GNNNEWS- लन्डन - बेलायतको म्यानचेस्टरमा शनिबार (२० जुलाई)”नेपाल दिवस” भव्य रुपमा सम्पन्न भएको छ। म्यानचेस्टर नेपाली समाज र म्यानचेस्टर म्युजियमको दक्षिण एसिया ग्यालरीले सह-आयोजन गरेको उक्त समुदाय केन्द्रित कार्यक्रममा म्यानचेस्टरस्थित नेपाली समुदाय र संग्रहालयका आगन्तुकहरुको बाक्लो उपस्थिति रहेको थियो। "नेपाली घरायसी वस्तुहरुको प्रदर्शनी,सांस्कृतिक प्रस्तुति,योग सत्र,बालबालिका गतिविधि र डिजिटल फोटो प्रदर्शनी मार्फत नेपालको विविधता झल्काउन कार्यक्रम सफल रह्यो,"कार्यक्रमका संयोजक तथा म्यानचेस्टर विश्वविद्यालयसंग आबद्ध सहायक प्राध्यापक डा निमेश ढुंगानाले बताए। सो प्रदर्शनीमा नेपालको क्षेत्रीय,सांस्कृतिक, सामाजिक,धार्मिक र जातीय विविधता झल्काउने गरी प्रदर्शनीको आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली संस्कृति झल्काउने नाच,गीत,संगीत पनि प्रस्तुत गरिएका थिए । उक्त प्रदर्शनीले ब्रिटिश नागरिकहरुलाई नेपालको जनजीवन र संस्कृतिबारे जानकारी दिनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा पनि मदत पुगेको डा ढुंगानाले बताए।
शीतलपाटीन्युज डटकम। लण्डन- एनआरएनए यूकेले आउंदो अगष्ट ३ तारिख लन्डन फेल्थाममा पहिलोपटक गर्न लागेको एनआरएनए महोत्सव र एनआरएनए कप फुटबल प्रतियोगिताको तयारी व्यापक भएको छ। बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यसहित ९ ए साइड एनआरएनए कप प्रतियोगिता र सोही दिन नेपाली कला, संस्कृति,परम्परा,भेषभूषा र खानाको प्रचार प्रसार एवं संवर्धनका लागि एनआरएनए नेपाल महोत्सव गर्ने तयारी भइरहेको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जनाए। ‘बेलायतको नेपाली डायष्पोरामा पहिलो र दोश्रो पुस्ताबीचको दुरी बढिरहंदा हामीले दुवै पुस्तालाई एकै थलोमा उतार्ने प्रयत्न गरेका छौं’,गाहामगरले भने- ‘हाम्रो कला,संस्कृति,भाषा,भेषभूषा, रहनसहन दोश्रो पुस्तामा हस्तान्तरण नगर्ने हो भने उनीहरुको मातृभूमिसंगको नाता तोडिने चिन्ता भएकाले तपाईं हामी सबै मिलेर यस्ता इभेन्टस गर्नुपर्ने दायित्व आएको छ।‘ अध्यक्ष गाहामगरले यो कार्यक्रम कसैसँग प्रतिस्पर्धा गर्न नगरिएको जनाउंदै सबैलाई आफ्नो सम्झेर सहभागी हुन अपिल पनि गरे। एनआरएनए यूकेले कार्यक्रममा सहभागी हुने विशेष अतिथीहरुलाई नौमति पञ्चे बाजा तथा ब्याक पाइपर धुनले स्वागत गर्दै खादा, ब्याच एवं मायाको चिनो प्रदान गरिने जनाएको छ। संघले यसबारे औपचारिक जानकारी दिन २८ जुलाई दिउसो ठमेल दोहोरी रेस्टुरेन्ट, अल्डरसटमा पत्रकार सम्मेलन पनि गर्दैछ। सोही दिन सञ्चारकर्मी र टिम क्याप्टेन/म्यानेजरमाझ टिम ड्र गर्ने स्लट राखिएको छ।
बसन्तराज कुंवर, काठमाण्डौ।मैले होस सम्महाले देखि आज सम्ममा नेपालि समाज यति निस्सासिएको कहिले देखेको थिइन।जुन समाजमा कोही चैनसंग रहन सकिरहेका छैनन्। कसैले धन्यबाद पाउन सकेका छैनन्। आरोप प्रत्यारोपको भुडंग्रो छ।अपमान बदनामको कम्पीटीसन छ। समाज यस बिच निस्सासिएको छ। भएको सरकारलाइ पनि आरोपै आरोप छ,भएका प्रधानमंन्त्री र मंन्त्री प्रति पनि कटाक्ष नै कटाक्ष छ। कर्मचारी तन्त्रले पनि कतै चैनसंग बस्न र काम गर्न पाएको छैन।घरका गृहणीहरुको जिबन महंगी तनाब रोग बिच डिप्रेसनमा जाने स्थीतीमा छ।युबाहरुमा देस कसरी छोड्ने? चटारो छ। उध्योगी ब्यापारीहरु आतंकीत पारीएका छन्। सैक्षिक संस्था अस्तब्यस्त छ,सामाजिक क्षेत्रलाइ पनि आरोपीत गरीएको छ,हीडौ कतै बाटो ठीक छैन, ट्राफिकको ध्यान यातायात ब्यबस्थापन भन्दा ढुकेर डंड गर्नेमा गराउनेमा छ, आतंक छ जताततै,सेबाग्राही कार्यालय तिर दिक्क लाग्ने अब्यबस्थापन छ,नाफा छैन कर बढेको बढै छ,बैंक आतंक त्यस्तै छ,सहकारीले गरीब ठगेको उत्तीकै छ,समाज निस्सासिएको छ। अब दोलखा भिमसेनमा पसिना पनि आयो रे। सबका मुखमा कारबाही कालोमोसो,घेराउ ठोक,हाल जेल भन्ने बाहेक केही छैन।हरेकलाइ हरेक थुन्नु र थुनाउनु छ। सरकारी मेसिनरी र राज्य संचालक प्रति कसैको बिश्वास छैन।जहा काम गर्न लाग्यो त्यॉहा अबरोध छ। समाज निस्सासिएको छ। यस्तो त पहिला कहिले देखिएको थिएन। समाज बास्तबमै निस्सासिएको छ। पसल खालि खालि छन्,अस्पताल, प्रहरी कार्यालय, अड्डा अदालत र बिदेश पलायन गर्ने कार्यालयहरु मात्र खचाखच छ। समाज बास्तब मै निस्सासिएको छ।समाज बिष्फोटको नजिक भएझै लाग्छ,संकेत देखीन्छ,समाज एक भयानक बिद्रोह र अनहोनिको नजिक छ। तल मैले प्रहरीले राजस्व उठाउन सफलता हासिल गरेकोमा गरीएको प्रेस कन्फरेन्सको एक समाचार हालेको छु जहा प्रहरीले सायद धन्यबादको आसा गरेको हुनु पर्दछ तर समाजको बुझाइ ठिक उल्टो छ। तल यस समाचारको कमेन्ट हरु पढौ । कती आक्रोसपुर्ण छन्। समाज अहिले हरेक क्षत्रमा यस्तै आक्रोसमा छ बस् कुरो यत्ती हो,बिष्फोट कताबाट सुरु हुन्छ ???????? (बसन्त कुंवंर,पुर्ब प्रहरी बरिष्ठ उपरिक्षक एवम अध्यक्ष पुर्व नेपाल प्रहरी संगठन)
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेको २८औँ साधारण सभाले आगामी दुई वर्षका लागि १४औँ कार्यसमिति चयन गरेको छ।वेस्ट लन्डनको एक्टनस्थित एबिआई कलेजमा सम्पन्न परिषद्को साधारणसभाबाट कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको वरिष्ठ सह-अध्यक्षमा ध्रुव केसी र पाँचजना सह-अध्यक्षहरूमा वसन्त रायक्षेत्री,वीरेन्द्र कुँवर, रेशम अर्याल,गोकुल भण्डारी र वाचस्पति रेग्मी चुनिएका छन्। साथै दुई जना उपाध्यक्षमा डम्बर सिंह ‘प्रयास’ र डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ चुनिएका छन। यसैगरी महासचिवमा डा.सुधा श्रेष्ठ र वरिष्ठ कोषाध्यक्षमा मनोज अन्जान एवं सह महासचिवमा अहिल्या कुँवर चुनिएकी छन्। कार्यकारिणी सदस्यहरूमा हरि केसी, वासुदेव सापकोटा,रुक्मिणी मानन्धर तथा मिडिया कोअर्डिनेटरहरूमा नवीन पोखरेल र नरेश खापाङ्गी मगर चुनिएका छन् । यसैगरी १६ सदस्यीय सल्लाहकार समितिमा प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल ओबिई,सल्लाहकारहरूमा सुरेशजङ्ग शाह,हरिसिंह थापा, खगेन्द्र नेपाली, हरिविभोर कार्की,मदन थापा, घनबहादुर थापा मगर,विजय थापा,डा.गोपाल पौडेल,कृष्ण भट्ट,पिपला पाण्डे देवान,डा. जनककुमारी धिताल, हिन्दमैञा वैद्य,कमल भण्डारी, बालजंग अर्याल र पशुपति भण्डारी छन्। कार्यसमिति निर्वाचनका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल ओबिई,पूर्व अध्यक्षद्वय हरिसिंह थापा,खगेन्द्र नेपाली र सल्लाहकारहरू मदन थापा, विजय थापा र कृष्ण भट्ट रहेको ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो।नव निर्वाचित पदाधिकारीहरूको पद शुसोभन तथा प्रमाणपत्र वितरण अर्को कार्यक्रमको आयोजना गरिने भएको छ । यसअघि परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको साधारण सभाले कोषाध्यक्ष मनोज अन्जानद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सहअध्यक्ष तथा कार्यवहाक महासचिव डा. सुधा श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन बुँदागत छलफल गरि पारित गरीएको थियो। यसैगरी साधरण सभाले १३औँ कार्यसमितिको कार्यकाल सफल बनाउन परिषद्का हरेक वार्षिक कार्यक्रममा सक्रिय रूपले खटिने कार्यसमितिका पदाधिकारीहरू,प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू,परिषद्का पदेन संरक्षक महामहिम राजदूत तथा नेपाली राजदूतावास परिवार,कवि तथा कलाकारहरू,परिषद्को नेपाल च्याप्टरका पदाधिकारीहरू,कोसेली नेपाली सांस्कृतिक परिवार यूकेका संस्थापक अध्यक्ष मदन थापा तथा अन्य कलाकारहरू,सयपत्री सांस्कृतिक परिवार यूके अध्यक्ष डम्बसिंह प्रयास र पदाधिकारीहरू,पत्रकारहरू र आर्थिक तथा भौतिक सहयोग गर्ने डा.राघवप्रसाद धिताल ओबिई,डा.जनककुमारी धिताल,खगेन्द्र नेपाली, कृष्ण भट्ट, ध्रुव केसी,घन बहादुर थापा मगर,कृष्णा
शीतलपाटीन्युज डटकम। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले गत १ बर्ष देखि बीसीसी गुम्बाको प्रमुख लामाको भूमिकामा रही सेवा गर्दै आएका काठमाण्डौं स्थित सेचेन गुम्बासंग आवद्ध खेन्पो कर्म छुल्त्रिमलाई बिदाई गरेको छ। गत शुक्रबार १९ जुलाईका दिन बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङ,लोपेन नोर्बु,लोपेन दावालगायतले खादा लगाई उनलाई बिदाई गरिएको हो। गत अगष्ट २०२३ देखि बीसीसी यूकेको प्रमुख लामाको रुपमा रहँदै आएका खेन्पो कर्मले गुम्बामा रहेर बौद्ध परम्परा अनुसार विभिन्न कर्मकाण्डहरु गर्ने,धार्मिक प्रवचन दिने, साम्बोटा लिपी पढाउने,शील दिने,विभिन्न पूजापाठहरु गर्ने साथसाथै बुद्धका विभिन्न ग्रन्थ तथा सुत्रहरु पढाउदै आएका थिए। भुटान घर भएका खेन्पो कर्म जर्मन,दिल्ली हुदै भुटान फर्किन लागेका हुन्। बीसीसी यूकेले गत ६ जुलाईका दिन औपचारिक रुपमा बिदाई गरिएका खेन्पोलाई बिदाई गर्न बीसीसी यूकेका पूर्व अध्यक्ष नरेश गुरुङ,उपाध्यक्ष क्याप्टेन देब घले,आमा उपप्रमुख शारदा गुरुङ,सल्लाहकार जंग बहादुर गुरुङ लगायत आमाहरु, भक्तजन एवं शुभचिन्तकहरु शुक्रबार बिहान गुम्बामा सहभागी भएका थिए। त्यस्तै,खेन्पो कर्मलाई बीसीसी यूकेका लोपेन दावा,पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ,पूर्व अध्यक्ष नरेश गुरुङ,आमा उपप्रमुख शारदा गुरुङ र सदस्य मिना गुरुङले हिथ्रो एयरपोर्टमा पुगी बिदाई गरेका थिए।
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेले पुस्तक विमोचन,कविता वाचन,प्रवचन लगायत विविध साहित्यिक कार्यक्रम गरि २११औँ भानु जयन्ती मनाएको छ । वेस्ष्ट लन्डनको एक्टन टाउन स्थित एबीआइ कलेजमा आइतबार आयोजित समारोहमा कोमल मल्लको कविता संग्रह ‘माटोसँग के मागुँ’, ध्रुव केसीको ‘ईन्द्रायणीदेखि बेलायतसम्म’ जीवनी र डा.गोपाल पौड्यालको ‘प्रिय चरी’ खण्डकाव्य गरि तीन पुस्तक एकैदिन विमोचन गरियो। प्रमुख अतिथि परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल ‘ओबीइ’ रहेको सो समारोहमा ति कृति विमोचन गरेको हो। मन्तव्यका क्रममा प्रमुख अतिथी धितालले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्न आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुका साथै बेलायतमा नेपाली भाषा साहित्यको विकासमा वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूके स्थापना गरेर बेलायतमा नेपाली भाषा साहित्यको जग बसाउन विशिष्ट योगदान र इतिहास रचेको स्मरण गरेका थिए। डा. धितालले परिषद्का अध्यक्ष कवि कोमल मल्ल,समाजसेवीहरु ध्रुव केसी,गोपाल पौड्याल जस्ता सर्जकका पुस्तकरू प्रकाशन गरेर परिषदले नेपाली साहित्य विकासमा थप योगदान पुर्याएको चर्चा पनि गरे। प्रमुख अतिथि डा.धितालले परिषद्की सहअध्यक्ष कवयित्री डा.सुधा श्रेष्ठलाई प्रशंसापत्रद्वारा सम्मान पनि गरे। समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनी बारे प्रकाश पार्दै भाषा साहित्य विश्लेषक एवं कानूनविद डा. धर्म थापाले त्यसबेला अत्यन्त अविकसित समाज रहेको त्यो कालखण्डमा भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको मौलिक लहर चलाए। त्यो आफैंमा एक साहसिक कदम र यसले नेपाली साहित्यको यात्रा तथा सामाजिक चेतना एवं एकता जागरण गर्न महत्वपूर्ण योगदान पुरयाएको टिप्पणी गरे। थापाले विश्वलाई नेपालले मानव समाजका लागि अतुलनीय संस्कृति दिएको चर्चा गर्दै आलोचकहरूले भानुभक्तका नारीमा समर्पित केही उपदेश मुलक कविताहरूको गलत अर्थ्याएर आलोचना गर्ने गरेपनि यथार्थमा आदिकविले नारी सम्मान र अस्मिता रक्षाको पक्षमा ती कविताहरू रचेका स्मरण गरे। परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले परिषदले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्दै नेपाली पहिचान युग युगसम्म जीवन्त राख्न नेपाली भाषा साहित्य, संस्कृति जस्ता चिनारीहरू जोगाउंदै लैजानुपर्ने औचित्यतर्फ जोड दिए। यसअघि परिषद्का पूर्व
GNNNEWS- लन्डन - आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा दिने उद्देश्यले युकेमा क्रियाशील कम्पनी भ-याङ हेल्थ केयरले आफुलाई रि- ब्रान्डिंग गरेको छ। भ-याङ हेल्थ केयरले नर्सिङ्ग होम, निजी अस्पताल तथा 'सपोर्टेड लिभिङ्ग' सेवाप्रदायक कम्पनीहरुलाई दक्ष स्वास्थ्यकर्मीहरु उपलब्ध गराउँदै आएको छ। हालै ब्रिटेनको केयर क्वालिटी कमिशनमा दर्ता भएको उक्त कम्पनीले होम केयर सेवा तथा लिभ -इन केयर सेवाहरु पनि प्रदान गर्न थालेको छ। “उत्कृष्ट होम केयर सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताका कारण हामी छोटो समयमै यो क्षेत्रमा एक विश्वासिलो सेवा प्रदायक बन्न सफल भएका छौं,"भ-याङ हेल्थ केयर लिमिटेडका निर्देशक प्रभु न्यौपानेले भने। "उच्च गुणस्तरीय सेवा, अनुभवी स्टाफ,ग्राहक केन्द्रित दृष्टिकोण,निरन्तर सुधार तथा बलियो सामुदायिक उपस्थितिले गर्दा छोटो समयमै हामीले आफ्नो स्थान बनाउन सफल भएका हौँ। " केयर व्यवसायमा दक्ष जनशक्ति प्राप्त गर्नु एउटा चुनौतीको रुपमा रहेको बताउंदै न्यौपानेले आफुहरुले गुणस्तरमा सम्झौता नगरिकनै ग्राहकहरुलाई धेरै महँगो नपर्ने सेवा उपलब्ध गराउँदै आएको बताए।"हामीले हाम्रा ग्राहकहरुले उपलब्ध आर्थिंक सहायता प्राप्त गर्न सकुन भनेर सघाउने पनि गर्दछौं," उनले भने। भ-याङ हेल्थ केयर एउटा परिवारले चलाएको व्यवसाय हो र यसका निर्देशकहरु सेवा क्षेत्रमा लामो अनुभव बटुलेका व्यक्तिहरु छन्। भ-याङ हेल्थ केयरकी म्यानेजर,प्रभा खरेल, एनएचएस,सामुदायिक तथा निजी केयर होमहरुमा १० वर्ष भन्दा बढी अनुभव प्राप्त दक्ष नर्स हुन्। “उच्च गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामीले रिक्रुटमेन्टबाट 'हेल्थ केयर' तर्फ आफ्नो सेवालाई रि- ब्रान्डिंग गरेका हौँ। अत्यन्तै प्रतिस्पर्द्धात्मक बजारमा पनि हाम्रा मूल्य र गुणस्तरीय सेवाको बारेमा जानकारी गराउँदै हामीले आफुलाई अन्य कम्पनीहरु भन्दा पृथक देखाउन सफल भएका छौं,"न्यौपानेले भने। बकिंघमशायर न्यू युनिभर्सिटीबाट एमबीए उत्तीर्ण गरेका न्यौपानेले केयर म्यानेजरको रुपमा काम गरिसकेका छन्। उनले सन् २०१६ मा आफ्नै केयर एजेन्सी शुरु गरेका थिए।"मैले हरेक दिन नयाँ चुनौतीहरुबाट सिकी रहेको छु र 'सोसल केयर' क्षेत्रमा संलग्न हुन पाएकोमा आनन्द महसुस गरिरहेको छु," उनले भने। कर्पोरेट सामाजिक उत्तरदायित्वको मर्म अनुरुप न्यौपानेले नेपालमा विभिन्न विद्यालय, पुस्तकालय र सामुदायिक केन्द्रहरुको निर्माणमा सघाउनुका साथै उद्यमशील युवाहरुलाई आर्थिक सहयोग पनि गर्ने गरेका छन्। उनले नेपालको दुर्गम क्षेत्रमा निशुल्क स्वास्थ्य शिविरहरु आयोजना गर्न सघाउनुका
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा रहेका नेपाली बालबालिकाहरुका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने कार्यक्रम “प्रतिभा नक्षत्र २०२४”कोे लािग आवेदन खुल्ला गरिएको छ। प्रतिभा नक्षत्र कार्यक्रममा विश्वका जुनसुकै देशबाट पनि नेपाली बालबालिकाहरुले सहभागिता जनाउन सक्ने व्यवस्था छ । नेपाली कला, संस्कृति र विविधताको मौलिक पहिचान र प्रतिभा प्रस्तुती रहने कार्यक्रम प्रतिभा नक्षत्र यही अगस्ट २६ अर्थात भदौ १० गते लन्डन प्लमस्टिडस्थित एशियन कम्यूनिटी हलमा आयोजना हुनेछ। उक्त कार्यक्रममा सहभागि हुन इच्छुक प्रतियोगीले अनलाइनमार्फत पनि आवेदन दिन सक्ने आयोजक संस्था प्रतिभा नक्षत्रले जनाएको छ। प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसका अनुसार प्रतिभा नक्षत्र कार्यक्रम बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि मात्र नभएर विश्वभरि रहेका नेपाली भाषा, कला र संस्कृतिलाई माया गर्ने बालबालिकाहरुलाई नेपाली भाषा,कला र संस्कृतिको जानकारी दिने तथा बालबालिकाहरुको प्रतिभा प्रर्दशन गर्ने उद्येश्यले आयोजना गर्न लागिएको हो। जँहा बालबालिकाहरुले नेपाली भाषा,संस्कृति, सस्कार र मौलिकताप्रति आप्नोपनको अनुभव गर्न सकुन। आपसी सदभाव,समन्वय साथै नेपाली भाषा र संस्कृतिको जर्गेनासँगै विश्वमाझ नेपाली मौलिकताको पहिचान प्रर्वद्धन पनि कार्यक्रमको मुख्य उद्येश्य रहनेछ। नेपाली गीत,संगीत,नृत्य, कला, साहित्य, चित्रकला लगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्नेछन्। कार्यक्रम बालबालिकाको लागि मात्र नभएर अभिभावक र युवाहरुलाई पनि नेपाली भाषा, कला र संस्कृतिसँग परिचित गराउने खालका विभिन्न प्रस्तुतीहरु पनि राखिनेछन् । त्यसैगरी,विभिन्न नेपाली संस्कृति झल्काउने खालका खानाहरु,नेपाली खेलहरु, नेपाली घरहरु,थारु संस्कृति झल्काउने घर,मादल,डोको, डालो,ढीकि,जाँतो,नेवारी परिकार,खस,गुरुङ,मगर समुदायको मौलिकता झल्काउने स्टलहरु,लाखे नाच, कुमारी नाच, पञ्चेबाजा लगातयतका नेपाली मौलिकता झल्काउने सास्ंकृतिक प्रस्तुतीहरुसँगै कला,साहित्य पनि कार्यक्रमका प्रमुख आकर्षण रहनेछन्। नेपाली मूलका बालबालिकाको सहभागिता रहने प्रतिभा नक्षत्र कार्यक्रममा बाल तथा युवागरी दुई छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा हुनेछ । युथ नक्षत्रमा पहिलो,दोस्रो र तेस्रो हु्नेलाई क्रमशः छ सय पाउण्ड, पाँच सय पाउण्ड र चार सय पाउण्ड तथा यसैगरी बाल नक्षत्रमा पहिलो,दोस्रो र तेस्रो हुनेले पनि क्रमशः चार सय, तीन सय र दुई सय पाउण्ड पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । बालसमूह अन्र्तगत ६ वर्षदेखी ११ वर्षसम्मका बालबालिका र युथअन्र्तगत ११ देखी १९ वर्षका यूवाले जुनसुकै देशबाट पनि
शीतलपाटीन्युज डटकम। काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज लिएका छन् । आज सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएको हो। प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् ।शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु,सांसद, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए। प्रतिनिधिसभाका दुई ठुला राजनीतिक दल कांग्रेस र एमालेबिचको यही असार १७ गते भएको सहमतिका आधारमा प्रचण्डलाई विस्वासको मत नपुगेको कारण ओली प्रधानमन्त्री बनेका हुन्। नया मन्त्री मण्डल- हार्दिक बधाई एवम शुभकामना खड्ग प्रसाद ओली - प्रधानमन्त्री विष्णु प्रसाद पौडेल – उपप्रधान तथा अर्थ प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास पृथ्वीसुब्बा गुरुङ – सुचना तथा सञ्चार रमेश लेखक – गृह शरतसिंह भण्डारी – श्रम आरजु राणा – परराष्ट्र प्रदीप यादव – खानेपानी बलराम अधिकारी – भूमि दामोदार भण्डारी – उद्योग नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा समाज कल्याण देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात तेजुलाल चौधरी – युवा तथा खेलकुद अजय चौरसिया – कानुन विद्या भट्टराई – शिक्षा मानवीर राई – रक्षा दीपक खड्का – ऊर्जा राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रसासन ऐनबहादुर शाही – वन नव नियुक्त प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा मन्त्रीहरुलाई हार्दिक बधाई एवम शुभकामना । (रातोपाटीबाट)
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल पत्रकार महासंघ यूके शाखाको आइतबार भएको निर्वाचनमा विमला सेने अध्यक्षमा निर्वाचित भएकी छन। बेलायतको फार्नबोरोस्थित गोर्खा वेल्फेयर सोसाइटीको भवनमा भएको ४० सदस्य रहेको FNJ UK मतदानमा खसेको सबै २३ मत बिमला सेनेले प्राप्त गर्दै महासंघको नेतृत्वमा पुग्ने पहिलो महिला बनेकी छन। अध्यक्षको प्रतिष्पर्दामा बिमला सेनी,श्याम लुइँटेल र दिनेश परियारले उम्मेदवारी दिएका थिए।श्याम लुइटेल र दिनेस परियारले उम्मेदवारी दिएता पनि उनीहरू मतदानमा उपस्थित भएनन्। बिमला सेनी अध्यक्ष रहेको १५ सदस्यीय कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध भएका थिए। अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत, उपाध्यक्षमा शिव भण्डारी, उपाध्यक्ष (महिला) प्रमीला लाबुङ राई,महासचिवमा खेमराज रानाभाट,सचिवमा मञ्जु भण्डारी खरेल र विश्वासदीप तिगेला रहेका छन भने कोषाध्यक्ष सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्ष सुरेन्द्र इङनाम निर्विरोध चुनिएका छन्। निर्वाचन संयोजक FNJ UK का पूर्वअध्यक्ष नरेश खपांगी मगर रहेको निर्वाचन समितीमा सदस्यहरूमा प्रजय शुक्ला र पूर्ण गुरुङ थिए। सो निर्वाचनमा सदस्यहरूमा वाचस्पति रेग्मी,बमबहादुर थापा,अमित थेबे,नगेन्द्रराज नेम्वाङ,गोमा राना र मिलनध्वज गुरुङ (मिलन तमु) समेत निर्विरोध निर्वाचित भएका थिए। FNJ UK का अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भएको सो बार्षिक अधिबेसन कार्यक्रममा महिला उपाध्यक्ष प्रमीला राईले स्वागत मन्तव्य राखेकी थिइन भने महासचिव नरेन्द्र बस्नेत र सचिव मञ्जु भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए। सो बार्षिक अधिवेशनमा महासचिव बस्नेतले प्रस्तुत गरेको संस्थाको प्रतिवेदन र कोषाध्यक्ष एसके गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो। अन्त्यमा निवर्तमान अध्यक्ष अर्यालले निर्वाचन मण्डल संयोजक FNJ UK का पूर्वअध्यक्ष नरेश खपांगी मगर सदस्य प्रजय शुक्ला र सदस्य पूर्ण गुरुङ,निर्वाचनमा पर्यवेक्षक बरिष्ठ समाजसेबी एकेन्द्र गुरुड्ग,शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष बिक्रम भट्टराई र ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गरुड्ग,नवनिर्वाचित कार्यसमिति तथा उपस्थित सबैलाई धन्यवाद तथा बधाई दिएका थिए। संस्थापक अध्यक्ष नविन पोखरेल,फोनिज युकेका अध्यक्ष बम बहादुर सुर्यबंशी मगर,फोनिज युकेकी पुर्व अध्यक्ष गोमा राना,मगरसंग युकेको पुर्व अध्यक्ष सुनिल राना उपस्थिती रहेको सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बिमला सेनेले सबैलाई धन्यवाद दिएकी थिईन।
शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको आइतबार भएको निर्वाचनमा विमला सेने अध्यक्षमा निर्वाचित भएकी छन। बेलायतको फार्नबोरोस्थित गोर्खा वेल्फेयर सोसाइटीको भवनमा भएको ४० सदस्य रहेको FNJ UK मतदानमा खसेको सबै २३ मत बिमला सेनेले प्राप्त गर्दै महासंघको नेतृत्वमा पुग्ने पहिलो महिला बनेकी छन। अध्यक्षको प्रतिष्पर्दामा बिमला सेनी,श्याम लुइँटेल र दिनेश परियारले उम्मेदवारी दिएका थिए।श्याम लुइटेल र दिनेस परियारले उम्मेदवारी दिएता पनि उनीहरू मतदानमा उपस्थित भएनन्। बिमला सेनी अध्यक्ष रहेको १५ सदस्यीय कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध भएका थिए। अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत, उपाध्यक्षमा शिव भण्डारी, उपाध्यक्ष (महिला) प्रमीला लाबुङ राई,महासचिवमा खेमराज रानाभाट,सचिवमा मञ्जु भण्डारी खरेल र विश्वासदीप तिगेला रहेका छन भने कोषाध्यक्ष सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्ष सुरेन्द्र इङनाम निर्विरोध चुनिएका छन्। निर्वाचन संयोजक FNJ UK का पूर्वअध्यक्ष नरेश खपांगी मगर रहेको निर्वाचन समितीमा सदस्यहरूमा प्रजय शुक्ला र पूर्ण गुरुङ थिए। सो निर्वाचनमा सदस्यहरूमा वाचस्पति रेग्मी,बमबहादुर थापा,अमित थेबे,नगेन्द्रराज नेम्वाङ,गोमा राना र मिलनध्वज गुरुङ (मिलन तमु) समेत निर्विरोध निर्वाचित भएका थिए। FNJ UK का अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भएको सो बार्षिक अधिबेसन कार्यक्रममा महिला उपाध्यक्ष प्रमीला राईले स्वागत मन्तव्य राखेकी थिइन भने महासचिव नरेन्द्र बस्नेत र सचिव मञ्जु भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए। सो बार्षिक अधिवेशनमा महासचिव बस्नेतले प्रस्तुत गरेको संस्थाको प्रतिवेदन र कोषाध्यक्ष एसके गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो। अन्त्यमा निवर्तमान अध्यक्ष अर्यालले निर्वाचन मण्डल संयोजक FNJ UK का पूर्वअध्यक्ष नरेश खपांगी मगर सदस्य प्रजय शुक्ला र सदस्य पूर्ण गुरुङ,निर्वाचनमा पर्यवेक्षक बरिष्ठ समाजसेबी एकेन्द्र गुरुड्ग,शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष बिक्रम भट्टराई र ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गरुड्ग,नवनिर्वाचित कार्यसमिति तथा उपस्थित सबैलाई धन्यवाद तथा बधाई दिएका थिए। संस्थापक अध्यक्ष नविन पोखरेल, फोनिज युकेका अध्यक्ष बम बहादुर सुर्यबंशी मगर,फोनिज युकेकी पुर्व अध्यक्ष गोमा राना,मगरसंग युकेको पुर्व अध्यक्ष सुनिल राना उपस्थिती रहेको सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बिमला सेनेले सबैलाई धन्यवाद दिएकी थिईन।
शीतलपाटीन्युज डटकम। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नु भयको हो। नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि ३१ आषाढमा हुने भएको छ। राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण समारोह भोलि बिहान ११ बजेका लागि आयोजना गरेको छ। प्रधानमन्त्री ओली २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए। व्यवस्थापिका संसदमा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए । ओलीको उम्मेदवारीलाई माओवादी,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेशी जनअधिकार फोरमसहित अन्य १३ वटा दले समर्थन गरेका थिए । यस्तै, २०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए। उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री पुनः नियुक्ति गरेकी थिइन् । (नयापत्रिका)
शीतलपाटीन्युज डटकम। लण्डन। पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा पाल्पा जिल्ला समाज युकेको बार्षिक भेला भब्य सम्पन्न भयको समाचार छ।कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासवाट डिपुटी चिफ अफ मिसन रोशन खनाल रहनु भयको थियो। समाजका महासचिब दल बहादुर सोमरे मगरले पाहुनाहरुलाई स्वागत गर्दै शुरु गरीएको सो कार्यक्रममा तनहुँ समाज युकेका अध्यक्ष केशर राना,गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापामगर,रि.ले.कर्णेल याम राना, रि.ले.कर्णेल टोल खाम्चा,समाज युकेका सल्लाहकार एवं ननिटन एण्ड वेडवर्थ काउन्सिलका उपमेयर भीम सारुमगर तथा उपमेयरेस सर्मिला सारुमगर विशेष अतिथी,उपाध्यक्ष लक्ष्मी आले, उपाध्यक्ष खुम कंवरको उपस्थितिमा मनाइएको उक्त कार्यक्रममा बेलायत भरि छरिएर रहेका पाल्पालीहरुको बाक्लो सहभागिता रहेको थियो। ६ जुलाई २०२४ शनिवारको दिनमा लण्डनको फेलथाम स्थित बोरोनेल्सको हलमा पाल्पा जिल्ला समाज युकेले विविध मनोरन्जनात्मक कार्यक्रम साथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको हो। संस्थाका अध्यक्ष गोपाल थापा र कार्यक्रमका मुख्य अतिथि रोशन खनालले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नु भयको सो कार्यक्रममा समाजका पेट्रोन एवम पुर्व अध्यक्ष वम बहादुर थापा सूर्यवंशीमगरले उपस्थित सम्पूर्ण पाहुना र बेलायत भरि छरिएर रहेका पाल्पालीहरुलाई कार्यक्रममा स्वागत गर्नु भयको थियो। प्रवेशद्वारमा कोषाध्यक्ष पदम पचाभैया र आर्थिक विभाग टिमले कार्यक्रममा पाल्नु हुने महानुभावजनहरुलाई भब्य र ब्यवस्थित रुपमा स्वागतको ब्यबस्था मिलाईएको थियो। सो अवसरमा पाल्पा जिल्ला समाज युकेका सल्लाहकार एवं ननिटन एण्ड वेडवर्थ काउन्सिलका उपमेयर भीम सारुमगर तथा उपमेयरेस सर्मिला सारुमगरलाई बेलायतवासी पाल्पालीहरुले भब्य सम्मान गरीएको थियो। कार्यक्रममा राफल ड्रको बिशेष आकर्षण रहेको थियो। सस्थाका उपाधक्ष लक्ष्मी आलेको पहलमा राफलको लागि पुरुस्कार राखिएको थियो। एक देखि चार सम्म सुन र सुनका गहनाको पुरुस्कार राखिएको थियो भने अन्य १४ वटा पुरुस्कारहरु पाल्पालीहरुवाट स्पोन्सर गरिएको थियो । जस्मा पहिलो पुरस्कार सस्थाका पेट्रोन रिखिराम रानाको पहलमा द प्यालेसवाट आधा तोला सुन,दोस्रो पुरस्कार अनुग्रह जेवेलर्सवाट सुनको गहना,तेस्रोमा समाजका पेट्रोन वम थापा सूर्यवंशीमगरको पहलमा “थापा एण्ड कम्पनि लण्डन लिमिटेडवाट” सुनको गहना चौथोमा नबिन एण्ड नबिन जेवेलर्सवाट सुनको गहना र अन्य पाल्पालीहरुवाट १४ आकर्षण पुरस्कारहरु राखिएको थियो। सास्कृतिक सचिव बिष्णु सूर्यवंशीमगरको सास्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए।तिन जना पाल्पाली
शीतलपाटीन्युज डटकम। लण्डन। पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा पाल्पा जिल्ला समाज युकेको बार्षिक भेला भब्य सम्पन्न भयको समाचार छ।कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासवाट डिपुटी चिफ अफ मिसन रोशन खनाल रहनु भयको थियो। समाजका महासचिब दल बहादुर सोमरे मगरले पाहुनाहरुलाई स्वागत गर्दै शुरु गरीएको सो कार्यक्रममा तनहुँ समाज युकेका अध्यक्ष केशर राना,गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापामगर,रि.ले.कर्णेल याम राना, रि.ले.कर्णेल टोल खाम्चा,समाज युकेका सल्लाहकार एवं ननिटन एण्ड वेडवर्थ काउन्सिलका उपमेयर भीम सारुमगर तथा उपमेयरेस सर्मिला सारुमगर विशेष अतिथीको उपस्थितिमा मनाइएको उक्त कार्यक्रममा बेलायत भरि छरिएर रहेका पाल्पालीहरुको बाक्लो सहभागिता रहेको थियो। ६ जुलाई २०२४ शनिवारको दिनमा लण्डनको फेलथाम स्थित बोरोनेल्सको हलमा पाल्पा जिल्ला समाज युकेले विविध मनोरन्जनात्मक कार्यक्रम साथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको हो। संस्थाका अध्यक्ष गोपाल थापा र कार्यक्रमका मुख्य अतिथि रोशन खनालले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नु भयको सो कार्यक्रममा समाजका पेट्रोन एवम पुर्व अध्यक्ष वम बहादुर थापा सूर्यवंशीमगरले उपस्थित सम्पूर्ण पाहुना र बेलायत भरि छरिएर रहेका पाल्पालीहरुलाई कार्यक्रममा स्वागत गर्नु भयको थियो। प्रवेशद्वारमा कोषाध्यक्ष पदम पचाभैया र आर्थिक विभाग टिमले कार्यक्रममा पाल्नु हुने महानुभावजनहरुलाई भब्य र ब्यवस्थित रुपमा स्वागतको ब्यबस्था मिलाईएको थियो। सो अवसरमा पाल्पा जिल्ला समाज युकेका सल्लाहकार एवं ननिटन एण्ड वेडवर्थ काउन्सिलका उपमेयर भीम सारुमगर तथा उपमेयरेस सर्मिला सारुमगरलाई बेलायतवासी पाल्पालीहरुले भब्य सम्मान गरीएको थियो। कार्यक्रममा राफल ड्रको बिशेष आकर्षण रहेको थियो। सस्थाका उपाधक्ष लक्ष्मी आलेको पहलमा राफलको लागि पुरुस्कार राखिएको थियो। एक देखि चार सम्म सुन र सुनका गहनाको पुरुस्कार राखिएको थियो भने अन्य १४ वटा पुरुस्कारहरु पाल्पालीहरुवाट स्पोन्सर गरिएको थियो । जस्मा पहिलो पुरस्कार सस्थाका पेट्रोन रिखिराम रानाको पहलमा द प्यालेसवाट आधा तोला सुन,दोस्रो पुरस्कार अनुग्रह जेवेलर्सवाट सुनको गहना,तेस्रोमा समाजका पेट्रोन वम थापा सूर्यवंशीमगरको पहलमा “थापा एण्ड कम्पनि लण्डन लिमिटेडवाट” सुनको गहना चौथोमा नबिन एण्ड नबिन जेवेलर्सवाट सुनको गहना र अन्य पाल्पालीहरुवाट १४ आकर्षण पुरस्कारहरु राखिएको थियो। सास्कृतिक सचिव बिष्णु सूर्यवंशीमगरको सास्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए।तिन जना पाल्पाली चेलीहरु दिलमाया राना, सुजाता
शीतलपाटीन्युज डटकम। स्कटलैण्ड।०८/०७/२०२४ का दिन स्कटल्याण्डमा प्रवासी नेपाली मञ्च स्कटल्यान्ड(ONF) को क्षेत्रिय अधिबेशन सम्पन्न भयो। नारायण पहारी(जोनी) कोअध्यक्षतामा सम्पन्न यस अधिबेशनले मोती खरेलको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रिय कमिटी निर्बाचित गरेको छ। यस अधिबेशनमा ONF अन्तराश्टिय कमिटीको सदस्य तथा कला,साहित्य र सांस्कृतिक बिभाग प्रमुख तथा ONF राष्टिय कमिटी युकेको ईन्चार्ज सरस्वती केसी,राष्टिय कमिटी युकेका अध्यक्ष तुंगभद्र भुषाल,संगठन बिभागको अध्यक्ष बालकृष्ण भुषाल यस अधिबेशनमा अथितीको रूपमा सहभागी रहनु भएको थियो। अन्तर्राष्टिय तथा कमिटीबाट सहभागी अथितीहरूले यो मंचको ऊच्च मुल्यॉङ्कन गरेको र भबिष्यमा पनि यो मच अझै शसक्त रहोस भन्दै शुभकामना दिनु भएको थियो। त्यल्तै गरि राष्दिय कमिटी युकेका केन्द्रीय सदस्यहरु बिदुर खत्री,पशुपती पोख्रेल,बिष्णु बराल र तारानाथ भण्डारीको सहभागीता थियो। यस कार्यक्रममा राष्टिय कमिटी युकेका सल्लाहकारहरू ऊद्धब भट्टराई र राम बगालेको पनि सहभागीता रहेको थियो। राष्टिय कमिटीका सल्लाहकारहरू र सदस्यहरूले नवनिर्बाचित कमिटीलाई मार्गनिर्देश गर्दै सफल कार्यकालको शुभकामना मन्तब्य दिनु भएको थियो। एनआरएनए ईंगल्याड राज्य समन्वय समिती र स्कटल्याण्ड राज्य समन्वय समितीका अध्यक्षहरू शम्भु अर्याल र दिवाकर पांडेको पनि ऊपस्थिती रहेको यस अधिबेशनमा एनआरएनए स्कटल्याण्डकी ऊपाध्यक्ष कमला श्रेष्ठको पनि सहभागीता रहेको थियो। प्रवासी नेपाली मञ्च स्कटल्यान्ड(ONF) ले NRNA Electionमा खेलेको भूमीकाको प्रशंसा गरीएको थियो। यस अधिबेशनमा अथितीको रूपमा निम्त्याईएका Nepal Scotland Association का अध्यक्ष बिजय डंगोल र बिदुर चापागांई सहभागी रहेको यो अधिबेशन र बनभोज निकै मनोरम बाताबरणमा सम्पन्न भयो। Overseas Nepalese Forum regional committee Scotland को तेस्रो अधिबेशनबाट निवर्तमान सचिव मोती खरेलको अध्यक्षतामा ११ जनाको प्रवासी नेपाली मञ्च स्कटल्यान्ड क्षेत्रिय समिती गठन गरीएको छ। 1.अध्यक्ष: मोती खरेल 2.उपाध्यक्ष: यज्ञमुर्ती ढकाल 3.सचीब:महेश पांडे 4.सहसचिब : नबराज पोख्रेल 5.कोषाध्यक्ष :थरिन्द्र घिमिरे 6.सहकोषाध्यक्ष :तुल्सीराम न्यौपाने 7.सदस्य :दिपक भटराई 8. सदस्य:तिल रायमाझी 9.सदस्य:कबिन्द्र बस्याल 10.सदस्य:मेख लामा 11.सदस्य:पोष्टराज सुबेदी
शीतलपाटीन्युज डटकम। लण्डन। स्कटल्याण्डमा प्रवासी नेपाली मञ्च स्कटल्याण्डको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। नारायण पहारी (जोनी) को अध्यक्षतामा मंगलवार सम्पन्न भएको अधिवेशनले मोती खरेलको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय समिति निर्वाचित गरेको छ। अधिवेशनमा ओएनएफ अन्तर्राष्ट्रिय समितिको सदस्य तथा कला,साहित्य र सांस्कृतिक विभाग प्रमुख र ओएनएफ राष्ट्रिय समिति यूकेकी इन्चार्ज सरस्वती केसी, राष्ट्रिय समिति यूकेका अध्यक्ष तुंगभद्र भुषाल र संगठन विभागका अध्यक्ष बालकृष्ण भुषाल अतिथिको रूपमा सहभागी हुनु भएको थियो। त्यसैगरी राष्ट्रिय समिति यूकेका केन्द्रीय सदस्यहरू विदुर खत्री,पशुपति पोख्रेल, बिष्णु बराल र तारानाथ भण्डारी पनि सहभागी भएका थिए। कार्यक्रममा राष्ट्रिय समिति यूकेका सल्लाहकारहरू उद्धव भट्टराई र राम बगालेको पनि सहभागिता रहेको थियो। एनआरएनए इङ्गल्याण्ड राज्य समन्वय समिति र स्कटल्याण्ड राज्य समन्वय समितिका अध्यक्षहरू शम्भु अर्याल र दिवाकर पाण्डे,एनआरएनए स्कटल्याण्डकी उपाध्यक्ष कमला श्रेष्ठ,नेपाल स्कटल्याण्ड एसोसिएसनका अध्यक्ष विजय डंगोल र विदुर चापागाईं पनि कार्यक्रममा सहभागी भएका थिए। मञ्चको क्षेत्रीय समिति स्कटल्याण्डको तेस्रो अधिवेशनले निवर्तमान सचिव क.मोती खरेलको अध्यक्षतामा ११ जनाको प्रवासी नेपाली मञ्च स्कटल्याण्ड क्षेत्रीय समिति गठन गरिएको छ। यस्तै कार्यसमितिको उपाध्यक्ष यज्ञमुर्ती ढकाल,सचिव महेश पांडे,सहसचिव नबराज पोख्रेल,कोषाध्यक्ष थरिन्द्र घिमिरे, सहकोषाध्यक्ष तुल्सीराम न्यौपाने र सदस्यहरू दिपक भटराई,तिल रायमाझी,कबिन्द्र बस्याल, मेख लामा र पोष्टराज सुबेदी छन्।
शीतलपाटीन्युज डटकम। लन्डन। पश्चिम नेपालको पर्वत जिल्लाबाट लण्डन बसोबास गरेका नेपालीहरुको सामाजीक संस्था पर्वत वेलफेयर सोसाइटी यूकेले पर्वत जिल्लास्थित विपन्न वालवालिकाको पठनपाठन सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम भब्य सम्पन्न गर्यो। अल्डरसटस्थित एम्पायर हलमा गत आइतबार आयोजित च्यारिटी डिनरमा पर्वतका नागरीकहरु,गैर पर्वतका नेपालीहरुको उल्लेख्य उपस्थिती र च्यारीटीमा उत्साहजन्य सहयोग प्राप्त भयको कुरा सोसाईटीकी अध्यक्ष अप्सरा गुरुड्गले बताउनु भयो। नेपाली राजदुताबास लण्डनको उपनियोग प्रमुख डिपुटी चिफ अफ मिसन रोसन खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रमको सभापतित्व पर्वत वयलफेयर सोसाईटी युकेको अध्यक्ष अप्सरा गुरुड्गको अध्यक्षतामा भएको र सोसाईटीका महासचिव संजय भण्डारीले उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै आसनग्रहण गराएर कार्यक्रम संचालन गर्नु भयको थियो। सो अवसरमा औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले भविष्यका कर्णधार बालबालिका,मातृभूमि र गृहजिल्लाको विकासमा सोसाइटीले खेलेको भूमिका उकृष्ट रहेको जनाउंदै दूतावासबाट सधैं सहयोग,सदभाव र शुभेच्छा रहने बताउनु भएको थियो। त्यस्तै सोसाईटीका सल्लाहकार एवं एनआरएनए अभियन्ता कुल आचार्यले बिगतमा आफू उपाध्यक्षसम्म रही काम गरेको संस्थाले आफनो गाउंका लागि सहयोग गर्ने जमर्को गरेकोमा मुक्तकण्ठले प्रशंसा गर्नु भयको थियो।आचार्यले गैर आवासीय नेपाली नागरिकता लिएर पनि उपयोग गर्न संविधानले दिएको अधिकार सहितको नागरिकता व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन पहल भइरहेको बताउनु भयको थियो। त्यस्तैगरी अन्तराष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरीले च्यारीटी सहयोगको लागि ५० हजार अफर गर्दै २२ वर्षअघि स्थापित संस्थामा आफूले ६ वर्ष नेतृत्व गरेको र अहिले परिपक्व भएर धेरै उदाहरणीय कार्य गरेको बताउनु भयको थियो। सामाजिक उद्देश्य पुरा गर्न जन्माईएको संस्थाले उदेश्य अनुरुप काम गरी रहदा आफूलाई गर्व लागेको गिरीको धारणा थियो। सोसाइटीको अध्यक्ष अप्सरा गुरुङले सहयोगदाता र सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै समाज विकासको मेरुदण्ड शिक्षा रहेपनि अल्पसंख्यक अनाथ बालबालिका अझै पनि शिक्षाबाट वन्चित रहेकाले जिल्लाका विपन्न विधार्थीहरुलाई सहयोग गर्न च्यारिटी गरिएको बताउनु भयको थियो। उहाले दुई दुर्गम नगरपालिका बिहादी र मोदीका १९४ बालबालिकालाई सहयोग अति जरुरी रहेको पहिचान गरिएको बताउंदै संकलित रकम सम्बन्धित वर्गमा छिट्टै पुर्याइने बिश्वास दिलाउनु भयको थियो।सो संबोधनका अवसरमा अध्यक्ष गुरुङले जनही विधार्थीलाई ४००० रुपैंया बराबरको स्टेशनरी
शीतलपाटीन्युज डटकम। सोनिड्गलेन, रेडिड्ग युके।भारी वर्षाका कारण ७औ पीपल नेपाल कप टी-२० क्रिकेटको फाइनल खेल स्थगित भयको छ।पोखरेली मञ्च युकेले आयोजना गरेकोसातौँ पीपल नेपाल कप टी-२० क्रिकेट कप प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भारी वर्षाका कारण स्थगित भएको हो। ७ जुलाई आईतवारका लागि तोकिएको फाइनल खेल खराब मौसमकारण स्थगित भएको पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले जानकारी दिनु भयको हो। ७औ'नेपाल पीपल टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत ३० जुन र ३ जुलाईको खेल सम्पन्न भयको थियो भने ७ जुलाईमा फाइनल म्याच हुँने तालिका राखिएको थियो। तर मौसमको गडबडी, अम्पायरहरुको निर्णय र ग्राउन्ड म्यानेजमेन्टको निर्णयले गर्दा दुवै सेमिफाइनल र फाइनलका खेलहरु हुन सकेन। अध्यक्ष गुरुङले स्थगित खेल अब कहिले हुने भन्ने विषय क्लब र सरोकारवालासँग छलफल गरेर टुंगो लाग्ने बताए। मौषमका कारणले नै साथ नदिएपछि अर्को उपयुक्त समय निकालेर खेल हुन्छ। सो अवसरमा अध्यक्ष गुरुङले सातौं पीपल नेपाल कपलाई माया गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पोखरेली मञ्च युके र आफ्नो व्यक्ति तर्फबाट धन्यवाद समेत ज्ञापन गर्नु । रेडिङ क्रिकेट एन्ड हक्की क्लब सोनिड्ग लेनमा भइरहेको उक्त प्रतियोगिताको मुख्य प्रायोजक पीपल मोर्टगेजका सूर्य गुरुङ रहेका छन्। पीपलले सन् २०१६ देखि नै प्रायोजन गर्दै आएको छ। प्रतियोगिताको विजेताले एक हजार ५०० पाउन्डसहित रनिङसिल्ड तथा उपविजेताले ७०० पाउन्ड प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले जनही १५० पाउन्डका साथमा ट्रफी पाउने ब्यवस्था छ। हरेक खेलको म्यान अफ द म्याचलाई ट्रफी प्रदान तथा रेफ्रीलाई मायाको चिनो प्रदान गरिने अध्यक्ष गुरुङले बताएका छन। प्रतियोगितामा ९ टीमले हिमालयन क्रिकेट क्लब,नयाँ युवा क्रिकेट क्लब,क्वीन्स गोर्खा सिंगल्स क्रिकेट क्लब, नेप्लिज वारियर क्रिकेट क्लब, खुकुरी क्रिकेट क्लब तथा रमाइलो क्रिकेट क्लबको सहभागिता रहेको छ। कार्यक्रमको कोअर्डिनेटर मञ्चका उपाध्यक्ष पवित्र गुरुङ, टिम कोअर्डिनेटर विनय पुन, प्रकाश गुरुङ र भीम महेन्द्र गुरुङ तथा भिडियो/क्यामेरामा दिपु गुरुङ रहेको सो खेलमा मिडिया कोअर्डिनेटरमा गोर्खा मिडीया डाईरेक्टर मिलन तमु गुरुड्ग र शीतलपाटीन्युजका सम्पादक वाचस्पति रेग्मी छन्। खेललाई मनोरन्जनात्मक बनाउन पोखरेली मंच युकेका पदाधिकारीहरु,रेडिड्ग नेपाली समाजका पदाधिकारीहरु,
शीतलपाटीन्युज डटकम। लन्डन। लोक तथा दोहोरी कलाकार चोलेन्द्र पौडेल र कला लम्साल बेलायत आइपुगेका छन्। उनीहरु शनिबाार ६ तारिखमा लन्डनको हिथ्रो एयरपोर्ट ओर्लिएका हुन्। कलाकारद्वयको स्वागतका लागि हेम साइथ,कल्पना गुरुङलगायत विमानस्थल पुगेका थिए। उनीहरु नेपालब्रिटेन डट कमको वार्षिक समारोहलगायत कार्यक्रमका लागि लण्डन आएका हुन्। लोकदोहोरीमा ख्यातिप्राप्त चोलेन्द्र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठा नेपालका पूर्वकेन्द्रीय उपमहासचिव र कला वर्तमान केन्द्रीय सदस्य हुन्। बेलायत आइसकेपछि चोलेन्द्रले लोकपारखीहरुसँग भेट हुने आशा व्यक्त गरेका छन्। 'हामी सकुशल युके आइपुगेका छौं। सम्पूर्ण लोक तथा दोहोरी पारखी मनहरुसँग पक्कै हाम्रो भेट हुनेछ,' उनले फेसबुकमा लेखेका छन्। (gurkhamedia)
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाल पत्रकार महासंघ युकेको अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएको छ। १४ जुलाईमा हुने छैटौं महाधिवेशनका लागि शनिबार भएको मनोनयन दर्तामा अध्यक्ष पदमा श्याम लुँइटेल, दिनेश परियार र विमला सेनेको उम्मेदवारी परेको छ। निर्वाचन समितिका संयोजक नरेश खपांगी मगरका अनुसार वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्षमा शिव भण्डारी, उपाध्यक्ष (महिला)मा प्रमिला लाबुङ राई,महासचिवमा खेमराज रानाभाट,सचिवमा मन्जु भण्डारी खरेल,विश्वासदीप तिगेला,कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम निर्विरोध भएका छन्। यस्तै, १५ सदस्यीय कार्यसमितिको सदस्यहरूमा वाचस्पति रेग्मी,बमबहादुर थापा,अमित थेबे,नगेन्द्रराज नेम्वाङ,गोमा राना र मिलन गुरुङ (मिलन तमु) सर्वसम्मत भएका छन्।