Thursday March 20, 2025

नेपाल-समाचार

प्रबासी नेपाली मंच यूकेको दक्षिण पुर्व इलाका कमिटि अध्यक्षमा राममाया बिष्ट निर्वाचित

शीतलपाटीन्युज डटकम। लण्डन। प्रबासी नेपाली मंच (ओएनएफ) यूकेको दक्षिण पुर्व (साउथ इस्ट) इलाका कमिटि अध्यक्षमा राममाया बिष्ट निर्वाचित भएकी छिन्। आइतबार साउथ इस्टस्थित वीलवुचमा आइतबार सम्पन्न छैठौ अधिवेशनले १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। साउथ इस्टमा बिष्ट पहिलो महिला अध्यक्ष हुन। यसअघि पुरुषहरु नै अध्यक्ष भएका थिए। उपाध्यक्षमा करुणा हमाल, सचिवमा जीबिका नहर्की, उपसचिवमा राजेन्द्र लम्साल तथा सदस्यहरुमा रत्ना हमाल शाही,लिलाराम सापकोटा, सन्तोष गिरी,अनिस थपलिया, नबिन भट्ट,थर्क सिंह खड्का, किरण अधिकारी र मनिषा खड्का छन। तीन जना सदस्य पछि कार्यसमितिले थप गर्नेछ। नव निर्वाचित अध्यक्ष बिष्टसहित कार्यसमिति लाई ओएनएफ अन्तरराष्ट्रिय कमिटिका उपसचिव तथा अधिवेशनका प्रमुख अतिथि कर्ण शाहीले सपथ ग्रहण गराएका थिए। निर्वाचन समिति संयोजक केदार थपलियाले सम्पुर्ण कार्यसमिति सर्वसम्मत भएको जानकारी अधिवेशनलाई गराए। निर्वाचनका लागि संयोजक थपलिया तथा सदस्यद्वय ओएनएफ यूके उपाध्यक्ष डा मुकुन्द बास्तोला र सचिब पुण्य रेग्मी भएको समित गठन गरिएको थियो। यसैबीच,अध्यक्ष बिष्टले निर्वाचित भए लगत्तै सबै सँग हातेमालो गरेर अघि बढने प्रतिबद्धता जनाइन्। नवनिर्वाचित कार्यसमितिलाई ओएनएफ अन्तरराष्ट्रिय कमिटि सदस्य कल्पना त्रिपाठी,उपसचिव कर्ण शाही र ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले शुभकामना दिएका थिए। यसअघि,निवर्तमान अध्यक्ष अर्कराज तिमल्सिनाले विगतमा गरेका काम र आगामी दिनमा गर्न सक्ने कामका बारेमा सुझाब दिए । सचिव पंकज बजगाईले कार्य प्रगति विवरण पेश गरेका थिए। उक्त प्रतिवेदन सर्वसम्मत ढंगले पारित भएको थियो। अधिवेशनमा पुर्वअध्यक्ष दिनेश घिमिरे,ओएनएफ अन्तरराष्ट्रिय कमिटि सल्लाहकार विनोद ज्ञवाली, उपाध्यक्षद्वय डा.मुकुन्द बास्तोला,सुरेश जंग शाहलगायतको अधिवेशनमा उपस्थिति थियो।

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकाली रहेनन

शीतलपाटीन्युज डटकम। लन्डन। सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ। लामो समयदेखि फोक्सोको रोगबाट पीडित थकालीको शनिबार निधन भएको सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीले जानकारी गराएका छन्।  बिक्रम थकालीका अनुसार राजमाननको अष्ट्रेलियामै नेपाली समयअनुसार शनिबार साँझ साढे ५ बजे निधन भएको हो। ५० वर्षीय राजमानका श्रीमती र २ जना छोराहरु छन्। उनको नेपालमा पोखरा ८, नागढुंगामा घर छ। पोखराको सभागृहचोकस्थित मुग्लान रेष्टुरेष्ट तथा पोखरामै संचालित मिमाअस कन्सल्टेन्सीका संचालक राजमान लामो समयदेखि अष्ट्रेलियामै बसोबास गर्दै आएका थिए।  फुटबल खेलमा अभिरुची राख्ने उनी सहाराले अष्ट्रेलियामा विस्तार गरेको आफ्नो शाखामा उनी संस्थापक अध्यक्ष भइ सेवा गर्दै आएका थिए ।

फानबोरो साई सेन्टर र शिव मन्दिर अलडरसटबाट कैलाश मानसरोवर यात्रा

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा बसोबास गरेका साई धर्माबलम्बी युके र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका नेपालीहरुले कैलाश मानसरोवरको यात्रा तय गरेको समाचार छ।  साई सेन्टर फानबोरो युकेकी सुस्मा गुरुड्ग संयोजक रहेको उक्त यात्रा टीममा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष बिक्रम भट्टराई समेतले यो यात्रा तय गरेको हो।यो समुहले मानसरोबर शिव भगवानको जन्मस्थल रहेकोले यो स्थानको तिर्थाटन गरिएको हो। यो पवित्र स्थलमा हिन्दु धर्माबलम्बीहरुले तय गर्ने यात्रा कम्तिमा ५ जनाको समुह हुनु पर्ने नियम रहेको छ। कैलाश मानसरोवर यात्रा धेरै जाडो हुने भएका कारण यस्को यात्रा आयोजना हरेक वर्ष जूनबाट शुरु गरेर सेप्टेम्बर महिनासम्म मात्र यात्रा गरीन्छ। यो ठाउमा पुग्न दुईवटा मात्रै बाटो छ। लिपुलेख उत्तराखंड भएर र रतथा नाथू-ला दर्रे बाट सिक्किम भएर। कैलाश मानसरोवर यात्रा आफ्नो धार्मिक मूल्य र  सांस्कृतिक महत्त्वका कारण जाने गरीन्छ। यो कैलाश पर्वत पवित्र मानसरोवर तालको हिन्दू धार्मिक मान्यताको एउटा अटूट हिस्सा मानिएको छ।कैलाश पर्वत भगवान शिवको निवास स्थान मानिन्छ। यहाँबाट लगभग २० किमी टाढा नीलो-हरीयो रंगको मानसरोवर ताल लगभग १५,०१५ फिटको ऊंचाईमा अबस्थित छ। यो स्थान बौद्ध र जैन धर्मका अनुयायिका बीच बहुत महत्त्वपुर्ण धार्मिकस्थल मानिन्छ। गतबर्ष भारत भ्रमण गरेको यो समुहले चीनको मानसरोबर तिब्बतमा गर्दैछ भने भविष्यमा पनि निरन्तरता दिने कुरा अध्यक्ष भट्टराईले बताउनु भएको छ

१४ सेप्टेम्बर लण्डनमा इन्फा अवार्ड वितरण हुदै,नेपालबाट चर्चित फिल्मकर्मी सहभागी हुने

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतमा यही सेप्टेम्बर १४ तारिखमाा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ (इन्फा) हुँदैछ। यति नेपाली एसोसिएसन, युकेको आयोजना र संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा इन्फा यूके अवार्ड वितरण कार्यक्रम हुन लागेको हो। कार्यक्रम ग्रीनफोर्ड हलमा हुनेछ। https://www.facebook.com/share/v/1GRLNQ95wp/?mibextid=UalRPS प्रवेश शूल्क साधारण ४०, भीआईपी ५० र भीभीआईपी १०० पाउन्ड निर्धारण गरिएको छ। नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार,निर्माता,निर्देशक तथा प्राविधिकहरुलाई सम्मान,पुरस्कार तथा प्रोत्साहन हेतु आयोजना कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । कार्यक्रम नेपाली चर्चित फिल्मकर्मीको उपस्थितिमा हुनेछ। अवार्ड वितरणअघि वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सूची समेत सार्वजनिक गरिसकेको छ। जुरी संयोजक सुनिल थापा, जुरी सदस्य गौरी मल्ल र उज्वल घिमिरेले एभेष्ट फिल्म एकेडेमीमा फिल्महरु हेरेपश्चात् उत्कृष्ट मनोनयन छनोट गरिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उत्कृष्ट सूचीबाट छानिएकाले पुरस्कार पाउनेछन् । अवार्ड कार्यक्रम भव्य, सभ्य, मर्यादित तथा निष्पक्ष बनाउनका लागि युके कमिटीमा संस्थाका अध्यक्ष पिप्ला पाण्डे देवान, पूर्वअध्यक्ष उमेशराज मोक्तान, महासचिव टंक भट्टराई, उपमहासचिव आशीषराज पन्त, कोषाध्यक्ष पुण्य खतिवडा खटिरहेका छन् भने नेपाल कमिटीमा सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेको आयोजकले जनाएको छ। प्रेस विज्ञप्ती आदरणीय पत्रकार मित्रहरु, नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन हेतु आयोजना हुदैछ, यति ईन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४(इन्फा) । १९६० मा स्थापित यति नेपाली एसोसियसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा भाद्र २९ (सेप्टेम्बर १४) गते इन्फा अवार्ड लण्डणमा आयोजना हुनेछ । वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सुचि तयार पारिएको छ । जुरी संयोजक सुनिल थापा, जुरी सदस्य गौरी मल्ल र उज्वल घिमिरेले एभेष्ट फिल्म एकेडेमीमा फिल्महरु हेरे पश्चात उत्कृष्ट मनोनयन छनोट गरिएको हो। अवार्ड कार्यक्रम भव्य,सभ्य,मर्यादित तथा निष्पक्ष बनाउनका लागि युके कमिटीमा संस्थाका अध्यक्ष पिप्ला पाण्डे देवान, पूर्व अध्यक्ष उमेश मोक्तान,

एफएनजे युके शाखा र फोनिज यूकेद्वारा पत्रकार डण्ड गुरुङ र दिलिपाश्री अधिकारीलाई सम्मान

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायत भ्रमणमा रहेका पत्रकारहरु डण्ड गुरुङ र दीलिपाश्री अधिकारीलाई नेपाल पत्रकार महासंघ युके र फोनिज यूकेले सम्मान गरेको छ । लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा उनीहरुका लागि बिहीबार साँझ 'स्वागत, सम्मान तथा बिदाइ' कार्यक्रम गरिएको हो।  नेपाल पत्रकार महासंघ बेलायत शाखा अध्यक्ष विमला सेनेले गुरुङ र अधिकारीलाई खादासहित मायाको चिनो प्रदान गरेर सम्मान गरीएको थियो। एबीसी टेलिभिजनका सम्पादक डण्ड गुरुङ फोनिजका निवर्तमान अध्यक्ष र अधिकारी नेपाल प्रेस युनियन नेपालकी उपमहासचिव छन् । पत्रकार गुरुङले सम्मानका लागि आयोजकप्रति धन्यवाद दिँदै पत्रकार महासंघ यूके शाखाले महिला नेतृत्व पाउनु उदाहरणीय भएको बताएका थिए। उनले बेलायतबाट महासंघ केन्द्रले पनि सिकोस् भन्ने कामना व्यक्त गरेका थिए। अब असोज ५ मा तय भएको नेपाल पत्रकार महासंघ नेपालको निर्वाचनले समेत महिला नेतृत्व चयन गर्ने आशा व्यक्त गरेका थिए। गुरुङले बेलायत शाखामा पराजित भएपछि असन्तुष्टि राख्नेहरुले अर्कोपटक फेरि अवसर आउँछ भन्ने बुझेर ‘बेलायतका पत्रकारहरु एक ढिक्का छौं’ भन्ने सन्देश दिन आवश्यक रहेकोमा पनि जोड दिएका थिए। पत्रकार अधिकारीले लन्डनमा आफ्नो सम्मानप्रति आभार व्यक्त गर्दै पत्रकार महासंघ बेलायतमा देखिएका केही मतभेद निराकरणका लागि नेपाल प्रेस युनियनले महासंघ केन्द्रसँग समन्वय गर्ने कुरा व्यक्त गरेकी छन। आदिवासी जनजाती पत्रकार महासंघ यूके सहआयोजक समेत रहेको कार्यक्रममा फोनिज यूके अध्यक्ष बम थापा सूर्यवंशी मगरले स्वागत मन्तव्य दिएका थिए।  शाखाका महासचिव खेमराज रानाभाटले सञ्चालन गरेको कार्यक्रममा तनहुँ समाज यूकेका संरक्षक एवं सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठान बेलायतका संयोजक लेख गुरुङले पत्रकारहरुसँग संस्थाले विगतदेखि नै सहकार्य गर्दै आएको स्मरण गरे। उनले शिकारी सरदार वंशुलाई राष्ट्रिय विभूति घोषणा गर्ने पहल भइरहेको जनाउँदै पत्रकारहरुबाट पनि सहयोग अपेक्षा गरेका । सामाजिक अभियन्ता गणेश इजम र एनआरएनए यूके पूर्वसचिव एवं बुद्धिजिवी डा. मीन रानाभाटले पत्रकारहरुलाई शुभकामना दिँदै निष्पक्ष लेखनमार्फत समाजलाई दिशानिर्देश गर्न सुझाव दिएका थिए। अध्यक्ष विमला सेनेले कोठामा बसेर केही अराजक मानसिकता भएका ‘कथित’ पत्रकारहरुले शाखाको आधिकारिकता माथि धावा बोल्ने काम गरिरहेको भन्दै मिलेर जान सकिने धारणा राखेकी थिईन। ‘हामीलाई बेलायतको समाजले स्वीकारेको छ। तर,मानव विकासको उत्कृष्ट नमुना रहेको देशमा अराजक मानसिकता

दुखमा पर्दा Go Fund बाट सहयोग गरौ।

शीतलपाटीन्युज डटकम। Please follow the link if you would like kindly to contribute: https://gofund.me/69a513a5 https://gofund.me/d148380e Hey there! I wanted to share something important with you. Binita Chaulgain’s family is facing an incredibly tough time after her tragic passing, and they need help to bring her body back to Nepal for her final rites. Any donation, no matter how small, will make a real difference for them during this painful time; please consider clicking the link below to donate or share it with others who might help.

गाईजात्रा कार्यक्रमका लागि बेलायतमा हास्यकलाकार मनोज,सुबोध र प्रभात

शीतलपाटीन्युज डटकम। लन्डन । गाईजात्रा कार्यक्रमका लागि चर्चित हास्य कलाकार गजुरेल, सुबोध गौतम बेलायत आइपुगेका छन्। इभेन्ट नेपाल युकेको आयोजनामा सेप्टेम्बर ७ शनिबार हेजमा र सेप्टेम्बर ८ आइतबार प्लमस्टिड एशियन कम्युनिटी हलमा हुने कार्यक्रमका लागि गजुरेल,सुबोध गौतम,प्रभात लामा,मोहन गजुरेलको टोली बुधबार लन्डनको हिथ्रो विमानस्थल ओर्लिएका हुन्। उनीहरुलाई आयोजक इभेन्ट नेपाल युकेका पदाधिकारी लगायतले स्वागत गरेका थिए। हास्य कलाकार गजुरेलले सबै वर्ग युवा,बुबा युके निवासीमात्रै नभई छिमेकी बेल्जियम, फ्रान्सबाट समेत ७ र ८ तारिखको कार्यक्रममा सहभागी हुन उनले आग्रह गरे । उनको यो तेस्रो पटकको बेलायत भ्रमण हो । इभेन्ट नेपालले कार्यक्रम आयोजना गर्नु सराहनीय रहेको भन्दै प्रशंसा गरे । यस्तै गौतमले पनि आफूहरु सुविधाजनक तरिकाले बेलायत आएको भन्दै कार्यक्रमका लागि निमन्त्रणा गरे । लामाले हँसाउने आफूहरुको कर्म भएको भन्दै उनले बेलायतमा सुरु भएको यस्ता कार्यक्रमलाई स्थापित गर्न आग्रह गरे । गाईजात्रा यूके कार्यक्रममा लाइभ दोहोरी, डाइनामिक म्युजिक टिम (ब्यान्ड) हुनेछन् । ७ सेप्टेम्बरको कार्यक्रममा लोक तथा दोहोरी कलाकार टीका सानु, राजु ढकाल र दिपक थापाले प्रस्तुति दिने छन् । ८ को कार्यक्रममा मनमाया वाइबा, दीपक थापा र राजु ढकालले गीत गाउने आयोजकले जनाएको छ । कार्यक्रम उद्घोषण दीपक मैथाने मगरले गर्नेछन् । कार्यक्रममा सहभागीले कार्यक्रम हलको गेटमा ३५ पाउन्ड र अग्रिम टिकेट लिने ३० पाउन्ड मात्र तिर्नुपर्नेछ ।

बीसीसी यूकेले लामा गुरुहरुको स्वागत गर्यो

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गरेको छ। बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने बर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे,खेन्पो,लोपेन लगायत लामा गुरुहरुलाई शनिबार ३१ अगष्टका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा स्वागत तथा सम्मान गरिएको हो।  उनीहरुलाई बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङ लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु,आमाहरु साथै भक्तजनहरुले खादा लगाई दिएका थिए।  उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछेको अग्रतामा ग्रह शान्ति र आयू पूजा गरिएको थियो। त्यस्तै,खेन्पो बाग्रिन्द्र शिलाले बोधीसत्वको अभ्यास बिषयमा प्रवचन दिएका थिए। साथसाथै, खेन्पो सेनाङ्ग ग्याम्जोले संघ दान तथा बर्षवासको बिषयमा प्रवचन दिएका थिए। सो अवसरमा बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङले बीसीसी यूकेको स्थापना, यसले दिदै आएका विभिन्न सेवाहरुको बारेमा जानकारी गराउँदै गुरुहरुलाई स्वागत गरेका थिए। बेलायतका विभिन्न गुम्बाहरुमा आवद्ध भएका तथा हालै नेपालबाट आएका धर्महरुलाई स्वागत तथा सम्मान गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा निमा लुङ्गरिक रिन्पोछे,खेन्पो बाग्रिन्द्र शिला, खेन्पो सेनाङ्ग ग्याम्जो,खेन्पो सन्तोष गुरुङ,खेन्पो नरेश गुरुङ,खेन्पो दावा तेन्जिन,लामा रक्षे गुरुङ,लामा काजी गुरुङ,लामा देबिरास गुरुङ,लामा गमबहादुर गुरुङको सहभागिता रहेको थियो।  बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बीसीसी यूको संस्थापक अध्यक्ष,पूर्व अध्यक्षहरु, संस्थापक आमा प्रमुख,पूर्व आमा प्रमुखहरु,प्रमुख सल्लाहकार तथा सल्लाहकारहरु,कार्यसमिति, आमा समितिलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो।   बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षता र महासचिव मेजर हितमान गुरुङले संचालनमा सम्पन्न कार्यक्रमको अन्त्यमा बीसीसी यूकेले गुरुहरुलाई संघ दान र भक्तजनहरुले दर्शन गरेका थिए।

हार्दिक बधाई कमल गुरुड्ग मिडीया प्रस्नालिटीद्वारा सम्मानित भएकोमा।

शीतलपाटीन्युज डटकम। सफल व्यवसायी तथा अग्रज समाजसेवी कमल क्वोंने गुरुङज्यु नेपाल ब्रिटेन डटकमको १७औं बार्षिकउत्सब कार्यक्रममा मिडिया पर्सनालिटी अफ द इयर–२०२४ बाट पुरष्कृत हुनुभएकोमा गौरवान्तित हुँदै हार्दिक बघाई ज्ञापन गर्दछौं। साथै,तपाईको व्यापार व्यवसाय अनि सामाजिक जीवनको उत्तोरत्तर प्रगतीको कामना गर्दछौ। शुभेक्षक बाचस्पति रेग्मी प्रधान सम्पादक शीतलपाटीन्युज डटकम

तीज पर्व: हिजो र आज

प्रतिमा केसी, बेलायत। हामी नेपालीहरू चाडपर्वका धनी छौं। समयक्रममा संविधानले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपनि अधिकांश हिन्दु धर्मसंग सम्बन्धित चाडहरु प्रमुख रूपमा मनाउने गरिन्छ, यद्यपि अन्य धर्मालम्बीहरूले पनि आ-आफ्नो चाड भव्य रूपमा मनाउछन। यस लेखमा नेपालका प्रमुख चाडहरू मध्य महिलाहरूको चाडको रूपमा मानिने एक चाड तीजको बारेमा आफूले देखेको विगतको तीज पर्व र वर्तमानको तीज बारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ । धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार “माता पार्वतीले महादेव पति पाउँ” भनि गरेको तपस्या पूर्ण भएको दिनलाई विशेष दिन मानिन्छ। यसै दिनमा हिन्दु धर्मावलम्बी महिलाहरुले पनि उपवास बसेर शिवजीको पूजा गरी मनाउने पर्व तीज हो। शरद ऋतुको शुरुवात संगै निकै रोमान्चक रुपमा मनाइने यस सांस्कृतिक चाडमा नारीहरूले दुतियाको दिनमा दर खाएर तृतीयाको दिनमा ब्रत बस्ने,रमाइलो नाचगान गर्ने, खानपान गर्ने, माइतिमा जाने,दिदीबहिनीहरु तथा साथीहरुसंगको भेटघाटले आनन्दित हुने हुनाले महिलाहरुको लागि तीज विशेष पर्व हो। तीजपर्व विगतदेखि वर्तमानसम्म आइपुग्दा हिन्दु महिलाहरुको मात्र नभएर सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरुको लागि विशेष बन्दै गएको छ। घरदेश होस या परदेश जताततै आफ्नो गक्ष र समय अनुसार तीज मनाइन्छ तर परिवेश र तौर तरिका भने परिवर्तित देखिन्छ। म,पश्चिम नेपालको एउटा गाउँले परिवेशमा जन्मेर त्यहाँको तीज महशुष गरेको र त्यहाँको तीजमा राम्ररी घुलेको छोरीचेली हुनाले त्यहाँ पहिले कसरी तीज मनाउने गरिन्थ्यो भन्ने चर्चा गर्दा पुरानो अर्गानिक तीज बुझ्न सहज होला। सम्भवत: तीजको मूल मर्म सिंगो नेपाल कै मैले देखे भोगे जस्तो हो भन्ने लाग्छ यद्यपि भौगोलिक हिसाबले मनाउने तरिकामा केहि विविधता हुनसक्छ। जब तीज आउँथ्यो वरपरका सबै आमाहरु र बिबाहित दिदीबहिनी माईत जान्थे । म पनि मेरो घरको हजुरआमासंग बुढो मावलीमा तीज मनाउन जान्थें। बुढो मावलको मेरो हजुरआमाका भाइ वहाँलाई लिन हाम्रो घरमा आउनुहुन्थ्यो। मानमनितोका व्यवहार र भलाकुसारीसंगै खानपान गरेपछि  हजुरआमाले कपुर हालेर मधुसमा राखेका नयाँ कपडा निकाल्नु हुन्थ्यो। फुली,मुन्द्री,माडवरी त लगाएकै हुन्थ्यो,त्यसमाथि कण्ठमाला लगाउनुहुन्थ्यो। कोरीबाटी गरेर चिटिक्क परेपछि म पनि जामा लगाएर फुरुक फुरुक गर्दै हजुरआमाको अघि लाग्थें। हजुरआमाका भाइ हजुरबा अति प्रसन्न देखिनु हुन्थ्यो। हो,तीज आएपछि बा, दाजुभाइहरु

पौरखी नेपालको साधारणसभाबाट बेलायत निवासी पुनम गुरुङ बनिन् पौरखी राजदूत

शीतलपाटीन्युज डटकम। काठमाडौँ। वैदेशिक रोजगारबाट स्वदेश फर्किएका महिला कामदारको संस्था पौरखी नेपालको २२औँ साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ । बिहीबार काठमाडौँमा सम्पन्न साधारणसभाको श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले उद्घाटन गरेका थिए। सो अवसरमा बेलायत निवासी समाजसेवी पुनम गुरुङलाई पौरखी राजदूतको प्रमाणपत्र प्रदान गरिएको थियो।  संस्थाको लक्ष्य र मिसनलाई अगाडि बढाउनमा उनको समर्पण र उदाहरणीय सेवाको कदर स्वरूप उनलाई राजदूत बनाइएको अध्यक्ष सत्राकुमारी गुरुङले जनाएकी छन् ।  पुनम एनआरएनए यूकेका पूर्वअध्यक्ष,तमु धीं आमा संस्थापक अध्यक्ष र बुद्धिस्ट गुम्बा रेडिङको संस्थापक सदस्य तथा सल्लाहकार समेत हुन्।  यस्तै,लैंगिक अधिकार तथा नीति विशेषज्ञ चाँदनी जोशी तथा पौरखी नेपालको रणनीतिक सल्लाहकार मञ्जु गुरुङलाई पनि सम्मान गरिएको थियो।  कार्यक्रमको प्रमुख अतिथि रहेका मन्त्री भण्डारीले घरेलु कामदारलाई व्यवस्तित बनाउन सरकार लागि परेको बताएका थिए । वैदेशिक रोजगारमा अधिकांश महिलाहरू घरेलु कामदारमा जाने गरेको भएता पनि उनीहरूलाई तालिम र सूचनाको अभाव रहेको उनको भनाइ थियो।  कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल,पौरखी नेपालका महासचिव सिन्धु अर्याल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवी बराललगायतले बोलेका थिए। पौरखी नेपालले स्थापनादेखि नै विशेष गरी वैदेशिक रोजगारीमा महिलाहरूको पक्षमा वकालत गर्दै आएको छ। (साभार-गोर्खा मिडिया)

वीरयोद्धा वंशु गुरुङका सन्ततिले सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाई दिए बधाई

शीतलपाटीन्युज डटकम। नेपाल। सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ। कार्यक्रमको सिलसिलामा पोखरा आएका नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङलाई शनिवार प्रतिष्ठानको तर्फबाट कार्यकाल सफलताको शुभकामना दिइएइको हो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङले सञ्चारमन्त्रीलाई फेटा गुथाएर सफल मन्त्री बन्न शुभकामना दिए । त्यस्तै, प्रतिष्ठानका पदाधिकारीहरु क्या. चिनबहादुर गुरुङ, बिनु गुरुङ, राजेश गुरुङ, बुद्धिबहादुर गुरुङ, यामबहादुर गुरुङ लगायतले खादा लगाएर बधाई दिएका थिए । मन्त्री गुरुङले प्रतिष्ठानसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए । प्रतिष्ठानले शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुरमा निर्माण गरेको सिकारी सरदार वंशु (वंश) गुरुङको शालिक गण्डकी प्रदेशमा मुख्यमन्त्री हुँदा २०७६ कात्तिक ९ गते मन्त्री गुरुङले अनावरण गरेका थिए । (साभार-ABC News)

एनआरएनए अध्यक्ष डा बद्री केशीलाई स्कटलैण्डमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। स्कटलैण्ड। यही २९ अगस्त २०२४ को दिन गैरआवासीय नेपाली संघ स्कटल्याण्डले संघका अध्यक्ष डा.बद्री केसीलाई स्वागत गर्दै गैरआवासीय नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली संघको विधान संशोधन,निर्वाचन प्रणाली,संस्था दर्ता तथा सदस्यताको शुद्धीकरण र संस्थागत संरचनामा परिवर्तन जस्ता तमाम बिषयमा बहस कार्यक्रम सम्पन्न गर्यो।   गैरआवासीय नेपाली संघ स्कटल्याण्डले संघका अध्यक्ष डा.बद्री केसीलाई ज्ञापनपत्र बुझाएको थियो भने यस ज्ञापनपत्रमा समाबेश गरिएका बिषयमा स्कटल्याण्ड निबासी ब्यक्तित्वहरू बिदुर खत्री,तारानाथ भण्डारी,मोती खरेल,मोहन कार्की लगायत धेरैले यस बिषयमा आफ्नो राय सुझाब राख्नु भएको थियो। स्कट्ल्याण्ड मा रहेका सम्पुर्ण सङ्ह सस्थाका प्रतिनिधि सहित स्थानिय वाशीहरुको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रमको सन्चालन एनआरएन स्कट्ल्याण्ड राज्य परिषदका सचीव राम प्रसाद कन्डेलले सन्चालन गरेका थिए भने अध्यक्ष दीवाकर पाण्डेको अध्यक्षता भयको थियो।

राज्य समन्वय परिषद स्कटलैण्डले एनआरएन संघका अध्यक्ष डा.बद्री केसीलाई स्वागत

शीतलपाटीन्युज डटकम। स्कटलैण्ड। यही २९ अगस्त २०२४ को दिन गैरआवासीय नेपाली संघ स्कटल्याण्डले संघका अध्यक्ष डा.बद्री केसीलाई स्वागत गर्दै गैरआवासीय नेपाली नागरिकताको निरन्तरता,गैरआवासीय नेपाली संघको विधान संशोधन,निर्वाचन प्रणाली,संस्था दर्ता तथा सदस्यताको शुद्धीकरण र संस्थागत संरचनामा परिवर्तन जस्ता तमाम बिषयमा बहस कार्यक्रम सम्पन्न गर्यो। गैरआवासीय नेपाली संघ स्कटल्याण्डले संघका अध्यक्ष डा.बद्री केसीलाई ज्ञापनपत्र बुझाएको थियो भने यस ज्ञापनपत्रमा समाबेश गरिएका बिषयमा स्कटल्याण्ड निबासी ब्यक्तित्वहरू बिदुर खत्री,तारानाथ भण्डारी,मोती खरेल,मोहन कार्की लगायत धेरैले यस बिषयमा आफ्नो राय सुझाब राख्नु भएको थियो। स्कट्ल्याण्ड मा रहेका सम्पुर्ण सङ्ह सस्थाका प्रतिनिधि सहित स्थानिय वाशीहरुको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रमको सन्चालन एनआरएन स्कट्ल्याण्ड राज्य परिषदका सचीव राम प्रसाद कन्डेलले सन्चालन गरेका थिए भने अध्यक्ष दीवाकर पाण्डेको अध्यक्षता भयको थियो।

बीसीसी यूकेद्वारा लामा गुरुहरुको स्वागत गर्दै

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गर्ने भएको छ । बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने बर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे,खेन्पो,लोपेन लगायत लामा गुरुहरुलाई शनिबार ३१ अगष्टका दिन अल्डरसटस्थित गुम्बामा स्वागत गर्न लागिएको हो। उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछेको अग्रतामा ग्रह शान्ति,आयू पूजा,खेन्पो बाग्रिन्द्र शिलाले बोधीसत्वको अभ्यास बिषयमा प्रवचन,खेन्पो सेनाङ्ग ग्याम्जोले संघ दान तथा बर्षवासको बिषयमा प्रवचन दिइने भएको छ।  उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछे,खेन्पो बाग्रिन्द्र शिला,खेन्पो सेनाङ्ग ग्याम्जो,खेन्पो सन्तोष गुरुङ,खेन्पो दावा तेन्जिन,लामा रक्षे गुरुङ, Khenpo Naresh Gurung,लामा काजी गुरुङ,लामा देबिरास गुरुङ,लामा गमबहादुर गुरुङको उपस्थिति रहने भएको छ।  विभिन्न पूजा,प्रवचन,संघ दानका साथ सम्पन्न हुन लागेको उक्त कार्यक्रममा सहभागी हुन बेलायतमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले अनुरोध गरेको छ।

राप्रपाका केन्द्रिय अध्यक्ष लिड्गदेनको उपस्थितीमा बेलायतमा अन्तरक्रिया हुदै

शीतलपाटीन्युज डटकम। लण्डन।नेपालको समसामयीक राजनिती एवम जनजीवनका बिषयमा जनचेतमा फैलाउन आवस्यक देखिएको भन्दै बेलायतमा प्रबासी नेपाली एकता समाज बेलायतले अन्तरक्रिया गर्ने भयको छ। प्रबासी नेपाली एकता समाज बेलायतका महासचिव रमेश शाही ठकुरीले शीतलपाटीन्युज डटकमलाई सो कुराको जानकारी दिनु भएको छ। प्रबासी नेपाली एकता समाज बेलायतका  अध्यक्ष रोसन सापकोटाका अनुसार सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष, पुर्व उपप्रधानमन्त्री एवम जलश्रोत मन्त्री राजेन्द्र प्रसाद लिड्गदेन आउने र कार्यक्रममा प्रमुख अतिथी रहनु हुने बताउनु भयको छ। सो कार्यक्रममा अर्का अतिथी पार्टी प्रबक्ता,पार्टीका प्रमुख सचेतक एवम  माननीय सांसद ज्ञानेन्द्र बहादुर शाही एवम प्रवास बिभाग प्रमुख एवम केन्द्रि सदस्य आनन्द अधिकारी पनि आउनु हुने जनाइएको छ। बेलायतबासी नेपाली अभियन्ताहरुलाई समेत निमन्त्रणा गरीएको अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपालीका बारेमा, गोर्खा समस्याका बारेमा र नेपाली नागरीकता निरन्तरताका बारेमा छलफल हुने छ। २२ सेप्टेम्बरको ११ बजे आईतबार बिहानबाट Empire Hall Aldershot GU11 1DJ मा हुने भयको छ।

एनआरएन युकेमा नारायण फुयाल लगायत ७ जना कोअप सदस्य नियुक्त

शीतलपाटीन्युज डटकम। लण्डन। एनआरएन युकेले हालै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। एनआरएन युके अध्यक्ष हीतकाजी गुरुड्गको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रम एम्पायर हल अल्डरसटमा भयको र संघका महासचिव गोबिन्द खरेलले संचालन गर्नु भएको थियो। कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल, एनआरएनए आइसीसी अध्यक्ष डा.बद्री केसीज्यू ,उपाध्यक्षहरु डा.हेमराज शर्माज्यु, रोजिना प्रधान राईज्यू र रामशरण सिम्खडाज्यू,एनआरएनए महिला सचिव टिका गुरुङज्यू,युरोप उपसंयोजक रोबोट लिम्बुज्यु,एनआरएनए आइसीसी प्रवक्ता फडिन्द्र पन्तज्यु,एनआरएनए हङकङ अध्यक्ष गोकर्ण ढकालज्यू,तमुधिं यूके अध्यक्ष हरि गुरुङज्यू,राज्य समन्य परिषद स्कटल्याण्डको उपाध्यक्ष कमला श्रेष्ठज्यू  लगायत विविन्न संघ संस्थाको प्रतिनिधिहरुको भब्य उपस्थिती थियो। उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायतको  कोअप सदस्यहरु मनोनित गरीएको थियो। उक्त कोअप सदस्यको गरिमामय पदमा नियुक्त हुनुहुने मनोनित सदस्यहरु  विमल गुरुङ,नारायण फुयाल,राजेन गुरुङज्यू, डा.विशाल गुरुङ,राजेशमणी लामिछाने,जीवन कुमार श्रेष्ठर पहिलो चोटी स्कटल्याण्डबाट मनोनित  शशी कार्की स्कटल्याण्ड रहनु भयको छ। कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष डा.बद्री  केसीले नेपालको संविधानले आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गरेपनि आफूहरुको लक्ष्य पूर्ण अधिकार सहितको नागरिकताको माग रहेको बताउनु भएको थियो।

लण्डनमा १५औ नेपाली मेला भब्य,पुस्तान्तरणको अवधारणा सहित मेला उल्लासमय

शीतलपाटीन्युज डटकम। लन्डन । लन्डनमा आइतबार १५ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ। नेपाली राजदुताबास लण्डन र तमुधिं यूकेले विगत जस्तै केम्पटन पार्क रेस कोर्समा  नेपालीमेलाको आयोजना गरेको हो। महासचिव डा.विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिनु भयको थियो।अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न भयको सो कार्यक्रम अध्यक्ष गुरुड्ग,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र कार्यक्रम संयोजक तथा उपाध्यक्ष परशु गुरुङले दीप प्रज्वलन गरेर मेला आरम्भ गरीएको थियो।करिब ८ हजार सहभागी भएको सो मेलामा बेलायतका ४० नेपाली संघसंस्थाका मौलिक झांकी र नृत्यले लन्डन नेपालमय बनेको थियो। यस पटक पनि नेपाली मेलाको मुख्य आकर्षण सांस्कृतिक झाँकी नै रह्यो। मेलामा पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमालदेखि तराईसम्मका विभिन्न जातजाती,भूगोल,धर्म प्रतिनिधित्व गर्दै विभिन्न संघसंस्थाले झांकी प्रस्तुत गरेका थिए। मेलामा सिली साकेला,लाखेनाच,ट्होंटे, सालैजो जस्ता १८ वटा विभिन्न नाच देखाइएको थियो।गायन,नृत्य,राफल ड्र,विभिन्न च्यारिटी,मिठोखाना र जनचेतनामूलक गरि ६५ वटा स्टलमा पनि मेलामा सहभागी थिए। मेलामा राजन गुरुङ,शिवदास गुरुङ,नेसन पुन,आरुषी मगर लगायतका कलाकारहरुले आ–आफ्नो बेजोड प्रस्तुति दिएका थिए। मेलामा झांकी र नृत्य दुवैमा उत्कृष्ट प्रदर्शन गरि पासा पुच गुथि यूकेले एम्बासडर कप तथा एनआरएनए कप जितेको छ भने फष्ट रनर अप किरात याक्थुङ चुम्लुङ यूके भयको छ। त्यसैगरि सेकेन्ड रनर अप र सान्त्वना पुरस्कार क्रमशःकिरात राई यायोख्या यूके र शेर्पा एसोसिएसन यूकेले जितेको छ। प्रेसिडेन्ट च्वाइस अवार्ड किरात राई यायोख्या यूकेले प्राप्त गरेको छ भने उत्कृष्ट झांकी र नृत्य प्रस्तुत गर्ने पासा पुच सुकेले लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्राप्त गरेको छ। रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउण्ड,सर्टिफिकेट एवं मेडल पाउन सफल भएको थियो। एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउण्ड पनि प्रदान गरिएको थियो। झांकीमा उत्कृष्ट प्रदर्शन गरि पासा पुच गुथि यूके प्रथम बन्यो भने फष्ट रनर अप किरात याक्थुङ चुम्लुङ यूके र सेकेन्ड रनर अप किरात राई यायोख्या यूके भएको थियो। नृत्यमा उत्कृष्ट प्रदर्शन गरि किरात याक्थुङ चुम्लुङ यूके प्रथम बन्यो भने पासा पुच गुथि यूके फष्ट रनर अप र किरात राई यायोख्या

आफ्नो गाउँको विकासका लागि ल्हासादेखि सगरमाथा बेस क्याम्पसम्म साइकल यात्रा

GNNNEWS: लन्डन - लन्डनको वित्तीय क्षेत्रमा काम गर्ने एक युवाले सुदूर पश्चिम नेपालस्थित आफ्नो गाउँमा शिक्षा र स्वास्थ्यमा सघाउन तिब्बतको ल्हासादेखि सगरमाथा बेस क्याम्प सम्म साइकल यात्रा गरिरहेका  छन्। दार्चुला जिल्लाको विकट देथलामा जन्मिएका दिनेश पालले आफ्नो गाउँमा हरेक बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा पाउन भन्ने सुनिस्चित गर्नुका साथै  र दीगो कृषि प्रणालीको विकास गर्न १००० किलोमिटर लामो उक्त साहसिक यात्रा सुरु गरेको बताए।    "यात्राको क्रममा ४,५०० देखि ५,२०० मिटरसम्म साइकल यात्रा गर्ने काम शारीरिकरुपमा चुनौतिपूर्ण भए पनि आफ्ना गाउँलेहरुको माया र साथी तथा शुभेच्छुहरुको सद्भावका कारण यात्रा जारी राख्न मलाई उत्प्रेरणा मिलेको छ," सामाजिक संजाल, लिंकडइन, मा आफ्नो यात्राको विवरण अद्यावधिक गर्दै उनले भने। हेल्प नेपाल नेटवर्क तथा लायन्स क्लब अफ काठमाडौँ क्लियोपेट्रासंगको सहकार्यमा आयोजित यात्राबाट उनले पांच हजार पौण्ड (झन्डै साढे आठलाख रुपियाँ )जुटाउने लक्ष लिएका छन्। हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले भने, " हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापना काल देखि नै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छौं।  दिनेशजीले सुरु गर्नु भएको यो मानवीय कार्यमा जोडिन पाउँदा हामी निकै हर्षित छौं। यो लिंकमा गएर सक्दो सहयोग गर्न पनि बेलायत स्थित सबै नेपाली संघसंस्था तथा जनसमुदायलाई हेल्प नेपाल नेटवर्क युकेले आग्रह गरेको छ।   https://www.justgiving.com/page/dinesh-pal-1722162160000?newPage=true

ग्लोबल गोरखा समाजका अध्यक्ष ढकाल लण्डनको च्यारीटीमा सहभागी हुदै

गोकर्ण ढकाल, अध्यक्ष  ग्लोबल गोरखा समाज। लण्डन। गोरखाका र गोरखाली दिनदुःखी, असाहाय,अशक्त र बेसहाराहरुको स्वास्थ्य, शिक्षा,आपतकालीन सहयोग र उद्धारको लागी अक्षयकोष स्थापना गर्न शुरु गरिएको अक्षयकोष अभिबृद्धि गर्ने अभियानका लागी गोरखाली समाज युकेको आयोजना तथा ग्लोबल गोरखा समाजको सह-आयोजनामा आयोजित “श्रीमद्भागवत ज्ञान महायज्ञा यूके २०२४” वेद र बौद्ध दर्शन सम्बन्धी प्रवचन कार्यक्रम गोरखालीहरुको बाहुल्य रहेका शहरहरुमा वाचनप्रवीन पण्डित श्री दीनबन्धू पोखरेलज्यूको साथमा बेलायतका विभिन्न शहरहरुमा आयोजित कार्यक्रम सफल पार्न र कार्यक्रममा सरिक हुन आज बेलायत आईपुगेको छु।  तपाईहरु सबै सामाजीकभाव बोक्ने गोरखाली तथा ग़ैर-गोरखालीहरुलाई आफ्नो शहर नजीक पायक पर्ने ठाउमा वेद र बौद्ध दर्शनका वाचन श्रवन गर्न हार्दिक निमन्त्रणा गर्दछु। “तपाई हामीले हाम्रो लागी त केही गरेकै छौ। हामी त अब्बल र सबल नै छौ र हाम्रो लागी हामी आफै प्रसस्त छौ तर गरीब,दिनदुःखी,असहाय र बेसहाराको लागी केही अभियानको शुरुवात अब हामीले नगरे कस्ले गर्ने र? अहिले नगरे कहिले गर्ने ?” हामी सामाजीक भावले केही गरौ भन्ने अभियान लिएर बेलायत पस्चात बिश्वका बिभिन्न देशहरुमा यसै प्रकृतीका कार्यक्रम वा गोरखाली कलाकारहरुको समुपस्थितीमा संगितीक कार्यक्रम सहित यो नोभल उदेश्य पुरा गर्न आउदै छौ। सबै देशका गोरखा/गोरखाली समाज,गोरखालीमनहरु र ग़ैर-गोरखालीहरुलाई यस पुण्य कार्यमा हातमा हात र साथमा साथको अब्ह्वान गर्दछौ।  साथै यस शुभ कार्य स्थापनाको दिन (गतबर्ष काठमाण्डौको एल्लोपगोडा होटल) मा आयोजित कार्यक्रममा सहयोग गर्नुहुने सम्पुर्ण गोरखाली मनहरु र ग़ैर-आवासीय नेपाली संघका साथीहरुलाई आफ्नो कमिटमेन्ट सहित गोरखालाई सहयोग गर्नु भएकोमा फेरी पनि हार्दिक धन्यवाद दिन चाहान्छु।  धन्यवाद। 🙏  “जय गोरखा जय गोरखाली”

यसपाली को world Cup कसले जित्ला?