Saturday February 08, 2025

व्यक्तित्व

गोर्खा प्यालेसको २५औं वार्षिकोत्सवमा मानवसेवा आश्रमलाई ५ लाख सहयोग

शीतलपाटीन्युज डटकम। लन्डन–बेलायतस्थित एक अग्रणी समाजसेवी एवम् व्यवसायी सूर्य गुरुङले मानवसेवा आश्रमलाई ५ लाख रुपैया सहयोग गर्नु भयको समाचार छ। आफू सञ्चालक रहेको गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबरोको २५ औं वार्षिकोत्सवमा आयोजित च्यारिटीबाट संकलित रकम उहाले मानवसेवा आश्रमलाई प्रदान गर्नु भयको छ। मानवसेवा आश्रम सहयोगार्थ गतसाता बेलायतको क्याम्बर्लीमा आयोजित आनी छोइङ च्यारिटी कन्सर्टका अवसरमा सहयोगका लागि गुरुङ दम्पत्तिलाई राजदूत ज्ञानचन्द्र आचार्यले सम्मान गरेका थिए । मानवसेवा आश्रमको भवन निर्माण परियोजनाअन्तर्गत एक कोठा निर्माणको लागि आवश्यक उक्त रकम उनले सहयोग गरेका हुन् । रेष्टुरेन्ट वार्षिकोत्सवका अवसरमा हरेक वर्ष च्यारिटी गर्दै आएका गुरुङले जन्मभूमि र कर्मभूमि दुवैतिर सहयोग गरेका छन्। नेपालमा शैक्षिक,खेलकुद,स्वास्थ्य आदि क्षेत्र र बेलायतमा विभिन्न च्यारिटी संस्थालाई उहाले सहयोग प्रदान गर्नु भएको छ। ‘हामीले हरेक वर्ष वार्षिकोत्सव च्यारिटीबाट नेपाल वा बेलायतमा सहयोग गर्दै आएका थियौं। यस वर्ष २५ वार्षिकोत्सवका अवसरमा गरिएको च्यारिटी कार्यक्रमबाट जुटेको ५ लाख रुपैया मानवसेवा आश्रमलाई दान गर्न पाउँदा निकै खुशी छौं’, उहाले भन्नु भयो, ‘मानवसेवा आश्रमले गरिरहेको महान मानवीय कार्यहरुप्रति समर्थन जनाउन र उहाँहरुको हौसला बढाउन हाम्रो तर्फबाट सानो सहयोग गरेका हौं।’ एनआरएनए यूकेका पूर्व अध्यक्ष समेत रहेका गुरुङ बेलायतको नेपाली समुदायमा ‘च्यारिटी किङ’ उपनामले चिनिन्छन्। निजी व्यवसायबाट मात्रै नेपाल र बेलायतमा गरी डेढ करोड रुपैया बढीको सहयोग गरिसकेका उहाले आफ्नो नेतृत्वमा कयौं सामाजिक एवम् परोपकारी अभियानमा समेत १० करोड बढी कोष संकलन गराउनु भयको रेकर्ड छ। साभार- नेपालीलिंकबाट।

लण्डनमा बुद्धजयन्ती तयारीबारे लन्डन दूतावाससंग कोअर्डिनेटीड्ग मिटीड्ग सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। आगामी जुन २ तारिख आइतबार लन्डन वुल्लीचमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रम तयारीबारे लन्डनस्थित नेपाली दूतावासमा छलफल भएको छ।आयोजक बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठसहितका पदाधिकारीहरु शुक्रबार दूतावास पुगेर राजदूत ज्ञानचन्द्र आचार्यसहित दूतावास टीमसँग छलफल गरेका हुन्। बुद्धजयन्ती कार्यक्रममा विगतमा जस्तै दूतावास र नेपाल पर्यटन् बोर्डसँग सहकार्य गरिने पक्का गरिएको कार्यक्रम संयोजक एवम् फाउन्डेसन उपाध्यक्ष प्रसुना कंडेलले जानकारी दिनु भयको छ।कार्यक्रममा विभिन्न मुलुकका कूटनीतिक अतिथिहरु निम्त्याउने र उक्त जिम्मा दूतावासले लिने सल्लाह भएको संयोजक कंडेलले बताउदै बुद्धिष्ट कम्युनिटी सेन्टर यूके,डायमण्ड बुद्धिष्ट सेन्टर र बुद्धिष्ट गुम्बा रेडिङ सहयोगी संस्थाका रुपमा उपस्थित हुने जनाईएको छ। कार्यक्रममा बौद्ध दर्शनसम्बन्धि खोज,अध्ययन गर्ने बेलायतस्थित विभिन्न युनिभर्सिटीका प्राध्यापक समेतलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरिंदैछ।बुद्धको जन्मस्थलका रुपमा लुम्बिनीलाई चिनाउँदै बुद्धका शान्ति सन्देश संसारभर फैलाउनुका साथै नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने कार्यक्रमको लक्ष्य छ। दूतावासको छलफल कार्यक्रममा राजदूत आचार्यसंगै उपनियोग प्रमुख रोशन खनाल,सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल तथा फाउन्डेसनका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रसुना कंडेल,उपाध्यक्ष अर्जुन कटुवाल,कार्यक्रम सहसंयोजक सुर्जे गुरुङ र नेपाल पर्यटन बोर्ड प्रतिनिधि काउन्सिलर धनबहादुर सार्की सहभागी थिए।

माया इभेन्ट्सले लन्डनमा माया टी-१० क्रिकेट प्रतियोगिता गराउदै

शीतलपाटीन्युज डटकम। लण्डन। माया इभेन्ट्सले लन्डनमा माया टी-१० क्रिकेट प्रतियोगिता गर्ने भएको छ। आउंदो १४ जुलाईका दिन वाइकम्ब हाउस टेनिस एण्ड क्रिकेट क्लव आइजलवर्थमा क्रिकेट प्रतियोगिता सहित सांगीतिक कन्सर्ट गर्न लागिएको हो । मिडलसेक्सको टप थ्रीभित्र पर्ने उक्त पिचमा ४ टिमबीच १० ओभरको प्रतियोगिता आयोजना गरिने छ। त्यस दिन क्रिकेटसंगै कन्सर्ट,खाना,राष्ट्रिय पोशाकका स्टल एवं बालबालिकाका लागि बाउन्सी क्यासल खेल र आर्ट पेन्टिङ राखेर नेपाली मेलाकै रुप दिइने हाम्रो योजना छ। नेपाल,अष्ट्रेलिया र न्यूजिल्याण्डबाट समेत आउने टी ट्वान्टी खेलिसकेका नेपाली क्रिकेटरहरु सहित बेलायतमा रहेका नेपाली खेलाडी मिलाएर बनाइने टिमबीच प्रतिष्पर्धा हुनेछ। अष्ट्रेलियाबाट सुवास खकुरेलसहित ५ जना, न्यूजिल्याण्डबाट दिनेश खरेल एवं नेपालबाट करण केसी,दीपेन्दसिंह ऐरी,गुल्सन झा,सोमपाल कामी, रोहित पौडेल,कुशल मल्ल,कुशल भुर्तेलसहित १३ जना व्यवसायिक खेलाडी बेलायत आउनेछन्। विजेतालाई ५ हजार पाउण्ड र उपविजेतालाई २००० पाउण्ड नगद पुरस्कार दिइनेछ। यो पुरस्कार राशी सम्भवतः बेलायतको नेपाली समुदायमा सबैभन्दा उच्च हो। सांगीतिक कन्सर्टका लागि निमा रुम्बा,धिरज राई आदि राष्ट्रिय कलाकारसंग कुरा भइरहेको छ। तीनवटा नेपाली कम्पनी पनि ब्राण्ड प्रमोशन गर्न आउनेछन्। उक्त खेलका लागि अनुमानित बजेट झण्डै ७० हजार पाउण्ड छ। फूल इभेन्ट हेर्न प्रवेश शुल्क जम्मा ५ पाउण्ड राखिएको छ। तपाईंहरु सबैजना आइदिनु होला। आशा छ खेल हेर्न ५ हजार दर्शक मैदानमा आउनु हुनेछ। प्रतियोगितालाई युट्यव र नेपालको प्राइम टिभी एचडीबाट लाइभ गरिनेछ । मैले माया क्रिकेट क्लवसमेत सञ्चालन गरिरहेको र आफू पनि पूर्व क्रिकेट खेलाडी भएकाले नेपालको क्रिकेट विकास र खेलाडीको अवसरका लागि प्रतियोगिता गर्ने उद्देश्य लिएको हुं। महिलालाई अर्को सिजनमा सहभागी गराउन प्रयास रहनेछ। बेलायतमा अन्य धेरै गतिविधि हुने भएपनि क्रिक्रेट उत्सव नभएको अवस्थामा यस्ता गतिविधिबाट बेलायतमा रहेका नेपाली युवा खेलाडीलाई अवसर मिल्ने विश्वास लिएका छौं। प्रायोजकहरुबाट खर्च जुटाउने र खर्च कटाएर दि गोर्खा सेन्टर एवं द अर्फानेज होम्स् गरि दुई च्यारिटी संस्थालाई सहयोग गर्ने हाम्रो योजना छ। कार्यक्रममा नेपाली समुदायको पूर्ण साथ रहने विश्वास छ । सबैलाई एकजुट भएर खेल सफल बनाइदिन एवं नेपाल र नेपालीबीच भाइचारा कायम राख्न म अपिल गर्दछु विनित राज पाण्डे सिइयो माया इभेन्ट्स भन्नु भयको

पुर्व क्याप्टेन भिम सारु बेलायतमा काउन्सीलर बिजयी

शीतलपाटीन्युज डटकम। लन्डन- भूतपूर्व गोर्खाका क्याप्टेन भीम सारुमगर बेलायतको काउन्सिलर पदमा लेबोर पार्टीबाट निर्वाचित भएका छन्। विहीबार सम्पन्न यहाँको स्थानीय निर्वाचनमा वार्विकशायरको ननिटन एन्ड बेडवर्थ बरोको सेन्ट मेरिज् वडाको काउन्सिलरमा उनी विजयी भएका हुन् ।   वडाको दुई काउन्सिलरका लागि भएको निर्वाचनमा लेबर पार्टीबाट उम्मेद्वार सारु सर्वाधिक ८ सय ९ मत प्राप्त गर्दै विजयी बनेका छन। पाल्पा चिदीपानी घर भएका पूर्व गोर्खा क्यापटेन सारु बेलायतको नेपाली समुदायमा पनि सक्रिय रहंदै आएका सामाजिक अभियन्ता हुन्।  पूर्व गोर्खाहरुको संस्था ब्रिटिश गोर्खा भेट्रान एशोसिएसन यूकेमा अध्यक्ष रहेका क्याप्टेन सारु किंग एडवार्ड कलेज VI को पुर्व गभर्नर, एनआरएन युकेको सल्लाहाकार, पाल्पा जिल्ला समाज युकेको सल्लाहाकार हुनुहुन्छ। स्थानिय ननीटाउनका बासीन्दा सारु रेल वे इन्जीनियर र सारु इम्ब्रोयडरीका संचालक पनि हुनुहुन्छ।

पाल्पाली ब्रिटीष गोर्खा क्याप्टेन लण्डनमा लेबोर पार्टीबाट काउन्सीलरमा बिजयी

शीतलपाटीन्युज डटकम। लन्डन। भूतपूर्व ब्रिटीष गोर्खाका क्याप्टेन भीम सारुमगर बेलायतको काउन्सिलर पदमा लेबोर पार्टीबाट निर्वाचितभएका छन्। विहीबार सम्पन्न यहाँको स्थानीय निर्वाचनमा वार्विकशायरको ननिटन एन्ड बेडवर्थ बरोको सेन्ट मेरिज्वडाको काउन्सिलरमा उनी विजयी भएका हुन् । वडाको दुई काउन्सिलरका लागि भएको निर्वाचनमा लेबर पार्टीबाट उम्मेद्वार सारु सर्वाधिक ८ सय ९ मतप्राप्त गर्दै विजयी बनेका छन। पाल्पा चिदीपानी घर भएका पूर्व गोर्खा क्यापटेन सारु बेलायतको नेपाली समुदायमा पनि सक्रिय रहंदैआएका सामाजिक अभियन्ता हुन्।  पूर्व गोर्खाहरुको संस्था ब्रिटिश गोर्खा भेट्रान एशोसिएसन यूकेमा अध्यक्ष रहेका क्याप्टेन सारु किंग एडवार्ड कलेज VI को पुर्व गभर्नर,एनआरएन युकेको सल्लाहाकार, पाल्पा जिल्ला समाज युकेको सल्लाहाकार हुनुहुन्छ। स्थानिय ननीटाउनका बासीन्दा सारु रेल वे इन्जीनियर र सारु इम्ब्रोयडरीका संचालक पनि हुनुहुन्छ।

जाजरकोटका युवाको शव नेपाल पठाउन सहयोगका लागि अपील

GNNNEWS- लन्डन - नलगाड नगरपालिका वडा नं २, जाजरकोट स्थायी घर भै फोक्सटोन, केन्टमा बसोबास गरेका बेद खत्रीको शव नेपाल पठाउन फोक्सटोन नेपाली समाजले सहयोग संकलन अभियान  शुरु गरेको छ। स्व खत्रीको पूर्व श्रीमती आफ्नी  तीन वर्षीय छोरी सहित फोक्सटोनमैबसी रहेकी  छन् भने स्व खत्रीको बाबा आमा नेपालमै हुनुहुन्छ।   ३१ वर्षीय खत्रीको गत ३० मार्च २०२४ का दिन  विलियम हार्भे हस्पिटल, आशफोर्डमा निधन भएको थियो । उनको निधन के कारणले भयो भन्ने बारेकोरोनरको अन्तिम रिपोर्ट आउन अझै बाकी छ।   गत वर्ष नोभेम्वर महिनामा पश्चिम नेपालमा आएको भूकम्पबाट प्रभावितखत्रीको परिवारमाथि अर्को चोट परेको छ।   उनका वृद्ध बाबुआमालेआफ्नो जेठो  छोरा, बेद खत्री, को  अनुहार हेर्न साथै अन्तिम दर्शन तथादाह संस्कारका लागि नेपाल पठाइ दिन आग्रह गरेका छन्।   उनको शवनेपाल पठाउन झन्डै ५ हजार पौण्ड खर्च लाग्ने अनुमान गरिएको छ। "बेद खत्रीका परिवारजनले अनुरोध गर्नु भएकाले हामीले स्वर्गीय  खत्रीकोशव नेपाल पठाउन सहयोग संकलन अभियान  शुरु गरेका छौं।  योमानवीय कार्यमा  सक्दो सहयोग गरीदिनु हुन  हामी बेलायतस्थित नेपालीसंघसंस्था तथा सबै सहयोगी मनहरुलाई हार्दिक अपिल गर्दछौं,"  फोक्सटोन नेपाली समाजका अध्यक्ष सेवानिवृत्त क्याप्टेन राम बहादुरपुनले भने। उनले  उठेको सबै रकमको हिसाबकिताब सार्वजनिक गरिनेपनि बताए। यो खातामा सक्दो सहयोग जम्मा गर्न समाजले आग्रह गरेको छ।  रकमजम्मा गर्दा जम्मा गर्ने व्यक्ति वा संस्थाको नाम तथा रेफरेन्समा स्वर्गीयखत्रीको नाम उल्लेख गर्न पनि समाजले अनुरोध गरेको छ।   Name:  FNC Sort Code:  52-41-42 Account No:  47138327 Reference: Late Bed Khatri अथवा,  फोक्सटोनस्थित  Sterry Funeral Service को नाममा फोक्सटोन नेपाली समाजले पाउने गरी चेक पठाउन पनि सकिने छ । सम्पूर्ण बेलायतवासी नेपालीलाई यस परोपकारी काममा सहयोग गर्न र थप जानकारी चाही अध्यक्ष क्याप्टेन पुनलाई सम्पर्क गर्न  पनि समाजलेअनुरोध गरेको छ। सहयोग रकम ५ हजार पौण्ड पुग्ने बित्तिकै वा मे महिना सकिए पछिसहयोग संकलन स्थगित गरिने पनि समाजले जनाएको छ।

बेलायत रश्मोर काउन्सिलरमा नेपालीमूलका कन्जरभेटीभ पार्टीका तिनै उम्मेद्वार पराजित

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा नेपालीको राजधानी मानिने रश्मोर बरो काउन्सिलरमा नेपाली मूलका  कन्जरभेटीभ तीनै जना उम्मेद्वार लेवर पार्टीका उम्मेदवारसंग पराजित भएका छन्। विहीबार सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेद्वारहरु जीव बेल्वासे,नेम थापा र डा विशाल गुरुङ निर्वाचित हुन सकेनन्। सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट उम्मेद्वार तीनै जना आ-आफ्नो वडामा लेबर पार्टीका उम्मेद्वारबाट पराजित भएको हो।   उनीहरुमध्ये बेल्वासे र थापा यसअघि निर्वाचित भएर एक कार्यकाल काउन्सिलरको जिम्मेवारी पूरा गरिसकेका थिए भने डा गुरुङ पहिलोपटक उम्मेद्वार बनेका थिए।   निर्वाचन नतिजा अनुसार रश्मोर म्यानर पार्क वडामा बेल्वासेले ९ सय २७ मत प्राप्त गरेका थिए भने लेबर पार्टीका उम्मेद्वार १ हजार ३४ मतसहित निर्वाचित भएका थिए।   त्यस्तै, चेरीवुड वडामा थापाले ४ सय ९८ मत ल्याएर दोस्रो भए भने विजयी लेबर उम्मेद्वारले ९ सय ४९ मत पाएका थिए।   वेलिङटन वडामा डा गुरुङले ५ सय ३ मत र विजयी लेबर उम्मेद्वारले ७ सय ४४ मत पाएका थिए।

च्यारिटी कन्सर्टमा प्रस्तुति दिन आएकी गायिका आनी छोइङलाई लन्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन। ५ मईआइतबार बेलायतमा हुने एक च्यारिटी कन्सर्टका लागि प्रसिद्ध गायिका आनी छोइङ ड्रोल्मा बेलायत आई पुगेकी छन्। मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा तय गरीएको ‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रममा प्रस्तुति दिन उनी लन्डन आइपुगेकी हुन्। गायिका आनीसंगै मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी पनि लन्डन आएका छन्। च्यारिटी कन्सर्ट आयोजक मानवसेवा आश्रम बेलायत शाखाका पदाधिकारी र बेलायतस्थित नेपाली समुदायका अभियन्ताहरुले हिथ्रो विमानस्थलमा गायिका आनी र अध्यक्ष अधिकारीलाई स्वागत गरेका थिए।उनीहरुको स्वागतार्थ मानवसेवा आश्रम बेलायतका सहसंयोजक विक्रम भट्टराई,सचिव यादव श्रेष्ठ, कोषाध्यक्ष चन्द्र अर्याल,सल्लाहकारहरु शिवजी श्रेष्ठ र सुरेन्द्र नेपाल श्रेष्ठलगायत विमानस्थल पुगेका थिए।  त्यस्तै,बिमानस्थलमा स्वागतका लागि पुग्नेहरुमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ,बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ,बुद्धिष्ट गुम्बा रेडिङका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरुङ र महासचिव कमल कोने गुरुङसहित एक दर्जन बढी सामाजिक अभियन्ताहरु विमानस्थल पुगेर गायिका आनीलाई स्वागत गरेका थिए। लन्डन उत्रिएपछि गायिका आनीले च्यारिटी उद्धेश्यले आयोजित कन्सर्टमा आएर मानवता दर्शाउन बेलायतवासी सम्पूर्ण नेपालीलाई अपील गरिन्।आफ्नो सांगीतिक प्रस्तुतिले बेलायतको तनावपूर्ण दैनिकीबाट एक दिनलाई भएपनि मुक्ति दिलाउने विश्वास उनले व्यक्त गरिन्। मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कन्सर्ट र मानवता प्रवर्द्धनसम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमबाट संकलन गरिने रकम घरबार र परिवारविहीनहरूको आश्रयस्थल मानवसेवा आश्रमको सेवाप्रवाह सहजीकरणमा खर्चिने उनले जनाए ।   सो स्बागतका अबसरमा अध्यक्ष अधिकारीले पशुपतिनाथ,स्वयम्भूनाथ,भैरवनाथ लगायत नाथैनाथको भूमिमा कोही अनाथ हुनु नपरोस् भन्ने आफूहरुको उद्देश्य रहेको पनि बताए । च्यारिटी कन्सर्टपछि गायिका आनी स्कटल्यान्ड, वेल्स लगायतका क्षेत्र पुगेर त्यहाँका नेपालीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम छ। उनी मे १९ मा नेपाल फर्किने योजना छ।   कार्यक्रम तयारीका लागि मानवसेवा आश्रमका सुमन वर्तौला र रुपा केसी केही साताअघि नै बेलायत आइसकेका थिए भने कन्सर्टमा लाइभ संगीत प्रस्तुत गर्ने चार संगीतकर्मी पनि मंगलबार आइपुगेका छन्। नेपालको सडक पेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा, असहाय,अशक्त,अभिभावक विहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर मानवहरुको उद्धार,उपचार, पालनपोषण र संरक्षणका लागि सहयोग पुर्‍याउने मनसायले कन्सर्ट गर्न लागिएको हो ।   अन्तर्राष्ट्रिय कन्सर्ट भइरहने १५ सय दर्शक क्षमताको क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा

च्यारिटी कन्सर्टमा प्रस्तुति दिन गायिका आनी छोइङ लन्डनमा

शीतलपाटीन्युज डटकम। लन्डन- ५ मईआइतबार बेलायतमा हुने एक च्यारिटी कन्सर्टका लागि प्रसिद्ध गायिका आनी छोइङ ड्रोल्मा बेलायत आई पुगेकी छन्। मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा तय गरीएको ‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रममा प्रस्तुति दिन उनी लन्डन आइपुगेकी हुन्। गायिका आनीसंगै मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी पनि लन्डन आएका छन्। च्यारिटी कन्सर्ट आयोजक मानवसेवा आश्रम बेलायत शाखाका पदाधिकारी र बेलायतस्थित नेपाली समुदायका अभियन्ताहरुले हिथ्रो विमानस्थलमा गायिका आनी र अध्यक्ष अधिकारीलाई स्वागत गरेका थिए।उनीहरुको स्वागतार्थ मानवसेवा आश्रम बेलायतका सहसंयोजक विक्रम भट्टराई,सचिव यादव श्रेष्ठ, कोषाध्यक्ष चन्द्र अर्याल,सल्लाहकारहरु शिवजी श्रेष्ठ र सुरेन्द्र नेपाल श्रेष्ठलगायत विमानस्थल पुगेका थिए।  त्यस्तै,बिमानस्थलमा स्वागतका लागि पुग्नेहरुमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ,बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ,बुद्धिष्ट गुम्बा रेडिङका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरुङ र महासचिव कमल कोने गुरुङसहित एक दर्जन बढी सामाजिक अभियन्ताहरु विमानस्थल पुगेर गायिका आनीलाई स्वागत गरेका थिए। लन्डन उत्रिएपछि गायिका आनीले च्यारिटी उद्धेश्यले आयोजित कन्सर्टमा आएर मानवता दर्शाउन बेलायतवासी सम्पूर्ण नेपालीलाई अपील गरिन्।आफ्नो सांगीतिक प्रस्तुतिले बेलायतको तनावपूर्ण दैनिकीबाट एक दिनलाई भएपनि मुक्ति दिलाउने विश्वास उनले व्यक्त गरिन्। मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कन्सर्ट र मानवता प्रवर्द्धनसम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमबाट संकलन गरिने रकम घरबार र परिवारविहीनहरूको आश्रयस्थल मानवसेवा आश्रमको सेवाप्रवाह सहजीकरणमा खर्चिने उनले जनाए ।   सो स्बागतका अबसरमा अध्यक्ष अधिकारीले पशुपतिनाथ,स्वयम्भूनाथ,भैरवनाथ लगायत नाथैनाथको भूमिमा कोही अनाथ हुनु नपरोस् भन्ने आफूहरुको उद्देश्य रहेको पनि बताए । च्यारिटी कन्सर्टपछि गायिका आनी स्कटल्यान्ड, वेल्स लगायतका क्षेत्र पुगेर त्यहाँका नेपालीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम छ। उनी मे १९ मा नेपाल फर्किने योजना छ।   कार्यक्रम तयारीका लागि मानवसेवा आश्रमका सुमन वर्तौला र रुपा केसी केही साताअघि नै बेलायत आइसकेका थिए भने कन्सर्टमा लाइभ संगीत प्रस्तुत गर्ने चार संगीतकर्मी पनि मंगलबार आइपुगेका छन्। नेपालको सडक पेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा, असहाय,अशक्त,अभिभावक विहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर मानवहरुको उद्धार,उपचार, पालनपोषण र संरक्षणका लागि सहयोग पुर्‍याउने मनसायले कन्सर्ट गर्न लागिएको हो ।   अन्तर्राष्ट्रिय कन्सर्ट भइरहने १५ सय दर्शक क्षमताको क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री

अमेरिकामा सामाजीक ब्यक्तित्ब बिनोद उप्रेती

सुरेश कोईराला, अमेरीका। सम्भवत जीवनमा सबै भन्दा सन्तुष्ट हुने बेला भनेको सेवा गरेको बेला हो। हरेक मान्छेको अनुहारमा सेवा गरेको बखत कान्ती छाउँने गर्छ। मनमा शान्ति पनि त्यतिबेला नै छाउँछ जतिबेला सेवा गरेको हुन्छ।  यो सबै थाहा पाउँदा पाउँदै पनि मान्छे लोभी छ, पापी पनि छ। पछिल्लो समयमा मान्छे दिन प्रतिदिन लोभी बन्दै गएको छ। पापी बन्दै गएको छ। मान्छेमा संवेग हराउँदै गएको पाइन्छ। आफ्नो बाहेक अर्काको समस्यामा मान्छे अनुभूति गर्न चाहादैन। र त मान्छे पापी हुदै गएको छ।  श्रीकृष्णले कलियुगमा सेवा गर्नेको साथ रहने बताए पनि अहिलेको अवस्थामा केहीले मात्र सेवा गर्ने सोच राखेका हुन्छन्। ति सेवा गर्ने थोरै मान्छे मध्यका एक हुनुहुन्छ बिनोद उप्रेती। काभ्रेमा जन्म लिनुभएका उहाँ अहिले अमेरिकामा हुनुहुन्छ। अमेरिकामा भए पनि उहाँको मन भने नेपालमा छ। २५ वर्ष पहिला अमेरिका पुग्नु भएका उहाँ नेपालमा निरन्तर सहयोग गर्दे आउनु भएको छ। समाजसेवामा समर्पित उहाँले आफ्नो जन्म दिनको अवसर पारेर चितवनस्थित साहाराको घरलाई सहयोग गर्नु भयो।  पढाइको शिलशीलामा अमेरिका पुग्नु भएका उहाँ हरेक वर्षको दशैँमा तिवनको मानव सोवा आश्रममा खाना खुवाउनु हुन्छ। तर,गत अप्रिल ९ गतेको दिन आफ्नो जन्मोउत्सवको अवसर पारेर असहाय तथा घरबास बिहिन भएका मानिसलाई खाना खुवाउन साहारा घरलाई सहयोग गर्नु भएको हो।  नेपालमा मात्र होइन,अमेरिकाको बाल्टिमोरमा पनि हुने हरेक कार्यक्रमका लागि सहयोग माग्न जाने जो कोहीलाई उहाले खालीहात फिर्ता पठाउनु हुन्न। नेपाली समाजकाबीच एक उदाहरणीय व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ उप्रेती। उहाँले बाल्टिमोरको हिन्दु–बुद्धको मन्दिरमा पनि उल्लेखनीय सहयोग गर्नु भएको छ।  मेरिल्यान्डमा भएको आध्यात्मिक यज्ञमा समेत उल्लेखनी सहयोग गर्नु भएका सफल व्यवसायी एवम सामाजिक, तथा मिलनसार व्यक्तित्व बिनोद उप्रेतीले आध्यात्मिक यज्ञमा उपस्थित भएका भक्तजनलाई प्रसादको रुपमा खाना खुलाएर उदारणीय काम गर्नु भएको छ।  सहयोगको अपेक्षा लिएर आफूसँग पुग्ने हरेकलाई सक्दो सहयोग गरेर फिर्ता गर्ने मनका धनी बिनोध उप्रेती अमेरिकामा रहेका हरेक नेपालीको मनमनमा हुनुहुन्छ साथै चितवन लगायतका नेपालमा चिन्ने उहाँलाई सबैले सहयोगी र दानी व्यक्तिका रुपमा हेर्ने गरेका छन्।

१५ जुनमा मगर संघ युकेको नेपाली कंसर्ट भब्य हुदै

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएका छन । मगर संघ युकेको आयोजनामा जुन महिनाको १५ तारिख मेडस्टोन,केन्ट,इभेन्ट्स सेन्टरमा हुने यस वर्षको कन्सर्टको प्रमुख आकर्षणमा मंगोलियन हार्टका गायक राजु लामा रहने छन्। कन्सर्टका बारेमा जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सो कन्सर्टको अनलाइन टिकट बिक्री खुला भएको जानकारी दिइयो। अध्यक्ष सिता पुनमगरका अनुसार मगरयुके डट ओआरजीबाट सो टिकट खरिद गर्न सकिनेछ। पहिला खरिद गर्ने १ हजार जनालाई १० प्रतिशत छुटमा सो टिकट मिल्नेछ। टिकटको मूल्य ३० पाउण्ड रहेकोमा अनलाइन खरिद गर्दा २७ पाउण्ड मात्र पर्नेछ। सो टिकट मे १५ तारिखसम्म खरिद गर्न सकिनेछ। कन्सर्टकै दिन टिकट किनेमा ४० पाउण्ड पर्नेछ। यो १६औ नेपाली ओपन कन्सर्ट दिउँसोको १२ बजेवाट साँझ ८ बजे सम्म चल्ने कार्यक्रममा,नेपाली खाना ब्यबसाय,विभिन्न बालबालिकाका लागि खेल र व्यापारिक स्टलहरु समेत रहने छन्। कार्यक्रमका मुख्य अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य तथा बेलायतवासी विभिन्न संघ सस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहनेछ। कन्सर्टमा करिब ४ हजार मानिस उपस्थित हुने आयोजकहरुको अपेक्षा रहेको छ। पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख संयोजक तथा संघका उपाधक्ष्य होम रोकामगरले कार्यक्रमको तयारी वारे जानकारी गराएका थिए। संघका अध्यक्ष सिता पुनमगरले कार्यक्रम मार्फत बेलायत भरि छरिएर रहेका सम्पूर्ण नेपालीहरु एकै ठाउंमा भेला गराएर म्युजिक फर युनिटीको संदेश दिने बताउनु भएको छ। पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष धुर्वराज अर्याल,लण्डन काठमाडौँका सम्पादक तथा फोनिज युकेकाका अध्यक्ष बम थापा सूर्यवंशीमगर, वि नेपालीका सम्पादक तथा नेपाल पत्रकार महासंघ युकेका पुर्व अध्यक्ष नरेश खपांगी मगर,लण्डन नेपाल न्युजका शिब भण्डारी र प्रकाश कंडेल,एभरेस्ट टाईम्सका सम्पादक चिम्खोले काईला र सहसम्पादक जमुना पुन,एभरेस्ट मेडियाका एसके गुरुङ,गोर्खा च्यानेलवाट बिमला सेने,गोर्खा मेडियाका मिलन तमु र बिकाश न्यौपाने, ब्रिटिश खबर युकेवाट बिपिन निरौला नेपाल ब्रिटेन डट कमवाट चिरन शर्मा,देबी पौडेलको उपस्थिति रहेको थियो।  सोहि अवसरमा मगर संघ युके,केन्ट शाखाका अध्यक्ष नानीबाबु मगरले मगर संघ युकेका १२ वटा शाखाहरुवाट गाडीको व्यवस्था गरिएको र चाहिएको खण्डमा ट्रेन स्टेशनवाट

बेलायतमा मगर संघ युकेको नेपाली ओपन कन्सर्ट १५ जुनमा हुने

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएका छन । मगर संघ युकेको आयोजनामा जुन महिनाको १५ तारिख मेडस्टोन,केन्ट,इभेन्ट्स सेन्टरमा हुने यस वर्षको कन्सर्टको प्रमुख आकर्षणमा मंगोलियन हार्टका गायक राजु लामा रहने छन्। कन्सर्टका बारेमा जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सो कन्सर्टको अनलाइन टिकट बिक्री खुला भएको जानकारी दिइयो। अध्यक्ष सिता पुनमगरका अनुसार मगरयुके डट ओआरजीबाट सो टिकट खरिद गर्न सकिनेछ। पहिला खरिद गर्ने १ हजार जनालाई १० प्रतिशत छुटमा सो टिकट मिल्नेछ। टिकटको मूल्य ३० पाउण्ड रहेकोमा अनलाइन खरिद गर्दा २७ पाउण्ड मात्र पर्नेछ। सो टिकट मे १५ तारिखसम्म खरिद गर्न सकिनेछ। कन्सर्टकै दिन टिकट किनेमा ४० पाउण्ड पर्नेछ। यो १६औ नेपाली ओपन कन्सर्ट दिउँसोको १२ बजेवाट साँझ ८ बजे सम्म चल्ने कार्यक्रममा,नेपाली खाना ब्यबसाय,विभिन्न बालबालिकाका लागि खेल र व्यापारिक स्टलहरु समेत रहने छन्। कार्यक्रमका मुख्य अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य तथा बेलायतवासी विभिन्न संघ सस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहनेछ। कन्सर्टमा करिब ४ हजार मानिस उपस्थित हुने आयोजकहरुको अपेक्षा रहेको छ। पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख संयोजक तथा संघका उपाधक्ष्य होम रोकामगरले कार्यक्रमको तयारी वारे जानकारी गराएका थिए। संघका अध्यक्ष सिता पुनमगरले कार्यक्रम मार्फत बेलायत भरि छरिएर रहेका सम्पूर्ण नेपालीहरु एकै ठाउंमा भेला गराएर म्युजिक फर युनिटीको संदेश दिने बताउनु भएको छ। पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष धुर्वराज अर्याल,लण्डन काठमाडौँका सम्पादक तथा फोनिज युकेकाका अध्यक्ष बम थापा सूर्यवंशीमगर, वि नेपालीका सम्पादक तथा नेपाल पत्रकार महासंघ युकेका पुर्व अध्यक्ष नरेश खपांगी मगर,लण्डन नेपाल न्युजका शिब भण्डारी र प्रकाश कंडेल,एभरेस्ट टाईम्सका सम्पादक चिम्खोले काईला र सहसम्पादक जमुना पुन,एभरेस्ट मेडियाका एसके गुरुङ,गोर्खा च्यानेलवाट बिमला सेने,गोर्खा मेडियाका मिलन तमु र बिकाश न्यौपाने, ब्रिटिश खबर युकेवाट बिपिन निरौला नेपाल ब्रिटेन डट कमवाट चिरन शर्मा,देबी पौडेलको उपस्थिति रहेको थियो।  सोहि अवसरमा मगर संघ युके,केन्ट शाखाका अध्यक्ष नानीबाबु मगरले मगर संघ युकेका १२ वटा शाखाहरुवाट गाडीको व्यवस्था गरिएको र चाहिएको खण्डमा ट्रेन स्टेशनवाट

बेलायत जाने नेपाली फुटबल टिमको बिदाइ, कप्तान भन्छन्- इंग्लिस टोलीसँगको खेलका लागि हामी उत्साहित

शीतलपाटीन्युज डटकम। काठमाडौँ । इंग्लयान्ड ‘सी’सँग मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेन, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलगायतले टोलीलाई बिदाइ गर्दै शुभकामना दिए ।  नेपालले आगामी वैशाख २४ गते (मे ६) इंग्ल्यान्डको अल्डरसटमा इंग्लिस टोलीसँग खेल्दैछ । बिदाइ कार्यक्रममा नेपालका कप्तान किरणकुमार लिम्बूले छोटो समयको तयारी रहे पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । ‘इंग्लिस टोलीसँगको खेलका लागि हामी उत्साहित छौँ । टोलीमा नयाँ खेलाडी छन् । ती खेलाडीले इंग्लिस टोलीसँग फुटबल खेल्न पाउनु सुखद पक्ष हो।’ यसैबीच, राजदूत फेनले बच्चा बेला आफूले पनि फुटबल खेल्ने गरेको स्मरण गर्दै नेपाली टोलीलाई सकारात्मक नतिजाका लागि शुभकामना दिए । नेपाली फुटबललाई सहयोग गर्न आफू सदैव तयारी रहेको उनको भनाइ थियो ।   एन्फा अध्यक्ष नेम्बाङले यस खेलका लागि पहल गर्ने पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालाई आभार व्यक्त गरे । कोरोना संक्रमणका कारण यसअघि हुन नसकेको खेल अहिले हुन लागेको उनको भनाइ थियो ।  नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले इंग्लिस फुटबलको तल्लो डिभिजनको टोली भए पनि बलियो हुने बताए । अधिकांश खेलाडी प्रिमियर लिग खेल्न लक्ष्यसहित त्यो टोलीमा रहेकाले खेलाडी पनि व्यावसायिक रूपमा उत्कृष्ट हुने प्रशिक्षक एनेसको भनाइ थियो । नेपालमा पछिल्लो समय धेरै खेलाडी बिदेसिएकाले यो टोली कम अनुभवी रहेको उनको भनाइ थियो ।  कार्यक्रममा एन्फा अध्यक्ष नेम्बाङले राजदूत फेनलाई नेपालको जर्सी पनि हस्तान्तरण गरेका थिए । यस्तै, मुख्य प्रशिक्षक एनेसले सोमबार नै २३ सदस्यीय टोली पनि घोषणा गरेका छन् ।  नेपाली टोलीमा कप्तान लिम्बूसहित अभिषेक बराल र विशाल सुनार गोलकिपर रहेका छन् । डिफेन्डरमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द छन् ।  यस्तै, मिडफिल्डरमा फत्तेमान घले, मणीकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बू तथा फरवार्डमा दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजङ कार्की, हिसुब थपलिया, समीर तामाङ र सञ्जीव विष्ट छन् ।  साभार-गोर्खा मिडीयाबाट।

डिआईजीपी दुर्गा सिहद्वारा गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण । ----------------------------------------  बैशाख- १७, पोखरा ।   नेपाल सरकार, गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८१।०१।१३ गतेको निर्णयानुसार उपत्यका प्रहरी रानीपोखरी काठमाण्डौंबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आउनु भएकी प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभई गण्डकी प्रदेश प्रहरी कार्यालयको सम्पुर्ण शाखाहरुको स्थलगत निरिक्षण गर्नुभएको छ ।  गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएकी प्रहरी नायव महानिरीक्षक सिंहलाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो। स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरु र उपस्थित कार्यालय प्रमुखहरूलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न संगठनको मुल्य मान्यतालाई आत्मसाथ गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न निर्देशन गर्नुभयो ।

लण्डन बरो अफ बार्नेटका काउन्सीलरहरुलाई पोखराका मेयर आचार्यद्वारा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको निमन्त्रणामा लन्डन बरो अफ बार्नेटका पूर्व मेयर काउन्सिलर क्यारोलिन स्टकको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधि मण्डलले नेपालको सुन्दर शहर पोखरा भ्रमण गरेको छ । लन्डनबाट गएको भ्रमण प्रतिनिधिमण्डलमा काउन्सिलर क्यारोलिन स्टक,पुर्व उपमेयर एवम काउन्सिलर लक्ष्य गुरुङ,काउन्सिलर अर्जुन कुमार मित्रा,काउन्सिलर अम्मर नक्भी,काउन्सिलर कमल गुरुङ र डा रिचर्ड स्टक रहनु भयको छ। पोखरा बसाइका क्रममा लन्डन बरो अफ बार्नेट प्रतिनिधिमण्डलले फेवाताल,बेगनास ताल,अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय,गोर्खा सङ्ग्रहालय र ब्रिटिश क्याम्प भ्रमण गरेको थियो। प्रतिनिधिमण्डल सूर्योदय हेर्न सराङकोट पनि पुगेको थियो भने विश्व शान्ति प्यागोडा,डेभिस फल्स,गुप्तेश्वर गुफा र पुम्दीकोट अवलोकन गरेको थियो। टोलीले मातृशिशु मितेरी अस्पताल, विन्धवासिनी उच्चमावि अस्पताल र बेलायती परोपकारी संस्था किडाशाको नेपाल अफिसको पनि भ्रमण गरेको थियो। किडाशाले पोखरा र नेपालका अन्य शहरमा बालबालिकाको स्वास्थ्य सुधार गर्न, उनीहरूको शिक्षा र रोजगारीलाई सक्षम बनाउन र उनीहरूलाई दुर्व्यवहार एवं शोषणबाट जोगाउन काम गरिरहेको छ। भेटका अवसरमा मेयर आचार्यले बार्नेट प्रतिनिधि मण्डललाई स्वागत गर्दै निमन्त्रणा स्वीकार गरी पोखरा महानगरपालिकाको भ्रमण गरेकामा धन्यवाद दिएका थिए। बैठकलाई सम्बोधन गर्दै काउन्सिलर क्यारोलिन स्टकले तत्कालिन उपमेयर लक्ष गुरुङले ल्याएको सोचबाट बार्नेट र पोखराबीचको मितेरी सम्बन्ध सुरु भएको बताएकि थिईन ।‘यो एक सोच थियो जसले हाम्रा विभिन्न समुदायबीच सांस्कृतिक आदानप्रदान र समझदारी बढाउने प्रयत्न गरयो । हाम्रा शहरबीचको मित्रताका लागि आज हामी धेरै जना बार्नेटबाट पोखरामा छौ,क्यारोलिनले भनिन्, ‘हामी दुई नगरबीच दिगो विकास र वातावरणीय संरक्षणदेखि लिएर सम्बन्ध विस्तार गर्ने प्रयास गर्नेछौं।त्यस्तै गरी पोखरा जन्मस्थल भै बार्नेट बरोका पूर्व उपमेयर तथा हाल काउन्सिलर लक्ष गुरुङले दुवै पक्षबीच शिक्षा,स्वास्थ्य,पर्यटन, पोखरा म्याराथन र दुवै शहरलाई फाइदा हुने अवसर खोज्ने विषयमा छलफल भएको जनाउनु भयको छ । ‘हामी हाम्रा दुई शहरबीचको सहकार्य अझ प्रवर्धन गर्न र हाम्रा नागरिकहरूको हितमा नजिकबाट काम गर्न तत्पर छौं’, उहाले थप्नु भयको छ। बार्नेट र पोखरा महानगरपालिकाबीच सन् २०२१ मेमा मितेरी शहर बनाउने सम्झौता भएको थियो। पोखरा भ्रमणका लागि प्रतिनिधिमण्डलको नेतृत्व बार्नेटका मेयर नागुस नरेन्थिराले गर्ने भनिए पनि व्यक्तिगत कारणले गर्दा अन्तिम समयमा उनले भ्रमण रद्द गर्नुपरेको थियो।

२७ मई २०२४ मा साझा नेपाली समाजले कल्याणकारी साझको आयोजना गर्दे

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको मध्यभागमा बसेबास गर्ने करिब साठी हजार नेपालीहरुको संयुक्त चेरिटयवल संस्था साझा नेपाली समाज बेलायतले भुकम्प प्रभाबित जिल्ला जाजरकोटमा भत्केका कुनै एक संरचना पुननिर्माण गर्ने उद्धेष्यले यहि मई २७ तारिख सोमवारको दिन च्यारिटि डिनर सॅाझको आयोजना गर्न लागेकोछ। साझा नेपाली समाजको संयुक्त कार्यसमितिको बैठकले भुकम्प प्रभावित जिल्ला जाजरकोटमा सहयोग गर्ने उद्धेष्यले च्यारिटि सॅाझको आयोजना गर्ने र संकलित रकमबाट भत्केका कुनै एक हेल्थ पोस्ट वा स्कुल बनाईदिने निर्णय गरेको थियो। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार च्यारिटि सॅाझको ब्यबस्थापन गर्ने जिम्मा बैठकले कार्यसमितिका सचिव शुरेष केसीलाई प्रदान गरेको र केसीले यसभन्दा पहिला पनी कार्यक्रमको संयोजन भब्यताको साथ सम्पन्न गरेका थिए।यो च्यारिटिले पनी उद्धेष्य प्राप्त गर्नेमा कुनै शंका नरहेको र समाजको नाम निकट भबिष्यमा जाजरकोटको कुनै एक बिध्धालय वा हेल्थपोस्टको प्राङगणमा हुने जानकारी गराए। च्यारिटि सॅाझ मार्केट हारव्रो मा रहेको समाजका सचिव एवं कार्यक्रम संयोजक शुरेष केसीको अबतार रेष्टुरेन्टमा गरिने र करिव पॅाचसय समाजका लब्धप्रतिस्ठीत र मनकारी ब्यक्तिहरुलाई निम्ता गरिने र कमसेकम नेपासी दशलाख उठॅाउने समाजको योजना रहेको महासचिव शर्माले बताए।

गल्कोट समाज यूकेले आफ्नै संस्थागत भवन खरिद गर्यो

मन्जु भण्डारी। लन्डन । बेलायतमा बस्ने गल्कोटेहरुको संस्था ‘गल्कोट समाज यूके’ ले आफ्नो संस्थागत भवन खरिद गरेको छ। मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रमिचको सिग्नट रोडमा समाजले आफ्नो महात्वाकांक्षी प्रोजेक्टका रुपमा रहेको ‘गल्कोट हाउस’ खरिद गरेको हो ।  करिब तीन लाख पाउन्डको लागतमा समाजले ३ बेडरूम हाउस खरिद गरेको अध्यक्ष चन्द्र साहनीले बताए । मूल्यको ३० प्रतिशत रकम डाउन पेमेन्टस्वरूप बुझाइएको छ भने बांकी मोर्गेजमा रहेको जनाएको छ । समाजका अध्यक्ष चन्द्र साहनी, निवर्तमान अध्यक्ष भोजराज कंडेल र पूर्व अध्यक्ष राजु कंडेलसहितका पदाधिकारीले शुक्रबार भवनको सांचो बुझेका छन् ।  बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रमा पुख्र्यौली भएर हाल बेलायतमा बस्दै आएकाहरुको प्रतिनिधि संस्थाको रुपमा सन् २०१६ मा गल्कोट समाज यूके स्थापना गरिएको थियो।

गण्डकी प्रदेश प्रमुखको जिम्मेबारीमा डीआईजीपी दुर्गा सिंह

शीतलपाटीन्युज डटकम। पोखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंहलाई प्रदान गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत रहेकी डीआईजी सिंहलाई शुक्रबार गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो । गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी विकासराज खनाल वैशाख ७ मा ५६ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए। खनालको अवकासपछि प्रदेशमा डीआईजी रिक्त थियो। उक्त पदमा सिंहलाई पठाइएको हो।

संस्कृत प्रभाव (Sanskrit Effect): एउटा अनपेक्षित खोज

माधब रेग्मी, स्कटलैण्ड। मानव मस्तिष्कका तन्तुहरूमा संस्कृतले पारेको प्रभावका बारेमा अहिले पश्चिमी जगतका वैज्ञानिकहरुमा हलचल ल्याइदिएको छ। स्नायु तन्तु सम्बन्धी अनुसन्धानकर्ता न्युरो साइन्टिस्ट जेम्स हार्टजेलद्वारा रचिएको शब्द हो ‘Sanskrit Effect’ अर्थात् संस्कृत प्रभाव। जेम्सले केही संस्कृत अध्ययन गरिरहेका विद्यार्थीहरू को मस्तिष्कको बारेमा सन् २०१८ मा एउटा अनुसन्धान प्रतिवेदन प्रकाशित गरेका थिए। उनले प्रकाशित गरेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ कि लामो समयसम्म वेदका रीचाहरु र संस्कृतका स्तोत्रहरु स्मरण गरिरहने या मन्त्र उच्चारण गरिरहने र संस्कृत अध्ययन गर्ने विद्यार्थीहरुको मस्तिष्कमा रहेको ग्रे म्याटरको घनत्व र कर्टिकलको मोटाई अन्य व्यक्तिहरूको तुलनामा  धेरै गहिरो, मोटो र बढी भएको पाइयो। हामीहरूमध्ये धेरैले पशुपति, जनकपुर, मुक्ति क्षेत्र, बराह क्षेत्र जस्ता तिर्थस्थलहरुमा रहेको मन्दिरमा हिन्दू धर्मका पण्डितहरुले संस्कृतका श्लोकहरू भजेको, ॐ नमः शिवाय, हरे कृष्ण हरे कृष्ण, हरे राम हरे राम, ॐ नमो भगवते वासुदेवाय  जस्ता नाम संकिर्तन् गाएको अनि  हिमाली श्रृङ्खलामा रहेका हाम्रा शेर्पा र लामा दाजुभाई दिदीबहिनीहरू र भिक्षुहरुले ॐ मणि पद्मे हुँ, बुद्धं शरणम् गच्छामि धम्मम शरणम् गच्छामि जस्ता नाम-जप गरेको त सुनेकै छौं। उनीहरूले कसरी प्राचीन हिन्दू बौद्ध धर्मग्रन्थहरूको अध्ययनलाई सामान्य तरिकाले नै स्मरण गर्न सकेका होलान् भन्ने पनि लागेको हुनसक्छ। अहिले पनि न्युयोर्क र बस्टनका गुम्बा र मन्दिरहरूमा बौद्ध भिक्षु र हिन्दू पण्डितहरुले प्राचीन पवित्र ग्रन्थहरूबाट सयौं पृष्ठ लामा हजारौं श्लोकहरु कण्ठस्थ जपिरहेका हुन्छन्। संस्कृतका अनेकन श्लोकहरूलाई कण्ठस्थ गर्न सक्ने र वेदका हजारौं रिचाहरुलाई स्मरण गर्न सक्ने कस्तो मस्तिष्क होला भनेर जेम्सले अध्ययन गरेका थिए। पश्चिमा श्रोताहरूलाई बौद्ध र हिन्दू धर्मग्रन्थका शक्तिशाली स्तोत्रहरूले मन्त्रमुग्ध पारेका छन्। बौद्ध हिन्दु धर्मावलम्बीहरूको स्तोत्र स्मरण गर्ने नाम जप गर्ने पुरानो परम्परा भएतापनि पश्चिमाहरूमा भने भर्खरै यसले ठाउँ पाउन थालेको छ। उनीहरू यसले मस्तिष्कमा पारेको प्रभावका बारेमा दङ्ग पर्न थालेका छन्। हिन्दूबौद्ध परम्परामा त सानै उमेरदेखि प्राचीन ग्रन्थहरूको जप गर्न सिकाइन्छ। सरल संस्कृतका गद्यात्मक, जस्तै विष्णुसहस्र नाम गणेश पञ्चरत्नम्, सरस्वती स्तोत्र आदि  नाम जप गर्नुका साथै शुक्ल एजुर्वेद लगायत अति प्राचीन धर्म ग्रन्थहरूका दशौँ हजार श्लोकहरू समेत कण्ठस्थ गरेका हुन्छन्।

The Voice of Nepal युके टुर २०२४ बर्मीड्घमको सांगितिक धमाका भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। The Voice of Nepal यू.के. Tour 2024 को सांगितिक धमाका पस्किने क्रममा हिजो २२ अपैल २०२४ सोमबार Birmingham मा भएको विशाल कार्यक्रममा मिड्ल्यान्डवासीहरूको अपार माया र साथको लागि Sungabha Entertainment हार्दिक आभार व्यक्त गर्न चाहान्छ। साथमा,मिड्ल्याण्डको संघ संस्थाका प्रतीनिधीजुयुहरू,महेश अधिकारी- ट्रस्टी सहयोजक साझा नेपाली समाज युके,प्रवीन खराल, अध्यक्ष- शान्ती नेपाली समाज वेलायत, राम प्रसाद पन्थी, अध्यक्ष नेपाली समाज नटिङ्घम,रण बहादुर के.सी.संस्थापक अध्यक्ष -नेपाली समाज नटिङ्घम, केशव खतिवडा अध्यक्ष पिटरवोरो नेपाली समाज यू.के., नारायण फुयाल, अध्यक्ष - काभ्रे सोसाइटी यू.के.रहनु भयको थियो। त्यस्तैगरी, पुण्डरी प्रसाद अर्याल, अध्यक्ष - श्रृजनशील लेस्टर नेपाल यूके,राजु कंडेल, संथापक अध्यक्ष - श्रृजनशील लेस्टर नेपाल यूके, चन्द्र साहानी अध्यक्ष, गल्कोट समाज यू.के., बलाराम चापागाई पूर्व अध्यक्ष - श्रृजनशील लेस्टर नेपाल यूके,पशुपति पोख्रेल पूर्व अध्यक्ष श्रृजनशील लेस्टर नेपाल यूके,पवन शर्मा, अध्यक्ष - रा.स्व.पा. यू.के. सन्तोष रेग्मी, अध्यक्ष - नेपाली समाज कभेन्ट्री, दयानिधी सापकोटा, पूर्व अध्यक्ष श्रृजनशील लेस्टर नेपाल यूके, शिव पराजुली, महासचिव - श्रृजनशील लेस्टर नेपाल यूके,शम्भु प्रसाद अर्याल, एन आर एन ए राज्य परिषद,ईङ्ल्याण्ड, मुकुन्द खराल, उपाध्यक्ष - नेपाली समाज नटिंघम, ससांक शर्मा, महासचिव, साझा नेपाली समाज युके, सुरेस केशी सचिव साझा नेपाली समाज युके, गोविन्द खराल पुर्व अध्यक्ष नेपाली समाज नटिङ्घम, रेशम खडका, महासचिव  - नेपाली समाज नटिङ्घम,राम प्रसाद न्यौपाने, उपाध्यक्ष - शान्ती नेपाली समाज युके, दुर्गा सापकोटा प्रवक्ता नेपाली समाज नटिङ्घम, भोजराज भण्डारी पुर्वध्यक्ष शान्ती नेपाली समाज युके, विष्णु चालिसे प्रवक्ता रा स्व पा युके, रविन्द्र शर्मा निबर्तमान अध्यक्ष नेपाली समाज नटिङ्घम, डिलाराम गौतम, उपाध्यक्ष - गलकोट समाज युके, केशव भण्डारी पुर्व अध्यक्ष- पिटरवोरो नेपाली समाज युके रहनु भयको थियो। साथै निरु चालिसे अध्यक्ष नटिङघम महिला समुह, गोविन्द सापकोटा  समाजसेवी, कलाकारहरु श्रृजना खत्री,  रेनुका भट्टराई, बसन्त लम्साल, प्रेम बिवस मगर लगायत उपस्थित सबैप्रति हार्दिक नमन् प्रकट गर्दछौ भनिएको छ।

यसपाली को world Cup कसले जित्ला?