GNNNEWS- लन्डन । नेपालीहरुका प्रमुख चाड, दशैं तथा तिहार, को अवसरमा बर्न्टओक नेपाली समाज यूकेले एक समारोह आयोजना गरेको छ। गत शनिबार एजवेयरस्थित टेरिटोरियल आर्मी सेन्टरमा आयोजित समारोहको लन्डन बरो अफ बार्नेटका मेयर टोनी भुरोउ, सांसद डेभिड पिन्टो डसचिन्स्की, समाजका अध्यक्ष खमिरजंग गुरुङ तथा आमा समूहकी अध्यक्ष मन्जु गुरुङले पानसमा बत्ती बाली उद्घाटन गरेका थिए। कार्यक्रमको शुरुमा नेपालमा हालै आएको बाढी तथा पहिरोमा परी निधन भएका नेपालीहरुको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनट मौन धारण गरिएको थियो। समारोहलाई सम्बोधन गर्दै लन्डन बरो अफ बार्नेटका मेयर टोनी भुरोउले आफ्नो जन्मभूमि भन्दा हजारौ माइल टाढा भएर पनि आफ्नो संस्कृति र रितिरिवाज कायम राखेको भन्दै बर्न्टओक नेपाली समाजलाई बधाई दिए। उनले बार्नेटको नेपाली समुदाय बार्नेटको एउटा अभिन्न अंगको रुपमा रहेको भन्दै नेपाली समुदायबाट निर्वाचित दुइ जना काउन्सिलरहरुले काउन्सिलको निर्णय प्रक्रियामा महत्वपूर्ण योगदान पु-याइ रहेको बताए। उनले दशैंको अवसरमा सबैलाई शुभकामना पनि दिए। उनले गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ १०० किमि लामो पदयात्रा गरेका वरदान गुरुङ, मिलन गुरुङ, पुजिन गुरुङ तथा अशिम गुरुङलाई प्रशंसापत्र प्रदान गरेका थिए। हेन्डनबाट निर्वाचित सांसद डेभिड पिन्टो डसचिन्स्कीले सबै सहभागीहरुलाई शुरुमा नेपाली भाषामा अभिवादन गरे । उनले गोर्खा सैनिकहरुको सेवा, प्रतिबद्धता, साहस र वफादारीको प्रशंसा गरे। उनले नेपाली समुदाय लगायत स्थानीय जनताको सेवामा आफु जति बेला पनि उपलब्ध हुने बताए। "तपाईंहरुको साम्सदको रुपमा मैले जहिले पनि तपाईंहरुको चासो र चिन्तालाई प्रतिनिधित्व गर्नेछु," उनले भने। पाहुनाहरु तथा सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै समाजका अध्यक्ष खमिरजंग गुरुङले प्रवासमा बसे पनि दशैंले सबै नेपालीहरुलाई आफ्नो संस्कार, संस्कृति, मूल्यमान्यताको अभ्यास र आफु भन्दा ठूलालाई सम्मान गर्न सिकाइ रहेको बताए। उनले समाजले आफ्ना सदस्यहरुबीच एकता र सहयोग अभिवृद्धि गर्नुका साथै ब्रिटिश समाजमा नेपाली समुदायको एकीकरणका लागि पनि काम गरिरहेको बताए। उनले बेलायतमा जन्मिएका र हुर्की रहेका नेपाली बालबालिका तथा युवालाई नेपाली भाषा तथा संस्कृति सिक्न र बहु सांस्कृतिक ब्रिटिश समाजमा योगदान पुराउन आग्रह पनि गरे। उनले कार्यक्रम सफल बनाउन खट्ने समाजका सबै सदस्य, पदाधिकारी तथा आमा समूहलाई धन्यवाद पनि
शीतलपाटीन्युज डटकम। काठमाडौँ। काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार मात्र बल्खुबाट एउटा सवारी साधन सहित ८ जना,नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै हिजो बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाइएको छ । चेकजाँचकै क्रममा निजी नम्बर प्लेटका सवारी साधनले प्रयोजन विपरित भाडामा यात्रु बोकेको अवस्थामा २ ओटा सवारी साधनलाई समेत नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिनु भएको छ । चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्नका लागि काठमाडौँ उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुको गुनासो सम्बोधन र सहजता ट्राफिक प्रहरीद्वारा प्रदान गरिदै आएको छ । चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना-२०८१ को प्रभावकारी कार्यान्वयन गर्ने प्रयोजनार्थ आवश्यकता अनुसार जनशक्ति परिचालन गरिएको छ । यसले विशेष गरी चाडपर्वको मौका छोपी बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, फर्जी टिकट काट्ने र यात्रुको सुरक्षा सुनिश्चितता जस्ता विषयमा विशेष केन्द्रित भएको समेत प्रवक्ता कार्कीले जानकारी दिनुभयो । गत १७ गते नयाँ बसपार्कबाट नक्कली टिकट बनाई टिकट बिक्रि गर्दै गरेको अवस्थामा टिकटको ठेली सहित एक जना भने आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग गोंगबुको नियन्त्रणमा छन्। यात्राका क्रममा कसैले अनावश्यक दुख: हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिकप्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको छ।
बिजया दशमी २०८१ शुखमय रहोस। शुभेच्छुक धन बहादुर सार्की काउन्सीलर रसमोर बरो काउन्सील फार्नबोरो, बेलायत
बिजया दशमी २०८१ को शुभकामना शुभेक्षक अप्सरा एम-रत्न लाम्छाने अध्यक्ष पर्वत वयलफेयर सोसाईटी युके
बिजया दशमी २०८१ को शुभकामन
शीतलपाटीन्युज डटकम। काठमाडौँ। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) ले अक्सिजन बिना नै विश्वका १४ हिमाल आरोहण गरेर नयाँ कीर्तिमान रचेका छन्। शुक्रबार दिउँसो आठ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमाल बिना अक्सिजन सफल आरोहणपछि उक्त कीर्तिमान बनाएका हुन्। पुर्जाले सहकर्मी मिङ्माजी शेर्पासँगै बिना अक्सिजन १४ हिमालको आरोहण गरेर आफूहरू दुई जनाले पहिलो नेपाली रेकर्ड बनाएको जानकारी दिए। उनले विश्वलाई आफूहरूले एकता र स्वस्थ प्रतिस्पर्धाको शक्ति देखाएको बताएका छन्। उनीहरूले आठ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै बिना अक्सिजन आरोहण गरिसकेका छन्। शिशापाङ्मा १४औँ हिमाल हो। पुर्जाले यसअघि नै संसारका आठ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन्। हिउँद याममा पहिलो पटक विश्वकै दोस्रो अग्लो हिमाल केटू तथा विश्वका १४ वटा अग्ला शिखर सबैभन्दा द्रुत गतिमा आरोहण गर्नेलगायत तीन दर्जन बढी विश्व रेकर्ड निम्स दाइका नाममा छन्। म्याग्दी मूल घर भई हाल बेलायतमा बस्दै आएका निम्स दाइ नेपाली शेर्पा आरोहीसँगको साझेदारीमा एलाइट एक्सपिडिसन नामको कम्पनीमार्फत पर्वतारोहण क्षेत्रमा कार्यरत छन्। १६ वर्ष बेलायती सेनामा काम गरेका पुर्जाले २०६९ पुसमा पहिलोपटक सगरमाथा आधार शिविरसम्म पदयात्रा गरेका थिए। विश्वका अग्ला शिखरमा पुगेका र दर्जनौँ रेकर्ड बनाएका निम्स दाइले अबको बाँकी जीवन हिमाल आरोहणमै समर्पण गर्ने र तत्काल विश्राम लिने योजना नरहेको बताए।
शीतलपाटीन्युज डटकम। काठमाडौँ। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) ले अक्सिजन बिना नै विश्वका १४ हिमाल आरोहण गरेर नयाँ कीर्तिमान रचेका छन्। शुक्रबार दिउँसो आठ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमाल बिना अक्सिजन सफल आरोहणपछि उक्त कीर्तिमान बनाएका हुन्। पुर्जाले सहकर्मी मिङ्माजी शेर्पासँगै बिना अक्सिजन १४ हिमालको आरोहण गरेर आफूहरू दुई जनाले पहिलो नेपाली रेकर्ड बनाएको जानकारी दिए। उनले विश्वलाई आफूहरूले एकता र स्वस्थ प्रतिस्पर्धाको शक्ति देखाएको बताएका छन्। उनीहरूले आठ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै बिना अक्सिजन आरोहण गरिसकेका छन्। शिशापाङ्मा १४औँ हिमाल हो। पुर्जाले यसअघि नै संसारका आठ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन्। हिउँद याममा पहिलो पटक विश्वकै दोस्रो अग्लो हिमाल केटू तथा विश्वका १४ वटा अग्ला शिखर सबैभन्दा द्रुत गतिमा आरोहण गर्नेलगायत तीन दर्जन बढी विश्व रेकर्ड निम्स दाइका नाममा छन्। म्याग्दी मूल घर भई हाल बेलायतमा बस्दै आएका निम्स दाइ नेपाली शेर्पा आरोहीसँगको साझेदारीमा एलाइट एक्सपिडिसन नामको कम्पनीमार्फत पर्वतारोहण क्षेत्रमा कार्यरत छन्। १६ वर्ष बेलायती सेनामा काम गरेका पुर्जाले २०६९ पुसमा पहिलोपटक सगरमाथा आधार शिविरसम्म पदयात्रा गरेका थिए। विश्वका अग्ला शिखरमा पुगेका र दर्जनौँ रेकर्ड बनाएका निम्स दाइले अबको बाँकी जीवन हिमाल आरोहणमै समर्पण गर्ने र तत्काल विश्राम लिने योजना नरहेको बताए।
शीतलपाटीन्युज डटकम। काठमाडौं,असोज २०– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। भदौ ३१ मा संवैधानिक परिषद् बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णग गरेसंगै असोज १६ गते संसदीय सुनुवाइ समिति बैठकले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि असोज १९ मा सकिएको थियो।
शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतमा आइतबार हुने रसमुर वेलेस्ली १० किमि र गोर्खा भीसी ५ किमि दौड प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेका अध्यक्ष मन गुरुङले दौड प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार दौड बिहान साढे १० बजे सुरु हुनेछ । सुरुमा १० किमिको रसमुर वेलेस्लीका सहभागीलाई दौडाइने छ । लगत्तै गोर्खा भीसी र २ किमिको फन रन सुरु गरिनेछ । दौड प्रतियोगिता अल्डरसटस्थित मिलिटरी एथ्लेटिक्स स्टेडियममा हुनेछ । १० किमि दौडका लागि ६ सय ३२ जनाले नाम दर्ता गरेका छन् । त्यस्तै ५ किमिको गोर्खा भीसी दौड प्रतियोगिताका लागि ३५ जनाले भाग लिने अध्यक्ष गुरुङले जनाउनुभयो । गोर्खा भीसी दौड भने अध्यक्ष गुरुङकै कन्सेप्टमा यस वर्षदेखि सुरु हुन लागेको हो
GNNNEWS- लन्डन - नेपाली कांग्रेसकी सह-महामंत्री महालक्ष्मी उपाध्याय 'डिना' ले नेपालमा कोही पनि 'रियल कम्युनिष्ट' नभएको बताएकी छन्। नेपाली जनसम्पर्क समिति युकेद्वारा गत मंगलबार फेल्थमस्थित नमस्ते गोर्खा रेस्टुरेन्टमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ उपाध्यायले नेपाली कांग्रेसको नेतृत्वमा २०७२ सालमा नयाँ संविधान जारी गरिए पछि सबै कम्युनिष्ट पार्टीहरु संविधानले देखाएको बाटोमा सहभागी भै सकेको बताइन् । उनले अहिलेको संविधानमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने स्थिति आएकाले संविधान संशोधन गर्ने बारे छलफल शुरु भएको बताइन्। उनले 'कर्णाली, दलित, महिला, जनजाति तथा मधेशी (कदमजम) लागू गरेर कांग्रेसले पहिलो पटक समानुपातिक समावेशी अवधारणा ल्याएको पनि जनाइन्। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले कांग्रेसको बल भनेकै भ्रात्री संस्था तथा शुभेच्छु संस्थाहरु हुन् भन्दै सबै संस्थाहरुलाई एकजुट र अनुशासित भएर काम गर्न सुझाव दिए। उनले केन्द्रका कारण जनसम्पर्क समितिहरुमा विवाद उब्जिएको होइन भन्दै सबै साथीहरु बसेर विवाद सुल्झाउन आग्रह गरे। उनले नेपाली कांग्रेस पार्टी विधान भन्दा बाहिर नजाने बताउंदै नेपाली नागरिक बाहेक अन्य व्यक्ति कांग्रेसको क्रियाशील सदस्य बन्न नपाउने स्पष्ट पारे। पूर्व मंत्री तथा कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिनले संवाद, सहमति, सहकार्यको माध्यमबाट एकतामा जानु पर्ने बताए। उनले ३० वर्ष भन्दा बढी समयदेखि भूतपूर्व गोर्खा सैनिकहरुले उठाउंदै आएको समान पेन्सनको मुद्दालाई नेपाल सरकार आफै अग्रसर भएर समाधान गर्नु पर्ने बताए। त्यस्तै ब्रिटिश गोर्खा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष केश बहादुर गुरुङले गोर्खा समस्या कूटनीतिक ढंगले समाधान गर्नु पर्नेमा जोड दिए। उनले एक ज्ञापनपत्र बुझाउँदै गोर्खा भर्ती र वंशजको नेपाली नागरिकता पनि निरन्तर हुनु पर्ने माग गरे। एनआरएनए आइसीसीका उपाध्यक्ष थर्क सेनले नेपालका सडकलाई सुरक्षित बनाउन सबै दलहरु गम्भीर हुनु पर्ने बताउंदै आफुले लेखेको पुस्तक उपहार दिए। एनआरएनए आइसीसीका पूर्व सल्लाहकार विश्व आदर्श पण्डितले नेपालमा हालै आएको बाढी पहिरो पीडितहरु लाई सक्दो सहयोग गर्न हार्दिक अपिल गरे। उनले जनसम्पर्क समितिहरुमा अहिले देखिएको विवाद संवादको माध्यमबाट विधानको परिधि भित्र रही समाधान गर्न पनि आग्रह गरे। एनआरएनए युकेका पूर्व मुख्य सल्लाहकार शेर सुनारले वंशजको
शीतलपाटीन्युज डटकम। लन्डन- गैरआवासीय नेपाली संघ (एनआरनए) यूकेले लन्डन दूतावास नियोगका नयाँ अफिसियलहरुलाई स्वागत गरेको छ। विहीबार अध्यक्ष हितकाजी गुरुङ नेतृत्वमा दूतावास पुगेर संघको टोलीले दूतावासको जिम्मेवारी सम्हाल्न हालै लन्डन आइपुगेका अधिकारीहरुलाई स्वागतसंगै अन्तरक्रिया समेत गरेको हो।लन्डन दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी,फर्स्ट सेक्रेटरी उद्धव न्यौपाने र थर्ड सेक्रेटरी झुपलाल पुनलाई एनआरएनए यूकेका तर्फबाट अध्यक्ष हित काजी गुरुङले पुष्पगुच्छा र खादाले स्वागत गरेको हो। नियोगका डिप्लोम्याटहरुको स्वागतका लागि एनआरएनए यूके महासचिव गोविन्द शर्मा खरेल, कोषाध्यक्ष विष्णु खरेल, इंग्ल्यान्ड परिषद अध्यक्ष शम्भुप्रसाद अर्याल सहित एनआरएनए यूके र आइसीसीका प्रतिनिधि समेत दूतावास पुगेका थिए। सो अवसरमा लन्डन दूतावास र एनआरएनए यूकेबीच यसअघि रहंदै आएको निकट सहकार्य र सहयोगको सम्बन्धलाई निरन्तर र सुदृढ गर्दै जानेबारे दुवै पक्षबाट प्रतिवद्धता व्यक्त गरिएको महासचिव गोविन्द शर्मा खरेलले जानकारी दिए। सो अवसरमा अध्यक्ष हित काजी गुरुङले लन्डन दूतावासलाई एनआरएन यूकेले पनि अभिभावक संस्थाका रुपमा लिएको उल्लेख गर्दै आगामी दिनमा पनि सोही खालको संरक्षण र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरे। उपनियोग प्रमुख दवाडीले दूतावास बेलायतस्थित सम्पूर्ण नेपालीको सहयोगका लागि तत्पर रहेको जनाउँदै एनआरएनए यूकेसंग सहकार्यका लागि आफूहरु पनि उत्सुक रहेको जनाए।
GNNNEWS- लन्डन - सूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञ निरन्जन कुँवर बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्श दातृ कम्पनी जेनेस सलुशनको प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) नियुक्त भएका छन्। द हंगकंग पोलिटेक्निक विश्वविद्यालयबाट सूचना प्रविधिमा एमएससी तथा रुसको सेन्ट पिटर्सवर्ग स्टेट युनिभर्सिटी अफ टेलिकम्युनिकेशन्सबाट रेडियो कम्युनिकेशन्समा समेत एमएससी गरेका कुँवरले अमेरिकास्थित द क्वांटीक स्कुल अफ बिजनेस एण्ड टेक्नोलोजीबाट एमबीए गरेका छन्। यसैगरी उनले सूचना प्रणाली तथा साइबर सेक्युरिटी सम्बन्धी विभिन्न प्रतिष्ठित प्रमाणपत्रहरु पनि प्राप्त गरेका छन्। जेनेस सलुशनसंग आबद्ध हुनु भन्दा पहिले कुँवर सन् २०२१ देखि २०२४ सम्म प्रतिष्ठित अमेरिकी कम्पनी, भोन्टिएर, मा सूचना सुरक्षा सम्बन्धी वरिष्ठ निर्देशकको रुपमा काम गरेका थिए। त्यस्तै उनले म्याकएफी, पोलिकम, माइमकाष्ट, रिलायन्स ग्लोबलकम, शिपसर्भ, हिमालयन कम्प्युटर्स लगायतका कम्पनीहरुमा काम गरेका थिए। पोखरामा जन्मिएर पोखरामै पढेका निरन्जनले उच्च शिक्षाको क्रममा रुसमा ६ वर्ष तथा हंगकंगमा ८ वर्ष बिताएका थिए। " म विश्वका प्रमुख कम्पनीहरुमा २५ वर्ष सम्म काम गरेको आफ्नो अनुभवको उपयोग गर्दै अर्थपूर्ण काम गर्न खोजीरहेको थिएँ। खास गरी आफ्नो मातृभूमिको लागि योगदान गर्ने तथा नेपालमा सूचना प्रविधिका सम्भावनाहरुको उपयोग गर्दै ठूलो समुदायका लागि सम्पत्ति र समृद्धिका अवसरहरु सिर्जना गर्ने उपयुक्त माध्यम के हुन सक्छ भन्ने बारे मैले सोचविचार गरिरहेको थिएँ। यसै बेला मेरो अन्जनीजीसंग भेट भयो। नेपाल लगायत विभिन्न मुलुकमा नव प्रवर्तनमा आधारित प्राविधिक समाधानहरु सहित स्थानीय कम्पनीहरुलाई सघाउन जेनेस सलुशनले गरीरहेका कामहरुबारे उहाँले बताउनु भयो। साइबर सेक्युरिटी, क्लाउड,कृत्रिम बौद्धिकता (एआइ), डेटा र सफ्टवेयर इन्जिनियरिंग आदि क्षेत्रहरुमा आफ्ना ग्राहकहरुलाई सेवा दिन जेनेस सलुशनले गरिरहेका कामहरुलाई अर्को उंचाइमा पुराउन हामीले सहकार्य गर्ने निधो ग-यौं," उनले भने। निरन्जन कुँवरलाई जेनेस सलुशनको ग्लोबल टिममा स्वागत गर्दै जेनेस सलुशनका संस्थापक तथा सीइओ अञ्जनी फुयाँलले भने, "जेनेस सलुशनको प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) को रुपमा निरन्जन कुँवरलाई स्वागत गर्न पाउँदा हामी निकै हर्षित छौं। सूचना प्रविधि तथा साइबर सेक्युरिटीको क्षेत्रमा लामो अनुभव भएका निरंजनजीको अनुभव जेनेस सलुशनको वृद्धि र
एनआरएन युके प्रेष बिज्ञप्ति- लण्डन। नेपालका विभिन्न स्थानमा हालैका दिनमा भएको अविरल वर्षासंगै आएको बाढीपहिरो र डुबानका कारण ठूलो धनजनको क्षति हुन पुगेको छ । यस विपतमा सयौंको संख्यामा हाम्रा नेपाली दिदीबहिनी,दाजुभाइले आफ्नो अमूल्य जीवन गुमाउनुभएको छ भने अरु धेरैजना घाइते हुनुहुन्छ। हजारौं नागरिक बाढीपहिरोबाट घरवारविहिन भएर बिचल्ली अवस्थामा समेत पुग्नुपरेको छ। यस दुखद घडीमा एनआरएनए यूके मृतकहरुप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ। हाम्रो प्यारो मातृभूमिमाथि आइपरेको प्राकृतिक विपत्तिको यस क्षणमा यसबाट प्रभावित हाम्रा दिदीबहिनी दाजुभाइहरुको घाउमा सक्दो मल्हम लगाउनु हामी सबै गैरआवासीय नेपालीहरुको कर्तव्य हो भन्ने ठानेर एनआरएनए आइसीसीको निर्देशन र सहकार्यमा बाढीपहिरो पीडितको राहत, उद्धार र पुनस्थापर्नामा सहयोग पुरयाउने उद्धेश्यले एनआरएनए यूकेले आफ्नो कोषबाट १० लाख रुपैयाको सहयोगबाट शुभारम्भ गर्दै बाढीपहिरो पीडित सहयोग अभियान शुरु गरेको छ। उक्त अभियानमा बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्था, सिंगो समुदाय र सबै नेपालीहरुको तर्फबाट सहयोग र सहभागिताको लागि हामी हार्दिक अपिल गर्दछौं। बेलायतस्थित हामी सबै नेपाली र समुदायको अभिभावक संस्थाको रुपमा एनआरएनए यूकेले विगतदेखि नै आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ। महाभूकम्पदेखि कोभिड महामारीसम्मका ठूला विपतदेखि अरु धेरै प्राकृतिक विपत र अफ्टेरोका बेला बेलायतस्थित सिंगो नेपाली समुदायलाई एकताबद्ध बनाएर एनआरएनए यूकेले एकमुष्ट सहयोगका अभियानहरु सफलतापूर्वक सञ्चालन गरिसकेको छ। यसैक्रममा पछिल्लो बाढीपहिरोबाट प्रभावितहरुको सहयोगका लागि हामीले शुरु गरेको अभियानमा पनि यहाँस्थित सबै नेपाली संघसंस्था र समुदायबाट विगतमा जस्तै पूर्ण साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछौं। आर्थिक सहयोगका लागि एनआरएनए यूकेको खाता निम्नानुसार छ भन्दै हित काजी गुरुङ अध्यक्ष र गोविन्द शर्मा खरेल महासचिवले १ अक्टोबर २०२४ मा बिज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। बिज्ञप्ति-
शीतलपाटीन्युज डटकम। वेलायत–गत सनिवार आसफोर्ड,केन्टको सेन्ट साइमन चर्च हाक्पारे,पालाम,साम्लो र च्याव्रुङको घुनले गुन्जायमान भऐको थियो। लिम्वु गरगहना र पहिरनमा सजिएका याक्थुङ महिला र पुरषहरु आपmनो परम्पारगत धान नाच्न र पालाम गाउनमा मस्त देखिन्थे। यो दृष्य देख्दा पुर्वी नेपालको पहाडी भेगमा लाग्ने पुसेमेला,त्रीशलीमेला वा मदन मेलाको झल्को दिन्थ्यो। सेवारो कलाकार संघ युकेले आयोजना गरेको सांसस्कृतिक कार्यक्रममा वेलायतमा वस्ने लिम्वुहरुले यो अवसर प्राप्त गरेका हुन्। वेलायत भ्रमणमा रहेका नेपालका ख्याती प्राप्त पालाम, हाक्पारे गायक तथा मोडल जीवन केदेमको सम्मानमा आयोजित सो सांस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुले समेत भाग लिएका थिए। भक्ति आङदेम्वे, दिलु मादेन, माक्सोती ओख्रावो, राजेन नेम्वाङ,भगवती थलङ,हेम लिम्वु,गंगा लिम्वु लगायतका कलाकारहरुले च्याव्रुङ नाच, धान नाच, हाक्पारे थक थाक्मा केलाङ,ताम्के साम्लो गाएका थिए भने कलाकार कलाकार भक्ति आंङदेम्वेको अगुवाईमा याक्थुङ समुदायमा लोप हुन लागेको लाङवा उङवा र तुरुप्पे नाचहरु प्रस्तुत गरेका थिए । उक्त सास्कृतिक कार्यक्रमलाई सानु सुव्वाले विशुद्ध लिम्वु भाषामा आकर्षक रुपमा संचालन गरेकी थिईन। कार्यक्रमको प्रमुख अतिथिको रुपमा सगरमाथा नेपलीज कम्युनिटी,आसफोर्ड युकेका अध्यक्ष डम्वर सिङगक उपस्थित थिए। उनले कार्यक्रममा वोल्दै सेवारो कलाकार संघले लिम्वु कला र सस्कृतिको लागि गरेको योगदानको कदर गर्दै अझै राम्रो कार्यक्रमहरु आयोजना गर्न सुभकामना दिएका थिए। अध्यक्ष दुर्गा पाङमाको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार जीवन केदेमलाई प्रशंसा पत्र तथा गलवन्दि ओढाएर सम्मान गरिएको थियो। सम्मान ग्रहण पछि वोल्दै केदेमले हरेक कलाकारको रुट भनेको उसको संस्कार सस्कृती र कला हो,याक्थुङहरु प्रकृति पुजक भएकोले धर्तीआमालाई खुशी वनाउन सकेनौ भने हाम्रो पहिचान मेटिदै जान्छ। यसरी विदेशमा पनि आफनो पहिचानलाई जोगाउने महत्वपुर्ण योगदानको लागि सेवारो कलाकार संघ युकेलाई धन्यवाद दिदै सवैलाई एकजुट भएर अगाडि वढन आवह्वान गरे। सोही कार्यक्रममा किरात याक्थुङ चुम्लुङ आसर्फोड साखा र थामेन्दिङमा चुम्लुङ युकेले पनि केदेमलाई आर्थिक उपहार दिदै सम्मान गरेको थियो। सस्थापक अध्यक्ष काजीमान याक्सोले कार्यक्रमलाई सम्वोधन गर्दै सेवारो कलाकार संघ स्थपनाको उध्येश्य तथा यसले गरेको कार्यहरुको वारेमा चर्चा गरे। संघका महासचिव जय मादेम्वाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विमला लिम्वुले गरेकी थिइन। कार्यक्रममा अध्यक्ष दुर्गा पाङमाले नेपाल पत्रकार
GNNNEWS- London - Inspire X , hosted by Nik Dhimal and his team, took place on September 28th in London, drawing an enthusiastic crowd of young students and entrepreneurs. The event featured a lineup of influential speakers, including actress Manisha Koirala, Anil K. Shah, a former CEO of Nepal's leading banks, Bikash Nepal, CEO of Nepal Foods, and Shrikhala Khatiwada, Miss Nepal 2018 and an architect. Nik Dhimal, a UK-based property investor, and Jason Patterson, known as the "Short Lease King," also shared their insights. Held annually in the UK, Inspire X aims to inspire attendees through diverse perspectives from various professions, fostering motivation and networking among the next generation of leaders. This year's event successfully highlighted the importance of innovation and resilience in today's dynamic landscape, the organiser said.
शीतलपाटीन्युज डटकम। लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई १५ लाख रुपैया सहयोग गर्ने भएको छ। संघका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सोमवार साँझ बसेको आकस्मिक बैठकले नेपालका बाढी पिडितहरुको लागि सो सहयोग गर्ने निर्णय गरेको हो। संघले पहिलो चरणमा १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र बाँकी ५ लाख पछि थप गर्दै जाने निर्णय समेत गरेको छ। संघका महासचिव गोविन्द खरेलले संचालन गरेको बैठकले उपाध्यक्ष सुरेश परियारको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको छ। बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडा, यूरोप क्षेत्रीय उपसंयोजक महेश अधिकारी, आइसीसी सदस्यहरु चिरन शर्मा, विष्णु चालिसे, दिलराज गुरुङ,गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारी तथा सदस्यहरु,स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष दिवाकार पाण्डे,इंल्याण्ड राज्य परिषदका अध्यक्ष शम्भु अर्याल समेतको उपस्थिति थियो। यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमवार बसेको अन्तराष्ट्रिय परिषदको बैठकले राष्ट्रिय समितिहरुलाई राहत वितरणमा सक्रिय हुन अनुरोध गरेको थियो। साभार- (नेपाल ब्रिटेनबाट)
Why Visit Pokhara – the tourism capital of Nepal By Our Correspondent Pokhara is a major tourist destination and beautiful city based in west Nepal. It is the the provincial capital of Gandaki Province. Located 200 kilometres (120 miles) west of the capital, Kathmandu, the city is on the shore of Phewa Lake (popularly known as Fewa Taal), and sits at an average elevation of approximately 822 m above sea level. The Annapurna Range, with three out of the ten highest peaks in the world— Dhaulagiri, Annapurna and Manaslu —is within 15–35 mi (24–56 km) aerial range from the valley. In 2024, Pokhara was declared as the tourism capital of Nepal. Pokhara is also a base for trekkers undertaking the Annapurna Circuit through the Annapurna Conservation Area region of the Annapurna ranges in the Himalayas. These are the places you must visit during your trip to Pokhara. 1. Phewa or Fewa Lake One of the places in Pokhara that you should not miss is Phewa or Fewa Lake. Fewa Lake is the second largest lake in Nepal situated in the heart of Pokhara city. It is perfect for boating, kayaking, as well as sightseeing around. It is also well known for viewing Mount Machhapuchhre, Mt. Annapurna and Mt. Dhaulagiri ranges on its water surface. To make your journey more meaningful, you can visit the Barahi Temple, a famous Hindu temple located on an island in the middle of the lake. You can also roam around the lake side and enjoy the view as well as the fast foods and culinary. Night views of the lake side are also mesmerizing to see. 2. Sarangkot A well discussed place to visit in Pokhara among the tourists, travelers and adventure lovers is Sarangkot. Sarangkot, citing itself on the summit, offers the best sunrise and sunset views of the Himalayan Dhaulagiri, Annapurna and Manaslu. Paragliding is the top spot that attracts the tourists as you can enjoy the captivating view of Pokhara and mountains with your naked eyes. To reach Sarangkot, you can choose to
sitalpatinews.com Seattle, America - CEO of Genese Solution, Mr Anjani Phuyal, has been recognised as a top AWS Ambassador at the AWS Global Summit being held at Amazon’s global headquarters in Seattle, Washington. He was recognised as top AWS Ambassador for the UK and Ireland region. The recognition highlights Phuyal’s significant contributions to promoting diversity, equity, and inclusion (DEI) within the tech industry, which aligns with AWS’s mission to create a more inclusive and accessible cloud ecosystem, the Company said. The three-day summit provided attendees with numerous opportunities to engage in interactive sessions with AWS executives, service leaders, and industry experts. Key highlights of the summit included in-depth discussions with AWS leadership and cloud technology thought leaders, afirsthand look at AWS’s vision, strategy, product roadmaps, and future service developments, networking and knowledge-sharing with fellow AWS Ambassadors, exchanging best practices, and forming lasting relationships and participation in roundtable discussions where feedback is directly shared with AWS, influencing the future direction of both AWS and its partner community. “I am thrilled to be recognised as a top ambassador by the AWS at the AWS global summit in Seattle,” said Mr Phuyal adding, “I was very much looking forward to this conference as it is an exceptional platform for innovation, collaboration, and recognition of the outstanding achievements within the AWS Ambassador community.” He expressed hope that insights he earned at the conference would be useful for the expansion of cloud technology in Nepal and beyond. Mr Phuyal is the founder and CEO of Genese Solution, a UK-based value IT company. A founder of Girls in Tech (Nepal Chapter), he is also serving as Asian Lead of Women in Big Data- an initiative to promote women in tech. Genese Solution has offices in ten countries including in Bangladesh, Nepal, Spain, UK and the US.
शीतलपाटीन्युज डटकम। पोखरा। आज मिति २०८१ असोज १२ गतेका दिन सहारा यूकेका निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङ र वहाँको श्रीमति पञ्च गुरुङबाट सहारा फुटबल एकेडेमीको अवलोकन र बालकहरुसँग भेटघाट गर्नु भयो। सो अवसरमा सहारा पोखराको मानार्थ सदस्य मुछेत्र गुरुङ, वहाँको श्रीमति लक्ष्मी गुरुङ, रामबजार सोसाईटी युकेका पूर्व अध्यक्ष राम गुरुङ,अशोक गुरुङ,सहारा हङकङका सल्लाहकार गंगा गुरुङको उपस्थिति रहेको थियो भने वहाँहरुलाई सहारा क्लब पोखराको तर्फबाट अध्यक्ष केशबराज बरालले खादा र पुष्प गुच्छा प्रदान गरी स्वागत गर्नु भएको थियो। कार्यक्रममा पूर्व अध्यक्षहरु विक्रम थकाली, विरभद्र आचार्य,केशबबहादुर थापा,सहरा क्लब पोखरा र सहरा एकेडेमी व्यवस्थापन समितिका पदाधिकारी एबं सदस्यहरुको उपस्थितिमा संयुक्त बैठक गरी दुबै तर्फको गतिविधिको आर्दन प्रदान जानकारी गराईएको थियो। सो क्रममा एकेडेमीको सम्वन्धमा जानकारी वरिष्ठ उपाध्यक्ष एवं एकेडेमी संयोजक पूर्णबहादुर गुरुङले गराउनु भएको थियो भने अध्यक्ष केशबराज बरालले उठेका जिज्ञासहरुको जवाफ सहित धन्यवाद मन्तव्य राख्नु भएको थियो। आजको भेटघाट कार्यक्रमको साथ बालकहरुसँग बसी संयुक्त रुपमा खानपान गरिएको थियो र यसको व्यवस्थापनको सौजन्य सहारा यूकेका निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङबाट गर्नु भएको थियो। यसका लागि सहारा क्लब पोखरा आदरणिय निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङप्रति हार्दिक आभार प्रकट गर्दै धन्यबाद ज्ञापन गर्दछौ।
शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल पत्रकार महासंघ,युके शाखाले उजुरी गरेपछि नेपालब्रिटेन डटकमलाई प्रेस काउन्सिल नेपालले सचेत गराएको समाचार छ। तथ्यहीन र भ्रामक समाचार सामग्री प्रकाशित/प्रसारण गरेको भन्दै परेको उजुरीमाथि सुनुवाइ गर्दै काउन्सिलले बुधबार नेपालब्रिटेन डटकमलाई समाचार सामग्री सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्न भनेको छ। यस्तै काउन्सिलले सम्प्रेषित सामग्रीका सम्बन्धमा आएका खण्डन एवं प्रतिक्रियालाई स्थान दिई तीन दिनभित्र जानकारी गराउन समेत उक्त अनलाइनलाई भनेको छ । काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले लेखेको पत्रमा भनिको छ, 'अतः सम्प्रेषित सामग्रीका सम्बन्धमा सम्बन्धित पक्षबाट पेस भई आएको खण्डन एवं प्रतिक्रियालाई स्थान दिइ ३ दिनभित्र काउन्सिललाई जानकारी गराउन निर्देशानुसार सूचित गरिन् ।' पत्रको अगाडि भनिएको छ, 'पत्रकार तथा सञ्चार माध्यमले सत्य,तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने,कसैमाथि भेद्भाव हुने वा घृणा उत्पन्न हुने किसिमबाट समाचार सम्प्रेषण गर्न नहुने,कसैलाई अनुचित लाभ वा हानी पुऱ्याउने नियत राखी सामग्री सम्प्रेषण गर्न नहुने, सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनुपर्ने,समाचारबाट असर पर्ने व्यक्ति,समुदाय वा संस्थाले पठाएको खण्डन वा प्रतिक्रियालाई स्थान दिनु कर्तव्य हुने' पत्रकार आचारसंहिताको व्यवस्थाबारे यहाँलाई अवगत नै छ।' विधिवत् ढंगले महाधिवेशन गरी निर्वाचित पत्रकार महासंघ यूकेको कार्यसमितिका विषयमा नेपालब्रिटेन डटकमबाट सम्प्रेषित सामग्री उपर नेपाल पत्रकार महासंघ यूकेले गत असोज २ गते काउन्सिलमा उजुरी दर्ता गरेको थियो। काउन्सिलले नेपालब्रिटेन डटकमलाई पठाएको पत्रको बोधार्थ नेपाल पत्रकार महासंघ,युके शाखालाई समेत दिएको छ।