरु,पूर्व अध्यक्षहरु मेजर उदय बहादुर गुरुङ (MBE) क्या. इमान कुमार गुरुङ, इन्स्पेक्टर खेम बहादुर गुरुङ, क्या. पूर्ण बहादुर गुरुङ, अर्जुन गुरुङ आमा समुहको पूर्व अध्यक्ष श्रीमति शान्ति गुरुङ, अन्य सल्लाहकारहरुलाई विधिवत रूपमा आसन ग्रहण गराई शुभारम्भ गराएका थिए। कार्यक्रमको प्रारम्भमा यस वर्ष दिवङ्गत हुनु भएको गाउँले आफन्तहरूको नाममा सम्झना गर्दै १  मिनेट मौन धारण पनि गरेका थिए। संस्थापक अध्यक्ष श्री मेजर उदय बहादुर गुरुङ (MBE) र अध्यक्ष श्री नारायण सिंह गुरुङले दीप प्रज्वलन गरेर कार्यक्रमको श्री गणेशायनम गरे भने  उपाध्यक्ष श्री देव बहादुर गुरुङले स्वागत तथा सेफ्टी सम्बन्धमा जानकारी गराएर सभा मुख्य विषय वस्तुमा प्रवेश गराएका थिए। मुख्य विषय वस्तुमा प्रवेश गर्ने क्रममा महासचिव श्री राज कुमार गुरुङले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भयो भने,देव सिंह गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। त्यस्तै गरि स्पोर्ट्स सेक्रेटरी याम गुरुङले गोर्खा कप र तमु भाषा समितिको हिसाब किताबहरु प्रस्तुत गर्नु भयो भने आमा समूहको कोषाध्यक्ष श्रीमति रजनी गुरुङले आमा समुहको कोष बारे प्रतिवेदन प्रस्तुत गरे र अन्तमा आमा समुहको अध्यक्ष श्रीमति हरिमाया गुरुङले आमा समुहको सचिवको प्रगति प्रतिवेदनको साथै आफ्नो तीन वर्षे कार्यकालको विस्तृत विवरण प्रस्तुत गर्नु भएको थियो। त्यसपछि अध्यक्ष श्री नारायण सिंह गुरुङले Any Other Business विषयमा छलफल गरी निर्णय गर्नु पर्ने एजेण्डाहरुलाई फ्लोरमा राखेर आवश्यक निर्णयहरु गराए। त्यसपछि सभापतिको हैसियतले पहिलो चरणको कार्यक्रमलाई  धन्यबादको साथमा समापन गरे। त्यसपछि ब्रेकको समयमा खाना लिएका थिए।  ब्रेकमा खानाको स्वाद लिदै दोस्रो चरणमा प्रवेश गरे। दोश्रो चरणको अधिवेशन कार्यक्रममा अध्यक्ष नारायण सिंह गुरुङ सहितको

मर्यादित महिनावारी सबै क्षेत्रको मूल मुद्दा बन्नुपर्नेमा सबै एकमत

शीतलपाटी संवाददाता, नेपाल। धनगढी। महिनावारीसँग जोडिएका सबै विभेदलाई हटाएर मर्यादित बनाउन सबै क्षेत्रले साझा रूपमा पहल गर्नुपर्ने सरोकारवालको एकमत देखिएको छ। आइतबार धनगढीमा भएको महिनावारी स्वास्थ्य नीतिगत छलफल विषय कार्यक्रममा प्रदेशसभाका सदस्यहरूले संसद्को पनि हस्तक्षेपकारी पहल आवश्यक रहेको पनि बताउनुभयो।    महिनावारी स्वास्थ्य दिवसका अवसरमा राधा पौडेल फाउन्डेसन,मर्यादित महिनावारी ग्लोबल साउथ कोलिजन र एड्स हेल्थ कियर फाण्डेसनले गरेको नीतिगत संवाद कार्यक्रममा प्रदेश सभा सदस्य,विज्ञ र सरोकारवालाहरूले बनेका नीतिको कार्यान्वयन गर्नुपर्ने र आवश्यक नीति बन्नुपर्नेमा समेत जोड दिनुभयो। प्रदेश सभाका सदस्य धर्मराज पाठकले महिनावारी विभेद सुदूरपश्चिमको मात्रै विषयजस्तो गरेर गलत प्रचार भइरहेको टिप्पणी गर्नुभयो।  प्रदेश सभा सदस्य पाठकले महिनावारीसँग जोडिएका नीति, कानुन,निर्देशिकाको समीक्षा गरेर एकीकृत कानुन बनाउनुपर्ने र त्यसलाई प्रदेशसभाको विषय बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सुदूरपश्चिम छाउपडी,कमैया,हलिया,कमलहरी,देउकी प्रथाजस्ता कुसंस्कारको हिसाबले मात्र चर्चा गर्नु गलत हुने बताउँदै यस्ता प्रथा देशभर विभिन्न तरिकाले जीवित रहेकोले तिनको अन्त्यका लागि सबै तहका सरकारले समन्वय गरेर अघि बढ्नु पर्ने बताउनुभयो। प्रदेश सभा सदस्य मानबहादुर रावलले अब छाउपडी भन्ने शब्दको प्रयोग नै शब्दकोशबाट हटाएर महिनावारी शब्दको प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले महिनावारीकै कारण महिलाहरू दोस्रो दर्जाको नागरिक बन्नुपरेको पीडादायी अवस्थामा प्रदेश सरकार,प्रदेश सभा सदस्य, स्थानीय सरकार,पत्रकार नागरिक सबैले बोल्नुपर्ने सुझाव दिनुभयो। महिनावारी हुँदा गरिने विभेदले महिलाको मर्यादापूर्वक बाँच्न पाउने अधिकार हनन् भएको हुँदा प्रदेशसभाले अब संसदमा प्रजनन स्वास्थ्यसँगै मर्यादित महिनावारीको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो। प्रदेश सभा सदस्य जानकी ऐर (बम) ले सुदूरपश्चिम छाउपडीको प्रदेश भनेर गलत प्रचार भइरहेकोमा अब मर्यादित महिनावारीको प्रदेश भनेर चिनाउनुपर्ने बताउनुभयो। महिनावारीलाई मर्यादित बनाउन सुदूरपश्चिमले विशेष नीति ल्याउनुपर्ने र त्यसका लागि आफूले पहल गर्ने उहाँको प्रतिबद्धता थियो । सो अवसरमा प्रदेश सभा सदस्य बम र अर्का प्रदेश सभा सदस्य निर्मला साउदले आफूहरूले महिनावारी हुँदा भोगेका समस्या सुनाउनुभएको थियो। उहाँहरूले आफूहरूले समेत ढिलो गरेर मात्र महिनावारी (छाउपडी) प्रथा गलत हो भन्ने बुझेको बताउनु भएको थियो। संवाद कार्यक्रममा मर्यादित महिनावारीका अन्तर्राष्ट्रिय अभियन्ता डा.राधा पौडेलले कार्यपत्र प्रस्तुत गर्दै विश्वभरी महिनावारीलाई विभेदको व्यवहार गर्ने गरेको तथ्याङ्क पेस गर्नुभयो। सुदूरपश्चिममा गोठ भएर विभेद देखिएको

मर्यादित महिनावारी सबै क्षेत्रको मूल मुद्दा बन्नुपर्नेमा एकमत

गोबिन्द खड्का, धनगढी। महिनावारीसँग जोडिएका सबै विभेदलाई हटाएर मर्यादित बनाउन सबै क्षेत्रले साझा रूपमा पहल गर्नुपर्ने सरोकारवालको एकमत देखिएको छ । आइतबार धनगढीमा भएको महिनावारी स्वास्थ्य नीतिगत छलफल विषय कार्यक्रममा प्रदेशसभाका सदस्यहरूले संसद्को पनि हस्तक्षेपकारी पहल आवश्यक रहेको पनि बताउनुभयो। महिनावारी स्वास्थ्य दिवसका अवसरमा राधा पौडेल फाउन्डेसन, मर्यादित महिनावारी ग्लोबल साउथ कोलिजन र एड्स हेल्थ कियर फाण्डेसनले गरेको नीतिगत संवाद कार्यक्रममा प्रदेश सभा सदस्य, विज्ञ र सरोकारवालाहरूले बनेका नीतिको कार्यान्वयन गर्नुपर्ने र आवश्यक नीति बन्नुपर्नेमा समेत जोड दिनुभयो । प्रदेश सभाका सदस्य धर्मराज पाठकले महिनावारी विभेद सुदूरपश्चिमको मात्रै विषयजस्तो गरेर गलत प्रचार भइरहेको टिप्पणी गर्नुभयो ।  प्रदेश सभा सदस्य पाठकले महिनावारीसँग जोडिएका नीति, कानुन, निर्देशिकाको समीक्षा गरेर एकीकृत कानुन बनाउनुपर्ने र त्यसलाई प्रदेशसभाको विषय बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सुदूरपश्चिम छाउपडी, कमैया, हलिया, कमलहरी, देउकी प्रथाजस्ता कुसंस्कारको हिसाबले मात्र चर्चा गर्नु गलत हुने बताउँदै यस्ता प्रथा देशभर विभिन्न तरिकाले जीवित रहेकोले तिनको अन्त्यका लागि सबै तहका सरकारले समन्वय गरेर अघि बढ्नु पर्ने बताउनुभयो । प्रदेश सभा सदस्य मानबहादुर रावलले अब छाउपडी भन्ने शब्दको प्रयोग नै शब्दकोशबाट हटाएर महिनावारी शब्दको प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले महिनावारीकै कारण महिलाहरू दोस्रो दर्जाको नागरिक बन्नुपरेको पीडादायी अवस्थामा प्रदेश सरकार, प्रदेश सभा सदस्य, स्थानीय सरकार, पत्रकार नागरिक सबैले बोल्नुपर्ने सुझाव दिनुभयो । महिनावारी हुँदा गरिने विभेदले महिलाको मर्यादापूर्वक बाँच्न पाउने अधिकार हनन् भएको हुँदा प्रदेशसभाले अब संसदमा प्रजनन स्वास्थ्यसँगै मर्यादित महिनावारीको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभा सदस्य जानकी ऐर (बम) ले सुदूरपश्चिम छाउपडीको प्रदेश भनेर गलत प्रचार भइरहेकोमा अब मर्यादित महिनावारीको प्रदेश भनेर चिनाउनुपर्ने बताउनुभयो । महिनावारीलाई मर्यादित बनाउन सुदूरपश्चिमले विशेष नीति ल्याउनुपर्ने र त्यसका लागि आफूले पहल गर्ने उहाँको प्रतिबद्धता थियो । सो अवसरमा प्रदेश सभा सदस्य बम र अर्का प्रदेश सभा सदस्य निर्मला साउदले आफूहरूले महिनावारी हुँदा भोगेका समस्या सुनाउनुभएको थियो । उहाँहरूले आफूहरूले समेत ढिलो गरेर मात्र महिनावारी (छाउपडी) प्रथा गलत हो भन्ने बुझेको बताउनु भएको थियो । संवाद कार्यक्रममा मर्यादित महिनावारीका अन्तर्राष्ट्रिय अभियन्ता

किरात याक्थुङ थामेन्दिङमा चुम्लुङ केन्द्रिय कार्यसमिती युकेको अध्यक्षमा मन माया नेम्वाङ निर्विरोध

लिला सेलिङ मावो, लण्डन–किरात याक्थुङ थामेन्दिङमा चुम्लुङ केन्द्रिय कार्यसमिती,युकेको अध्यक्षमा मन माया नेम्वाङ निर्विरोध चयन हुनुभएको छ। सनिवार सेन्ट फ्रान्सीस र्चचको सभाहल, आसर्फोट केन्टमा भएको चौथो महाधिवेसनले आगामी कार्यकालको लागि उपाध्यक्षमा नन्दशोभा लिम्वु, महासचिवमा शुभ लिम्वु,सचिवमा धन थोक्लिहाङ, कोषाध्यक्षमा गौरी ईवा र सहकोषाध्यक्षमा सरला काम्वाङलाई चयन गरेको छ। सदस्यहरुमा शुर्य केरुङ, सरला लिम्वु, रिता फोम्वो र अनिता मादेन रहेका छन। महाधिवेशनको वन्दशत्रमा गठीत अध्यक्ष मण्डलमा काजीमान यक्सो,विजय विक्रम लिङदेन र शान्ति खिम्दिङ रहेका थिए भने निर्वाचन मण्डलमा विमला सेने, लिला सेलिङ मावो, र दुर्गा पाङमा रहेका थिए । महासचिव सकुन्तला नेम्वाङले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नन्दशोभा लिम्वुले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई महाधिवेशनले हुवहु पास गरिएको थियो। महाधिवेशनमा थामेन्दिङमा चुम्लुङको निर्वाचन नियमावलीलाई पास गरि सोही अनुसा निर्वाचन प्रकृया गरिएको थियो। निर्वाचित कार्यसमितीलाई अध्यक्ष मण्डलका अध्यक्ष काजीमान यक्सोले सपथ ग्रहण गराउनुभयो । सोही अधिवेशनले कीरात याक्थुङ चुम्लुङको केन्द्रिय समितीका लागि महिला उपाध्यक्ष पदमा सानु सुव्वा र महिला सहसचिव पदमा सकुन्तला नेम्वाङलाई चयन गरेको छ।     महाधिवेसनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतिथीको रुपमा उपस्थित किरात याक्थुङ चुम्लुङ युके, (कियाचु)केन्द्रिय समितीका उपाध्यक्ष अमृता पालुवाले–याक्थुङ भाषा,संस्कार सस्कृतिको जर्गेना गर्न आफु सगै आफ्रना छोराछोरीहरुलाई पनि सहभागि गराउन अनिवार्य रहेको वताउनु भयो। कार्यक्रममा विशिष्टि अतिथिको रुपा कियाचु युकेका संस्थापक अध्यक्ष खड्रगजंग आङवुहाङ सहभागि भएका थिए। कार्यक्रममा थामेन्दिङ मा चुम्लुङका सस्थापक अध्यक्ष लिला सेलिङ मावोलाई लिम्वुभाषामा नया कविता संग्रह सेप्म्माङल्क प्रकाशन गरि लिम्वुभाषा र लिपिमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । अध्यक्ष नेत्रकला (युमा) लिम्वु र प्रमुख अतिथी अमृता पालुवाले थामेन्दिङमा चुम्लुङलाई अनवरत सहयोग गर्दै आउनुभएका महिलाहरुलाई प्रसंसा पत्र प्रदान गर्नुभएको थियो ।   कार्यक्रमको उद्घाटन समारोमा सगरमाथा नेपाली समाजका महिला समितीका अध्यक्ष उमा गरुङ,पांचथर समाज युकेका अध्यक्ष शान्ति लिम्वु, नेपाल आदिवासी जनजाती महासंघ युकेका महासचिव विमला सेने, कियाचु युकेका पुर्व अध्यक्ष काजिमान यक्सो,कियाचु युकेका सहकोषाध्यक्ष नर प्रसाद सवेनहिम,जन सम्पर्क तथा विदेश विभाग प्रमुख कमला सेन्दाङ, कियाचु पुर्व उपाध्यक्ष गणेश इजम, पुर्व महासचिव विजय विक्रम लिङदेन,नागरीक समाज युकेका

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं ब्याचको दिक्षान्त अबलोकन

नेपाल प्रहरी। काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न भयको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम, सर्वद्वितीय एवम् सर्वतृतीय प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हरेक जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको स्मरण गर्नुभयो। गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरूले आफ्नो जिम्मेवारी व्यावसायिकता पूर्वक निर्वाह गर्दै नागरिकलाई एक कुशल प्रहरीले प्रदान गर्ने सेवाको अनुभूति हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। प्रधानमन्त्री दाहालले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील,निष्पक्ष,व्यवसायिक एवम् कानूनी राज्यको अवधारणाप्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सम्भव हुने भएकाले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य जनशक्ति उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्ने उल्लेख गर्नुभयो। उक्त अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रतिष्ठानले राष्ट्रप्रति समर्पित, योग्य र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो। नेपाल प्रहरीलाई सक्षम,सुदृढ र जनमैत्री सुरक्षा संगठनको रूपमा विकास तथा विस्तार गर्न प्रहरी कर्मचारीको व्यावसायिकता र वृति विकासमा टेवा दिन तथा प्रतिकूल परिस्थितिमा पनि राष्ट्रप्रतिको सेवाभावलाई दृढ बनाई राख्न प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको उहाँले उच्च प्रशंसा गर्नुभयो। समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवा केवल रोजगारी मात्रै नभई एउटा विशिष्ट जीवनशैली भएको चर्चा गर्दै यस सेवामा आवद्ध हुन उच्चानुशासन पवित्र निष्ठा, अदम्य साहस, निरन्तर सिकाई र अविचलित समर्पणको आवश्यकता रहने बताउनुभयो।अपराधको अन्तर्राष्ट्रियकरण, बढ्दो आप्रवासन,संगठित अपराधको वृद्धि एवम् बदलिँदो संस्कृतिले उब्जाएका नवीन चुनौतिहरूको सामना गर्न समायानुकूल सक्षम,सक्रिय, व्यावसायिक प्रहरी अधिकृतहरू आज यस समारोहमाझ दीक्षित भएको विश्वास उहाँले व्यक्त गर्नुभयो।  प्रहरी नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘दीक्षित हुन लागेका सबै प्रहरी निरीक्षकहरूलाई एउटा मन्त्र सँधै मनन गर्न निर्देशित गर्न चाहन्छु। राज्यले प्रदान गरेका अधिकारहरूलाई शक्तिको रूपमा

नेपाल र संयु्क्त अधिराज्य बेलायत बीच दौत्य सम्बन्ध कायम भयको एकसय बर्ष कार्यक्रम भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल र संयु्क्त अधिराज्य बेलायत बीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री कार्यालय 10 डाउनिङ्ग स्ट्रिटमा एक विशेष समारोहको आयोजना गरिएको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दे बेलायती प्रधानमन्त्री सम्माननीय श्री ऋषि सुनाकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको बिभिन्न आयामहरुको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गर्नुभयो। बेलायती राजा चार्ल्सको विगतको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले बिभिन्न क्षेत्रमा ख्यातिप्राप्त बेलायतमा रहेका नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफु प्रेरित भएको बताउनुभयो।आगामी दिनमा बेलायत र नेपालबीच व्यापार,लगानी जस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बताउनुभयो। बेलायतका लागि नेपाली राजदूत महामहिम श्री ज्ञानचन्द्र आचार्यले नेपालका सम्माननीय प्रधानमन्त्रीका तर्फबाट शुभकामना व्यक्त गर्नुभयो। उहाँले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वको बारेमा जानकारी दिंदै उक्त सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नु भयो। नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल गरेका प्रगतिका बारेमा जानकारी दिंदै उहाँले बेलायतले नेपालको विकासमा पुर्याएको सहयोगको लागि धन्यवाद दिनुभयो। साथै,आगामी १०० वर्षमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। बेलायतकी परराष्ट्र राज्य मन्त्री सम्माननीय आन मारी ट्रेवल्यानले बेलायत र नेपालबीचको अत्यन्त घनिष्ठ सम्बन्धको बारेमा बताउँदै बेलायतले नेपालको विकास प्रयासहरुमा गरिरहेको सहयोग जारी रहने र आर्थिक सम्बन्धलाई थप बिस्तार गरी नेपालको मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा सहयोग पुर्याउने बताउनुभयो। कार्यक्रममा बेलायतमा बिभिन्न पेशा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खाहरु,बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरु एवं नेपालका बेलायती मित्रहरुको उपस्थिति रहेको थियो। नेपाल तथा बेलायतबीच सन् 1923 को मैत्री सन्धी हस्ताक्षर भएको सय वर्ष पुगेको उपलक्ष्यमा बिभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने सिलसिलामा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयबीच छलफल भए अनुसार र नेपाली समुदायको सहयोगमा यो समारोह सम्पन्न भएको हो। यस अवसरलाई मनाउने क्रममा नेपालमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उक्त सन्धि हस्ताक्षर भएकै दिन २१ डिसेम्बर 2023 मा सन्धि हस्ताक्षर भएकै हलमा एक विशेष कार्यक्रमको

बिशेष कार्यक्रम भब्य।

शीतलपाटीन्युज डटकम। काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले ब्रिटिश गोर्खाको प्रशंसा गर्नुभएको छ । बेलायतको प्रधानमन्त्री कार्यालय टेन डाउनिङ्ग स्ट्रिटमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले ब्रिटिश गोर्खाको प्रशंसा गर्नुभएको हो । नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको १०० वर्ष पूरा भएको अवसरमा टेन डाउनिङ्ग स्ट्रिटमा विशेष समारोहको आयोजना गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामबारे धारणा राख्नुभयो ।  बेलायती राजा चार्ल्सले विगतमा गरेको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बेलायतमा रहेका नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताउनु भएको लन्डनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बेलायतका प्रधानमन्त्री सुनकले बताउनु भएको छ ।  समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालका प्रधानमन्त्रीको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वको बारेमा जानकारी दिंदै सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको थियो । बेलायती प्रधानमन्त्रीले ब्रिटिश गोर्खाको प्रसंशा गर्दै गर्दा यता भूतपूर्व गोर्खाहरु भने आफुहरुविरुद्ध विभेद भएको भन्दै लामो समयदेखि असन्तुष्ट छन्।

सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेको नवौं साधारणसभाबाट गजेन कटुवालको अध्यक्षतामा नयाँ कार्य समिति गठन  

GnNNEWS- लन्डन - बेलायतमा कार्यरत प्राज्ञिक तथा पेशाकर्मीहरुको संस्था, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युके, को नवौं वार्षिक साधारणसभा  आइतबार प्लमस्टीडमा सम्पन्न भएको छ।   सोसाइटीका अध्यक्ष इ बिष्णु न्यौपानेको अध्यक्षतामा सम्पन्न  वार्षिक साधारणसभामा संघका महासचिव डा ओम प्रसाद गौतमले सन् २०२२-२४ मा संघले गरेका गतिविधिबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष शम्भुनाथ अधिकारीले समाजको आयव्यय विवरण प्रस्तुत गरेका थिए।   सामान्य छलफल पश्चात् साधारणसभाले दुवै प्रतिबेदनहरु पारित ग-यो। अध्यक्ष  न्यौपानेले आफ्नो कार्यकालमा सघाउने कार्यसमिति, संरक्षक परिषद, सल्लाहकार, सदस्यहरु सबैलाई हार्दिक धन्यवाद दिए। त्यस पछि निर्वाचन समितिले निर्वाचनको कार्यक्रम शुरु गरेको थियो।  जस अनुसार अध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचन भएको थियो।   अध्यक्ष पदका लागि उपाध्यक्ष गजेन कटुवाल तथा महासचिव डा ओम प्रसाद गौतमले उम्मेद्वारी दिएका थिए।  वार्षिक साधारणसभामा उपस्थित सदस्यहरुले मतदान गरे पछि घोषित नतिजा अनुसार गजेन कटुवाल झन्डै ६० प्रतिशत मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन्।  निर्वाचन समितिका सदस्य अर्कराज तिमिल्सिनाले नवनिर्वाचित कार्य समितिलाई शपथ दिलाए भने निर्वाचन समितिका संयोजक इ श्याम थापाले नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिए। नवनिर्वाचित अध्यक्ष  गजेन कटुवालले नयाँ कार्य समितिले निवर्तमान कार्य समितिले शुरु गरेका दोहोरो नागरिकता सम्बन्धी प्राज्ञिक अध्ययन लगायतका कार्यलाई टुंगोमा पुराउने र संस्थालाई एकजुट बनाएर   अगाडी लाग्ने प्रतिबद्धता व्यक्त गरे।  उनले सोसाइटी अन्तर्गत गठित नेप्लिज युथ नेटवर्कलाई आफ्नो सम्पूर्ण साथ सहयोग रहने बताउंदै   नयाँ कार्यसमितिलाई सहयोग गर्न सबैलाई अपिल पनि गरे।   सन् २००८ मा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेको स्थापना गरिएको थियो। सन् २०२४-२६ का लागि निर्वाचित कार्यसमिति निम्न अनुसार छ:-   अध्यक्ष - गजेन कटुवाल उपाध्यक्ष - डा रामजी पौडेल महासचिव - डा बिदुर घिमिरे सचिव - शम्भुनाथ अधिकारी कोषाध्यक्ष - रन्जन बिष्ट सदस्यहरु: श्रीमती जमुना न्यौपाने कोइराला, श्रीमती लीला रेग्मी, पूर्ण रोक्का, राजु न्यौपाने, रामहरी हमाल तथा सुश्री शिक्षा बराल।

बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाइदै

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध फाउण्डेशन यूकेले एक पत्रकार सम्मेलनको आयोजना गर्दै २ जुन आइतबार २५६८ औं बुद्ध जयन्ती मनाइने जानकारी दिएको हो। वुल्लीचको जनरल गोर्डन स्क्वायरमा आयोजना हुने सो कार्यक्रमको तयारी सुरु भएको संस्थाका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिएका थिए। श्रेष्ठले बुध्द नेपालमा जन्मेको हो भन्ने प्रचार गर्दै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको बताए। २ जुन २०२४ दिउसो २ देखि सांझ ७ बजेसम्म हुने कार्यक्रममा नेपाली संस्कृति झल्किने नृत्य तथा झाँकीहरु प्रस्तुति रहने जनाईएको छ। पत्रकार सम्मेलनमा कार्यक्रम फाउण्डेशनकी उपाध्यक्ष प्रसुना कंडेलले कार्यक्रमले शान्तिको सन्देश फैलाउने एवं नेपाल र नेपाली कला संस्कृति प्रवर्धन गर्न टेवा पुग्ने बताइन् । लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको सहकार्यमा हुने कार्यक्रममा बेलायतका बिभिन्न क्षेत्रबाट सहभागिता रहने अपेक्षा रहेको छ। कार्यक्रममा बिभिन्न देशका विदेशी कूटनीतिज्ञहरुको समेत उपस्थिति रहने छ । पत्रकार सम्मेलनमा सल्लाहकारहरु विनोद ज्ञवाली,फडिन्द्र भट्टराई र आर के त्रिपाठी,इनास यूके अध्यक्ष सन्जय कंडेल,जनजाति महासंघ यूके अध्यक्ष कर्मा पहाडी शेर्पा,शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी लगायतले आआफनो सुझाव दिएका थिए। प्रेषमीट कार्यक्रम सञ्चालन फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा भयको थियो भने उपाध्यक्ष अर्जुन कटुवालले सबैलाई स्वागत गर्दै  संचालन गर्नु भयको थियो।

नेपाल लोक तथा दोहोरीगीत प्रतिष्ठान युके शाखाको स्वर्णिम साँझ भब्य

शीतलपाटीन्युज डटकम। लन्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको सातौँ लोकदोहोरी स्वर्णिम साँझ तथा दशौँ वार्षिक उत्सव भब्य सम्पन्न भएको छ। नेपाल राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल युके शाखाका अध्यक्ष लक्ष्मण राना मगरले अध्यछता गरेको सो कार्यक्रम एनआरएनए युकेका अध्यक्ष प्रमुख अतिथि प्रेमगाहा मगरले केक काटेर कार्यक्रमको उद्घाटन गर्नु भयको थियो। फार्नबोरो स्यामुएल कोडी स्कुलमा शनिबार भएको सो कार्यक्रममा नेपालदेखि आएका चर्चित कलाकारहरूले दर्शकलाई मनोरन्जन दिएका थिए।महासचिव रत्न शाहीले संचालन गरेको सो कार्यक्रममा चर्चित लोकगायक राजु ढकाल,सम्झना लामिछाने,जमुना राना,मनमाया वाइबा,वसन्त लम्साल,सपना गाहा,भूमिका गिरी,बाल गायीका मुना थापा र प्रेप बिबाश घर्तीले प्रस्तुति दिएका थिय। औपचारिक कार्यक्रम संस्थाका सचिव रत्न शाही र सांगीतिक कार्यक्रम संस्थाका उपाध्यक्ष कल्पना श्रीपालले सञ्चालन गरेको कार्यक्रममा ३०० भन्दा बढी दर्शकको उपस्थिति रहेको कार्यक्रम संयोजक संस्थाका प्रथम उपाध्यक्ष मनसुधन थापा मगरले जानकारी दिएका थिए। औपचारिक कार्यक्रम संस्थाका सचिव रत्न शाही र सांगीतिक कार्यक्रम संस्थाका उपाध्यक्ष कल्पना श्रीपालले सञ्चालन गरेको कार्यक्रममा ३०० भन्दा बढी दर्शकको उपस्थिति रहेको कार्यक्रम संयोजक संस्थाका प्रथम उपाध्यक्ष मनसुधन थापा मगरले जानकारी दिएका थिए। टिकटदर एड्भान्स लिनेलाई १० पाउन्ड र डोरमा लिनेका लागि १५ पाउन्ड रहेको थियो। ‘परदेशी भूमिबाट नेपाली कला संस्कृति लोक तथा दोहोरी गीतको संरक्षण, संवर्द्धन र उत्थानका लागि जुटौँ’ नारासहित सन् २०१४ मा शाखाको स्थापना भएको हो ।

लोक तथा दोहोरीगीत प्रतिष्ठान युकेको स्वर्णिम साँझ भब्य

शीतलपाटीन्युज डटकम। लन्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको सातौँ लोकदोहोरी स्वर्णिम साँझ तथा दशौँ वार्षिक उत्सव भब्य सम्पन्न भएको छ।  नेपाल राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल युके शाखाका अध्यक्ष लक्ष्मण राना मगरले अध्यछता गरेको सो कार्यक्रम एनआरएनए युकेका अध्यक्ष प्रमुख अतिथि प्रेमगाहा मगरले केक काटेर कार्यक्रमको उद्घाटन गर्नु भयको थियो। फार्नबोरो स्यामुएल कोडी स्कुलमा शनिबार भएको सो कार्यक्रममा नेपालदेखि आएका चर्चित कलाकारहरूले दर्शकलाई मनोरन्जन दिएका थिए।महासचिव रत्न शाहीले संचालन गरेको सो कार्यक्रममा चर्चित लोकगायक राजु ढकाल,सम्झना लामिछाने,जमुना राना,मनमाया वाइबा,वसन्त लम्साल,सपना गाहा,भूमिका गिरी,बाल गायीका मुना थापा र प्रेप बिबाश घर्तीले प्रस्तुति दिएका थिय। औपचारिक कार्यक्रम संस्थाका सचिव रत्न शाही र सांगीतिक कार्यक्रम संस्थाका उपाध्यक्ष कल्पना श्रीपालले सञ्चालन गरेको कार्यक्रममा ३०० भन्दा बढी दर्शकको उपस्थिति रहेको कार्यक्रम संयोजक संस्थाका प्रथम उपाध्यक्ष मनसुधन थापा मगरले जानकारी दिएका थिए।   टिकटदर एड्भान्स लिनेलाई १० पाउन्ड र डोरमा लिनेका लागि १५ पाउन्ड रहेको थियो। ‘परदेशी भूमिबाट नेपाली कला संस्कृति लोक तथा दोहोरी गीतको संरक्षण, संवर्द्धन र उत्थानका लागि जुटौँ’ नारासहित सन् २०१४ मा शाखाको स्थापना भएको हो ।

२२औं गोर्खा कपमा५० टीमले प्रतिस्पर्धा गर्ने : प्रेषमीटमा पत्रकारहरुको उत्साहजनक उपस्थिती

शीतलपाटीन्युज डटकम। मिचेट,लण्डन। यही २६ मई २०२४ मा हुने २२औं ‘गोर्खा कप’को तयारी पूरा भएको कुरा आज आयोजक तमुधिँ युकेले प्रेषमीट मार्फत जनाएको छ। तमु नेप्लिज कम्यूनिटी सेन्टर मिचेटमा शनिवार आयोजिन पत्रकार सम्मेलनमा तमुधिं यूकेका अध्यक्ष हरि गुरुङले "क्विन्स एभ्न्यू, अल्डरसट ग्यारिजन स्पोर्टस सेन्टर"मा हुने जानकारी दिएका हो। गोर्खा कपको तयारी पूरा भएको र केही नयाँपन थपिने भन्दै सबै जनालाई क्युइन्स ऐभीन्यु फुटबल ग्राउन्डमा उपस्थितिका लागि अध्यक्ष हरि गुरुङले अपिल गर्नु भयको छ । गोर्खा कपको उद्देश्य,आकर्षण,जिम्मेवारी,कार्य समूहको नियुक्ति,कार्ययोजना,समय रेखा,पुरस्कार, प्रायोजक,साइट लेआउट,खर्च,इमर्जेन्सी सुरक्षा योजना, विविध बिन्दुहरुका बारे पावरपोइन्टको माध्यमबाट कार्यक्रममा प्रेषमीट संयोजक क्या.दिपक घलेले प्रष्ट पारेका थिए। पत्रकार सम्मेलनमा गोर्खा कप संयोजक क्याप्टेन दिपक घलेले ५० वटा टीमबीच खेल हुने जानकारी दिदै सो खेलको लागि मुख्य ३२ टीम, भेट्रान १६ टीम र महिला २ वटा टीम गरी ५० दर्ता भएको बताएका छन्। सो फुटवल खेल हेर्न १० हजार आउने अनुमान गरिएको छ। यूकेको सबैभन्दा ठूलो यो प्रतियोगिता हेर्न बेलायतका विभिन्न शहरबाट नेपालीहरुको उपस्थिति हुने गर्दछन्। पहिलो पुरस्कार रिया मनी टान्सफरबाट तीन हजार पाउन्ड प्राप्त हुने भयको जानकारी प्राप्त भयको छ।। बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कपमा नौमतिबाजा,प्यारासुट प्रदर्शन, नेपाली कला,संस्कृति,खाना,भेषभूषाको समेत प्रवर्धन गर्दै नेपालीपन प्रस्तुत गरिदै आएको छ। हाल सम्म १५० वटा स्टलहरु बुकिङ भएको आयोजक तमुधि युकेले जनाएको छ। गोर्खा कपमा खाना तथा हस्तकलाका स्टल,प्यारा डिस्प्ले, राफल ड्र,सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुने गरेको छ । संस्थाका महासचिव विशाल गुरुङले संचालन गरेको पत्रकार सम्मेलनमा बेलायतमा कार्यरत पत्रकारहरु FNJ Uk अध्यछ ध्रुबराज अर्याल, पुर्व अध्यछहरु नविन पोखरेल, चिरन शर्मा र नरेश खपाङी, FONIJ UK अध्यछ बम बहादुर थापा मगर तथा तमुधिं यूकेका पूर्वअध्यक्षहरु मीन गुरुङ,सूर्जे रामचन्द गुरुङ,ज्ञाम गुरुङ,नन्दजङ गुरुङ,हितकाजी गुरुङ लगायतको उपस्थिति थियो। प्रेषमीट सम्मेलनमा स्वागत मन्तव्य जुमकाजी गुरुङले गरेका थिए भने मिडिया सेक्रेटरी सविन्द्रकुमार (एसके) गुरुङले पत्रकारहरुको परिचय र प्रश्नोत्तर कार्यक्रम संचालन गरेका थिए।

सुष्मा गुरुड्गले बेलायतमा उत्कृष्ट मानसिक स्वास्थ्य सेवा प्रदान गरे बापत सम्मानित

शीतलपाटीन्युज डटकम। अलडरसट,युके। नेपाली समुदायमा उत्कृष्ट समाजसेवा गर्दै आएकि ग्रेटर रसमोर नेपाली कम्युनिटीकी उपाध्यक्ष एवम शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरकी महासचिव एवम स्थानिय जिपीकी मानसिक स्वास्थ सेविका नर्स सुष्मा गुरुंगले बेलायतमा उत्कृष्ट मानसिक स्वास्थ्य सेवा प्रदान गरे बापत पुरस्कृत भएकि छिन। मानसिक स्वास्थ्य सेवामा समर्पित सामुदायिक नर्स सुष्माले सरे बोर्डर्स पार्टनरशिप स्टाफ अवार्डमा दोस्रो स्थान हासिल गरेकी हुन। उनको उत्कृष्ट सेवा बाट प्रभावित भएर सरे र बोर्डर्स पार्टनरशिप स्टाफ अवार्ड समारोहमा मनोनयन परेको थियो। उनले हार्बर होटल, गिल्डफोर्ड,सरेमा ४०० प्रत्यक्ष दर्शकहरूको बीचमा दोस्रो स्थान हासिल गरेकी हुन। पुरस्कृत बनेपछि उनले कडा मेहनत,परिश्रम र पेसा प्रतीको लगनको उच्च मूल्यांकन हुने अनुभव प्राप्त भएको जानकारी दिएकी थिईन। एनएचएसका कर्मचारीहरूको ठूलो उपस्थितिमा भएको समारोहमा उनलाई सम्मान प्रदान गरिएको थियो। सुष्माले मानसिक स्वास्थ्य सामुदायिक नर्स मध्ये मेहनती र उत्कृष्ट सेवा प्रदायक छवि बनाएको ग्रेटर रसमोर नेपाली कम्युनिटीका पुर्व अध्यक्ष समाजसेवी रोहित गुरुंगले बताएका छन। अल्डरशट हेल्थ केयरका कर्मचारी,फ्रिम्ली पार्क अस्पतालका कर्मचारीहरुको ४०० जना उपस्थिती रहेको सो अवार्ड समारोह भब्य थियो। पेसाले मनोचिकित्सक (साइक्याट्रिक) नर्स गुरुङ सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। ग्रेटर रस्मूर नेपाली कम्युनिटीको उपाध्यक्ष, तमु धीं युके महिला समूहको कार्यकारी सदस्य,शिव कल्चर एन्ड कम्युनिटी सेन्टरको महासचिव तथा श्री सत्य साई अर्गनाइजेसन युके क्षेत्रीय अध्यक्ष समेत हुनुहुन्छ। अध्यात्ममा उहाँको विशेष रुची छ । शिक्षामा अब्बल हुँदै आउनुभएकी सुस्मा सन् १९९८ सालमा बेलायत आउनु भएको हो। उहाँले १९९३ सालमा काठमाडौँको मिनभवन क्याम्पसबाट बीकम,२००३ मा युनिभर्सिटी अफ सर्रेबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातक र २०१७ मा युनिभर्सिटी अफ वेस्ट लन्डनबाट मेन्टल हेल्थमा पहिलो श्रेणीमा ग्र्याजुएट गर्नु भयको छ।साथै रसमोर बरो काउन्सीलको जीपीमा मानसीक रोग निर्मुल पार्न कार्यरत हुनु हुन्छ।

मानव सेवा आश्रम बेलायतको “इनर मेलोडी फर इनर पिस लाइभ कन्सर्ट”च्यारीटी भब्य

शीतलपाटीन्युज डटकम। लण्डन । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किनुभएको छ । सङ्गीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै आउनुभएकी प्रसिद्ध आनी छोइङ डोल्मा मानवसेवा आश्रमको २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पलाई सघाउन बेलायत पुग्नुभएको थियो। गत वैशाख २३ गते बेलायतको क्याम्वर्लीस्थित कन्ट्री क्लवको हलमा आयोजित ‘इनर मेलोडी फर इनर पिस लाइभ कन्सर्ट’ र त्यसलगतै विभिन्न स्थान आयोजना भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट मानवसेवा आश्रमको सेवा सहजताका लागि सो सहयोग जुटेको गायिका आनी छोइङ डोल्माले बताउनुभयो । मानवीय कार्यमा आश्रमसँग सहयात्रा गर्न र मानवता प्रवद्र्धनमा सघाउन पाउँदा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा समेत आश्रमसँग मानवीय कार्यमा सहयात्रा गर्ने प्रतिवद्धता जनाउनुभयो । सङ्कलित रकममध्ये रु ५२ लाख टिकट विक्रीबाट, २० लाख स्पोन्सरबाट र ८ लाख ४१ हजार रुपैया आनी छोइङ ड्रोल्माज्यूको अटोवायोग्राफी पुस्तक फूलको आँखामा विक्रीबाट संकलन भएको छ । यस क्रममा पाँच जनाले मानवसेवा आश्रमले नेपालको विभिन्न जिल्लामा निर्माण गरिरहेको भवननिर्माणको लागि एक कोठा निर्माण सहयोग स्वरुप रु पाँच लाख ११ हजार एक सय ११ र ३२ जनाले आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गरी मानवसेवा आश्रमको अक्षयकोष वृद्धिका लागि रु एक लाख ११ हजार एक सय ११ योगदान गर्नुभएको छ । यस्तै मासिक रु आठ हजार योगदान गर्ने गरी १७ जना बालबालिकाको र मासिक पाँच हजार योगदान गर्ने गरी पाँच आमाबुबाको मासिक खर्च व्यहोर्ने हुनुभएको छ । कन्सर्टसँगै बेलायतस्थित नेपाली दूतावास, स्कटल्याण्डको ग्लास्को र एडिनब्रा, अल्टरसट गुम्बा, रिडिङ गुम्बा र प्लम्स्टिड गुम्बा, शिव मन्दिर अल्डरसट र बेलायतस्थित श्रीलङ्काको दूतावासमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना भएको थियो । प्रसिद्ध गायिका आनी छोइङको कन्सर्ट र बेलायत यात्राले मानवसेवा आश्रमको सेवा प्रवाहमा टेवा पु-याउने मानवसेवा आश्रम बेलायत च्यापटर संयोजक सुनिलबाबु खड्काले बताउनुभयो । मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले ‘मानवसेवा आश्रम युके च्यापटरले सम्पूर्ण बेलयतबासी नेपालीहरुको मन जित्न सक्नेगरी कन्सर्ट आयोजना गरी लक्ष्य अनुसारकै सहयोग जुटाउन सकेकोमा धन्यबाद दिदै २०८२

बुद्धजयन्तीको अवसरमा धार्मीक प्रवचन तथा पूजा कार्यक्रम बुद्धिष्ट गुम्बा रेडिङमा हुँदै

शीतलपाटीन्युज डटकम। लन्डन । विश्व शान्तिका अग्रनायक भगवान गौतम बुद्धको २५६८ औं जन्मजयन्तीको अवसरमा यही मे २३ मा बुद्धिष्ट गुम्बा रेडिङ युकेमा धार्मिक प्रवचन तथा पूजा कार्यक्रम हुने भएको छ । दक्षिण भारतस्थित मैसुर गुम्बाका विश्व प्रशिद्ध गुरु खेन्चेन छेवाङ ग्यात्सो रिम्पोछेको धार्मिक प्रवचन दीर्घायू अभिषेक (वाङ) प्रदान साथै विशेष बुद्ध (कुठुई) पूजा, दिप प्रज्वलन र भोजनदान कार्यक्रम आयोजना गरिएको हो । नृत्यु पूजा बिहान ८ देखि ९ बजेसम्म र कुठुई पुण्य बिहान १० बजे हुने आयोजकले जनाएको छ । यस्तै बिहान साढे ११ बजे भोजन र साढे १२ बजे प्रवचन तथा वाङ कार्यक्रम हुँदैछ। उक्त पुण्य सञ्चयको अनुष्ठानमा आ-आफ्नो सपरिवारसहित उपस्थित भई पुण्यलाभ लिन आयोजक गुम्बाका अध्यक्ष खेम गुरुड्ग र महासचिब कमल गुरुड्गले निमन्त्रणा गर्नु भयको छ।

अब प्रहरीलाई पनि १६ बर्ष मै पेन्सन

शीतलपाटीन्युज डटकम। काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनसहित अवकाश पाउने भएका छन्। मंगलबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने उल्लेख गरिएको छ। जसअनुसार न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १६ मा झार्न लागिएको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री रवि लामिछानेले नै यससम्बन्धी प्रक्रिया अघि बढाएका छन्। नीति तथा कार्यक्रमको बुँदा नम्बर १८० मा भनिएको छ,‘सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ।’ गृह मन्त्रालयका एक अधिकारीका अनुसार यसका लागि कानून संशोधन प्रक्रिया अघि बढीसकेको छ । मन्त्री लामिछानेले पेन्सन अवधिलाई १६ वर्षमा झारिने प्रतिबद्धता यसअघि नै व्यक्त गरिसकेका छन्।  नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीले यस्तो माग राख्दै आएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा १६ वर्षमै पेन्सन सुविधा दिन माग हुँदै आएको छ। दुवै प्रहरीको ऐन संशोधन गरी यस्तो व्यवस्था गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

यसपाली को world Cup कसले जित्ला?