Thursday March 20, 2025

प्रवास

बीसीसी यूकेद्वारा लामा गुरुहरुको स्वागत गर्दै

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गर्ने भएको छ । बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने बर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बाहरुमा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे,खेन्पो,लोपेन लगायत लामा गुरुहरुलाई शनिबार ३१ अगष्टका दिन अल्डरसटस्थित गुम्बामा स्वागत गर्न लागिएको हो। उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछेको अग्रतामा ग्रह शान्ति,आयू पूजा,खेन्पो बाग्रिन्द्र शिलाले बोधीसत्वको अभ्यास बिषयमा प्रवचन,खेन्पो सेनाङ्ग ग्याम्जोले संघ दान तथा बर्षवासको बिषयमा प्रवचन दिइने भएको छ।  उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछे,खेन्पो बाग्रिन्द्र शिला,खेन्पो सेनाङ्ग ग्याम्जो,खेन्पो सन्तोष गुरुङ,खेन्पो दावा तेन्जिन,लामा रक्षे गुरुङ, Khenpo Naresh Gurung,लामा काजी गुरुङ,लामा देबिरास गुरुङ,लामा गमबहादुर गुरुङको उपस्थिति रहने भएको छ।  विभिन्न पूजा,प्रवचन,संघ दानका साथ सम्पन्न हुन लागेको उक्त कार्यक्रममा सहभागी हुन बेलायतमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले अनुरोध गरेको छ।

राप्रपाका केन्द्रिय अध्यक्ष लिड्गदेनको उपस्थितीमा बेलायतमा अन्तरक्रिया हुदै

शीतलपाटीन्युज डटकम। लण्डन।नेपालको समसामयीक राजनिती एवम जनजीवनका बिषयमा जनचेतमा फैलाउन आवस्यक देखिएको भन्दै बेलायतमा प्रबासी नेपाली एकता समाज बेलायतले अन्तरक्रिया गर्ने भयको छ। प्रबासी नेपाली एकता समाज बेलायतका महासचिव रमेश शाही ठकुरीले शीतलपाटीन्युज डटकमलाई सो कुराको जानकारी दिनु भएको छ। प्रबासी नेपाली एकता समाज बेलायतका  अध्यक्ष रोसन सापकोटाका अनुसार सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष, पुर्व उपप्रधानमन्त्री एवम जलश्रोत मन्त्री राजेन्द्र प्रसाद लिड्गदेन आउने र कार्यक्रममा प्रमुख अतिथी रहनु हुने बताउनु भयको छ। सो कार्यक्रममा अर्का अतिथी पार्टी प्रबक्ता,पार्टीका प्रमुख सचेतक एवम  माननीय सांसद ज्ञानेन्द्र बहादुर शाही एवम प्रवास बिभाग प्रमुख एवम केन्द्रि सदस्य आनन्द अधिकारी पनि आउनु हुने जनाइएको छ। बेलायतबासी नेपाली अभियन्ताहरुलाई समेत निमन्त्रणा गरीएको अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपालीका बारेमा, गोर्खा समस्याका बारेमा र नेपाली नागरीकता निरन्तरताका बारेमा छलफल हुने छ। २२ सेप्टेम्बरको ११ बजे आईतबार बिहानबाट Empire Hall Aldershot GU11 1DJ मा हुने भयको छ।

एनआरएन युकेमा नारायण फुयाल लगायत ७ जना कोअप सदस्य नियुक्त

शीतलपाटीन्युज डटकम। लण्डन। एनआरएन युकेले हालै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। एनआरएन युके अध्यक्ष हीतकाजी गुरुड्गको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रम एम्पायर हल अल्डरसटमा भयको र संघका महासचिव गोबिन्द खरेलले संचालन गर्नु भएको थियो। कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल, एनआरएनए आइसीसी अध्यक्ष डा.बद्री केसीज्यू ,उपाध्यक्षहरु डा.हेमराज शर्माज्यु, रोजिना प्रधान राईज्यू र रामशरण सिम्खडाज्यू,एनआरएनए महिला सचिव टिका गुरुङज्यू,युरोप उपसंयोजक रोबोट लिम्बुज्यु,एनआरएनए आइसीसी प्रवक्ता फडिन्द्र पन्तज्यु,एनआरएनए हङकङ अध्यक्ष गोकर्ण ढकालज्यू,तमुधिं यूके अध्यक्ष हरि गुरुङज्यू,राज्य समन्य परिषद स्कटल्याण्डको उपाध्यक्ष कमला श्रेष्ठज्यू  लगायत विविन्न संघ संस्थाको प्रतिनिधिहरुको भब्य उपस्थिती थियो। उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायतको  कोअप सदस्यहरु मनोनित गरीएको थियो। उक्त कोअप सदस्यको गरिमामय पदमा नियुक्त हुनुहुने मनोनित सदस्यहरु  विमल गुरुङ,नारायण फुयाल,राजेन गुरुङज्यू, डा.विशाल गुरुङ,राजेशमणी लामिछाने,जीवन कुमार श्रेष्ठर पहिलो चोटी स्कटल्याण्डबाट मनोनित  शशी कार्की स्कटल्याण्ड रहनु भयको छ। कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष डा.बद्री  केसीले नेपालको संविधानले आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गरेपनि आफूहरुको लक्ष्य पूर्ण अधिकार सहितको नागरिकताको माग रहेको बताउनु भएको थियो।

लण्डनमा १५औ नेपाली मेला भब्य,पुस्तान्तरणको अवधारणा सहित मेला उल्लासमय

शीतलपाटीन्युज डटकम। लन्डन । लन्डनमा आइतबार १५ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ। नेपाली राजदुताबास लण्डन र तमुधिं यूकेले विगत जस्तै केम्पटन पार्क रेस कोर्समा  नेपालीमेलाको आयोजना गरेको हो। महासचिव डा.विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिनु भयको थियो।अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न भयको सो कार्यक्रम अध्यक्ष गुरुड्ग,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र कार्यक्रम संयोजक तथा उपाध्यक्ष परशु गुरुङले दीप प्रज्वलन गरेर मेला आरम्भ गरीएको थियो।करिब ८ हजार सहभागी भएको सो मेलामा बेलायतका ४० नेपाली संघसंस्थाका मौलिक झांकी र नृत्यले लन्डन नेपालमय बनेको थियो। यस पटक पनि नेपाली मेलाको मुख्य आकर्षण सांस्कृतिक झाँकी नै रह्यो। मेलामा पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमालदेखि तराईसम्मका विभिन्न जातजाती,भूगोल,धर्म प्रतिनिधित्व गर्दै विभिन्न संघसंस्थाले झांकी प्रस्तुत गरेका थिए। मेलामा सिली साकेला,लाखेनाच,ट्होंटे, सालैजो जस्ता १८ वटा विभिन्न नाच देखाइएको थियो।गायन,नृत्य,राफल ड्र,विभिन्न च्यारिटी,मिठोखाना र जनचेतनामूलक गरि ६५ वटा स्टलमा पनि मेलामा सहभागी थिए। मेलामा राजन गुरुङ,शिवदास गुरुङ,नेसन पुन,आरुषी मगर लगायतका कलाकारहरुले आ–आफ्नो बेजोड प्रस्तुति दिएका थिए। मेलामा झांकी र नृत्य दुवैमा उत्कृष्ट प्रदर्शन गरि पासा पुच गुथि यूकेले एम्बासडर कप तथा एनआरएनए कप जितेको छ भने फष्ट रनर अप किरात याक्थुङ चुम्लुङ यूके भयको छ। त्यसैगरि सेकेन्ड रनर अप र सान्त्वना पुरस्कार क्रमशःकिरात राई यायोख्या यूके र शेर्पा एसोसिएसन यूकेले जितेको छ। प्रेसिडेन्ट च्वाइस अवार्ड किरात राई यायोख्या यूकेले प्राप्त गरेको छ भने उत्कृष्ट झांकी र नृत्य प्रस्तुत गर्ने पासा पुच सुकेले लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्राप्त गरेको छ। रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउण्ड,सर्टिफिकेट एवं मेडल पाउन सफल भएको थियो। एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउण्ड पनि प्रदान गरिएको थियो। झांकीमा उत्कृष्ट प्रदर्शन गरि पासा पुच गुथि यूके प्रथम बन्यो भने फष्ट रनर अप किरात याक्थुङ चुम्लुङ यूके र सेकेन्ड रनर अप किरात राई यायोख्या यूके भएको थियो। नृत्यमा उत्कृष्ट प्रदर्शन गरि किरात याक्थुङ चुम्लुङ यूके प्रथम बन्यो भने पासा पुच गुथि यूके फष्ट रनर अप र किरात राई यायोख्या

आफ्नो गाउँको विकासका लागि ल्हासादेखि सगरमाथा बेस क्याम्पसम्म साइकल यात्रा

GNNNEWS: लन्डन - लन्डनको वित्तीय क्षेत्रमा काम गर्ने एक युवाले सुदूर पश्चिम नेपालस्थित आफ्नो गाउँमा शिक्षा र स्वास्थ्यमा सघाउन तिब्बतको ल्हासादेखि सगरमाथा बेस क्याम्प सम्म साइकल यात्रा गरिरहेका  छन्। दार्चुला जिल्लाको विकट देथलामा जन्मिएका दिनेश पालले आफ्नो गाउँमा हरेक बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा पाउन भन्ने सुनिस्चित गर्नुका साथै  र दीगो कृषि प्रणालीको विकास गर्न १००० किलोमिटर लामो उक्त साहसिक यात्रा सुरु गरेको बताए।    "यात्राको क्रममा ४,५०० देखि ५,२०० मिटरसम्म साइकल यात्रा गर्ने काम शारीरिकरुपमा चुनौतिपूर्ण भए पनि आफ्ना गाउँलेहरुको माया र साथी तथा शुभेच्छुहरुको सद्भावका कारण यात्रा जारी राख्न मलाई उत्प्रेरणा मिलेको छ," सामाजिक संजाल, लिंकडइन, मा आफ्नो यात्राको विवरण अद्यावधिक गर्दै उनले भने। हेल्प नेपाल नेटवर्क तथा लायन्स क्लब अफ काठमाडौँ क्लियोपेट्रासंगको सहकार्यमा आयोजित यात्राबाट उनले पांच हजार पौण्ड (झन्डै साढे आठलाख रुपियाँ )जुटाउने लक्ष लिएका छन्। हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले भने, " हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापना काल देखि नै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छौं।  दिनेशजीले सुरु गर्नु भएको यो मानवीय कार्यमा जोडिन पाउँदा हामी निकै हर्षित छौं। यो लिंकमा गएर सक्दो सहयोग गर्न पनि बेलायत स्थित सबै नेपाली संघसंस्था तथा जनसमुदायलाई हेल्प नेपाल नेटवर्क युकेले आग्रह गरेको छ।   https://www.justgiving.com/page/dinesh-pal-1722162160000?newPage=true

ग्लोबल गोरखा समाजका अध्यक्ष ढकाल लण्डनको च्यारीटीमा सहभागी हुदै

गोकर्ण ढकाल, अध्यक्ष  ग्लोबल गोरखा समाज। लण्डन। गोरखाका र गोरखाली दिनदुःखी, असाहाय,अशक्त र बेसहाराहरुको स्वास्थ्य, शिक्षा,आपतकालीन सहयोग र उद्धारको लागी अक्षयकोष स्थापना गर्न शुरु गरिएको अक्षयकोष अभिबृद्धि गर्ने अभियानका लागी गोरखाली समाज युकेको आयोजना तथा ग्लोबल गोरखा समाजको सह-आयोजनामा आयोजित “श्रीमद्भागवत ज्ञान महायज्ञा यूके २०२४” वेद र बौद्ध दर्शन सम्बन्धी प्रवचन कार्यक्रम गोरखालीहरुको बाहुल्य रहेका शहरहरुमा वाचनप्रवीन पण्डित श्री दीनबन्धू पोखरेलज्यूको साथमा बेलायतका विभिन्न शहरहरुमा आयोजित कार्यक्रम सफल पार्न र कार्यक्रममा सरिक हुन आज बेलायत आईपुगेको छु।  तपाईहरु सबै सामाजीकभाव बोक्ने गोरखाली तथा ग़ैर-गोरखालीहरुलाई आफ्नो शहर नजीक पायक पर्ने ठाउमा वेद र बौद्ध दर्शनका वाचन श्रवन गर्न हार्दिक निमन्त्रणा गर्दछु। “तपाई हामीले हाम्रो लागी त केही गरेकै छौ। हामी त अब्बल र सबल नै छौ र हाम्रो लागी हामी आफै प्रसस्त छौ तर गरीब,दिनदुःखी,असहाय र बेसहाराको लागी केही अभियानको शुरुवात अब हामीले नगरे कस्ले गर्ने र? अहिले नगरे कहिले गर्ने ?” हामी सामाजीक भावले केही गरौ भन्ने अभियान लिएर बेलायत पस्चात बिश्वका बिभिन्न देशहरुमा यसै प्रकृतीका कार्यक्रम वा गोरखाली कलाकारहरुको समुपस्थितीमा संगितीक कार्यक्रम सहित यो नोभल उदेश्य पुरा गर्न आउदै छौ। सबै देशका गोरखा/गोरखाली समाज,गोरखालीमनहरु र ग़ैर-गोरखालीहरुलाई यस पुण्य कार्यमा हातमा हात र साथमा साथको अब्ह्वान गर्दछौ।  साथै यस शुभ कार्य स्थापनाको दिन (गतबर्ष काठमाण्डौको एल्लोपगोडा होटल) मा आयोजित कार्यक्रममा सहयोग गर्नुहुने सम्पुर्ण गोरखाली मनहरु र ग़ैर-आवासीय नेपाली संघका साथीहरुलाई आफ्नो कमिटमेन्ट सहित गोरखालाई सहयोग गर्नु भएकोमा फेरी पनि हार्दिक धन्यवाद दिन चाहान्छु।  धन्यवाद। 🙏  “जय गोरखा जय गोरखाली”

एनआरएनए अध्यक्ष डा.बद्री केसी बेलायतमा

शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी लण्डन आइ पुगेका छन्। डा.केसी नेपालब्रिटेन डट कमको १७ औं वार्षिकोत्सव लगायतका कार्यक्रममा भाग लिन शनिबार दिउँसो लण्डन स्थित हिथ्रो विमानस्थलमा उत्रिएका हुन्। डा. केसीको स्वागतका लागि गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष हितकाजी गुरुङ,संघका केन्द्रीय उपाध्यक्षहरु डा.हेम राज शर्मा,रामशरण सिमखडा,रोजिना प्रधान राई,युरोप उपसंयोजक रोबर्ट लिम्बु लगायतको जम्बो टोली विमानस्थल पुगेको थियो। डा. केसीले गैरआवासीय नेपाली संघको स्थापनामा बेलायतको महत्वपूर्ण भूमिका रहेको बताउँदै एक साता बेलायतमा रहँदा धेरै भन्दा धेरै गैरआवासीय नेपालीहरुलाई भेटघाट गर्ने बताएका छन्। डा.केसीले बेलायत भ्रमणको क्रममा चारवटै राज्यमा रहेका गैरआवासीय नेपालीहरुसँग अन्तरक्रिया गर्नेछन्। डा. केसीले भोलि (आइतबार) तमुधीं यूकेको आयोजना हुने १५ औं नेपाली मेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।यस्तै, २६ अगष्ट (सोमबार) गैरआवासीय नेपाली संघ यूकेले अल्डरशटमा आयोजना गर्ने सार्वजनिक सुनुवाईमा उनी सहभागी हुनेछन्। यस्तै,उनी स्कटल्याण्ड,मिडल्याण्ड्स लगायतका स्थानमा आयोजित कार्यक्रममा पनि सहभागी हुने बताइएको छ। त्यस्तै, डा.केसीले नेपालब्रिटेन डटकमको सेप्टेम्बर १ तारिख लण्डनमा आयोजना हुने १७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीवी ढकालले जनाएका छन्।डा.केसी आगामी सेप्टेम्बर २ तारिख मस्को फर्किने कार्यक्रम छ।

नेपालको राजनितीमा फेरी अर्को ऊथलपुथल ?

शीतलपीटीन्युज डटकम। नेपालमा फेरी अर्को ऊथलपुथल - देशको अस्थिर राजनिती, छ छ महिने सरकार,बढ्दो बेरोजगारी,युवाहरुको बिदेश पलायन तथा देशलाई नै आक्रान्त पार्ने गरी बढेको भ्रस्टाचारलाई रोक्नको लागी देशका बिभिन्न ब्यक्ती र समुहका छुट्टा छुट्टै आन्दोलन भैरहेको परिप्रेक्षमा यी सबैको सर्बमान्य नेतृत्वको लागी नेपाल आमाको ऊदय भएको छ। नेपाली आमाहरुको समुहले देशका भ्रस्टाचारीहरुलाई एकै ठाऊंमा जम्मा पारी पापकुण्डमा डुबाऊंदै डोरीले बांधेर सदर चिड्याखाना जाऊलाखेलमा नजरबन्द गरिदिए पछी देशको शासन सत्ता नेपाल आमाले संहाल्नु भएको छ।  नेपाल आमाले तत्कालै केन्द्र सरकार देखी सातै प्रदेश सरकार खारेज गरी सात सदस्यीय अन्तरिम सरकारको घोषणा गर्दै नेपालको संबिधान पनी निलम्बन गरिदिनुभएको छ। यसै गरी ऊहांले आगामी २०८४ सालमा चुनाब गराई शासनसत्ता पुन जनतामै हस्तान्तरण गर्ने र सो चुनाबमा हाल सम्म प्रधान मन्त्री र ऊप प्रधान मन्त्री भैसकेका कसैले पनी ऊम्मेदबारी दिन नपाऊने पनी घोषणा गर्नु भएको छ ।यसै गरी सो चुनाबमा अहिलेको जस्तो जम्बो संसद नभएर दुबै सदन गरी जम्मा १०१ जनाको मात्र संसद रहने पनी घोषणा गर्नु भयो जस्मा प्रतिनिधी सभामा हरेक जील्लाबाट एक एक जना गरी जम्मा ७७ जना र बांकी २४ जना स्वतन्त्र बिज्ञहरुको राष्ट्रिय सभा रहने छ। नेपाल आमाले देशका सातै प्रदेश सदाको लागी खारेज गरी स्थानीय निकायहरुलाई थप अधिकार र बजेट पनी प्रदान गरिने र अहिले सम्म भ्रस्टाचार गरेका सबै नेताहरु माथी छानबिन गरी भ्रस्टहरुको सर्बस्व हरण गरी श्रम संजाएको पनी घोषणा गर्नुभयो । ऊहांका अनुसार जनतालाई अनाहकमा दुख दिने काम सरकारले अब देखी रोक्ने छ र राष्ट्रीय परिचय पत्र बनाऊनु पर्ने जस्ता सनकमा गरिएका निर्णय खारेज गरिएका छन् । अब देखी देशमा सरकारी कार्यालयहरु हप्तै भरी र ३६५ दिननै खुल्ने तथा अती ब्यस्त कर्यालयहरु बिहान ७ देखी बेलुका ९ बजेसम्मै खुल्ने पनी ऊहांले घोषणा गर्नुभयो। नेपाल आमाका अनुसार नेपालमा हाल कायम केन्द्रदेखी प्रदेश संरचना र तीनका सांसद र सरकारले खाई पाई आएको तलब भत्ता सुबिधा र भ्रस्टाचारको रकम एकैदिनमा १० अरब भएको हुंदा यीनीहरुलाई हटाऊंदा मात्र पनी एक दिनको रकमले एऊटा स्थानिय निकाएको मुहार फेर्न

दुलेगौडा सोलार फार्म लिमीटेडले नया सोलार फार्ममा लगानी गर्दै

शीतलपाटीन्युज डटकम। लण्डन। बेलचौतारा,तनहु सोलार फार्म लिमीटेडका अध्यक्ष मोहन गुरुङ्गले सोलार फार्मबाट यथेष्ट नाफा भएको आफ्नो अनुभव सुनाउनु भयको छ। ५ मेघावाट क्षमातामा संचालन गरीएको सोलार फार्म लिमीटेड सफल भएको कारण अब ११० मेघावाटको लागि बिभीन्न साइटहरुबाट सोलार परियोजना लगानी गर्न आफु तत्पर रहेको कुरा शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मीसंगको एक कुराकानीमा बताउनु भयो। सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुङ्गसंग शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मीले लिएको एउटा अन्तरवार्ताको अंश- शीतलपाटीन्युज सम्पादक- नमस्कार मोहन गुरुङ्गज्यु,बेलायतमा के गर्दै हुनुहुन्छ? बेलायतमा ब्यापार ब्यवसाय कस्तो छ। मोहन गुरुङ्ग - बेलायतमा गोल्ड ब्यापार तथा वर्कफोर्स लेवर मार्केटमा जनशक्ति पुर्ति गर्दै आएको छु। शीतलपाटीन्युज सम्पादक-गुरुङ्ग ज्यु तपाईको त बेलचौतारामा सोलार फार्म लिमीटेड पनि छ नि? के छ यस्को अवस्था? मोहन गुरुङ्ग - हाम्रो ५ मेघावाटको सोलार फार्म लिमीटेडको उत्पादन राम्रो चलेको छ।सार्बजनिक कंपनीमा परिणत भई आईपिओमा जाने अन्तिम तयारीमा रहेको र सफल रुपमा संचालन भएकोले संतुष्ट छु। यो प्रोजेक्ट राम्रो चलेकोले नेपाल बिद्युत प्राधिकरणसंग ११० मेघावाटको अरु बिभिन्न सोलार प्रोजेक्ट बिकास गर्नको लागि टेन्डर गरेको छु। नेपाल बिद्युत प्राधिकरणले ८०० मेघावाटको सोलार पावर क्षमताको प्रोजेक्टको बिकास गर्न र पीपीए गर्न आह्वान गरेको छ। शीतलपाटीन्युज डटकम सम्पादक- ११० मेघावाट प्रोजेक्ट ठुलो भएन र? किन्न वा लगानी गरेर संचालन गर्न सकिन्छ र? मोहन गुरुङ्ग - अहिले नेपालमा सोलार फार्ममा लगानी भरपर्दो र नाफामा छ। अहिले प्राधिकरणले ८०० मेघावाटको टेन्टर खुलाएकोमा सोलार फार्म लिमिटेडले ल्वाड्ग घलेल कास्कीमा १० मेघावाट,मोतीपुर १ कपिलबस्तु ३० मेघावाट,मोतीपुर २ कपिलबस्तुमा २० मेघावाट,मनैया रुपन्देहीमा ४० मेघावाट,मनीपोखरा बर्दियामा १० मेघावाट गरी ११० मेघावाट प्रोजेक्टका लागि प्राधिकरणसंग टेन्डर गरी, पर्याप्त धरौटी जम्मा गरी माग राखेको छ। २०८१ श्रावण ३० मा राखेको टेन्डर यो सोलार प्रोजेक्टमा ७ अरव लगानी गरीने भएको छ। कंपनीका प्रमुख लगानीकर्ताहरु एकदमै उत्सुक भयकोले परियोजना सफल हुने र जोखिम नभयको प्रस्ट छ। दुलेगौडा सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुड्गसंग शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मीले लिएको एउटा अन्तरवार्ताको अंश- शीतलपाटीन्युज सम्पादक- नमस्कार मोहन गुरुड्गज्यु,बेलायतमा के गर्दै हुनुहुन्छ? बेलायतमा ब्यापार ब्यवसाय कस्तो छ। मोहन गुरुड्ग- बेलायतमा वर्कफोर्स लेवर

गोर्खाली समाज युके र ग्लोबल गोर्खा समाजको निमन्त्रणामा धार्मिक प्रवचन दिन पण्डित दिनबन्धु पोखरेल बेलायतमा

शीतलपाटीन्युज डटकम। लन्डन। धार्मिक प्रवचक तथा कथावाचक पण्डित दिनबन्धु पोखरेल बेलायत आइपुगेका छन्। बेलायतका विभिन्न क्षेत्रमा आयोजना हुने विशेष धार्मिक प्रवचन कार्यक्रमका लागि उहा शुक्रबार दिउँसो लन्डन आइ पुगेका हो। लन्डनको हिथ्रो विमानस्थलमा उत्रिंदा पण्डित पोखरेललाई गोर्खाली समाज यूकेका अध्यक्ष हेम गुरुङ,सल्लाहकार गणेश गुरुङ,सचिव राजेन्द्र गुरुङ,गीता ढकाल,गायक रविन लामिछाने र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका पुर्व अध्यक्ष एवम संरक्षक बाचस्पति रेग्मी समेतले स्वागत गरेका थिए। गोर्खाली समाज युके र ग्लोबल गोर्खा समाज अन्तराष्ट्रियको पहलमा उनी बेलायत आएका हुन्। गोर्खाली समाज यूकेका अध्यक्ष हेम गुरुङका अनुसार बेलायतमा रहंदा पण्डित पोखरेलले विभिन्न क्षेत्रस्थित नेपालीहरुमाझ धार्मिक प्रवचन दिनेछन् ।सो अनुसार २८ अगष्टमा स्कटल्यान्डस्थित पशुपतिनाथ मन्दिरमा,३१ अगष्ट र १ सेप्टेम्बर अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा तथा २ सेप्टेम्बरमा नटिङहमको हिन्दू मन्दिरमा उहाले प्रवचन दिने कार्यक्रम तय भएको छ। बेलायतमा पण्डित पोखरेलको प्रवचन वेद र बौद्ध दर्शनमा केन्द्रित रहने बताइएको छ। बेलायतमा चार दिनका प्रवचनहरु पूरा गरी ३ सेप्टेबर मै पण्डित पोखरेल नेपाल फर्किने योजना छ।

स्याङ्जालि कान्छा कोमल गुरुङको बेलायतमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लण्डन। DAB -ETHIC MINORITIES COMMITTEE  सदस्य,तमु समाज हङकङका सस्थापक अध्यक्ष,जन सेवा समितिका हङकङका पुर्ब अध्यक्ष,एनआरएनए हङकङका  बरिस्ठ सल्लाहकार,बरिस्ठ समाजसेवी,कोमल गुरुङ( स्याङ्जालि कान्छा)हङकङदेखि बेलायत आइपुग्नु भएको छ।  समाजलाई नयाँ रुपान्तरणको लागि हरेक पाटो बाट सहयोग गर्नु हुने,कोमल गुरुङ आफ्नो छोरीको उच्च शिक्षाको लागि बेलायत आउनु भएको हो,छोरी रोस्मी  गुरुङ American international high school हङकङबाट आफ्नो अध्यायन सकेर wimbledon university of art london मा अध्यायन गर्न आउनु भएको हो।उहाँ कोमल गुरुङ र भगवती गुरुङकि छोरी हुनुहुन्छ, उहाका २ छोरा र एक छोरी हुनुहुन्छ। हिजो  बेलायतको  हिथ्रो बिमान्स्थलमा अवतरण पश्चात् उहालाइ स्वागत गर्न एनआरएनए युकेका बर्तमान अध्यक्ष प्रेम गाहा मगर,एनआरएनए युकेका मुख्य संरक्षक डेबिड गुरुङ,स्याङ्जा समाज युकेका सस्थापक अध्यक्ष बर्तमान राङभाङ समाज युकेका अध्यक्ष  साहारा युके उपाध्यक्ष,एनआरएनए आइसीसि सदस्य सारदा गुरुङ,एनआरएनए आइसिसिका बरिस्ठ उपाध्यक्ष थर्क सेन,स्याङ्जा समाज युकेका अध्यक्ष भरत गुरुङ,उपाध्यक्ष रुपा गुरुङ,उहाका दाइ अमृत गुरुङ, सुनिल,सृजना गुरुङ,महेन्द्र गुरुङ,नेपालबाट आउनु भएका राष्ट्रिय कलाकार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान गण्डकी प्रदेश अध्यक्ष राजन कार्की लगायतले उहाँलाई भब्य स्वागत गर्नु भएको थियो।  उहाको छोटो समयको बेलायत बसाइमा भेटघाट तथा केही सामाजिक उपलब्धि मुलक कार्यक्रममा रहने कुरा जानाकारी गराउनु भएको छ।

शिव मन्दिर अल्डरसटलाई डोनेसन गर्दै मनिषाको जन्मदिन मनाईयो

शीतलपाटीन्युज डटकम। लण्डन। बुटबल घर भै बेलायतको अल्डरसट बस्नु भएकी मनिषा शाहीले आफ्नो जन्मदिनको सेलिब्रेसन अल्डरसटस्थित शिव मन्दिरमा एक भब्य कार्यक्रम गर्दै डोनेसन समेत गरेर जन्मदिन मनाउनु भएको छ।  जन्मोत्सब मनाउन आफ्नो श्रीमान सर्बेश घले र आमा श्रीमती चन्द्र शाहीका साथ आउनु भएकी मनिषा शाही घलेले शिवको पुजा गरी आरति गरेर मनाउनु भयको हो। जन्मदिन मनाउदै गर्दा मनिषाले शिव मन्दिरलाई १००८ पौण्ड पनि डोनेसन गर्नु भएको छ। शिव मन्दिर अल्डरसटले थप भवन किन्न लागेको र यो मौकामा डोनेसन गर्न पाउदा मनिषाले खुसी ब्यक्त गर्नु भएको थियो।उहाले मेरो जन्मदिन मनाउने उद्देश्य पुरा भयको छ भन्दै खुसी ब्यक्त गर्नु भयको थियो। साथै शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष बिक्रम भट्टराईले डोनर मनिषा शाही घलेलाई जन्मदिनको शुकामना दिदै डोनेसनका लागि धन्यबाद ब्यक्त गर्नु भयको थियो।अध्यक्ष भट्टराईले जन्मदिन मनाउन चाहाने बेलायत बसोबास गरेका नेपालीहरुलाई मन्दिरले आवस्यक मनोरन्जन दिने र ब्यवस्थापन गर्ने बताउदै १२० अट्ने क्षमता रहेको बताउनु भयो। जन्मदिन मनाउन मनिषा शाही घले उपस्थित सो कार्यक्रममा उहाको श्रीमान सर्वेश घले,आमा चन्द्र शाही,शिव कल्चरलका पण्डित मधुसुदन सत्याल, अध्यक्ष बिक्रम भट्टराई,महासचिव सुस्मा गुरुड्ग,कोषाध्यक्ष निरज तिवारी र प्रमुख संरक्षक बाचस्पति रेग्मी समेतको उपस्थिती रही मनाइएको थियो।

केवाईसी ग्रेटर लण्डन सिनियर शाखाको अध्यक्षमा कुल केशर लिम्वु निर्वाचित

शीतलपाटीन्युज डटकम। लण्डन। किरात याक्थुङ चुम्लुङ युकेको गे्रटर लण्डन सिनियर साखाको अध्यक्षमा कुल केशर लिम्वु सर्वसम्मत चयन भएका छन। गत आईतवार फेल्थाम स्थीत स्प्रिङवेस्ट एकेडमिको सभाहलमा सम्पन्न साखाको छैठौ अधिवेशनले लिम्वुको नेतृत्वमा २१ सदस्यरहेको कार्य समिति चयन गरेको हो।  कार्यसमितिको उपाध्यक्षहरुमा हेम तुम्वापो र दिपेन्द्र लक्सम,महिला उपाध्यक्ष सुष्मिता कन्दङवा,सचिव पदम वहादुर चोङवाङ,सहसचिव विश्वराज सेनेहाङ,कोषाध्यक्ष दिपेन्द्र लिम्वु र सहकोषाध्यक्ष प्रभात याङहिङवा चयन भएका छन। त्यसैगरि सदस्यहरुमा प्रभा खापुङ,रेखा लिम्वु,युवराज फागु चोङवाङ,सुमिना फालेच्छा,राजेश पायल लिम्वु,खगेन्द्र चोङवाङ,सोमिया जेवेगु,सिखा फीयाक र सिता राई आङदेम्वे चयन भएका छन। विभागिय प्रमुखको रुपमा दुर्गा वोख्खिम प्रोपर्टी विभाग,कृष्ण प्रसाद लिङदेन जनसम्पर्क विभाग,कला चेम्जोङ र प्रज्ञा लावुङ कला तथा सस्कृति विभाग चुनिएका छन। शाखाका अध्यक्ष चन्द्र लिङदेनको अध्यक्षतामा भएको पहिलो सत्रको कार्यक्रममा उपाध्यक्ष कुल केशर लिम्वुले स्वागत मन्तव्य दिएका थिए भने सचिव दिपेन्द्र लक्समले कार्यक्रम सचालन गरेका थिए। प्रमुख अतिथिको रुपमा उपस्थित भएका केन्द्रिय सल्लाहकार ईश्वर आङवोहाङले कार्यक्रमको उद्धघाटन गर्दै अधिवेशन सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा साखालाई विशेष सहयोग पुरयाए वापद सदस्य सिल्लीमाया एभेङलाई विषेश सम्मान गरिएको थियो।  अधिवेशनको दोश्रो सत्रमा सहसचिव दिपेन्द्र लक्समले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मणी एभेङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। छत्र सीं तेयुङ संयोजक रहेको निर्वाचन समितिमा सदस्य सचिव पुर्ण फाल्लेच्छा र सदस्यमा विना इंनाम रहेका थिए।वेलायतमा रहेका लिम्वु (याक्थुङ) जातिहरुको साझां सस्था किरात याक्थुङ चुम्लुङ युकेको स्थापना सन २००३ मा भएको हो। यसको हाल सम्म १६ वटा साखाहरु कृयशिल रहेका छन।

योगगुरु स्वामी रामदेवलाई हाम्रो स्वाभिमान ट्रष्ट युकेद्वारा स्वागत 

शीतलपाटीन्युज डटकम। लन्डन – बेलायत भ्रमणमा आएका योगऋषि स्वामी रामदेवलाई हाम्रो स्वाभिमान ट्रष्ट युके परिवारले स्वागत गरेको छ। सोमबार लन्डनमा स्वामी रामदेवसंगको भेटमा हाम्रो स्वाभिमान ट्रष्ट युकेका सल्लाहकार कुल आचार्यले स्वामीजीलाई नेपाली टोपी लगाइ दिएर स्वागत गरेका थिए। उक्त अवसरमा भारतको हरिद्वारस्थित पतंजली योग पीठ ट्रष्टका संस्थापक स्वामी रामदेवले बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायको बारेमा जिज्ञासा राखेका थिए। नेपालीमा कुराकानी गर्दै उनले संसारभरि रहेका नेपालीहरुलाई सांस्कृतिक रुपले जोड्न आवश्यक रहेको बताए।   “संसार भरि जहाँ गए पनि योगगुरु स्वामी रामदेवले नेपालीहरुलाई अगाध माया गर्नु हुन्छ। यसपटक पनि आफ्नो व्यस्त समय तालिकाका बावजुद उहाँले हामीलाई समय दिनु भयो। जनै पूर्णिमाको पवित्र दिनमा उहाँसंग भेटेर समसामयिक विषयमा छलफल गर्ने अवसर मिल्यो,”  आचार्यले भने। सन् २००९ मा स्वामी रामदेवको बेलायत भ्रमणका क्रममा बृहत् योग शिविर आयोजना गर्न आफुले पनि सक्दो सहयोग गरेको उनले स्मरण गरे। भेटघाटको क्रममा हाम्रो स्वाभिमान ट्रष्ट युकेकी सल्लाहकार सुनिता पोद्दार,हाम्रो स्वाभिमान ट्रष्ट युकेका महासचिव अर्जुन कटुवाल,समाजसेवी बिष्णु भण्डारी,पशुपति भण्डारी,दधि आचार्य,सोहन सापकोटाको उपस्थिति थियो। बेलायतमा रहेका नेपालीहरुलाई सांस्कृतिक रुपले जोड्ने मूल उद्देश्य सहित आचार्य बालकृष्णजी महाराजको उपस्थितिमा गत वर्ष हाम्रो स्वाभिमान ट्रष्ट युके स्थापना गरिएको थियो। (नेपालीलिंक)

योगऋषि स्वामी रामदेवलाई हाम्रो स्वाभिमान ट्रष्ट युकेद्वारा बेलायतमा स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन – बेलायत भ्रमणमा आएका योगऋषि स्वामी रामदेवलाई हाम्रो स्वाभिमान ट्रष्ट युके परिवारले स्वागत गरेको छ। सोमबार लन्डनमा स्वामी रामदेवसंगको भेटमा हाम्रो स्वाभिमान ट्रष्ट युकेका सल्लाहकार कुल आचार्यले स्वामीजीलाई नेपाली टोपी लगाइ दिएर स्वागत गरेका थिए। उक्त अवसरमा भारतको हरिद्वारस्थित पतंजली योग पीठ ट्रष्टका संस्थापक स्वामी रामदेवले बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायको बारेमा जिज्ञासा राखेका थिए। नेपालीमा कुराकानी गर्दै उनले संसारभरि रहेका नेपालीहरुलाई सांस्कृतिक रुपले जोड्न आवश्यक रहेको बताए।   “संसार भरि जहाँ गए पनि योगगुरु स्वामी रामदेवले नेपालीहरुलाई अगाध माया गर्नु हुन्छ। यसपटक पनि आफ्नो व्यस्त समय तालिकाका बावजुद उहाँले हामीलाई समय दिनु भयो। जनै पूर्णिमाको पवित्र दिनमा उहाँसंग भेटेर समसामयिक विषयमा छलफल गर्ने अवसर मिल्यो,”  आचार्यले भने। सन् २००९ मा स्वामी रामदेवको बेलायत भ्रमणका क्रममा बृहत् योग शिविर आयोजना गर्न आफुले पनि सक्दो सहयोग गरेको उनले स्मरण गरे। भेटघाटको क्रममा हाम्रो स्वाभिमान ट्रष्ट युकेकी सल्लाहकार सुनिता पोद्दार,हाम्रो स्वाभिमान ट्रष्ट युकेका महासचिव अर्जुन कटुवाल,समाजसेवी बिष्णु भण्डारी,पशुपति भण्डारी,दधि आचार्य,सोहन सापकोटाको उपस्थिति थियो। बेलायतमा रहेका नेपालीहरुलाई सांस्कृतिक रुपले जोड्ने मूल उद्देश्य सहित आचार्य बालकृष्णजी महाराजको उपस्थितिमा गत वर्ष हाम्रो स्वाभिमान ट्रष्ट युके स्थापना गरिएको थियो। (नेपालीलिंक)

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई राजदूतावासको सुझाव

शीतलपाटीन्युज डटकम। काठमाण्डौ।क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलार्य सुझाव दिएको छ। दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्या रहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्याएर तयारी गर्न अनुरोध गरेको छ । विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययन गरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ। आफूले अध्ययन गर्ने कलेज,अध्ययन गर्ने विषय,लाग्ने खर्च,कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्या व्यहोर्नुपर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ। अध्ययनका लागि क्यानडा जानु अघि पूर्वक्यानडामा रहेका आफन्त,इष्टमित्र, साथीहरू,पूर्वविद्यार्थी, विद्यार्थीका सोसल मिडिया नेटवर्क,सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली सङ्घलगायत नेपाली डायस्पोराका सङ्घसंस्थासँग आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका,लाग्ने खर्च,आवासको उपलब्धता, रोजगारीका सम्भावना आदि बारे पर्याप्त मात्रामा बुझी जानकारी लिएर आउँदा सहज हुने दूतावासको सुझाव छ। (समयपोष्टबाट साभार)

स्कटल्यान्को एबरडीनमा तिज कार्यक्रम आयोजना हुदै

शीतलपाटीन्युज डटकम। स्कटलैण्ड। आउदै गरेको हरितालिका तिज अर्थात नेपाली नारिहरुको महान् पर्व तिजलाइ लक्षित गरी रमाइलो नेपाली ग्रुप एबरडीनद्वारा तिज धमाका 2024 आयोजना हुने भयको छ।    कार्यक्रममा नेपालबाट पाल्नु भयका लोक कलाकार द्वय चोलेन्द्र पौडेल र रेनुका भट्टराई  द्वारा तिज लक्षित सांगीतिक प्रस्तुती रहने छ। सो दिन सम्पूर्ण  एबरडीनबासी  तथा वरिपरि हुनुहुने दिदीबहिनी तथा दाजुभाइहरुलाइ कार्यक्रममा उपस्थित भै भरपुर मनोरञ्जन  लिनु हुन रमाईलो नेपाली ग्रुप एबरडीन हार्दिक अनुरोध गर्दछ भन्दै जोनी पहारीले शीतलपाटीन्युज डटकमलाई समाचार पठाउनु भयको छ। कार्यक्रम स्थल र समय- 13 Smithfield Road, AB24 4NR Aberdeen Date - 26 August 2024, समय: १८:०० बजे बेलुका । आयोजक - रमाईलो नेपाली ग्रुप एबरडीन

नेपाली राजदूतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपाललाई स्याङ्जा समाज यूकेले भब्य विदाई गर्यो

शीतलपाटीन्युज डटकम। लन्डन। आफ्नो ४ वर्षको कार्यकाल सकेर स्वदेश फर्कन लागेका लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव राम बाबु नेपाललाई स्याङ्जा समाज यूकेले विदाई गरेको छ। समाजले आइतबार अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आयोजित एक कार्यक्रम बीच नेपाल दम्पत्तिलाई विदाई गरेको हो।   समाजका अध्यक्ष भरत गुरुङ, संरक्षक डेभिड गुरुङ,सोंपाल समाज यूके अध्यक्ष जगदीश गुरुङ,राड्गभाड्ग समाज यूके अध्यक्ष सारदा गुरुङ लगायतले नेपाल दम्पत्तिलाई फेटा लगाएर विदाई गरेका थिए।सो बिदाईका अवसरमा उनीहरुले द्वितीय सचिव नेपालको आगामी दिनमा परराष्ट्र सेवामा उज्जवल भविस्यको कामना पनि गरे ।     आफ्नो मन्तव्यका क्रममा द्वितीय सचिव नेपालले विदाई कार्यक्रम राखेर स्याङ्जा समाजले न्यानो सम्मान प्रदान गरेकोमा संस्थाप्रति आभार व्यक्त गरे। उनले आफ्नो बेलायत बसाइमा स्याड्जाको नेपाली समुदायबाट उल्लेखनीय सहयोग प्राप्त गरेको जनाउंदै फर्कने बेला अविस्मरणीय सम्झना र माया बोकेर जान लागेको पनि बताएका थिए। सो बिदाईका अवसरमा समाजले टेलिभिजन पत्रकार एवं नेपाल प्रेस यूनियन केन्द्रिय उपमहासचिव दिलिपा श्री अधिकारीलाई बेलायतमा स्वागत गर्‍यो।   स्याङ्जा स्थायी घर भएकी दिलिपा आइतबारमात्रै निजी भ्रमणमा लन्डन उत्रिएकी थिइन्।समाजका पदाधिकारीले उनको सुखद बेलायत बसाइको शुभकामना दिंदै फेटा र खादा लगाएर स्वागत गरेका थिए। स्याङ्जा स्थायी घर भएकी दिलिपा आइतबारमात्रै निजी भ्रमणमा लन्डन उत्रिएको कुरा संरक्षक डेभिड गुरुड्गले बताउनु भयको छ।

नेपाली राजदूतावासका द्वितीय सचिव नेपाललाई स्याङ्जा समाज यूकेको विदाई,दिलिपाश्री अधिकारीलाई स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन। आफ्नो ४ वर्षको कार्यकाल सकेर स्वदेश फर्कन लागेका लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव राम बाबु नेपाललाई स्याङ्जा समाज यूकेले विदाई गरेको छ। समाजले आइतबार अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आयोजित एक कार्यक्रम बीच नेपाल दम्पत्तिलाई विदाई गरेको हो।   समाजका अध्यक्ष भरत गुरुङ, संरक्षक डेभिड गुरुङ,सोंपाल समाज यूके अध्यक्ष जगदीश गुरुङ,राड्गभाड्ग समाज यूके अध्यक्ष सारदा गुरुङ लगायतले नेपाल दम्पत्तिलाई फेटा लगाएर विदाई गरेका थिए।सो बिदाईका अवसरमा उनीहरुले द्वितीय सचिव नेपालको आगामी दिनमा परराष्ट्र सेवामा उज्जवल भविस्यको कामना पनि गरे ।     आफ्नो मन्तव्यका क्रममा द्वितीय सचिव नेपालले विदाई कार्यक्रम राखेर स्याङ्जा समाजले न्यानो सम्मान प्रदान गरेकोमा संस्थाप्रति आभार व्यक्त गरे। उनले आफ्नो बेलायत बसाइमा स्याड्जाको नेपाली समुदायबाट उल्लेखनीय सहयोग प्राप्त गरेको जनाउंदै फर्कने बेला अविस्मरणीय सम्झना र माया बोकेर जान लागेको पनि बताएका थिए। सो बिदाईका अवसरमा समाजले टेलिभिजन पत्रकार एवं नेपाल प्रेस यूनियन केन्द्रिय उपमहासचिव दिलिपा श्री अधिकारीलाई बेलायतमा स्वागत गर्‍यो।   स्याङ्जा स्थायी घर भएकी दिलिपा आइतबारमात्रै निजी भ्रमणमा लन्डन उत्रिएकी थिइन्।समाजका पदाधिकारीले उनको सुखद बेलायत बसाइको शुभकामना दिंदै फेटा र खादा लगाएर स्वागत गरेका थिए। स्याङ्जा स्थायी घर भएकी दिलिपा आइतबारमात्रै निजी भ्रमणमा लन्डन उत्रिएको कुरा संरक्षक डेभिड गुरुड्गले बताउनु भयको छ।

बर्दो थ्योडोल छेन्मो र मृत्यु संस्कार एक चर्चा

बर्दो थ्योडोल छेन्मो र मृत्यु संस्कार एक चर्चा - शीतलपाटीन्युज डटकम।

यसपाली को world Cup कसले जित्ला?