Monday February 10, 2025

प्रवास

बेलायतमा मगर संघ युकेको नेपाली ओपन कन्सर्ट १५ जुनमा हुने

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएका छन । मगर संघ युकेको आयोजनामा जुन महिनाको १५ तारिख मेडस्टोन,केन्ट,इभेन्ट्स सेन्टरमा हुने यस वर्षको कन्सर्टको प्रमुख आकर्षणमा मंगोलियन हार्टका गायक राजु लामा रहने छन्। कन्सर्टका बारेमा जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सो कन्सर्टको अनलाइन टिकट बिक्री खुला भएको जानकारी दिइयो। अध्यक्ष सिता पुनमगरका अनुसार मगरयुके डट ओआरजीबाट सो टिकट खरिद गर्न सकिनेछ। पहिला खरिद गर्ने १ हजार जनालाई १० प्रतिशत छुटमा सो टिकट मिल्नेछ। टिकटको मूल्य ३० पाउण्ड रहेकोमा अनलाइन खरिद गर्दा २७ पाउण्ड मात्र पर्नेछ। सो टिकट मे १५ तारिखसम्म खरिद गर्न सकिनेछ। कन्सर्टकै दिन टिकट किनेमा ४० पाउण्ड पर्नेछ। यो १६औ नेपाली ओपन कन्सर्ट दिउँसोको १२ बजेवाट साँझ ८ बजे सम्म चल्ने कार्यक्रममा,नेपाली खाना ब्यबसाय,विभिन्न बालबालिकाका लागि खेल र व्यापारिक स्टलहरु समेत रहने छन्। कार्यक्रमका मुख्य अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य तथा बेलायतवासी विभिन्न संघ सस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहनेछ। कन्सर्टमा करिब ४ हजार मानिस उपस्थित हुने आयोजकहरुको अपेक्षा रहेको छ। पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख संयोजक तथा संघका उपाधक्ष्य होम रोकामगरले कार्यक्रमको तयारी वारे जानकारी गराएका थिए। संघका अध्यक्ष सिता पुनमगरले कार्यक्रम मार्फत बेलायत भरि छरिएर रहेका सम्पूर्ण नेपालीहरु एकै ठाउंमा भेला गराएर म्युजिक फर युनिटीको संदेश दिने बताउनु भएको छ। पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष धुर्वराज अर्याल,लण्डन काठमाडौँका सम्पादक तथा फोनिज युकेकाका अध्यक्ष बम थापा सूर्यवंशीमगर, वि नेपालीका सम्पादक तथा नेपाल पत्रकार महासंघ युकेका पुर्व अध्यक्ष नरेश खपांगी मगर,लण्डन नेपाल न्युजका शिब भण्डारी र प्रकाश कंडेल,एभरेस्ट टाईम्सका सम्पादक चिम्खोले काईला र सहसम्पादक जमुना पुन,एभरेस्ट मेडियाका एसके गुरुङ,गोर्खा च्यानेलवाट बिमला सेने,गोर्खा मेडियाका मिलन तमु र बिकाश न्यौपाने, ब्रिटिश खबर युकेवाट बिपिन निरौला नेपाल ब्रिटेन डट कमवाट चिरन शर्मा,देबी पौडेलको उपस्थिति रहेको थियो।  सोहि अवसरमा मगर संघ युके,केन्ट शाखाका अध्यक्ष नानीबाबु मगरले मगर संघ युकेका १२ वटा शाखाहरुवाट गाडीको व्यवस्था गरिएको र चाहिएको खण्डमा ट्रेन स्टेशनवाट

बेलायत जाने नेपाली फुटबल टिमको बिदाइ, कप्तान भन्छन्- इंग्लिस टोलीसँगको खेलका लागि हामी उत्साहित

शीतलपाटीन्युज डटकम। काठमाडौँ । इंग्लयान्ड ‘सी’सँग मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेन, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलगायतले टोलीलाई बिदाइ गर्दै शुभकामना दिए ।  नेपालले आगामी वैशाख २४ गते (मे ६) इंग्ल्यान्डको अल्डरसटमा इंग्लिस टोलीसँग खेल्दैछ । बिदाइ कार्यक्रममा नेपालका कप्तान किरणकुमार लिम्बूले छोटो समयको तयारी रहे पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । ‘इंग्लिस टोलीसँगको खेलका लागि हामी उत्साहित छौँ । टोलीमा नयाँ खेलाडी छन् । ती खेलाडीले इंग्लिस टोलीसँग फुटबल खेल्न पाउनु सुखद पक्ष हो।’ यसैबीच, राजदूत फेनले बच्चा बेला आफूले पनि फुटबल खेल्ने गरेको स्मरण गर्दै नेपाली टोलीलाई सकारात्मक नतिजाका लागि शुभकामना दिए । नेपाली फुटबललाई सहयोग गर्न आफू सदैव तयारी रहेको उनको भनाइ थियो ।   एन्फा अध्यक्ष नेम्बाङले यस खेलका लागि पहल गर्ने पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालाई आभार व्यक्त गरे । कोरोना संक्रमणका कारण यसअघि हुन नसकेको खेल अहिले हुन लागेको उनको भनाइ थियो ।  नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले इंग्लिस फुटबलको तल्लो डिभिजनको टोली भए पनि बलियो हुने बताए । अधिकांश खेलाडी प्रिमियर लिग खेल्न लक्ष्यसहित त्यो टोलीमा रहेकाले खेलाडी पनि व्यावसायिक रूपमा उत्कृष्ट हुने प्रशिक्षक एनेसको भनाइ थियो । नेपालमा पछिल्लो समय धेरै खेलाडी बिदेसिएकाले यो टोली कम अनुभवी रहेको उनको भनाइ थियो ।  कार्यक्रममा एन्फा अध्यक्ष नेम्बाङले राजदूत फेनलाई नेपालको जर्सी पनि हस्तान्तरण गरेका थिए । यस्तै, मुख्य प्रशिक्षक एनेसले सोमबार नै २३ सदस्यीय टोली पनि घोषणा गरेका छन् ।  नेपाली टोलीमा कप्तान लिम्बूसहित अभिषेक बराल र विशाल सुनार गोलकिपर रहेका छन् । डिफेन्डरमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द छन् ।  यस्तै, मिडफिल्डरमा फत्तेमान घले, मणीकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बू तथा फरवार्डमा दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजङ कार्की, हिसुब थपलिया, समीर तामाङ र सञ्जीव विष्ट छन् ।  साभार-गोर्खा मिडीयाबाट।

लण्डन बरो अफ बार्नेटका काउन्सीलरहरुलाई पोखराका मेयर आचार्यद्वारा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको निमन्त्रणामा लन्डन बरो अफ बार्नेटका पूर्व मेयर काउन्सिलर क्यारोलिन स्टकको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधि मण्डलले नेपालको सुन्दर शहर पोखरा भ्रमण गरेको छ । लन्डनबाट गएको भ्रमण प्रतिनिधिमण्डलमा काउन्सिलर क्यारोलिन स्टक,पुर्व उपमेयर एवम काउन्सिलर लक्ष्य गुरुङ,काउन्सिलर अर्जुन कुमार मित्रा,काउन्सिलर अम्मर नक्भी,काउन्सिलर कमल गुरुङ र डा रिचर्ड स्टक रहनु भयको छ। पोखरा बसाइका क्रममा लन्डन बरो अफ बार्नेट प्रतिनिधिमण्डलले फेवाताल,बेगनास ताल,अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय,गोर्खा सङ्ग्रहालय र ब्रिटिश क्याम्प भ्रमण गरेको थियो। प्रतिनिधिमण्डल सूर्योदय हेर्न सराङकोट पनि पुगेको थियो भने विश्व शान्ति प्यागोडा,डेभिस फल्स,गुप्तेश्वर गुफा र पुम्दीकोट अवलोकन गरेको थियो। टोलीले मातृशिशु मितेरी अस्पताल, विन्धवासिनी उच्चमावि अस्पताल र बेलायती परोपकारी संस्था किडाशाको नेपाल अफिसको पनि भ्रमण गरेको थियो। किडाशाले पोखरा र नेपालका अन्य शहरमा बालबालिकाको स्वास्थ्य सुधार गर्न, उनीहरूको शिक्षा र रोजगारीलाई सक्षम बनाउन र उनीहरूलाई दुर्व्यवहार एवं शोषणबाट जोगाउन काम गरिरहेको छ। भेटका अवसरमा मेयर आचार्यले बार्नेट प्रतिनिधि मण्डललाई स्वागत गर्दै निमन्त्रणा स्वीकार गरी पोखरा महानगरपालिकाको भ्रमण गरेकामा धन्यवाद दिएका थिए। बैठकलाई सम्बोधन गर्दै काउन्सिलर क्यारोलिन स्टकले तत्कालिन उपमेयर लक्ष गुरुङले ल्याएको सोचबाट बार्नेट र पोखराबीचको मितेरी सम्बन्ध सुरु भएको बताएकि थिईन ।‘यो एक सोच थियो जसले हाम्रा विभिन्न समुदायबीच सांस्कृतिक आदानप्रदान र समझदारी बढाउने प्रयत्न गरयो । हाम्रा शहरबीचको मित्रताका लागि आज हामी धेरै जना बार्नेटबाट पोखरामा छौ,क्यारोलिनले भनिन्, ‘हामी दुई नगरबीच दिगो विकास र वातावरणीय संरक्षणदेखि लिएर सम्बन्ध विस्तार गर्ने प्रयास गर्नेछौं।त्यस्तै गरी पोखरा जन्मस्थल भै बार्नेट बरोका पूर्व उपमेयर तथा हाल काउन्सिलर लक्ष गुरुङले दुवै पक्षबीच शिक्षा,स्वास्थ्य,पर्यटन, पोखरा म्याराथन र दुवै शहरलाई फाइदा हुने अवसर खोज्ने विषयमा छलफल भएको जनाउनु भयको छ । ‘हामी हाम्रा दुई शहरबीचको सहकार्य अझ प्रवर्धन गर्न र हाम्रा नागरिकहरूको हितमा नजिकबाट काम गर्न तत्पर छौं’, उहाले थप्नु भयको छ। बार्नेट र पोखरा महानगरपालिकाबीच सन् २०२१ मेमा मितेरी शहर बनाउने सम्झौता भएको थियो। पोखरा भ्रमणका लागि प्रतिनिधिमण्डलको नेतृत्व बार्नेटका मेयर नागुस नरेन्थिराले गर्ने भनिए पनि व्यक्तिगत कारणले गर्दा अन्तिम समयमा उनले भ्रमण रद्द गर्नुपरेको थियो।

२७ मई २०२४ मा साझा नेपाली समाजले कल्याणकारी साझको आयोजना गर्दे

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको मध्यभागमा बसेबास गर्ने करिब साठी हजार नेपालीहरुको संयुक्त चेरिटयवल संस्था साझा नेपाली समाज बेलायतले भुकम्प प्रभाबित जिल्ला जाजरकोटमा भत्केका कुनै एक संरचना पुननिर्माण गर्ने उद्धेष्यले यहि मई २७ तारिख सोमवारको दिन च्यारिटि डिनर सॅाझको आयोजना गर्न लागेकोछ। साझा नेपाली समाजको संयुक्त कार्यसमितिको बैठकले भुकम्प प्रभावित जिल्ला जाजरकोटमा सहयोग गर्ने उद्धेष्यले च्यारिटि सॅाझको आयोजना गर्ने र संकलित रकमबाट भत्केका कुनै एक हेल्थ पोस्ट वा स्कुल बनाईदिने निर्णय गरेको थियो। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार च्यारिटि सॅाझको ब्यबस्थापन गर्ने जिम्मा बैठकले कार्यसमितिका सचिव शुरेष केसीलाई प्रदान गरेको र केसीले यसभन्दा पहिला पनी कार्यक्रमको संयोजन भब्यताको साथ सम्पन्न गरेका थिए।यो च्यारिटिले पनी उद्धेष्य प्राप्त गर्नेमा कुनै शंका नरहेको र समाजको नाम निकट भबिष्यमा जाजरकोटको कुनै एक बिध्धालय वा हेल्थपोस्टको प्राङगणमा हुने जानकारी गराए। च्यारिटि सॅाझ मार्केट हारव्रो मा रहेको समाजका सचिव एवं कार्यक्रम संयोजक शुरेष केसीको अबतार रेष्टुरेन्टमा गरिने र करिव पॅाचसय समाजका लब्धप्रतिस्ठीत र मनकारी ब्यक्तिहरुलाई निम्ता गरिने र कमसेकम नेपासी दशलाख उठॅाउने समाजको योजना रहेको महासचिव शर्माले बताए।

गल्कोट समाज यूकेले आफ्नै संस्थागत भवन खरिद गर्यो

मन्जु भण्डारी। लन्डन । बेलायतमा बस्ने गल्कोटेहरुको संस्था ‘गल्कोट समाज यूके’ ले आफ्नो संस्थागत भवन खरिद गरेको छ। मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रमिचको सिग्नट रोडमा समाजले आफ्नो महात्वाकांक्षी प्रोजेक्टका रुपमा रहेको ‘गल्कोट हाउस’ खरिद गरेको हो ।  करिब तीन लाख पाउन्डको लागतमा समाजले ३ बेडरूम हाउस खरिद गरेको अध्यक्ष चन्द्र साहनीले बताए । मूल्यको ३० प्रतिशत रकम डाउन पेमेन्टस्वरूप बुझाइएको छ भने बांकी मोर्गेजमा रहेको जनाएको छ । समाजका अध्यक्ष चन्द्र साहनी, निवर्तमान अध्यक्ष भोजराज कंडेल र पूर्व अध्यक्ष राजु कंडेलसहितका पदाधिकारीले शुक्रबार भवनको सांचो बुझेका छन् ।  बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रमा पुख्र्यौली भएर हाल बेलायतमा बस्दै आएकाहरुको प्रतिनिधि संस्थाको रुपमा सन् २०१६ मा गल्कोट समाज यूके स्थापना गरिएको थियो।

संस्कृत प्रभाव (Sanskrit Effect): एउटा अनपेक्षित खोज

माधब रेग्मी, स्कटलैण्ड। मानव मस्तिष्कका तन्तुहरूमा संस्कृतले पारेको प्रभावका बारेमा अहिले पश्चिमी जगतका वैज्ञानिकहरुमा हलचल ल्याइदिएको छ। स्नायु तन्तु सम्बन्धी अनुसन्धानकर्ता न्युरो साइन्टिस्ट जेम्स हार्टजेलद्वारा रचिएको शब्द हो ‘Sanskrit Effect’ अर्थात् संस्कृत प्रभाव। जेम्सले केही संस्कृत अध्ययन गरिरहेका विद्यार्थीहरू को मस्तिष्कको बारेमा सन् २०१८ मा एउटा अनुसन्धान प्रतिवेदन प्रकाशित गरेका थिए। उनले प्रकाशित गरेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ कि लामो समयसम्म वेदका रीचाहरु र संस्कृतका स्तोत्रहरु स्मरण गरिरहने या मन्त्र उच्चारण गरिरहने र संस्कृत अध्ययन गर्ने विद्यार्थीहरुको मस्तिष्कमा रहेको ग्रे म्याटरको घनत्व र कर्टिकलको मोटाई अन्य व्यक्तिहरूको तुलनामा  धेरै गहिरो, मोटो र बढी भएको पाइयो। हामीहरूमध्ये धेरैले पशुपति, जनकपुर, मुक्ति क्षेत्र, बराह क्षेत्र जस्ता तिर्थस्थलहरुमा रहेको मन्दिरमा हिन्दू धर्मका पण्डितहरुले संस्कृतका श्लोकहरू भजेको, ॐ नमः शिवाय, हरे कृष्ण हरे कृष्ण, हरे राम हरे राम, ॐ नमो भगवते वासुदेवाय  जस्ता नाम संकिर्तन् गाएको अनि  हिमाली श्रृङ्खलामा रहेका हाम्रा शेर्पा र लामा दाजुभाई दिदीबहिनीहरू र भिक्षुहरुले ॐ मणि पद्मे हुँ, बुद्धं शरणम् गच्छामि धम्मम शरणम् गच्छामि जस्ता नाम-जप गरेको त सुनेकै छौं। उनीहरूले कसरी प्राचीन हिन्दू बौद्ध धर्मग्रन्थहरूको अध्ययनलाई सामान्य तरिकाले नै स्मरण गर्न सकेका होलान् भन्ने पनि लागेको हुनसक्छ। अहिले पनि न्युयोर्क र बस्टनका गुम्बा र मन्दिरहरूमा बौद्ध भिक्षु र हिन्दू पण्डितहरुले प्राचीन पवित्र ग्रन्थहरूबाट सयौं पृष्ठ लामा हजारौं श्लोकहरु कण्ठस्थ जपिरहेका हुन्छन्। संस्कृतका अनेकन श्लोकहरूलाई कण्ठस्थ गर्न सक्ने र वेदका हजारौं रिचाहरुलाई स्मरण गर्न सक्ने कस्तो मस्तिष्क होला भनेर जेम्सले अध्ययन गरेका थिए। पश्चिमा श्रोताहरूलाई बौद्ध र हिन्दू धर्मग्रन्थका शक्तिशाली स्तोत्रहरूले मन्त्रमुग्ध पारेका छन्। बौद्ध हिन्दु धर्मावलम्बीहरूको स्तोत्र स्मरण गर्ने नाम जप गर्ने पुरानो परम्परा भएतापनि पश्चिमाहरूमा भने भर्खरै यसले ठाउँ पाउन थालेको छ। उनीहरू यसले मस्तिष्कमा पारेको प्रभावका बारेमा दङ्ग पर्न थालेका छन्। हिन्दूबौद्ध परम्परामा त सानै उमेरदेखि प्राचीन ग्रन्थहरूको जप गर्न सिकाइन्छ। सरल संस्कृतका गद्यात्मक, जस्तै विष्णुसहस्र नाम गणेश पञ्चरत्नम्, सरस्वती स्तोत्र आदि  नाम जप गर्नुका साथै शुक्ल एजुर्वेद लगायत अति प्राचीन धर्म ग्रन्थहरूका दशौँ हजार श्लोकहरू समेत कण्ठस्थ गरेका हुन्छन्।

The Voice of Nepal युके टुर २०२४ बर्मीड्घमको सांगितिक धमाका भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। The Voice of Nepal यू.के. Tour 2024 को सांगितिक धमाका पस्किने क्रममा हिजो २२ अपैल २०२४ सोमबार Birmingham मा भएको विशाल कार्यक्रममा मिड्ल्यान्डवासीहरूको अपार माया र साथको लागि Sungabha Entertainment हार्दिक आभार व्यक्त गर्न चाहान्छ। साथमा,मिड्ल्याण्डको संघ संस्थाका प्रतीनिधीजुयुहरू,महेश अधिकारी- ट्रस्टी सहयोजक साझा नेपाली समाज युके,प्रवीन खराल, अध्यक्ष- शान्ती नेपाली समाज वेलायत, राम प्रसाद पन्थी, अध्यक्ष नेपाली समाज नटिङ्घम,रण बहादुर के.सी.संस्थापक अध्यक्ष -नेपाली समाज नटिङ्घम, केशव खतिवडा अध्यक्ष पिटरवोरो नेपाली समाज यू.के., नारायण फुयाल, अध्यक्ष - काभ्रे सोसाइटी यू.के.रहनु भयको थियो। त्यस्तैगरी, पुण्डरी प्रसाद अर्याल, अध्यक्ष - श्रृजनशील लेस्टर नेपाल यूके,राजु कंडेल, संथापक अध्यक्ष - श्रृजनशील लेस्टर नेपाल यूके, चन्द्र साहानी अध्यक्ष, गल्कोट समाज यू.के., बलाराम चापागाई पूर्व अध्यक्ष - श्रृजनशील लेस्टर नेपाल यूके,पशुपति पोख्रेल पूर्व अध्यक्ष श्रृजनशील लेस्टर नेपाल यूके,पवन शर्मा, अध्यक्ष - रा.स्व.पा. यू.के. सन्तोष रेग्मी, अध्यक्ष - नेपाली समाज कभेन्ट्री, दयानिधी सापकोटा, पूर्व अध्यक्ष श्रृजनशील लेस्टर नेपाल यूके, शिव पराजुली, महासचिव - श्रृजनशील लेस्टर नेपाल यूके,शम्भु प्रसाद अर्याल, एन आर एन ए राज्य परिषद,ईङ्ल्याण्ड, मुकुन्द खराल, उपाध्यक्ष - नेपाली समाज नटिंघम, ससांक शर्मा, महासचिव, साझा नेपाली समाज युके, सुरेस केशी सचिव साझा नेपाली समाज युके, गोविन्द खराल पुर्व अध्यक्ष नेपाली समाज नटिङ्घम, रेशम खडका, महासचिव  - नेपाली समाज नटिङ्घम,राम प्रसाद न्यौपाने, उपाध्यक्ष - शान्ती नेपाली समाज युके, दुर्गा सापकोटा प्रवक्ता नेपाली समाज नटिङ्घम, भोजराज भण्डारी पुर्वध्यक्ष शान्ती नेपाली समाज युके, विष्णु चालिसे प्रवक्ता रा स्व पा युके, रविन्द्र शर्मा निबर्तमान अध्यक्ष नेपाली समाज नटिङ्घम, डिलाराम गौतम, उपाध्यक्ष - गलकोट समाज युके, केशव भण्डारी पुर्व अध्यक्ष- पिटरवोरो नेपाली समाज युके रहनु भयको थियो। साथै निरु चालिसे अध्यक्ष नटिङघम महिला समुह, गोविन्द सापकोटा  समाजसेवी, कलाकारहरु श्रृजना खत्री,  रेनुका भट्टराई, बसन्त लम्साल, प्रेम बिवस मगर लगायत उपस्थित सबैप्रति हार्दिक नमन् प्रकट गर्दछौ भनिएको छ।

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रर्दशन

पूर्ण गुरुङ, लण्डन । गत आइतबार लण्डनमा सम्पन्न लण्डन म्याराथनमा नेपालबाट आएका धावक गोपी चन्द्र पार्कीले उत्कृष्ट प्रर्दशन गरेका छन् । उनले उक्त २६ माईल दुरीको दौडलाई २ घण्टा २२ मिनेटमा पुरा गरेका छन् । ५९७०५ जनाले सफलतापूर्वक पुरा गरेको उक्त म्याराथनमा उनी २३ सौ स्थान आउन सफल भएका छन्।  त्यस्तै, लामो समयदेखि विभिन्न दौड प्रतियोगितामा भाग लिदै आएका बेलायतवासी नेपाली सन्देश राईले २६ माईलको दुरी २ घण्टा ३३ मिनेट,  प्रकाश गुरुङले २ घण्टा ३९ मिनेट, सन्तोष राईले २ घण्टा ४७ मिनेट, चन्दन गुरुङले  २ घण्टा ५४ मिनेट, मन्द गुरुङले ३ घण्टा ५ मिनेट, कुशल दिक्षितले ३ घण्टा ८ मिनेट, तिल बिक्रम सम्बाहाम्फेले ३ घण्टा १४ मिनेट, राजेन्द्र गुरुङले ३ घण्टा ३२ मिनेट, धन क्षेत्रीले ३ घण्टा ३५ मिनेट, गौरब गुरुङले ३ घण्टा ३९ मिनेट, पारस गुरुङले ३ घण्टा ४० मिनेटमा पार गरेका छन् । स्मरण रहोस्, लामो समयदेखि बेलायतमा मेर्गेज, स्टेट एजेन्सी, इन्स्योरेन्सलगायतको व्यवसाय गर्दै आएका पीपल ग्रुपका मेनेजिङ्ग डाइरेक्टर सूर्यप्रकाश गुरुङले स्व. राष्ट्र राई तथा मिरा राईको फाउण्डेशनलाई सहयोग गर्ने उद्देश्यले उक्त म्याराथनमा भाग लिएका थिए । उनले उक्त फाउण्डेशन सहयोगार्थ २० हजार ८०१ पाउण्ड संकलन गर्न सफल भएका छन् । साथै, उनले ४ घन्टा २६ मिनेटमा सो म्याराथन पुरा गरेका थिए । तस्वीर- फेसबुक   

आओस् नयाँवर्ष यो २०८१ : कवियत्री गंगा भण्डारी

शीतलपाटीन्युज डटकम। शीर्षक: आओस् नयाँवर्ष यो। शार्दूलविक्रीडित  सारा दुःख हटून् समस्त जगका प्राणीहरू हून् खुशी मान्छेका मनभित्र प्रेम भरियोस् हाँसून् सबै सन्तति। पीडाले जन तड्पिएर नमरून् शानन्द आनन्द होस्  बाँची बाँच्न सिकाउने प्रण लिई आवस् नयाँ वर्ष यो।। पानी वायु सफा बनोस् सफरमा प्राणी सबैले घर पाऊन् बस्न र बाँच्न जीव जगका उन्मुक्त हून् निर्भय। मेरोमात्र खुशी म हेर्न नसकूँ संसार यो  खास होस् हाँसी बाच्न सिकाउने प्रणलिई आवस्  नयाँ साल यो।। स्नेही भाव विवेकशील मन होस् संवाद होस् ध्यान होस्  ईर्ष्या द्वेष घमन्डको घर ढलोस् भात्रित्वमा प्रेम होस्। सारा भाइ र बन्धु बान्धब मिलून् साना ठुला एक हून् साझा मानव जातको महल होस्  नौलो  नयाँवर्ष होस्।। वाणी शुद्ध र बद्ध हून् वचनमा धोका कसैमा नहोस् गर्ने कार्य फटाफटी अघि बढून् यो राष्ट्र सम्मान होस्। झुप्रामा पनि राज्यको प्रगतिको आभाष होस् सान होस् भन्दै निर्मल भाव, आँट बटुली आयो नयाँवर्ष यो।। चैते घाम र हुन्डरी सित जुधे बाढी र वर्षा गयो बैशाखे रुखका मुना र पिपिरा जन्मे उज्यालो भयो। आऊ भास्कर भाग्य हेर्न पिपिरा बाँचून् पलाऊन्, बढून्  सारा जीव र जन्तुको प्रिय बनी आयो नयाँवर्ष यो। २०८१/१/१, गंगा भण्डारी,स्वीन्डन युके।

आओस नया बर्ष यो - कवियत्री गंगा भण्डारी

गंगा भण्डारी, बेलायत। संपूर्ण छन्दमञ्जरी समुहमा नयाँवर्ष २०८१को हार्दिक मंगलमय शुभ-कामना!🙏🏻💐 शीर्षक: आओस् नयाँवर्ष यो। शार्दूलविक्रीडित  सारा दुःख हटून् समस्त जगका प्राणीहरू हून् खुशी मान्छेका मनभित्र प्रेम भरियोस् हाँसून् सबै सन्तति। पीडाले जन तड्पिएर नमरून् शानन्द आनन्द होस्  बाँची बाँच्न सिकाउने प्रण लिई आवस् नयाँ वर्ष यो।। पानी वायु सफा बनोस् सफरमा प्राणी सबैले घर पाऊन् बस्न र बाँच्न जीव जगका उन्मुक्त हून् निर्भय। मेरोमात्र खुशी म हेर्न नसकूँ संसार यो  खास होस् हाँसी बाच्न सिकाउने प्रणलिई आवस्  नयाँ साल यो।। स्नेही भाव विवेकशील मन होस् संवाद होस् ध्यान होस्  ईर्ष्या द्वेष घमन्डको घर ढलोस् भात्रित्वमा प्रेम होस्। सारा भाइ र बन्धु बान्धब मिलून् साना ठुला एक हून् साझा मानव जातको महल होस्  नौलो  नयाँवर्ष होस्।। वाणी शुद्ध र बद्ध हून् वचनमा धोका कसैमा नहोस् गर्ने कार्य फटाफटी अघि बढून् यो राष्ट्र सम्मान होस्। झुप्रामा पनि राज्यको प्रगतिको आभाष होस् सान होस् भन्दै निर्मल भाव, आँट बटुली आयो नयाँवर्ष यो।। चैते घाम र हुन्डरी सित जुधे बाढी र वर्षा गयो बैशाखे रुखका मुना र पिपिरा जन्मे उज्यालो भयो। आऊ भास्कर भाग्य हेर्न पिपिरा बाँचून् पलाऊन्, बढून्  सारा जीव र जन्तुको प्रिय बनी आयो नयाँवर्ष यो।। २०८१/१/१, गंगा भण्डारी,स्वीन्डन बेलायत।

पादाकुलक : कवियत्री गंगा भण्डारी

शीर्षकःपादाकुलक छन्दः वसन्त  वसन लगाई विपिन रमाए युगल हाँसले ताल सजाए। रविका रङले रजनी भागे मधुमय मनमा मोहन जागे।।१ अतुलित राम्रा शोभित खास पुष्पित प्यारा वाग बगैँचा। मोहित पार्ने रङिला झुप्पा वृक्ष लता छन् लठ्ठ झुलेका।।२ निर्जन वनमा छहरा धुनले मयुख र पुतली साथ चराले। मस्त सखी सित फागु फुराई  मोहन छर्छन् रास रचाई।।३ मसिना कीरा, भमरा किथ्रा  ब्यस्त सबैको कर्म विचित्र। हेर्दै प्रमुदित धरणी आज नवल किशोरी झै अति खास!!४ ¤¤¤¤¤ गंगा भण्डारी¤¤¤¤¤

हेर्ने कथा’ टिम बेलायतका नेपालीको कथा संकलन गर्न अप्रिल अन्त्यमा बेलायत आउंदै

शीतलपाटीन्युज डटकम। लन्डन - चर्चित नेपाली श्रव्यदृश्य शृंखला, हेर्ने कथा,  को टिम यही अप्रिल अन्त्यमा बेलायत आउने भएको छ। आफ्नो तीन साता लामो बेलायत भ्रमणको क्रममा ‘हेर्ने कथा’ टिम ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलले एडिनबरामा आयोजना गर्न लागेको ‘नेपाल अध्ययन दिवस’ मा सहभागी हुनेछ।   त्यस्तै लन्डन, अल्डरशट, म्यानचेस्टर लगायत शहरहरुको भ्रमण गरी भूतपूर्व गोर्खा लगायत बेलायतमा बसोबास गरिरहेका प्रवासी नेपालीहरुको कथा संकलन गर्नेछ। “बेलायतको नेपाली समुदायसंग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्न हामी निकै उत्सुक छौं । तपाईंहरुका कथाव्यथा र उपलब्धिहरु आम दर्शकमाझ पुराउने अवसरको रुपमा पनि हामीले यो यात्रालाई लिएका छौं,”  ‘हेर्ने कथा’ की प्रस्तोता विद्या चापागाईंले भनिन्।   बीबीसीको साझा सवाल प्रस्तुत गरेर चर्चामा आएकी विद्याले बीबीसी छाडेपछि आफ्ना साथी कमल कुमारसंग मिलेर ‘हेर्ने कथा’ शुरु गरेकी थिइन्। बेलायत भ्रमणका क्रममा टिम ‘हेर्ने कथा’ ले ४ मेमा सोआस (ब्रुनाइ ग्यालरी) तथा ५ मे मा एम्पायर हल, अल्डरशटमा आफ्ना दर्शक तथा शुभेच्छुहरुसंग अन्तरक्रिया गर्नेछ । मे ५ मा एम्पायर हलमा गरिने कार्यक्रम दिउंसो १ देखि ४ बजेसम्म संचालन हुनेछ।   त्यस्तै, ‘हेर्ने कथा’ टिम मे १३ मा एडिनबरा तथा मे १६ मा म्यानचेस्टरमा हुनेछ। गएको ६ वर्षमा युट्युबमार्फत १०० ओटा भन्दा बढी ‘हेर्ने कथा’ का  कथा प्रसारण भइसकेका छन्। सामान्यतया मिडियाको दृष्टि नपुग्ने दुर्गम भेगमा रहेका सर्वसाधारण नेपालीका असाधारण संघर्षका कथाहरु सुनाएर चर्चामा आएको ‘हेर्ने कथा’ शृंखलालाई युट्युबमा दश लाख बढी दर्शकले पछ्याउंछन् ।

गोमा रानाको कवितासङ्ग्रह सात समुन्द्रपारिबाट’लोकार्पण

शीतलपाटीन्युज डटकम। काठमाडौँ । कवि गोमा रानाको कवितासङ्‌ग्रह "सात समुन्द्रपारिबाट’"लोकार्पण भएको छ। ललितपुरको मानभवनस्थित बीएफबीएस रेडियोको स्वर्णिम संगमको कार्यक्रमबाट शुक्रबार पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा "म खोजिरहेछु" सहित ७१ वटा कविता संग्रहित छन्। उनका श्रीमान् तथा मगर संघ युकेका निवर्तमान अध्यक्ष सुनिल राना पुस्तकको प्रकाशक रहेका छन्। समाजसेवा तथा पत्रकारिता गर्दै आएकी रानाले बीएफबीएस रेडियो ब्रुनाईमा रहेर पनि कार्यक्रम सञ्चालन गरेकी थिइन् । यस्तै, उनले रेडियो बीजीडब्ल्यूएसमा पनि काम गरेकी थिइन् ।  स्याङ्‌जाको गल्याङ नगरपालिका-३ मा जन्मिएकी गोमाले पाल्पा बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह पास गरेकी थिइन् ।हाल बेलायतको फानबोरोमा बस्दै आएकी गोमा फोनिज युकेको पूर्वअध्यक्ष, मगर संघ युकेको पूर्वट्रस्टी हुन्। सामाजीक काममा सक्रिय गोमा पत्रकार महासंघ बेलायत शाखामा पनि आबद्ध छिन्।    

लण्डनमा बुध्द जयन्ती २ जुनमा जेनेरल गर्डन स्क्वायर उलिचमा मनाइदै

मन्जु भण्डारी, लण्डन। लण्डनको ट्राफलगर स्क्याएरमा वर्षेनी हुंदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष लन्डनको वुलीचमा आयोजना हुने समाचार बुध्द फाउन्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनु भएको छ। हाल ट्राफलगर स्क्वाएर मरमत सम्भार कारणले नियमित प्रयोग भै आयको स्थान उपलब्ध नभएपछि आयोजक बुद्ध फाउण्डेसन यूकेले वुलीच आर्सनलको गोर्डन स्क्वायरमा कार्यक्रम गर्न लागेको जनाएको हो।आगामी जुन २ तारिख आइतबार दिउँसो २ देखि साँझ ७ बजेसम्म कार्यक्रम तय भयको जनाईएको छ । यसैबीच फाउण्डेसनले आइतबार कार्यसमिति र सल्लाहकारहरुको संयुक्त बैठक गरेर कार्यक्रम तयारीका लागि विभिन्न छलफल तथा निर्णयहरु गरेको छ । यस वर्षको बुद्धजयन्ती कार्यक्रम संयोजक समेत रहेकी उपाध्यक्ष प्रसुना कंडेलका अनुसार कार्यक्रम तयारीका सम्बन्धमा यसै साता लन्डन दूतावाससंग एक छलफल हुने भएको छ। कार्यक्रमको लागि विभिन्न विदेशी कूटनीतिक प्रतिनिधिका साथै अन्य विशिष्ट अतिथिमा कसलाई निम्त्याउने भन्नेबारे पनि दूतावाससंग छलफल गरिनेछ । त्यस्तै, आयोजक बुद्ध फाउण्डेसनले बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग पनि अप्रिल २१ तारिख आइतबार भर्चुअल छलफल गर्ने भएको छ। विगतदेखि नै बुद्धजयन्ती कार्यक्रममा यहाँका प्रमुख नेपाली संघसंस्थाको सहकार्य रहंदै आएको छ । फाउण्डेसनले कार्यक्रमस्थलमा बुद्ध र बौद्ध दर्शनसम्बन्धी पुस्तकहरुको जानकारीमुलक स्टल राख्ने निर्णय गरेको छ । जसका लागि स्वेच्छिक रुपमा सहयोग गर्न तथा सान्दर्भिक पुस्तकहरु उपलब्ध गराउन सम्बन्धित सबैमा आव्हान गरिएको छ । यस वर्षको बुद्धजयन्ती कार्यक्रम संयोजक उपाध्यक्ष प्रसुना कंडेल,सहसंयोजकद्वय ह्यारी गुरुङ र सुर्जे गुरुङ छन् भने सांस्कृतिक संयोजक दिलु थापा र आर्थिक संयोजक राजन खकुराल रहनु भयको छ। सन् २०१७ मा स्थापित बुद्ध फाउण्डेसन यूकेले त्यसयता लन्डनस्थित नेपाली दूतावास,नेपाल पर्यटन बोर्ड,एनआरएनए युके लगायतको सहकार्यमा ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती कार्यक्रम गर्दै आएको थियो। त्यसअघि पहिलोपटक कपिलवस्तु समाज यूकेको आयोजनामा लन्डन पार्लियामेन्ट स्क्वायरमा कार्यक्रम गरिएको थियो। फाउण्डेसन अध्यक्ष दीपक श्रेष्ठले बुद्धजयन्ती कार्यक्रम सफल पार्न बेलायतवासी सबै नेपाली र संघसंस्थाको सक्रिय साथ एवम् सहभागिताका लागि आव्हान गरेका छन् ।

लण्डन उलिचमा २ जुन २०२४ मा बुध्द जयन्ती मनाईदै

शीतलपाटीन्युज डटकम। लण्डन। लण्डनको ट्राफलगर स्क्याएरमा वर्षेनी हुंदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष लन्डनको वुलीचमा आयोजना हुने समाचार बुध्द फाउन्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनु भएको छ। हाल ट्राफलगर स्क्वाएर मरमत सम्भार कारणले नियमित प्रयोग भै आयको स्थान उपलब्ध नभएपछि आयोजक बुद्ध फाउण्डेसन यूकेले वुलीच आर्सनलको गोर्डन स्क्वायरमा कार्यक्रम गर्न लागेको जनाएको हो।आगामी जुन २ तारिख आइतबार दिउँसो २ देखि साँझ ७ बजेसम्म कार्यक्रम तय भयको जनाईएको छ । यसैबीच फाउण्डेसनले आइतबार कार्यसमिति र सल्लाहकारहरुको संयुक्त बैठक गरेर कार्यक्रम तयारीका लागि विभिन्न छलफल तथा निर्णयहरु गरेको छ । यस वर्षको बुद्धजयन्ती कार्यक्रम संयोजक समेत रहेकी उपाध्यक्ष प्रसुना कंडेलका अनुसार कार्यक्रम तयारीका सम्बन्धमा यसै साता लन्डन दूतावाससंग एक छलफल हुने भएको छ। कार्यक्रमको लागि विभिन्न विदेशी कूटनीतिक प्रतिनिधिका साथै अन्य विशिष्ट अतिथिमा कसलाई निम्त्याउने भन्नेबारे पनि दूतावाससंग छलफल गरिनेछ । त्यस्तै, आयोजक बुद्ध फाउण्डेसनले बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग पनि अप्रिल २१ तारिख आइतबार भर्चुअल छलफल गर्ने भएको छ। विगतदेखि नै बुद्धजयन्ती कार्यक्रममा यहाँका प्रमुख नेपाली संघसंस्थाको सहकार्य रहंदै आएको छ । फाउण्डेसनले कार्यक्रमस्थलमा बुद्ध र बौद्ध दर्शनसम्बन्धी पुस्तकहरुको जानकारीमुलक स्टल राख्ने निर्णय गरेको छ । जसका लागि स्वेच्छिक रुपमा सहयोग गर्न तथा सान्दर्भिक पुस्तकहरु उपलब्ध गराउन सम्बन्धित सबैमा आव्हान गरिएको छ । यस वर्षको बुद्धजयन्ती कार्यक्रम संयोजक उपाध्यक्ष प्रसुना कंडेल,सहसंयोजकद्वय ह्यारी गुरुङ र सुर्जे गुरुङ छन् भने सांस्कृतिक संयोजक दिलु थापा र आर्थिक संयोजक राजन खकुराल रहनु भयको छ। सन् २०१७ मा स्थापित बुद्ध फाउण्डेसन यूकेले त्यसयता लन्डनस्थित नेपाली दूतावास,नेपाल पर्यटन बोर्ड,एनआरएनए युके लगायतको सहकार्यमा ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती कार्यक्रम गर्दै आएको थियो। त्यसअघि पहिलोपटक कपिलवस्तु समाज यूकेको आयोजनामा लन्डन पार्लियामेन्ट स्क्वायरमा कार्यक्रम गरिएको थियो। फाउण्डेसन अध्यक्ष दीपक श्रेष्ठले बुद्धजयन्ती कार्यक्रम सफल पार्न बेलायतवासी सबै नेपाली र संघसंस्थाको सक्रिय साथ एवम् सहभागिताका लागि आव्हान गरेका छन् ।

आरोही निर्मल पुर्जा ‘एमबिई’को अर्को नयाँ कीर्तिमान

शीतलपाटीन्युज डटकम। काठमाडौं। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सले विश्वका आठ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन्। नेपाली नयाँ वर्षकै दिन उनले आठ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर एकैजनाले धेरैपटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन्। शनिबार १ वैशाखको बिहानै १२.१५ बजे उनले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरो चुमेका हुन्।आठ हजार मिटरमाथिका जति हिमाल जतिपटक आरोहण हुन्छ,त्यति नै पटक गणना भएर यो कीर्तिमान बनेको हो ।  ताजा कीर्तिमानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनेका छन् ‘अब, आठ हजार मिटर अग्ला पर्वत आरोहणपिच्छे मेरो रेकर्ड थपिँदै जान्छ।’ निम्सले आठ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटक–पटक आरोहण गरिसकेका छन्। (नया पत्रिकाबाट)

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना अनुसन्धान सकेर फर्किइन्

शीतलपाटीन्युज डटरम। लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस करिब सात साताको बेलायत भ्रमण सकेर फर्किएकी छन् । एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना सोमबार अपरान्ह नेपाल फर्किएकी हुन्। सुजानालाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, सल्लाहकार ओम बुढाथाकी र ओसिन थापा काउचाले हिथ्रो एयरपोर्टमा विदाइ गरे । सुजानाको बेलायत भ्रमणका निम्ति एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले निमन्त्रणा गरेका थिए भने प्रमुख जिम्मेवारी लिएर सबै बन्दोवस्त गर्ने कार्य एनआरएनए यूके अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य एवं गोर्खा विभाग प्रमुख ओम थापा काउचाले गरेका थिए। बेलायतमा रहंदा सुजानाले यहां रहेका भूतपूर्व गोर्खा सैनिकका श्रीमतिहरुको जीवनी र दिनचर्याको खोजीमा समय बिताइन् । सुजाना थापा श्रीमगर दोस्रो विश्वयुद्ध, ब्रुनियो युद्ध, मलाया युद्ध र फकल्याण्ड युद्धमा गोर्खा महिलाको भूमिकाबारेमा अनुसन्धान गर्न बेलायत आएकी थिइन् । विशेष गरि उनले ज्येष्ठ गोर्खा पत्नीहरूको अनुभवमा ध्यान केन्द्रित गरेकी थिइन्। बेलायतमा अनुसन्धानका क्रममा उनले आफ्नो परियोजनाका लागि महत्वपूर्ण जानकारी संकलन गरी करिब ८ सय ज्येष्ठ गोर्खाहरूसँग प्रत्यक्ष रूपमा साक्षात्कार गरिन्। यसबाहेक उनले ७५ वर्षभन्दा माथिका २० जना गोर्खा श्रीमतीसँग अन्तर्वार्ता लिइन्, उनीहरूका अनुभव संकलन गरिन्। ति विवरणहरुका आधारमा उनले निकट भविष्यमा 'गोर्खा वीमनः एन इको इन द स्टोरी' वृत्तचित्र एवं चलचित्र निर्माण गर्ने महत्वाकांक्षा राखेकी छन् । उनले बेलायतमा रहेका स्थानीय नेपाली समुदाय, विशेषगरी गोर्खा ज्येष्ठ नागरिक र विभिन्न गोर्खा संघसंस्थाबाट उल्लेख्य सहयोग प्राप्त गरेको जनाउंदै सबै सहयोगीप्रति आभार समेत व्यक्त गरेकी छन् । सबैको न्यानो स्वागत र आर्थिक सहयोगले आफ्नो परियोजना सफल बनाउन योगदान परयाएको उनले जनाइन्। एनआरएनए यूके अध्यक्ष गाहामगरले सुजानाले आफ्नो बेलायतको अनुसन्धान प्रतिवेदन ३–४ हप्ता भित्र पठाएपछि उनको परियोजनालाई अगाडि बढाउन थप सहयोग गर्ने बताए । सुजानाले एनआरएनए यूकेले ३ मार्चमा अल्डरसटस्थित प्यालेसमा गरेको अन्तर्राष्ट्रिय नारी दिवसमा विशेष आतिथ्य ग्रहण गरेकी थिइन् । उनी अल्डरसटमा मगर दिवस, रेडिङमा द फर्गटन ब्रिटिश गोर्खा भेट्रान्ससंग साक्षात्कार,जीआरएनसीको अन्तर्राष्ट्रिय नारी दिवस, गोर्खा कर्नर ननिटनमा अन्तरक्रिया,लन्डन हिलिङडनमा युवा र गोर्खा सिनियर सिटिजनसंग साक्षात्कार, भार्सेली समाज यूकेको केन्ट टनब्रीज र गोर्खा

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले धुमधामका साथ मनायो 'नयाँ वर्ष २०८१'

शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले धुमधामका साथ 'नयाँ वर्ष २०८१' मनाएको छ। शुक्रबार १२ अप्रिलमा अल्डरसटस्थित एम्पायर हलमा अध्यक्ष मान गुरुङको अध्यक्षता र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा नयाँ वर्ष विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम प्रमुख अतिथि राजदूत आचार्य,रसमुर बरो काउन्सिलका मेयर काउन्सिलर क्लिभ ग्राटन,काउन्सिल लिडर काउन्सिलर गारेथ लियोन र अध्यक्ष मान गुरुङ,पूर्व अध्यक्ष रामचन्द्र गुरूङले दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए। यस्तै लामा गुरुङ र पण्डित आचार्य मधुसुदन सत्यालले स्वस्ती वाचन गरेका थिए। महासचिव सुशिला मगरले हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराउँदै कार्यक्रम आगडि बढाएकी थिइन्। उपाध्यक्ष डा विशाल गुरुङले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा प्रमुख अतिथि राजदुत चालिसे,अतिथिले मन्तव्य राख्नुका साथै सांसद तथा मिनिस्ट्री अफ स्टेट फर द आर्म फर्सेसका लियो डचेर्टीले भिडियो सन्देश सुनाइएको थियो। प्रमुख अतिथि चालिसे र अध्यक्ष गुरुङद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो भने 'चिनारी' पुस्तक विमोचन गरीएको थियो।    औपचारिक कार्यक्रमको अन्तमा अध्यक्ष मान गुरुङले प्रमुख अतिथि,अतिथि,जीआरएनसीका सदस्य,प्रायोजक,दातासहित विभिन्न क्षेत्रबाट नेपाली नयाँ वर्ष कार्यक्रमलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिईयो। बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोग र सहभागिताबिना कार्यक्रम सम्भव नभएको भन्दै अध्यक्ष गुरुङले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्नु भयको थियो। औपचारिक कार्यक्रमपश्चात् सांगीतिक माहोल सुरु भएको थियो। जसमा नेपालबाट आएका चर्चित कलाकारहरु मनमाया वाइबा,उषा गुरुङ,प्रेम विवश घर्तीमगरले आफ्ना बेजोड प्रस्तुति राख्दा सहभागीहरु स्टेज र मञ्ज अगाडि छमछमी नाचेका थिए। यस्तै कार्यक्रममा बालगीत,नृत्य,डीएमटी ब्यान्डको प्रस्तुति,सयपत्री कल्चरल ग्रुपको नृत्यजस्ता प्रस्तुति समेटिएको थियो। कार्यक्रममा नेपालीसँगै विदेशीहरु समेत नाचेका थिए। बिबीध कार्यक्रम गर्दै जीआरएनसीले सन् २००३ देखि लगातार नेपाली नयाँ मनाउँदै आएको छ । (gurkhamedia)

दुलेगौडा तनहु सोलार फार्मका अध्यक्ष मोहन गुरुड्ग सम्मानित

शीतलपाटीन्युज डटकम। पोखरा। आज नयाबर्ष २०८१ का अवसरमा खेल क्षेत्रमा पहिलो पुरष्कार स्पोन्सर गरे बापत दुलेगौडा तनहु सोलारफार्मका अध्यक्ष मोहन गुरुड्ग सम्मानित भयको समाचार प्राप्त भयको छ।  शुक्ला गण्डकी ब्याडमिन्टन संघ तनहुले आयोजना गरेको प्रथम शुक्लागण्डकी मेयर कप ब्याडमिन्टन प्रतियोगितामा गुरुड्गले प्रथम पुरुस्कार प्रायोजन गर्नु भयको थियो।शुक्ला गण्डकि ब्याडमिन्टन संघका अध्यक्ष बम बहादुर गमालले गुरुड्गलाई प्रथम पुरष्कार प्रायोजन गरी खेलको प्रोत्साहन गरेकोमा धन्यबाद दिदै “टोकन अफ लभ” द्वारा सम्मान गर्नु भयको थियो। सो सम्मान कार्यक्रममा दुलेगौडा तनहु सोलार फार्मको डाइरेक्टर शंकरजंग गुरुड्गको पनि उपस्थित रहेको र शुक्लागण्डकी ब्याडमिन्टन संघले सोलार अध्यक्ष गुरुड्गलाई सम्मान गरेकोमा धन्यबाद दिनु भयको थियो।

दुलेगौडा तनहु सोलारफार्मका अध्यक्ष मोहन गुरुड्ग सम्मानित

शीतलपाटीन्युज डटकम। पोखरा। आज नयाबर्ष २०८१ का अवसरमा खेल क्षेत्रमा पहिलो पुरष्कार स्पोन्सर गरे बापत दुलेगौडा तनहु सोलारफार्मका अध्यक्ष मोहन गुरुड्ग सम्मानित भयको समाचार प्राप्त भयको छ।  शुक्ला गण्डकी ब्याडमिन्टन संघ तनहुले आयोजना गरेको प्रथम शुक्लागण्डकी मेयर कप ब्याडमिन्टन प्रतियोगितामा गुरुड्गले प्रथम पुरुस्कार प्रायोजन गर्नु भयको थियो।शुक्ला गण्डकि ब्याडमिन्टन संघका अध्यक्ष बम बहादुर गमालले गुरुड्गलाई प्रथम पुरष्कार प्रायोजन गरी खेलको प्रोत्साहन गरेकोमा धन्यबाद दिदै “टोकन अफ लभ” द्वारा सम्मान गर्नु भयको थियो। सो सम्मान कार्यक्रममा दुलेगौडा तनहु सोलारफार्मको डाइरेक्टर शंकरजंग गुरुड्गको पनि उपस्थित रहेको र शुक्लागण्डकी ब्याडमिन्टन संघले सोलार अध्यक्ष गुरुड्गलाई सम्मान गरेकोमा धन्यबाद दिनु भयको थियो।

यसपाली को world Cup कसले जित्ला?