Friday February 07, 2025

व्यक्तित्व

घान्द्रुक समाज यूकेले आफ्नो १६ औ वार्षिक भेटघाट कार्यक्रम यसरी मनाए।

शीतलपाटीन्युज डटकम। लण्डन।घान्द्रुक समाज युकेले यहि ३ अगष्ट २०२४ शनिबारको दिन फार्नबोरो स्थित साम्युल कोडी स्कूलको हलमा आफ्नो १६ औ वार्षिक समर भेटघाट कार्यक्रम  धुमधामका साथ मनाएको छ।  ३ चरणमा कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रम घान्द्रुक समाजको अध्यक्ष श्री देब बहादुर गुरुङको अध्यक्षतामा आमन्त्रित विभिन्न संघ संस्थाबाट सहभागी हुन आउनु हुने अतिथिगण र भद्रभलादमीहरुलाई आसन ग्रहण गराएको थियो। सो पश्चात नेपालको र संयुक्त राज्य बेलायतको राष्ट्रिय धून बजाए पछि यो वर्षमा दिवङ्गत हुनु भएका गाउँलेहरुको मृतात्माहरुको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गराएर शुभारम्भ गरेका थिए। शुभारम्भ गर्नु अघि घान्द्रुकको आस्थाको केन्द्र शक्तिपीठ श्री मेश्रम बराहलाई पुजारी पच्यू त्रेय देव बहादुर गुरुङ आफै, कृष्ण गुरुङ र बुद्धि ल्हो गुरुङले पूजा पाठ गराए। पूजा पश्चात सबैले प्रसाद ग्रहण गरेपछि कार्यक्रम शुरू गरेका थिए।  आमन्त्रित अतिथिहरुमा तमुहरुको छाता संगठन तमु धी युकेको अध्यक्ष हरि गुरुङ दम्पती,तमु प्ये ल्हु संघ युकेको प्रतिनिधि महासचिव श्री वेगलाल गुरुङ दम्पती,तमु समाज युकेको अध्यक्ष श्रीमति बिन्दु घले दम्पती,गोर्खा मिडिया प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक श्री मिलन तमु र शितल पाटी ई पत्रिकाको प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक श्री वाचस्पति रेग्मी आदि थिए। विधिवत रूपमा अतिथिहरुलाई आसन ग्रहण गराए पछि र पूजाआजा गराए पश्चात उपाध्यक्ष श्री कृष्ण गुरुङले स्वागत मन्तब्य राख्नको साथै हेल्थ एण्ड सेफ्टी बारे जानकारी गराएका थिए। त्यसपश्चात आमन्त्रित अतिथिहरुमा यो वर्ष तमु प्ये ल्हु संघ युके र तमु समाज युकेको नव निर्वाचित पदाधिकारी अतिथिहरु वेगलाल गुरुङ दम्पती र तमु समाज युकेका नव निर्वाचित अध्यक्ष श्रीमति बिन्दु घले दम्पतिलाई खादा, भाँग्रा तथा पछ्यौराले बधाई दिनको साथै स्वागत तथा सम्मान गर्यो भने बाँकी अतिथिहरुलाई खादाले सम्मान गरेको थियो।  पहिलो औपचारिक कार्यक्रमको दौरानमा यो वर्ष समाजको सदस्यहरूको नानी बाबुहरु जसले विभिन्न विधाहरूमा विभिन्न विश्व विद्यालयहरुबाट ब्याचलर, मास्टर्स डिग्री र विशेष डिग्री हासिल गरेका ७ जना नानीहरूलाई पनि सम्मान गरेका थिए। जसमा हितकाजी गुरुङ सुपुत्री सुश्री सामिन गुरुङ, कुल बहादुर गुरुङ सुपुत्री श्रीमति ममता गुरुङ, याम गुरुङ सुपुत्र रिचल गुरुङ, राज बहादुर

बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छाडेको खवर

शीतलपाटीन्युज डटकम। लण्डन।बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन्। हसिना चढेको हेलिकोप्टोर भारतीय शहर अगरतलातर्फ उडेको बिबिसी बंगाललाई उदृत गर्दै बिबिसीले जनाएको छ। सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोधमा विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनेपछि हसिनाले देश छाडेकी हुन्।

पहिलो एनआरएनए कप ऐतिहासीक रुपमा सम्पन्न, बीवाइएनसीलाई उपाधि

शीतलपाटीन्युज डटकम। लन्डन। पहिलो एनआरएनए कप बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाइएनसी) ले जितेको छ।एनआरएनए यूकेले शनिबार लन्डन ब्रोवेल्स लेन फेल्थाममा गरेको पहिलो एनआरएनए कप फुटबल प्रतियोगितामा बीवाइएनसीले उपाधिसंगै दुई हजार पाउण्ड नगद र मेडल्स् प्राप्त गर्‍यो। रनरअप भएको प्लमस्टिड गनर्सले एकहजार पाउण्ड नगद र मेडल्स् प्राप्त गरेको छ। उता, भेट्रान वीनर बन्यो ड्याडीज एफसी। उसले एक हजार पाउण्ड नगद र मेडल्स् प्राप्त गर्‍यो भने भेट्रान रनर अप भएको इन्टेक ०४ ले ५ सय पाउण्ड नगद र मेडल्स् पायो। नन भेट्रानतर्फ ७ गोल गरि हाइऐस्ट स्कोरर केल्भिन भए भने वेष्ट प्लेयर विशाल तामाङ। त्यसैगरि भेट्रानतर्फ हाइऐस्ट स्कोरर कविर गुरुङ र वेष्ट प्लेयर खुम गुरुङ भए। प्रमुख अतिथी अल्डरसट क्षेत्रकी सांसद एलेक्स बेकर,एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर,एनआरएनए यूके संस्थापक अध्यक्ष महन्त श्रेष्ठ,प्लेटिनम प्रायोजक सी ५३ का निर्देशक अजय ठकुरी,प्रमुख संरक्षक डेभिड गुरुङ,प्रमुख सल्लाहकार डा. भीम पुन,एनआरएनए आइसीसी सदस्यहरु कुमार थापा,रिचर्ड गुरुङ लगायतले विजेता टिम र खेलाडीलाई पुरस्कार प्रदान गरे।प्रतियोगितामा नन भेट्रान २४ र भेट्रान १६ गरि कुल ४० टिमले प्रतिष्पर्धा गरेका थिए। बेलायतका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित ‘९ ए साइड’ एनआरएनए कप फुटबल प्रतियोगिता गरिएको हो। प्रमुख अतिथी सांसद बेकरले आफू सांसद निर्वाचित भएपछि नेपालीको पहिलो विशाल कार्यक्रममा सहभागी हुन पाएकामा कृतज्ञता व्यक्त गर्दै खेलले सबै समुदायलाई एकतावद्ध गराउन महत्वपूर्ण भूमिका खेलेको बताइन्।उनले आफ्नो निर्वाचन क्षेत्रमा नेपालीहरुको बढ्दो उपस्थितिले थप समृद्ध बनेको उल्लेख गर्दै भूतपूर्व गोर्खाहरुका जायज माग सम्बोधनका लागि आफू गम्भीर भएर लाग्ने प्रण पनि गरिन्। अध्यक्ष प्रेम गाहामगरले पहिलो एनआरएनए कप पूर्ण सफल भएको जनाउंदै उत्साहजनक सहभागिताका लागि आमदर्शक,आर्थिक सहयोग गर्ने प्रायोजक,दाता एवं खेलाडीहरुप्रति आभार व्यक्त गरे।संस्थाका संस्थापक अध्यक्ष महन्त श्रेष्ठले कार्यक्रमको महत्व र नेतृत्वलाई विश्वास गरेर गरिमामय उपस्थिति जनाइदिएकामा आभार व्यक्त गरे।उनले आगामी दिनमा अझ परिष्कृत र भव्य बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।प्रमुख संरक्षक गुरुङले प्रतियोगिता ऐतिहासिक बन्न समस्त नेपाली समुदायको साथ रहेको बताउंदै त्यसप्रति आभार व्यक्त गरे। उनले आगामी वर्षहरुमा यसलाई अझ परिष्कृत गरिने पनि बताए। पहिलो नेपाली महोत्सव

नेपाल आदिवासी जनजाती महासंघ युकेले पत्रकार महासंघ युकेको नया निर्बाचित समितीलाई बधाई दिदै सम्मान गर्ने

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल आदिवासी जनजाति महासंघ युकेले नेपाल पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको सुभकामनाका साथ बधाई तथा सम्मान गर्ने भएको छ। आगामी अगष्ट ४ आइतवारका दिन तिसौं विश्व आदिवासी दिवसको उपलक्ष पारेर नयां कार्यसमितिलाई सम्मान गर्न लागिएको महासंघका अध्यक्ष रि.मे योगेश कोयु राईले जानकारी दिनुभएको हो । गत जुलाई १४ मा भएको नेपाल पत्रकार महासंघको छैठौ अधिवेशनले विमला सेनेको नेतृत्वमा १५ सदस्य रहेको कार्य समिति चयन गरेको छ।  यो वर्ष भने महासंघले नजिकको सप्ताहान्त पारेर “देश तथा विदेश जहा रहेपनि हाम्रो पहिचान,प्रतिनिधित्व र समावेशीताको आवाज उठाउ,हाम्रो भाषा,धर्म,संस्कृति र अधिकारको लागि विश्वव्यापी जागरण अभियान गरौं” भन्ने नाराका साथ अल्डरसटको द प्यालेसमा दिउसो १२ वजे देखि भव्य रुपमा मनाउने भएकोछ। आयोजकका रुपमा नेपाल आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ,नेपाल आदिवासी जनजाति युवा महासंघर र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ समेत रहेका छन्। हरेक वर्ष विश्वभर अगष्ट ९ मा विश्व अदिवासी दिवस मनाईन्छ। यस वर्ष संयुक्त राष्ट्र संघले  “Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact” मूल अन्तर्राष्ट्रिय नारा तय गरेको छ। जातिय संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल आदिवासी जनजाति महासंघमा वेलायतमा रहेका १४ वटा जातिय संस्थाहरु अवाद्ध रहेका छन ।

बेलायतमा हुने गुल्मेली भेलाको तयारी पूरा : प्रेषमीट

शीतलपाटीन्युज डटकम। लन्डन।गुल्मीबाट बेलायत आई बसोबास गरेका नेपालीहरुले वर्षेनी मनाउदै आएको १६ औ गुल्मेली भेला यही आइतबार ४ अगष्ट २०२४ मा आयोजना हुने भयको छ। सो कुरा गुल्मी जिल्ला समाज युकेले ३० जुलाई २०२४ मा आयोजना गरेको प्रेषमीटमा जनाइको छ। लन्डन फेल्थामको ट्युडोर पार्क लिजर सेन्टरको मैदानमा बिहान ११ देखि बेलुका ९ बजेसम्म हुने कार्यक्रमको तयारी पूरा भएको आयोजक गुल्मी जिल्ला समाज यूकेले जनाएको छ। मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रुद्रबहादुर थापाले बेलायतवासी सबै नेपालीलाई कार्यक्रममा निमन्त्रणा गरेका थिए। आयोजक मात्र गुल्मेली हौं,कार्यक्रम बेलायतका सबै नेपालीको लागि हो,हामी आशा गर्छौं,गैर गुल्मेली नेपालीहरुलाई पनि स्वागत गर्न पाउने छौं ।मौलिक गुल्मेली कला,संस्कृतिका प्रस्तुति हेर्ने र मनोरञ्जन लिने अवसर सदुपयोग गर्नुहुन सबैलाई आव्हान गर्दछौं।प्रेषमीट कार्यक्रममा यस वर्ष अलिक फरक हुने गरी पहिलोपटक गुल्मी जिल्लाका स्थानीय निकायका पालिका प्रमुखहरुलाई निम्त्याइएको अध्यक्ष थापाले जनाउनु भएको छ। गुल्मेली जनप्रतिनिधिहरुलाई यहाँका स्थानीय सरकारसंग सम्पर्क स्थापना गराई अन्तरक्रिया गर्न समन्वय गरेर नेपालको विकास र समृद्धिका लागि समेत सहयोग पुर्याउने योजना रहेको अध्यक्ष थापाले बताउनु भयो। सो अवसरमा कार्यक्रम संयोजक एवम् समाजकी उपाध्यक्ष मञ्जु भण्डारी खरेलले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनु भयको छ।भेलामा विगतमा जस्तै नेपालबाट आएका राष्ट्रिय कलाकारका प्रस्तुति, मौलिक सांस्कृतिक कार्यक्रम, नौमति बाजाको प्रस्तुति, राफल ड्र र बालबालिकाका लागि बाउन्सी क्यासल, आइसक्रिम भ्यान लगायतको आकर्षण रहेको बताउनु भयको छ।यसपटक मनोरन्जनका लागि भेलामा नेपालका राष्ट्रिय लोकदोहोरी कलाकारद्धय सुशिला गौतम र दीपक घर्तीमगरले प्रस्तुति गर्नेछन् । त्यसबाहेक प्रथम नौमती बाजा गुल्मी यूकेको प्रस्तुति,गुल्मेली झ्याउरे तथा ठाडो भाका,भजन, तीजगीतसहितका मौलिक कार्यक्रमका साथै स्थानीय कलाकारका सांस्कृतिक नृत्यहरु पनि रहनेछन् । भेलामा यस पुर्बका कार्यक्रममा पनि बेलायत भरका पन्ध्र सय नेपालीको सहभागिता रहेको गुल्मी जिल्ला समाजको भेलामा यस पटक पनि १५ भन्दा बढीको अपेक्षा गरिएको छ । कार्यक्रममा साउथ इष्ट लन्डन,मिडल्यान्ड सहित बिभीन्न क्षेत्रबाट ठुला बसहरु बुकिंग गरेर सहभागीहरु ल्याउने तयारी छ। बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल प्रमुख अतिथी रहने सो कार्यक्कममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष प्रतिनिधिहरु अतिथिको रुपमा आमन्त्रण गरीएको

बीसीसी यूकेद्वारा खेन्पो सेनाङ्ग ग्याम्जोको स्वागत 

पुर्ण गुरुङ, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेद्वारा खेन्पो सेनाङ्ग ग्याम्जाे तामाङ्गको स्वागत गरेको छ । बीसीसी यूकेकोे निमन्त्रणमा गत सोमबार २९ जुलाईका दिन नेपालबाट एक बर्षका लागि लामा गुरुको रुपमा आएका खेन्पो सेनाङ्ग ग्याम्जोलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङले खादा लगाई गुम्बामा स्वागत गरेको हो। सो अवसरमा बीसीसी यूकेका लामा गुरु लोपेन नोर्बु, लोपेन दावा, बीसीसी यूकेका पूर्व अध्यक्ष नरेश गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ लगायत भक्तजन तथा शुभचिन्तकहरुले समेत खादा लगाई उनलाई स्वागत गरेका थिए।  काठमाण्डौं, बौद्धस्थित सेचेन गुम्बासंग आवद्ध खेन्पो सेनाङ्ग ग्याम्जोले अबको एक बर्ष गुम्बामा रहेर बौद्ध परम्परा तथा सिद्धान्तबारे जानकारी गराउने, विभिन्न कर्मकाण्ड तथा पूजाहरु गर्नुका साथसाथै बुद्धका विभिन्न ग्रन्थ तथा सुत्रहरु अनुवादसहित पढाउने छन् । त्यस्तै, उनले प्रवचन दिने, साम्बोटा लिपी पढाउने र शील प्रदान समेत गर्ने गुम्बाका एक सदस्यले जानकारी गराए। स्मरण रहोस्,बीसीसी यूके सन् २००७ सालमा स्थापना भई धार्मिक,सामाजिक तथा विभिन्न परोपकारी कामहरु गर्दै आएको छ।

बेलायतमा “साहित्यलाई पाक कलासँग पस्किने” अभियानको शुरुवात

शीतलपाटीन्युज डटकम। लन्डन। साहित्यलाई पाककलासँग पस्किने अभियानको उद्घाटन कार्यक्रम आइतबार बेलायतमा सम्पन्न भयको छ। यो अभियानले नेपाली साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ भने नेपाली खानाप्रतिको साझा रुचिलाई पनि उत्सवको रुपमा मनाउँने छ। “पुस्तक हस्ताक्षर र लेखक भेट कार्यक्रम आयोजना गर्न पाउँदा हामी निकै उत्साहित छौं । ‘साहित्यलाई पाककलासँग पस्किने’ यो अभियानले नेपाली साहित्यलाई मात्र प्रवर्द्धन गर्दैन, हाम्रो पाककला प्रतिको प्रेमलाई पनि उत्सवको रुपमा मनाउँदछ,”गोर्खा वुडकक इन फेल्ब्रिजका सुरज पाण्डेले भने। “नेपाली खाना बेलायतमा पहिले नै लोकप्रिय छ र अब हामी हाम्रा ग्राहकहरूलाई यी पुस्तक हस्ताक्षर कार्यक्रमहरूको माध्यमबाट नेपाली साहित्यको स्वाद दिन्छौं।आजको कार्यक्रम सुरुवात मात्र हो।हामी आगामी दिनहरूमा धेरै कार्यक्रमहरूको प्रतीक्षा गरिरहेका छौं।” एक ग्राहकले लेखकलाई भेट्न पाएको र पुस्तकको हस्ताक्षरित प्रतिलिपि किन्ने अवसर पाएकोमा आफु उत्साहित भयको उनले व्यक्त गरे,“हामीलाई प्रायः लेखकहरूसँग भेट्ने मौका मिल्दैन,यो एक अद्भुत अवसर हो।”अर्का उत्साही सहभागीले थपे, “हामी नेपाली खाना मन पराउँछौं र हामीलाई नेपाली साहित्यसँग परिचित गराउने यो कार्य सराहनीय छ। म पुस्तक पढ्न र अमेजनमा समीक्षा लेख्न आतुर छु।” भर्चुअल रूपमा कार्यक्रममा सहभागी भएका किताबका अनुवादक जयन्त शर्माले भने, “यो पहलले म निकै उत्साहित छु र एक अनुवादकको रुपमा नेपाली साहित्यलाई विश्वमा पुर्याउने हाम्रो सहकार्य यसरी अगाडि बढेको देखेर म रोमाञ्चित छु।” सङ्गीता स्वेच्छाले कृतज्ञता व्यक्त गर्दै भनिन्, “मेरा कथाहरू मार्फत नेपाली साहित्य साझा गर्नको लागि यो मंच प्रदान गरेकोमा म गोर्खा वुडकक इन फेल्ब्रिजप्रति आभारी छु र यहाँ हुने आगामी पुस्तक हस्ताक्षर कार्यक्रमहरूको लागि निकै उत्साहित पनि छु।” बुकहिल इन्टरनेशनलले प्रकाशन गरेको सङ्गीता स्वेच्छाको कथा संग्रह,”रोजेज ओडिसी” अप्रिल २०२४ मा बेलायतमा विमोचित भएको थियो। पुस्तक हस्ताक्षर कार्यक्रममा धेरै प्रतिलिपिहरू बिक्रीसँगै यो पुस्तक गैर-नेपाली पाठकहरू माझ लोकप्रिय हुँदै गइरहेको छ। बेलायतभरि ६ वटा सफल पुस्तक हस्ताक्षर कार्यक्रमहरू यूनिभर्सल पीस फेडेरेशन र फीड द माइन्ड्स जस्ता स्थानहरूमा भइसकेको छ भने लन्डनको फाउन्ड्रीमा (जहाँ तिस भन्दा बढी सामाजिक संस्थाहरु अवस्थित छन्) हुने आगामी कार्यक्रम ‘रोजेज ओडिसी’को लागि अर्को रोमाञ्चक पक्ष संगिता स्वेच्छाको बुझाई छ।

बेलायतमा अनलिस योअर इनर सेल्फ कार्यक्रम भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। अलडरसट,लण्डन। The Unleash Your Inner Self (UYIS) 06 सफलतापूर्वक सम्पन्न भयको कुरा ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुड्गले बताउनु भयको छ। कम्युनिटीका अध्यक्ष गुरुड्गले यस अवसरमा काठमाडौं नेपालबाट चेतना प्रशिक्षक इन्द्र गुरुङ,क्लिनिकल साइकोलोजिस्ट राजी श्रेष्ठ गुरुङ र सहायक प्रशिक्षक रोनाल्ड गुरुङलाई धन्यवाद दिन चाहन्छु भन्नु भयको छ। श्रीमान गुरुङ र श्रीमती गुरुङ दुवैले सम्भवतः नेपालमा मानिसको  वृद्धि वा सफलता बनौन प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी गोर्खा नेपाली समुदायबाट बेलायती सेनाको उच्च पदबाट अवकाश प्राप्त गर्नु भएको थियो।हाल निजि छेत्रमा कार्यरत रि लेफ्टिनेन्ट कर्णेल टोल खाम्चालाई धन्यवाद दिन चाहन्छु । सफल ब्यबसायी YBC क्लिनिङका निर्देशक योगेन क्षेत्रीज्यु जो बेलायतमा मध्यम आकारको कम्पनी चलाउँदै आएका छन् र जुन नेपाली समुदायबाट दुर्लभ छ,डा जीत तामाङ सामुदायिक चिकित्सा,प्रकाश गुरुङ,अध्यात्मवादी र माइन्डफुलनेस,हरिकुमार काजी गुरुङ सम्पत्ति लगानीकर्ता,डा विशाल गुरुङ आयोजक,दिनेश गुरुङ डीजे,मणिराज गुरुङ भिडियो र फोटोग्राफी,तुलाराम गुरुङ हल र खाना व्यवस्थापन,टिकटमा संगीता गुरुङ र सहभागी हर्क गुरुङ सम्पत्ति लगानीकर्ता र BCC UK का अध्यक्ष,लमजुङ समाज युकेका अध्यक्ष दल गुरुङ,नेपाल भिलेज युकेका निर्देशक मान प्रसाद गुरुङ,जेसिका क्षेत्री,सोम घले, क्याप्टेन रिटायर्ड तम ढेगा र सबै सहभागीहरुलाई आभार ब्यक्त गर्दछु ।  उक्त कार्यक्रम सोचे भन्दा निकै सफल भएको महसुश गरेको छु। कार्यक्रम  सुधारिएको र शक्तिशाली थियो जसले आफ्नो सीमित असमर्थित विश्वासलाई समर्थित सफल विश्वासमा रूपान्तरण गर्न र वक्ता र सहभागीहरू दुवैलाई उनीहरूको डोमेनमा युकेमा रहेका सबै भन्दा राम्रो नेपाली समुदायबाट सिक्नको लागि प्लेटफर्म साबित भएको छ।  केही युवाहरूको सहभागिताले उत्साह र  दिगोपनको संकेतको लागि ढोका खोलेको छ। मलाई लग्दछ यो नै अहिलेको लागि  सबैभन्दा ठूलो उपहार हो जसले कुनै पनि व्यक्तिलाई परिवर्तन गर्न र खुसी,स्वस्थ र समृद्ध बन्न सक्छ (स्वास्थ्य र जीवन शक्ति,वित्त,सम्बन्ध, परिवार र मित्र,वृद्धि,योगदान)। हामी बचत कोषको लागि प्रतिबद्ध छौँ जुन हामीले सम्भव भएसम्म धेरै आवश्यक व्यक्तिहरूलाई दान गर्नेछौं।

पुर्ब सचिब चन्द्र घिमिरे बेलायतका लागि राजदूत सिफारिस

शीतलपाटीन्युज डटकम। काठमाडौं- सरकारले बेलायतका लागि नेपाली राजदूतमा पूर्व सचिव चन्द्र घिमिरेलाई सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बेलायतका लागि घिमिरे,अमेरिकामा लोकदर्शन रेग्मी,दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे र मलेसियामा डा.नेत्र तिमल्सिना सिफारिस गरेको जनाइएको छ।भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ। उता सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ। श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरिएको हो।माओवादी केन्द्र निकट श्रेष्ठ कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका थिए।

मृत्युपर्यन्त बौद्ध विधि संस्कारसम्बन्धी च्योद पूजा एम्पायर हलमा हुदै : प्रेषमीट

शीतलपाटीन्युज डटकम। रेडिड्ग, युके। मृत्‍यु पश्चात गरिने आफ्नो जातिय संस्कारलाई एकरुपतामा ल्याउनलाई बुद्दिस्ट गुम्बा रिडिङ् यूकेले २८ जुलाई २०२४ मा प्रेषमीटको आयोजना गर्यो। गुम्बाका अध्यक्ष खेम गुरुड्गको अध्यक्षतामा भएको उक्त कार्यक्रम गुम्बाका महासचिव कमल गुरुड्गले गुम्पबाको दाधिकारीहरुको परिचय गराउदै कार्यक्रम संचालन गर्नु भएको थियो भने प्रेषमीटमा गुम्बाका उपाध्यक्ष कृष्ण गुरुड्ले स्वागत भाषण गर्नु भयको थियो।  बेलायतमा १८ अगस्टमा मृत्युपर्यन्त बौद्ध विधि संस्कारसम्बन्धी च्योद पूजा एम्पायर हलमा हुने र अल्डरशटको एम्पायर हलमा हुने पुजामा गुम्बाको गुरु खेन् रेन्पोछे शिर लामाज्यूबाट धर्मदेशणा कार्यक्रममा प्रबचन हुने भएको छ। सन २००७ पछि ब्रिटिश सरकारले गोर्खाहरुलाई रिटायर पश्चात स-परिवार बेलायत बस्न पाउने नियम तथा अवसर दिए पश्चात नेपालीहरुको बसोबाश बाक्लिदै गएको छ र उमेर सङ्गै जिवनको अन्तिम महोत्सब मृत्‍यु पनि हुने गरेको कुरा लामाले उद्रित गर्दै नेपाल र बेलायतको भौगोलिक,सस्कार संस्कृति र जीवन शैली बेग्लै भएकोले कतिपय अवस्थामा के गर्ने भन्ने अन्योल समेत उत्पन्न हुने भएकोले बुद्दिस्ट गुम्बा रिडिङ् यूकेले यस  सम्बन्धी बिषयमा विशेष धर्मदेषणा गर्न लागेको हो। प्रवेश शुल्क प्रतिब्यक्ति £२० रहेको उक्त कार्यक्रम बिहान ११ बजे बाट शुरु भएर साझ  ५ बजे सम्म चल्ने छ।प्रवचन समाप्त भए पश्चात समुर्ण धर्मवलम्बीहरुको लागि ग्रह शान्तिको पूजा पनि गर्ने आयोजकले जानकारी दिएका छन।उक्त गुम्बाका गुरु लामा एसोसियन नेपालका अध्यक्ष हुन र लुम्बिनी बुद्ध धर्म बिस्तार, प्रचार प्रसारका एक संयोजक पनि हुन। यसै गरी बुद्दिस्ट गुम्बा रिडिङ् यूकेको आयोजनामा बुद्दिस्ट गुम्बा रिडिङ्मा सेप्टेम्बर २ देखी ८ तारिख सम्म ७ दिन भगवान बुद्धको (प्रज्ञा पारा बिद्या,गरुड पुराण) १६ ठेली ग्रन्थहरुको व्याख्या गर्ने कार्यक्रम बौध्द गुम्बा रेडिड्गमा नै आयोजना गरीने समाचार छ। समस्त भक्तजनहरुबाट यस कार्यको लागि प्रायोजन खोजिरहेको र यसबाट बचेको रकम गरीब दु:खीहरुलाई  प्रदान गर्ने जानकारी गराईएको छ।यो सम्पूर्ण कार्यक्रमको अरु जानकारिको लागि गूगलमा Budhista gumbaa Reading  सर्च गरेर फोन संपर्क गरी  बुझ्न सकिने छ। साथै प्रेषमीटमा भर्खरै निर्वाचित पत्रकार महासंघ युकेको अध्यक्ष बिमला सेनी, बरीष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, कोषाध्यक्ष एसके गुरुड्ग,सहकोषाध्यक्ष सुरेन्द्र इगनाम , सदस्यहरु मीलन तमु गुरुड्ग,नरेन्द्र नेवाड्ग र बाचस्पति रेग्मीलाई सम्मान गरीएको थियो।

पत्रकार महासंघ युकेको नया निर्बाचित कार्यसमितीलाई एनआरएनए यूकेको विशेष सम्मान

शीतलपाटीन्युज डटकम। लन्डन। एनआरएनए यूकेले हालै निर्वाचित विमला सेने नेतृत्वको नेपाल पत्रकार महासंघ यूके नयां कार्यसमितिलाई सम्मान गरेको छ। आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा.भीम पुन लगायतले नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्षद्वय प्रमिला लावुङ राई र शिव भण्डारी, कोषाध्यक्ष एसके गुरुङ,सह-कोषाध्यक्ष सुरेन्द्र इंग्नाम, सदस्यहरु वाचस्पति रेग्मी, गोमा राना,बम थापा सूर्यवंशी, मिलन तमु र नरेन्द्र नेम्वाङलाई फेथा,पुष्पगुच्छा र ‘टोकन अफ लभ’ बाट सम्मान गरीएको थियो। पत्रकार महासंघ यूके अध्यक्ष सेनेले विशेष सम्मान गरेकोमा एनआरएनए यूकेप्रति धन्यवाद व्यक्त गर्दै नेपाली समुदायको अपेक्षा अनुसार संस्था पत्रकारितामा निरन्तर लागिरहने प्रण गरिन्।अध्यक्ष सेनेले नेपाली समुदायको हितका लागि भावी दिनमा एनआरएनए यूकेसंग सहकार्य गर्ने समेत जनाइन्। प्रमुख संरक्षक डेभिड गुरुङले पत्रकार महासंघको नयां कार्यसमितिलाई बधाई दिंदै अझ बढी खोज,अनुसन्धानमा लागेर सत्य तथ्य समाचार प्रस्तुत गर्न शुभकामना दिए। उनले पत्रकार महासंघ यूके, एनआरएनए यूकेमा केही समूहले भ्रम फैलाउने कोशिस गरेपनि त्यसमा विश्वास नगर्न समुदाय समक्ष अपिल गरे। एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले विगतमा जे जस्तो भएपनि संघ अब पत्रकार महासंघ, बेलायतको नयां कार्यसमितिसंग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्दै जनचेतनामूलक र सूचनामूलक समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे।   एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको उक्त सम्मान कार्यक्रममा नेपालबाट आएका लोकगायक राजेन्द्र कार्कीले राष्ट्रिय गान गाएका थिए। सो अवसरमा एनआरएनए यूकेले अगष्ट ३ मा फेल्थाम लन्डनमा गर्न लागिएको पहिलो एनआरएनए कप फुटबल प्रतियोगिता तथा नेपाल महोत्सव तयारी पुरा भएको जानकारी दिएको छ।

लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव

शीतलपाटीन्युज डटकम। काठमाडौँ । सरकारले  नयाँ मुख्यसचिव नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको हो।  सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन्।उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो।  यसअघि उनी प्रधानमन्त्री कार्यालयको सिनियर सचिव भएका कारण कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो। उनी कानुन सेवाबाट सचिव भएकी थिइन्। (रातो पाटीबाट)

क्षेत्री समाज युकेको वार्षिक भेला भब्य मनाइने : अध्यक्ष थापा

शीतलपाटीन्युज डटकम। लण्डन। क्षेत्री समाज युकेले हरेक बर्ष मनाउदै आएको वार्षिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कुरा अध्यक्ष श्रध्दा थापाले बताउनु भयको छ। अध्यक्ष थापाका अनुसार यसपटकको वार्षिक भेटघाट २७ जुलाई शनिबार अल्डरसटस्थित एम्पाएर हलमा हुने भएको छ। नयाँ पुस्तालाई पनि नेपाली कला संस्कृति र परम्पराबारे जानकारी गराउन एवं निरन्तरता दिलाउन प्रेरित गर्ने उद्देश्यले वार्षिक भेटघाट गरिंदै आएको कुरा समाजकी अध्यक्ष श्रद्धा थापाले शीतलपाटीन्युजलाई बताउनु भएको छ।यो बार्षिक भेटघाट कार्यक्रम क्षेत्री समाज युकेको आयोजनामा भएपनि सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई सहभागी हुन उहाले आग्रह गर्नु भयको छ। विगत जस्तै यसपटक पनि विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम राखिएको,लोकदोहोरी कलाकारहरु चोलेन्द्र पौडेल,सिर्जना खत्री र सुशीला गौतमले सांगीतिक प्रस्तुति दिने गरी ब्यवस्था गरीएको छ। कार्यक्रममा स्कुल कलेज तथा युनिभर्सिटिमा राम्रो नतिजा ल्याउने र समाजमा उत्कृष्ट योगदान पुर्याउनेहरुलाई प्रेरणा र हौसलास्वरूप सम्मान गरिने योजना पनि रहेको छ। ‘राफल ड्र’ का लागि सुनका आकर्षक गहनालगायत विभिन्न सामग्री राखिने भएको छ। सो राफल ड्र का लागि मनका धनी एवम शुभ चिन्तकहरुले प्रायोजन समेत गर्नु भयको खुलाईएको छ। कार्यक्रम संयोजक मेजर चक्र खत्री रहेको समाजको बार्षिक कार्यक्रममा सान्भी ज्वेलर्स यूके,दिदीबहिनी समूह तथा व्यक्तिहरु लगायत निम्न स्पोन्सरहरुले पुरष्कारको सामाग्री उपलब्ध गराउनु भयको छ। स्पोन्सरहरु- Raffle Draw Prize list- 1.Gold jewellery 2.Sanvi jewellers kukuri    3.Mr Deepak shrestha Buddha foundation,Hot air Ballon flight Ticket for couple . 4.Pom’s penthouse pokhara nepal 2 BHK for 2 Night valid Ticket for 6 Month 5.Didibaini Samuha UK Saari,Kurtha gift. 6.Gift hamper from Mr prajwol kc comet 2 Drycleaner Eltham. 7.Mr Chakra Khatri - A bottle of Whiskey 8.Sharada kunwar- Rice cooker  9.Mrs Sangita Thapa,Elegant Hair & beauty products 10.Mr Prajesh shrestha,Kings gates gift Voucher कार्यक्रम- मिती- २७ जुलाई २०२४, शनिबार समय- १२:०० देखि २३:०० बजे सम्म। स्थान- एम्पायर हल,अल्डरसट। Post Code -GU11 1 DJ

बेलायत बसोबास गरेका नेपाली खेलाडी संगम तमु मोवाँ थाइ खेलमा बिजयी

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतवासी युवा खेलाडी संगम तमुले मोवाँ थाइ खेलमा पुनः विजय हासिल गरेका छन् । लन्डनस्थित हर्डफोर्ड सायरमा शनिबार भएको खेलमा प्रतिद्वन्द्वी रोनाल्डलाई हराउँदै उनले जित हासिल गरेका हुन् । यो खेल थाइल्यान्डबाट सुरु भई हाल संसारभरका युवामाझ लोकप्रिय छ। यो खेल किक बक्सिङ खेलजस्तै हो। हातखुट्टा दुबैले हान्नु र रोक्न पाउँछ। तर निकै खतरनाक मानिन्छ। हालसम्म ९ खेलमध्ये २ हार र ७ खेल जितिसकेका छन् संगम तमुले। लन्डनको क्लबस्तरीय खेल खेल्दै आएका संगम द नओस्ले एकाडेमी क्लबमा आबद्ध छन्। संगम स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका देउराली स्थायी घर भएका तमु समाज युकेका पूर्वअध्यक्ष शिवचन्द्र गुरुङ र मिरा गुरुङका जेठो छोरा हुन्।

म्यानचेस्टरमा “नेपाल दिवस” भव्य रुपमा सम्पन्न

GNNNEWS- लन्डन -  बेलायतको म्यानचेस्टरमा शनिबार (२० जुलाई)”नेपाल दिवस” भव्य रुपमा सम्पन्न भएको छ।  म्यानचेस्टर नेपाली समाज र म्यानचेस्टर म्युजियमको दक्षिण एसिया ग्यालरीले सह-आयोजन गरेको उक्त समुदाय केन्द्रित कार्यक्रममा म्यानचेस्टरस्थित नेपाली समुदाय  र संग्रहालयका आगन्तुकहरुको बाक्लो उपस्थिति रहेको थियो।   "नेपाली घरायसी वस्तुहरुको प्रदर्शनी,सांस्कृतिक प्रस्तुति,योग सत्र,बालबालिका गतिविधि र डिजिटल फोटो प्रदर्शनी मार्फत नेपालको विविधता झल्काउन कार्यक्रम सफल रह्यो,"कार्यक्रमका संयोजक तथा म्यानचेस्टर विश्वविद्यालयसंग आबद्ध सहायक प्राध्यापक डा निमेश ढुंगानाले बताए।   सो प्रदर्शनीमा नेपालको क्षेत्रीय,सांस्कृतिक, सामाजिक,धार्मिक र जातीय विविधता झल्काउने गरी  प्रदर्शनीको आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली संस्कृति झल्काउने नाच,गीत,संगीत पनि प्रस्तुत गरिएका थिए ।   उक्त प्रदर्शनीले ब्रिटिश नागरिकहरुलाई नेपालको जनजीवन र संस्कृतिबारे जानकारी दिनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा पनि मदत पुगेको डा ढुंगानाले बताए।

लण्डनमा पहिलो एनआरएनए कप तथा नेपाली महोत्सवको तयारी व्यापक

शीतलपाटीन्युज डटकम। लण्डन- एनआरएनए यूकेले आउंदो अगष्ट ३ तारिख लन्डन फेल्थाममा पहिलोपटक गर्न लागेको एनआरएनए महोत्सव र एनआरएनए कप फुटबल प्रतियोगिताको तयारी व्यापक भएको छ।         बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यसहित ९ ए साइड एनआरएनए कप प्रतियोगिता र सोही दिन नेपाली कला, संस्कृति,परम्परा,भेषभूषा र खानाको प्रचार प्रसार एवं संवर्धनका लागि एनआरएनए नेपाल महोत्सव गर्ने तयारी भइरहेको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जनाए।   ‘बेलायतको नेपाली डायष्पोरामा पहिलो र दोश्रो पुस्ताबीचको दुरी बढिरहंदा हामीले दुवै पुस्तालाई एकै थलोमा उतार्ने प्रयत्न गरेका छौं’,गाहामगरले भने- ‘हाम्रो कला,संस्कृति,भाषा,भेषभूषा, रहनसहन दोश्रो पुस्तामा हस्तान्तरण नगर्ने हो भने उनीहरुको मातृभूमिसंगको नाता तोडिने चिन्ता भएकाले तपाईं हामी सबै मिलेर यस्ता इभेन्टस गर्नुपर्ने दायित्व आएको छ।‘ अध्यक्ष गाहामगरले यो कार्यक्रम कसैसँग प्रतिस्पर्धा गर्न नगरिएको जनाउंदै सबैलाई आफ्नो सम्झेर सहभागी हुन अपिल पनि गरे। एनआरएनए यूकेले कार्यक्रममा सहभागी हुने विशेष अतिथीहरुलाई नौमति पञ्चे बाजा तथा ब्याक पाइपर धुनले स्वागत गर्दै खादा, ब्याच एवं मायाको चिनो प्रदान गरिने जनाएको छ।  संघले यसबारे औपचारिक जानकारी दिन २८ जुलाई दिउसो ठमेल दोहोरी रेस्टुरेन्ट, अल्डरसटमा पत्रकार सम्मेलन पनि गर्दैछ। सोही दिन सञ्चारकर्मी र टिम क्याप्टेन/म्यानेजरमाझ टिम ड्र गर्ने स्लट राखिएको छ।

निस्सासियको छ नेपाल

बसन्तराज कुंवर, काठमाण्डौ।मैले होस सम्महाले देखि आज सम्ममा नेपालि समाज यति निस्सासिएको कहिले देखेको थिइन।जुन समाजमा कोही चैनसंग रहन सकिरहेका छैनन्। कसैले धन्यबाद पाउन सकेका छैनन्। आरोप प्रत्यारोपको भुडंग्रो छ।अपमान बदनामको कम्पीटीसन छ। समाज यस बिच निस्सासिएको छ।  भएको सरकारलाइ पनि आरोपै आरोप छ,भएका प्रधानमंन्त्री र मंन्त्री प्रति पनि कटाक्ष नै कटाक्ष छ। कर्मचारी तन्त्रले पनि कतै चैनसंग बस्न र काम गर्न पाएको छैन।घरका गृहणीहरुको जिबन महंगी तनाब रोग बिच डिप्रेसनमा जाने स्थीतीमा छ।युबाहरुमा देस कसरी छोड्ने? चटारो छ। उध्योगी ब्यापारीहरु आतंकीत पारीएका छन्। सैक्षिक संस्था अस्तब्यस्त छ,सामाजिक क्षेत्रलाइ पनि आरोपीत गरीएको छ,हीडौ कतै बाटो ठीक छैन, ट्राफिकको ध्यान यातायात ब्यबस्थापन भन्दा ढुकेर डंड गर्नेमा गराउनेमा छ, आतंक छ जताततै,सेबाग्राही कार्यालय तिर दिक्क लाग्ने अब्यबस्थापन छ,नाफा छैन कर बढेको बढै छ,बैंक आतंक त्यस्तै छ,सहकारीले गरीब ठगेको उत्तीकै छ,समाज निस्सासिएको छ।  अब दोलखा भिमसेनमा पसिना पनि आयो रे। सबका मुखमा कारबाही कालोमोसो,घेराउ ठोक,हाल जेल भन्ने बाहेक केही छैन।हरेकलाइ हरेक  थुन्नु र थुनाउनु छ। सरकारी मेसिनरी र राज्य संचालक प्रति कसैको बिश्वास छैन।जहा काम गर्न लाग्यो त्यॉहा अबरोध छ। समाज निस्सासिएको छ। यस्तो त पहिला कहिले देखिएको थिएन। समाज बास्तबमै निस्सासिएको छ। पसल खालि खालि छन्,अस्पताल, प्रहरी कार्यालय, अड्डा अदालत र बिदेश पलायन गर्ने कार्यालयहरु मात्र खचाखच छ। समाज बास्तब मै निस्सासिएको छ।समाज बिष्फोटको नजिक भएझै लाग्छ,संकेत देखीन्छ,समाज एक भयानक बिद्रोह र अनहोनिको नजिक छ।  तल मैले प्रहरीले राजस्व उठाउन सफलता हासिल गरेकोमा गरीएको प्रेस कन्फरेन्सको एक समाचार हालेको छु जहा प्रहरीले सायद धन्यबादको आसा गरेको हुनु पर्दछ तर समाजको बुझाइ ठिक उल्टो छ। तल यस समाचारको कमेन्ट हरु पढौ । कती आक्रोसपुर्ण छन्। समाज अहिले हरेक क्षत्रमा यस्तै आक्रोसमा छ बस् कुरो यत्ती हो,बिष्फोट कताबाट सुरु हुन्छ ???????? (बसन्त कुंवंर,पुर्ब प्रहरी बरिष्ठ उपरिक्षक एवम अध्यक्ष पुर्व नेपाल प्रहरी संगठन)

नेपाली साहित्य विकास परिषद् यूकेको अध्यक्षमा पुन: कोमल मल्ल श्रेष्ठ

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेको २८औँ साधारण सभाले आगामी दुई वर्षका लागि १४औँ कार्यसमिति चयन गरेको छ।वेस्ट लन्डनको एक्टनस्थित एबिआई कलेजमा सम्पन्न परिषद्को साधारणसभाबाट कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।   कार्यसमितिको वरिष्ठ सह-अध्यक्षमा ध्रुव केसी र पाँचजना सह-अध्यक्षहरूमा वसन्त रायक्षेत्री,वीरेन्द्र कुँवर, रेशम अर्याल,गोकुल भण्डारी र वाचस्पति रेग्मी चुनिएका छन्। साथै दुई जना उपाध्यक्षमा डम्बर सिंह ‘प्रयास’ र डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ चुनिएका छन।  यसैगरी महासचिवमा डा.सुधा श्रेष्ठ र वरिष्ठ कोषाध्यक्षमा मनोज अन्जान एवं सह महासचिवमा अहिल्या कुँवर चुनिएकी छन्। कार्यकारिणी सदस्यहरूमा हरि केसी, वासुदेव सापकोटा,रुक्मिणी मानन्धर तथा मिडिया कोअर्डिनेटरहरूमा नवीन पोखरेल र नरेश खापाङ्गी मगर चुनिएका छन् । यसैगरी १६ सदस्यीय सल्लाहकार समितिमा प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल ओबिई,सल्लाहकारहरूमा सुरेशजङ्ग शाह,हरिसिंह थापा, खगेन्द्र नेपाली, हरिविभोर कार्की,मदन थापा, घनबहादुर थापा मगर,विजय थापा,डा.गोपाल पौडेल,कृष्ण भट्ट,पिपला पाण्डे देवान,डा. जनककुमारी धिताल, हिन्दमैञा वैद्य,कमल भण्डारी, बालजंग अर्याल र पशुपति भण्डारी छन्।  कार्यसमिति निर्वाचनका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल ओबिई,पूर्व अध्यक्षद्वय  हरिसिंह थापा,खगेन्द्र नेपाली र सल्लाहकारहरू मदन थापा, विजय थापा र कृष्ण भट्ट रहेको ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो।नव निर्वाचित पदाधिकारीहरूको पद शुसोभन तथा प्रमाणपत्र वितरण अर्को कार्यक्रमको आयोजना गरिने भएको छ । यसअघि परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको साधारण सभाले कोषाध्यक्ष मनोज अन्जानद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सहअध्यक्ष तथा कार्यवहाक महासचिव डा. सुधा श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन बुँदागत छलफल गरि पारित गरीएको थियो। यसैगरी साधरण सभाले १३औँ कार्यसमितिको कार्यकाल सफल बनाउन परिषद्का हरेक वार्षिक कार्यक्रममा सक्रिय रूपले खटिने कार्यसमितिका पदाधिकारीहरू,प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू,परिषद्का पदेन संरक्षक महामहिम राजदूत तथा नेपाली राजदूतावास परिवार,कवि तथा कलाकारहरू,परिषद्को नेपाल च्याप्टरका पदाधिकारीहरू,कोसेली नेपाली सांस्कृतिक परिवार यूकेका संस्थापक अध्यक्ष मदन थापा तथा अन्य कलाकारहरू,सयपत्री सांस्कृतिक परिवार यूके अध्यक्ष डम्बसिंह प्रयास र पदाधिकारीहरू,पत्रकारहरू र आर्थिक तथा भौतिक सहयोग गर्ने डा.राघवप्रसाद धिताल ओबिई,डा.जनककुमारी धिताल,खगेन्द्र नेपाली, कृष्ण भट्ट, ध्रुव केसी,घन बहादुर थापा मगर,कृष्णा

बीसीसी यूकेद्वारा खेन्पो कर्मको बिदाई

शीतलपाटीन्युज डटकम। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले गत १ बर्ष देखि बीसीसी गुम्बाको प्रमुख लामाको भूमिकामा रही सेवा गर्दै आएका काठमाण्डौं स्थित सेचेन गुम्बासंग आवद्ध खेन्पो कर्म छुल्त्रिमलाई बिदाई गरेको छ। गत शुक्रबार १९ जुलाईका दिन बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङ,लोपेन नोर्बु,लोपेन दावालगायतले खादा लगाई उनलाई बिदाई गरिएको हो।  गत अगष्ट २०२३ देखि बीसीसी यूकेको प्रमुख लामाको रुपमा रहँदै आएका खेन्पो कर्मले गुम्बामा रहेर बौद्ध परम्परा अनुसार विभिन्न कर्मकाण्डहरु गर्ने,धार्मिक प्रवचन दिने, साम्बोटा लिपी पढाउने,शील दिने,विभिन्न पूजापाठहरु गर्ने साथसाथै बुद्धका विभिन्न ग्रन्थ तथा सुत्रहरु पढाउदै आएका थिए। भुटान घर भएका खेन्पो कर्म जर्मन,दिल्ली हुदै भुटान फर्किन लागेका हुन्।  बीसीसी यूकेले गत ६ जुलाईका दिन औपचारिक रुपमा बिदाई गरिएका खेन्पोलाई बिदाई गर्न बीसीसी यूकेका पूर्व अध्यक्ष नरेश गुरुङ,उपाध्यक्ष क्याप्टेन देब घले,आमा उपप्रमुख शारदा गुरुङ,सल्लाहकार जंग बहादुर गुरुङ लगायत आमाहरु, भक्तजन एवं शुभचिन्तकहरु शुक्रबार बिहान गुम्बामा सहभागी भएका थिए।  त्यस्तै,खेन्पो कर्मलाई बीसीसी यूकेका लोपेन दावा,पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ,पूर्व अध्यक्ष नरेश गुरुङ,आमा उपप्रमुख शारदा गुरुङ र सदस्य मिना गुरुङले हिथ्रो एयरपोर्टमा पुगी  बिदाई गरेका थिए।

नेपाली साहित्य विकास परिषद युकेले मनायो २११औ भानु जयन्ती

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेले पुस्तक विमोचन,कविता वाचन,प्रवचन लगायत विविध साहित्यिक कार्यक्रम गरि २११औँ भानु जयन्ती मनाएको छ । वेस्ष्ट लन्डनको एक्टन टाउन स्थित एबीआइ कलेजमा आइतबार आयोजित समारोहमा कोमल मल्लको कविता संग्रह ‘माटोसँग के मागुँ’, ध्रुव केसीको ‘ईन्द्रायणीदेखि बेलायतसम्म’ जीवनी र डा.गोपाल पौड्यालको ‘प्रिय चरी’ खण्डकाव्य गरि तीन पुस्तक एकैदिन विमोचन गरियो। प्रमुख अतिथि परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल ‘ओबीइ’ रहेको सो समारोहमा ति कृति विमोचन गरेको हो। मन्तव्यका क्रममा प्रमुख अतिथी धितालले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्न आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुका साथै बेलायतमा नेपाली भाषा साहित्यको विकासमा वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूके स्थापना गरेर  बेलायतमा नेपाली भाषा साहित्यको जग बसाउन विशिष्ट योगदान र इतिहास रचेको स्मरण गरेका थिए। डा. धितालले परिषद्का अध्यक्ष कवि कोमल मल्ल,समाजसेवीहरु ध्रुव केसी,गोपाल पौड्याल जस्ता सर्जकका पुस्तकरू प्रकाशन गरेर परिषदले नेपाली साहित्य विकासमा थप योगदान पुर्याएको चर्चा पनि गरे। प्रमुख अतिथि डा.धितालले परिषद्की सहअध्यक्ष कवयित्री डा.सुधा श्रेष्ठलाई प्रशंसापत्रद्वारा सम्मान पनि गरे। समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनी बारे प्रकाश पार्दै भाषा साहित्य विश्लेषक एवं कानूनविद डा. धर्म थापाले त्यसबेला अत्यन्त अविकसित समाज रहेको त्यो कालखण्डमा भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको मौलिक लहर चलाए। त्यो आफैंमा एक साहसिक कदम र यसले नेपाली साहित्यको यात्रा तथा सामाजिक चेतना एवं एकता जागरण गर्न महत्वपूर्ण योगदान पुरयाएको टिप्पणी गरे। थापाले विश्वलाई नेपालले मानव समाजका लागि अतुलनीय संस्कृति दिएको चर्चा गर्दै आलोचकहरूले भानुभक्तका नारीमा समर्पित केही उपदेश मुलक कविताहरूको गलत अर्थ्याएर आलोचना गर्ने गरेपनि यथार्थमा आदिकविले नारी सम्मान र अस्मिता रक्षाको पक्षमा ती कविताहरू रचेका स्मरण गरे। परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले परिषदले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्दै नेपाली पहिचान युग युगसम्म जीवन्त राख्न नेपाली भाषा साहित्य, संस्कृति जस्ता चिनारीहरू जोगाउंदै लैजानुपर्ने औचित्यतर्फ जोड दिए। यसअघि परिषद्का पूर्व

यसपाली को world Cup कसले जित्ला?