Friday February 07, 2025

प्रवास

नेपाली राजदूतावास लण्डनको घुम्ती सेवा देखेर स्थानिय सांसद रोबर्ट बकल्यान्ड प्रभावित

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली राजदूतावास लण्डनको घुम्ती टोलीले स्विनडन लण्डनमा पुगेर राहदानी नवीकरण लगायतका सेवा प्रदान गरेको समाचार प्राप्त भयको छ। आफ्नै ठाउँमा राहदानी नवीकरण गर्ने प्रबन्ध गरेकोमा त्यस इलाकाका सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङ लगायत पदाधिकारीलाई धन्यवाद दिदै असल कार्यको प्रशंसा गरेको कुरा अध्यक्ष गुरुङले बताए।  सुइन्डनस्थित द काउ ब्यांक्वेटिङ हलमा शनिबार राहदानी नवीकरण कार्य भयको थियो। ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले नेपाली समाज विल्टसायरको अनुरोधमा कार्यक्रम आयोजना गरिएको नेपाली राजदूतावासका द्वितीय सचिव रामबाबु नेपालले बताउनु भयको छ। टोलीमा राजदूतावासका द्वितीय सचिव नेपालसँगै कार्यालय सचिव धनबहादुर बोहरा, विक्रम श्रेष्ठ, सहकार्यालय सचिव गोविन्द सुन्दास र चालक राजकुमार गिरी.समेतको टीमले सेवा दिन दिन पुगेको थियो।  सो घुम्ती टोलीबाट स्विनडनमा बसोबास गर्ने ठुलो समुहको सेवाग्राही नेपालीहरुले राहदानी नवीकरण गरेको नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङले बताउनु भयो। उहाका अनुसार ९६ वर्षिया वृद्धाले समेत राहदानी नवीकरण गरेर सेवा लिएकी थिइन्। राहदानी नवीकरणका लागि दूतावास जान दिनै लाग्ने,झन्झटिलो र खर्चिलो समेत हुने,हेल्परको आवस्यकता जरुरी पर्ने गरेको थियो।  यस्तै,सेवा लिएका नेपाली समुदायले पनि समाज र राजदूतावासका कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका थिए। गोर्खाहरूको बाक्लो बस्ती रहेको स्विइन्डनमा यसअघि पनि दूतावासले यस्ता सरकारी सेवा सुविधा दिँदै आएको थियो। यहाँ भर्खरै मात्र सुरु गरेको द काउ ब्यांक्वेटिङ हल सुइन्डन टाउन सेन्टरमा छ । करिब ७०० मानिस अटाउने क्षमता भएको हलमा ज्येष्ठ नागरिक पनि सजिलै पुग्न सक्ने भएकाले कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुङले थप्नु भयो। नेपाली समाज विल्टसायरका विभिन्न पदाधिकारी र राजदूतावासका कर्मचारीहरुले गरेको यो सुबिधायुक्त सेवाका लागि स्थानिय नेपालीहरुले प्रसंसा गरेका थिए भने खाजाको प्रबन्ध द काउका सञ्चालकले निःशुल्क रूपमा गरेको सञ्चालक ह्यानसन गौचनले बताए।

सेफ घिसिङ “आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” द्वारा सम्मानीत

शीतलपाटीन्युज डटकम। काठमाडौँ। अन्तर्राष्ट्रिय नेपलीज सेफस सोसाइटी यूकेले (International Nepalese Chefs Society UK) यस वर्षको रैथाने खानाको खोजी, अध्ययन र नेपाली खानाको प्रवद्र्धन गर्न  हौसला स्वरुप स्थपाना गरेको “आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” (INCS GlOBAL’S RAITHANE  FOOD AWARD 2023) युवा सेफ प्रेमलाल घिसिङलाई प्रदान गरेको छ।  कूल ५० हजार रुपैया राशिको सो पुरस्कार रैथाने खाना,लोक परिकार अनुसन्धान संकलकसहित १०१  दिनको खोजी यात्राका अभियान र खोजीकर्ता सेफ घिसिङलाई सो संस्थाका मेण्टर सूर्यकिरण श्रेष्ठले सोमबार प्रदान गर्नुभएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पीडित सेफ घिसिङ मेडिकेयर अस्पतालमा उपचाररत हुनुहुन्छ।  संस्थाका अध्यक्ष अर्जुनबहादुर थापाले सेफ घिसिङको उपचारको लागि विभिन्न सेफहरुबाट संकलित २ लाख रुपैया यस अघि प्रदान गरिएको जानकारी दिँदै थप उपचारको लागि सक्दो सहयोग गर्न सबैलाई अपिल समेत गर्नुभएको छ। एक विशुद्ध पेशागत संस्थाका रुपमा बेलायतको कम्पनी हाउसमा सन् २०२० मा अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटी युके गठन भएको थियो।  यसले आफ्नो स्थापनाकालदेखिनै नेपालभित्र र बाहिर रहेका नेपाली सेफहरूको व्यावसायिक क्षमता एवम् स्तर उँचो पार्दै नेपाली खानाको प्रवद्र्धन गर्ने कार्यमा सदैव क्रियाशील रहेको छ। संस्थाको स्थापनासँगै यसको गतिविधि र क्रियाकलापलाई निरन्तरता दिन तनहुँ बन्दिपुर गाउँपालिका बेलभञ्ज्याङका अर्जुनबहादुर थापा (हाल स्वीजरल्याण्ड) यस संस्थाका अध्यक्ष र नेपालको हस्पिटालीटी शैक्षिक क्षेत्रमा प्रतिष्ठित सूर्यकिरण श्रेष्ठ मेण्टर रहनुभएको छ।

२० औं वार्षिकोत्सव मनाउँदै बर्न्टओक नेपाली समाज

GNNNEWS- लन्डन - लण्डनस्थित बर्न्टओक नेपाली समाजले  स्थापनाको २० औं वार्षिकोत्सव भव्य रुपमा मनाउन लागेको  छ।  समाजका अध्यक्ष खमिरजंग गुरुङको अध्यक्षतामा गत आइतबार बसेको बैठकले आगामी  १५ जुन,२०२४ (शनिबार) एजवेयरस्थित सेन्ट अल्फाज चर्च हलमा  २० औं वार्षिकोत्सव मनाउने निर्णय गरेको हो।  समारोहमा विशिष्ट अतिथिहरुलाई पनि आमन्त्रण गरिने जनाइएको छ।  बैठकमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण कार्कीले बैठकले संस्थालाई कम्पनी हाउसमा दर्ता गर्ने सम्बन्धमा भै रहेको प्रगति बारे जानकारी गराएका थिए। त्यस्तै  लन्डन बरो अफ बार्नेटका काउन्सिलर कमल गुरुङले समाजको लागि आफ्नै भवन प्राप्त गर्ने तर्फ भैरहेको प्रयासबारे जानकारी गराएका थिए।    बैठकको संचालन सहायक महासचिव प्रेम कडेलले  गरेका  थिए भने  बैठकको अन्त्यमा अध्यक्ष खमिरजंग गुरुङले बैठकको लागि आतिथ्य प्रदान गर्ने उपाध्यक्ष मुरारी थापा  लगायत सहभागी सबैलाई धन्यवाद दिएका थिए। सन् २००४ मा स्थापना गरिएको समाजले दशैं, तिहार, तीज जस्ता कार्यक्रम मनाउनुका साथै युवा, महिला, बालबालिका लगायत आफ्ना सदस्यहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।  

“आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” सेफ घिसिङलाई 

शीतलपाटीन्युज डटकम। काठमाडौँ। अन्तर्राष्ट्रिय नेपलीज सेफस सोसाइटी यूकेले (International Nepalese Chefs Society UK) यस वर्षको रैथाने खानाको खोजी, अध्ययन र नेपाली खानाको प्रवद्र्धन गर्न  हौसला स्वरुप स्थपाना गरेको “आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३” (INCS GlOBAL’S RAITHANE  FOOD AWARD 2023) युवा सेफ प्रेमलाल घिसिङलाई प्रदान गरेको छ।  कूल ५० हजार रुपैया राशिको सो पुरस्कार रैथाने खाना,लोक परिकार अनुसन्धान संकलकसहित १०१  दिनको खोजी यात्राका अभियान र खोजीकर्ता सेफ घिसिङलाई सो संस्थाका मेण्टर सूर्यकिरण श्रेष्ठले सोमबार प्रदान गर्नुभएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पीडित सेफ घिसिङ मेडिकेयर अस्पतालमा उपचाररत हुनुहुन्छ।  संस्थाका अध्यक्ष अर्जुनबहादुर थापाले सेफ घिसिङको उपचारको लागि विभिन्न सेफहरुबाट संकलित २ लाख रुपैया यस अघि प्रदान गरिएको जानकारी दिँदै थप उपचारको लागि सक्दो सहयोग गर्न सबैलाई अपिल समेत गर्नुभएको छ। एक विशुद्ध पेशागत संस्थाका रुपमा बेलायतको कम्पनी हाउसमा सन् २०२० मा अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटी युके गठन भएको थियो।  यसले आफ्नो स्थापनाकालदेखिनै नेपालभित्र र बाहिर रहेका नेपाली सेफहरूको व्यावसायिक क्षमता एवम् स्तर उँचो पार्दै नेपाली खानाको प्रवद्र्धन गर्ने कार्यमा सदैव क्रियाशील रहेको छ। संस्थाको स्थापनासँगै यसको गतिविधि र क्रियाकलापलाई निरन्तरता दिन तनहुँ बन्दिपुर गाउँपालिका बेलभञ्ज्याङका अर्जुनबहादुर थापा (हाल स्वीजरल्याण्ड) यस संस्थाका अध्यक्ष र नेपालको हस्पिटालीटी शैक्षिक क्षेत्रमा प्रतिष्ठित सूर्यकिरण श्रेष्ठ मेण्टर रहनुभएको छ।

एनआरएनए अभियन्ता मोहन कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड 

शीतलपाटीन्युज डटकम। स्कटल्याण्ड। समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ। स्कटल्याण्डको प्रतिष्ठित ओसीएनिक अवार्डसद्वारा आयोजना गरिएको द स्कटिस रेस्टुरेन्ट अवार्ड २०२४ मा मेक्सिकन टेक्समेक्स बार एण्ड ग्रिललाई सोमबार बेस्ट रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो। “मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त”  सन्  २०१७ मा स्थापना गरिएको उक्त मेक्सिकन रेस्टुरेन्टमा सबै परिकारहरु ताजा मेड टु अडर बनाइने र कुनै फ्रोजन सामग्री प्रयोग नगरि गुणस्तरीय सेवा प्रदान गरिएको र ग्राहकको सन्तुष्टिको कारणले  नै उक्त  अवार्ड  प्राप्त गरेको सञ्चालक समाजसेवी कार्कीले बताउनु भयो। साथै यो अवार्ड प्राप्त गर्नमा ब्यवसायमा संलग्न सहकर्मी साथीहरुको मेहनत हो, कार्कीको भनाई छ। एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेका निवर्तमान उपाध्यक्ष समेत रहनु भएका कार्कीले फोर्थ भ्याली कम्युनिटीमा आफ्नो रेस्टुरेन्ट लोकप्रिय रहेको बताउनुभयो। कार्कीको यस बाहेक फलक्रिकमा सुसी रेस्टुरेन्ट तथा प्रोपर्टी बिजनेस पनि रहेको छ। कार्कीको यो चौथौ रेस्टुरेन्ट हो भने निकट भविष्यमा पब बिजनेसमा लगानी गर्दै रहेको बताउनु भयको छ। स्कटल्याण्डको पहिलो नेपाली पब सञ्चालन गर्ने समेत तयारीमा समेत उहाँ रहनु भएको छ।   फास्टफुड बिजनेसमा २२ वर्षदेखि कार्यरत कार्कीले यस अघि मध्यपूर्वमा तथा अमेरिकाको मियामीमा  उत्कृष्ट म्यानेजरको रुपमा समेत अवार्ड प्राप्त गर्नु भएको थियो।

स्थानिय सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्ष लगायतलाई धन्यबाद

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली राजदूतावास लण्डनको घुम्ती टोलीले स्विनडन लण्डनमा पुगेर राहदानी नवीकरण लगायतका सेवा प्रदान गरेको समाचार प्राप्त भयको छ। आफ्नै ठाउँमा राहदानी नवीकरण गर्ने प्रबन्ध गरेकोमा त्यस इलाकाका सांसद रोबर्ट बकल्यान्डले नेपाली राजदुताबास लण्डन र नेपाली समाज विल्टसायरका अध्यक्ष लगायत पदाधिकारीलाई धन्यवाद दिदै असल कार्यको प्रशंसा गरेको कुरा अध्यक्ष गुरुङले बताए ।  सुइन्डनस्थित द काउ ब्यांक्वेटिङ हलमा शनिबार राहदानी नवीकरण भयको थियो। ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले नेपाली समाज विल्टसायरको अनुरोधमा कार्यक्रम आयोजना गरिएको नेपाली राजदूतावासका द्वितीय सचिव रामबाबु नेपालले बताउनु भयको छ। टोलीमा राजदूतावासका द्वितीय सचिव नेपालसँगै कार्यालय सचिव धनबहादुर बोहरा, विक्रम श्रेष्ठ, सहकार्यालय सचिव गोविन्द सुन्दास र चालक राजकुमार गिरी.समेतको टीमले सेवा दिन दिन पुगेको थियो।  सो घुम्ती टोलीबाट स्विनडनमा बसोबास गर्ने करिब २०० भन्दा बढी सेवाग्राही नेपालीहरुले राहदानी नवीकरण गरेको नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङले बताउनु भयो। उहाका अनुसार ९६ वर्षिया वृद्धाले समेत राहदानी नवीकरण गरेर सेवा लिएकी थिइन्। राहदानी नवीकरणका लागि दूतावास जान दिनै लाग्ने,झन्झटिलो र खर्चिलो समेत हुने,हेल्परको आवस्यकता जरुरी पर्ने गरेको थियो।  यस्तै,सेवा लिएका नेपाली समुदायले पनि समाज र राजदूतावासका कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका थिए। गोर्खाहरूको बाक्लो बस्ती रहेको स्विइन्डनमा यसअघि पनि दूतावासले यस्ता सरकारी सेवा सुविधा दिँदै आएको थियो। यहाँ भर्खरै मात्र सुरु गरेको द काउ ब्यांक्वेटिङ हल सुइन्डन टाउन सेन्टरमा छ । करिब ७०० मानिस अटाउने क्षमता भएको हलमा ज्येष्ठ नागरिक पनि सजिलै पुग्न सक्ने भएकाले कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुङले थप्नु भयो। नेपाली समाज विल्टसायरका विभिन्न पदाधिकारी र राजदूतावासका कर्मचारीहरुले गरेको यो सुबिधायुक्त सेवाका लागि स्थानिय नेपालीहरुले प्रसंसा गरेका थिए भने खाजाको प्रबन्ध द काउका सञ्चालकले निःशुल्क रूपमा गरेको सञ्चालक ह्यानसन गौचनले बताए।

पिटरवोरोमा ब्याडमिन्टन प्रतियोगिता  सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। पिटरवोरो नेपाली समाज युकेको आयोजनामा यही २०२४ मार्च १७ मा  आइतबारका  वेलायतमा बस्ने नेपाली बीच व्याडमिन्टन प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ।  दम्पती/मिश्रित (Couple/Mixed) र  पुरुष जोडी (Men's Double) गरि दुई फरक समुहमा भएको उक्त प्रतिस्पर्धामा पिटरबरो,नटिङ्घम,लेस्टर,बर्मिङ्घम र लण्डनबाट दम्पती/मिश्रित तर्फ १० टोलिहरु र पुरुष जोडी तर्फ १४ टोलिहरु गरि कुल २४ टोलिले सहभागी भयर १० वटा सामाजिक संस्थाको प्रतिनिधित्व गरेका थियो।  चार समुहमा विभाजन गरि पहिलो चरणमा २१ अंकको एक खेल र दोश्रो चरण देखि अन्तिमसम्म १५ अंकका ३ खेल खेल्ने गरी ब्यवस्थापन गरिएको प्रतिस्पर्धा तोकिएको समयमा नै समाप्त गरिएको थियो। समय ब्यवस्थापनलाई चुस्त र प्रभावकारी गराउनका लागि दुबै (दम्पती/मिश्रित  र पुरुष जोडी) समुहका स्थानीय टोलिहरु बिचको पहिलो चरणका केही खेलहरु १० मार्च २०२४ मा गराइएको थियो।  दम्पती/मिश्रित समुह तर्फको फाइनल प्रतिस्पर्धामा पिटरबरोका दल बहादुर थापा र लक्ष्मी थापाको दम्पतीले पिटरबरोकै मेघा पौडेल र रिया बिष्टको मिश्रित जोडिलाई पराजित गर्दै बिजेता बनेका थिए। त्यसैगरि बर्मिङ्घमका दाजू-बैनि बिनोद थापा र बिनिता थापाको मिश्रित टोलिलाई पछि पार्दै पिटरबरोका डा. राजु सापकोटा र बबिता सापकोटाको दम्पतीले तेस्रो स्थान सुरक्षीत गरेका थिए।  पुरुष जोडी तर्फ तेस्रो स्थानको लागि पिटबरो नेपाली समाजका दुई टोलिबिच भएको खेल निकै प्रतिस्पर्धात्मक भयो। डा.राजु सापकोटा र शंकर थापाको जोडिले डा.पुष्प दत्त उप्रेती र अर्जुन भण्डारीको जोडी विरुद्ध पहिलो खेलमा १५-०७ अग्रता लिए पनि उप्रेती र भण्डारीको जोडिले दोस्रो र तेस्रो खेलमा १५-०९ र  १५-०९ को अन्तरले जितेर तेस्रो स्थान प्राप्त गरेका थिए। त्यसैगरी, फाइनलमा लण्डनका सुराजन कार्की र प्रतिक राईले पिटरबरोका दल बहादुर थापा र मनिराज जोल्मि विरुद्ध १५-०८ र १५-०९ को लागातर दुई जीतसंगै प्रथम स्थान प्राप्त गरेका थिए। उक्त खेलमा ई. घनश्याम पौडेल र प्रविन भट्टले मध्यस्थता (रेफ्री) गर्नुभएको थियो। बिजेता टोलिहरुलाई पिटबरो नेपाली समाजका अध्यक्ष श्री केशव खतिवडा,ट्रस्टी संयोजक महेश अधिकारी र गोर्खा नेप्लिज कम्युनिटि पिटरबरोका अध्यक्ष मनिराज जोल्मिले पदक,प्रमाणपत्र र नेपालको झण्डा अंकित 'एअर फ्रेसनर' प्रदान गर्नुभएको थियो।  आयोजकका अनुसार यो ब्याडमिन्टन प्रतिस्पर्धा मिड्ल्याण्ड्सको नेपाली समुदायबिच पहिलो

दिन,दुःखी,असहाय र जोखिममा रहेका मानवहरुको उद्धार गर्ने मानव सेवा आश्रम नेपाललाई सहयोग गरौ

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालमा संचालित सबै भन्दा ठुलो परोपकारी संस्था मानवसेवा आश्रमको भवन निर्माण परियोजनाको सहयोगार्थ बेलायतमा च्यारीटी कार्यक्रमको एउटा प्रेषमीट सम्पन्न भयको छ।  लोकप्रिय गायिका आनी छोइङको कन्सर्ट हुने गरी सो मानव सेवा आश्रम बेलायतले सो प्रेषमीट गरेको हो। मानव सेवा आश्रम बेलायतका अध्यक्ष सुनिल बाबु खड्काको अध्यक्षता भयको सो प्रेषमीटमा आगामी ५ मई २०२४ मा गायिका आनीको सांगीतिक कन्सर्ट “इनर मेलोडी फर इनर पिस” गर्न लागेको बताईयो। आइतबार लन्डन नर्थ हेरो स्थित सारस रेष्टुरेन्टमा आयोजित सो पत्रकार सम्मेलनमार्फत संस्थाले अन्तर्राष्ट्रिय कन्सर्ट भइरहने १५ सय दर्शक क्षमताको क्याम्बर्ली फेमीलीग्रीनस्थित लेकसाइड कन्ट्री क्लबमा कार्यक्रम हुने तय भएको र कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड र अनलाइनबाट ५२ पाउण्ड लाग्ने बताइएको छ। सकेसम्म न्यूनतम खर्चमा कार्यक्रम गरि त्यसबाट एक लाख पाउण्ड भन्दा बढी वचत गर्ने आयोजकको लक्ष्य रहेको छ। कार्यक्रममा अध्यक्ष खड्काले कन्सर्ट नितान्त मानविय दीन,दुःखी,गरिव असहायहरुको सेवाका लागि र जोखिममा रहेका मानवहरुको उद्धारका लागि गर्न लागिएको पनि प्रष्ट पारेका थिए।कार्यक्रम सम्पन्न गर्न आनीसंगै उनको ७ जना  वाद्यवादकहरुको टिम पनि नेपालबाट आउने भयको जनाईएको छ। मानव सेवा आश्रम यूकेका सचिव यादव श्रेष्ठले प्रेषमीटमा बोल्दै पवित्र उद्देश्यका लागि गर्न लागिएको कन्सर्टको व्यापक प्रचार प्रसार गरि दिन पत्रकारहरुलाई अनुरोध गरेका थिए। संस्थाका सल्लाहकार शिवजी श्रेष्ठले कार्यक्रम प्रचार प्रसारका लागि मिडियाको अहंम भूमिका हुने जनाउंदै सहयोगको अपिल गरेका थिए। सल्लाहाकार श्रेष्ठले सहभागी सबैलाई धन्यवाद समेत दिएका थिए।सो अवसरमा इभेन्ट कोअर्डिनेटर नमस्कार इभेन्ट्सका अश्विन श्रेष्ठ,प्राविधिक सहयोग साउण्ड इन्जिनियर डिजे भिम लिम्बुले आफ्नो भुमिकाको बारेमा बताएका थिए। कार्यक्रमको मुख्य प्रायोजक रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सी प्रा. लि. का निर्देशक वसन्त नेपालले व्यवसायिक लाभ भन्दा पनि पवित्र उद्देश्यका लागि कार्यक्रम गरिएकाले आफ्नो कम्पनीले मुख्य प्रायोजन गरेको बताएका थिए। मानव सेवा आश्रम बेलायतकी सदस्य मन्जु भण्डारीले सञ्चालन गरेको सो पत्रकार सम्मेलनमा सहसंयोजक समाजसेवी राजु आचार्य,जीवनबहादुर शाही,रमेश श्रेष्ठ,क्याट यूके अध्यक्ष कृष्ण तिवारी र पूर्व अध्यक्ष रितेश राज पाण्डे,आशिष श्रेष्ठ,गायक सन्दिप विश्वकर्मा, सरस्वती केशी लगायत कान्तिपुरका संबाददाता एवम एफएनजे युके पुर्व अध्यक्ष नविन पोखरेल,अन्नपुर्ण पोष्टका संवाददाता एवम एफएनजे

एनआरएनए यूके अध्यक्ष गाहामगरले परराष्ट्रमन्त्रीलाई भेटेर मागे वंशजको नेपाली नागरिकता

शीतलपाटीन्युज डटकम। लन्डन । हाल नेपालमा रहेका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार भेटेर वंशजको नेपाली नागरिकता निरन्तरताका लागि ज्ञापन पत्र बुझाएका छन्। झण्डै ६ महिनापछि गाहामगर उही विषयको ज्ञापनपत्र लिएर मन्त्रीसमक्ष पुगेका हुन्।  परराष्ट्रमन्त्री श्रेष्ठसंगको भेटमा गाहामगरले बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरुबीच यही मार्च २७ मा लन्डनमा हुन लागेको त्रिपक्षीय वार्तामा नेपाल सरकारका तर्फबाट मन्त्रिस्तरिय सहभागिताका लागिपनि अनुरोध गरेका छन्।  बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतसमक्ष गोर्खा माग सम्बन्धमा जति सशक्त रुपमा अडान राख्नु पर्ने हो त्यो नहुंदा भूतपूर्व गोर्खा दाजुभाईहरुमा निकै नैराश्यता छाएको दावी गर्दै गाहामगरले आफ्नो अनुरोधलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका छन्। ज्ञापनमार्फत गैरआवासीय नेपाली संघ यूकेले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुलाई सधैंकालागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न गैरआवासीय नेपाली संघ यूकेले माग गरेको छ। नेपालको संविधान २०७२ को दफा १४ मा नेपाली नागरिक सरह सामाजिक,आर्थिक तथा सांस्कृतिक अधिकार पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न थालिएको स्मरण गराइरहनु परेन, ज्ञापनपत्रमा भनिएको छ, तर नेपाल नागरिकता ऐन, २०६३ मा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकता व्यवस्था गरेपनि यो व्यवस्थाले पहिले नै प्राप्त नेपाली नागरिकताको निरन्तरता गरेको छैन। ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने मुल मर्मलाई सम्बोधन गरेको छैन। गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन संघले माग गरेको छ। ब्रिटिश गोर्खाहरु सन् १९४७ मा नेपालले गरेको सन्धि अनुसार नै बेलायत,सिंगापुर र हङकङमा सेवा गर्न गएको तथ्य स्मरण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै ज्ञापनमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को उपदफा १ ले गोर्खा सैनिक तथा उनीहरुको परिवारको वंशजको नागरिकता खोसेकाले त्यसलाई कायम गर्न माग गरिएको छ। तसर्थ गोर्खा सैनिक तथा उनीहरुको परिवार तथा विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, ०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय

प्रधानमन्त्रीद्वारा बेलायतका प्राध्यापक सुवेदीको बायोग्राफी लोकार्पण

नविन पोखरेल, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९५० को नेपाल भारत सन्धि पुनरावलोकनका लागि अन्तरराष्ट्रिय कानूनका विज्ञ प्रा सूर्य सुवेदीले पठाएको मस्यौदा आफूसंग अझै सुरक्षित रहेको बताएका छन्। शनिबार बिहान काठमाडौंमा आयोजित "प्रा. सूर्य सुवेदी: महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म" नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्। आफू पहिलोपटक प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारत भ्रमणमा जानु अघि दुई देशबीचको सन् १९५० को सन्धि पुनरावलोकन गर्नका लागि धेरै पक्षबाट सुझाव आएको र ती मध्ये प्रा सुवेदीले पठाएको सुझावको प्रति आफूसंग अझै सुरक्षित रहेको बताए।‘मेरो भ्रमण पछि सन्धि पुनरावलोकनको कुरा संयुक्त विज्ञप्तिमा पनि उल्लेख भएको छ, तर कतिपय कारणले उक्त विषय अगाडि बढ्न सकेको छैन’-उनले भने।  "विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हुनुहुन्छ। प्रा सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ। उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो। पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले  लागू पनि गर्यौँ। तपाईंको विज्ञतालाई हामी निरन्तर कदर गर्ने छौं,"उनले भने।  प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुसालले प्रा सुवेदीको संघर्ष र उपलब्धिको कथाले युवा पुस्तालाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिन्। लक्ष प्राप्तिको लागि सुवेदीले गरेको मेहनत सबैको लागि उदाहरणीय भएको उनले बताइन्।   विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो नेपाली प्रा सुवेदी जस्ता व्यक्तित्वको ज्ञान, सीप र अनुभव नेपालले प्रयोग गर्न ढिलो गर्नु नहुने भुसालको भनाइ थियो। पूर्व मन्त्री तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले सुवेदीले प्राज्ञिक क्षेत्रबाट संसारमै नेपाललाई चिनाइरहेको बताए। "हामीले निष्ठापूर्वक देशको लागि केही गर्छौं कि गर्दैनौ, मुख्य कुरा त्यो हो," उनले भने- ‘शान्ति क्षेत्रको प्रस्तावको हामीले विरोध गर्‍यौं,तर अहिलेको भूराजनीतिक स्थिति हेर्दै जाँदा शान्ति क्षेत्रको प्रस्ताव गलत थियो भन्ने मलाई लाग्दैन। हामीले निर्वाचन पद्धतिलाई बदल्नु पर्छ र अगाडि बढ्नु पर्छ।’प्रा सुवेदीले आफूसंग भएका अन्तरराष्ट्रिय कानून सम्बन्धी दुर्लभ ग्रन्थहरु नेपाल ल क्याम्पसलाई प्रदान गरेको भन्दै त्यसको प्रशंसा पनि गरे।  लोकार्पण समारोहलाई

लण्डनका दुई पत्रकारले लेखेको प्राध्यापक सुवेदीको 'बायोग्राफी' शनिबार लोकार्पण हुँदै

नविन पोखरेल, लन्डन - बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीको जीवनीमा आधारित पुस्तक यही शनिबार लोकार्पण हुने भएको छ।   ‘प्रा. सूर्य सुवेदी: महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक उक्त बायोग्राफी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ ले लोकार्पण गर्ने बुक हिल प्रकाशनले जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे पुस्तक सार्वजनिकीकरण कार्यक्रम तय भएको छ। लन्डनमा रहेका बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगिरथ योगी र कान्तिपुरका लागि बेलायतस्थित  संवाददाता नवीन पोखरेलको लेखन/सम्पादन रहेको उक्त बायोग्राफीमा प्राध्यापक सुवेदीको जीवनका अनेक उतारचढाव र नेपालमा विभिन्न कालखन्डमा उनले गरेको योगदान समावेश गरिएको लेखकद्वयले जनाएका छन्। लमजुङको एक सामान्य परिवारमा जन्मिएका सुवेदीले लमजुङदेखि बेलायतसम्मको जीवनयात्रामा कयौं उपलब्धि हासिल गरेका छन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् उनी। अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि हासिल गर्ने व्यक्ति पनि उनी पहिलो हुन् ।। प्राज्ञिक र कानूनी दुवै क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उनी बेलायतकै शीर्षस्थ व्यक्तित्वभित्र पर्छन्। उनले लिड्स,लन्डन र अक्सफोर्ड विश्वविद्यालयसहित संसारका विभिन्न विश्वविद्यालयहरुमा प्राध्यापन गरेका छन्। उनले बेलायतमा रहेर पनि मातृभूमि  नेपालको लागि  महत्वपूर्ण योगदान  दिंदै आएका छन्। भारतीय नाकाबन्दीका बेला कूटनीतिक समाधान पहिल्याउन होस् वा अमेरिकी परियोजना एमसीसी पारित गर्न सकस परिरहेका बेला होस्, अप्ठेरो परिस्थितिमा नेपालका शीर्ष नेताहरुलाई सुझाव सल्लाह दिइ संकटको गांठो फुकाउंदै आएका सुवेदी बेलायतको परराष्ट्रमन्त्रीका सल्लाहकार समेत भइसकेका छन्। सुवेदीले नेपालमा गरेको योगदानवापत तत्कालिन राजा र राष्ट्रपतिबाट विभिन्न मानपदवी तथा  उपाधि पाएका छन्। उनका अन्तरराष्ट्रिय कानूनका प्रायः सबै आयाममा १२ वटा  ग्रन्थ र ६० भन्दा बढी अनुसन्धानात्मक लेख संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित छन् भने नेपाल र बेलायत लगायत चीन, द नेदरल्यान्ड्स, भियतनाम, इन्डोनेसिया, लाओस, कतार लगायत विभिन्न देशलाई उनले कानूनी सल्लाह दिएका छन्। मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीले उनलाई मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता  उच्च उपाधि प्रदान गरेकी थिइन्। प्रा सुवेदीको विद्वत्ताको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालय र बेलायतको रोयल एसियाटिक सोसाइटीले उनको नाममा वार्षिक पुरस्कार स्थापना गरेका छन्।

जी आर यन सी ले नेपाली नयाँ वर्ष २०८१  मनाउँदै

शीतलपाटीन्युज डटकम। अलडरसट,लण्डन। ग्रेटर रशमूर नेपाली कम्मुनिटीले आगामी शुक्रबार  १२ अप्रिल २०२४ मा साँझ ५ बजेर ३० मिनेट देखि कार्यक्रम तर्जुमा गरेको छ। उक्त कार्यक्रमको लागि नेपाल देखि ख्याती प्राप्त कलाकारहरु निमंत्रणा गरिएको छ भने विभिन्न बिशिस्ट व्यक्तित्वहरु निमंत्रणा गरिंदै रहेको कुरा जी आर यन सी का अध्यछ्य मन गुरुङले बताउनु भयको छ।  औपचारिक कार्यक्रम,बाल नानीहरुको नेपाली गान, नेपाली संस्कृतिक गितमा नाच,धेरै अतिथि कलाकारहरुबाट गित तथा नाच,स्वदिस्ट धेरै प्रकारका खानहरु हुने छन् ।  कार्यक्रम संयोजक उपध्यक्ष्य डा बिशाल गुरुङज्युले यसपालिको कार्यक्रम अति बिशिस्ट हुनेमा ढुक्क छौ भन्नु भयको छ। चिनारी म्यागाजीनको दोस्रो संस्करणको पनि संयोजक गुरुङले नै गरिरहेको र धेरै अघि बढेको बताउनु हुन्छ।  कार्यक्रमको टिकेट सुलभ राखिएको अध्यक्ष्य मन गुरुङ बताउनु हुन्छ। बृध्द र युवाको लागि केहि कम गरिने र १२ वर्ष भन्दा तलको लागि निसुल्क गरिने  कुरा अध्यक्ष्य गुरुङ बताउनु हुन्छ।.सम्पूर्णलाई कार्यक्रममा आइ दिनु हुन गुरुङले अनुरोध गर्नु भयको छ। गत वर्ष देखि नै तयारी गरेकोले अहिले सम्मको यो नै बिशिस्ट कार्यक्रम हुनेमा गुरुङ ढुक्क हुनुहुन्छ।

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले नेपाली नयाँ वर्ष २०८१ भव्यताका साथ मनाउने

शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले नेपाली नयाँ वर्ष २०८१ भव्यताका साथ मनाउने भएको छ। अल्डरसटस्थित एम्पायर हलमा १२ अप्रिल २०२४ ३१ चैत्र २०८० मा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सहित मनाउने भयको हो। सो उपस्थितीमा शुभकामना आदान प्रदान गरेर नयाँ वर्ष केक काटेर मनाउने तयारी गरिएको हो।  नेपालका ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिने कार्यक्रम रहेको कुरा संयोजक तथा उपाध्यक्ष डा. विशाल गुरुङले जानकारी दिएका छन।  अन्य विशिष्ट व्यक्तिसमेत उपस्थित हुनेछन्।   औपचारिक कार्यक्रममा बालबालिकाहरूले नेपाली गान, नेपाली सांस्कृतिक गीतमा नृत्यलगायतको प्रस्तुति पनि दिने छन् । यस नयाबर्ष २०८१ को कार्यक्रम अति विशिष्ट हुने संयोजक उपाध्यक्ष डा गुरुङले बता एका छन। ग्रेटर रसमोर नेपाली कम्युनिटीको चिनारी म्यागेजिनको दोस्रो संस्करण तयारी पनि भइ रहेको डा गुरुङले बताएका छन।  बेलुका १७:३० मा शुरू हुने कार्यक्रमको टिकट मूल्य न्यूनतम राखिएको अध्यक्ष मन गुरुङले बता एका छन। उहाका अनुसार ज्येष्ठ नागरिक र युवालाई विशेष छुट तथा १२ वर्षभन्दा मुनिका बालबालिकालाई नि:शुल्क गरिने भयको छ।  कार्यक्रममा उपस्थित भएर मनोरञ्जन लिन र शुभकामना आदानप्रदान गर्न अध्यछ्य गुरुङले अनुरोध गरेका छन। (श्रोत-गोर्खा मिडीया)

लुम्बिनीमा सात दिने बृहत ध्यान शिविर आयोजना गरिंदै

GNNNEWS- काठमाडौँ - योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानले  बृहत् ध्यान शिविर आयोजना गर्न लागेको छ। “बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान" भन्ने मूल नारासहित आयोजना गर्न लगिएको ध्यान शिविरमा झन्डै ५ हजार साधकहरुलाई एकै ठाउँमा  सातदिन सम्म  चक्रविज्ञान ध्यान गराइने आयोजकले जनाएका छन्। एकैपटक ५ हजार जनालाई यसरी ध्यान सिकाउन लगिएको यो सम्भवत:  पहिलो पटक हो। आगामी ३० मार्च देखि ५ अप्रिल  (चैत १७ देखि २३ गते) सम्म लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान कक्षमा  चक्रविज्ञान शिविर सञ्चालन गरिने आयोजकले जनाएका छन्। मानव विकास विशेषज्ञ एलपी भानु शर्माले नेपालको समग्र विकासका लागि प्रत्येक नेपाली शारीरिक र मानसिक रूपमा तत्पर हुनुपर्ने बेला भइसकेको बताए। उनले भने, ‘त्यसका लागि हरेक मानिसले चक्रविज्ञानको कोर्ष लिएर योग र ध्यानमार्फत आफूलाई पूर्ण र असल नागरिक बनाउन सक्नेछन्।’ चक्रविज्ञान साधनामा भाग लिने कर्मचारी वा  नेता नेतृत्वमा पुगे भने देशले सही गन्तव्य समात्ने उनको बताए। उनले भने, ‘देशमा त संविधान कार्यान्वयनमै समस्या छ, जबसम्म हरेक नागरिक आध्यात्मिक चेतना युक्त बन्दैन तबसम्म संविधानले कसरी सही कार्य गर्छ ?’मानव विकास विशेषज्ञ रमेश नेपालले भगवान गौतम बुद्धले देखाएको बाटोमै लुम्बिनीमै ५ हजारलाई ध्यान गराउनु गजबको संयोग हुने  बताए। जीवन विज्ञान युकेकी संयोजक सरिता शर्माले बेलायत, अमेरिका, अष्ट्रेलिया लगायत संसारभरिबाट साधकहरु उक्त बृहत शिविरमा भाग लिन नेपाल जान लागेको जानकारी दिइन्।  उनले पवित्र भूमि लुम्बिनीमा आयोजना गर्न लगिएको उक्त शिविरमा भाग लिन सबै साधक मित्रहरुलाई आग्रह पनि गरिन्। शिविरमा सहभागी बन्नका लागि यो लिंकमा गएर दर्ता गर्न सकिन्छ : https://tinyurl.com/mr3py4rn

जीआरएनसी युकेले भव्यताका साथ मनायो अन्तराष्ट्रीय महिला दिवस 

शीतलपाटीन्युज डटकम। मंगलबार, फागुन २९ , २०८० लन्डन। ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले इन्फरमेसन,ट्रांन्सफर्मेसन, समाबेसिता र प्रेरणा उदेश्यक साथै नेपाल बाट आमन्त्रित राष्ट्रिय ख्याती प्राप्त कलाकार तथा सामाजिक अभियानताका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ। आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमको शुरूआतमा महासचिव शुशीला थापामगरले स्वास्थ्य र सुरक्षाबारे प्रस्तुती दिएकी थिइन्। कार्यक्रम पनि उनैले सञ्चालन गरिन्। प्रमुख अतिथि नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल,विशेष अतिथि रस्मोर बरो काउन्सिल मेयर  काउन्सिलर क्लाइभ ग्रेटन तथा जीआरएनसी अध्यक्ष मनबहादुर गुरुङ र उपाध्यक्ष सुष्मा गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए। त्यसपछि उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुषमा गुरुङले स्वागत मन्तव्य राखेकी थिइन्। उपनियोग प्रमुख खनाल र मेयर ग्रेटनले शुभकामना र अध्यक्ष्य मन गुरुङ ले धन्याबाद मन्तब्य  थिए।  कार्यक्रमको दोस्रो  चरणमा लीला सेलिङ माबो , स्वास्थ्य तन्दुरुस्त सम्बन्धि मन गुरुङले ताइचि वारम अप, किकोंग,प्राणायाम (योगा) र आकासा हिलिङ्ग, सुष्मा गुरुङ,डा बिशाल गुरुङ, गोमा राना ले  नारी दिवससम्बन्धी कविता प्रस्तुत गरेका थिए ।  बीबीसीको प्रभावशाली महिलामा पर्न सफल सपना रोकामगर,प्रमीला लाबुङ राई,सुजना थापा,मखेल्छुका अन्जु र कृष्ण गुरुङ,पुष्पा सुनुवार,डा.जित तामाङ,आरएनआरसी अन्जु गुरुङ र शर्मिला कुँवरले पनि आफ्नो आफ्नो बिसयमा जानकारी प्रस्थुत गरेका थिइन। अल्ट्रा धावक मिरा राईले नेपालबाटै भर्चुअल माध्यमबाट सहभागी भएर आफ्नो भनाइ तथा अनुभव सुनाएकी थिइन्।  कार्यक्रम को बीच बीचमा   नृत्य प्रस्तुत गरिएको थियो भने सांस्कृतिक सचिव दिनेश गुरुङले बाँसुरी बजाएर मनोरञ्जन प्रदान गरेका थिए। त्यसपछि नेपालबाट आएका विभिन्न सामाजिक व्यक्तित्वहरूले शुभकामना मन्तव्य तथा अनुभव आदानप्रदान गरेका थिए। अतिथि हरुमा बि बि सी १०० महिला प्रभाकरिता मा पर्न सफल सामाजिक अभियन्ता सपना रोका, उपमेयर काउन्सिलर मारा मकुनुरा,तमुधी युकेको अध्यक्ष्य हरि गुरुङ तथा आमा समूह अध्यक्ष्य सन्ध्य गुरुङ,गोर्खा आमा समूह अल्डरसटको अध्यक्ष्य धन माया गुरुङ,चित्रकार सुजन थापा लगाएत महिला नेत्रीहरु थिए भने स्टल मा गोर्खा वेलफेएर यु के,सिटिजन एडभाइस, रुश्मूर होउसिङ्ग,मखेल्छु, अर यन अर सी,गोर्खा सेन्टर, मेन्टल हेल्थ आदि ले स्टल राखेका थिए।  त्यसपछि केक काटेर नारी दिवसको उत्सव मनाइएको थियो। मुख्य औपचारिक कार्यक्रम सकिएपछि सांस्कृतिक कार्यक्रम भएको थियो।  सांस्कृतिक सचिव दिनेश गुरुङले सञ्चालन गरेको

नेपाली राष्ट्रिय टीम र इङलैण्डको सी टीम बीच फुटबल खेल हुदै

शीतलपाटीन्युज डटकर। अल्डरसट,लण्डन। लण्डनमा नेपालीहरुको घना बस्ती रहेको र नेपालीहरुको राजधानी मानिने अल्डरसटमा नेपालको राष्ट्रिय फुटबल टीमले मैत्रीपुर्ण अन्तराष्ट्रीय फुटबल खेल्ने भयको छ। सो फुटवल खेल हुने कुरा आज अजिम साहिद अध्यक्ष रहेको एउटा व्यवसायिक क्लव अल्डरसट टाउन फुटबल क्लबमा आयोजित प्रेषमीटमा बताएको छ। इंग्ल्याण्डको सी टीम र नेपालबीच हुन लागेको यो ऐतिहासिक खेल मैत्रीपूर्ण मात्रा होइन,यो यहाँको फुटबल एशोसिएसनले मान्यता दिएको एक अन्तर्राष्ट्रिय खेल हुनेछ। जसमा अंग्रेज खेलाडीहरु इंग्ल्याण्डको राष्ट्रिय टीमकै क्यापमा खेल्नेछन् र यो इंग्ल्याण्डले खेलेका अन्तराष्ट्रिय खेलहरुको सूचीमा रेकर्ड हुनेछ’, अजिमले स्पष्ट पार्दै भनेका छन। अल्डरसट टाउन एफसीका अध्यक्ष अजिमले यो खेल नेपाली प्रतिभावान खेलाडीलाई बेलायती क्लवमा अवसरको लागि प्लेटफर्म बन्न सक्ने बताएका छन। नेपाली खेलाडीहरुले प्राप्त अवसरलाई सदुपयोग गर्नेछन् र आफ्नो खेल कौशलले सबैलाई प्रभावित गर्नेछन्’,उनले भनेका छन। यो खेल हेर्न यहाँका विभिन्न लिगका प्रशिक्षकहरु पनि आउनेछन्। उनीहरुले मन पराए भने अनुबन्धनका लागि प्रस्ताव राख्न सक्छन्। सो प्रेषमीटमा इंग्ल्याण्ड एफएको नेश्नल लिग सिस्टम प्रमुख लरेन्स जोन्सले नेपाली टीमलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताउदै खेलले बेलायतको नेपाली समुदाय र गोर्खा रेजिमेन्टसंग स्थानीय समुदायको घुलमिल बढाएर सम्बन्ध झन् प्रगाढ बनाउने आशा व्यक्त गरेका छन्। त्यस्तै गरी एन्फाले पनि इंग्ल्याण्डसंगको पहिलो खेललाई नेपाली खेलाडीहरुलाई अन्तरराष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउन तथा उपयोगी अनुभव आर्जन गर्न सुन्दर अवसरका रुपमा लिएको जनाएको छ । खेल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा इंग्ल्याण्ड सी म्यानेजर पल फेरक्लो,अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिम र इंग्ल्याण्ड एफए नेशनल लिग प्रमुख लरेन्स जोन्सको उपस्थिती थियो।अल्डरसट टाउन फुटबल र इंग्ल्याण्ड एफएका अधिकारीहरुसंगै स्थानीय काउन्सीलर जीव बेलबासे,एनआरएन युके पुर्व अध्यक्ष सुर्य गुरुड्ग,तमुधि युकेका पूर्व अध्यक्ष कमल गुरुड्ग,एनआरएन युकेका पुर्व अध्यक्ष पुनम गुरुड्ग,सहारा युकेका पुर्व अध्यक्ष कुमार गुरुड्ग,शिव मन्दिरका अध्यक्ष बिक्रम भट्टराई,तमुधी युकेका उपाध्यक्षहरु जुमकाजी गुरुड्ग र कमल गुरुड्ग, ग्रेटर रस्मोंर नेपाली कम्यूनिटीका अध्यक्ष मान गुरुड्ग,उपाध्यक्ष डा बिशाल गुरुड्ग, डिलन्ज रेष्टुरेन्टका प्रोपाईटर तुलाराम गुरुड्ग,गोर्खा मिडीयाका डाइरेक्टर मिलन तमु गुरुड्ग, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीका साथै युवा अगुवा राजेन्द्र गुरुड्ग समेतको उपस्थिति थियो। अध्यक्ष अजिमले ६ मेको

नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई अन्तराष्ट्रिय खेलका लागि लण्डनमा निमन्त्रणा

शीतलपाटीन्युज डटकर। अल्डरसट,लण्डन। लण्डनमा नेपालीहरुको घना बस्ती रहेको र नेपालीहरुको राजधानी मानिने अल्डरसटमा नेपालको राष्ट्रिय फुटबल टीमले मैत्रीपुर्ण अन्तराष्ट्रीय फुटबल खेल्ने भयको छ। सो फुटवल खेल हुने कुरा आज अजिम साहिद अध्यक्ष रहेको एउटा व्यवसायिक क्लव अल्डरसट टाउन फुटबल क्लबमा आयोजित प्रेषमीटमा बताएको छ। इंग्ल्याण्डो सी टीम र नेपालबीच हुन लागेको यो ऐतिहासिक खेल मैत्रीपूर्ण मात्रा होइन,यो यहाँको फुटबल एशोसिएसनले मान्यता दिएको एक अन्तर्राष्ट्रिय खेल हुनेछ। जसमा अंग्रेज खेलाडीहरु इंग्ल्याण्डको राष्ट्रिय टीमकै क्यापमा खेल्नेछन् र यो इंग्ल्याण्डले खेलेका अन्तराष्ट्रिय खेलहरुको सूचीमा रेकर्ड हुनेछ’, अजिमले स्पष्ट पार्दै भनेका छन। अल्डरसट टाउन एफसीका अध्यक्ष अजिमले यो खेल नेपाली प्रतिभावान खेलाडीलाई बेलायती क्लवमा अवसरको लागि प्लेटफर्म बन्न सक्ने बताएका छन। नेपाली खेलाडीहरुले प्राप्त अवसरलाई सदुपयोग गर्नेछन् र आफ्नो खेल कौशलले सबैलाई प्रभावित गर्नेछन्’,उनले भनेका छन। यो खेल हेर्न यहाँका विभिन्न लिगका प्रशिक्षकहरु पनि आउनेछन्। उनीहरुले मन पराए भने अनुबन्धनका लागि प्रस्ताव राख्न सक्छन्। सो प्रेषमीटमा इंग्ल्याण्ड एफएको नेश्नल लिग सिस्टम प्रमुख लरेन्स जोन्सले नेपाली टीमलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताउदै खेलले बेलायतको नेपाली समुदाय र गोर्खा रेजिमेन्टसंग स्थानीय समुदायको घुलमिल बढाएर सम्बन्ध झन् प्रगाढ बनाउने आशा व्यक्त गरेका छन्। त्यस्तै गरी एन्फाले पनि इंग्ल्याण्डसंगको पहिलो खेललाई नेपाली खेलाडीहरुलाई अन्तरराष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउन तथा उपयोगी अनुभव आर्जन गर्न सुन्दर अवसरका रुपमा लिएको जनाएको छ। खेल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा इंग्ल्याण्ड सी म्यानेजर पल फेरक्लो,अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिम र इंग्ल्याण्ड एफए नेशनल लिग प्रमुख लरेन्स जोन्सको उपस्थिती थियो।अल्डरसट टाउन फुटबल र इंग्ल्याण्ड एफएका अधिकारीहरुसंगै स्थानीय काउन्सीलर जीव बेलबासे,नेपाली समुदायका अगुवाहरु, एनआरएन युके पुर्व अध्यक्ष सुर्य गुरुड्ग,तमुधि युकेका पूर्व अध्यक्ष कमल गुरुड्ग, एनआरएन युकेका पुर्व अध्यक्ष पुनम गुरुड्ग, सहारा युकेका पुर्व अध्यक्ष कुमार गुरुड्ग,शिव मन्दिरका अध्यक्ष बिक्रम भट्टराई,तमुधी युकेका उपाध्यक्षहरु जुमकाजी गुरुड्ग र कमल गुरुड्ग, ग्रेटर रस्मोंर नेपाली कम्यूनिटीका अध्यक्ष मान गुरुड्ग,उपाध्यक्ष डा बिशाल गुरुड्ग, गोर्खा मिडीयाका डाइरेक्टर मिलन तमु गुरुड्ग, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीका साथै युवा अगुवाहरुको पनि उपस्थिति थियो। अध्यक्ष अजिमले ६ मेको दुई देशीय ऐतिहासिक

प्रमुख अतिथी मेयर रेनु दाहाल रहेको एनआरएनए यूकेको ११४औ अन्तर्राष्ट्रिय नारी दिवस

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ यूकेले एक विशेष कार्यक्रमसहित ११४ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ।अल्डरसटस्थित एम्पायर हलमा मंगलबार साँझ आयोजित नारी दिबस कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल प्रमुख अतिथि थिइन्। एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुड्गको अध्यक्षतामा भयको ११४ औ नारी दिबस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नेपाली समाजमा पनि महिलामाथि विगतमा जस्तो भेदभाव नरहेको र महिलाहरु सशक्त रुपमा अगाडि बढ्दै गएको बताइन्। उनले आफ्नो महानगरले ‘भरतपुर भ्रमण वर्ष २०२४’ मनाउने घोषणा गरेको जनाउंदै बेलायतवासी नेपालीलाई भरतपुर घुम्न आउन अनुरोध गरिन्।उनको यो मेयर पद दोश्रो कार्यकाल हो। ११४ औ अन्तराष्ट्रीय नारी दिबस कार्यक्रममा विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल रहनु भयको थियो भने एनआरएनए आइसीसी पूर्व अध्यक्ष कुल आचार्य,उपाध्यक्ष रामशरण सिम्खडा, एनआरएनए यूके महिला संयोजक रेजिना गुरुङ,एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष शम्भुप्रसाद अर्याल लगायतले विश्वभरका नारीहरूप्रति शुभकामना दिएका मन्तव्य राखेका थिए।सोही दिन एनआरएन युके १९ बर्ष पुगेको अवसरमा केक काटेर एनआरएनए यूके स्थापनाको १९ औं वार्षिकोत्सव पनि मनाइएको थियो। ११४ औ अन्तराष्ट्रीय नारी दिबस महासचिव गोविन्द खरेलले संचालन गरेका थिए भने संघका गतिविधि र भावी कार्यक्रमबारे संक्षिप्त रुपमा अवगत गराएका थिए। खरेलले  महिलाहरूको उपलब्धि उजागर मात्र होइन्, यूके नेपाली डायस्पोरामा एकता र सशक्तिकरणलाई बढावा दिने काम गरेको पनि बताएका थिए। छोटो समयको निमन्त्रणा स्वीकार गरी कार्यक्रममा सहभागी भइदिएकामा मेयर दाहाल,उपनियोग प्रमुख खनालसहित सबैप्रति एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङले आभार व्यक्त गरेका थिए। कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष सपना खनियाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा एनआरएनए युरोप महिला संयोजक प्रसुना कँडेल,एनआरएनए आइसीसी सह–कोषाध्यक्ष अमृता थापा (कञ्चन) लगायतले संबोधन गरेको र सहभागिता भब्य रहेको थियो।

बौध्द गुम्बा रेडिङ युकेले च्यारीटी डिनर नाइट हुदै

शीतलपाटीन्युज डटकम लन्डन। बुद्धिस्ट गुम्बा रेडिङ युकेले ३१ मार्च २०२४ मा आयोजना गर्न लागेको च्यारिटी गजल डिनर नाइटको तयारी अन्तिम चरणमा रहेको प्रेषमीट मार्फट प्रष्ट पारिएको छ।  हिजो ९ मार्च शनिवार बुद्धिस्ट गुम्बा रेडिङ युकेले आफ्नै भवनमा प्रेषमीट सम्मेलन आयोजना गरेर गजल नाइट गर्ने तयारी बारे जनाकारी दिइएको थियो। गुम्बा निर्माण तथा मर्मतका लागि सहयोगार्थ च्यारिटी गजल नाईटको आयोजना गर्न लागिएको हो । अल्डरसटस्थित एम्पायर हलमा हुने गजल डिनर नाईटमा ख्यातिप्राप्त गजलगायक तिलकसिंह पेला र राज सिग्देलको प्रस्तुति रहने जनाइएको छ।  गुम्बाका अध्यछ खेम गुरुङको अध्यछतामा भयको सो प्रेषमीटमा गुम्बाका महासचिव कमल गुरुङले पत्रकारहरूलाई स्वागत गर्दै पत्रकार सम्मेलनको शुरूआत गरेका थिए। गुम्बा मरमत संभारका लागि युकेमा  गजल साँझको आयोजना गरि आर्थिक संकलन गर्न लागिएको गुरुङले बताए। प्रेषमीटमा रि इन्सपेक्टर अध्यक्ष खेमबहादुर गुरुङले कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउदै पुण्य कामका लागि यो च्यारीटी भएकाले कार्यक्रमको टिकट काटेर सहयोग गर्न उहाले अनुरोध गर्नु भयको थियो। उपाध्यक्ष नरबहादुर गुरुङ, कोषाध्यक्ष मेजर बुद्धि गुरुङ, सचिव युवराज गुरुङ, कार्यक्रमका कोअर्डिनेटर चन्द्रमान गुरुङ लगायतको प्रेषमीटमा उपस्थिति थियो । गुम्बाको मर्मत सम्भारका लागि आर्थिक संकलनका लागि गजल डिनर आयोजना गर्न लागिएको कोअर्डिनेटर चन्द्रमान गुरुङले बताउनु हुदै कार्यक्रममा आएर दान गरेर पुण्य कमाउन र मनोरञ्जन समेत लिन उले आग्रह गर्नु भयो। च्यारीटीका लागि नेपालबाट आउने अतिथी कलाकारहरुको भिसा लगायत प्रक्रिया पूरा भइसकेको र २४ मार्चमा लण्डन आइपुग्ने उहाले जनाउनु भयो। एम्पाएर हल अल्डरसटमा हुने सो च्यारीटी डिनर नाइटमा खाना समेतको ब्यवस्था गरिएको टिकटदर प्रतिव्यक्ति साधारणतर्फ ४० पाउन्ड तथा भीआईपीतर्फ १०० पाउन्ड रहेको छ। प्रायोजकलाई भीआईपी टिकट हुने र ४०० पाउन्डभन्दा माथि सहयोग गर्नेलाई २ वटा भीआईपी टिकट दिइने महासचिव गुरुङले बताउनु भयो। कोषाध्यक्ष गुरुङले आर्थिक संकलन र भावी कार्ययोजना बारे जानकारी गराएको सो प्रेषमीटमा अध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा उपस्थित गोर्खा मिडियाका डाईरेक्टर मीलन तमु गुरुङ,एभरेष्ट नेटका डाइरेक्टर एस के गुरुङ,एभरेष्ट टा इम्सका फोटो ग्राफर तेज गुरुङ,शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी समेतलाई धन्यवाद दिँदै प्रेषमीट प्रश्नहरुको जवाफ दिदै समापन गर्नु भयको थियो।

बौध्द गुम्बा रेडिड्ग युकेले गुम्बा मरम्मत र संभारका लागि च्यारीटी डिनर नाइट गर्दै

शीतलपाटीन्युज डटकम लन्डन। बुद्धिस्ट गुम्बा रेडिङ युकेले ३१ मार्च २०२४ मा आयोजना गर्न लागेको च्यारिटी गजल डिनर नाइटको तयारी अन्तिम चरणमा रहेको प्रेषमीट मार्फट प्रष्ट पारिएको छ।  हिजो ९ मार्च शनिवार बुद्धिस्ट गुम्बा रेडिङ युकेले आफ्नै भवनमा प्रेषमीट सम्मेलन आयोजना गरेर गजल नाइट गर्ने तयारी बारे जनाकारी दिइएको थियो। गुम्बा निर्माण तथा मर्मतका लागि सहयोगार्थ च्यारिटी गजल नाईटको आयोजना गर्न लागिएको हो। अल्डरसटस्थित एम्पायर हलमा हुने गजल डिनर नाईटमा ख्यातिप्राप्त गजलगायक तिलकसिंह पेला र राज सिग्देलको प्रस्तुति रहने जनाइएको छ।  गुम्बाका अध्यछ खेम गुरुङको अध्यछतामा भयको सो प्रेषमीटमा गुम्बाका महासचिव कमल गुरुङले पत्रकारहरूलाई स्वागत गर्दै पत्रकार सम्मेलनको शुरूआत गरेका थिए। गुम्बा मरमत संभारका लागि युकेमा  गजल साँझको आयोजना गरि आर्थिक संकलन गर्न लागिएको गुरुङले बताए। प्रेषमीटमा रि इन्सपेक्टर अध्यक्ष खेमबहादुर गुरुङले कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउदै पुण्य कामका लागि यो च्यारीटी भएकाले कार्यक्रमको टिकट काटेर सहयोग गर्न उहाले अनुरोध गर्नु भयको थियो। उपाध्यक्ष नरबहादुर गुरुङ,कोषाध्यक्ष मेजर बुद्धि गुरुङ,सचिव युवराज गुरुङ,कार्यक्रमका कोअर्डिनेटर चन्द्रमान गुरुङ लगायतको प्रेषमीटमा उपस्थिति थियो । गुम्बाको मर्मत सम्भारका लागि आर्थिक संकलनका लागि गजल डिनर आयोजना गर्न लागिएको कोअर्डिनेटर चन्द्रमान गुरुङले बताउनु हुदै कार्यक्रममा आएर दान गरेर पुण्य कमाउन र मनोरञ्जन समेत लिन उहाले आग्रह गर्नु भयो। च्यारीटीका लागि नेपालबाट आउने अतिथी कलाकारहरुको भिसा लगायत प्रक्रिया पूरा भइसकेको र २४ मार्चमा लण्डन आइपुग्ने उहाले जनाउनु भयो। एम्पाएर हल अल्डरसटमा हुने सो च्यारीटी डिनर नाइटमा खाना समेतको ब्यवस्था गरिएको टिकटदर प्रतिव्यक्ति साधारणतर्फ ४० पाउन्ड तथा भीआईपीतर्फ १०० पाउन्ड रहेको छ। प्रायोजकलाई भीआईपी टिकट हुने र ४०० पाउन्डभन्दा माथि सहयोग गर्नेलाई २ वटा भीआईपी टिकट दिइने महासचिव गुरुङले बताउनु भयो। कोषाध्यक्ष गुरुङले आर्थिक संकलन र भावी कार्ययोजना बारे जानकारी गराएको सो प्रेषमीटमा अध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा उपस्थित गोर्खा मिडियाका डाईरेक्टर मीलन तमु गुरुङ,एभरेष्ट नेटका डाइरेक्टर एस के गुरुङ,एभरेष्ट टा इम्सका फोटो ग्राफर तेज गुरुङ, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी समेतलाई धन्यवाद दिँदै प्रेषमीट प्रश्नहरुको जवाफ दै समापन गर्नु भयको थियो।

यसपाली को world Cup कसले जित्ला?