Saturday March 22, 2025

प्रवास

नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा मेजर योगेश राई

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाल आदीबासी जनजाती महासंघ युकेको  ५औ महाधिबेसन हालै भब्य सम्पन्न भएको समाचार छ।  महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता सम्पन्न महाधिबेसनमा नेपाली दूतावास लन्डनकीउपनियोग प्रमुख रोशन खनालको प्रमुख अतिथी रहनु भयको र आइतबार तमु धीं भवन मिचेटमा सम्पन्न भएको थियो। अधिवेशन प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनाल,अध्यक्ष कर्मा पहाडी शेर्पाले दिपप्रज्वलन गरेर उद्घाटन गर्नु भयको थियो। महासंघको पाँचौं महाधिवेशनले मेजर राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा मेजरयोगेश कोयी राई चयन भयको सो महासंघको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विमला राई, महासचिवफामबहादुर दुरा,सचिव इन्द्रजंग दुरा चयन भएका छन् ।सदस्यहरुमा हाललाई जीत मेन्याङ्बो, विजयलिङ्थेप चयन भएको निर्वाचन समितिका प्रमुख आयुक्त एकेन्द्र गुरुङले जानकारी दिनु भयको थियो।उहाका अनुसार बाँकी पदाधिकारी र सदस्य पछि थप्ने गरी सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएकोहो । अधिवेशन उद्घाटन सत्र, बन्दसत्र र घोषणासभा गरी तीन चरणमा सञ्चालन गरिएको सो कार्यक्रममा नेपालराष्ट्रिय गीत र आदिवासी जनजागतिको राष्ट्रिय गान बजाइएको थियो। अहिलेसम्मका आदिवासी जनजातिआन्दोलनमा क्रममा प्राण आहुति दिनेहरुको सम्झनामा दुई मिनेट मौनधारणा गरिएको थियो।  महासंघकी उपाध्यक्ष लीला सेलिङ माबोले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव विमला सेनेलेसञ्चालन गर्नु भयको थियो। त्यसपश्चात “नेफिन युकेको डेढ दशक” स्मारिका विमोचन गरिएको थियो ।स्मारिकामा नेफिन स्थापनाको १५ वर्षमा भएका गतिविधि साथै आबद्ध जातीय संस्थाको परिचय समेटिएकोछ।   महाधिवेशनमा गोर्खा आन्दोलनका अभियन्ता ज्ञानराज राई,नेफिन युकेका संस्थापक अध्यक्ष थर्कराना,पूर्वअध्यक्ष जंग सुनुवार,तमु धीं युके अध्यक्ष हरि गुरूङ,फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशीमगर,निवर्तमान अध्यक्ष गोमा राना,नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष नेत्रकला युमालिम्बु,किरात राई यायोक्खा नेपाल धनकुटाका अध्यक्ष उद्धव राईलगायत महासंघ आबद्ध जातीय संघसंस्थाका प्रमुख, प्रतिनिधि,बेलायतमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरु,नेफिन युकेकासल्लाहकार तथा प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो। उद्घाटनसत्र सकिए लगत्तै बन्दसत्र भएको थियो । त्यसक्रममा विभिन्न प्रतिवेदनमाथि छलफल गरी प्रतिबेदन पारित गरिएको थियो। त्यसपछि प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले सबैलाई धन्यवाद दिएर नयाँकार्यसमिति घोषणा गरीएको र नवनिर्वाचित कार्यमितिलाई आइतबार नै प्रमाणपत्र दिने र पद तथागोपनियताको शपथग्रहण गराइएको थियो। नवनिर्वाचित अध्यक्ष मेजर योगेश राईले आफूलाई छनोट गरेकोमा धन्यवाद दिँदै इमानदारिताका साथजिम्मेवारी निभाएर संघलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पालेआफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए भने नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाटसहयोग रहने वचनबद्धता गर्दै बधाई ज्ञापन गरेका थिए। नयाँ कार्यसमिति सहमतिको आधारमा छनोट गरी निर्वाचन सफल पारेकोमा प्रमुख आयुक्त एकेन्द्रगुरुङ,सदस्यहरुलाई महासंघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो। निर्वाचन समिति सदस्यमानिवर्तमान अध्यक्षहरू ले.श्रीप्रसाद लिम्बू, जंग सुनुवार,सल्लाहकारहरू विश्वासदीप तिगेला र एभरेष्ट टाइम्सका सम्पादकदुत पुन थिए। श्रोत-गोर्खा मिडीया।

नेपाली ओपन कन्सर्टले युकेको केन्ट नेपालमय

शीतलपाटीन्युज डटकम। लन्डन ।मगर संघ युकेद्वारा शनिबार बेलायतको मेडिस्टोन केन्टस्थित केन्ट सो ग्राउन्डमा आयोजित नेप्लिज ओपन कन्सर्ट भब्य सम्पन्न भयको छ।लामाले बिसाल रुपमा उपस्थित दर्शकलाई आफ्ना एक दर्जन गीत गाएर मनोरन्जन दिए। सो मनोरन्जन दिने अरु नभएर मंगोलियन हार्ट ब्यान्डका लोकप्रिय गायक राजु लामा थिए।गायक राजु लामाको सांगीतिक प्रस्तुतिले बेलायतका दर्शक झुमेका थिए र केन्ट शहर नेपालमय बनेको थियो। मेरो नेपाल बोलको गीतको गीत गाउँदै नेपाली राष्ट्रिय झण्डा बोकेर स्टेज चढेका गायक लामाले करिब दुई घण्टा गाएका थिए। तिमीलाई देखेर,पर्खाइमा,हल्ला चलेछ,सायद तिम्रो बाटोमा,बिस्तारै बिस्तारै,बादल पारिको देशबाट,हरियो भन्नु,सुम्निमा,नतानु त तानु लाग्ने लगायत गीत गाएर दर्शकहरुलाई लामाले भरपुर मनोरन्जन दिएका थिए। लामालाई बेलायतको स्थानीय सिक्का ब्यान्डले लाइभ म्युजिकमा साथ दिएको थियो।लामाले गाउनुअघि सिक्का ब्यान्डले पनि केही गीत प्रस्तुत गरेको थियो भने नेपालबाट आएका अन्य कलाकारहरू नेशन पुन,यज्ञ विक,मुना थापामगर,ललिता पुन र प्रेम विवश घर्तीमगरले पनि गीत गाएर कार्यक्रममा मनोरन्जनात्मक उर्जा थपेका थिए। मगर गट ट्यालेन्ट २०२४ की विजेता रुबिया थापा,मिफ्रुरुङ युथ समूह र मगर संघ केन्ट शाखाका कलाकारहरूले नृत्य प्रस्तुत गरेर उल्लासमय बनाएका थिए। नेपाली ओपन कन्सर्टको औपचारिक कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल प्रमुख अतिथि रहनु भयको थियो भने अध्यक्ष सीता पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव गुमानसिंह थापाले संचालन गर्नु भयको थियो। यस्तै,स्थानीय मेडिस्टोन काउन्सिलका मेयर,गैरआवासीय नेपाली संघका अध्यक्ष प्रेम गाहा मगर,नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मापहाडी शेर्पा,तमु धीं युकेका अध्यक्ष हरि गुरुङ,मगर संघ युकेका संरक्षक घनबहादुर थापा,पूर्व अध्यक्षहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथिका रूपमा उपस्थित थिए। स्वागतका क्रमा अतिथिहरूलाई मगरहरूको लाइभ कौरा बजाउँदै,गाउँदै, नाच्दै स्टेजमा लगेर आसन ग्रहण गराईएको थियो। सांस्कृतिक संयोजक सरू राना गुरुङले संचालन गरेको सांस्कृतिक कार्यक्रममा मिस युके नेपाल सिर्जना गुरुङ,दीपक माइथाने,रूपा राना र नुनु पाइजा समेतले सहयोग पुर्याएका थिए। प्रतिकूल मौसमका बावजूद पनि दर्शक कार्यक्रमको अन्तिमसम्म धैर्यधारण गरेर राजु लामाको प्रस्तुतिमा नाचेका थिए। करिब ४ हजार दर्शक रहेको सो कन्सर्ट ग्राउण्ड झकिझकाउ सजाइएको थियो भने नेपाली मिठा मिठा परिकार खान लामो लाईनमा बसेर रमाई रहेको देखिन्थ्यो।  नेपाल मगर

तमु समाज युकेको अध्यक्षमा समाजसेबी बिन्दु घले निर्वाचित

शीतलपाटीन्युज डठकम। लण्डन। तमु समाज युकेको १५ जुन २०२४ मा बसेको साधारणसभा मार्फत गठित निर्वाचन समितीले तमु समाज युकेको अध्यक्षमा बिन्दु घले निर्बिरोध चयन भएकी छन। शनिबार बर्हाम पार्क बेम्बली स्थित तमु समाज युकेको सामुदायीक भवनमा १७ औ साधारणसभा एवम ७ औ महाअधिबेसनले बिन्दु घलेको नेतृत्वमा नया कार्यसमिती चयन भयको हो। यसै गरि संस्थाको बरिष्ठ उपाध्यक्षमा भिम बहादुर गुरुङ,द्वितीय उपाध्यक्षमा केदार बहादुर गुरुङ,तृतिय उपाध्यक्षमा मीरा गुरुङ चयन भयका छन। यसै गरि महासचिवमा सुब घले,कोषाध्यक्षमा चन्द्रकान्त गुरुङ लगायत कार्यसमितीको २१ बटा पदाधिकारी सबै पद निर्बिरोध निर्वाचित भयको कुरा निर्वाचन समितीले जनाएको छ। नया कार्यसमिती चयन गर्न प्रमुख आयुक्त अर्जुन कुमार गुरुङ रहनु भयको थियो भने आयुक्त शिवचन्द्र गुरुङ,सचिवमा गोपीराम गुरूङ र माया गुरुङ तथा सदस्यमा कन्या प्रसाद गुरुङ रहेको समिती गठन गरियको थियो। साथै  सल्लाहाकारहरु,पदाधिकारीहरु,शुभचिन्तक र साधारण सदस्यहरुको भब्य उपस्थिती रहेको सो साधारण सभामा पेश भयका आर्थिक प्रतिबेदन,महासचिबको प्रतिबेदन पास भयको थियो। समाजसेबी चित्र बहादुर गुरुङ संस्थापक रहेको यो तमु समाज युके ३० सेप्टेम्बर २००७ मा खुलेको हो। तमु समाज युके " सेवा नै धर्म हो" भन्ने मुख्य सोच राखेर खुलेको संस्थामा शिव कुमार गुरुङ निवर्तमान अध्यक्ष थिए।

चितवनका असहाय बालबालिका लागि चितवन एड ट्रष्ट युकेले भब्य च्यारीटी गर्दै

शीतलपाटीन्युज डटकम। लन्डन । चितवनका असहाय बालबालिकाको सहयोगार्थ कोष अभिवृद्धि गर्न र सहयोग गर्न बेलायतको एउटा च्यारिटी संस्था चितवन एड ट्रष्ट यूकेले लन्डनमा फायर वाक (Fire Walk) गर्ने भएको छ। आउंदो २८ जुलाई २०२४ साँझ उक्त पृथक किसीमको च्यारिटी डिनर हुन लागेको हो।सो कुरा नर्थ ह्यारोस्थित सारस रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो  कार्यक्रमको घोषणा गरेका हुन। सो Fire Walk का अवसरमा सांस्कृतिक कार्यक्रम र चितवनबाट बेलायत आएर समाजमा विशेष योगदान गर्ने ५ जना व्यक्तित्वलाई सम्मान पनि गरिने प्रेषमीटमा बताईएको थियो। सो प्रेसमीटमा ५०० जना अट्ने ब्लु रुम स्पोर्टस् भेन्यू ह्यारोमा सो कार्यक्रमका लागि प्रवेश शुल्क ३५ पाउण्ड तोकिएको छ,जसमा डिनर पनि उपलब्ध हुनेछ। अण्डर ५ का लागि प्रवेश निशुल्क छ । कार्यक्रम संयोजक कृष्ण गुरुङले आगोमा हिंड्नु मानिसका लागि लाभदायक भएको बताउंदै कार्यक्रममा सहभागी हुन अपिल गर्नु भयको थियो। संयोजक गुरुङले डायष्पोरामा Fire Walk अवसर प्रदान गर्न फायर वाक यूके कम्पनीको सहकार्यमा यस्तो इभेन्ट गर्न लागिएको बताउनु भयको छ। फायर वाक इन्सट्रक्टर तालिम र अनुभव लिएका गुरुङले आगोमा हिंड्दा सेल्फ इम्पावरमेन्ट, पोजिटिभिटी,निर्णय गर्न सक्ने आत्मविश्वास बढ्ने बताउनु भयको छ।आउट डोरमा हुने उक्त फायर वाकका लागि ‘हेल्थ एण्ड सेफ्टी’ मापदण्ड पुरा र इन्सुरेन्स समेत गरिने बताउनु भयको छ। चितवन एड ट्रष्ट युकेका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा भयको सो प्रेषमीट कार्यक्रममा सहभागी भइदिन सबैमा अपिल गर्दै अध्यक्ष तिवारीले नेपालका राष्ट्रियस्तरका कलाकारको समेत प्रस्तुति रहने बताएका थिए। प्रेषमीटमा ट्रष्टी यादव श्रेष्ठले सन् २००४ मा स्थापित चितवन एड ट्रष्ट यूकेले गरेका गतिविधिबारे जानकारी दिएका थिए। श्रेष्ठले भरतपुर अस्पतालमा ब्लड उपलब्ध गराउने उद्देश्यबाट शुरु संस्थाले स्वास्थ्य र शिक्षामा सहयोग गरिरहेको बताए।अयोध्यापुरी माडीमा एम्बुलेन्स,भूकम्पका बेला राष्ट्रिय प्रावि स्कुल पुनर्निर्माणमा करिब १३ हजार पाउण्ड सहयोग,स्वास्थ्य घुम्ती शिविर,भरतपुर अस्पतालमा आइ बैंकका लागि सहयोग, भरतपुर- ४ मा अपांगमैत्री पुस्तकालयका लागि सहयोग जस्ता कार्यमा करिब एक लाख एक हजार पाउण्ड सहयोग गरिसकेको जानकारी दिएका थिए। संस्थाले यसबाहेक चितवनस्थित विपन्न वर्गका एकसय विद्यार्थीलाई पाठ्य सामग्री सहयोग र लन्डनमा ब्लड डोनेसन समेत गरेको समेत बताएका थिए। भरतपुर

एनआरएनए अभियन्ता गौरी जोशीलाई बेलायतमा स्वागत र अन्तरक्रिया

शीतलपाटीन्युज डटकम। लण्डन- अमेरिका बसेका गैरआवासीय नेपाली संघको (एनआरएनए) अभियन्ता एवम् अन्तरराष्ट्रिय समन्वय परिषदको दुई कार्यकाल महासचिव सफलता पुर्वक सम्पन्न गरेका गौरी जोशीसंग अन्तरक्रिया गर्दै यूकेमा स्वागत तथा सम्मान गरिएको छ। एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भयको स्वागत र अन्तरक्रिया कार्यक्रम एनआरएनए यूके आइसीसी सदस्य दिलराज गुरुङले संचालन गरेको थिए। कार्यक्रममा बोल्दै जोशीले गैरआवासीय नेपाली संघलाई विगतमा जस्तै एकजुट भएर अघि बढेको देख्न चाहेको बताउदै ‘अदालतको निर्णय र फैसलाको पूर्ण पाठ नआइ सकेका बताउदै संघ अहिले अन्योल र निस्क्रिय छ, फैसलाको पूर्ण पाठ अध्ययन गरेर संघलाई सबै मिलेर जीवन्तता दिनुपर्छ। नेपाल र विदेशमा बस्ने नेपालीहरुलाई जोड्ने महत्वपूर्ण संस्थाको रुपमा रहेको एनआरएनएलाई अघि बढाउन नयाँ नेतृत्व,नयाँ सोच र नयाँ पुस्तालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने,विगतमा गल्ती सबैबाट भएको छ,गल्ती सबैले स्वीकार्नुपर्छ गल्ती,तर गल्ती बारम्बार दोहोरिनुहुन्न’ जोशीले धारणा थिए। एनआरएनएले देशका लागि धेरै काम गरेको र अझै गर्नुपर्ने बताउंदै उनले कोभिडका बेला  ग्लोबल फण्डका लागि बेलायतको भूमिकाको स्मरण गर्दै आफ्नो नेतृत्वमा ब्लड बस बैंकको संचालन गरेर ५ वटा प्रदेशमा राहत पुर्‍याएको उल्लेख गर्दै यस्ता कार्य गरेर गैर आवासीय नेपाली संघ र नेपालबीचको सम्बन्धलाई मजबुत बनाउन पर्ने राय ब्यक्त गरेका थिए। एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ,एनआरएनए यूकेका पूर्व अध्यक्ष एवम् समाजसेवी सूर्य गुरुड्ग, एनआरएन युके पुर्व प्रमुख सॅरक्षक शेर सुनार,शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरका अध्यक्ष विक्रम भट्टराई,नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार परियार समेतले संबोधन गर्दै संघका पूरानो कुरा बिर्सिएर संस्थालाई अघि बढाउन आग्रह गरेका थिए। उक्त कार्यक्रममा एनआरएनए अभियन्ता योगेन क्षेत्री,गोरखा जिल्ल्ला समाज युकेका अध्यक्ष हेम कुमार गुरुङ, नेपाल नर्सिड्ग एसोसीयसनकी पुर्व अध्यक्ष प्रसुना कंडेल,तमुधि युकेका उपाध्यक्ष कमल कोने गुरुङ,पुर्व डिएसपी बाचस्पति रेग्मी,नेपाल पत्रकार महासंघ युकेका महासचीव नरेन्द्र बस्नेत, समाजसेवी बीरेन खड्का लगायतको उपस्थिति थियो ।  गत साता परिवारसहित यहाँ आएका जोशी लिभरपुल, स्कटल्यान्ड लगायत विभिन्न स्थानको भ्रमण र केही अनौपचारिक भेटघाटमा शनिबार अमेरिका प्रस्थान गरेको समाचार छ।

बेलायती राजाको जन्मोत्सवमा पूर्व गोरखा सैनिक हरि बुढामगर MBE द्वारा सम्मानित हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायती राजा चार्ल्स तृतीयको शुभजन्मोत्सवका अवसरमा बेलायतमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावहरूलाई प्रदान गरिएको पदवी पूर्व गोरखा सैनिक हरि बुढामगरले पनि पाउने भएको समाचार छ। शुक्रबार बेलुका सार्वजनिक गरिएको सो पदक पाउनेहरूको सूचीमा बुढामगरले MBE पाउने भएको हो। अपाङ्गताका बारेमा जनचेतना फैलाएकोमा मेम्बर अफ अर्डर अफ ब्रिटिश एम्पायर (MBE) पदवी प्रदान गरिने घोषणा गरिएको हो। बुढामगरले गत वर्ष २०२३ मई १९ मा सगरमाथाको सफल आरोहण गरेका थिए।बुढामगरले घुँडाभन्दामाथि गोडा गुमाएका व्यक्तिहरु मध्ये सबैभन्दा पहिले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकोमा गिनिस बुक अफ वर्ल्ड रेकर्ड पनि कायम गरेका छन् । रोल्पा मिरुलमा जन्मेका बुढामगरले बेलायती सैनिकमा कार्यरत हुँदा कामको सिलसिलामा सन् २०१० मा अफगानिस्तानको हेल्मण्डमा खटिएको बेला दुश्मनको एम्बुसमा परेर दुवै गोडा घुँडाभन्दा मुनि सबै गुमाएका थिए। सो दुर्घटनाको उपचारपछि उनले बेलायत लगायत विभिन्न स्थानहरूमा अपाङ्ग भएपछि केही गर्न सकिन्न भन्ने परम्परागत मानसिकता हटाउन र अपाङ्गहरूले पनि केही गर्न सकिन्छ भन्ने प्रेरणा दिदै प्रवचन दिने,साहसिक खेलमा सहभागी हुने,सामाजिक तथा व्यावसायिक कार्यमा सक्रिय रहेर समाजमा उच्च मनोबल दिएका थिए। सगरमाथा सफलता पुर्वक चढेका उनी अहिले सबै महादेशका अग्ला हिमाल चढ्ने अभियानमा लागेको समाचार छ।

पशुपतिनाथ मन्दिरमा आजबाट चारवटै ढोका दर्शन गर्न खुल्यो

शीतलपाटीन्युज डटकम। काठमाडौं– आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन्। पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८:३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिएको हो । चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोर क्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको कोषले जनाएको छ।  अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुनेछ। यसभन्दा पहिला उत्तर, पूर्व,दक्षिणका ढोका बिहान ९:३० बजेदेखि ११:३० सम्म खुला गरिँदै आएको थियो। यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो । (खबरहव डटकम)

"फेबरेट सेफ"प्रतियोगितामा नेपालका अर्जुन थापा उत्कृष्ट १० मा

शीतलपाटीन्युज डटकम। काठमाडौँ । उत्कृष्ट व्यञ्जन तथा परिकारका सृजना प्रस्तुत गर्ने सम्बन्धी अमेरिकी प्रतिस्पर्धा ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा नेपालका अर्जुनबहादुर थापा उत्कृष्ट १० भित्र परेका छन्। तनहुँ मूलघर भई हाल बेलायतमा बस्दै आइ रहेका थापा यो प्रतियोगितामा अब उत्कृष्ट ५ जना सेफका लागि प्रतिस्पर्धामा छन्।झण्डै सय जना मध्येबाट १० उत्कृष्टमा छनौट भइसकेको छु अबको बाँकी निर्णय खानाका पारखीहरुको भोटमा निर्भर रहने छ,राजधानी काठमाडौंमा प्रतियोगितामा सहभागी रहेका सेफ थापाले बताएका छन। फेबरेट सेफ विश्वभरका पाककला सृजना गर्ने सेफ तथा भान्सेहरुको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो। प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरुबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिएको हुन्छ। विश्वभरका ८९ देशका सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा उत्रिका छन्। यो प्रतियोगितामा विजेतालाई २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा फोटो समेटिन्छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ। बेलायत र स्विट्जरल्यान्डमा गरी १७ वर्ष विदेशमा एशियाली खान्कीहरुमा समय बिताइ सकेका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि जितेका थिए।

प्रहरीमा स्टाफ कलेजको राम्रो शुरूवातको स्वागत गर्दछु: अध्यक्ष बसन्त राज कुंवर

बसन्त राज कुंवर, काठमाण्डौ। पद बडे संगै क्षमता बड्नु पर्दछ तर प्रहरीमा मैले २३ बर्ष जागिर खॉदा के देंखें भने पद बडे संगै क्षमता बड्नु पर्दछ भन्ने कुराको महशुश भएन। सिंगापुरमा पारलामेन्ट मेम्बर भए पछी खास तालिममा जानु पर्दछ रे। म जुन संगठन नार्कोनन्मा काम गर्छु त्यहा माथि जान तालिम नगरी संभब नै छैन।  क्षतमातालिम,अनुभब,पुस्तक,अध्ययन देखेर सुनेर बड्दछ तर कुनै खास पदका लागी कुनै खास क्षमता बडाउन शिला खोजेझै गरी ज्ञान खोजेर हुदैन बल्की सुपर मार्केटमा झै खास स्थानमा पुगी आफुलाइ चाहिने ज्ञान प्राप्त हुनु पर्दछ।  यस्तो खास स्थान भनेकै तालिम केन्द्र वा प्रशिक्षण  स्थान हुन्  र ज्ञानका सामाग्री भनेकै कोर्ष हो। मेरो ब्याचमा अहिले पनि हेर्यो भने मेरो जत्तीको तालिम सेमिनार प्रमाणपत्र सायदै अरुको होला तर पदोन्नतिमा हामि संधै आफु भन्दा कम तालिम प्रशीक्षण भएकाहरुसंग पिछडीदै गयौं किनकी प्रहरीमा २०५० साल पछी तालिमका कुनै महत्व नै थिएन। महत्व थियो भने केबल राजनैतिक पहुच, प्रधान मंन्त्री,मंन्त्री,सचीब र आइजिपीको कोटा पैसा दिन सक्ने र गुटको सदस्य हुने क्षमता। यस कुरा लाइ रोक्न सक्ने ब्यारीएर पनि थिएन किनकी जो प्रहरी प्रमुखमा पुग्न खोज्नेहरु हुनुहुन्थ्यो वा जो पुग्नु भयो “ उहाहरु पनि यिनै क्षमता वा कारणबाट माथि जान सक्ने अबस्था थियो।” अहिलेको स्टाफ कलेज र ब्यारीयरले अब ती गलत अभ्यास वा प्राक्टीसमा केहि बैरीएर हाल्ने छ। अब चलखेल गरे पनि ती तालिम पुरा गरेकाहरु बिच मात्र चलखेल हुने छ। माथिल्लो पदमा जान यो तालिम अनिबार्य भए पछी चाहे सो तालिमबाट पास हुने हुन् वा फेल हुने हुन् ,सबैले केहि न केही मात्रामा पढ्नै पर्ने हुन्छ र केहि न केही जान्नै पर्ने हुन्छ।  केहि न केही सिक्नै पर्ने हुन्छ। केहि न केहि लेख्नै पर्ने  हुन्छ र यस्ता कामले अफीसरहरुको पक्कै पनि पहिलेको भन्दा ज्ञान सिप र क्षमता बृद्धी हुन्छ। यस ब्यबस्था पश्चात पदोन्नतिमा तालिम अनिबार्य गरी दियपछी एका तर्फ त्यसैको ग्रेडको आधारमा पदोन्नतीको सुची बनाउन सजिलो हुन्छ भने अर्को तर्फ तालिम गर्न नसकेका वा पछी परेकाहरुले पनि अहिलेको जस्तो  गरी

प्रहरीमा स्टाफ कलेजको राम्रो शुरूवातको स्वागत गर्दछु: अध्यछ बसन्त राज कुॅवर

बसन्त राज कुॅवर काठमाण्डौ। पद बडे संगै क्षमता बड्नु पर्दछ तर प्रहरीमा मैले २३ बर्ष जागिर खॉदा के देंखें भने पद बडे संगै क्षमता बड्नु पर्दछ भन्ने कुराको महशुश भएन। सिंगापुरमा पारलामेन्ट मेम्बर भए पछी खास तालिममा जानु पर्दछ रे। म जुन संगठन नार्कोनन्मा काम गर्छु त्यहा माथि जान तालिम नगरी संभब नै छैन।  क्षतमातालिम,अनुभब,पुस्तक,अध्ययन देखेर सुनेर बड्दछ तर कुनै खास पदका लागी कुनै खास क्षमता बडाउन शिला खोजेझै गरी ज्ञान खोजेर हुदैन बल्की सुपर मार्केटमा झै खास स्थानमा पुगी आफुलाइ चाहिने ज्ञान प्राप्त हुनु पर्दछ।  यस्तो खास स्थान भनेकै तालिम केन्द्र वा प्रशिक्षण  स्थान हुन्  र ज्ञानका सामाग्री भनेकै कोर्ष हो। मेरो ब्याचमा अहिले पनि हेर्यो भने मेरो जत्तीको तालिम सेमिनार प्रमाणपत्र सायदै अरुको होला तर पदोन्नतिमा हामि संधै आफु भन्दा कम तालिम प्रशीक्षण भएकाहरुसंग पिछडीदै गयौं किनकी प्रहरीमा २०५० साल पछी तालिमका कुनै महत्व नै थिएन। महत्व थियो भने केबल राजनैतिक पहुच, प्रधान मंन्त्री,मंन्त्री,सचीब र आइजिपीको कोटा पैसा दिन सक्ने र गुटको सदस्य हुने क्षमता। यस कुरा लाइ रोक्न सक्ने ब्यारीएर पनि थिएन किनकी जो प्रहरी प्रमुखमा पुग्न खोज्नेहरु हुनुहुन्थ्यो वा जो पुग्नु भयो “ उहाहरु पनि यिनै क्षमता वा कारणबाट माथि जान सक्ने अबस्था थियो।” अहिलेको स्टाफ कलेज र ब्यारीयरले अब ती गलत अभ्यास वा प्राक्टीसमा केहि बैरीएर हाल्ने छ। अब चलखेल गरे पनि ती तालिम पुरा गरेकाहरु बिच मात्र चलखेल हुने छ। माथिल्लो पदमा जान यो तालिम अनिबार्य भए पछी चाहे सो तालिमबाट पास हुने हुन् वा फेल हुने हुन् ,सबैले केहि न केही मात्रामा पढ्नै पर्ने हुन्छ र केहि न केही जान्नै पर्ने हुन्छ।  केहि न केही सिक्नै पर्ने हुन्छ। केहि न केहि लेख्नै पर्ने  हुन्छ र यस्ता कामले अफीसरहरुको पक्कै पनि पहिलेको भन्दा ज्ञान सिप र क्षमता बृद्धी हुन्छ। यस ब्यबस्था पश्चात पदोन्नतिमा तालिम अनिबार्य गरी दियपछी एका तर्फ त्यसैको ग्रेडको आधारमा पदोन्नतीको सुची बनाउन सजिलो हुन्छ भने अर्को तर्फ तालिम गर्न नसकेका वा पछी परेकाहरुले पनि अहिलेको जस्तो  गरी

लामिछाने,सहकारी र रा स्व़ पा भबिस्य मेरो हेराईमा : सुरज श्रेष्ठ

सुरज श्रेष्ठ, राजनीति हो,यो ब्रुटल हुन्छ र प्रतिस्पर्धीलाई सखाप नै पार्नेगरी यो खेल खेलिन्छ! राजनीति सत्ता र शक्ति प्राप्तीकै लागि गरिने खेल पनि हो! तर,डेमक्रटिक सिस्टममा यो खेलको पनि केहि नियम,भ्याल्यु र सीमाहरु हुन्छन् जुन यस्का खेलाडीहरुले अबलम्बन गर्न जरुरी छ। सहकारी छानबिन समिति बनिसकेछ अहिले तर लामिछाने हुन् व़ा अरु संसदमा बहुमत हुदैमा र सत्ता शक्तिमा बस्दैमा एक राजनीतिक पदमा बसेको ब्यक्तिले कुनै जनसरोकारको बिषयमा प्रश्न उठेपछि आफूमाथि छानबिन हुनै हुदैन भन्नु आफूलाई कानुन माथि भएको आभास दिलाउने एक अउथरिटरिअन अभ्यास मात्र हो र संसद अबरोध गर्ने अभ्यास पनि राम्रो डेमक्रटिक अभ्यास होईन। नेपालको राजनीतिका अधिकांश पुराना खेलाडीहरु झै देखिदैछन् लामिछाने पनि। उनले सहकारी ईस्यूमा जुन अडान लिईरहेको र आफूमाथि छानबिन नगराउन सत्ताशक्तिको बलमा जे जस्ता झोलझाल तर्कहरु दिईरहेको देखें, यसले उनकै ब्यक्तिगत र राजनीतिक उचाईलाई गिराएको छ भन्ने लाग्छ मलाई! उदाहरणको लागि, अघिल्लो निर्वाचनमा बेलायतमा बस्ने धेरै नेपालीहरुले लामिछाने र उनको पार्टीलाई भरपुर सहयोग गरेको पाएको थिएँ मैले! धेरैले नेपालमा बस्ने आफ्नो परिव़ार, आफन्त र साथीभाईलाई उनको पार्टीमा मतदान गर्न आब्हान गरेका थिए! तर लामिछानेको यस्ता गतिबिधिबाट उनी र उनको पार्टीलाई समर्थन गर्ने धेरै बेलायतबासी नेपालीहरु उनी र उनको पार्टीबाट बिच्किएको पाएको छुँ अहिले! सम्भबतःधेरै बेलायतबासी नेपालीहरुले अर्को निर्व़चनमा उनी र उनको रा स्व़ पा पार्टीलाई त्यसरी सहयोग गर्ने छैनन्!  नेपाल भित्रै पनि, सामाजिक सन्जालहरुमा देखिएका उनका केहि समर्थकहरु बाहेक, नेपालमा डेमक्रसी, कानुनी राज्य र सिस्टम बसेको देख्न चाहने सचेत नेपालीहरुले लामिछानेको यस्ता हर्कतहरु मन नपराएको पाएको छु मैले! भरखरै भएको ईलामको चुनावी परिणामले पनि यो कुरा ईन्गित गरिरहेछ! मान्छेको जात हो, पदको लोभ सबैलाई हुन्छ तर दीर्घकालिन भलाईको लागि राजनीतिमा अल्पकालिन स्याक्रिफाईस गर्न पनि तयार हुनुपर्छ राजनीतिक पार्टीका नेताहरुले! राजनीतिमा कहिलेकाहि दुई कदम अघि बढ्न एक कदम पछि हट्नु पनि बुद्दिमता हुन्छ!  लामिछाने र रा स्व़ पालाई जनताले सरकारमा जाने म्यान्डेट दिएकै होईन! अघिल्लो चोटी सरकारमा गएर उनीहरुले गल्ती गरे! फेरि सरकारमा गएर दोस्रो गल्ति गरे! त्यसमाथि, लामिछानेको सांसद पद गुम्दा रा स्व़ पा पुरै पार्टी नै सरकारबाट

गोरखाली समाज युकेको २० जुलाईमा बार्षिक भेला हुदै

शीतलपाटीन्युज डटकम। लण्डन।गोरखाली समाज युकेको अध्यक्ष हेम कुमार गुरुड्गको अध्यक्षतामा गोरखाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रम तय भयको र बिबीक्वु तथा भब्य सास्कृतिक कार्यक्रमका साथ भब्य हुने छ।सो कुरा समाजका अध्यक्ष हेम गुरुड्गले आफ्नो फेसबुकवालमा “गोरखाली समाज  युकेका आदरणीय संस्थापक अध्यक्ष तथा पुर्ब अध्यक्षज्युहरु,ट्रस्टिजज्युहरू, सल्लाहकारज्युहरु,कार्यसमितिका पदाधिकारीज्युहरू तथा सम्पूर्ण बुवाआमा,दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार” भन्दै निमन्त्रणा गर्नु भएको छ। उहाले निम्न मिति,समय र स्थानमा नेपालीहरुको मनमूटूमा बस्न सफल नेपाली राष्ट्रीय लोकदोहोरी कलाकारहरू गायक रबीन लामीछाने,गायिका रेजिना परियार,नायिका तथा डान्सर लक्ष्मी गुरुङको बिशेष प्रस्तुतिका साथ बिबिक्यु २०२४ तथा वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको यहाँहरु सबैलाई जानकारी गराउदै कृपया यस ऐतिहासिक कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थाको सम्पुर्ण पदाधिकारीज्युहरु लगायत् सम्पूर्ण नेपालीहरुमा हार्दिक अनुरोध गर्दछु भन्नु भएको छ। कार्यक्रम- मिति : - २० जुलाई २०२४, शनिवार  समय : -12:00 - 20:00 स्थान : - Samuel Cody School, Farnborogh, GU14 8SN  Entry fee :- Adult  : £25 Under : 6-12 years: £10 Under : 5 Free  साथै कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नका लागी यहाँहरुको उपस्थिति सँगसँगै संस्थालाई आर्थिक लगायत बिभिन्न सहयोग गरी कार्यक्रम सफल पार्न अध्यक्ष हेम कुमार गुरुड्ग र महासचीव गौतम गुरुड्गलाई सहयोग गरीदिनु हुन पनि कार्यसमिती परिवारलाई विशेष अनुरोध गरीएको छ।

गोरखाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रम तय, बिबीक्वु समेत भब्य हुने

शीतलपाटीन्युज डटकम। लण्डन।गोरखाली समाज युकेको अध्यक्ष हेम गुरुड्गको अध्यक्षतामा गोरखाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रम तय भयको र बिबीक्वु तथा भब्य सास्कृतिक कार्यक्रमका साथ भब्य हुने छ।सो कुरा समाजका अध्यक्ष हेम गुरुड्गले आफ्नो फेसबुकवालमा “गोरखाली समाज  युकेका आदरणीय संस्थापक अध्यक्ष तथा पुर्ब अध्यक्षज्युहरु,ट्रस्टिजज्युहरू, सल्लाहकारज्युहरु,कार्यसमितिका पदाधिकारीज्युहरू तथा सम्पूर्ण बुवाआमा,दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार” भन्दै निमन्त्रणा गर्नु भएको छ। उहाले निम्न मिति,समय र स्थानमा नेपालीहरुको मनमूटूमा बस्न सफल नेपाली राष्ट्रीय लोकदोहोरी कलाकारहरू गायक रबीन लामीछाने,गायिका रेजिना परियार,नायिका तथा डान्सर लक्ष्मी गुरुङको बिशेष प्रस्तुतिका साथ बिबिक्यु २०२४ तथा वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको यहाँहरु सबैलाई जानकारी गराउदै कृपया यस ऐतिहासिक कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थाको सम्पुर्ण पदाधिकारीज्युहरु लगायत् सम्पूर्ण नेपालीहरुमा हार्दिक अनुरोध गर्दछु भन्नु भएको छ। कार्यक्रम- मिति : - २० जुलाई २०२४, शनिवार  समय : -12:00 - 20:00 स्थान : - Samuel Cody School, Farnborogh, GU14 8SN  Entry fee :- Adult  : £25 Under : 6-12 years: £10 Under : 5 Free  साथै कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नका लागी यहाँहरुको उपस्थिति सँगसँगै संस्थालाई आर्थिक लगायत बिभिन्न सहयोग गरी कार्यक्रम सफल पार्न अध्यक्ष हेम कुमार गुरुड्ग र महासचीव गौतम गुरुड्गलाई सहयोग गरीदिनु हुन पनि कार्यसमिती परिवारलाई विशेष अनुरोध गरीएको छ।

मगर संघ युकेको निमन्त्रणामा "नेपालीओपन कन्सर्ट" का लागि बेलायत आए चर्चित गायक राजु लामा

शीतलपाटीन्युज डटकम। लन्डन ।मगर एसोसीयसन युकेको निमन्त्रणामा बेलायतवासी नेपाली समुदायमा लोकप्रिय 'नेपाली ओपन कन्सर्ट'मा प्रस्तुति दिन मंगोलियन हर्टका चर्चित गायक राजु लामा लन्डन आइपुगेका छन् । मगर संघ युकेको आयोजनामा यही जुन १५ तारिखमा मेडस्टोनस्थित केन्ट इभेन्ट सेन्टरमा हुने नेपाली ओपन कन्सर्टका लागि गायक लामा मंगलबार हिर्थो एयरपोर्टको टर्मिनल ३ आइपुगेका हुन् । उनलाई मगर संघ युकेकी अध्यक्ष सीता पुर्जा पुन मगर,कार्यक्रम संयोजक होम रोका, सचिव गुमान पुनमगर,युथ अध्यक्ष अनिल थापा,उपाध्यक्ष दिपक माइथाने मगर, सांस्कृतिक सचिव सरू राना गुरूङ लगायतले स्वागत गरेका थिए। गायक लामालाई आजै बेलुकी ५ बजे फानबोरोस्थित मगर भवनमा मगर संघ युकेलस स्वागत गर्ने जनाइएको छ । मगर संघ यूकेले सबै जातजाती, भाषाभाषीको पुलको रुपमा कार्य गर्दै 'म्युजिक फर युनिटी' नाराका साथ नेपाली कला र गला, नेपाली भाषा र संस्कृतिको लागि काम गरेको छ । (साभार-गोर्खा मिडीया)

तनहुँ समाज युकेको वार्षिक भेटघाट तथा समर बीबीक्यू २२ जुनमा हुने

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पश्चिम तनहुबाट बेलायत बसोबास गरेका नेपालीहरको संस्था तनहुँ समाज युकेको ग्रीष्मकालीन वार्षिक भेटघाट तथा समर बीबीक्यू २२ जुन २०२४ शनिबार हुने भएको छ। लण्डन फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा हुने सो भेटघाटमा पश्चिम नेपालको सांगीतिक प्रस्तुति रहने बताईएको छ।  कार्यक्रममा नेपालबाट आएका कलाकारहरू राजु ढकाल, सम्झना लामिछाने र सविता परियारले गाउने छन् भने अस्मिता रानाले नृत्य प्रस्तुत गर्ने आयोजकले जानकारी दिनु भएको छ साथै बेलायतमै रहेका तनहुँका चर्चित कलाकारहरू मनसुधन थापा, पवन रानाले पनि कार्यक्रमलाई मनोरन्जनात्मक बनाउने शीतलपाटीन्युजलाई समाचार प्राप्त भयको छ। बेलायतका स्थानीय कलाकारहरू सविता राना,रोनिशा आलेले पनि कार्यक्रममा प्रस्तुति दिने बताइएको छ। तनहुँ समाज युकेले हरेक वर्षको समरमा बेलायतमा रहेका तनहुँबासीहरु बीच वार्षिक भेला आयोजना गरी सामाजीक भेटघाट र मनोरन्जन लिदै आएको छ।  यसवर्षको भेला १७औँ भेला भयको र यसलाई भब्य बनाउन समीजले बिभिन्न कार्यक्रमके ब्यवस्था गर्दै रहेको अध्यक्ष केशरबहादुर रानाले बताउनु भयको छ।अध्यक्ष रानाले कार्यक्रममा उपस्थित भई पूर्ण रुपले मनोरञ्जन लिनुको साथै आफ्नो मातृजिल्लाको कार्यक्रमलाई भव्य र गरिमामय बनाइदिन यूकेका विभिन्न ठाउँमा बसोबास गर्ने सम्पूर्ण तनहुँङे आमा बुवा,दाजुभाइ, दिदीबहिनी तथा छोराछोरी भान्जाभान्जीहरुलाई अनुरोध गर्नु भएको छ।  आकर्षक पुरस्कारसहित राफल ड्र कार्यक्रम राखीएको र प्रथम पुरस्कार आधातोला सुन रहेको र अन्य ड्र हुने तथा थुप्रै आकर्षित पुरस्कारहरु रहेको आयोजकले जनाउनु भयको छ। यस्तै बेलुकासम्म बीबीक्युका साथै बफेट डिनर हुने आयोजकको भनाइ छ। कार्यक्रममा प्रवेशको टिकट दर वयस्क २५ पाउन्ड,ज्येष्ठ नागरिक २२ पाउन्ड,केटाकेटी ६-१२ वर्षकालाई १५ पाउन्ड र पाँच वर्ष मुनिकालाई नि:शुल्क व्यवस्था मिलाइएको अध्यक्ष रानाले बताउनु भयको छ। कार्यक्रमको ठेगाना-

पुर्ब प्रहरीहरु पनि आफ्नो पहिचान र अस्तीत्व खोज्दैछन्

बसन्तराज कॅुवर, काठमाण्डौ। मलाइ त्यो दिन अझै संझना छ,हामि इन्सपेक्टर थियौं,पुलीस क्लबमा कार्यक्रम हुन्थ्यो। त्यस कार्यक्रममा बिषेष डिनरमा लगाउने निलो पाइन्टमा फित्ता भएको,कॉधमा जरी भरीएको ट्युनिक लगाउनु पर्दथ्यो र हामि तल्ला अफीसर भएकाले भित्र सॉस्क्रीतीक कार्यक्रमम हेर्न पनि ठाउ पाउन गाह्रो हुन्थ्यो। जाडो यममा सबै बाहिर आगो छेउछाउ जम्मा हुदा हामि लाइ हिंउंमा बसेका पेन ग्विन चराको समुह झैं देखीन्थ्यो। सबै पाहुनाहरुले खाए पछी मात्र हाम्रो खाने पालो आउथ्यो।  घर बाट दिनको ३ बजे तिरै निलो कॉध भरी जरीबाला ट्युनिक लगाएर प्रहरी महीला संघको धोति चोलो लगाएकी श्रीमति लाइ साथ लिएर मोटर साइकल चढेर हीड्दा टोलमा फुर्ति फार्ती निक्कै  हुन्थ्यो तर आधा रात सम्म क्लब बाहीर पेनगुइन झै भएर जाडो याममा बाहीर भोकले सताएको अबस्थामा भने कहीले हाम्रो खाना खाने पालो आउला? भनी कुर्दा भने निक्कै कठिन हुन्थ्यो।  बल्लबल्ल हाम्रो खाने पाले आउथ्यो र खाना खाने स्थानमा एउटा अर्को पाटो देखीन्थ्यो।त्यॉहा पुर्ब प्रहरीहरुसंग पुनरमिलन भनेर केहि पुर्ब प्रहरी हरु (अफीसर हरु) पनि आमन्त्रण गरीएको हुन्थ्यो। मलाइ संझना छ त्यस बहालका अफीसर हरुको हुलमा केहि संख्यामा पुर्ब प्रहरी हरु पनि देखिनु हुन्थ्यो। एकपटक एक पुर्ब प्रहरी अफीसर खाना खाने स्थानमा आइपुग्नु हुदा रक्सीको नशाले चुर भै सक्नु भएको रहेछ र उहाले  टेबुलबाट खाना लिइ फर्कने क्रममा प्लेट झार्नु भयो र त्यसै प्लेट माथि आफु पनि लड्नु भयो। वॉहाको कपडा पुरै खराब भयो।प्लेट पनि फुट्यो । वरीपरी हामिहरु थियौ। केही अफीसरहरु जोड जोडले हॉस्न थाल्नु भयो। कोहीले भन्नु भयो “ यस्तो समाहरोहरुमा भुपुहरुलाइ नबोलाएको भए बेस हुन्थ्यो । कोहीले भन्नु भयो “फोकटको दारु पाए पछी यस्तै हुन्छ“।  म भरखरको इन्सपेक्टर थिंए र ति लड्ने पुर्ब प्रहरी ज्यु (पुर्ब डीएसपी साब) लाइ म चिन्दथें।उहालाइ उठाइयो तर पुर्ब प्रहरीहरु भनेको त्यस समाहरोहमा निक्कै अस्तीत्व हिन तर पुनरमिलनमा बोलाउनु पर्ने बाध्यताका पात्रहरु मात्र हुन् भने झै नै देखीन्थ्यो। मैले पनि त्यस्तै बुझे त्यस्तै सिकें। तर जब म आफै पुर्ब प्रहरी भंए मैले आफुलाइ त्यो अस्तीत्वहिन पात्र मान्न सकीन। म अरु लाइ पनि अस्तीत्वहिन पात्र भए्को देख्थीन

प्रा सूर्य सुवेदीको जीवनीमा आधारीत पुस्तक लन्डनमा विमोचन

GNNNEWS- लन्डन -  एक समारोहबीच अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद सुवेदीको जीवनी विमोचन गरिएको छ। लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा एनआरएनएका पूर्व सल्लाहकार कुल आचार्यले 'प्रा.सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म' नामक पुस्तक लोकार्पण गरेका हुन्।   साउथ एसिया टाइम अनलाइनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती खनालले नेपालमा सम्विधान निर्माणदेखि नेपाल सरकार विरुद्ध एनसेलको मुद्दामा महत्वपूर्ण सुझाव र सल्लाह दिएर प्रा सुवेदीले मुलुकलाई गुन लगाएको बताइन्।  उनले प्रा सुवेदीजस्ता विज्ञहरुको विद्वता नेपालको हितमा उपयोग गर्नु पर्नेमा जोड दिइन्। गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार कुल आचार्यले नेपालमा एमसीसी विवाद चर्कीरहेका बेला प्रा सुवेदीले व्याख्यात्मक टिप्पणी राख्न सुझाव दिएर विवाद सुल्झाउन योगदान गरेको सम्झना गरे। उनले नेपाल-भारत सीमा विवाद लगायतका विवाद समाधान गर्न प्रा सुवेदीले दिएको  सुझाव नेपालका लागि निकै उपयोगी भएको बताए। उनले पुस्तकका लेखक पत्रकारद्वय भगीरथ योगी तथा नवीन पोखरेललाई धन्यवाद पनि दिइन्। उक्त पुस्तकको बारेमा बोल्दै अक्सफोर्ड विश्वविद्यालयसंग आबद्ध अनुसन्धानकर्ता डा कृष्ण अधिकारीले लम्जुङ्गदेखि बेलायतसम्म प्रा सुवेदीको जीवन यात्रा रोचक र प्रेरणादायी रहेको बताए। उनले प्रा सुवेदीको जीवनी पढ्दा आफुलाई बझांगी राजा जयपृथ्वी बहादुर सिंहको सम्झना आएको बताए। उनले राजा जयपृथ्वी बहादुर सिंहजस्तै प्रा सुवेदी पनि अन्तरराष्ट्रियतावादी,मानवतावादी तथा कानूनी राज्यको पक्षधर भएको बताए। उनले प्रा सुवेदीलाई आफ्ना अनुभवहरु समेटेर अर्को पुस्तक लेख्न पनि सुझाव दिए।   'बेलायतको प्रगतिको साझेदारको रुपमा दक्षिण एसियाली डायसपोराको भूमिका विषयमा बोल्दै प्रा सुवेदीले ब्रिटेनका हरेक जसो क्षेत्रमा दक्षिण एसियाली समुदायले राम्रो प्रगति गरेको बताए। उनले   अन्य दक्षिण एसियाली समुदायभन्दा ढीलो बेलायतमा स्थायी बसोबास गर्न लागेको भए पनि नेपाली आप्रवासी समुदायले व्यापार व्यवसाय, सेवा र प्राज्ञिक क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको जनाए।   कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका 'डबल अबभ नी एम्पुटी'भूतपूर्व गोर्खा  हरि बुढा मगर,बार्नेट काउन्सिलका पूर्व डेपुटी मेयर लक्ष गुरुङ,कन्सलट्यांट नर्स सुमन श्रेष्ठ एमबीइ, डा कपिल रिजाल,उद्यमी योगेन क्षेत्री,उद्यमी उत्तम नेपाल,समाजसेवी रविन्द्र जंग लामिछाने,चर्चित कलाकार गोविन्द साह 'आजाद,’द मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाह,फेशन डिजाइनर संयुक्ता श्रेष्ठ,गायिका सितु खरेल,गोर्खा अभियानकर्ता ज्ञानराज राइ,एनआरएन अभियन्ता

बेलायतको अल्डरसटमा मनाइयो भब्य भिक्टोरिया डे,नौमती बाजा सहित शहर परिक्रमा

शीतलपाटीन्युज डटकम। लन्डन। हरेक बर्ष बेलायतकी महारानी भिक्टोरियाको सम्झनामा मनाइने ‘भिक्टोरिया डे’ भब्य मनाइएको छ। ८ जुनमा रसमुर बोरो काउन्सिल फानबोरोले अलडरसटमा भब्य मनाएको हो। कार्यक्रममा अल्डरसट कार्निभल परेड, सांस्कृतिक कार्यक्रम,प्रभातफेरी,बाजागाजा लगायतका कार्यक्रम प्रस्तुथ गरी 'भिक्टोरिया डे' मनाइएको थियो। सो क्रममा नौमती बाजासहित अल्डरसट शहर परिक्रमा गरिएको थियो। कार्यक्रममा ग्रेटर रसमोर नेपाली कम्युनिटी युके लगायत विभिन्न १३ भन्दा बढी संघसंस्थाले भाग लिएका थिए। रसमोर बरो काउन्सीलले आयोजना गरेको सो कार्यक्रमका लागि ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले समेत सहकार्य गरेको थियो। बेलायतमा सक्रिय विभिन्न नेपाली संघसंस्था र नेपाली दाजुभाइ दिदीबहिनीले ग्रेटर रसमोल नेपाली कम्युनिटी युकेको नेतृत्वमा भाग लिएका छन्। परेडमा बुद्धिस्ट कम्युनिटी सेन्टर (बिसीसी) युके,शिव कल्चर एन्ड कम्युनिटी सेन्टर,साई सेन्टर फार्नबोरो,लमजुङ समाज युके, तमु धीं युके, किरात राई यायोक्खा रसमोर शाखा,मगर संघ युके यूएचएसबी शाखा, किरात याक्थुङ चुम्लुङ रसमोर शाखा,गोर्खा आमा समूह एम्पायर,गोर्खा आमा समूह अल्डरसट, म खेल्छु,नवयुवा, रनिङ क्लब लगायत व्यक्ति,समाजसेवी,संघसंस्था, उद्यमी र व्यापारी लगायतको भब्य सहभागीता रहेको थियो। परेडमा सहभागीहरूले आ-आफ्नो नेपाली मौलिक भेषभूषा,तुल र व्यानरका साथ नगर परिक्रमामा भाग लिएका थिए। प्रत्येक वर्ष फरक-फरक तरिकामा हुने "भिक्टोरिया डे" यस वर्ष एनिमल थिममा भएको थियो। कार्यक्रममको समापन गर्दै ग्रेटर रसमुर नेप्लिज कक्युनिटी युकेका अध्यक्ष मान गुरुङले सहभागी संघसंस्था र स्वयम सेवकहरुलाई प्रसंसापत्र प्रदान गरेका थिए। कार्यक्रम संयोजक जीआरएनसी युकेका उपाध्यक्ष उत्तरबहादुर गुरूङ संयोजक,सहसंयोजकमा उपाध्यछ सुष्मा गुरूङ, बेलायतमा कार्यरत नेपाली पत्रकारहरु, स्थानिय बेलायती पत्रकारहरु उपस्थित रहेको सो कार्यक्रम भब्य रहेको थियो। अल्डरसटमा प्रत्येक वर्ष जुनमा भिक्टोरिया डे मनाइने गरिन्छ । महारानी भिक्टोरियाले बेलायतमा ६३ वर्ष २१६ दिनसम्म लगातार शासन गरेकी थिइन्। उनको शासनकालमा बेलायतको उद्योगधन्दा,रेलमार्ग,बाटो,पुल, विज्ञानलगायत क्षेत्रमा तीव्र रूपमा विकास भएको कारण रानीको शंझनामा यो भिक्टोरिया डे मनाउने गरिएको हो। बाजागाजा समेतको यो भब्य नगर परिक्रमा हेर्दै आफ्नो घर अगाडी बसेर स्वागर गरेका थिए।  

सगरमाथा आरोही

सगरमाथा आरोही अबिरल राईलाई किरात राई यायोक्खा बेलायतको धन्यवाद तथा बधाई सम्मान शीतलपाटीन्युज डटकम। लण्डन।सगरमाथाको काख सोलुखुम्बु जिल्लामा जन्मनु भएका आरोही अबिरल राईले गत मिति २२ मे २०२४ को दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा किरात राई यायोक्खा बेलायतले आरोही राईलाई विशेष धन्यबाद प्रदान गरेको छ। आफ्नो जीवनको बाजी थापेर आरोही अबिरल राईले गर्नु भएको साहसिक कार्य अनि सफल आरोहणले समग्र किरात राई जातिको शिर उच्च पारेको धन्यबाद पत्रमा उन्लेख छ।  किरात राई बहुभाषिक र बहुथरी समुदाय बोधक संज्ञा भएको, किरात राई एक जाति तर बहुभाषी बहुथरी हुनु किरात राई जातिको विशिष्टता हो। यसै विशिष्टतालाई प्रतिविम्बित गर्न किराया बेलायतले परिकल्पना गरेको किराया बेलायतको लोगो अंकित झण्डा सफल आरोही अबिरल राईले विश्वको शिर सगरमाथाको चुचुरोमा फहराउनु समेत सफल हुनु भएकोमा किराया बेलायत अनि समस्त बेलायतबासी किरात राई तथा गैर किरात राईहरुको तर्फबाट वहाँलाई विशेष धन्यबाद ब्यक्त गर्दै बधाई ज्ञापन गरिएको छ। पेशाले पर्वतीय मार्गदर्शक समेत रहनु भएका आरोही अबिरल राईको सगरमाथा आरोहण यो दोश्रो पटक हो भने वहाँले यस अघि सन २०२२ मा सगरमाथाको पहिलो सफल आरोहण गर्नु भएको थियो। साथै उहाँले नेपाल लगायत विश्वका अन्य थुप्रै चुचुराहरुको सफल आरोहण गरिसक्नु भएको छ।

सगरमाथा आरोही अबिरल राईलाई किरात राई यायोक्खा बेलायतको धन्यवाद तथा बधाई सम्मान

शीतलपाटीन्युज डटकम। लण्डन।सगरमाथाको काख सोलुखुम्बु जिल्लामा जन्मनु भएका आरोही अबिरल राईले गत मिति २२ मे २०२४ को दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा किरात राई यायोक्खा बेलायतले आरोही राईलाई विशेष धन्यबाद प्रदान गरेको छ। आफ्नो जीवनको बाजी थापेर आरोही अबिरल राईले गर्नु भएको साहसिक कार्य अनि सफल आरोहणले समग्र किरात राई जातिको शिर उच्च पारेको धन्यबाद पत्रमा उन्लेख छ।  किरात राई बहुभाषिक र बहुथरी समुदाय बोधक संज्ञा भएको, किरात राई एक जाति तर बहुभाषी बहुथरी हुनु किरात राई जातिको विशिष्टता हो। यसै विशिष्टतालाई प्रतिविम्बित गर्न किराया बेलायतले परिकल्पना गरेको किराया बेलायतको लोगो अंकित झण्डा सफल आरोही अबिरल राईले विश्वको शिर सगरमाथाको चुचुरोमा फहराउनु समेत सफल हुनु भएकोमा किराया बेलायत अनि समस्त बेलायतबासी किरात राई तथा गैर किरात राईहरुको तर्फबाट वहाँलाई विशेष धन्यबाद ब्यक्त गर्दै बधाई ज्ञापन गरिएको छ। पेशाले पर्वतीय मार्गदर्शक समेत रहनु भएका आरोही अबिरल राईको सगरमाथा आरोहण यो दोश्रो पटक हो भने वहाँले यस अघि सन २०२२ मा सगरमाथाको पहिलो सफल आरोहण गर्नु भएको थियो। साथै उहाँले नेपाल लगायत विश्वका अन्य थुप्रै चुचुराहरुको सफल आरोहण गरिसक्नु भएको छ।

यसपाली को world Cup कसले जित्ला?